-कृष्ण पौडेल-
देशमा लामो समयदेखि द्वन्द थियो , युद्द वा क्रन्तिको प्रकोप थियो , सर्वत्र त्राहीमाम को वातावरण थियो । गोबरकुल्चँदा ‘गोबर बम’ बनी पड्किन्छ कि भन्ने स्थिति थियो किनभने जतासुकै सकेटबम , रकेटबम, बाल्टिनबम ,लाल्टिन बम ततानामका बमहरू पडकिरहेका थिए । देश र देशवासी दुश्मनको टाउको फुटाउन वा छिनाउन गिर खेल्दै थिए र मानौँ देश र देशवासी एक आपसका चरम बैरी थिए र बैरीको त्यो राज्यमा विजय पाउनु एक अर्काको महान ध्येय थियो । यस्तैमा एक चरम महत्वाकांक्षी राजाको उदय हुँदो भयो र त्यही चरम उन्मादी मादकताको शिकारको कारण अहिले ती राजा ‘कोमा’ को स्थितिमा पुगेका छन । आन्दोलन भयो, सफल रह्यो , विपरित कित्तामा देखिएका राजनैतिक दल र माओवादीहरू एक उद्देश्यका साथ एक ठाउँमा भेटिए र जनतालाई लाग्यो कि देशमा अब अवश्य केही हुन्छ । स्थायी शान्तिको स्थापना , सामाजिक रुपान्तरण, सामजिक न्याय र आदि इत्यादि चर्चित मुद्दाहरुमा देशका विविध राजनैतिक शक्तिहरूको वीचमा मतैक्यता बन्नेछ अनि तिनै देश निर्माण र जनताको समग्र उत्थानका सर्वसम्मत मुद्दाहरुमा एकमत हुने राजनैतिक सोचले हण्डर र ठक्कर खाएका अभागी जनता र देशको भाग्यमा नया लेखनीको थालनी हुनेछ भन्ने ठूलो आशा थियो। आशा अझै ज्यूँका त्यूँ छ तर देश निर्माणको सोचमा लोकतन्त्रको व्यक्ति र भीडवादी उन्मादका कारण फेरि पनि तुषारो नै छाउने हो कि भन्ने लक्षणहरू जस्ताको तस्तै छन ।
जब राजाको हैकमवादी सैन्य शासन आयो , मान्छेहरूलाई लाग्यो अब चूपचाप बस्नु पर्छ र सहनु पर्छ त्यसैले धेरैले त्यसो नै गरे । केही पार्टीहरू , नागरिक समाजका अगूवाहरू र यस्तै मान्छेहरुले आन्दोलनको धूनी जगाई रहे र माओवादी र दल वीचको १२ बूँदे समझौता सहितको सहभागिता पछि आन्दोलनको बाढी चरम चुलीमा पुग्यो , असम्भवहरू सम्भव देखियो ,जनताले आफ्नो तागत महशूस गरे र सफलता फेला पर्यो ।
सफलताको यो बाढीमा माछा मार्न अहिले स्वेच्छाचारी शासनमा चूपचाप बस्न मन पराउने व्यापारी, जातजाति , कर्मचारी, विद्यार्थी अनि हरेक तह वर्ग र तप्काका मान्छेहरू अहिलेको लोकतन्त्रलाई भरपूर सदुपयोग गर्दै छन । नेपाल बन्द , टायर बालन, रेलिङ भत्काऊ महोत्सवहरू, आदि प्रतियोगिताहरूको फेरि दिन फर्केको जस्तै लाग्न थालेको छ ।
माओवादीको चन्दा र धन्दा ब्यारेक बनाएर बसी सराकरी कोषबाट १९ करोड लिएपछि पनि चलेकै छ । उनीहरुको सरकारले आदेश र फरमान आफ्नो शैलिमा जारी गरेकै छ र यही शैलिमा पुरानो र नया दुवै सत्ता माथिको माओवादी दावाको भरपूर प्रमाण सर्वत्र छाएको छ । ठिमी क्याम्पस, पब्लिक युथ, उदयपुर र चितवन रामपुर क्याम्पस सम्म माओवादी ब्यारेकबाट निस्केका छापामारहरुले हामी के गर्न सक्छौँ र गरिरहेछौँ भन्ने कुराको प्रमाण , विद्यार्थिका रक्तरंजित कञ्चट, घुँडा र खुट्टाहरुमा खोपिदिएका छन ।
सरकार सामल तुमल बोकाएर प्रहरीलाई जनताको जीउधन रक्षा गर्ने जिम्मेवारी दिएर पुलिस चौकी पुनर्स्थापना गर्न गाउँ तर्फ पठाउँदै छ र माओवादीहरु तिनीहरूलाई लखेट्दै नै छन , मानौ युद्द जारि नै छ माओवादीको नयासत्ताले पुरानो सत्ताको यो अवशेष चाहेको छैन । समझौता र हस्ताक्षर भएकै छन र तिनीहरूको हरेक मोर्चाबाट धज्जी उडाइएकै छ । मानौँ सबै कुरा अरुले मानेर अनि अपनाएर लोकतन्त्र धानिदिनुपर्ने हो , आँफू चाहीँ बीना रोकटोक उन्मादमा रम्ने र अरूलाई डस्ने टोक्ने जे गर्दा पनि हुने हो।
अनगिन्ति ज्यादतिहरू सुदूर गाऊँबाट शहर अनि राजधानी सम्म आउन र समाचार बन्न मौकै पाउँदैनन भन्ने कुरा थाहा भएकै कुरा हो। देश खण्ड खण्डका राज्यवादका प्रलाप रोदन रुँदैछ यस्को समाधानको स्वच्छ खाका लिएर कोही आएको छैन। केवल जातीय तुष्टीकरणका गीत गाइएको छ र प्रलाप रोइएको छ । अस्ति लिम्बुवान बन्द , अब सदभावनाको तराई बन्द, आज नेपालगञ्जमा पहाडी र मधिशेको जातीय तनावका कारण कर्फ्यू लागेको समाचार आएका छन । भोलि १०० वटा जाति र भाषा भएको देशका अलग अलग उचित श्वरहरूको पहिचान हुनुपर्छ र सबैले ठाउँ पाउनु पर्छ बन्दै देशको बचेखुचेको सम्पदालाई आगो लगाएर विरोध जनाउन ठिक्क परेको एउटा तमाशेको हैसियत बन्न पुगेको छ हाम्रो नेपालको । चारै तिर आन्दोलित भैरहेका र हरेक कुरालाई आगो लगाई ध्वस्त पर्न ठिक्क परेर बसेका अन्यायमा परेका आक्रोशित अनुहारहरूको व्यग्र उद्दिग्नता नै हाम्रो वर्तमानको परिचय हो कि जस्तो लाग्न थालेको छ ।
सायद यो भोलिको संविधानसभा चुनाबका लागि रिहर्सल चलिरहेछ । वर्तमानलाई हेर्ने हो बने भोलिको सम्भावनाक त यसले खिसीमा उडाइरहेको प्रतीत हुन्छ ।
सबैले भन्थे कि हामीले विगतलाई बिर्सीसक्यौँ। विगत बिर्सिनुको अर्थ हो हाम्रो विगत त्यति राम्रो रहेन र यसमा सुधार गरी अघि बढ्नेछौँ । तर त्यो हिजोको चरित्रलाई सुधार नगरी कसरी हामी सुधारिएको भइन्छ ? हिजोका क्रियाकलापबाट जनता र मुलुक आक्रान्त थियो र त्यो हिजोको भ्रष्टाचारी र लडभीडवादी संस्कार नै दल र प्रजातन्त्र परिहास बन्नुका पर्याप्त कारणहरू थिए । लोकतन्त्रको जरामा हाम्रो सांस्कारिक रुपान्तरणको मलजल नभए हामी हाम्रो दावामा खोटो प्रमाणित हुनु सिबाय केही हासिल हुने छैन ।
सद्भावना नामको पा्र्टी सत्तामा बसेको र एमाले नामको पार्टीको भातृ संगठन सहित ऊ देशलाई कहीँ आंशिक र कहीँ पूर्ण बन्द गराउन आन्दोलित छ । सबैलाई थाहा छ यो जारी हुने भनिएको संविधान केवल केही महिना सम्मका लागि हो त्यसपछि जनताका प्रतिनिधि बसेर बेजोड संविधान बनाउने भनिएकै छ , अहिले निकाल्न नसकिएका विषयहरुको समाधान त्यतिबेलाको संविधानले, जुन तुलनात्मक रूपमा स्थायी खालको पनि होला, दिन पनि सक्ला भन्ने तर्फ सदभावनाको विचार जान नसक्नु पनि उदेक लाग्दो कुरा हो । देसमा एक वर्ष भित्रमा थुप्रै परिवर्तनहरु रेखाङ्कन गर्ने उथलपुथल हुनेछन यदि सही मानेमा धाँदलीरहित चुनावका लागि वातावरण तयार गर्न सकेमा अनि जस जसले मेरा पक्षमा जनता छन बन्ने दावा गरिरहेका छन ती सबेको सक्कली क्षमता जगजाहेर हुने नै छ आगामी केही महिना भित्र । तसर्थ त्यही मुल कुराका लागि मिलेर वातावरण निर्माण गर्ने कार्यमा नाना खालाका भाँजो खडा गरेर नेपालका राजनीति वाज र विचौलियाहरू कुन शक्तिको गोठिमा रुपान्तरण भइरहेका छन बुझ्न गाह्रो अवश्य नै भएको छ । याद रहोस, जसले जे भनिरहेको हुन्छ र जे को नारा फलाक्दै हुन्छ सही मानेमा उसको अभिष्ट निष्कर्षमा अर्कै फेला परेका उदाहरण अनगिन्ति छन ।
हिजो पनि परिवर्तन भएकै हो , परिवर्तन पछिको संक्रमणलाई दोष लगाई पञ्छिन खोजियो । आज पुन: युगान्तकारी परिवर्तन भएको भनिएको छ तर गाडीलाई ‘रिभर्स ” गियरमा राखेर उही पुरानो संक्रमणको प्रस्थान विन्दु खोजेर शुरुवात कै झमेलामा हामी अर्को संक्रमणकाल खोज्न लाग्ने हो र प्रवृत्तिको त्यही वृत्तमा हराउने हो भने हामी केवल परिवर्तनको कोकोहोलो हाली रहेका हुनेछौँ , केही हासिल गरिरहेका हुने छैनौँ ।
देशले साँच्चि नै लोकतन्त्रको मुहार फेरेर अघि बढ्ने हो कि भन्ने ठूलो अभिलाषा सारा देशवासीलाई पलाएको बेला फेरि संक्रमणको अर्को दलदलमा हाम्रो सवारी अघि बढेकै हो त ?
[इमेलमा प्राप्त यो ब्लगलाई बिना सम्पादन जस्ताको तस्तै राखिएको छ]
No related posts.







Krishnaji
Nice and timely article with good anlaysis. Hope all leaders both political and community leaders will relaize the importance of coexistence and respect to each other and not a violence in a country of janak and buddha.
मन परे हरियो, नपरे रातो
0
0
आज नेपालीले सहीलाई सही र गलतलाई गलत भन्ने सन्तुलन पूर्णरुपमा बिर्सिएको छ । जुन कुरामा लाज मान्नु पर्ने हो त्यो कुरा लुकाएर अर्काको इजार खुस्के नखुस्केको हेर्छौं हामी नेपालीहरु तर आफ्नो इजार कता छ अत्तो पत्तो हुदैन । नेपालीले प्राथमिककुरा के हो मूल समस्या के हो भन्ने पहिचान गर्न नै बिर्सिसके । यौटाले निकालि दिन्छ निस्कर्ष “—बाद”ले गर्दा बिकास हुन सकेन ठ्याक्कै कन्सल्ट्यान्टले दिने निस्कर्ष वा कुनै आयोगको प्रतिवेदन जस्तै मानौं सबैलाई कुराको जरो थाहा छ । हरेक मञ्चका प्रतिबेदन अति उग्रताले बास बसेका भेटिन्छन् । नारीमञ्चले उग्र नारीरुप दिन्छ, पुरुसले उग्र पुरुस, जातिमञ्चले उग्र जातिबाद । के हो के हो सन्तुलित धारणा दिने कोही भेटिन्न । सन्तुलित कुरा लेख्दा पनि कुनै न कुनै बादलाई बिझाइ हाल्छ ।
कृष्णजीको तर्क समसामयिक छ । पृथ्वी आफैंमा थेप्चो छ । सबै राजनीति हातले कोरेको बृत्त हो जस्मा कम्पासको जस्तो ठीक स्थानको केन्द्र भेटिदैन । कसैले कहाँ बसेर नाप्छन् कसैले कहाँबाट ।
असन्तुलति उग्रजातिवाद न त पञ्चायतकालमा बोलेको थियो न त राजा ज्ञानेन्द्रकोपालामा । तानाशाहीकालमा दुलोभित्र बसेर खुकुलोमा चलखेल गर्ने जातिवाद आफैंमा लाजमर्दो बिषय हो । दलितको नाम भजाउने गोल्चे सार्की हुन वा जनजातिको नाम भजाउने गोरेबहादुर सबै बिक्रिकोलागि तयार बोकाहरु हुन् । शुरुमा जातिय नारा उचाल्छन् तर कालन्तरमा आफूले आफैंलाई बेच्छन् । मदेशको नारा भजाउने बद्री मण्डलले कुनै दिन मदेशको बारेमा सिन्को भाँचे ?
लोकसेवा आयोग हाक्न सक्ने सन्तबहादुर राई हुन् वा प्रतिनिधिसभा हाँक्ने सुवास नेम्वाङ जनजाति नै हुन् । बाहुनबादको जाँतोमा पिल्सिएका काले राई बेदमा बिध्यावारिधिगर्ने पहिलो नेपाली दहरिए । अझ उनले त ३० बर्षको उमेरमा क ख सिकेर । तर खै त तिनिहरुको प्रगतिलाई कुन बाहुनबादले छेक्यो ? अवस्य पनि खाने मुखलाई जुँगाले छेक्दैन । होला अलिकति गाह्रो हुन सक्ला ।
मन परे हरियो, नपरे रातो
0
0
aaj bhai rakheko abhyas ke prajantra ko namuna ho ? yo prajantrama raja ra raja badi bachna paune ki napaune yo kuro ko nirnaya chhittai garnu paryo? thap ragat bagne kurama ta sanka chaina kati dherai ra kati thorai bagaune bhanne hami janata ko bibek ma bhar parne chha neta ta gaye gaye yastai ho bhane des ra janta pani gaye .
मन परे हरियो, नपरे रातो
0
0
Friends,
It takes time for a country to take course. We are in a difficult transitory phase now and it is not good to expect everything within the very short period of time. Indian population began to realize the fruits of democracy after 40 years of their independence. We never had a functioning democracy in our country. So lets hope that we will have good constitution, good inclusive ruling system, a good and independent justice system, and a good law and order system in the country after the CA polls. The leaders need to be more moral and accountable to the people. It is the responsibility of every citizen of Nepal to work towards realizing that goals. We are always first in complaining and protesting but what have we done to improve the situation?
Making of a country is a collective effort. It requires equal contribution from the Prime Minister and a general citizen alike. It is the responsibility of the state to give equal opportunity for all people irrespective of their caste, color, sex and religion.
I feel that Krishna Ji’s article is rather pessimestic. Don’t you see the light at the end of a tunnel? That light is nearing us at a higher speed and I see that arriving soon.
Prayas
Washington, DC
मन परे हरियो, नपरे रातो
0
0
कुरा त ठिकै हो, तर किन हो कुन्नि मलाई के चित्त बुझेन के? समस्याको कुनै एक पाटोले मात्र बिगारेको देश होइन यो। वर्षौदेखिको धमिराले मक्किएको घरको दलान भाँचिनुमा उफ्रने उरन्ठेउलाको मात्र होइन, कानमा तेल हालेर बस्नेहरु सबै दोसी छन्।
हामी देश टुक्रने डर मान्छौ, तर हाम्रो देश कहिले चाही एक थियो र? भूगोलले एक होला, भाग्यले एक छैन हाम्रो देश। ठाँउ अनुसार फरक छ यहाँको समस्या अनि समाधान पनि। यहाँका समस्या धेरै छन्, तर समाधान गर्ने जिम्मा मात्र सिंहदरबारलाई! मलाई लाग्छ यही नै हाम्रो मुख्य समस्या हो।
मन परे हरियो, नपरे रातो
0
0
पौडेल जि, तपाईंको गोबर बम चाँही मलाई मन पर्यो
। समग्रमा लेख राम्रो र यथार्थापारक छ । नेपालको परिवर्तन चाँही दैब जानुन ।
मन परे हरियो, नपरे रातो
0
0
Dear nepali friends,
Let’s be united and demand for one nepali caste which will end fighting, bring peace and huminity and make Nepal an example to other nations.
मन परे हरियो, नपरे रातो
0
0
Did you visit the web site on black deeds of kings of Nepal – http://www.kingofnepal.net/files/articles.html?
It contains articles from a book by Joseph Pietri “The King of Nepal: high adventure hashis smuggling through the kingdom of Nepal”?
http://www.kingofnepal.net/files/articles.html
मन परे हरियो, नपरे रातो
0
0
you was student of ascol, and RR also, your my friend, where are you ? mail me rohinidevkota@yahoo.com, now i am netherlands
rohini
मन परे हरियो, नपरे रातो
0
0
good situation analysis.
mm
मन परे हरियो, नपरे रातो
0
0
what an insight! Wonderful article!
Deshmaa khichadi paakdai chha.Anaginti marmasaalaaharu thapindaichha. Recipe change bhakobhai chha.k pakne ho thaaha chaina.
मन परे हरियो, नपरे रातो
0
0
Thank you for this writings.
I think nobody can get 100% success in the negotitation. There are many parties in the negotiation of this political movement. From the new struggle aginst this progress for LOKTANTRA, it will be supportive to keep monarcism in coming great election. Girija Babu has been playing role to keep constitutional monarcism. It is best to do JANAMAT SANGRAHA about monarcism and other debatable issues like national animal, too. why don’t leaders think about it? In the poor countries, king and monarcism leaders can buy some constitution assembly members, every body has to think about it. If we look in the democratic country, debatable subjects are decided from the direct election. India might paly role to make a seperate state for Tarai risign. eventually he wants to emerse in India.
Sincerly
Ganesh Shiwakoti, Sunkhani, Dolakha
Now USA
मन परे हरियो, नपरे रातो
0
0
Krishna Poudel has made some good comments. However, based on his article he seems to be very pessimistic. Things are changing and it takes time. Nothing happends overnight. Lets face it and be optimistic….
मन परे हरियो, नपरे रातो
0
0
यो पंत्तिकारको नाम कृष्ण पौड्याल परेछ सायद काला गोरा जे भएपनि बाहुन नै पर्नु भो होला । खैर यो कुरा,
नेपालमा कस्तो गणतण्त्र चाहिया छ भन्ने कुरा थाह नभई किन लेख लेख्न पर्यो ? कि बाहुनवादी चिन्तनको अहम
अझै पनि तातेको आइरनले प्रेस गर्या जस्तै तपाईको दिमागमा कहिले पनि नउकिने गरी टाँस्या छ ?
के नेपालमा एक भाषा – खस (नेपाली), एक जाति – ब्राहमाण अनि एक धर्म – हिन्दु हरुको स्वतन्त्र विकास नै
गणतन्त्र ठान्नुभाछ ? राज्यले खस भाषा, क्षेत्रीबाहुन र हिन्दु धर्म सरह अरु भाषा, धर्म तथा जातलाई पनि संरक्षण र
विकास गर्नु पर्छ भन्ने जनजातिको मागमा यी बाहुनहरु सहमत नहुको अर्थ के हो ? के यसले आत्मनिर्णयको
अधिकार तथा जातिय सवयेतता सहितको संघिय राज्यको माग गर्ने जानजाति सम्प्रादायिक तथा राज्य विखण्डणकारी
कि आफ्नै मात्र उन्नति होस भनी अहंम बोकेका क्षेत्रि-बाहुन खास सम्प्रदायिक तथा राज्य बिखण्डनकारी हो ?
स्पष्ट छ ति अतिब्राहमाणवादी चिन्तन भएका क्षेत्रि-बाहुन नै नयाँ नेपाल निर्माणको बाधक तथा सम्प्रदायिक
अनि राज्य विखण्डनकारी हो । यति सम्म कि अरुको अस्तित्व नस्विकारनु तर आफ्नो संस्कार जबरजस्ति लादेर
दंग पर्नु अनि धार्मिक सहिसुष्णताको कुरा गर्नु कति सम्म जायज हो ? यो त आफ्नो धोति खुस्केको नदेख्नु
अरुको चाहि धोति खुस्केर ऊ…. देखियो भन्न खोज्नु मात्र हो ।
अब नेपालमा आत्मनिर्णयको अधिकार तथा जातिय सवयेतता सहितको संघिय राज्यको नयाँ नेपालको पुणर्संरचना
गरी सर्वभौम सपन्न , राजकिय सत्ता जनतामा निहित गरी समुन्तन सम्मृद्घ गणतान्त्रिक नेपाल जनताहरुले चाहेका
हुन । त्यसैले अहिले सम्म सम्पुर्ण जनजाति संघ संस्थाहरुले गर्दै आएको कृयाकलाप र पूर्वमा लिम्वूले गरेको
बन्ध, काठमाणडोमा नेवारले गरेको बन्ध तथा तराईमा मधेसिले गरेको बन्ध सबै जायज छन त्यसैले यो समस्या
चाँडो भन्दा चाँडो सम्बोधन गरीयोस ताकि हेलच्याक्राईं गरे भविस्यमा आउने रक्तपातको जिम्मा यि वर्गले लिनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
हो,कृष्ण जी ले सही कुरा उठाउनु भयेको छ। हामी ले लोकतन्त्र को लागी संघर्ष गरेको नेपाल को मुहार फेरेर नयाँ नेपाल निर्माण होस भनेर हो। पुरानो बाटो हिडेर नयाँ ठाँऊमा पुगिंदैन। केहि मित्र हरु ले युरोप को उदाहारण दिनु हुन्छ, युरोप संपन्न भयेपछि बनेको कल्ब हो। हाम्रो सार्क संग तुलना हुन सक्दैन। यहाँ कुनै सिमा छैन, म धेरै पटक जर्मनी गयेँ, तर कहिले पनि ID card देखाउन परेको छैन। सिमा नै छैन जस्तो लाग्छ। जर्मन हरु (कुनै पनि EU को नागरिकले) EU को जुन सुकै राष्ट्रमा काम गर्न सक्छ। हामि नेपाल भित्र नै बार लगाऊने कुरा गारिरा छौ!! नेपाली हरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अंग्रेजी कमजोर भयेको ले पछी परेको देख्छौ, अब यस्तो यथार्थलाई नजाने जस्तो गरेर,भुटान जस्तो संग्राहलय बनाउने ?? संसार कै अन्तर्राष्ट्रियकरण भैरहेको बेलामा हाम्रा जातिबादि नेताहरु नेपाली लाई दुलो भित्र कोच्ने प्रयास गर्दै छन। येस्तो कुरा बाट हामी सचेत हुनु पर्छ। देशको प्रमुख समस्या गरिबी हो, यो हटाउन सुशासन चाहिन्छ देशमा।
मन परे हरियो, नपरे रातो
0
0
GREAT saying !!!! Superb analysis and great article Krishna Poudel ji…you wrote the fact…
मन परे हरियो, नपरे रातो
0
0
अति उत्तम लेख .
अलि दाहिने फर्केर लेख्या जस्तो छ नि ?
मन परे हरियो, नपरे रातो
0
0
If such things continue King will be strong very soon. May be people of King consulting Maoists to act so.
मन परे हरियो, नपरे रातो
0
0
भनाईमा मात्र होइन प्रजातान्त्रीक र अप्रजातान्त्रीक शक्तिमा गराईमा नै भिन्नता हुन्छ । गजेन्द्र नारायण सिँहलाई काँग्रेसले पैदा गरेको हो र काँग्रेस सभ्यता अनुसार नै मदेशी समुदायलाई मुलधारमै राख्ने काम उनिबाट भएकै हो । हक-अधिकार का कुराहरु लिएर छिट्पुट् कार्यक्रम गर्दैमा सद्भावनालाई शँका गरिहाल्नु हुँदैन । उसका प्राथमिकता र एजेण्डाहरु मुख्य कुरा हो । तर यहिँनेर माओबादीले गोइतलाई पैदा गरेको हो ,पुर्बमा राई-लिम्बुहरुलाई उसले नै सँगठित गरेको हो । कुन नियतले जातीय-क्षेत्रीय भावनाहरुलाई ढाप दिइएको छ भन्ने कुरा महत्वपुर्ण हो । माओबादीहरुले प्रस्फुटन गरेका जातीय-क्षेत्रीय नाराहरुले नेपाली समाजलाई बिखण्डन गर्ने काम ज्यादा र जातीय-क्षेत्रीय मुक्तिको काम कम गरेको छ । आवेशवाद-उत्तेजनाबाद र अन्य समुदाय प्रति असहिष्णु हुन माओबादीले नै दिएको शिक्षा हो । सामाजिक सम्बन्धमा यसले भविष्यमा अरु बढि असजिलो ल्याउने कुरा निश्चित छ ।
मन परे हरियो, नपरे रातो
0
0
Well article in itself is. I dont know about Public youth college, Udayapur, Trichandra campus but i am sure that the news about IAAS, Rampur campus, Chitwan is no more than Propaganda of Nepal Student Union.
मन परे हरियो, नपरे रातो
0
0