मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपालगञ्ज घटनाले सिकाएका पाठ

    नेपालगञ्जबाट मंगलबार ज्यादै नराम्रो खबर आयो। क्षेत्रीय दंगा यस्तोसित फैलियो कि एक जनाको ज्यान समेत गयो, कयौँ घाइते भए। जनआन्दोलन-२ पछि शान्ति सम्झौता भइसकेको स्थितिमा पहिलो पटक कर्फ्यु लगाउनु पर्‍यो। दिउँसो भरी लगाइएको ६ घण्टे कर्फ्यु बढाएर अहिले अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। सत्ताका साझेदार सदभावना पार्टी आनन्दीदेवीले हिजो आयोजना गरेको बन्दका क्रममा भएको तोडफोडका विषयमा स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताहरुबीच भएको विवादले पहाडिया र मधेशीको क्षेत्रीय रुप लिन पुगेपछि यो अनर्थ भएको हो। अब त्यहाँ बिस्तारै स्थिति नियन्त्रणमा आएको छ। भोलि सबै दल मिलेर शान्ति र्‍याली निकाल्ने भनेका छन्। आशा गरौँ, अब त्यहाँ केही अनर्थ हुने छैन। तर यो घटनाबाट सबैले पाठ भने सिक्नै पर्छ।

    हामी मध्येका केहीले सोचेका हौलाउँ- हैन, नेपालमा के भइरहेको छ ? यी धोतीहरुले देशलाई टुक्रा गराउन चाहेका छन् कि के हो ? तर यो एकदम सतही र पूर्वाग्रही विश्लेषण हो। घटना आजको स्थितिसम्म आइपुग्नका कारकहरु के हुनसक्छन् भन्ने नबुझेर त्यस्तो विश्लेषण मनमा आउँछ।

    वास्तवमा समस्याको बीउ त शाहवंशले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा एक भाषा, एक भेष लादेदेखि उब्जिएको हो। ‘विविधतामा एकता’ लाई हामीले कहिले पनि लागू गरेनौँ। तराईका काला छालाका मानिसहरु देख्नेबित्तिकै ‘भारतीय’ र ‘धोती’ भन्दै हेप्यौँ। वर्षौँदेखि नेपालमा बसिरहेका भूमिपुत्रहरुले नेपाली भाषा नजानेका कारण उनीहरुको राष्ट्रियतामाथि प्रश्नचिह्न उठायौँ। तर व्यापारका लागि भारतबाट आएका ‘सेठ’ हरुलाई नागरिकता ‘बेच्यौँ’। बसन्तपुरमा भएको नागरिक सभामा धीरेन्द्र प्रेमर्षिले आफ्नो अनुभव सुनाउनु भएको थियो- कसरी उनका आफन्तहरु नेपाली बोल्न नसकेका कारण नागरिकताबाट वञ्चित भएका थिए। आफू नागरिकता लिन जाँदा कसरी सीडीअ‍ोले नेपाली बोल्न आउँछ ? भनेर भाषालाई राष्ट्रियताको शर्त बनाएका थिए।

    ०४६ सालको प्रजातान्त्रिक परिवर्तनपछि राजविराज नगरपालिकाले त्यहाँको स्थानीय भाषा मैथिलीलाई पनि कामकाजको भाषाको मान्यता दिँदा सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको थियो। प्रजातान्त्रिक भनिएको वातावरणमा समेत देशकै अन्य भाषालाई यति हदसम्म हेला गरिएको थियो। नगरपालिकाको कामकाजमा स्थानीय भाषा मैथिलीलाई पनि प्रयोगमा ल्याउँदा कसैको केही बिग्रने थिएन। त्यहाँ नेपाली भाषाको प्रयोग रोकिने भनिएको थिएन। तर नेपाल कै भाषाहरुमाथि राज्यले सौताको व्यवहार गर्ने क्रम जारी राख्यो। आफ्नो स्थानमा आफ्नो भाषाको प्रयोग, विकास पनि गर्न नपाउनु कहाँसम्मको अन्याय ?

    रिस त उठ्छ नै, विद्रोही भाव त आउँछ नै। किनभने राज्यले उनीहरुलाई ‘अनागरिक’को व्यवहार गरिरहेको थियो। भाषाका मामलामा मात्र हैन, अन्य मामलामा पनि। यद्यपि सबै मिलेर बसिरहेका नै थिए। तर उनीहरुको मनमा रहेको भावनालाई गलत तत्त्वहरुले भडकाइदिँदा आजको स्थिति आएको हो।

    यस पटकको आन्दोलन राजालाई फालेर तिनै दलहरुलाई सत्तामा ल्याउन मात्र भएको हैन। समावेशी आधारमा राज्यको पुनर्संरचना गर्न पनि भएको हो। २३८ वर्षदेखिको केन्द्रीय एक भाषा, एक भेषको नीतिलाई विविधतामा एकताका आधारमा नयाँ ढंगले एकीकरण गर्ने आशा गरिएको हुनाले यस पटकको संक्रमणकाल ज्यादै संवेदनशील छ। नेपाल एउटा ठूलो परिवर्तनको संघारमा छ । अहिलेसम्म हुँदै आएका कुरा अब परिवर्तन हुने आशा राखिएको छ। यो संवेदनशीलतालाई बुझ्न नसक्नु पनि आजको घटना हुनुको कारण हो।

    सत्ता साझेदार सदभावना पार्टी आनन्दीदेवीले अन्तरिम संविधानमा मिश्रित प्रणालीमा चुनाव गर्ने भनेर भौगोलिक आधारमा पुरानै २०५ निर्वाचन क्षेत्रलाई कायमै राखेको आदि कुरामा असहमति जनाउँदै संविधान मधेशविरोधी रहेको भन्दै हिजो सोमबार तराई बन्दको आह्वान गरेका रहेछन्। अन्तरिम संविधानमा मधेशका मागहरु मात्र हैन, अरु विभिन्न पक्षका मागहरु पनि पूरा भएका छैनन्। तर संक्रमण कालमा त्यसको विरोध संयमित तरिकाले गर्नुपर्छ भन्ने तथ्यलाई बुझ्नबाट सदभावना चुक्यो। जनतान्त्रिक तराई मुक्ति मोर्चाको शैलिमा बन्दको आह्वान गर्नपुग्यो। फलस्वरुप एक हैन, अनेक थरिका तत्त्वहरुले खेल्ने मौका पाए, संवेदनशील कुरालाई भडकाइदिएपछि स्थिति यसरी बिग्रन पुग्यो। अब शायद पाठ सिकेको छ सदभावनाले। तर सदभावनाले मात्र हैन, अरु धेरैले पनि यो घटनाबाट पाठ सिक्नुपर्छ।

    राज्यलाई यदि समावेशी आधारमा पुनर्संरचना नगरी यथास्थितिमा रहने हो भने यस्ता दुर्घटना अझ पनि निकै हुन सक्छन्। यसमा सबै सजग हुन आवश्यक छ। नेताहरुले मात्र हैन, हामी आफूले पनि आफ्ना पूर्वाग्रही सोचविचारहरु हटाउनु पर्छ।

    अस्ति नै जनकपुरमा जाँदाको एउटा कुरा सम्झन्छु- विवाहमण्डपमा जाँदाको। त्यहाँ भित्र पस्न शुल्क लाग्ने रहेछ। क्यामेराको अलग्गै २५ रुपैयाँ हो कि कति हो। बाहिर प्रष्टसँगै सूचना लेखिएको थियो। हामी फोटो खिचेर फर्कँदा केही व्यक्ति टिकट काउन्टरमा विवाद गरिरहेका थिए। साले धोतीहरु यस्तै हुन्छन् भनिरहेका थिए। के रहेछ भनेर बुझ्दा त क्यामेराको टिकट नकाटेका कारण काउन्टरका मान्छेले क्यामेरा खोसेर टिकट लिन दबाब दिएका रहेछन्। उनीहरु भने गाली गरिरहेका थिए। वाह, आफै नियम तोड्ने अनि आफैले गाली पनि गर्ने !

    जनकपुरमा नै हुँदा मिथिला महोत्सवको उदघाटन एमाले महासचिव माधव नेपाल ‘पहाडिया’ लाई किन गराउन लागेको, मधेशीलाई नगराइकन भन्दै विरोध भइरहेको थियो। उदघाटनका दिन सामान्य मुठभेड पनि भएछ। तर पहाडिया र मधेशी समुदायका विद्वान व्यक्तित्वहरुको प्रयासका कारण त्यहाँ त्यस्तो केही अप्रिय स्थिति भएन। यस्तो प्रयास देशभर हुन जरुरी छ।

    साम्प्रदायिक दंगा भडकियो र त्यसलाई नियन्त्रण गर्न कर्फ्यु लगाइयो। आन्दोलनकालमा कमल थापाले कर्फ्यु सस्तो बनाइदिएका कारण कर्फ्यु तोडेर प्रदर्शन भए। स्थानीय सञ्चारमाध्यमहरुमा साम्प्रदायिक दंगालाई संयमित बनाउन के कस्ता कुरा भए, त्यो त थाहा भएन तर राष्ट्रिय सञ्चार माध्यमहरुमा भने त्यस्तो खास केही भएको जस्तो मलाई अनुभव भएन। दलका विभिन्न नेताहरुले वक्तव्य दिएछन्। तर मलाई लाग्छ, यस्तो संवेदनशील कुरामा प्रधानमन्त्रीले नै वक्तव्य दिनुपर्थ्यो। सके रेडियो अथवा टिभीबाट नै संयमताका लागि आह्वान गर्नुपर्थ्यो। यति गर्दा प्रधानमन्त्री सानो भइँदैन, अझ उचाइ प्राप्त गर्छ उहाँको व्यक्तित्वले। जनताको प्रधानमन्त्री राजाजस्तो जनताबाट टाढा भएर हैन, जनताका हरेक कुरामा नजिक हुनुपर्छ। अमेरिकी राष्ट्रपतिले त साप्ताहिक रेडियो वक्तव्य दिन्छन् क्यारे, हैन ? हामीकहाँ त्यस्तो पर्दैन, कमसेकम यस्तो स्थितिमा जनतालाई प्रत्यक्ष सम्बोधन गरिदिए हुन्थ्यो।

    No related posts.

    37 comments to नेपालगञ्ज घटनाले सिकाएका पाठ

    • ksitiz

      SUNITA

      YOU ALSO BELONG TO SAME COMMUNITY WHO CALL THEMSELVES CIVILIZED AND SOCIAL BUT NEVER FORGET TO DISCRIMINATE YOUR OWN COUNTRY PEOPLE. SO WHTEVER I WILL SAY YOU WILL NEVER ADMIT.

      AS FAR AS NOT OF DECENT IS CONCERNED, WHT ACHIEVEMENT DID UML GOT FROM WRITING IT?????? DOES UML HAS ANY VALUE IN CURRENT POLITICAL SCANERIO????? AND EVEN IF THEY WILL GET, THEY WILL GET BECAUSE THEY ALSO BELONG TO SAME SOCIETY OF URS….!!!

      SO I DONT WNT TO MAKE MORE COMMENT ON U. IF U R REALLY CIVILIZED AND EDUCATED, U WILL REALIZE WHT I SAID AND WILL ACT ACCORDINGLY!!

      MAY GOD BLESS YOU!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bidrohi

      hey ma matrai chhettri bahun bata pidit hai vaneko taaa?????????? sabai sathiharu pani pidit po….
      aba maile vannu nai pardaina ni brahminbaad le k k garyo k k garen vaneraaaa….. yo ta kewal saddam hussain ko vanda pani kaam chaaina ra hitler vanda pani k kamm chha ra….. rana sasan ko paalama ta hitler saili ma jo hindu vaena usaki thauko thau katera marinthyooooooooo…. ani tyatile pani navaeraa gharko vittama khasi ko ragat daleko hunuparnee……yadi daleko chaaina vane tyo gharko sabai family ekaithauma katinthyo(hitler sailima) ra eutai chihan banainthyooo ani jiudo jalainthyooooooooo….. aba tyati garepachhi ta eutai vasa eutai dharma(hindu ) hune nai vayo ni
      ani they claim that 95% are hindu vaneraaaaaa…. aba chai surveillance garne ho vane hindu haru pug napug 25% hunchha holaaa… cooz ahile ramro khalko cheetri bahun haru aru dharma nai maanna thaleko chha(christian..budhism…) or dharma ma nai biswas garna chadeko chhaaa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanti Nepal

      Response to kistiz,

      first of all yes, it is the sadbhavana who took to the street. what were they doing in the PM residence when the draft of the condstitution was drafted. Whys did they not put a note of dissent and then resign from the government.
      I say that it was lack of vision amongst the SPAM who are to be responsible and accountabilty of the fall out and NSP should take the responsibility of the incident, as they were theones who called for the bandh and it started from there.
      Accusing each other or wrtingin to each other does not solve the problem. One has to act and if H.Tripathi is fair, he should resign and take other step to bring.
      It is now to rectify ourselves and see how we can all live as a united nepali, no need to rush on so many decision. First the CA should take placce and that CA will then decide on many other things pertaining to Naya nepal, who are these SPAM to take all these decision on behalf of the larger nepalese, as you see how the maosit is already getting corrupted by getting tons of money from the state coffer.
      Shanti nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • malai ta baal ho, j garey ni mukh maa deshi ra dhoti bhanne s abda ta aai haalcha ni.

      but yes, tyo sabda aaudai maa helaa chahi garidaina. actually, yo sabbai chahi mutual understanding maa depend gardacha. kuraa milcha, mann milcha bhane…baahoon ko chora ko sangat kaami ko chora sanga pani huncha.

      kuraa mildaina bhane….baahoon bahoon ni mildaina, newaar newaar ni mildaina….ra helaa bhanne sabda ko prayog huncha.

      but for me..and f rom me…..aafu khusi gara…sadhai haasi raha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rosy

      Its amaging- how people are interpretting the incident. Comon guys, Donot be stupid to fall in the sam pit again and again. this fire will not get calm till all the citizen will feel, HE / SHE IS A PROUD CITIZEN OF NEPAL. but how its possible in present scenario? are the leaders or their follower changing their attitude?
      Do the 8 party have to take the responsibility of 23 death and thousands injured during the Janaandolan-2 or the autocrates who forced them to go for movement? if so, then now, will the Sadvabana party will take responsibility or the present state runner who are deaf and bllind, not listening the voice when raised at table-talk?

      It is movement within the frame of movement? No one can turn it off till all the people get theri right? Of course, we should not forget our responsibility while asking for right.
      God Bless your Great Nepal.
      Shantijee, It seems you have never suffered any sort of discrimination in life, or U dontot know and feel the pain of this. It hurts more when our own people hits than others… I wish, U never have to face that as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lama

      Dhaya bad tapaiko lekh. yo atentai ramro lekh lekhnu bhayako rahechha tarai basi ko barema. tara k garne pradhan mantri ta yo abasthama affno natedar ra karyakarta lai jagir ra ghus paith manai byasta hunu hunchha.yo nepali janatalai bidambana ko kura ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ksitiz

      shanti

      did your so called cultured and social leaders tuk the responsibility for the discrimination? did anyone has taken the responsibility of wht ever they hv called for??? why sadbhavana party has to take responsibility and pay price?? only because its a party of madhesi??? keep your mouth shut if u r so culturled and social as ur a-h leaders.

      pls dont show ur stupidity!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ksitiz

      DONT TALK LAUD!!! FIRST TAKE BIRTH IN MADHESI FAMILY THEN U WILL KNOW WHT IT FEELS WHEN SO CALLED CULTURED AND SOCIAL SOCIETY DISCREMINATES YOU….

      ITS EASY TO TALK BIG… BUT IN REAL YOU ALL ALSO ARE DOING DISCREMINATION….. FIRST STOP THAT!!!

      MADHESI PEOPLE KNOW WHT THEY HV TO DO AND HOW THEY HV TO DO…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanti Nepal

      This is the fallout of lack of vision of the SPAM not taking into account the needs of all communities.
      = First the strength of the maoist was not over all the 75 district, but the maoist took the advantage of all splinter groups who had the agende of self-determination. Thus, the maoist magaged to put them all under their umbrella to show strenth and any action done by anyo f these groups were identifiied as moaist.
      = Thus, Peace talk in isloation with the maoist is just a piece meal. All those other groups who aligned withe maoist should be taken into confidence and brought a broader understanding to keep the essence of united nepal.
      = Sadbhavna/Anandadevi should take full responsibility what happened in nepalgunj and pay the price, but not merely blaming on reactionary forces.
      = if they see hands of the reactionary forces, why are they keeping quiet and blind. It has been easy to throw the blame on others.
      = During the Panchay rule, all these fellows from different parties were pancha during dandavat not only to the king, but his champas als well.
      = Even the (in) famous GIRIJA was coniving to join Panchayat and had several rounds of tlak with Ranjan raj. he opted not only when his demand of deputy PM and home was rejected.
      = Same Bharatmohan who became DyPM in Deupa cabinet, had prior pointing finger at the palace “chupa lag, hamilay talai tik gharchau”, as soon as he was Dy PM with finance, he released millions of money for the king to buy all those luxury cars and goffered a purse of 99,000 pound (free) to Helen Shah.
      I DONT UNDERSTAND WHY THE PRESENT HoR COULD NOT TAKE ACTION TO RECOVER THE MONEY FROM BHARAT MOHAN AND DEUPA – SHAME ON THOSE NAPUSKH MEMBERS, WHO ONLY CAN RUN AFTER THOSE WHO ARE MERILY IN COMA.
      = POOR SELF PROCLAIMED LEADERS OF SPAM WITH NO VISION, BUT FOR SELFISH VISION, NOTHING IS BOUND TO CHANGE.
      = ALREADY WE CAN SEE THE FACES OF THE MAOIST, WHO LOOKED LIKE RATS ARE NOW LOOKING LIKE FOX.
      = NEW nEPAL WITH VISION WILL ONLY HAPPEN ONLY AFTER THE COUNTRY PAYS A HEAVR PRICE OF THOUSANDS TO BE KILLED IN THE NAME OF ETHNICITY CLEANSING – THIS IS BOUND TO HAPPEN, SOON IF NOT THIS YEAR, ATLEAST 2008.
      SEA CHANGE OF ETHNICITY CLEANSING WILL START BETWEEN THE PAHADI Vs MADESHE, MUGRALI Vs OTHERS.
      = UNTIL AND UNLESS THE SPAM, TAKE ALL THESE COMMUNITIES AND OTHER POLITICAL PARTIES (NO MATTER HOW SMALL THEY ARE) ABLOOD SHED NEPAL IN ON OFFING.
      THUS HOSSIYAAR ALL.

      Shanti nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      I live now in Madesh and I am Madhise. The quesiton here is not only discrimination but also lack of social and educational envrionment. every community has its leader and their leaders are not propely helping. Above one commented that KHAS are responsible. In Kathmandu even we from outside Kahtmandu are called kaathe, Paakhe and so on.
      We are called uncivilized in Kathmandu. Look in Kathmandu between higher caste newar and lower caste. SEe in Terai lower caste and higgher caste. This shows it is not onlyquestion of terai and pahad but it is deep rooted social problem which can be only romed by proper education and economical equity.
      That should be achieved by just fully decentralizing local admisnitration for education, health, agriculture and local planning by local elected body.
      Once we start respecting eachother lot of problem is automatically solved.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • योगेश कार्कि

      नेपाल मा सबै भन्दा घुस्याहा, जड्याहा, भ्रस्ट भनेका बाहुन छेत्रि हुन भनेर जुन भनिन्छ, त्यो जाति बादि र घ्रिणा बादि सन्स्कार हो. पाये सबै, चाहे जुन सुकै जात होस, ले तेसो गर्न सक्छ; यो मान्छे को जात ले होइन स्वभाभ र अवसर ले गर्दा भयेको हो; नेपाल मा धेरै गरिब बाहुन छन र धेरै धनि नेवार र अरु जाति छन, यस्लाइ जातिय को चस्मा ले हेरिनु हुदैन किन्अकि यस्ले हिन्शा र द्वेश मात्र फ़ैलाउछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rosy

      We all are concerned for the better Nepal, thats Great!!! BUT, why we are not trying to go at the root of the problem? Its an tragedic incident. But, are the 7 party (except NSP of 8 Party allignment) going to rethink on the issue of why MADHESH BANDA was called? are they going to ammend on the proposed interim constitution that all the Nepalese vote will have equal weightage and address the descriminating issues of Madheshies? I can see ” BIG NO”. Now, they are going for peaceful rally and forming probe committee on the incident. Samefule!!!, They are always rective than than being proactive.
      The main problem seems again shaded by this incident. Just saying nice words is not enough… Action is important. Then how come you wish for Sundar Santa great Nepal with social harmony? Sorry guys, its not going to give permament solution. God bless our great Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar shrestha

      Hai guys

      it is a tragedy accident in this moment. i went through allwriters’ view but among them byas from USA is dissent.Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Man Iwahang

      वाह उमेस जी ! तपाईको परिवर्‌तनकामि तथा क्रान्‍ितकारी विचार देखी म धेरै अभारी छु । सारै समय सापेक्ष खुराक
      दिनु भो समस्‍याको सहि आकलन गर्‌नु भो । यसको लागि धन्‍यवाद । आफ्‍नै धर्‌म, भाषा तथा वर्‌गको मात्रै उन्‍नति
      विकास होस भन ठान्‍ने जो जहिले पनि सत्ता आफ्‍नो मुठीमा राखिराहुनुख्‍न चाहने शाहवंस तथा क्षेत्रिबाहुनको अदुरदर्‌सि
      भेदभाव पुर्‌ण नितिले यस्‍तो स्‍थिति उत्‍पन्‍भएको हो । राज्‍यले समान निति बनाएर सम्‍पुर्‌ समुदायको पहिचान र
      अधिकारलाई सुनिष्‍चित गर्‌नु पर्‌नेमा जुन समुदायहरुको विद्रोहि भावनाको पृष्‍ट भुमिबाट सिर्‌जित जन-आन्‍दोलन २ को जगबाट बनेको अहिलेको सरकारले उहि पुरानो प्रतिकृयावादी, सामन्‍तवादी तथा हिन्‍दुवादी आवधारणालाई नै
      निरन्‍तरता दिई यथास्‍थिमा रहनखोजेकाले नेपाललाइ नयाँ सोँच र नयाँ ढंगबाट आधुनिक नेपालको निर्‌माणमा
      लागेका नेपालि जनतामा असन्‍तुष्‍टि तथा विद्रोहको भावना उत्‍पन्‍न हुनु सभाविक हो । र राज्‍यले यो समस्‍यमा छिटो सम्‍बोधन
      गर्‌नु पर्‌छ । नत्रभने आफ्‍नो हक हितका लागि मधसि मात्र होइन नेपालका सम्‍पुर्‌ण जनजातिहरु पनि दवाब मुलक
      आन्‍दोलन गर्‌न बाध्‍य हुनेछन साथै यस ब्‍लकमा जातिय स्‍वेतताको बिरोध गरी जानजाति माथि षड्‌यन्‍त्र गर्‌न
      खोज्‍ने कम्‍मेटरहरु तपाइहरु खालि हिन्‍दु‍वादी नबन्‍नुस यहाँको समस्‍या गरीबि लगायत अस्‍तित्‍वको पनि हो भन्‍ने बुझ्‍नुस र
      सम्‍पुर्‌ण जातजाति, भाषा-लिपि, धर्‌म-संस्‍कृतिको समान बिकास तथा राज्‍य निरमाणमा समाबेसि प्रतिनिधित्‍व
      स्‍विकर गर्‌नुस । नेपाल हिन्‍दुवादीको पेवा हो भन्‍ने बिखण्‍डनकारी सोँच त्‍यागनुस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushila ,

      नेपाल कहिल्यै उँभो लाग्ने भएन , हामी नेपालीको बुद्धि कहिल्यै फर्किने भएन , अब हुँदा हुँदा साम्प्रदायिक दङ्गा पनि हुन थाल्यो हैन ?
      सद्भभावना पार्टिका साथिहरु ! तपाईहरु अर्काको बुई चढेर यस्तो काम गर्ने सुहाएन। अरुले उक्सायो भन्दैमा हामी जनता टुक्रिने ? त्यो अराजक तत्व यहि नै चाहन्छ कि “भाइ फुटे गवाँर लुटे “। उनिहरुको उद्देश्य नै ” फुटाऊ अनि राज गर ” हो , त्यसैले हामी जनता सबै मिलेर समस्याको समाधान गर्नु पर्छ र देश विकाशमा लाग्नु पर्छ । सबैलाई चेतना भया!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्तै हो नेपालको चालामाला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      what the hell is pahadiya and madhise??? don’t you know that we all are nepalese in first place…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Casanova

      Umeshji,
      Excellent views! As you’ve put, there are innumerous challenges popping ahead for the present leaders as well as for the citizens of Nepal.Civil soceity, intellecuals need to work with extra zeal particularly in such vulnerable kind of transitional phase.
      There is higher risk in Terai as regard to the issue related to secularism as well.Its not an easy task for many to be convinced that Nepal is no more the Hindu Kingdom.Terai is the bottleneck for that matter.

      In Nepal its quite easy to ignite a rage even with a small issue but the repercussion would be always devastating.
      The present leaders should firstly learn to not to fight one another then only they will succeed in dissuading the public to not to create any mishaps.Intellectuals,civil society etc should come upfront in such scenario rather than Home Ministry imposing curfews and filling the streets with armed forces.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan

      Umesh Ji how i explicate about you? You know regarding this above news which you have augured here really i am optimistic with you you are more than 100 percent right………Thank you very much for your good news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subash

      Jatiya Morcha Murdabad!
      -Jaat ra Religion pachi lagera danga, fasad garne manche murkha huna kina vane ye dubai “Afim” huna

      Nepali Ekta Jindbad!

      Indian policy murdabad!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saan

      Umesh ji

      Yes, you are right. It is due to KHAS ( Bahun,Chhetri and Takuri) thinking. I am a victim of this group in foreign soil. So i know their hehavior.

      Thank a lots for the article.

      Saaan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rosy

      Thanks you Umeshjee, at least you are raising such genuine issues? did U noticed how the big media houses has dealt even this DISASTER?

      SO CALLED DEMOCRATIC leaders from Pahadi community are still in the feelling that they will still win the election from Madhesh, then why should they worry (Like Gyane was thinking till last moment that He is in power wnd can do whatever he wish. All Nepalese got up- Gyane out)? They donot think for the prosperous Nepal with social and communal harmony. Madheshi people didnot woke up only for Janandolan-2, they are now aware how they are misused by these leader as well.

      The leaders are still sleaping. Rather than discussing and trying to resolve on the point why this BANDA was called, they are asking NSP (A) leaders to make calm down MADHESHI people? what for?Of course, reactionary people will use such event to fulfill their bad intension.

      What is democracy or republic? does every Nepalese people’s vote have equal weightage? if yes, then how one vote from Madhesh will not be equal to one vote in Pahad? if so, then how come it can be justified that one representative being selected from 1,00,000 voter while other from only 4,000? The state is discriminating with Madheshi people, even on their fundamental right, then what’s wrong if some layman pahadi people call “Dhoti” or “Marsiya”?

      The way Nepalese leaders are still following seems very dangerous. Lets pray “Our leaders get wisdom before Nepal face very big accident”.
      God save our Great Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • satpal singh

      neta harulai gali gardaima hamiharuko responsibility pura hune haina,ahile hami sabai nepali haruko pramukh kartabya ta …deshma shanti sthapana garnu ho,yeska lagi hami janata harule pani JAATIYATA ko kuro lai liyera deshma sthapana huna lageko shanti ko prayash lai bitholna khojne lai khabardari garnu ho.
      katai tiniharu bhutpurba MANDALE ka sathi haru ta hainan…..be careful.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pokharel

      जयस्थिती मल्ल,राम शाह ले बनाएको जाती ब्यब्स्था लाइ समाप्त गरेर नेपाल मा अब कानुनी रुप ले जाती को उन्मूलन गरेर एक जात् नेपालि(जात्)को नया समाज निर्माण गरौ दाजु भाइ दीदी बहिनी हरु ।भाषा जात पात मा न अल्झी देश बिकास गरौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shashi bhattarai

      The article is very good useful and thoutghtproviking.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayabhupal

      Madhise,Pahade ………Rai,Limbu,Chepang,Tharu,Bahun,Chhetri……but Actually why not all we NEPALI?
      There are various flowers in a garden Rose,Lily,Pansy,Poppy,Daisy,Dahlia………….so on…If they too fight themselves then no one will go to see garden.Jungle will be better than a garden.
      Yasto baimanasya ko bhawana rakhera Desh bandaina baru bigradai janchha.Hritik Roshan ko ghau ko khat balla balla sukeko thiyo……aba yo naya ghau…….?
      Nepal ama lai kati dukhdai hola?Ama ko peeda santanle nabujhe Dhikkar chha tyasto Santanlai.
      Daju,Bhai,Didi,Bahini haru……tapai sachai amalai maya garnu hunchha bhane amalai asahaniya peeda nadinu hos………
      We pray for peace and love in our country.

      ……….Maya and Bhupal(south Korea)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rai & Gurung brothers

      TARAI THULEI SAMASYA HOLA JASTO CHHA.ABA HAMI PAHAD BATA TARAI TARPHA BASAI SARAI GARNU PARCHA JASALE GARDA YAK APAS MA SADAVAB HUNCHHA.
      RAJESH RAI & BINOD GURUNG

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pushkar

      Thanks for your great writing.I am agree with you in some extend.there is also a discussion about the same issue http://nepalofficers.blog.com/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mm

      yes umeh u are right in this matter. In ktm madeshi have treated like non human. i had couple of example near my eyes while i was in ktm.
      but method of dealing with issue was wrong way, sadbhawana party did wrong way . and like such situation come and without reason one nepali died.some time leaders organized without thinking and they choose any means and method for their political goals. In this issue sadbhawana did wrong way .
      Everytime it is easy to blame others after incident but root cause was yesterday terai bandha. if you agree or not, it is not matter but that is true.
      and responsibility goes on organizor. and we have not to forget one thing is that , this is only interim constitution. just as political document for short period but in accordance with constitutional norms, it is no more constitution but more political agreement.
      MM

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanjan

      kunai vijalanteharuko haat huna sakchha, be careful!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rakesh, State college, USA

      you are very objective in your analysis Umeshjee.I ma a madhise and have personally experience the discrimination against us at social as well as administrative level. but I strongly aggree that sadbhawana Party should have refrained from making such aggressive moves at this point of time. Equally we should admit that some of their demand like redefining constitutional boundraies should be taken care of before the election of constitueat assembly.rest can be done in the process of writing constitution.
      The people of Terai are taking radical line because non of the Pahade leaders from major political parties (from Girija to Prachande) are doing anything for them except occasionally giving a lip service. This incident reminds me of the vandalism that was exhibited in ritik Roshan kand. I personally know a person who has languished in jail for fighting against monarchy for more than 10 years, was badly humiliated in Kathmandu for wearing Dhoti.
      I also request to all my madhise brothers to spread the message of communal harmony at this point of time and take out peace rallies in all terai towns by organizing peace rallies across the terai to assure pahade people of our tolerance. As gandhi says, humility is not submission, we should keep our spirited fight against discrimination while being non violent and accomodating.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shadha

      यस्तो जात भात को कुरा ले किन सधै समस्या उब्जाइरहने?बरु नया नेपाल निर्वाण गर्ने सुन्दर शान्त नेपाल बनाउने हो भने अहिले नै यो जात भात को कुरा हटायेर सम्बिधन मा नै सबै नेपालिको येउटै जात बनाइदिये हुन्थ्यो नि क्या ग़जब्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kadam

      U R RIGHT MAN…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      Can eight parties pass a resolution banning “Bandh” in Nepal. “Bandh” is not a political tool but a form of hooliganism and vandalism so can not be supported whatever is the reason behind it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      साह्रै मन छुने लेख लेख्नु भयो . मुरिमुरी धन्यवाद .

      फ्रान्समा जातिय दंगा हुंदा राष्ट्रपतिले देशलाई सम्बोधन गरेका थिए . ग़िरिजा कता …

      हाम्रो देसमा बाहुन क्षेत्री ठकुरी बाहेक अन्य जात जाति पनि छन भनेर जनाउन बन्द जुलुस गर्न नपरोस .

      अल्पसंख्यकको कदर गरौ, मान्छे जातले हैन गुणले ठुलो हुन्छ भन्ने सबैले बुझौं .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kund kund pani to munda-munda buddhi, it is madness but “what to do” god also failed to avoid fight against evil?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KKK

      Umesh
      you are 100% right !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker