मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि अर्को सहमति, तर पालना होला त ?

    आठ दलको रोडम्यापको प्रक्रिया-
    -पुस मसान्त (३० गते) सम्म अन्तरिम संसद (व्यवस्थापिका) का सदस्यहरुको नामावली तयार पार्ने।
    - माघ १ गते प्रतिनिधिसभाको बैठकमा अन्तरिम संविधान प्रस्तुत गर्ने।
    - छोटो प्रक्रिया अवलम्बन गरी पास गर्ने र जारी गर्ने।
    - सोही दिन वैशाख ११ मा राजाद्वारा पुनर्जीवित संसद भंग गर्ने।
    - सोही दिन अन्तरिम संसद गठन गर्ने।
    - सोही दिन संविधानको अनुमोदन गर्ने।
    -सोही दिनदेखि हतियार व्यवस्थापन र संयुक्त राष्ट्रसङ्घले अनुमोदन गर्ने कार्यको थालनी हुने।

    यी कुरा समयमा भएन भने के गर्ने ?

    थाहा छैन !

    अनि अन्तरिम सरकार नि ?
    त्यसका लागि त ठूलो बार्गेनिङ चल्छ नि आठ पार्टीबीच। समय त लागिहाल्छ नि, हैन र ?

    आज बिहान (जनवरी ८) बसेको आठ दलको शीर्ष बैठकपछि जारी वक्तव्यका प्रमुख बूँदाः

    -नेपालको अन्तरिम संविधान-२०६३ लाई आगामी माघ १ गते प्रतिनिधिसभाबाट जारी गर्ने र सोही दिन अन्तरिम व्यवस्थापिका संसदबाट अनुमोदन गर्ने।

    - आगामी जेठ महिनाभित्र संविधानसभाको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्ना तर्फबाट पूर्ण सहयोग पुर्‍याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा समेत अपिल गर्ने।

    - जिल्लाजिल्लामा सर्वदलीय सहमति कायम गर्दै मतदाता नामावली सङ्कलन, नागरिकता वितरण तथा शान्ति सुव्यवस्था कायम गराउन आपसी समन्वयका साथ अघि बढ्न आह्वान।

    -त्यसका लागि गाविस सचिवहरूलाई गाउँ फर्कन र विस्थापित प्रहरी चौकीहरू स्थापनाका लागि आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता।

    -संविधानसभाको चुनावको अभियानमा सिङ्गो राष्ट्र केन्द्रित भइरहेकोले यसलाई सघाउनु सबै देशवासीको कर्तव्य।

    -लोकतन्त्रबाट प्रत्येक व्यक्ति वा समूहले विभिन्न अपेक्षा राख्नु स्वाभाविक भए पनि यी अपेक्षा पूरा गराउन दबाबका कार्यक्रम अगाडि सार्दा यसलाई प्रतिगामी र अवाञ्छित तत्वहरूले दुरूपयोग गर्नसक्ने, समाजमा अराजकता फैलने र सामाजिक एकता तथा साम्प्रदायिक सद्भाव खल्बलिन सक्नेतर्फ सबैले उच्च सतर्कता अपनाउनुपर्ने।

    - संविधानसभाको निर्वाचनपछि बन्ने संविधान र नयाँ व्यवस्थाले मात्रै जनताका सबै समस्यालाई सम्बोधन गर्न सक्ने तथ्य आत्मसात् गर्दै आफ्ना माग र गुनासा संयमित ढङ्गले अगाडि सार्न तथा संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोज्नसमेत आह्वान।

    हस्ताक्षरकर्ताहरु
    -नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला,
    -नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड,
    -नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाल,
    -नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवा,
    -जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन,
    -नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का उपाध्यक्ष भरतविमल यादव,
    -नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छे र
    -संयुक्त वाममोर्चा नेपालका अध्यक्ष सी.पी. मैनाली।

    No related posts.

    11 comments to फेरि अर्को सहमति, तर पालना होला त ?

    • The Observer

      By now, Nepalese have well demonstrated their political consiousness by archestrating within 15 years two political movements, facilitated by political parties but clearly led by the people and 10 years logn people’s war. The poverty and willingness to look forward for progress and prosperity being the main reasons behind participation of people in all political activities – be it people’s movement, be it people’s war. The movements combined with the War had mad it possible to reach to a stage where we stand now. All political parties except for a some with little grass root support are now dedicated for an election of COnstituent Assembly run by an interim government. Therefore we put our utmost hope that an Interim government and Interim legislative body will come into effect on the 1st of Magh 2063.

      Nepal is also blessed with a Civic Society with participation of highly entelectual people, a forum that stays neutral and remains alert not to let people’s dream down. Let us hope that the political power will duly recognize contributions made by civic society until now in political context in Nepal and allow the Society to play a constructive role in the Interim parliament as well as the upcoming COnstituent Assembly. The parties may do so by allocating at least 12 seats for Civic Society representatives. Thus, the remaining 48 seats in the Interim legislation can be allocated as below.
      NC, CPN (M) and CPN (UML) – 8 each
      NC (D) – 4
      People’s Front, CPN (ML), Sadvabana and NLPP – 2
      Civic Society – 12

      Let us hope that the coalition of 8 paties will postively look at this very important aspect of composition of the Interim Legislation.

      ******
      तर तपाईँको अनुमानविपरीत आठ दलले बाँकी ४८ सिटको भागवण्डामा सहमति गरिसकेका छन्। यसरी-
      NC, CPN (M) and CPN (UML) – 10 each
      NC (D) – 6
      People’s Front, CPN (ML), Sadvabana and NLPP – 3 each
      सहमतिभित्र असहमति थियो शेरबहादुर देउवाको- SaLoKyA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak dhakal

      अब यो देसको समस्याको सामाधान हुन गैरहेको छ त्रर दुरभाद्यको कुरो यो मावोबादीभनाउदा हरुले अहीले पनी आतक चन्दा कुटपीट अपहर्ण जारी राखेको छ यो सान्ती बीरोधी हो भन्ने प्रमाणीत हुन्छ त्रर यो कुरोमा आम नेपाली जन्ताले सजक रहनु प्रछ तेसैले त हाल सम्म पनी अ्एरीकाले आतङककारीको सुचीबाट नहटायको अब यीनीहरुला नेपाली जन्ताले राम्ररी चीन्ने बेला आयको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Casanova

      जहाँसम्म deadline meet गर्ने कुरा छ, त्यो त गाह्रै पर्ला तर ढिलो भए पनि छोरै हुनु कुरामा विश्वस्त हुने छाँट चै देखिन्छ| तर पनि Deadline राखेर goal setting गर्ने culture develop हुन थालेछ| यो राम्रो sign हो|

      माथी उल्लेखित सहमतिका बूँदाहरुमा थप्नु पर्ने कुराहरु;
      १. चुनाब प्रचार प्रसारणको बेला दादागिरि,अपहरण गर्ने, कुटपिट गर्ने, ज्यान लिने धम्की दिने आदि जङ्ली प्रवृति कुनै पनि राजनैतिक पार्टीले देखाएमा, त्यस पार्टीलाइ तु. आतङ्ककारी घोषणा गरेर सदाको लागि राष्ट्रले र जनताबाट बहिष्कार गरिने|
      २. चुनावको दौरान Booth capture गर्ने, धाँधली गर्ने, होहल्ला गर्ने र गराउने पार्टी तथा समुहलाइ disqualify गरी कडा कारवाही गरिने|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      पालना हुने सम्भावना अत्यन्त न्युन छ । केही न केही जटीलता र षड्यन्त्रको खेल बिध्यमान छ । त्यसैले हुने सम्भावना भन्दा नहुने सम्भावना धेरै छ । हाम्रो कामना चाही लागू होस् । देश अग्रगामि पथमा लम्किन सकोस् भन्ने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरु सबैको अस्ली नाम रैछ, प्रचन्ड को चाँहीँ अस्ली नाम छैन कि क्या हो ;) । नक्कली नाम ले सहि गरेछन काम्रेड बुढा ले त? दाल मे कुछ काला तो नहीं हे? औपचारिक दस्तावेज म पनि, काले, माकुने, भुन्टे भनेर सही गर्नु राम्रो हो र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganesh thapa magar

      hami sabai nepali mili prbhoo shree pashupati natha sanga prathna garau dheshma santi lyauna hune sabai nirnaya thik time ma housh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalman

      I think this is the best option we, every Nepali, have given Girija Babu is already too old.We must finish CA elections in time but I can not say anything on the part of Maoists. Tiniharule bichma bakheda jhikna sakchhan.Let us see what happens with the Interim Parliament; how the Maoists behave and how their Ministers behave.Because Maoists always say that the parliament is a place where you “sell the meat of dog showing the head of a goat”.This is only a platform from where you can have a great leap forward. If the maoists think like that and don’t behave like parliamentarians, there will be big desaster. Still they have not stopped their activities of extortion, torture and killings. If it continues like that just even before the date of CA elections, all Nepalese should unite and ‘finish them’ from the politics of Nepal forever.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे होस , देश को बिकास होस। नेपालिहरु संधै झगडा मात्र गरिरहन्छन भन्ने नहोस। नेपाल दरिद्र मुलुक भन्ने छवि हटाउने तर्फ सबै एकजुट हुनसकुन । कामना गरौं। सबैको एक पटक आउने झै यो हाम्रो देशको turning point होस- उज्यालो भबिष्य तर्फको॥

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishore

      jaba ki antarim samvidhan nai controversial situationma chha jun samvidhanko kehi dharaharu clear bhaisakeko chhaina bhhanne kurama seven party and Maoist haru sabaiko sahamati samet chha bhane testo samvidhanle janmaeko antrim sansad baidhanik hune chhaina. abaidhanik sansadle kasari antarim samvidhanko kehi dharaharu mathi chhalphal garna milchha ra nirnaya garna milchha ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • teem

      ganandra parewar bata jogeyara aarko pareewar chha tyoo koirala pareewar, tasko k hi thagaan hunna j suki bolna sakchha last hour ma tasaila girija ra tas ko vajanmandali lai satarka garai rakhnus hi lokatantrabadi sathi haru ho,hami bahira bata j j garnu parchha tyoo garna tayaar chhun,

      the team of abord

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मानव थापा

      दुई वटा कुरामा चैं सतर्क हुनु परो नेता जनता दुवै

      १) माघ १ गतेको भोलीपल्ट भूकम्प दिवस छ । जारी हुनअगावै विवादमा आइसकेको अन्तरिम संविधान भोलिपल्टै भूकम्पबाट नभत्कियोस् ।
      २) राजाले कू गरेको माघ १९ पनि नजिकै आउँदैछ । फेरि कू नहोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker