‘हजुर, बितेका कुरा नकोट्याइदिऊँ, सरकारलाई पिर पर्छ। विगतमा जे भो-भो, अबका दिनका कुरामात्र गरिदिनुहोला’
राजाका प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जनले ढोकाबाट भित्र छिर्दाछिर्दै यसो भने। ०५९ असोज १८ गतेको शाही घोषणापछि राजाको सक्रिय राजनीतिमा प्रवेश, त्यसपछिको शाही सरकार, सूर्यबहादुर थापा र देउवाको पछिल्लो सरकारका बारेमा राजासँग कुरा गर्ने एजेण्डा बनाएर नारायणहिटी राजदरबार छिर्नेहरुलाई महर्जनको एउटै आग्रह यस्तै हुने गरेको छ।
‘किन हजुर -’ राजासँग भेट्न र शाही सरकारका असफलताहरुको बिटो बोकेर पस्ने धेरैले सोध्ने प्रश्नमा महर्जनको घुमाउरो उत्तर हुन्छ- ‘बुझिदिनुपर्यो हजुर’
अन्तरिम संविधानमा राजाको शब्द उच्चारण नगरी माओवादीसहित आठ दलले बालुवाटारमा हस्ताक्षर गरेपछि राजाको अवस्था बद्लिएको छ। धेरै सुन्ने र कममात्र बोल्ने राजकीय शैली छाडेर उनी धेरै बोल्न थालेका छन्, अनेक तर्क र जिज्ञासा राख्न थालेका छन्। स्रोतका अनुसार, शाही शासनमा दर्शनभेटका लागि मरिहत्ते हालेर पनि नपाउनेहरुलाई यतिबेला महर्जन फोन गर्दै बोलाउने गर्छन्।
पछिल्लोपटक गतहप्ता सोमबार शाही दर्शन पाउने राष्ट्रिय जनशक्ति पार्टी केन्द्रीय नेता इन्द्रप्रसाद ढुङ्गेललाई पनि राजासँग भेट्नुअघि महर्जनले भने- ‘विगत नकोट्याइदिऊँ है हजुर †’
०४६ सालअघि जिल्ला पञ्चायत रामेछापको सभापति रहेका ढुङ्गेलको विगतका असफलताका कारणहरु राजालाई सुनाउने तयारी गेटमै यसरी तुहियो। राजालाई भेटेर, आफ्नै परिवारबाहेक कसैलाई नभनी बसेका ढुङ्गेलको यो अनुभव उनकै भतिजा कांग्रेसी सांसद रामहरि ढुङ्गेलले डिल्लीबजारका दुइ चिया अखडाहरुमा र्सार्वजनिक गरिदिएका हुन्। परिवारभित्र मात्र गरिएको कुरा यसरी बाहिरिँदा ढुङ्गेलले राजासँग गरेका कुरा छताछुल्ल भएका थिए। जसअनुसार, ढुङ्गेलले डिल्लीबजारका दुइ चिया अखडाहरुमा र्सार्वजनिक गरिदिएका हुन्। परिवारभित्रमात्र गरिएको कुरा यसरी बाहिरिँदा ढुङ्गेलले राजासँग गरेका कुरा छताछुल्ल भएका थिए। जसअनुसार, ढुङ्गेलले बोल्दा राजाले आफैं बुँदा टिपोट गरेका थिए। उनले राजावादीहरुलाई तत्काल एक बनाउन प्रयास गरिनुपर्ने सुझाव दिएको बताइएको छ।
‘दोहोरो कुरा भो राजासँग, खुलेर कुरा गर्ने मामलामा अघिल्ला राजा -वीरेन्द्र) भन्दा यिनी बेस रहेछन्’- उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। करिब ४५ मिनेटको दोहोरो संवादमा राजाले २१-२२ मिनेट सूर्यबहादुर थापाकै बारेमा उनीसँग कुरा गरेका थिए। बाँकी समय अबका दिनमा राजसंस्था जोगाउन के गर्ने भन्नेमै केन्द्रित भएको थियो। साँझ छ बजे डिल्लीबजारका बासिन्दा लीला उप्रेतीको गाडीमा दरबार पुगेका उनलाई सुटुक्क भेटेको बारे राजपा अध्यक्ष सूर्यबहादुर थापाले समेत असन्तुष्टि पोखेका थिए। ‘के-के भनियो त राजालाई इन्द्र गुरु -’- थापाले यत्ति सोध्दा उनले ‘म भन्दिनँ, हर्ेर्दै जाऊँ मेरो सुझाव लागू हुन थालेपछि मात्र सुनाउँछु’ भनेर पन्छिएको विवरण पनि आफन्तबाटै र्सार्वजनिक भएको हो।
कांग्रेसी राजनीति गर्दा पञ्चायतकालमै आठ वर्षजेल बसेका ढुङ्गेल भारतमा निर्वासित वीपी कोइराला र तत्कालीन राजा वीरेन्द्रका बीच पुलको काम गर्थे। ०४६ सालअघिको पञ्चायती चुनावमा नेता कृष्णप्रसाद भट्टर्राईको अनुमति लिएरै जिपंसको सभापति बनेको दाबी गर्ने ढुङ्गेललाई ०४६ सालपछि पार्टीले काम माग्न नेता भट्टर्राईकहाँ आउँदा अभद्र र अश्लील व्यवहार गरिएको तितो अनुभव पनि छ। उनको पारिवारिक स्रोतका अनुसार, गत शनिबार बिहान सूर्यबहादुर थापाको घरमा शाही दर्शनभेटबारे छलफल चल्दाचल्दै ढुङ्गेलको राजनीतिक इतिहास पनि खोतलिएको थियो। थापाले सोधे- ‘कृष्णप्रसादले फुकालेरै देखाएको हो त -’
यसको उत्तर दिने क्रममा ढुङ्गेलले भट्टर्राईले पहिला सभापति खान जा भनेर पछि काम माग्दा सुरुवाल फुकाएको कथा सुनाएका थिए। राजासँगका कुराकानीको प्रसङ्ग जति मोड्न खोजे पनि ढुङ्गेलले राजालाई सेनासँग नजिकको सम्बन्ध कायम भइरहनुपर्ने र परेको बेला उपयोग गर्नुपर्ने सुझाव दिएको संकेत गरेको स्रोतले जनाएको छ। साभारः जनआस्था
No related posts.









साथीहरु त्यो इनद्र प्रशाद ढुङ्गेल लाइ म् राम्रो सङ्गङ चिन्छु । जिन्दगी भर तेसतै सुलसुले को
राजनिती गरदै वल्लो घर र पल्लो घर गरदै हिडेको उ कसैको पार्टी मा पनी बिष्वासी पात्र हुन
नसकेपछी बूढो भइ यो मर्रने बेलामा चौका हानी हेरन खोजेको होला ……..धत्तेरि बुढो बाजे
तीम्रो बुद्वि………अब अन्तीम सास पनी सजीलै सङँग नजानेभो …..राम राम ॐ शोष्ती…..
मन परे हरियो, नपरे रातो
0
0
pandit sharma jee, probably you donot know the standard of JANA AASTHA. It is most reliable, authentic no.1 weekly of nepal
मन परे हरियो, नपरे रातो
0
0
थुक्क ! इन्द्रप्रसाद ढुङ्गेल !
तिमी त महाको “पातकी” रहैछौ । देशलाई यो अबस्थामा पुर्याउने , युवालाई कुलतमा फसाउने , अमुल्य मुर्तिहरुलाई सिमा पार गराउने , …………..,को चाकरिमा अव लाग्दैछौ ??थुक्क तिम्रो बुद्धि बरु “डाडुमा पनि तताएर मर” !
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो राजालाई धेरै उत्साही न बनाउं न मित्र हो, उ “काजु कान्छा” ले बेईमानी नगरेको भए अहीले नै जेलको हाबा खान्थ्यो। माओबादी सम्मिलीत सरकारले उ बस्नको लागि झ्यालखानको ब्यबस्था गरीदी हाल्छ नी। बोरु “काजु” लाई पनि त्यही जेल हाल्ने हो की??
मन परे हरियो, नपरे रातो
0
0
yasta chhattu ko kura kati pataunu.
मन परे हरियो, नपरे रातो
0
0
नारानहिटि दरबार त उहिलेका राजाले बेचेर खाएका होइनन ? अब त डेरा खोजिबक्सिन्छ कि भने कसो होला?
मन परे हरियो, नपरे रातो
0
0
बिचरा राजा (भूपू हुन लागेको)सबै कुरा गुमाए पछि के गरोस् त ! सास भएसम्म आश भनेजस्तै कोशिस त जारी राख्नु परयो नि ! अब दरबारको भ्यागुता जति उफ्रे पनि दरबारमा नै त हो नी । अहिलेसम्म दरबार त बाँकि छ, अन्तरिम सरकार बनेपछि देख्लाउ, त्यहि दरबार पनि गुम्ला अनि संबिधान सभाको चुनावपछि हाम्रै गाउँमा आऊ सँगै बसुम्ला, हुन्न र !!
मन परे हरियो, नपरे रातो
0
0
परम्परा लाइ का यम राख्न गद्दी नै चाँहीने भए बिरेन्द्र को नातीनि लाइ गद्दी मा राखे हुन्छ्, नेपाल नारी सक्ती को पीठ पनि हो, तर यो पारसे को बाउ छोरा लाइ चाँही अदालत मा घिसारेर नागे झार बनाउनु पर्छ र अदालत मार्फत उनिहरु का कर्तुत हरु को एक एक सजाय दिइनु पर्छ
मुर्ति-गाजा तस्करी देखि दरबार हत्या सम्म का एक एक अपराध को लागि मृत्यु दण्ड दिइनु पर्छ्; कानून ले मृत्यु दण्ड दिन मिल्दैन भने उनिहरु लाइ घुसुल्ट्याउने अन्य धेरै उपाय छन्, तेस्को लागि तिनै बाउ छोरा लाइ सोधे हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
छ्या छ्या छ्या उमेश जी, तपाई त अलिक सदय मान्छे जस्तो लागेथ्यो मलाई त, यस्ता जनाअस्था, विमर्श जस्ता काल्पनिक सँसारमा लेखिएका कथित समाचारलाई पनि आफ्नो व्लगमा ठाउँ दिने । यो त वास्तवमा ‘ढाका को टोपी मा ग्वालेको फूल’ भने जस्तो भै गो नि त हो ! आशा छ सन्ध्याकालिन पत्रीकाहरुको समाचारलाई त ठाउँ नदिनु होला कि ! यस्ता वायिघात समाचार भन्दा त बरु विदेशबाट प्रेषित लेखहरु नै कता हो कता राम्रो लागयो मलाई त । ZZ, व्यास का लेख नै राम्रा छन । तपाई का लेख डायरिहरु पनि राम्रा त हैन, धेरै राम्रा छन । के गर्नु अलि अलि त आफुलाई पनि लेख्न मन लाग्छ खै स्पेस नै पाइदैन कि जस्तो लाग्छ । फेरी आफ्नो पूराण कस्ले पो पढ्ला र हो ? हरी शरणम्! रक्षा गर प्रभु !
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी
मान्छे त कट्टु नै खोल्नुपर्ने खाल का रहेछन्,कहाँ कृष्णप्रसाद भट्टराई ले सुराल्मात्र खोलेछन ।खैर
मन परे हरियो, नपरे रातो
0
0
दुर्भाग्य नेपालको, द्वन्द अझ तुही हालेको छैन्|यता जनसेना मावोबादी हाई कमाण्ड निकट भईरहने उता नेपाल सेना राजा निकट भईरहने| हतियार कन्टेनरमा थन्काईदैमा हात पो खाली हुन्छ, विचार खाली हुदैँन रहेछ|(तैपनि कति, कहिले देखिको र कुन कुन हतियार जान्छन त कन्टेनरमा अनि जति जति मावोवादीले, उति उति मात्र नेपाल सेनाले बुझाउने रे?) दुबै तर्फि आ-आफ्नो आदर्शप्रतिको भक्तिमा भलै कसरी यति छिटो आँच आउला र? अझ पनि गाइँगुइँ दुबै तरफको सुनिन पाइयाछ, यी अभागी कर्णपट्टिले|यता जर्नेल-कर्नेलको गोप्य भेला को खबर त यता प्रहरी चौकीको आजको मितिसम्म पनि कन्तबिजोक|यता अमेरिकन राजदूत अझै ठुस्स पर्नु,भारतिय शुभ चिन्तकहरुले लाम लाग्नु त उता यस्तो सँवेदनशील स्थितिमा पनि दोस्रो तेस्रो पुस्ताका आलाकाँचा ठेट्नालाइ भविष्य निर्धारणकर्ता बनाएर महत्वपुर्ण घडिमा पदको लोभ छैन भनि पन्छिनु|
खोई, त्यति विश्वस्त हुनै सकिएन भन्या|साँढेको जुधाई बाच्छाको मिचाई त होला नी, यी न त सामन्ति नस्ल न त क्रान्तिकारी नस्लका लाटो जनताको हाल|
मन परे हरियो, नपरे रातो
0
0
Testa DHUNGEL,SUBATHA,LOBACHA,BAMA,NASIPU,KATHA,TUGI,KINIBI jasta khale sabai lai bhete pani aba kehi hune wala chaina. Thaha bhai halyo ni army ko manasthiti major phudung maobadi ma lagi sakeka rahechhan post mai huda. Tesaile aba army le pani phukalera dekhaidinchha gyanendra & company lai. Aba tetti ho RAJA LE SAMBHIDAN SABHA PACHHI CHAI KAHA BASNE TYO CHAI SOCHNA THALE HUNCHHA.
jay nepal
मन परे हरियो, नपरे रातो
0
0