मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माघ १९ को महिमा

    [आज माघ १९ शाही 'कू' को सराद्धे गर्ने दिनका लागि ब्लगर साथी केपी ढुंगानाले मेरो संसारको अनुरोधमा तयार पार्नुभएको श्राद्ध ब्लग]

    -केपी ढुंगाना/हाम्रो ब्लग-

    घुम्दै फिर्दै फेरि ति कहालीलाग्दा दिनका स्मरण बोकेर माघ १९ हाम्रा अगाडि आइपुगेको छ। राजाको सम्बोधन, शेरबहादुर देउवाको सरकार पुन अपदस्थ, सञ्चार गृहमा टाटेपाटे पोशाकधारी सेना, सैनिक नियन्त्रणमा राजनीतिक दलका नेता। मोबाइल फोन अवरुद्ध,घण्टैपिच्छे यस्तै-यस्तै समाचारहरु आइरहेका थिए।

    साँच्चिकै एकाएक अन्यौलमा पुगेको थियो नेपाल। के हुन लागेको हो के हुने हो अब, राजाले के गर्न लागेका हुन् यस्तै यस्तै प्रश्नहरु उठिरहेको थियो।

    त्यो बेलामा त लौ जा अब के हुने होला भनेर एकदम अत्यास लागेको थियो।

    तर, अहिले आउँदा त त्यो बेलामा राजाले जे गरेका थिए त्यो नयाँ नेपाल निर्माणका लागि उत्पादक काम नै गरेका रहेछन् भन्ने लाग्यो मलाई।

    कारण, यदि राजाले त्यत्तिको निरंकुशता नलादेको भए दुई वर्षमा नै नेपाल पुनः प्रजातान्त्रिक परिपाटीमा कसरी फर्कन सक्थ्यो र। यसका लागि पक्कै १०/१२ वर्ष त लाग्थ्यो होला नै। किनकि राणाहरुले एक सय ५ वर्ष खाए अनि ज्ञानेन्द्रकै बाउ महेन्द्रले रोपेको पञ्चायतले पनि त ३० वर्ष खाएका हुन्।

    माघ १९ ३० वर्ष उमेर पुगेकासम्मका नेपालीका लागि राम्रो भयो जस्तो लाग्छ मलाई। राम्रो यसकारण कि हिजो ३० वर्षसम्मका नेपालीलाई निरंकुशता भनेको के हो, इतिहास बनेको थियो। उनीहरुले पञ्चायति व्यवस्था किताबमा पढेका थिए कि कथाका रुपमा कसैले सुनाएको स्मरणबाट कल्पना गर्ने पञ्चायती व्यवस्था।

    अनि पञ्चायतमा राजा गाउँ-गाउँ डुलेर भाषण गरेको पनि हाम्रा उमेर समूहका लागि त कल्पना नै हो।

    धन्य माघ १९, जस्ले हिजोको पञ्चायतको प्रत्यक्ष साक्षात्कार गर्ने अवसर दियो।

    निरंकुशता भनेको के हो – राजाले कसरी भाषण गर्ने रहेछन्, दरवारनिकट को-को रहेछन् आदि सबैको प्रत्यक्षदर्शी बन्ने अवसर दियो यसले।

    दुई वर्षको दौरान नेपाल आर्थिक सामाजिक सबै क्षेत्रमा पछाडि पर्न गएको भए पनि चेतनाको हिसाबले भने निक्कै अब्बल बनेको मेरो अनुमान छ। युवाहरुमाझ विद्रोहको बीउ रोप्न सक्यो यो माघ १९ ले। अनि शान्तिपूर्ण आन्दोलनमा कत्तिको बल हुँदो रहेछ भनेर देखाइदियो। यी सबैको कारक हो माघ १९।

    यदि ज्ञानेन्द्रले यसरी सत्ता नहत्याएको भए कहाँ गणतन्त्रको कुरो आउँथ्यो ? कहाँ संविधान सभाको निर्वाचनमा आठ दल सहमत हुन्थे ? यी सबैको कारक समेत त्यही माघ १९ को घटना हो।

    हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झै राजाको त्यो कालो मनसायले नयाँ नेपाल निर्माणको भविष्यको रेखा कोरिन थालेको छ। यसको लागि पनि माघ १९ धन्य छ।
    हरेक कार्यको पछाडि सम्भावनाका रेखाहरु हुन्छन् नै। हो, नेपाली जनताले त्यो सम्भावनाको रेखा देख्न सके। त्यसैलाइ उपयोग गर्दै माघ १९ को राजाका निरंकुश कदमलाई नयाँ नेपालको निर्माणमा बदल्नुपर्छ भन्ने अठोट गर्दै शान्तिपूर्ण अभूतपूर्व आन्दोलनमार्फत् निरंकुशतालाई दरवारको चारघेरामा बन्द गरेका छन्।

    हुन त ज्ञानेन्द्र शाहले यत्तिको सोच्न सक्ने भएको भए त कहाँ माघ १९ को घटना घटाउँथे र। तर उनको अल्प सोचले नेपाल र नेपालीलाई त फाइदा नै पुग्यो हैन र ?
    अहिले फेरि शक्तिहिन राजा कस्ता हुँदा रहेछन्, माओवादीका अध्यक्ष प्रचण्डले कस्ता भाषण गर्दा रहेछन्, माओवादीसहितको संसद भवन कस्तो देखिँदो रहेछ-सबै प्रत्यक्ष अनुभव गर्न पाइएको छ।

    यति मात्र कहाँ हो र भन्या, यो ब्लग भन्ने कुरा नेपाल भित्रिनुमा पनि त्यही माघ १९ को योगदान दिएको छ। निर्वाध समाचार प्रकाशन/प्रसारण गर्न पाएको भए कस्ले यो ब्लग खोल्थ्यो होला र अनि कस्ले यो ब्लग पढ्थ्यो होला र। यसको लागि पनि माघ १९ धन्य छ।

    धन्य, छ त्यो शाही सोच जस्ले सञ्चारलाई नियन्त्रण गर्न भरमग्दुर प्रयास गर्यो। सञ्चार माध्ययमा हतियारधारी सेना पठायो। टंक ढकाल र श्रीष शमशेर राणा जस्ता सञ्चार मन्त्री बनायो।

    यिनिहरुको मूर्खताले गर्दा अहिलेको नव पत्रकारहरुले निरंकुश सत्ता भएको बेलामा कसरी पत्रकारिता गर्नुपर्ने रहेछ भन्ने सिक्ने मौका पाइयो।

    पञ्चायतकालमा हाम्रा अग्रज पत्रकारहरुले कसरी पत्रकारिता गरेका रहेछन् भन्ने प्रत्यक्ष अनुभव गरायो। अनि निरंकुशताका पूजारीहरु समाचारसित कतिको डराउँदा रहेछन् भन्ने बोध पनि गरायो। यसको लागि पनि माघ १९ धन्य छ।

    अन्तमा, धन्यवाद छ माघ १९, जसले मलाई ब्लगर बनायो।

    No related posts.

    9 comments to माघ १९ को महिमा

    • ठिक ६ तपाई ले लाखको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi

      Pandit I think the “Jantu” you are looking for is not in any Zoo, but he is in US, what part no ID.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम प्रसादको दोहोरि ‘राजा आउ देस बचाउ’ भन्ने लयमा नेता अनि वहुदललाई सक्दो गालिका शव्दहरु बाट ओतप्रोत थिये ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ज्ञाने जी को सम्बोधन आउदा म चाइ घाम ताप्दै थिये । के कुर सुन्ने भन्ने बिचारले वास्तै गरेको थिईन तर जब मोवाईल को लाईन काटियो तब हैन केहि त गरे छ साले ले जस्तो लागेर BBC English समाचार सुनेको त माधव नेपालको छोटो अन्तरवार्ता दिदै थियो । कमरेडले यो त कु नै हो भन्दै थिये त्यतिकैमा तिनको मोवाईल पनि काटियेछ । येता पनि फोन छैन उता पनि छैन । तेतिखेर मेरो मोवाईल जङ्गलमा चराउन लग्दा बाख्राको घाटिमा झुण्ड्याईएको घन्टि जस्तै थियो । उहि alarm को काम मात्र ।

      अनि त्यसको लगत्तै गाउ गयेर एस्को विपक्षमा सक्दो जनजागरणको अभियान पनि चलाईयो । लगभग अर्ध भुमिगत जस्तो नै भैयो । सेनाले खोज्दै आको पनि रहेछ तर भेटेन अनि जन आन्दोलन-२ को वेलामा पुरा अवधि (लगभग – १९) दिन गोङ्गबु क्षेत्रमा दिनहु जस्तो कर्फु तोड्न गैयो । टाउकामाथि बाट हेलिकप्टर घुम्दा त कालनै आयेको हो कि जस्तो लाग्थ्यो ।

      सम्वोधन आउनु भन्दा अगिल्लो दिन गोङ्गवु चोक भन्दा तलतिर (नया वसपार्क) साईडतिर सानो गल्लि तिर बाट चक्रपथतिर निस्कन लागेको त कुनि के जस्ता खियालागेका वन्दुक लियेर ख्वामितको आज्ञा कुरे झै वन्दुक जनता तिर सोझ्याएर बसेको रहेछन्। अनि तेहाबाट फेरि मुख्य चोकतिर लागेको त रुक्मागतको घरतिर बाट अनि चोक तिर बाट पनि धुवाँको मुस्ला छोड्दै अश्रुग्यासका डव्वाहरु सोझै हामि भयेतिरै ताकेर हानियेको । 2 4 सेलत घरका छतमा पनि फालेको थिये ति ख्वामितका भक्तहरुले । वाह् वाह् गोङ्गवु का वासिन्दाहरु, त्यस्तोमा पनि जुलुसलाइ घरका छत बाट पानि फाल्न छोडेका थियेनन् ।

      मलाई अर्को के पनि याद छ भने त्यो रामप्रसाद खनाल भन्ने जन्तु ले २ ४ जना केटाकेटिहरु लाइ अगाडि दाया बाया राखेर आफैले त्यतिवेला निकालेको एल्वमको लयमा आधारित लोकगीत (दोहोरि पनि गायेको थियो)। उस्को कार्यक्रम लोकदोहोरि गाउमा खुब पपुलर थियो गाउका बुढा बुढि हरु ले खुब मन पराउनु हुन्थ्यो यो कार्यक्रम। यो जन्तुले पनि गर्नु चाकडि गर्यो । अझ आफ्नो कथित ‘निष्पक्ष’ भन्ने पत्रीकामा राजाबाट वक्स् भयेको प्रजातन्त्र सम्म लेख्न भ्याएको थियो । हिजो आज खै कता गयेछ कुन्नि। अनि वदरि पँगेनि ले चलाउथे यो कार्यक्रम लोकतन्त्र आएपछि, कस्तो छ कुन्नि, आफु त अहिले देख्न नै पाउदिन के रे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BN / Boston / USA

      Hahaha………. Srikamal I like your comment!. thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      लेखकले जस्तै अहिलेको सरकार पनि त्यस्तै बुझेर हो कि क्या हो, कसैलाइ केहि कारवाही गर्न नसकेको| हुन त कुन चाँहि नेता दुधले नुवाएका छन् र ? अहिलेसम्म त स्वेच्छाकारीको बिल्ला भिरेका छन्| ओहो यो Human rights भन्ने चिज त साह्रै complex पो हुँदो रहेछ| डा. बाबुराम, क. प्रचण्ड जस्ता महान नेताहरुले त भरखर बुझ्दैहुनुहुन्छ, हामी जस्ता सर्वसाधरणले त नबुझी मुन्टो मात्र हल्लाउने त हो नी|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikram

      माघ १९ को फाइदा हरु लेख्ने क्रम मा एउटा फाइदा लेख्न भुल्नु भएछ मित्र, त्यो हो- तरइ को महाभारत । यस्ता फाइदा हरु त अब कति देखिदै जाने हुन नेपाल मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Himal

      Good analysis. thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो त अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जन्मनमा एउटा किरा को हात थियो भने जस्तै भयो। उनका बाबु एउटा पार्कमा घुम्न गएका थिए रे, त्यहाँको बेन्चमा बस्दा एउटा किरा माथि बसेछन। पाईँटमा दाग लागेछ। अनि धुन भनेर नजिकैको लण्ड्रीमा जाँदा एउटी केटिसँग ( लण्ड्री को मालिक को छोरी हो क्यार) भेट भएछ। पछी त्यहि केटिसँग बिबाह गरेछन र तिनै केटि निक्सनकी आमा थिइन। सबै घटना हरु का घटनाक्रम हुन्छ, एउटा घटनाले आर्को लाई असर पार्छ। तर गलत कुरालाई गलत नै भन्नु राम्रो जस्तो लाग्छ मलाई त।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    eXTReMe Tracker