-लेना सुन्ध/जनकपुर-
*द्वन्द्वको क्रममा दुवै पक्षद्वारा गम्भीर मानवअधिकार उल्लङ्घनहरू भए र शान्तिका खातिर भनेर यिनलाई केवल कार्पेटमुनि दबाइयो भने भावी मानवअधिकार संरक्षणका लागि खतरनाक परिणामहरू हुनेछन्। विशेषगरी बेपत्ता भएका सबैको स्थिति स्पष्ट पारिनुपर्दछ र जिम्मेवारहरूलाई जवाफदेही बनाइनुपर्दछ।
* दण्डहीनताको अन्त्य गरिनुपर्दछ, विशेषतः गम्भीर मानवअधिकार दुर्व्यवहारका लागि। सत्तामा रहेका र सार्वजनिक दायित्व भएकाहरू – विशेषतः राज्यको सुरक्षाफौज – आमजनताप्रति जवाफदेही हुनुपर्दछ। मानवअधिकार उल्लङ्घनहरू नदोहोरिने कुराको सुनिश्चित गर्न कुनै नयाँ वा सुधारिएको सुरक्षाफौजलगायतका सुरक्षाफौजभित्र कानुनप्रति जवाफदेही हुने नयाँ संस्कृतिको सिर्जना गर्न अति आवश्यक छ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि लेना सुन्ध आज तराईमा भएको हिंसाका घटना बारे बुझ्न जनकपुर पुग्नुभएको थियो। त्यहाँ उहाँले सरकारी अधिकारीहरु, राजनीतिक पार्टीहरु, पीडितहरु र नागरिक समाजका सदस्यहरुसित पनि भेट गर्नुभयो। भ्रमणका क्रममा उहाँले गर्नुभएको सम्बोधनको पूर्ण अंश तल राखेको छु। यो सम्बोधन नेपाली, अंग्रेजी र मैथिली भाषामा पनि वितरण गरिएको रहेछ।
विशिष्ट अतिथि, मित्रहरू,
गत केही हप्तामा हिंसाद्वारा प्रभावित तराईका शहरहरूमध्ये जनकपुरको स्थिति थाहा पाउन तथा यहाँका मानवअधिकारबारेका सरोकारहरूलाई बुझ्न म आफैं यो सप्ताहान्तमा यहाँ आएकी छु। म सबैभन्दा पहिले हिंसापीडितहरू तथा मृतकका परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु। तपाईंहरूलाई थाहा नै छ उच्चायुक्तको कार्यालय, नेपाल तथा मानवअधिकार उच्चायुक्त स्वयं हिंसा, भएका धेरै मृत्यु र घाइतेहरूबारे अत्यन्त चिन्तित भएका छन्। हाल भइरहेका वार्ताले स्थिति साम्य पार्न सहयोग गर्नेछ तथा विरोधको सर्न्दर्भमा उठाइएका र शान्ति प्रक्रियाको केन्द्रमा रहेका सरोकारहरूलाई सम्बोधन गर्ने उपायहरू पत्ता लगाउन सकिन्छ भन्ने हामी आशा गर्दछौं।
विस्तृत शान्ति सम्झौताका मानवअधिकारसम्बन्धी सबै पक्षको नेपालभरि अनुगमनमार्फत् शान्ति प्रक्रियालाई सघाउन उच्चायुक्तले आफ्नो कार्यालयलाई प्रतिबद्ध गराउनु भएको छ। उच्चायुक्तको कार्यालय, नेपालले विकास क्षेत्र तथा जिल्लाहरू, विशेषतः ती जिल्लाहरू जहाँ मानवअधिकारको स्थिति बढी अस्थिर छ, मा आफ्ना अनुगमन गतिविधिहरूलाई प्राथमिकता दिने कार्यलाई जारी राख्नेछ। र सो उद्देश्यका लागि हामीले चाँडै नै जनकपुरमा एउटा उप-शाखा कार्यालय खोल्न लागिरहेको म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु।
मेरो कार्यालयले यी गत केही हप्ताहरूमा तराईको स्थिति अनुगमनलाई सबैभन्दा उच्च प्राथमिकता दिएको छ। हाम्रा घुम्ती टोलीहरूले तराईमा घटेका दुर्व्यवहारका बारेमा छानबिन गर्दै आएका छन्। स्थानीय अधिकारीहरू, प्रहरी तथा विरोधका आयोजकहरूसँगको संवाद वकालतमार्फ् उनीहरूले तनाव कम गर्न तथा हिंसा दर्ुर्व्यवहार हुन नदिन प्रयास पनि गर्दै आएका छन्। भेदभावको अन्त्य तथा सबै बहिष्कृत समुदायको शान्ति तथा निर्वाचन प्रक्रियामा उपयुक्त प्रतिनिधित्वका लागि वकालत गर्ने उच्चायुक्तको कार्यालयको कार्यको व्यापक सर्न्दर्भमा यी गतिविधिहरूको आयोजना गरिएका छन्।
मधेशी, आदिवासी समुदाय, दलित, जनजाति, बादी जस्ता समुदायहरू, पूर्वकमैया जस्ता समूहहरू, विकलाङ्गहरू र यौन अल्पसङ्ख्यकहरूविरुद्ध लामो समयदेखिका भेदभाव तथा सामाजिक बहिष्करणलाई सम्बोधन गर्नु अति आवश्यक छ। यस्तो गाडिएर रहेका भेदभावलाई सम्बोधन र परिवर्तन गर्नु सजिलो कार्य होइन। यो कार्य रातारात पूरा गर्न सकिँदैन। तर, विस्तृत शान्ति सम्झौतामा यो समस्यालाई स्वीकार गरेर सम्बन्धित पक्षहरूले परिवर्तनको बाटो खोलेका छन्। राजनीतिक प्रक्रियाबाट परम्परागत रूपमा बाहिर राखिएका ती मानिसले नयाँ नेपालको निर्माणमा समान रूपले सहभागी हुन सकून् भन्ने सुनिश्चित गर्न यो प्रतिबद्धताका साथसाथै व्यवहारिक उपायहरू अपनाइनुपर्दछ।
नेपालमा भेदभाव उन्मूलन गरी गरिबीका कारणहरूको निर्मूल सुरु गर्नसक्ने उपायहरूको विकासमा सल्लाह दिन र सघाउन उच्चायुक्तको कार्यालय, नेपालले आगामी सरकार तथा नेपालमा सीमान्तकृत समुदायहरूको प्रतिनिधित्व गर्ने नागरिक समाजका सङ्गठनहरूसँग मिलेर कार्य गर्नेछ।
भविष्यमा नेपालमा मानवअधिकार दुर्व्यवहार हुने छैनन् भन्ने सुनिश्चित गर्न हामीले सम्बोधन गरिनुपर्ने विश्वास गरेका अन्य दुईवटा महत्वपूर्ण मुद्दामा पनि उच्चायुक्तको कार्यालय, नेपालले सङ्क्रमणकालीन अवधिमा ध्यान केन्द्रित गरिरहेको छ।
प्रथमतः, दण्डहीनताको अन्त्य गरिनुपर्दछ, विशेषतः गम्भीर मानवअधिकार दुर्व्यवहारका लागि। सत्तामा रहेका र सार्वजनिक दायित्व भएकाहरू – विशेषतः राज्यको सुरक्षाफौज – आमजनताप्रति जवाफदेही हुनुपर्दछ। मानवअधिकार उल्लङ्घनहरू नदोहोरिने कुराको सुनिश्चित गर्न कुनै नयाँ वा सुधारिएको सुरक्षाफौजलगायतका सुरक्षाफौजभित्र कानुनप्रति जवाफदेही हुने नयाँ संस्कृतिको सिर्जना गर्न अति आवश्यक छ। द्वन्द्वको क्रममा दुवै पक्षद्वारा गम्भीर मानवअधिकार उल्लङ्घनहरू भए र शान्तिका खातिर भनेर यिनलाई केवल कार्पेटमुनि दबाइयो भने भावी मानवअधिकार संरक्षणका लागि खतरनाक परिणामहरू हुनेछन्। विशेषगरी बेपत्ता भएका सबैको स्थिति स्पष्ट पारिनुपर्दछ र जिम्मेवारहरूलाई जवाफदेही बनाइनुपर्दछ।
लोकतान्त्रिक समाजमा आफ्नो उचित भूमिका निर्वाह गर्न कानुन व्यवस्था कायम राख्ने दायित्व भएको सुरक्षाक्षेत्र कानुनप्रति जवाफदेही हुनुपर्दछ। जवाफदेहीता द्वन्द्वको क्रममा विगतमा दुवै पक्षद्वारा भएका दुर्व्यवहारहरूको सम्बोधन गर्ने प्रयत्न गरेर सुरु हुन्छः तिनको छानबिन गरेर, अभियोजन गराएर र जिम्मेवारहरूलाई जवाफदेही बनाएर। तर, यसको अर्थ तराईमा हालै भएका विरोधका क्रममा अभिलिखित गरिएका घटनाहरूलगायतका घटेका नयाँ उल्लङ्घनहरूबारे छानबिन गर्नु पनि हुन्छ।
दोस्रो, पूर्ण क्रियाशील कानुन कार्यान्वयन तथा फौजदारी न्याय प्रणाली हुनुपर्छ। नागरिक प्रहरीलाई आफ्नो कार्य गर्न दिएर सुरक्षा दिनु राज्यका सबैभन्दा महत्वपूर्ण मानवअधिकारसम्बन्धी दायित्वहरूमध्येको हो। एउटा ऐतिहासिक घडीमा राज्यको यो दायित्व पूरा गर्न नेपाल प्रहरीलाई अनुरोध गरिएको छ, र उनीहरू स्रोतयुक्त र उचित रूपले प्रशिक्षित हुनुपर्दछ। फौजदारी न्याय प्रणालीले पनि सशक्त र स्वतन्त्र रूपमा कार्य गर्नुपर्दछ र दलित र ग्रामीण गरिब जस्ता न्यायको पहुँच प्राप्त गर्नमा परम्परागत रूपले कठिनाई भएकाहरूलगायतका सबै नेपालीलाई यसको पहुँच हुनुपर्दछ। यौन हिंसाबाट पीडित महिलाहरूलाई पनि कानुनको पूर्ण संरक्षण हुनुपर्दछ र न्याय प्रणालीमा पहुँच प्राप्त गर्न उनीहरूले हाल सामना गरेका बाधाहरू हटाइनुपर्दछ।
अगाडि धेरै चुनौती छन्। मानवअधिकारको वकालत गर्नमा पत्रकार तथा मानवअधिकार रक्षकहरूले अत्यन्त महत्वपूर्ण भूमिका खेलेका छन्, र हालैको हिंसा र धम्कीको निशानामध्ये उनीहरूलाई बनाइएकोमा म विशेष चिन्तित छु। उनीहरूलाई निर्बिघ्न आफ्नो काम गर्न दिनुपर्दछ।
उच्चायुक्तको कार्यालय, नेपाल र मानवअधिकार रक्षकहरूबीचको समझदारी हाम्रा लागि विशेष महत्वपूर्ण रहेको छ, र तपाईंहरूबिना हामी आफ्नो कार्य गर्नसक्ने थिएनौं। उच्चायुक्तको कार्यालय, नेपालले आफ्ना गतिविधि सुरु गरेयता विकसित भएको साझेदारीलाई बलियो बनाउने कार्यलाई हामी जारी राख्नेछौं। अगाडि धेरै चुनौती हुनेछन् तर मानवअधिकारको संरक्षण र प्रबर्द्धन शान्ति प्रक्रियाको केन्द्रमा रहन्छ भन्ने सुनिश्चित गर्न हामी सबैले मिलेर काम गर्न अति आवश्यक छ।
धन्यवाद।
No related posts.









The likely end of Nepal and Nepalese year-long Nationlities.
Umesh ji
We Nepalese must have to suffer once loosing our ownness,our home and our families.The days are drawing closer and closer if this political situation prevails.The contineous turbelence and tumult sometime in form of Maoist insurgency while sometime in form of Madheshi movement in this poorest country is leading us to the hell.
Maoist insurgency is the result of different internal and external interested groups that would like to fish in trouble water and meet their own vested interest.Of them ,Royal palace was the one ,which was found earlier always indulged in miscooperating the former democratic government with the interntion that people being fed up with democrates would come to the favour of Monarchy.As a result a dreadful incident of Royal Massacre took place that made the autocrate Gyanendra King of Nepal.But the poor and proud Gyanendra did not know that the factor ,which encouraged hime to instigate consipiracy against the Massacare of patriotic and popular king Birendra’s familiy,must target him too.USLAI KHANE BHAGH LE MALAI PANI KHANCHA remmember it and be on alert even now onwards against such cospirator -RANA JI and external factors -RAW OF INDIA AND AMERICA.
The intension of India might be nothing but the establishment of Madheshi in power of Nepal so as to take advantage of utilizing natural resources,arresting ISI-suspected Nepalese from their own land and ultimately making Nepal either Bhutan or Sikkim if easily possible.Maoist think themself of being most revolutionary,but we think them of being child in politics because they have been in India’s grip.India never support the change in Nepal if India’s vested interest (as explained above) could not be met through the political decision.Its target was to weaken Royal palace in excutive power of this coutry.That is why it much utilized the Maoist.Now Palace has been weakest ever in history.So its intentiosn has been drawn to the establishement of Madheshi people(its own origined-people)instead of Maoist.So nationalist Maoist and palance should be aware of India and never fall in its grip .
American are doing its best to create political ups and downs in this country so as to do activities against Chaina by raising the issue of Tibet.Royal nationalist government was an obstacle on this path.So USA is always weakening the Royal strength and empowering Maoist,Madhesi and other ethnical group so that power might not go to Palace again.
So we all Nepalese people should be aware of such envournment and love our nation unitedly facing any difficulty.Do and die for counry.
मन परे हरियो, नपरे रातो
1
0
correction on my previous post, leave prestigiously=Live prestigiously
मन परे हरियो, नपरे रातो
1
0
the problem we are facing in our country regarding human right and peoples right to leave prestigiously is not only played by the government and political parties ( every body knows that they are hopeless), it is the result of our culprit society, where folk of people claim themselves as super cast. The way they treat so called lower cast is very rediculous, very conservative minded and extrem result of thirdworld society.
in my opinion, if your kind of people really want to eliminate this kind of discremination, you should go and educate those poor and helpless so called lower cast people and let them proov that they are not unefficient and let them walk along with so called prestigious and educated people.
other way to eliminate the cast system is, we should give priority on intercast marriage and social support to those couple.
rajya singapore
मन परे हरियो, नपरे रातो
1
0
maobadile hatya gareka ra aaru aparadhko danda dinu pardaina? yo kasto deshho yek pakshako dosh dekhne aarkoko nadekhne?
मन परे हरियो, नपरे रातो
1
0
The best worst part of our daily life is we always think about our right but does not think other right while fulfilling own. Nepali ko kharab bani nai yahi ho. yasaikaran dukha bhayeko ho.
Army, Police, Leaders, Sasak haru, Karmachari lai matra dosh diyera hudaina. Jaba hami huldanga garna sakchau, curfew ma jyan ko baji lagayera bahira niskana sakchau bhane. Kina hami sala chor netaharu jo sukai hos safaya nagarne , kunai dal ko kina nahos. Karmachari lai kina na kutne, ek choti garera herau na.
Yi sale harulai thegan lagayepachi matra naya nepal ko sirjana garaun??? Tara please Sangha, sangthan haru, student politics haru ityadi haru banda garu. Think yourself. how big is Nepal. Do u need any of these above if you be nice to everyone. I dont think so.
These is my vrief view. I request you all think once being a Nepali. You will find the wayout quickly.
मन परे हरियो, नपरे रातो
1
0
लेना जि तपाईंले भनेको कुरा मलाई साह्रै मन्न पर्यो । वास्तवमै हामी शान्ति कै पछी लगेर अरु कुरा लाई त्यग्नु ठीक त आब्सए होइन । धन्यवाद तपाईंलाई यो लेख को लागि ।
मन परे हरियो, नपरे रातो
1
0
Umeshji,
Lena Sundh Swedish nagarik hun Uni Nepalko lagi kam garna Nepal pugekoma nikai khushi lageko thiyo ra yo sambodhan padhne mauka paunda ajhai harshit chhu, asha chha Lena Sundhlai afno karyama safalta milos sathai Nepali rajnitigya ra Nepali janatale manaw adhikar ko chhyatrama thuprai sahayog ra samarthan paunechhan vanne purna asha gardai Naya Nepal ko nirman garne kamma Samyukta Rastra Sangh ka pratinidhi haru bata aham bhumika rahane kurama ma biswosta chhu.
Krishna Kumar Dhakal
Gothenburg, Sweden
मन परे हरियो, नपरे रातो
1
0
मानबाअधिकर् बदिहरु म मन पराउछु। सायद् तपाइ पनि मन परौनुहुन्छ होला तर कुनै मन्छे मनबाअधिकर् बादि हो अथबा नातक् मत्र गर्नो हो भनेर चिन्न मेरो साथिले तरिका बतयेको छ। त्यो तरिका म तपाई हरु लाइ बताउछु। तपाई मानबाअधिकर् बादिलाई कसेर १ मुक्का हन्नु त्यस्ले पनि तापाईलाई हानिदियो भने त्यो मन्छे नातक् मत्र गर्ने पर्यो । तर त्यस्ले मुसुक्क हसेर मित्र म त मनबाअधिकर् बादि हो भन्यो भने त्यो बस्तब्मै मानब अधिकारबदि हो भनेर च्न्नुस् ।
मन परे हरियो, नपरे रातो
1
0
Who will talk about the one hundred thousands of Bhutanese refugees who are deprived of their basic right to go back to their country? Why these agencies are not putting pressure on Bhutan and India? Everyone is putting pressure on Nepal as if this country has committed a sin.nirdhalai jahile pani kanoon lagchha bhaneko yehi ho.
मन परे हरियो, नपरे रातो
1
0
Yes, we all hope to see the person who does mistakes should be punished on the legal basis.
मन परे हरियो, नपरे रातो
1
0
sorry for typos in previous comment
CANNIBALISM (= a tendency seen in animals that eat individual of the same species).
मन परे हरियो, नपरे रातो
1
0
Human value has been always in jeopardy in our Nepalese society.
There was no sense of human rights during AUTOCRATIC FEUDALISM.
Past “multi-party democracy” was typified by RECKLESS ANARCHISM with more rampant violation of human rights.
We were expecting something better after the collapse of absolute monarchy.
But the promising route to welfare state is already clogged by NUDE RACISM which, if not addressed prudently, can ensue CANNIBALISM (a tendency seen in animals that is the individual of same species).
How can we expect human rights where truth, honesty and sense of responsibility is completely overwhelmed by greed, ego and arrogance?
मन परे हरियो, नपरे रातो
1
0
pramukh khalanayak girija
sahayak khalanayak prachanda
they will never rest in peace until nepal is broken into pieces
darshak gyanendra & followers
dukha paune haru hami janata
मन परे हरियो, नपरे रातो
1
0