एक खेल पत्रकारको आत्मालोचना
केही अघि साथी मणि दाहालले खेल पत्रकारहरुको पोल खोलेका थिए यो ब्लगमा। त्यसैलाई निरन्तरता दिँदै खेल पत्रकारहरुका भित्री कुरा खोल्दैछन् एक खेल पत्रकार।
* खासमा नेपालमा खेल पत्रकारिता सुरु भएकै छैन। उनीहरुले पठाएका, निर्देशित र भेस्टेड इन्ट्रेस्ट भएका समाचार सम्प्रेषण गर्ने हामी खेल रिपोर्टर हैन, टिपोटर र पत्रकार हैन, पर्चाकार बनिरहेका छौँ।
* नढाँटी भनिदिन्छु उनीहरुले नियमित रुपमा खेल पत्रकारलाई पैसा नदिने हो लगभग ८० प्रतिशत खेल पत्रकारको मोबाइल मात्र हैन, खाजा खर्च र डेरा भाडा समाप्त हुन्छ।
* हामीले विनोदशंकर पालिखे, रुक्मशमशेर राणा, गणेश थापा, किशोरबहादुर सिंह, शरतसिंह भण्डारी, ध्रुवबहादुर प्रधान आदिलाई साक्षात देवता नै मानिआएका छौँ। अनि उहाँहरुको रुचिमा ‘महान’ खेल पत्रकारिता गरिरहेछौँ।
-सूर्य खड्का/काठमाडौँ-
यस ब्लगमा खेल पत्रकारबारे मणि दाहालले केही समयअगाडि लेखेको ब्लग पढ्दा प्रतिक्रिया नलेखिरहन सकिनँ। लौ सुन्नुस् त खेल पत्रकारका असली कुरा। म स्वयं खेल समाचारको खेती गर्ने भएका कारण मेरा शब्दहरु भोगाइ, देखाइ र यथार्थ हुन्। यसमा शंका नगरियोस्।
खासमा नेपालमा खेल पत्रकारिता सुरु भएकै छैन। खेल रिपोर्ट हैन, खेल टिपोट गरेर पाठक, दर्शक, स्रोतालाई आफ्नो जागिर पस्केर आफ्नो जागिर जोगाउने दौडमा छौँ हामी तथाकथित खेल पत्रकारहरु। खेल क्षेत्रको एउटा हाङ्गा हो खेल पत्रकारिता भन्ने कथित मान्यताका आधारमा हामी खेलकुद परिषद्, खेल संघ र अोलम्पिक कमिटीका शाखा सदस्य, स्थायी सदस्य भएका छौँ। उनीहरुले पठाएका, निर्देशित र भेस्टेड इन्ट्रेस्ट भएका समाचार सम्प्रेषण गर्ने हामी खेल रिपोर्टर हैन, टिपोटर र पत्रकार हैन, पर्चाकार बनिरहेका छौँ।
यसो गरेवापत् लञ्च, डिनर र पकेट खर्चको राम्रो प्रबन्ध हुन्छ हामीलाई। मेरै हकमा भन्नुहुन्छ भने डायरी, झोला, टिसर्ट, पेनसम्म गिनेचुनेका खेल निकाय र प्रायोजकबाट पाएको छु। अक्सर रिपोर्टिङमा नजाने मेरो ‘अल्छे’ बानीले पनि होला, ट्र्याकसुट, कोट वा नगददेखि विदेश जाने ‘सौभाग्य’ चाहिँ मैले पाएको छैन। शायद् यो मेरो पृथक पहिचान हो।
नढाँटी भनिदिन्छु फुटबल संघ, क्रिकेट संघ, राखेप, अोलम्पिक कमिटी, एथलेटिक्स, बास्केटबल आदि संघ र केही स्कूलहरुले नियमित रुपमा खेल पत्रकारलाई पैसा नदिने हो भने आप्का, कान्तिपुर, समाचारपत्र, नेपाल वन, एनटीभी र रेडियो नेपालका लगभग ८० प्रतिशत खेल पत्रकारको मोबाइल मात्र हैन, खाजा खर्च र डेरा भाडा समाप्त हुन्छ। कल्पना गर्नुस् त, त्यसपछि उनीहरुको हालत के होला ?
पत्रकार स्वयंले संघ, राखेप आदिको प्रेस विज्ञप्ति बनाइदिने अनि पैसा, सुविधा लिने; त्यसपछि त्यही विज्ञप्ति प्रसारण गरे वा छापेवापत् फेरि अर्को मौका छोप्नेमा कोही भन्दा कोही कम छैनौँ।
हामी खेल पत्रकारको समाचार सम्प्रेषण शैलि पनि गजबको छ। सुरुमा एक जनाले एउटा संघ, व्यक्ति आदि समात्यो; उसको दिमाग भुटेर प्रेस सल्लाहकार बन्यो; निश्चित पैसा उबाट लियो अनि सबै मुख्य खेल पत्रकारलाई जाँडपानी पिलायो। भोलिपल्ट एउटै शब्द हुबहु सबै सञ्चारमाध्यममा संचारण हुन्छ। अनि त आयोजक पनि हीरो, हामी पत्रकार त मख्ख। बेलुका झ्याप भएपछि दिउँसो १२ बजेतिर उठ्यो अनि अर्को सहधर्मीको सत्कर्ममा सामेल बन्यो। यो साइकल जस्तै घुमिरहने प्रक्रिया भो।
हामीले विनोदशंकर पालिखे, रुक्मशमशेर राणा, गणेश थापा, किशोरबहादुर सिंह, शरतसिंह भण्डारी, ध्रुवबहादुर प्रधान आदिलाई साक्षात देवता नै मानिआएका छौँ। अनि उहाँहरुको रुचिमा ‘महान’ खेल पत्रकारिता गरिरहेछौँ। सोच्नुस् त योभन्दा हाम्रो ठूलो व्यवसायिक इमान्दारिता के हुनसक्छ ? एकहिसाबले ठीकै पनि हो। किनकि नूनको सोझो गर्नु त परम धर्म नै हो नि है।
कुनै पनि अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिताका लागि बिरालोले मुसा ढुके झैँ ढुकिरहनु हाम्रो महान कर्तव्य हो। एकचोटी विदेश जान पाए वर्षभरीको ऋण तिर्न सकिन्छ। क्रमशः
subhukhadka @ yahoo.com
skhadka767 @ hotmail.com
सम्बन्धित ब्लग
कहिले उँभो लाग्ला नेपालको खेल क्षेत्र ?
No related posts.









HI Pal
I’m thinking of learning few tricks of journalism from you. Can you give me some time? Being a sporty person, i want to join sports journalism. but after having gone through your blog it feels as if i should piss on the idea. Dear friend if you are good the whole world is good to you but if you lament like this someone will say shut up. That won’t make you the best but one of the worsts if not the worst.
मन परे हरियो, नपरे रातो
1
0
thanks for pouring your corrupted mind in this blog. As you have mentioned that you are also a sports journalist, instead of making yours firends aware you are happy to make comments on then…..
You say this because you don’t have extra ordinary quality in sports reporting otherwise you won’t have wasted more than half an hour on commenting such a dump things.
मन परे हरियो, नपरे रातो
1
0
Namaste to everybody
Narrow Minded Nepali is quite openminded Nepali .
Jay Nepal Jay Nepali
मन परे हरियो, नपरे रातो
1
1
well said Madan hahaha!!!
मन परे हरियो, नपरे रातो
1
0
****हैन कतै राम्रो भाग नपाएको ईर्ष्या को परिणाम त हैन यो लेख! जेहोस धारावाहिक यो लेखलाई निरन्तरता दिनुस्, कुनै मन्डलेले राम्रो प्रलोभन देखाएको आधारमा यो लेखलाई नवङ्गयाउनु होला ।अनी आफ्नो धर्म पनि नछोड्नु होला । आशा छ तपाइको यो लेखले नेपालको खेलकुदको भन्डाफोर गर्ने छ । नेपालमा फस्टाको खेल भनेको त शुटिङ्ग, क्रीकेट (ढुङ्गाको वलिङ्ग – प्रदर्शनकारि, अनि प्लाष्टिकको व्याटिङ्गा – पुलिस) नै हो क्यारे अहिलेको परिप्रक्ष्यमा ।
हरी शरणम
मन परे हरियो, नपरे रातो
1
0
Nepal is a rich country,Inhabited by poor KHEL PATRAKAR.
मन परे हरियो, नपरे रातो
1
0
nepal ko khel patrakar bhane ko khel padadhikari haru ko khutta dhogera khaneharu bhaane kura ta sabai lai thaha bhayeko kuro ho kina afhano bhed kholnu pareko hola.
मन परे हरियो, नपरे रातो
1
0
खेल अनि खेलकुद सँघ भनेको मण्डलेहरुले पाखुरी सुर्काएर जागिर खाने ,हाँकाहाँकी घुस खाने र बिदेश भ्रमण गर्ने “प्लेट्फर्म” हो|त्यस क्षेत्रको लवज,ठाँट र व्यबहार कहिल्यै बुझिएन|न त पञ्चायतकालमा न त पछि नै|
मन परे हरियो, नपरे रातो
1
0
good analysis friend. this is called professionelism. everyone should follow their onw profession norms and values than we can achieve something. other wise like you are saying………..
mm
मन परे हरियो, नपरे रातो
1
0
यो समस्या नेपाल को हरेक क्षेत्रको हो। जब सम्म हरेक पेशाकर्मीले आफ्नो पेशाको आम्दानीले बाँच्न सक्ने हुँदैन , यस्तै चलिरहन्छ।
मन परे हरियो, नपरे रातो
1
1
साथी
चुलो मा आगो नवलेको बेला,देश आस्त ब्यस्त रहेको बेला कुन नेपाली लाइ खेल सँग चासो थ्यो र ।नेपाल को खेल्कुद छेत्र आहिले सम्म राणा,शाह,काजी भनौदा हरुको शोख पुरा गर्ने थलो थ्यो ।यहाँ म्याराडोना रुकुम मा बन्दुक बोकेर हिडिराथ्यो,पेले रिपिटर टावर धोस्त पार्न ब्यस्त थियो ।मैक टाइसन आर्मी क्याम्प हान्दै थ्यो ।
अनि तपाईं खेल्कुद पत्रकार को यहाँ के नै काम थ्यो र?????
मन परे हरियो, नपरे रातो
1
0