एउटा त्यस्तो पनि समय थियो, जब सबै संविधान सभा हुनु पर्ने रट लगाउँथे। तर आजभोलि के भा’ हो कुन्नि, खाली संविधान सभा नहुने कुरा मात्र आइरहेको छ। अब हेर्नुस् न, अस्ति भर्खर त हो, हाम्रा प्रमुख निर्वाचन आयुक्तले छिटो निर्वाचन सम्बन्धी ऐन, कानुन नबनाए जेठमा संविधान सभाको निर्वाचन हुन नसक्ने बताएको। शनिबार माअोवादी अध्यक्ष प्रचण्डले पनि एक साताभित्र अन्तरिम सरकार नबने संविधान सभाको निर्वाचन जेठमा नहुने बताउनु भएछ। जेठमा संविधान सभाको निर्वाचन हुन सक्दैन भन्नेतर्फ नै जोड दिइरहेको हेर्दा साँच्चै जेठमा निर्वाचन नै नहोला जस्तो पो देखिन्छ त। त्यसो त आठ दलको सहमति अनुसार जाने हो भने त उहिल्यै बनिसक्नु पर्ने थियो अन्तरिम सरकार।
यो चाहिँ कार्यान्वयन हुने प्रतिवेदन ?
हामीकहाँ खितिक्क केही भयो कि छानबिन समिति बनाइहाल्ने चलन छ। समिति त बनाइन्छ, त्यसमा कुनै आपत्तिको कुरा छैन। तर समितिको प्रतिवेदन के आउँछ भन्ने कुरा कहिले पनि सार्वजनिक गरिँदैन। न त्यसको कार्यान्वयन कसरी भयो भन्ने बारेमा फलोअप नै आउँछ।
न ऋतिक रोशन काण्डको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भयो, न इराक घटनापछि काठमाडौँमा भएका दंगाको छानबिन समितिको प्रतिवेदन नै। भर्खरैको रायमाझी आयोगको प्रतिवेदन पनि सार्वजनिक भएको छैन।
यसरी हेर्दा लाग्छ- समिति झारा टार्ने काम मात्र हो। तैपनि समिति बनाउने क्रम रोकिएको छैन। आज फेरि एउटा अर्को समिति गठन भएको छ। शुक्रबार शिवरात्रीको बेला पशुपतिमा राजालाई ढुंगा हानिएको घटनाको छानबिन गर्न पनि समिति बनाइएको छ। गृह मन्त्रालयका सहसचिव प्रतापकुमार थापा रहेछन् संयोजक। बाँकी दुई सदस्यमा पुलिसका एक जना र अनुसन्धान विभागका एक जना रहेछन्। सात दिनभित्र यो समितिले पनि प्रतिवेदन पेश गर्नेछ। अनि त्यो पनि शायद गोप्य नै रहनेछ होला। कि कारबाही पनि गर्छ सरकारले हँ ?
त्यो घटनाप्रति नेपाल सरकारले दुःख मनाउ गरिसकेको छ।
सगरमाथामा आठ दलको झण्डा
सगरमाथामा नयाँ-नयाँ रेकर्ड राख्ने त होड नै चलेको छ। कोही बढी समय बसेर रेकर्ड राख्छन् त कोही अक्सिजन बिना, कोही बिहे गर्छन् त कोही पुस्तक विमोचन गर्छन्। आरोहीहरुलाई जे गरेर भए पनि नयाँ कुरा गरी चर्चामा आउनुछ।
शायद त्यसैले होला, सगरमाथामा आठ दलको झण्डा गाडिने भएको छ। झण्डा गाड्ने अठोट चाहिँ पेम्बा दोर्जी शेर्पाले लिएका छन्।
No related posts.









सवाल मधेश को र समय सम्बिधान सभाको ! उत्पिदित जातजाति..दायां बायां जस्ले जेसुकै जस्तोसुकै नारा देओस, सम्मुनत देश बिकास बिना कसैको बिकास असम्भब .. बाद, दल, पार्टी, संघ संस्था, जात जाती जस्तो सुकै होस यी र यस्ताकुराले आज देश तुक्रा गर्ने चेस्ता भैरहेको छ ! हुनत कैयौउं टुक्रे राज्य र बिभिन्न जात जाति बाट नै आज सिङगो नेपाल भन्ने देश बनेको हो, तर!!!
अहिले केहि समय यता देखि ..केही जातियताको बाहुल्यता देखेर केहि बेक्ति समुहले छुट्टै राज्य अथवा स्वतन्त्र राष्ट्र बनाउने भ्रमित सपना हरु देख्न थालिसकेका छन यस्ता तत्व हरुलाई मल जल गर्ने उक्साउने दरवार देखि राजनितिक पार्टी हरुको आ-आफ्नै स्वार्थ लुकेको छन/ कालान्तर मा यस्ता तत्व हरुले गर्दा देशलाई कहिलै नसकिने गृह युद्ध को भुमरीमा फसाउने चाल मात्रहुनेछ , यसबाट न हिमाल न पहाड न तराई सप्पै एउटै दलडल मा फस्नु बाहेक केहि पनी उपलब्धी हुनेवाला छैन , घाटा नेपाल लाई हुन्छ नेपाली लाई हुन्छ, याद गर्नुश नेपाल लाई अर्को दार्जिलिङग बनाउने गम्भीर षडयन्त्र हुदैछ/ जहां सम्म छुट्टै राज्य स्थापना को सपना देखने हरु छन म भन्छु यदि सच्चै नेपाली आमा को सन्तान हो भने उनिहरुले आफ्नो देश कहिलै टुक्र्याउने कुचेस्ता गर्दैन र छुत्तै राज्यको सपना देखदैन , नभए यस्ता दिवा सपना देखन छाडे हुन्छ यस्लाई अहम बाद कसैले ठान्छ भने उस्को सतही बिचार सङग मेरो बिचार नमिलेको मात्र हुन सक्छ /
अब सवाल यहां उठछ के आफ्नो अधिकार को लागी यी र यस्ता माग जायज छैनन त? के उतपिडित जात जातीले संघर्स गर्ने छोडे हुन्छत ?
के सदियौ देखि का शोसिड पिडित जनताका माग नाजायज छनत? यस्ता माग हरु पक्कै पनि जायज छन तर बिचार र उदेस्य गलत छन ,
कारण गरिबी र अशिक्षित!!!
चाहे जस्तो सुकै संघ संस्था को नाम मा होस अहिले तराई लाई मुख्य केन्द्र बनाएर धरातल मा आफ्नो माग पुरा गर्न लागि परेका छन तर बास्तबिक रुपमा देश र जनताको लागी घातक षडयन्त्र भैरहेक छन, भन्नेकुरा राजनैतिक चेतना भयका सचेत जनता हरुले राम्ररी बुझेका छन यिनिहरुलाई यस्ता नेपाल को कम्जोरीहरुको फाइदा उठाउन प्रोयोग गराई राखेका छन के यी सब कुरा तराई का जनताले बुजेकाछनत? बुझेका छन भने राम्रो हो बुझेका छैनन भने निर्दोश जनता हरुलाई अगाडी राखेर देश लाई घातक षडयन्त्र गर्न छोडे हुन्छ / जब सम्म जनता राजनैतिक रुपले राजनैतिक चेतना र सुशुचित हुदैन तब सम्म देशको लागि यी र यस्ता मग हरु घातक हुन्छ / कारण अशिक्षित र गरिबिको फाइदा उठाएर बिदेशि हरुले आफनो स्वार्थ पुर्ति गर्ने सक्ने हुन्छ उनिहरुले जनताको अभिमतलाई भौतिक रुपमा प्रयोग गरेर नेपाल का नदी नाला जडिबुडि आदि इत्यादि आफ्नो कब्जा मा लिने गम्भिर षडयन्त्र हुने छ कालन्तर मा न नेपाल रहन्छ नत नेपालीको अस्तित्वनै रहन्छ अस्तु ,
जय नेपाल
प्रदीप मानन्धर जापान,
मन परे हरियो, नपरे रातो
0
0
If these selfish leaders cancel or defer CA polls, there will be a great bloodshed and they will be finished. Nepal will enter into another dark age ( may for another 104 years!!
मन परे हरियो, नपरे रातो
0
0
neta haru nataka dherai garchhan ke . Sojha sada janata ………li …………….
मन परे हरियो, नपरे रातो
0
0
a… hoina hau sathi ho , aba maobadi le nepal lai kati ota ” mukti morcha” ko swotantra rajya banaune ho hau . hoina tyo parchanda kamred le 13 hajar nepali jyan liyo , sara bhoutik ra samajak samanwaya lai kharani banayo , ma ta mero bhojpur , kulung, thulung, chamling .,namling bantawa ,khantawa, lagayat dherai janajati rajya , who makes their won foreign , and defence ra monitiry policy . rajya herna chahanchhu , hau .
A nepali janata ho yo maobadiharule kehi pani khulkaudaina hai, khulkayo bhane yo bhojpure lai hbannu hos . samantabad bhandai garib janatako dhan sampati lutera samajik sadbhab kharani banayera 100 sal pachhi banayera ke na khulkauchhu bhanchha ganththe ? it is “O” khulka ra dekhau ta parchanda kamred ? herihalu !
मन परे हरियो, नपरे रातो
0
0
You cressy guy thinking always you very intelygece and smart but didnot read and think .Learn more about honer respect other and nation.If they have humaneterion never excuse the mis behave of every one
please dont discard we are nepali
ropa nepali
मन परे हरियो, नपरे रातो
0
0
eight parties want their flag on tip of Mount Eversest…Please Pemba dai( mountaineer) dont forget the flag of Nepal..
leaders here have forgotten many things,,, I wish they know that Nepal has also her own unique flag…Please leaders dont try to change our flag saying for the sake of NEW NEPAL..
मन परे हरियो, नपरे रातो
0
0
Warmest compliments and best wishes to Pemba Dorji Sherpa Jee.
You are a great son of Nepal.
You are the model personality to challenge the NUDE RACIAL ANARCHISTS.
मन परे हरियो, नपरे रातो
0
0