मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बन्दले छोडेन तराईलाई, फेरि बन्दको विरोधमा बन्द

    बन्द, बन्द र बन्द। सबैभन्दा सजिलो र सस्तो विरोधको माध्यम बनेको छ बन्द। जेको विरोधमा पनि बन्द हुने गरेको छ। हुँदाहुँदा अब त बन्द कै विरोधमा बन्द गर्ने चलन पनि सुरु भएको छ। गत सातामात्र यस्तो बन्दको विरोधमा बन्द गरिएको सुनिएको थियो। आजबाट फेरि पूर्वमा बन्दको विरोधमा बन्द गरिएको छ।

    तराईमा बन्दको मार त सबैभन्दा बढी परेकै हो। अब हेर्नुस् न, तराईमा होली भन्दै मधेसी जनअधिकार फोरमले तीन दिन बन्द फिर्ता के लिएको थियो, पूर्वका यातायात व्यवसायीहरुले आजदेखि तीन दिन पूर्वाञ्चल बन्दको घोषणा गरिदिए।

    मधेशी जनअधिकार फोरमले तीन दिनका लागि चक्काजाम र अन्य आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। फागु पूणिर्मा र जनकपुरमा लाग्ने परिक्रमा मेलालाई मध्यनजर गरी चक्काजामलगायतका बन्दका कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि भन्सार नाकामा गरिएको बन्द भने यथावत रहने फोरमले जनाएको छ ।

    फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा मङ्गलबारदेखि आफ्ना माग पूरा नहुञ्जेल हड्ताल तथा विरोधका कार्यक्रम जारी रहने उल्लेख छ ।

    एउटा पक्षको बन्द के फिर्ता भएको थियो, अर्को पक्ष बन्दमा उत्रिहाल्यो फेरि। लगातारको बन्दले यातायात व्यवसाय टाट पल्टिने अवस्थामा पुगेको भन्दै पूर्वका यातायात व्यवसायसँग सम्बद्ध सङ्घसंस्थाले आजदेखि तीनदिनसम्म पूर्वाञ्चल बन्दको आह्वान गरे।

    कारण चाहिँ के रहेछ त ? बन्द आह्वानकर्ताले ग्यारेजमा राखेको र सडकमा गुडेका सवारीसाधनमा तोडफोड गरी लाखौँ रूपैयाँको नोक्सानी भइरहेको र बारम्बारको बन्दले व्यवसाय चौपट बनेकोले रे।

    उनीहरुले गुड्ने मात्र हैन उड्ने साधन पनि अर्थात् हवाई यातायातसमेत बन्द गर्न आह्वान गरेका छन् ।

    सरकारले मजदुर तथा व्यवसायीसँग अबका दिनमा यातायात बन्द नगर्ने र विगतमा भएका क्षतिपूर्ति दिने सार्वजनिक प्रतिबद्धता जाहेर गरी काम सुरु नगरे मजदुर तथा यातायात व्यवसायीहरू जस्तोसुकै मूल्य चुकाउन तयार रहने रे।

    No related posts.

    15 comments to बन्दले छोडेन तराईलाई, फेरि बन्दको विरोधमा बन्द

    • SADHAI BANDHAKO KHABARLE SARAI DHUKHI BANAYAKO CHHA YATAYAT JASTOMAHATO PURNA BISAYALAI KUNAIPANI PARTI SANGSATHALE FORM KASAILEPANI BANDHA GARNA NAHUNE HO SABAI PACHHA LAI RA DESBIKASKO LAGI GARIB MAGDURLAI PETPALNA KARODAUKO LAGANI GAREKO UDHYOG RA YATAYAT BEBASAIA LAI ASTOKISIMKO SADHAIKO BANDHALE THULO AGHAT PURYAYAKO CHHA ASKOLAGI YATAYAT BANDHA SADHAIKO LAGI FITAHUNUPARCHHA
      RUDAR HALL MACAU

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sobolev

      Good idea!!!banda ko birodh ma banda matrai hoina, jasle banda garchha Uslai Punish gardai hidnuparchha aba sabaile.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jwala

      बन्द किन ? भन्नु भन्दा बन्दको सस्कृति कहाबाट उत्पति भयो त्यो हेर्नु पर्छ/ हरेक राजनितिक नेताले आफ्नो स्वार्थको निम्ति जे सिकाए त्यहि आज आएर प्रफुष्टन भएको छ/ यो नौलो कुरा त होईन तर बन्दमा सर्बसाधरणले कति दु:ख पाउछन त्यसको दर्द बन्दको बिरोध गर्नेले मात्र देख्ने रहेछन / फेरि आफुले बन्द गर्दा जनताको दर्द पुरै बिर्सिदिदा आजको यो स्थिति आएको हो/ भोलि फेरि आफ्नो स्वार्थ पुरा भएन भने बन्द आव्हान भै हाल्छ/ सरकारमा आज ८ दलको समर्थन हुदा त बन्दको स्थिति पुर्णविराम नहुदा भोलि निवार्चन पछि एक वा मिलिजुलि पार्टिको सरकार चलाउदा के स्थिति हुने हो? देश बिस्तारै civil war तिर धकेलिएको छ , नेपालमा भएका सबैपार्टि तथा सघ सस्थाले बिरोधका नाउमा बन्द नगर्ने नैतिक शिक्षा गम्भिर भएर परिपालन नगरेसम्म यो देशमा यस्तै स्थिति हुने भविष्यवाणि गर्न कुनै बुद्दिजिविको मुख ताक्नु पर्दैन/ भोलि फेरि यहि ८ दल भित्रका केहिले बन्द गरिहाल्छन भने अहिले सरकारले किन बन्द गरे होलान भनि सकोच मान्नु पर्दैन/ भने अब कस्लाइ दोष दिने हो ? नेपालमा राजनिति गर्ने पार्टि र जो जस्ले सघ वा सघठन खोलेका छन सबै ब्यक्तिगत स्वार्थ राखेर खोलेका छन यि सबै नेपालको भविष्य माथि खेलवाड गर्ने स्वार्थि सस्था भए / सामाजिक स्वार्थ राखि नेपाल आमा को आशु पुछ्न सुपुत्र छोरोको जन्म भएको छैन किनकि पृथ्विनारायण शाह, भानुभक्त, बि.पि. , मनमोहोन, माहाकवि जस्ता Nepalसुपुत्रको शालिक ढालेको देखेर नेपाल आमा रोइरहेकि छिन, आशु पुछ्ने सुपुत्र पाइरहेकि छैनन/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • लिम्बु

      हेल्लो नेपाली साथी हरु + समस्त नेपाली जनता मा
      अब सब भन्दा पहीला कनुन बन्न पर्‍यो यो नेपाल बन्द कसैले पनि गर्न नपाउने भनेर ! एक दिन को बन्द ले नेपाल लाई कति धरै नोक्सान हुन्छ ! हाम्रो नेपाल लाई !?! पहीला यो कनुन बन्न पर्‍यो ! जुन पाटी दल – संघ सस्था चोर नेता तथा लिडर ले नेपाल बन्द गर्छ त्यस् लाई कम से कम १० साल को सजाय र लाखोउ करोडौ को नोक्सानी बेहोर्नु पर्छ ! यो कानुन बन्न एकदम जरुरी छ ! ?! धन्यवाद ! । । ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • binaya

      hamro des ko neta haru ,kam garna aaudaina,dada giri dekhauna lai nepal bandha garyo ghar ma basera masu bhat khayo,neta haru lai na piti aaba ta bhaena des purai dubai sakyo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jeewan

      Dear all, I would like to my soldarity of those people who are fighting agianst strike,
      Why donot this parliment pass to make illeagal who does strike!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nima UK

      jati banda gare pani antimma marne garib janta nai ho mathi ko tauke neta haru moj majja le baseko cha, sabai neta haru ko khel ho. janta haru pani bheda bakhra nai ho. yo desh kahile bikas ko bato ma hidne ho, yini sabai lai budhhi kahile aune ho.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradeep

      he he neta haru ho desh lai kharani napar la . hami lai tention bhayo

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradeep

      hello
      desh khane 7 dal haru ho . timiharu le prachanda lai desh chhodidinu timi haru le kehi garna sakdainau
      ahile prachanda ko bichar nai ramro chha. khaberdar 7 dal haru bholi hami haru le kharab neta haru ko tauko katne chhau, hoshiyar

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ajaya Shrestha

      I am really excited from the news of Jhapali, lets learn from jhapa and declare whole Nepal the Banda prohinited Nepal in other word banda free Nepal.
      Salute of Jhapali.

      These so called leader of Tarai from Forum, morcha, tiger and cobra want ethnic cleansing of Pahade from Tarai. Never let such thing happen.
      Lets maintain the harmony among us just by ignoring such appeals. Lets fight against them in unified manner. After all Nepal belongs to all of us, Pahad belongs to Pahade as well as Madhise and Madhesh belong to Madheshi as well as pahade.
      Thank you

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • k ko pratikriya lekhnu khai.
      Buddhi nabhayeka jyanmara chor haru le des nai sakhap banai sake ,pahila yi 8 dal bhanauda ka janawar jasta neta haru lai “Ratna park ” ma layera sabai janata ko samu Faci dinu parcha ani tes pachi matra bhaneko sakhar le Nepal ra Nepali ko hit ko kam garcha.Aaile bhayeka tala dekhi pm sammako kunai chor gatila chainan.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bijayaraj

      They are right!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Parshuram Sapkota ,Sauraha Chitwan,Nepal, Current:Australia

      बन्द बस्तबमा मानबआधिकार हननको निक्रिस्ट नमुना हो|बन्दले कुन हदसम्म मनबीयताको खिल्लि गर्छ ,कुन हद्सम्म मानिसको समस्याको बेवस्ता गर्छ यी कुराहरु नेपाली राज्नैतिक नेताहरुको दिमागले कहिल्यपनि सोचे जस्तो लाग्दैन मलाई|बिरोधको स्वरुप येस्तो हुनु पर्छ जस्ले अरुको मानबअधिकरको ख्याल गरोस्|
      समाज बिकासको लागि ,culture बिकास्को लागि के यो जायज छ? अबस्य छैन|
      if some parties or an individual try to undermine peoples’ basic rights and their practical problem and become brainless/thoughtless, it’s against the rule of nature and such parties should be penalised.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Khagendra

      I fully support transport strike this time:

      I think this was long due and more of this should come to discourage anyone just calling for bandas without taking into the consideration who gets affected the most and all. Institution like transport, education, Water and Electricity and hospitals have to come forward collectively calling for indifinite bandas to pressure government and banda organizers to stop their banda centered tactics. If anyone can change this banda fever in Nepal, only these key institutions can. I am totally against this culture of bandas. Do bandas all the time and announce “banda-lift” when you need to use the transport. What the hell is going on……….? I would say we need March revolution not to do anything but to stop these bandas.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sanu and Gideon from China

      ha ha ha ha ha ha ha ha ……………………….
      All are playing very good game of Nepal Banda.Let’s see who will win that game.Go a head and gain a big profit by doing Nepal Banda.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker