हाम्रो नेपालमा चर्का कुरा गर्ने रोग नेताहरुलाई लागेको छ जस्तो छ। आफूले गर्नै नसक्ने कुरामा पनि चर्का कुरा गरेर चर्चा पाउने होड चलेको छ।
आजै हेर्नुस् न सामान्य प्रशासन राज्यमन्त्री धर्मनाथप्रसाद शाहको कुरा। राजदरबारमा छापा मार्न नमिल्ने भएकाले राजा ज्ञानेन्द्रलाई लखेटेरै भए पनि सम्पत्ति राष्ट्रियकरण गर्ने भनी खोक्नुभएछ उहाँले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा। भो-भो मन्त्री ज्यु, त्यसरी बढी नखोक्नुस् अब। हामी जनतालाई मूर्ख नठान्नुस् अब। कसको हुति कति छ भन्ने कुरा हामीले राम्रैसँग थाहा पाइसकेका छौँ। गर्नसक्ने कुरा मात्र बोल्नुस्।
शाही शासनकालमा मात्र बकम्फुसे गफ बकबक गर्ने पिटर गिरी, माइक मन्त्री टंक ढकाल र श्रीश शमशेर रहेछन् भनेको त लोकतान्त्रिक सरकारमा पनि त्यसको कुनै कमी देखिएन।

Ad:बाराका लिटिल बुद्ध फेरि बेपत्ता भएका छन्। थप “यो संसार” मा।
राजाको सम्पत्ति राष्ट्रियकरण गर्न गठित तीन सदस्यीय सरकारी समितिका सदस्यसमेत रहनुभएका राज्यमन्त्री शाहले सात दिनभित्र राजा र राजपरिवारका नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउन मुख्य कार्यालयमा पत्र पठाइसकेको बताउनुभयो ।
राज्यमन्त्री शाहले समितिले राजा र परिवारको चलअचल सम्पत्तिको विवरण लिइसकेको जानकारी पनि दिनुभयो । “नेपाल राष्ट्र बैङ्कले बैङ्कखाताहरूको विवरण दुई तीन दिनभित्र दिँदैछ। राजाको सम्पत्ति राष्ट्रियकरण गर्न सरकारले खुट्टा कमाउँदैन”- उहाँको कुरा ! ल हेरौँला हामी पनि।
उता राजपरिवारले भने धमाधम आफ्नो सम्पति कसरी जोगाउने भनी खेल खेल्न थालिसक्यो। यता तपाईँहरु यस्तै बकम्फुसे गफ गर्दै बस्नु अब।
प्राप्त जानकारी अनुसार दरबार अहिले आफ्नो सम्पति बेच्ने धुनमा व्यस्त छ। देशका विभिन्न भागमा भएका आफ्ना अचल सम्पति बेचेर विदेशी बैंकमा पैसा जम्मा गर्ने तयारी उनीहरुको छ।
दरबारमार्गको अन्नपूर्ण होटल बाहिरको पसल देख्नुभएको छ ? खासमा त्यो पसल दयाराम भक्त माथेमाको नाममा छ। तर सूत्रहरुका अनुसार माथेमा त देखाउने मालिकमात्र हुन्। भित्री रुपमा त राजा कै सम्पति हो त्यो। अहिले त्यो हजारौँ मासिक बहाल आउने त्यो पसल कवल ५७ करोड रुपैयाँमा बेच्ने तयारी भइरहेको छ। दरबारले ग्राहक खोजिरहेको भए पनि ग्राहक भने फेला पर्न सकेको छैन।
शेर्पा होटलको नाम सुन्नुभएको छ ? त्यो पनि अर्कैको नाममा छ तर मालिक दरबार नै हो। त्यसलाई पनि बेच्ने प्रक्रिया अघि बढाइएको थियो। तर जसको नाममा त्यो होटल रहेको छ, उसले ‘नमकहरामी’ भन्छ नि हिन्दीमा, हो, त्यसो गरेछ। दरबारको शक्ति कम भएको मौका छोपेर राजालाई हेपेछ। त्यसैले त्यो होटल बिक्रीमा अवरोध आएको छ रे।
त्यसैगरी टेकुमा रहेको बुद्धबारी शपिङ कम्लेक्स पनि दरबार कै हो। त्यो जग्गा र घर रानीको नाममा छ। एउटा रानीबाट अर्को रानीमा नामसारी हुने व्यवस्था गरिएको रहेछ त्यसमा। स्थानीय नेवारहरुको गुथिको जग्गा अधिग्रहण गरेर दरबारले त्यहाँ शपिङ कम्पलेक्स बनाएको रहेछ। स्थानीय बासिन्दाको विरोधका कारण यो जग्गा दरबारले बेच्न सकेको छैन।
दरबारकै स्वामित्वमा रहेको गोकर्ण सफारी पार्कको बहालका रुपमा आउने पैसा भने अहिले पहिले जस्तो राष्ट्र बैंकमा रहेको दरबारको खातामा जम्मा हुने गरेको छैन। पहिले भए त्यही खातामा जम्मा हुने गर्थ्यो। ३-४ महिनादेखि खातामा पैसा जम्मा भएको छैन। त्यो पैसा कता गएछ त ? भन्नेहरुले विदेशी बैंकको खातामा जम्मा गरेको हुनसक्ने बताएका छन्।
No related posts.









yo sarkarko gaf matra ho . sattama gaera rajako jastai sampati jamma garne bichar ho . iniharulai kahile sasu ta kahile buhariko palo bhanne ukhan jastai bhaeko 6 . j bhane pani ta bhayo ni .
lunatic binod
sunsari
मन परे हरियो, नपरे रातो
2
0
First of all these leadar have to show property then ask with king ok. Ani Raja ko sampati pani Maobadi ko hatiyar jastai hola ni hoina ra sathi ho ?
मन परे हरियो, नपरे रातो
0
1
First of all these leadar have to show property then ask with king ok.
मन परे हरियो, नपरे रातो
0
0
यस बिषयमा नेताहरुको खुलेर आलोचना त गर्नु पाउनु पर्छ नत्र लोकतन्त्र आएको के मतलब भयो र । हामीले फेरी अर्को कुरा के पनि बुझ्नु पर्छ भने यो नेताहरु भनेको हाम्रो प्रतिनिधि हो चाहे त्यो असल होस वा खराब हामीले नेताको सत्तो सराप गर्नु भनेको अन्जानमै शाही शासनलाई उचित ठहराउनु मात्र हो । शायद हामी अझै सक्षम छैनौ होला त्यसैले हामी जनता मध्येको बाठो ुनेताुहरुको त यो हालत छ भने हामी त सर्व साधारण ।
केही मित्रहरुको कमेन्ट साँचि नै चित्त बुझ्दो छ तर यहाँ हामी नेपाली सर्व साधारणले जहिले पनि नारायण हिटी दरबारलाई ज्ञानेन्द्र शाहको सम्पति भन्ने गरेको छ यथार्थमा नारायण हिटी भनेको नेपालको ढुकुटि हो त्यस्तो ढुकुटी जुन हामीले सानोमा सुनेको परीको कथामा हुने जस्तै अनि ज्ञानेन्द्र भनेको त्यो ढुकुटीलाई घेरेर बसेको कालो नाग हो । सो ढुकुटीको सम्पत्ति हामी सबैको साझा हो अब त्यो ढुकुटीमाथि हामी नागरिकहरुको हक हुनु पर्छ भनेर हामीले त्यो मस्त सुतेको नागलाई जिस्कायौं अब हाम्रो सामु कुनै विकल्प छैन सिवाय त्यो नागको टाउको किच्नु बाहेक । साथी हो ढुकुटीको मुख त्यसै खुल्दैन धेरै मेहेनत गर्नु पर्छ अनि खतरा मोल्न सक्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
1
yo naam gareko mantri pani chha ra nepal ma?
मन परे हरियो, नपरे रातो
0
0
Nepal ka neeta haru je bhanda taali bazchha,tyo kura saro saro swor ma bhanne gareko chha. ra sadharad Nepali lai jhukauke gareko chalan chha. UML ka neeta haru ta jhan gafadi no.1 hun. Yesta gafadi neeta ko hami Nepali haru kahilay sammaa kura sunne. Kura ra Bhasad lay Desh bhandai na bhanne hami Nepali lay kahilay bhujne?
मन परे हरियो, नपरे रातो
0
0
maobadi lai mauka deu ! tyespachi kura gara maobadi ko usle kegarna sakcha ke garna sakdaina .ahile uni haru power ma chaina pahela power deu tyespachi dekhauchan naya nepal kaseri banauniho.
मन परे हरियो, नपरे रातो
0
0
samanya prasasan mantri lai raja ko sampati ko barema k matlab uslai ta karmachari haru ko bebastan ko barema po kam garnu parne ho. huna ta k sakne thiyara unle ramro bata ramro mantralayama matra saruwa bhayako dekhincha. naramro bata naramroma nai. bhanna ta tiniharu bolda ta k ho ramro mantralaya bhneko bhanchan.yesta pipasu haru desma hunda samma k karmachari tantra sudrela ra.
मन परे हरियो, नपरे रातो
0
0
dear reader’s of korea,
sifall sekiharu dekher chajananda.
they r not working only tolking more…if they have himmat they must declear first ganatantra then they act with gyane & orther royalist. if royal army & police r not agree to act them they most take help from our people’s libration army(maobadi) then no more to tolk!!!realy they dont want do it that why we must JANANDOLAN-3.
ganatantra jindabad.
deshi-bideshi pratikribadi sadyantra murdabad.
RAJESH GURUNG from S-KOREA.
मन परे हरियो, नपरे रातो
0
0
यि पिपल पाते मार्कहरुले बट्याइ मात्रगरेका हुन, जायज मागहरु त पुरा गरेका छैनन। ति माग पुरा गरेर नेपालि हौ भन्ने बनाओस अनि जन्ताले आफै खोज्छन। नियम पुराइ पुर्ति पनि गराउ छन। नत्र लुछेर पनि लिन्छन। यि राजाहरुका सोचे जस्तो छिटो पाइन्न कालो सम्पत्ति बिस्तरै लिने हो।
मन परे हरियो, नपरे रातो
0
0
j bolchau chadai garera dekhau neta haru.
bishal,australia@6:27(NST)
मन परे हरियो, नपरे रातो
0
0
Why just to point out Mr. Shah only. Mr. Prachanda and Dr. Bhattarai are no less. Uniharu le pani tyatikkai matra ma khokchan..Kura sunda pachna pani garho…. Sarkar ma na rahe pani.. This is the habit of our Nepalse politician…..
मन परे हरियो, नपरे रातो
0
0
राज्यमन्त्री शाह ले आफ्नो जिजुबाजे बाराजु को पाल1को पुर्ख1कo सम्पत्ति हरु यो ज्ञाने शाह को बाउ बाजेले हिनमिना गरी नदियर सम्पत्ति आफ्नो हक् मा अफुले नपायको झोक् अनि ज्ञाने शाह चाँही राजा बनेर सबै सम्पत्ति कुम्ल्यायर मोज गरेको रिस् मा बोलेको होलानी । त्यो के भन्छनी ” सौताको रिस् ले पोइ को कुन्नी कea क1ट्ट्नी” भनेको जस्तो ।
यो ज्ञाने शाह लाई थर्का यर आफ्नो भाग् को सम्पत्ति माग्ने दाउ होकी के थाहा ।
यदि देश र जनताको लागि गर्ने भयत् यो खोकुम् जेल सम्म मा त कामै गरी भ्याइ सक्इन्थ्यो क्यारे ।
जेभयनी बोलेको कुरा पुरा गर्ने सक्ती देओस् भन्ने कामना गरौ किनकी जसरि भयपनि त्यो ज्ञाने शाह र तथाकथित राजा अनि राज परिवारको सम्पत्ति भनेको सबै नेपाली जनताको हो । तीनइहरु त नेपाली जनता र नेपाल को जुकां, रगत चुस्ने जुकां हरु हो । जसरि भयपनि नेपाल को सम्पत्ति नेपालीलाई र नेपाल मै रहोस् ।
बिदेश मा राखेको सम्पत्ति पनि खोजी गरौ मन्त्री ज्यु, थुप्रो छ होला र हुनुपर्छ ।
जय होस् मन्त्री ज्यु को, तेती भय पनि बोल्ने हिम्मत त गरेछ बै ।
मन परे हरियो, नपरे रातो
1
0
haha gyanee ko sherpa hotel chaee kinu manlageko thiyooo ….gyane laee ta desh bata out garnu parcha ….jhanmaraa gyanee
मन परे हरियो, नपरे रातो
0
0
हामी किन द्र्बार द्र्बार भन्छौ? द्र्बार भनेको ज्ञानेन्द्रको निजी सम्पत्ति हो र ?
मन परे हरियो, नपरे रातो
0
0
nepal yek kura pradhan desh ho yeha ka 80 percent bhanda badhi janta kura khayeko bharama aghauna badhya chhana,ani kura utpadan garnne kura ma sabai neta haru ko bhanda ko kam bhanera lagiraheka chhana .
मन परे हरियो, नपरे रातो
0
0
only maoist can nationalised the properties of The King Gyne. i think so. all other parties will afraid of king and army.
govind
moscow
मन परे हरियो, नपरे रातो
0
0
नानी भन्दा आची ठुलो हगाइ भन्दा पदाइ ठुलो भनेको यही हो/ नेपालमा यस्तो एउटा रोग छ की जो आफ्नो काम पद र छेत्रको काम गर्दैन तर अर्काको छेत्रमा निकै दखल भएको पारा देखाउछ भुट्टी भाङ पोली पीडालु/ सामन्य प्रसाशन मन्त्रीको काम नीजामती प्रशाशनलाइ ठीक सग चलाउने हो जुन बेथीतीको नमुना छ, मन्त्रालय सचीब बीहीन छन नीजामती ऐन नीयम बन्न सककेको छैन बढुवा प्रक्रीया अबरुध्ध छ, मन्त्रीजी पहीले आफ्नो काम गर्नुहोस राजाको जग्गा खोस्ने काम माउबादीलाइ दीनुहोस काम गर्नेले गरेर देखाउछ भुकेर हैन माउबादीले लुटेर/गरेर देखाइ सकेका छन/ बहालवाला मन्त्रीले लुटपाट गर्ने कुरा गर्न लाज लाग्दैन ? कानुन बनाउनु अनी पुलीस प्रशाशन परीचालन गर्नु तर बीहारी पारा नगर्नु भाइ शाब आफ्नो खाएर फोकटमा कती उमेशको ब्लोगमा बीनासीत्तीमा नेपालका मन्त्रीलाइ सुझाब दीनु यार अहीलेलाइ यत्ती/ Binod,KY, USA
मन परे हरियो, नपरे रातो
0
0
!!!!^^^^नमस्ते^^^^साथी हरु^^^^!!!!
देख्न्न्नु भयो त हाम्रो नेपाल को समाचार !! मन्त्री हरु के भन्छन !! आहिले आर्को ले आर्काइ कुरा गर्यो !! दरबार मा छापा मर्न हुन्न रे !! लखेटे र (भ गा यर्) नि राजा दरबार को सम्पत्ति लिने !! मैले पहिला नि कमेन्ट लेखे को छु !! यि नेता ले सिधा जनता को आँखा मा छारो हल्ने काम मात्र गर्छन भनेर !! ज्ञ्याने चोर ले यि नेता हरु आउछन र जिम्मा दिनु पर्छ भनेर सबै सम्पत्ती ठीक पारेर राखेको होला होइन साला चोर नेता हरु को लागि !! यि नेता हरु भन्ने मात्र हुन गर्ने होइन !! राजा को सम्पत्ती देस को नाम मा गर्ने भय आस्ती नै भाई सक थियो !! किन दुनियाँ हल्ला गर्न जरुरी छ !! गरे पछि हल्ला गरे नि हुन्थियो !! राष्ट्र बैक मा दरबार को नाम मा कति छ पोइसा !! २-४ दिन पछि थाहा हुन्छ !! कस्तो सजिलो हासो लाग्न्ने कुरा !! चायो भने ५ मिनेट मा थाहा हुन्छ !! हेर्न कति बेर लाग्छ बैक मा भयको पोइसा !! भोली ज्ञ्याने र १-२ जना मिले पछि तियो पोइसा कहाँ पुग्छ !! देस को नाम मा त (०) सुन्ना मात्र हो !! यो सबै चोर नेता को एउटा खेल मात्र हो !! आज भोली बैक मा भयको पोइस निकाले र बोकेर लागि राख्न्नु पर्छ र !! अनि राजा को जघा त आहिले सम्मा मा हाम्रो नेपाल का जघा दलाल को हात मा पुगी सक्यो होला !! यस्ता भुडे नेता ले नि देस को लागि केही गर्छन !! आस नगर्रो होला नेपाली जनता (साथी ) हो नेता माथि !! हाम्रो सुन्ने कान बैरो होला हेर्ने आँखा आन्धो होला तर यि नेता ले गर्ने वाला छैनन !! जस्ले गर्छ आनी भन्छ !! तेस लाई म मान्छु !! तर गर्छु भन्छ कहिले गर्ने हो त्यो म बिश्वास गर्दिन !! भोली र (फिउचार) पछि को कुरा म जान्दिन !! धन्यवाद !!! पूर्ण!!!! लिम्बु!!!
मन परे हरियो, नपरे रातो
0
0
हेर्दै जाउ अब कस्ले कसरी खोक्छऩ|उमेश जि, प्रचण्डले पनि अमेरिकालाइ दुख्ने गरि खोकेका हुन कि के होला ? अपडेटमा उत्तर छिटो दिनुहोस है! मन्त्रिको खोकी त उहि पुरानै जस्तो छ | आखिर उही परिबेशमा २०४७ को सबिधानमा होली खेलेका ७ पार्टि सहित राप्रपा र राप्रपाहरु र २०४७ को सविधानमा लुकामारि गर्दै मध्यान्तरमा जगल पसी यसको पूर्वार्ध र उत्तरार्धमा जनताको सघारमा देखापरेका माओबादीहरुको खोकी एकै किसिमको छ| मन्त्री ज्यू हरुको कुर्चिमा मात्रै सरुवा खोकि सल्केको भनौ भने प्रचण्डको खोकिले अमेरिकाको ध्यान आकर्षण गर्यो| जिम्बेवार नेताहरुले विचार नपुराइ खोक्दा के होला? लोकतान्त्रिक सरकारमा बसेका नेताहरुले बोलेको खोकाइ होइन भने हेरौ चर्तिकाला कसको कति उचाइ छ| केहि दिन पछि अपडेटमा पक्कै समाचार आउने छ|
मन परे हरियो, नपरे रातो
0
0
सहि कुरो हो उमेस् जी । यि भात मारा नेताहरु बढी नै खोक्छन ।
गरेर देखाउन सक्नु पर्छ । पहिला राजा को सम्पत्ति राश्ट्रीय कारण गर अनि मात्र खोक्न । बल्ल जनताले अह गर्यो गर्यो भन्छ ।
अझ प्रचन्डे, माधवे, बामे ले त धेरै चोटि गणतन्त्र घोष्णा गरे नेपाल लाई ।
नयाँ नेपाल पनि निक्कै बनाए ।
“गफै त हो सम्धी”
Yaatree
मन परे हरियो, नपरे रातो
0
0
खै; हुनेको राख्नेठाउ छैन, नहुनेको फुट्या कौडी छैन ! हाम्रो नेपाल यस्तै छ !!
मन परे हरियो, नपरे रातो
0
0