मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    देशको स्थिति भद्रगोल, प्रम चाहिँ सुशासनको अवार्ड थाप्दै

    हाम्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज शनिबार नेतृत्व र सुशासन (लिडरसिप एन्ड गुड गभर्नेन्स)को अवार्डबाट सम्मानित हुनुभएको छ। युनिभर्सल पिस फेडेरेसनले उहाँलाई सम्मान गरेको हो। सम्मान गर्ने संस्था र सम्मानित व्यक्तित्वका बारेमा तपाईँलाई केही भन्नु छ कि ? अब तपाईँको पालो- प्रतिक्रिया लेख्न थाल्नुस्।


    देशको सुशासन कस्तो छ त तपाईँहरुलाई भनिरहनु पर्ने कुरा हैन, स्वयं प्रधानमन्त्रीले समेत शान्ति सुरक्षा बिग्रेको स्वीकार गर्नुभएको थियो कार्यक्रमपछि सञ्चारकर्मीहरुसितको कुराकानीमा। त्यसको जिम्मा पनि लिनुभयो उहाँले प्रधानमन्त्रीको हैसियतले। “माअ‍ोवादी सरकारमा आएपछि स्थिति सुधार हुन्छ”, उहाँको विचार थियो।

    प्रधानमन्त्री आफैले सुशासन नभएको स्वीकार गर्दा पनि सुशासनको अवार्ड दिने संस्था भने गजब कै रहेछ कि के हो ? नभ्याएकोले मैले संस्थाका बारेमा गुगल गर्न भ्याइनँ। तपाईँहरु गरिदिनुहोला है त। प्रधानमन्त्रीको इतिहासदेखि हालसम्मको राजनीतिक जीवनमा सुशासनको कति थियो भन्ने विश्लेषण चाहिँ तपाईँ आफै गर्नुस्। म चाहिँ वर्ल्ड कप क्रिकेटमा बंगलादेशले भारतका खेलाडीहरुलाई आच्छुआच्छु पारिरहेको गेम लाइभ हेर्दैछु। २ रनको अन्तरालमा ५ विकेट गुमेको दुर्लभ दृश्य हेर्न जो पाइएको छ। उता पाकिस्तान पनि उस्तै, सात विकेटको क्षतिमा मात्र १०७ रन बनाउँदै खेल्दै रहेछ।

    कुरो कता पुगेछ, फेरि विषयमा नै आउँ-अक्सर कार्यक्रममा नजानु हुने प्रधानमन्त्री उपस्थित हुनुभएको देख्दा भने ठूलै संस्था जस्तो लाग्यो। सम्मानका भोका त हैनन् होला प्रधानमन्त्री, कि कसो ?

    No related posts.

    24 comments to देशको स्थिति भद्रगोल, प्रम चाहिँ सुशासनको अवार्ड थाप्दै

    • BN / Boston / USA

      http://en.wikipedia.org/wiki/Sun_Myung_Moon#Controversy

      http://peacefederation.org/about/founders.php

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar, Norway

      I think that NGO might have earned lot of dollars from Nepal.(I m not sure just guessing). Otherwise, the award is awarded to such a shameless person who has only negative aspects to Nepal in his entire career.

      Shame with you, you organiser. What you have seen in him and his governess?

      I list few for you in your selections,
      1. Dissolving own majority government leading nation to to uncertainty for last 15 years.
      2. Making Maoist movement to peak point saying that he did not want to hear ‘C’ of communist rather than even listening their even genuine demand.
      3 He is regarded as vilain untill Gyanendra committed suicide by rulling fistenn months and he bent down to Moaist to have prime minister post again.
      4. As per instruction of expanist southern power, he finally try to rise himself going through peace agreement resulting successfull uprising led by Maoist.

      Organiser, then what good else did you see on him? The value of your award carries nothing in future when you really deserving one awarded in near future.

      Please reply me if I am wrong.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanki

      Joke of the century!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurung Dai

      Girija does not deserve to receive such award.I am completely against it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaba

      संसारमा यस्ता अवार्डहरु बाँड्ने गिरोह नै छ क्या ! शैक्षिक योग्यताका फर्जी प्रमाणपत्र बेच्ने विहारी गिरोह जस्तै । जसले २०४६ को जनआन्दोलन सफल भएको उपलक्ष्यमा चैत्र २६ गते आयोजित प्रथम विजय सभामा ‘यो राजाको पनि जीत हो, पञ्चको पनि जीत हो’ भन्दै आजसम्म भाँडभैलो मच्चाउँदै देशलाई रसातलमा पुर्‍याइरहेको छ, उसलाई ‘सुशासन’ को पुरस्कार दिनु र ज्ञानेन्द्रको सैनिक शासन कालमा पञ्चै हो यो देश बनाइदेउ भनी भाटगिरी गर्दै हिंड्ने स्वनामधन्य पत्रकार रामप्रसाद खनाललाई पत्रकारिता क्षेत्रमा विश्व स्तरीय योगदान पुर्‍याए वापत ब्रम्हाण्ड स्तरीय पुरस्कार दिनु उस्तै उस्तै होइन र ? अवार्ड दिने गिरोहले अवार्ड पाउने व्यक्ति वा उ संलग्न गिरोहबाट ठूलै रकम कुम्ल्याउँछ, त्यसको केहि अंश तामझामका साथ प्रचार गर्नमा खर्च गर्छ र दुनियाँभरका र्सवसाधारणलाई मूर्ख बनाउँछ । वस, कथा यति हो । यत्राको योगदान, भुत्राको सुशासन !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gagane

      साथिहरुले कुरोको चुरो बुझेन्, कुरोको चुरो बुझ्न पर्यो सथि हो।
      ठिकै त हो। बिचरा गिरिजा प्रसाद् ले सुशाशन को सम्मान् पाउनु म के र किन कस्को यत्रो आपत्ति भयो।
      कुरोको चुरो यसरि बुझओउ न सथि हो ।
      देश् पो भद्रगोल् छ लथालिङ् छ मार धाड् छ लुट् पाट् छ तेस्मा बिचरा प्रधानमन्त्री र तेस्मा पनि बिचरा गिरिजा प्रसद् को के दोश् छ र उस्ले सुशाशन् को तक्मा पाउनु नहुने ह्।
      बिचार अधिकांश् समय अस्पताल् मा व बिस्तरा मा शान्त् सङ्ग् कसैको कै नबिगारि सुतिराखेको छ। कति भुइफुट्टा हरु प्रधानमन्त्री हुन्छु तिमि आराम् गर् भन्दा पनि नसकि नसकि वोछ्छ्यान् व बिस्तारा र अस्पताल् बाट् मुख् मा अक्सिजन् को मास्क् रखि रखि देश् चलाइराखेको छ।
      कतै लड्न् भिड्न् गा छैन।
      किन सुशाशन् भयन्।
      किन यस्तो शान्त् मान्छे ले त्यो तक्मा पाउन नहुने।
      कुरोको चुरो बुझुम् न साथि हो।
      अझैपनि नबुझेको भय मलाइ माइल् गरुम् अनि बुझैदिन्छु ल।

      syakash@mail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • C.M.Sapkota,Spain

      ABA UHA LE NOBEL PURASKAR PANI PAUNU PARCHHA.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • C.M.Sapkota,Spain

      GIRIJA LE BAHEK ARU YO PURASKAR KASLE PAUNE TA ?? KOHI CHHA YESKO LAYEK??. CHHAINA, KINAKI KASAILE PANI YESPRAKAR KO KAAM GAREKO CHHAINA. GIRIJA NEPAL KO YA ASIA KO MATRA HOINA WORLD KO EXAMPLE HUNU HUNCHHA.GIRIJA BABU LE BITEKA KEHI SAL YETA GAREKO YOGDAN PURASKARANIYA CHHA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      कुरो यदि सम्मानकै हो भने “जनताले गर्ने सम्मान ठुलो कि यस्ता च्याउ सरि उम्रेका झिना-मसिना संघ-संस्था(अन्तराष्ट्रिय समेत)ले गर्ने सम्मान ठुलो”? कुरो को चुरो बुझेर जनहित कार्यमा लागे गिरिजालाई फलिफाप नै होला अन्यथा झिटिगुण्टा कस्नुपर्ने पनि हुनसक्छ,ख्याल गरेस |आफ्नो पार्टिमा कोईरालावादको अन्त्य नगरे त्यहाँ अर्को ज्वारभाटा प्रष्फुटनको संभावना रहेको हेक्का छदैहोला | अरुलाई अर्तिदिनु जति सजिलो छ त्यति नै लागु गर्नु गा-हो हुन्छ भन्ने कुरा ८० नाघेका बुढाले बुझेकै होलान | उँभो जानु भन्दा अघि देशमा सुसासन,बिकाश,सबैलाई शिक्षा,स्वास्थ्य,शान्ति र रोजगारिको एउटा दिगो जग वसालेर गएको खण्डमा अहिलेमात्र होईन सातजुनि सम्म पनि सम्पूर्ण नेपालिको मनमस्तिष्कमा रहिरहने र सम्मानित भएरहने छौ | त्यसैले यो शुभकार्यमा ढिला गरेर ईतिहासमा स्वर्णिम अक्षरले लेख्ने अवसर नगुमाउन सल्लाह छ | यो काईते सम्मानको पछि लागेर आफ्नो अमुल्य समय खेर नफल्न अनुरोध छ हाम्रा प्रधानमन्त्रिलाई | तिमिलाई चाहिने भन्दा बढि सम्मान भोलि जनताले गर्नेछन -नाआत्तिउ,यदि तिमिले जनताले चाहेको ग-यौ भने |

      धन्यवाद |||||||||||||||||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Girja pd. koirala, susasan ko naam ma chai dherai kaam garna nasakeko, interest pani dherai nadiyeko ra corrupted leaders lai kakhi chapeko sabai Nepali lai prasta taha chha. So yo award kun base banayera diyeko ho , tyo bhujna sakiyena.

      Tara Girja lay, Raja ko 15 mahina ko direct rule lai hatauna ani..bharat ma bhela bhayera Maoist lai pani 12 bundhe understanding garna chai thulo role pakkai kheleko ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabi

      We should have think positively not only negetive.
      Perhaps, this is a way to encouraging Girija in order to perform good job in future as well. PM needs to do a lot of important jobs like- election,mentaining peace, development works and so on. If Girija success to perform these job then he will be a candidate for nobel award.
      Hopping that not to be BHUT.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      NEW NEPAL IS ONLY POSSIBLE AFTER:
      - PALACE DISARM FIRST;
      - RESTRUCTURE rNA;
      - GET RID OF SERVANT LEADERS FROM COUNTRY’S DIRTY POLITICAL PLATFORM;
      - DISMISS OLD REGIME & ITS INNER-STRUCTURE!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anurodh

      The peace federation is fake infromkations.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      UPF has taken an immatured step awarding Girija amidst violences, extorsions,killings for Good Governance.This is a total pathetic act! Girija, at this very juncture may deserve an award for Leadership but not for Good Governance.Such act degrades the validity of both the award and the provider.
      UPF shouldn’t have abruptly jumped into the decision when processes for almost everything are still going on.Decision on electoral process, inclusion and formation of the full-fledged government,democratization of security bodies,redefinition of the power and position of king in clear-cut sense are still lingering.After all, UPF has stepped into the same old shoe of CHAAKARI culture.Its pity, UPF has not understood the true meaning of Good Governance.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jwala

      पुरस्कार र सम्मान पाउनु राम्रो हो | तर अहिले नै गिरिजा बाबुले Leadership and Good Governance को पुरस्कार पाउने बेला होइन होला | देशमा अहिले प्रजातन्त्र वा लोकतन्त्र पुनर्बाहली भएकै हो | तर बिबिध सकटले गर्दा पहिले भन्दा अहिले अशान्ति र अशुरक्षा बढेकै छ| सबिधान सभाको चुनाव हुने भने पनि मिति तोकिएको छैन | माओबादिहरु अझै सरकारमा आइसकेको छैन| देशमा अझै विधिको शासनलाइ कागजमा पनि उतारीएको छैन भने व्यवहारमा लागु हुने कहिले हो | सबै किसिमका विचार हरुले प्रतिस्पर्धा गर्ने वातावरण अझै बनेको छैन| राजा मान्ने पार्टि भनेको भरमा टाउको नै फुट्ने गरि कुटपिट भै राखेको छ | भ्रष्टचारी हरु अझै मौलाएका नै छन भने पुरस्कार थापेर के भयो? चाहे नोवल पुरस्कार नै हात परोस वा नपरोस हामिलाइ शान्ति चाहिएको छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      !~~~साथी हो यो २१ सोउ सताब्दी हो सोजो हात ले घिउ आउँदैन !! भन्छन शायद होला !! गिरिजा ले राम्रो देस को लागि काम गरेको भय सुशासन को सम्मान पाउने थियनन होला !! आज सम्मा बर्षा दिन सम्मा नि एउटा नियम कानुन छैन लागु हुँदैन !त्यस ता प्रधान मन्त्री लाइ सम्मान !!

      देस मा बसी खानु छैन कुनै नियम कानुन को त कुरै नगरुम न हाम्रो देस मा जस्ले सक्छ जे गरेनी हुन्छ !! यस्ता न गरी खानु न मरी जानु जस्ता नेता लाइ सुशासन गर्ने नेता !! के गर्नु साथी हो गाली गर्ने मन थियो हाम्रो नेता जि लाइ तर यहाँ धेरै हाम्रा महान नेता हरु का शुभ चिन्ताक हरु छन फेरी मुटु को भाकानो छुट्ला भनेर गाली नगरेको !!

      साथी हो यो सुशासन को सम्मन पदक अवार्ड पनि बा किनेर दियका हुन कि आमेरिका र राजा भनौदा ले !! देस मा सान्ति बनाउनु हुदैन नियम् कानुन् बनाउनु हुन्न मावोबादि लाइ सरकार् मा सामेल् नगर्नु भनेर किनि दियको जस्तो छ !??!

      बरु देस मा परिस्थिती नाजुक छ मारा मार कुटा कुट छ देस नै भातभुङग भयको मा सन्सार् को काम् नलाग्ने भुडे केहि गर्न नसक्ने बोलि को नि टुङ्गो नभयको उपाधि सम्म्मन गरे हुने थियो !! खोइ साथी हो उल्टो पो परे जस्तो छ सम्मान त लडिजा बाबु लाइ !!!~~~पूर्ण~~~लिम्बु~~~!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhaskar

      aba chhori, bhai bhatija sabka sab koi mantri, koi sansad, koi party leaders.ani sushan bhayena? tyo sanstha man koi hola ni yeso mahinako salary thapna jane. Haaa…..tyo pani koi risshtedar chha ki check garnus yaar. Congress party man Sujata ra Shusil koirala lai establish garauna sambidhan sabha ko chunav dhilo gareko kaslai po tha? girija babule jane ho. Prachanda lai saathi banaye ani afnai party man birodh garne ko? birodh garyo ki raajabadi bhaigo ni. ho yehi bela ho sujata lai establish garaune.ali ramchandre bahunle disturb gare ra po natra Sujata chhori deputy prime minister. Kya gajab ko sushasan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanchha tamang

      However, it looks like the award must have been granted to him for pushing the country in this kind of disorder and specially for making him ashamed of what he has done so far.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Neplai bhai

      प्र.म. लाई सुशासनको अवार्ड ‘रे? कुशासनको पो हुनपर्ने।
      दिने पनि उस्‍तै होला।

      प्र.म. मा अलिकति मात्रनपनि आत्‍मसम्‍मान वाँकी रहेको भए
      यो नथाप्‍न परने। हुति र आत्‍मसम्‍मान अनि अभिमानको
      के कुरा गरौ, उमेशजी, प्र.म. को हवल्‍दारीपनले आज देश र
      देशवासीलाई रामघाटमा पुर्‍याएको छ। नजीकका नाता र आफ्‍ना
      जात वाहेक अरुलाई विश्‍वासै नगर्दो रहेछ।

      विगतका सबै घटनाहरुलाई नियालेर हेर्‍यो भने गिरीजा नै
      जिम्‍मेवार छन देशलाई यो विजोगको घडीमा पुर्‍याउनमा।
      खालि बयोवृदृ र वरिष्‍ट नेता भनेर सबैले सहेका होलान।
      उनको न त हुति छ, न कुनै प्रशासनिक दक्षता। भिजन र
      नेतत्‍वको त कुरै छाडौ।

      ज्ञाने र गिरिजा दुवैलाई विदा दिनपर्छ।

      अर्का छन सुर्यवहादुर थापा। खानेवेलामा खानसम्‍म
      खायो वर्षौ सम्‍म देशलाई चुसेर, वनजगँल वेचेर, दरवारलाई रुझाएर।
      नाता र वरपरकालाई आखाँ चिमलेर पोष्‍टाउन दिए गरीव नेपाली जनताको
      रगत पसिनामा। अनि अहिले आएर चर्को स्‍वरमा भाषण गरिहिँडछ जनताको
      शक्‍ति भन्‍दै। यतिका वर्षसम्‍म राजा पोष्‍याउने यिनै हुन। अहिले काशी जाने विरालो बनेर हुन्‍छ?

      वनजगँल नासेकोमा सुर्येवादुरलाई पनि एवार्ड दिनपरने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanchha tamang

      IT IS UTTERLY SHAMEFUL THAT GIRIJA WAS AWARDED WITH THIS KIND OF HONOR!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      !!!~~~नमस्ते साथी हरु~~~!!!
      होइन उमेस जि काम गर्ने कालु मकै खाने भालु भय जस्तो छ नि !! सर्प जस्तो दुई (२) जिब्रे गिरिजा लाइ कस्ले राम्रो सुशासन नेता देखेर सम्मन गर्‍यो !! सुशासन नेता कसरी बने त गिरिजा बाबु !! देस मा त हालत खराब छ !! लोकतन्त्र जन आन्दोलन मा २४-२५ जनता को ज्यान गयो तर आहिले तराई मा मात्र त्यो भन्दा धेरै नेपाली जनता ले ज्यान गुमाया !! गिरिजा बाबु ले सम्मन पाउदा खुशी त हुनु पर्छ !! नेपाली भयको नाता ले !!

      तर हासो लाग्ने कुरा भयना र !! खास भन्ने हो भने देस को लागि आहिले मात्र होइन !! पुरै पहिला देखि हेर्दा नि गिरिजा ले नेपाल र नेपाली जनता को लागि केही गरेको छैन !! नदी बेचेर नेपाली भुमी बेचेर प्रख्यात नाम कमाया का गिरिजा बाबु सम्मानित !! नेपाली जनता ले लोकतन्त्र लियाए का हुन राजा लाइ छाडेर !! गिरिजा ले गर्ने त उइ हो जनता को आन्दोलन नभ्-यको भय मन्त्री हुने वाला नि थियनन क्!!

      अनि फेरी मावोबादी लाइ किन थाहा हुँदा हुँदै नि आन्तरिम सरकार मा सामेल नगरेको कि चुनाव भयो भने फेरी मन्त्री हुन पाउदिन भन्ने पहिलाई सपना देखे गिरिजा बाबु ले !! खोइ के हुने हो हाम्रो देस मा !! केही नगर्ने ले सुशासन को सम्मन पाउछ !! देस बर्बाद भयको कस्लाइ थाहा!!~~पूर्ण~~लिम्बु~~!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Safal

      Girija is an old “iron” man. Iron does not do anything itself, other people can use it though. Those who want anarchy and those who want system all are using him. This time, he was not rewarded, but he was awarded for how he is being used.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deshbhakta Nepali

      यूनिभ‍र्सल् पीस् फेडेरेसन् द्वारा अहिले “पीस्” अवार्ड् दिने कार्य पटक्कै सान्दर्भिक देखिदैन / यो केबल् बेमौसमि बाजा हो / शायद् यो सस्थाले कुनै रचनात्मक् काम् गर्न सक्दैन / त्यसैले एस्तै काम देखाएर अर्को सालकोलागि बजेट ल्याउन बाटो खुलएको होला / यसमा गिरिजा बाको खासै दोष छैन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • oh ho kasto sunu paro lu na baba girja pani awarded lu nepal ma santa cha hola aba ta la la

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker