वर्तमान राजा, स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यका नाममा रहेको चलअचल सम्पत्ति कति छ ? त्यसलाई राष्ट्रियकरण गरी कोष निर्माण गर्यो अब। कति सम्पति छ, सात दिन भित्र विवरण बुझाउनू भनी मन्त्रीस्तरीय समितिले दरबार पठाएको पत्रलाई राजाले नटेरेको खबर छ। सात दिनको म्याद नाघिसक्दा पनि जवाफ पठाउने सुँइको छैन।

त्यसो भए अब समितिले के गर्छ त ? समितिका संयोजक भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठले सरकारी समाचार एजेन्सी रासससँग कुरा गर्दै १० गतेसम्म पर्खने बताएका छन्।
त्यसपछि पनि आएन भने नि ? अनि चाहिँ आफ्नै ढङ्गले सम्पूर्ण विवरण सङ्कलन गर्ने तथा राष्ट्रियकरण र कोष निर्माणको प्रक्रिया र विधि मन्त्रिपरिषद्मा पेस गरिने रे। उक्त विषयमा प्रारम्भिक चरणमा महान्यायाधिवक्ता र कानुनविद्हरूको परामर्शका आधारमा दरबारसँग पत्राचार गरिएको मन्त्री बताउँछन्।
गत फागुनको दोस्रो सातामा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा-१५९ बमोजिम मन्त्री श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय विशेष समिति गठन गरेको थियो । समितिलाई एक महिनाको समयावधि दिइएको छ ।
समितिले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र संसदीय छानबिन समितिको प्रतिवेदनसमेत अध्ययन गर्नेछ ।
साथै राजपरिवारका नाममा नेपालभित्रका साथै विदेशमा विभिन्न बैङ्कमा रहेका नगदको विवरण नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गर्ने र विभिन्न संस्थामा रहेका सेयर लगानीको विवरणसमेत सङ्कलन गर्नेछ।
मन्त्री श्रेष्ठका अनुसार गोरखाको दरबारलाई सङ्ग्रहालय बनाउन सकिन्छ।अनि नारायणहिटीलाई चाहिँ के गर्ने त ? उनका अनुसार नारायणहिटी राजदरबारसमेतका देशका विभिन्न स्थानमा रहेका दरबार र जग्गाजमिनलाई जनताका पक्षमा उपयोग गर्ने, पर्यटनका लागि खुला गर्ने र अन्य कार्यमा लगाइने छ।
राजा ज्ञानेन्द्रसँग विगतदेखिको निजी सम्पत्तिसमेत रहेकाले समितिले यस विषयमा समेत छानबिन र त्यस्तो सम्पत्तिको पहिचान गर्ने रे। कस्तो सम्पतिलाई चाहिँ निजी मान्ने हुन् कुन्नि ?
अनि राजपरिवारको सम्पति राष्ट्रियकरण गर्दा क्षतिपूर्ति पनि दिइने हो कि ? होइन रे। मन्त्रीले राजपरिवारको सम्पत्ति राष्ट्रियकरण गर्दा क्षतिपूर्ति नदिइने चर्चा गर्दै समितिले वर्तमान राजाले के के र कति पाउने हो त्यो स्पष्ट रूपमा पहिचान गर्नेसमेत जानकारी दिएका छन् ।
राजपरिवारको सम्पत्तिका सम्बन्धमा कसैसँग कुनै पनि सूचना भए समितिलाई उपलब्ध गराउन आग्रह गरिएको र सो सम्बन्धमा र्सार्वजनिक सूचनासमेत प्रकाशित गरिने मन्त्री श्रेष्ठले बताएका छन्।
तपाईँसित पनि त्यस्तो कुनै जानकारी छ भने दिइहाल्नुस् है !
No related posts.









हेरौ हाम्रा माथिका मन्त्रिहरुका तागत राजाको सम्पति सँग्रालय बनाउने!!!!!!!
गफै त हो सम्धि ज्यु!!!!!
मन परे हरियो, नपरे रातो
0
0
खै, खुमे,वाग्ले,जोशी जस्ता ब्यक्तिहरुलाई चोख्याउने देशमा अब राजाको सम्पत्ति रास्ट्रियकरण गर्ने भन्ने गफलाई कस्ले विस्वास गर्ने होला ???????
मन परे हरियो, नपरे रातो
0
0
as we all know that , when OCEAN get silent its shows TYPHOON is comming sooner or later now king is silent so we have prepare of his next step
and top of that , why only kings property?? where is GIRIJA property?? khum bdr property?? KAMAL thapas property?? do u think GIRIJA is happy with his 14000NRS salery per months??? he is second richest man after KIngs , all those ex minister who became minister and prime minister during the perriod of 1992-2007 all must be INVISTIGATED then it will be really TREMENDIOUS in the history of nepal
ABHISHAKE
मन परे हरियो, नपरे रातो
0
0
There is no law and orders.. general public are not obeying law and orders.. how come the king will? Impossible..BUT ITS OUR DUTY TO GRAB THE PROPERTY FROM THE KING IT IS THE PROPERTY OF PEOPLE……..
is not it?
aafno hak ladera linu parchha namile lootera bhaye pani linu parchha….
kumar
Houston
मन परे हरियो, नपरे रातो
0
0
आम नेपालिको चाहन नेपाल सरकारले राजा ज्ञानेन्द्र र उसको परिवार साथै स्वर्गिया राजा बिरेन्द्रको नाममा स्वादेश र बिदेशमा रहेको सम्पुर्ण सम्पत्तिको विवरण कुनै पनि हालतमा खोजतलास गरी राष्ट्रीयकारण गर्नु सक्नु पर्छ । तर यो सरकार त्यो चाहदैन किन कि खोताल्दै जाद भोली आफ्नो पनि बिगतको ईतिहास खुल्ने हो की भन्ने डर सबैमा छ ।अस्ती मात्र खुम ब खड्का र गोबिन्दराज जोशी यही सरकारको प्रेसरले चोखिएको छ । २०४६ साल पछाडि रित्तो जिउ २० रुपैयाको चपल लगार काठ्मण्डौ पसेको नेताहरु आज पजेरोमा हिडछन र आलिशन महलमा बस्छन । यो कसरी सम्भब छ भ्रष्ट्र्चार नगरि???? त्यसैले हामि जनता नै सचेत् हुनु जरुरि छ। राई बादल –हङ्कङ्बाट
मन परे हरियो, नपरे रातो
0
0
raja ko ta sampatti rastriyakaran garne..ani jhale?govinde?chiranjivi ko ni?..hami le baranbar padhdai ra uniharukai sat pusta janne haru bata thaha paudai aayeko ho..ko kagati bechthyo?ko kasko k thyo bhanera..aba janaandolan bhanera raja lai gali garerkai bhar ma yi bhratsa chor haru lai nepali janata le pheri tauko ma rakhnu parne?haina k bhako chha nepali harulai????????/malai udek lagchha..kalo moso haina yi chor haruko pahile sas nibhaye matra ghhos khor haruko mutu kamchha..natra jati khoke pani uhi ho..
मन परे हरियो, नपरे रातो
0
0
कसैले कसैलाइ किन टेरोस् त? एउटा बदमासले अर्को बदमासलाइ कसरी दण्ड दिने, कुन आधारमा? अरु माथि सँजायको निर्णय गर्ने पहिले आफै ठिक हुनु पर्छ|वरिपरि आफै भष्टचारको झुण्ड लिएर बस्ने अनि खुख्खार घुस्स्याहाहरुलाइ कानुनीरुपले नै चोख्याइदिने अनि Bumper Bonanza को सत्ता हातमा लिदैमा कसरी बिश्वास गर्न सकिएला त यी नेपालका महापुरुषहरुलाइ?
अर्का थरी महामानवहरुलाइ त झन कुनै पनि किसिमको समझदारी भन्ने हावाले नछुने भएको छ|दिन दहाडै बच्चादेखि ५९ वर्षको बृद्धा हरि श्रेष्ठलाइ भकुण्डो भकुरेको जस्तो मजा त अब केमा रहन्छ र त्यो युवा क्रान्तिकारी रगतहरुलाइ? YCL जस्ता जल्दाबल्दा,कुनै पनि cantonment को मापदण्डमा समायोजन गर्नै नमिल्ने नेपालको भविष्य निर्धारकहरुलाइ किन चन्दा र Delux rooms दिन नमानेका हुन यी कतै कुनै पनि पार्टीको सँरक्षण नपाएका र कतै नलागेका ( मण्डले त होलान अब?)बेक्कारका, हरि बुढाले? हैन यी मानव जातीको भलोको ठेक्का लिएका अर्कै लोकबाट झरेका बिषेश दस्ता मानवाधिकारबादीहरु कुन गुफामा कस्तो खालको ध्यानमा लीन भएका छन यतिखेर?
देशमा यस्तै सुशासन चलिरहने हो भने, बुझाइ हाल्छन ज्ञानेन्द्रले झ्याम्म लगाएर सम्पत्ति| नबुझाउदा त लुटको यो पराकाष्ठा छ, बुझाइ सके पछि त झन कसरी मिलाउने हुन लुछाचुँडी गर्दै ब्वाँसाहरुले राष्ट्रिय Balance Sheet मा? तेस्रो नयन नखोल्ने महादेव कुन पार्टिले जन्मायो त? पैसाको अभाव अहिले काम्रेडरुले जनाएको छैनन र? नत्र Peace Agreement पछिको यो श्रीङ्खलाबद्ध कुटाइ, धम्कि,अपरहण,र हजारौलाइ casino को forceful जागिर,narcotics supply, deforestation के का लागि? अरु त परै जावोस, कानुनको तराजु बोक्नेको त त्यो चाला छ|अब साधु बिरालोलाइ टेर्ने जमाना गयो जस्तो छ|
मन परे हरियो, नपरे रातो
0
0
“आजको ताज समाचार”
तलका समाचार हरु निस्चय नै प्रिय छैनन तर जान्न जरुरी छ जस्तो लाग्छ तेसैले तलका लिन्क्स् हरु बाट पढ्नुहोला ।
1. Internet services go down in protest of attack on businessman
http://www.nepalnews.com.np/archive/2007/mar/mar19/news09.php
2. Businessmen call for shutdown from 3 pm
http://www.nepalnews.com.np/archive/2007/mar/mar19/news08.php
3. माओवादीद्वारा प्रेस मालिक अपहृत
http://newsofnepal.com/kps/fullnews.php?serialno=5586&sec=41&ssc=51
4. चन्दा नपाएपछि अपहरण गरी कुटपिट
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=104058
5. दुई सातादेखि गोली शरीरमै
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=104060
6. वनमा माओवादी
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=104110
साथीहरु यि माथिका समाचार हरु, काम्रेड प्रचन्ड का सेनामेनाहरु को चर्तिकला का केही नमुनाहरु मात्र हुन। प्राय दैनिक हुने तर समाचार नवन्ने त गनी साध्य नै हुँदैन । के अब पनि हामी नेपाली हरुले सन्धै भरि प्रचन्ड लाई बिश्वास
गरेर छाडा छोड्न मिल्ला? नेपालि हरुमा बिबेक जाग्नु पर्ने बेला भएन र, के सधैं भरि अरुलाई गाली गर्नमा रमाउने, अरुलाई कालोमोसो-कुट्पित गर्नमा महारत हासिल गर्ने, आफ्नो अस्फलता, कमि-कम्जोरी जती अरुलाई थोपर्ने ?
मेरो विचारमा त दाह-सन्स्कार मात्र गर्न बाकी रहेको दरबारको कुरा गरेर समय फाल्नु नै बेकार छ ।
Rakesh
मन परे हरियो, नपरे रातो
0
0
निर्मान् मन्त्री ज्यु ,अनियमित् तरिकाले बनायेको घर् भत्काइ उपत्यकामा पार्क् , बातोको चौदाइ बधाइ बिर्छा रोपनि गर्ने कहा हो कहा °° गुठीको जग्गा , घर नक्सा नवनाइ घर तल्ला बनाउदा त वदा , kathmandu metropolitian ले कारबाही गर्दैन । पैसा खायेर् फायल् नै गायब् गरिदिछ् । अनियमित तरिकाले निर्माण गरेको कारणले गर्दा बाटो साघुरो भै उपत्यकामा दुर्घन्ध , फोहोर बदेर गन्नायेर् सास् नै फेर्न नसकेर् जनता बिरामि cancer , ashym, tuberculos , disease dermotologie etc पर्द्धा पनि कोही केही बोल्दैन भने माहिला ज्ञान बाहादुर ले सम्पतिको बिबरन् Bire ko के देल्ला के बोल्ला । माहिला ज्ञान् बाहादुर् ले कानमा तेल् राखि भन्दै होला “नेपालमा काग् कराउदै गर्छ् पिना सुक्दै जान्छ्।” हा °°°°°हा°°°°°°°°°°°°°°°°°°°
मन परे हरियो, नपरे रातो
0
0
गोपालमान मन्तरीज्युको भनाइ सुन्दा एउटा उखानजस्तो कुरा याद आयो-
बुडो- ए बुडी ! पानी तता त, नुहाउन लाइ।,
बुडी- तताउदिन, पुर्सद छैन।
बुडो- तता छिटो, नत्र तलाइ मैले जान्या छु, म के गर्छु भनेर।
बुडी- के गर्छो, लु सुनुँ त्
बुडो- नत्र? ए, म चिसै पानीले नुहाइदिन्छु।
खै, माोबादी सरकारमा गएर केही गर्लान कि?
मन परे हरियो, नपरे रातो
0
0
उमेस जि
!! राजा ले देला त सम्पत्ति यो हाम्रो भात मारा नेता हरु लाइ !! मैले त पहिला नि भनेको छु ज्ञ्याने ले यि हाम्रा नेता हरु लाइ बुझाउन को लागि ठीक पारेर राखेको होला त !! ज्ञ्याने र पारसे लाइ पुरा थाहा छ यि हाम्रा नेता हरु त्यो के भन्छ नि कालेजो मा नाम्ले लागेका हरु हुन !! हाम्रा नेता हरु को न बोली को टुङ्गो छ न काम को !! मेरो बिचार मा बेला बेला मा जनता को
मन बुझाउनु यस्ता कुरा हरु हाम्रा सामुन्ने ल्याउछन आरु गर्ने भन्ने केही होनन !! आब हेर्न्नु होस् है एक हप्ता समय दियको नाघ्यो कति दिन कुर्ने आरे !! अनि आफ्नो हिसाब ले राजा को सम्पत्ति सङ्कलन गर्ने भन्छन !!
यस्तो झुटो कुरा नि गर्ने हो !!
!! पहिला नै राजा लाइ चिट्ठी लेख्दा नै भन्नु पर्छ !! कानुन तोक्नु पर्छ एक हप्ता मा सम्पत्ति को विवरण बुझायना भने यस्तो तरिकाले हामी लिन्छोउ सङ्कलन गर्छोउ राजा को सम्पत्ति !! यस्ता कानुन का साथ हामी सम्पत्ति सरकारी कारण गर्न बाद्यय छोउ भन्नु पर्छ !! खै मलाई त नेता हरु ले केही गर्लान जस्तो लागेन साथी हो हाम्रा नेता हरु को त गन्तब्य बिना को यात्रा जस्तो मात्र लाग्यो बाटो त लागे तर कहाँ पगिन्छ भन्ने कुरा आफु लाइ नै थाहा छैन !! मेरो बिचार मा नेता हरु को चिट्ठी र ज्ञ्याने ले नटेर्नु एउटै लाग्यो !! सबै मिल्दा जुल्दा छन !! यि हाम्रा नेता हरु को चिट्ठी ले ज्ञ्याने को रोउ (भुत्ला) नि हल्ली दैन जस्तो छ !!!~~~पूर्ण~~~लिम्बु~~~!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रकृया हरु होलन नि त सोल्टी हो, कति सारी गाली गरेको नेता हरु लाई । हामी पनि त त्यो ठाउँ मा भए के हुन्थ्यो होला भनेर सोच्न परो नि महासए हरु । जे पायो तेय्ही बोलिदिने । सोचेर बोलम है ।
मन परे हरियो, नपरे रातो
0
0
नमचिने पिङ्को सय झडका भनेको यहि हो लौ हेरौ अव मनतरी हरु को तागत? ल्याउनुहोस खोसेर राजाको ज्यथा त्यस पछि तपाइहरुलाइ बहादुर भनिने छ| बकम्फुसे कुरा गरेर कति दिन कुर्चिमा चिप्किरहने हो ? फेरि मनोनित मनतरी नभइने डरले मनतरी हरु को गर्जन सुन्दा हास उठेर आउछ| यि सबै स्याल हुइया हुन| दिनै पिच्छे म्याद बढाउदै जानुहोस| नसके प्रयास गरेकै थिए भन्ने शब्द सापट माग्न त पर्दैन होला नि!!! एउटा साधरण भष्ट्रचारीलाइ त टुङो लगाउन नसक्ने नाथे हरुको यत्रो फुइ|
मन परे हरियो, नपरे रातो
0
0
EVERYTHING IS DRAMA UNTIL PALACE GET DISARMED.
मन परे हरियो, नपरे रातो
0
0
Do not underestimate the king. He has the capacity to create trouble in the country if he is threatened by the Politicians. Look how successfully he managed with the help of orthodox Hindus of India by creating explosive madhesi uprising in Terai. Half the population of India is behind the King. Dream of Hindutva has failed in India and they do not want to see that happen in Nepal. The corrupt politicians cannot even touch him. Girija he himself is corrupt, Girija is clever in playing game with the people but not with the King. If king goes down disgracefully so will he. Just look at the past Sujata’s toy RNAC, he has given top posts to all his relatives and concealed Gyanendra of his involvement in the Durbar massacre. His love for power and desire to maintain Koirala clan dominance in the party and the country should not be over looked. Only mass people’s uprising can get rid of the king and punish him. The politicians hungry of power will be able to nothing.
मन परे हरियो, नपरे रातो
0
0
“हात्ती आयो हात्ती आयो फुस्सा” “काट्ने खुकुरी बिंडबाट चिनिन्छ टोक्ने कुकुरको लिंडबाट चिनिन्छ” “भुक्ने कुकुरले टोक्दैन” कुकुरले भुक्दा भुक्दै टोक्यो भने बहुलायो भन्ने बुझे हुन्छ । यो सबै बर्तमान सरकारको पहिचान हो । काजुकान्छा एण्ड कम्पनी आयोगले कार्यबाही गर्नु नपर्ने ठहर गर्यो जनआन्दोलनदमनकारी मुख्य खलपात्रलाई । अब गोपालमान एण्ड कम्पनी आयोगले सम्पत्ति राष्ट्रियकरण गर्नु नपर्ने ठहर दिन्छ । अपुतालि पनि कतै ठगेको हुन्छ ? बाह्यात । आम माफी र सुन पानी छर्केर चोख्याउने काम खुमबहादुर, गोबिन्दराज, अच्युत कृष्णबाटै सुरु भा’छ । यो अर्को सुन पानी आयोग हो सुको राष्ट्रियकरण भएछ भने घाम पश्चिमबाट उदाउन थाल्छ यो ब्रह्माण्डमा ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee
Griha mantri, security ke bhai rakhe ko cha Nepal ma? Kathmandu ma ahile choori dakaaiti charam simana pugi sake ko cha. Yesbare pani ali kura uthunu paryo. Aba yestai ho bhane Nepal ma aphno security aphai garnu parne huncha ra sabai lai banduk bokna chuut dinu parne huncha.
Yo neta ra gyane ko kura ta natak jasto cha. sabai choorharu. Sojha Janta lai jhukkayuen matra ho. Tesaile je garne ho janta aphaile garnu parcha. Yiniharu le kehi garne wala chaina. Pahile khana napayeka neta haru ahile lootna tira lagdai phursat chiana. Janta ko ke matlab garla ra. Chunab ayo bhane bhasan ko lagi matra ho janta.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
, अनि उमेशजी, हैन एउटा हेलिकोप्टर २/३ बर्ष अगाडि नेपालबाट हराको हराई भयो नि, केही जानकारी छ भने यसो ब्लगमा राखिदिनु न है । आज ट्वइलेट बसि राको थिए, झट्ट सम्झी हाले के भयो होला त्यो हेलिकोप्टर । अनि पाइलटका परिवारले पनि बिर्सि सकेका हुन कि क्या हो, अचम्म छ बा । सब बिर्सने हो कि मैले मात्र थाहा नपाको हो कि अरुले पनि ।
यो सरकारको हुत्ती चाही छैन है राजालाई छुन । हेरौं, अन्तरिम सरकारले गर्न सक्ला कि
कोटेश्वरबाट,
पूर्ण
मन परे हरियो, नपरे रातो
0
0
राजाको सम्पति कहा खर्च गर्ने भन्ने बिषयमा
पनि आवाज उठाउनुपर्यो , उमेश् जि ।
यसलाई कमसेकम् बाटो बनाउन लगाउने कि ।
मन परे हरियो, नपरे रातो
0
0
**The Narayanhiti Palace -Definitely the Public Property**
The late king Mahendra who with Panchayat Raj sold Narayanhiti palace, the public property to then government run by Prime Minister Kritinidhi Bista at Rs. 70 Million in BS 2026 (1968) in a highly inflated price. The business house right at the heart of New Road at that time used to cost only Rs. 200,000–250,000. During the reign of Prithivi Bir Bikram, the land for the palace was acquired by Rana rulers without paying any compensation to land owners and built the palace with public money.
After King Gyanendra ascended to the throne, the land and the palace has become his property.
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी
तेसो भए देश मा दुईटा घटना चा डै घाटन सक्छ ।
१)अर्को भ ट ट्,र ट ट्(सिङ दरबार भित्र्)
२)कोइ कोइ ले आत्म हत्या गर्यो भन्ने खबर
सम्पत्ती को बारे मा त के भन्ने हिजो सम्म बा आमा को ठेगान न भा ले त कत्रो सम्पत्ति क मा ए ।जोसिजि,वाग्ले जि,धमिजा कान्ड्,लौदा कान्ड्,गलाई चा कान्ड्,आर एन ए सि कान्ड्, यिनिहरु त २३८ बर्षा देखि यही छन ,तेसैले घुस् खान् चै परेन् होला,डादु पन्येउ नै आफ्नो भा हुनाले।येउटा हाजिर् जबाफ्
नेपाल् मा सबै भन्दा पहिले गौथलीँ को गुड?????? बनाउने को हो र् त्यो कहा छ्?स हि उत्तर दिने लाइ साथी पुर्ण जि ले आफ्नो धन को पोको खोल्दिनु हुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
यी नेताहरुको विश्वास अब धेरै गर्न सकिदैन।
मन परे हरियो, नपरे रातो
0
0
वाहियात गफ कति सुन्ने हो हामीले भन्या?
मन परे हरियो, नपरे रातो
0
1
उमेश जि राजाको सम्पति कति छ भनेर त पहिला पनि पढेजस्तो लाग्थ्यो के साच्चीनै राजाको सम्पति खोसिएला त ? तर मेरो बिचारमा त यि सबै गरज्ने मात्र हुन बरस्ने वाला होइनन किनकि माओबादीका हतियार त पत्तालगाउन सकेनन अब यि नेपालि छेरुवा नेतालाई राजा आ उ र मेरो सम्पति खोज भन्दै ब्ोलाउने र नेपालि जनता ले नेताहरुलाई धन्यबाद दिने हुन्.
Narayan p.c. now from Bangalore in south india.
मन परे हरियो, नपरे रातो
0
1