Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

नौटंकी नेपाल

नेपाल भन्ने देश नै नौटंकीबाजहरुको हो जस्तो लागिसक्यो मलाई त। सबका सब नौटंकी गर्छन्। के नेता, के राजा, के सर्वसाधारण, के तपाईँ, के म- सबका सब नौटंकीबाज। कोभन्दा को कम।

अन्तरिम सरकार बनाउने भनी आठ दलका टाउके नेताहरुको बैठक बस्न सुरु गरेको कति दिन भइसक्यो, टुंगो लगाउन सकेका हैनन्। हिजो त प्रधानमन्त्रीले नौटंकी नै देखाए। आठ दलको बैठक बसिरहेको थियो। प्रधानमन्त्री घोडेजात्राको समारोहमा प्रमुख अतिथि हुन टुँडिखेल लाग्नुभयो। अरु दलका नेता र पत्रकारहरु बालुवाटारमा कुरेर बसे। प्रधानमन्त्री फर्केपछि वार्ता हुन्छ भन्ने आशामा। तर प्रधानमन्त्री त फर्केर सुटुक्क कोठामा जानुभएछ। दिनभर टुँडिखेलमा बस्दा केही नहुने उहाँलाई आफ्नै निवासको पल्लो कोठामा भइरहेको वार्तामा उपस्थित हुन ‘सञ्चो भएन’ रे। क्या नाटक गर्छन् !

आज भने उहाँले भारतीय राजदूतलाई भेट्नु भएछ। यी भारतीय र अमेरिकी राजदूतहरु पनि अर्का नौटंकीबाजहरु हुन्। राजदूत भन्ने शब्द कै नयाँ परिभाषा लेख्नुपर्ने गरी उनीहरु सक्रिय हुँदै हिँड्छन्।

अब आज भने माअ‍ोवादी अध्यक्ष प्रचण्डको नौटंकी देखियो। आठ दलको वार्ता आज हुनुपर्ने थियो। तर प्रचण्डलाई धनगढीमा भाषण गर्न जानु पर्ने रहेछ। प्रचण्ड नै अनुपस्थित भएपछि केको वार्ता ? आज पनि वार्ता भएन।

प्रचण्डलाई पनि फेरि के रहर लाग्या होला अर्को ‘राजा’ हुने। आज प्रचण्डको सभाले त ज्ञानेन्द्र राजा हुँदा २०५९ चैतमा भएको भ्रमण कै झल्को दियो रे भन्दै त्यहाँका पत्रकारले सुनाए। उस्तै भ्रमण, उस्तै भीड, उस्तै स्वागत द्वारहरु। हुँदाहुँदा त उही मञ्च पनि रे। हजुर, २०५९ चैतमा राजाले जुन मञ्चबाट भाषण दिएका थिए, प्रचण्डको भाषण पनि आज त्यहीँबाट भयो रे। भाषणमा केही भएन रे, उही जेठमा संविधान सभा नहुने देखियो, वैशाख मै गणतन्त्र घोषणा गरौँ भन्ने कुरा नै।

यता, माअ‍ोवादीहरुले अर्को नौटंकी काठमाडौँको होटल उडल्यान्डमा देखाए भन्ने आरोप लगाउँदै व्यापारीहरुले झन् अर्को नौटंकी देखाए। बैंकको ऋण नतिरी देश डुबाउनेहरुको सूचीमा रहेकाहरुको नेतृत्वमा प्रधानमन्त्री निवास घेरियो। अरुले बन्द गर्दा सँधै विरोध गर्नेहरुले अनिश्चितकालीन बन्दको घोषणा गरे। प्रधानमन्त्रीले पनि समस्या लिएर आएकाहरुलाई नभेटी अर्को नौटंकी देखाए जसका कारण ज्युधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउन आएकाहरुले बन्द घोषणा गर्नुपर्‍यो।

माअ‍ोवादीहरुले जबर्जस्ती, कुटपिट, धम्की जारी राखेका छन्। मेरै एक जना सञ्चारकर्मी साथीलाई त अस्ति माअ‍ोवादीले क्यासित थर्काएछन्। उसले अस्ति सुनाउँदै थियो। तर होटल उडल्यान्डका मालिक हरि श्रेष्ठमाथि भएको कुटपिटमा भने राजनीति गरेर नौटंकी गरियो भनी माअ‍ोवादीले दावी गरेको छ। सहकर्मी ब्लग नेपाल डायरीले लेखेको पत्याउने हो भने हरि श्रेष्ठ आफै पनि कम नौटंकीबाज रहेनछन्। यहाँ गएर हेर्नुस्। उनको बारेमा थाहा छ भने लेख्नुस् है।

Related posts:

  1. नलिनीको नेपाल वनमा फेरि नौटंकी
  2. उपराष्ट्रपतिले के नौटंकी गरेको यो ?
  3. अजब नेपाल, गजब नेपाल, भइछाडे प्रम माधव नेपाल
  4. अजब नेपाल गजब नेपाल, सभासद भैछाडे माधव नेपाल
  5. नेपाल 'नेपाल' छाडेर 'नेपाल वन' मा

15 comments to नौटंकी नेपाल

  • Nilu Rimal

    Hello Raghu,
    उमेशजी लाई माओवादी को बारेमा राम्रो लेखे भने मार्ने भनेर धम्कि आएको थियो क्यार. उमेश ले आफ्नो जिउ धन को रक्षा गर्नु पर्छ. तपाई हामी भए पनि त्यसै गर्ने थियों. यस्तो समय मा वहां लाई साथ दिनु हम्रो पनि कर्त्ब्य हो.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नेवार केटो

    मन्डले नेवारहरुले पिटाई खाँदा पनि त्यसको भत्सर्ना गर्नु पर्ने हाम्रो बाध्यता छ । नेवार समुदाय भित्र सबैजना लोकतान्तृक छन भन्ने छैन। ज्ञानेन्द्रको सन्देश बोक्दै भारतीयहरुलाई उक्साउने पशुपतिजी पनि नेवार नै हुन। यस्तै हिजो राजाको क्याबिनेटमा र मन्डले क्याबिनेटमा मन्त्रि बन्न खोज्नेहरु पनि नेवारहरु नै छन। सबै जाति-जनजातीमा दरबार-भक्ती देखाउने मन्डलेहरु छन। मन्डलेहरुले पनि पिटाई नखाए राम्रो हो। तर, उनीहरु आफ्नै व्यवहारका कारण जनआक्रोशको शिकार हुने गर्छ। जनता भडकिएको बेलामा आफ्ना बानी त यिनिहरुले सुधार्नु पर्ने हो नी।

    माथि एकजना विद्वान मित्रले राई र नेवारको कुरा घुसाएर आदिवासी-जनजाती एकतामा वाहुनवादी भाँजो हाल्न खोज्नु भएको रहेछ। यो गलत प्रयास हो। जसरी मन्डलेलाई पिटने कार्य गरेर गलत प्रवृति प्रदर्शन गरिएको छ यस घटनामा, टीप्पणीकार मित्रले पनि त्यस्तै गलत वाहुनवादी प्रवृति देखाउनु भएको छ। जनजाती – आदीवासीहरु एक आपसका सँस्कृतिलाई सम्मान गर्छन र वाहुनवादी नेपालमा सबैले आ-आफ्ना भाषा र सँस्कृतिको जगेर्ना गर्न पाउनु पर्छ भन्ने सैद्धान्तिक एकतामा छन। न यो एकता वाहुनवादीहरुका विरुद्ध हो न त यो एकता जनजाती-आदिवासीहरुका वर्चस्व स्थापना गर्न हो। तर, जहाँ पनि झै-झगडा मच्चाउन, काटमार गर्न र भाँजो हाल्न पल्केका वाहुनवादीहरुलाई यस्तो एकता पच्ने कुरै भएन। सबै जना स्वावलम्भि हुँदा आफ्नो छलकपटपूर्ण अग्रता पछि पर्ला भन्ने डरले वाहुनवादीहरु हरेक मुद्दामा, हरेक क्षेत्रमा यस्तै रणनिति अपनाउने कोशिस गर्छन र एउटा नेपालीलाई अर्कोसँग जुधाएर आफुलाई महान भन्ठान्छन।

    यी वाहुनवादीहरु भन्दा त पूर्ण लिम्बुजीका सोच, विचार, भावना र अभिव्यक्तीहरु यति परिपक्व छन कि के भन्ने । मैले उहाँमा नयाँ नेपालको लागी आवश्यक अत्यन्त क्षमतावान नेतृत्वको सँकेत देखेको छु। पूर्ण लिम्बुजीवाटै वाहुनवादी मित्रहरुले केही सिक्ने कोशिस गरे राम्रो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यि कुत्ता कमिना ..गालि देर पनि नसकिने नेपालि नेताहरु लाई बादरले मकै नङ्ग्याए जस्तै र धोबिले कपडा धोए जस्तो गराउनु पर्ने हो….तर आफु परियो प्रदेशमा यिनिहरु को कुरा गर्नु भन्दा त लुतो कन्याउनु सन्चो लाग्या ..

    Narayan P.C From Bangalore India.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raghu

    उमेश जी,
    किन तपाइ आजकल खाली माओबादी को मात्र खोइरो खन्ने article लेख्नने गर्नु हुन्छ? त्यो Hari Shrestha भन्ने ले कति मजदुर को तबलब बर्सौ देखि नदियेको चाही किन लेख्नु हुन्न नि? कलम चलाउद कस्लाइ फाएदा हुन्छ बिचार गर्नु होल भन्ने अनुरोध छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • redeemer

    देश मा जतिय बिबाद क सुत्राधार गिरिजा किन भेट्न बस्ठे र ब्यपारी हरुलाई, कुटाइ खाने हरि श्रेष्ठ लाइ कुटोस् कि महादेव यादव होश या बिश्वास राई, उन लाइ बाल नै मतलब भयन नी ।
    उन्को लागि त आफ्नै जाती, समुह र भय देखि आफ्नै घ परिवार (बिस्वेशर प्रशाद कोइराला को परिवार बाहेक्) मात्र नेपाली सोच्ने गिरिजा बाट अरु के नै आश गर्न सक्छौ र?
    आफ्नै जाती र समुदाँया बाट मात्र समर्थन पायर देश म रजाइ गर्ने गिरिजा ले देश लाइ यस्तरी खाल्दोमा हाले कि अब देश लाइ माथि उतार्न हामी नेपाली लाइ केही दसक नै कुर्नु पर्ने हुन्छ ।
    अहिले त गिरिजा र प्रचन्द्र को राज ले सरकार र सडक दुबै हेर्न लायक को रङमन्च नै भयको छ ।
    यस्ता हरु लाइ देश मा राज गर्न दियर बस्ने नेपाली जनता हरु हो थुक्छन् तिमी हरु लाइ तिम्रा आउने सन्तती ले ।
    यस्ता का समर्थन गर्ने देश भन्दुवा लाइ बहुला कुकुर् लाइ कुटेर खेदे जस्तै खेद्नु पर्छ । जय देश ।

    redeemer!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ajaya Shrestha

    I am not sure woodland restuarent in front of Woodland hotel also belongs to Shrestha. Woodland restuarent is the place where you can find prostitutes here and there. I think they are also running prostitution. but not sure…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • YESATAI HO NEPAL

    hami sabai nautanki haru hau hahahahahahahah maile pahilaei bhaneko thiye . kehi chaina ab nepal ma chittai thulo bhuichalo jadai cha ke ke apsagun hune ho aamai niniinininininini

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • If lawa does not work then people wants to take the law and order in their own hands. The case of the Hari Sherestha also looks the same.
    जो नहुनु थीयो त्यो भयो/ जब देशको कानुनले काम गर्दैन तब जनताले कानुन आफ्नै हातमा लिन खोज्छन/ आपराधीक केसलाइ राजनीतीक करण त गरीयो नै नेपालमा जातपातको कुरा खुब चले छ फेरी राइ लिम्बुले नेबारलाइ अपरण गरी कुट्यो भनी नलेख है पुर्ण लिम्बु जस्ता बीद्वान मीत्र हरु अपरण गर्ने कुलबीर राइ बन्धु परे क्यारे/ हामीले सहीलाइ सही र गलतलाइ गलत भन्न कहीले सीक्ने खै? हरीको गल्ती थीयो भने नेपाल सरकरले कानुन बमोजीम गर्नु पर्थ्यो न की माहोबादीको लठैतको कारबही/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • eiorn

    LIMBU JEE,

    SIR KO COMMENT MA “SALA BAHUN HARU” BHANNE APARIHARYA PART CHAI CHUTECHHA … HEHEH.. Arko palta nachutaunus hai ..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sinoy - USA

    I remember 2046 BS when we had expected so much from UML. Now we see where they are and what they are doing. It’s gonna be the same this time too. Was this movement bigger than 2046? I don’t think so. People are just wasting their time following crap nepalese leaders who doesn’t feel moral responsibility….

    Why are we are still hearing so many news about Maoist’s extortions??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • chetan

    girija is too old now. Don’t thing he is strong like you. one programme might be enough for him.he is the god father this time for Nepal How you say that Nautankai? to get popularity please don’t say uncessary thing for the great leader.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • casanova

    नव नौटङ्की गाँडतन्त्र नेपाल!
    भाँडभैलोको बिच शुशासनको तक्मा पाएर विश्वलाइ चक्मा दिने झारेतन्त्र नेपाल!
    आफै बोक्सी र आफै झाँक्री बनेर बेला बेलामा आश्चर्यजनक अभिब्यक्ति दिएर जनतालाइ थाङनामा सुताउन पल्किएका नेताहरुले भरिएको पाँडेतन्त्र नेपाल|
    स्वयम घोषित जनताको सेवक बनेर,दादागिरी देखाउदै “टाइम पास” गर्ने “बहादुर”हरु फुकेको साँढेतन्त्र नेपाल!
    रोगी राजालाइ घुर्क्याएर,जोगी जनतालाइ फुर्क्याएर चुनावबिना बागडोर लिएर सम्पूर्ण निर्णय आफैले मात्र लिन तप्तर अरुलाइ उछिन्ने डाँडेतन्त्र नेपाल!
    बन्दुकको भाषा बाहेक केहि नचल्ने, चल्ने त हत्या-हिँसा मात्र ,केवल एउटै मात्र ….. आँडेतन्त्र नेपाल!
    सरकारले खर्च नपुर्याइदिएर, पार्टिको ऋणले बाध्य भएर बन-जङ्गल (थोरै भए पनि देशले सम्पत्ति मान्दै आएको)फाँड्तन्त्र नेपाल!
    जातिय हिँसा भड्काउने,सानो मुलुकलाइ झन सानो बनाउने, कहिल्यै पहल नहुने मन्त्रिमण्डल र लुटको सत्ता बाँडफाँडतन्त्र नेपाल !
    बेला बखतमा हाँडिगाँउ शैलीको जात्रा भैरहने सुन्दर शान्त बेमिसाल (विशाल त हुँदै हैन) नव गाँडतन्त्र नेपाल!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • लिम्बु पूर्ण

    उमेस जि
    यहाँ ले समाचार को सिर्सक धेरै राम्रो राख्न्नु भय छ !! यिनी हरु पो साची को नोउटङ्की हुन त !! त्यो नाटक खेल्न्ने हरु त कलाकार जस्तो आभिनयाँ मात्र गर्छन तर हाम्रा नेता हरु !! अल इन वान हुन जस्तो नाटक पनि गर्न सक्ने क्षेमता भयका हुन !! शायद साथी हरु ले पनि देख्न्नु भयो होला नाटक जुन मेन जरुरी काम गर्नु छ त्यो किन गर्दैनन !! आन्तरिम सरकार ८ दल को गठन गर्नु आहिले एकदम जरुरी छ हामी सम्पूर्ण जनता को र देस को शान्ति को लागि !! यो काम नेता ले चाहे भने एक दिन मा हुने काम हो !! सबै ८ दल का नेता ले आफ्नो भाग लाइ सम्हाल्नु पर्छ !! सबै लाइ धेरै र ठुलो मन्त्री को पद चाइयको होला !! तर यो समय त्यो मन्त्री को ठुलो पद र धरै मन्त्री हुने भाग खोज्ने बेला होइन !! त्यो त चुनाव पछाडि जस्ले जित्छ उस को हुन्छ पाउछ !! तर आहिले त ८ दल मिली जुली सबै ले काम गर्नु पर्ने होइन र !! किन सबै लाइ धेरै मन्त्री को पद चाँहीने !! आनी हाम्रो गिरिजा बाबु जहिले नि आफुलाइ रमाइलो र फाईदा हुने काम मात्र गर्छन !! बिरामी पनि पर्दैनन कुनै आरु को लागि देस को जनता को लागि काम गर्नु पर्‍यो कि बिरामी पर्छन !! सवास्थीय खराब हुन्छ गिरिजा बाबु को !! आब कतिन्जेल चल्न्ने हो यस्तो नेपाल मा !! फेरी हाम्रो पुष्प कमल दाहाल ज्यु लाइ किन आम सभा गर्नु परेको !! शायद कम्रेड लाइ नि ठुलो पद र धेरै मन्त्री को ठाउँ चाइयो होला !! मदन साथी ले भने जस्तै !! गिरिजा प्रधान मन्त्री पद नछाड्ने !! पुष्प कमल राजा जस्तो रङी वीरङी मन्च मा दुनियाँ जनता लाइ भेला पारेर भाषाण गर्दै राष्ट्र प्रमुख हुने होड मा होलान आखिर जनता त हुन मार मा पर्ने !!!~~~पूर्ण~~~लिम्बु~~~!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Amrit

    rahulvai on sajha.com says

    प्रस्तुत घट्ना संग परिचित छुइन र पनि म सँग भएको घट्नाले नजीक को सम्बन्ध राख्दछ । श्रेष्ठ महाको कन्जूस छ भनेर ।
    घट्ना, २०५० -५१ तिर् को हो। उनको दरबार् मार्ग( पुलिस चौकि छेउको भित्र पट्टिको) घर मा तल्ला थप्ने नक्सा कोरि दिनु पर्यो भनेर मेरो अफिसमा कुनै कर्मचारि आए( होटलको)। अनि हुन्छ त भनेर मैले टाइम् दिएं र होटल् मा गएं। शायद् छोरो चाहि होला भेट् भयो र बुबा सङ कुरा गर्नुस् भनेर घर जाने सल्लाह् दिए र एक जना कर्मचारि सहित् नजीकै को घरमा लगे। नाप जाँच गरें, नियम कानून् ले मिल्छ मिल्दैन हेरें। त्यसपछि फोटो मा देखिएको बुढोले कति पैसा लाग्छ बाबु भनेर सोधे। त्यतिबेला को चलनचल्ति अनुसार् प्रति बर्ग फीट् ३ रुपैया लाग्छ, अन्दाजि जम्मा १२ हजार् जति लाग्छ भनेंबुढो त झन्दै बेहोस् ।
    “मैले त २-३ हजार मा पो बन्छ भनेर बोलाको, ३ हजार दिन्छु हुन्छ ?”
    भनेर भने । कहाँ को १२ हजार कहाँको ३ हजार्, मैले हुंदैन, त्यती मा गर्न सक्इन्न भन्दा, बुढोले भइगो त तपाईं जानुस् भनेर फर्काए ।
    २-३ घण्टा उनीसङ को समयले मलाई लाग्याथ्यो, यो भन्दा कन्जूस् साहुजी छैन होला । चलन चल्तिको रेट भन्दा १ चौथाइ काम् गराउन खोज्ने।
    जे होस् अहिले माथिको कथा पढ्दा त्यो काम् न गरिदिएको नै ठिक् रहेछ, नत्र मेरो त्यो थोरै पैसा पनि दिदैन् थ्य् होला। धन्न बचेछु, आफ्नो परिश्रम् खेर जान बाट्।

    नोट्: यस्को अर्थ यो होइन कि कन्जूस, कर्मचारि मारा हो भन्दैमा त्यसरि चुट्नु चाँही मिल्दैन हो । माओवादी बाँदर्हरुले गर्या हो भने त्यो भन्दा नीच कार्य अरु हुन सक्दैन ।
    source:-http://www.sajha.com/sajha/html/ OpenThread.cfm?forum=2&ThreadID=43229

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pranav

    HAMRO DESHKO UKHAN NAI CHHA “LATHINGA DESHKOBHATABHUNGA CHALA, NAMACHHINE PINGKO SAYA JHADKO, HARRO NA PAUNDO JAIPHAN DAUNDO, GHARMA KHAANA CHHAINA SAHARMA DERA NAAK NAHUNELAI DAHI RA KEERA, KKAG KARAUNDAICHHA PANI SUKDAI CHHA, LATOKO DESHMA GANDO TANNERI, BALIYAKO BOLI NAI HATIYAR, AAPHU MAREPACHHI DUMNAI RAAJA, AAPHNO HAAT JAGANNATH, DEKHNE KO AANKHA PHUTE SUNNE KO SAHI,.. ETC” GALTI BHAYO KI……???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes