Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

न्यायको खोजिरहेको आत्मा


यो अबोध देखिने अनुहार १५ वर्षकी मैना सुनुवारको हो। उनी हाल यो संसारमा छैनन्। उनको कंकाललाई अस्ति शुक्रबार उत्खनन् गरी निकालिएको छ र परीक्षणका लागि पठाइएको छ।

नेपालमा दन्दहीनताको नमूना प्रस्तुत गर्ने उदाहरणको रुपमा मैना हत्याकाण्ड रहेको छ। तत्कालीन शाही सेनाको हिरासतमा मैनाको मृत्यु भएको थियो। काभ्रेको पाँचखालस्थित सैन्य तालिम केन्द्र शान्ति सेनामा जाने नेपाली सेनालाई तालिम दिने स्थान हो। त्यहीँ यातनाका कारण उनको ज्यान गएको थियो र उनको शवलाई त्यहीँको मैदानमा गाडिएको थियो।

संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्तको कार्यालयले यो घटनाको छानबिन गरेको थियो। तर पटक-पटक अनुरोध गर्दा पनि सेनाको कोर्ट अफ इन्क्वायरी र सैनिक अदालतसँग सम्बन्धित दस्तावेज सेनाले उपलब्ध नगराएर असहयोग गरिरह्यो। उच्चायुक्तले त सरकार कै राजनीतिक इच्छाको अभावका बारेमा समेत प्रश्न उठायो। किशोरीलाई बर्बर यातना दिएर हत्या गरिएकोमा दोषी ठहरिएका तीन जनालाई छोटो अवधिका लागि कारागार सजाय दिएकोलाई उच्चायुक्तको कार्यालयले ‘न्याय नभएको’ भनी भनिरह्यो।

उच्चायुक्तको कार्यालयले तयार गरेको पप्रतिवेदनका अनुसार, सेनाले मैना सुनुवारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको आफ्नो घरबाट २०६० फागुन ५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगी तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम एक मिनेट ६-७ पटक पानीको एउटा ठूलो भाँडोमा मैना सुनुवारको टाउको डुबाउन आदेश दिने दुई सहसेनानीसहित सात नेसे अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो । प्रतिवेदनका अनुसार, सैनिकहरूले त्यसपछि उनका भिजेका हात र खुट्टामा चार-पाँचपटक करेन्ट लगाए; यातना डेढघण्टा जारी रह्यो र यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर छोडियो; उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन् र औपधी उपचार नपाइकन उनको मृत्यु भयो । यो मृत्युको ढाकछोप गर्न प्रयत्न गरियो। शवको पिठ्यूँमा गोली हानिएको र यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेसेको हिरासतबाट भाग्न खोज्दा मैना सुनुवारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे ।

शुक्रबार उच्चायुक्तको कार्यालयको अनुगमनमा मैनाको कंकाल उत्खनन् गरिएको छ। यसलाई प्रहरीद्वारा थालिएको फौजदारी छानबिनमा एउटा अत्यन्त महत्त्वपूर्ण खुड्किलोको रुपमा उसले व्याख्या गरेको छ। उच्चायुक्तको कार्यालयबाट आज जारी गरिएको वक्तव्य-

संयुक्त राष्ट्रसङ्घीय
मानवअधिकार उच्चायुक्तको
कार्यालय, नेपाल

प्रेस विज्ञप्ति-२०६३ चैत १०

कङ्काल उत्खननपछि मैना सुनुवारको घटनासम्बन्धी पूर्ण छानबिनका
लागि उच्चायुक्तको कार्यालय-नेपालद्वारा जोड

उच्चायुक्तको कार्यालय-नेपालको एउटा टोलीले सन् २००४ फेब्रुअरीमा (शाही) नेपाली सेना (नेसे)को हिरासतमा यातना दिइएको र मृत्यु भएको भनिएकी १५ वषिर्या किशोरी मैना सुनुवारको ठानिएको कङ्काल उत्खननको शुक्रबार अनुगमन गर्‍यो । सो टोलीको साथमा एकजना अन्तर्राष्ट्रिय विधिविज्ञ थिए, जसले औपचारिक अनुरोध प्राप्त भएपछि शिक्षण अस्पतालको डिपार्टमेन्ट अफ फरेन्सिक मेडिसनका फरेन्सिक प्याथोलोजिष्टहरूलाई सो उत्खननमा सहयोग गरे ।

काभ्रे जिल्लाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको मैदानबाट सो कङ्काल उत्खनन गरिएको थियो, जहाँ सैनिक कर्मचारीलाई संयुक्त राष्ट्रसङ्घीय शान्तिस्थापना मिसनमा तैनाथ गरिनु भन्दा अगाडि तालिम दिइन्छ ।

सो उत्खनन् ती किशोरीको मृत्युको सम्बन्धमा प्रहरीद्वारा थालिएको फौजदारी छानबिनमा एउटा अत्यन्त महत्त्वपूर्ण खुड्किलो हो, जुन छानबिन नेसेले यो मुद्दामा नागरिक अधिकारीहरूको क्षेत्राधिकारलाई चुनौती दिएको एवं छानबिनलाई अगाडि बढाउन सरकारी अधिकारीहरूको हिचकिचाहटका कारण धेरै महिनासम्म रोकिएको थियो ।
सैनिक अदालतको अङ्गको रूपमा, नेसेले सन् २००५ सेप्टेम्बरमा तीन सैनिक कर्मचारीलाई उचित तरिकाले शवको व्यवस्थापन गर्न विफल भएकोमा दोषी पायो । तर, सैनिक अदालत तथा यसभन्दा अगाडि नेसेको कोर्ट अफ इन्क्वायरीद्वारा भएका छानबिनसम्बन्धी विवरणहरू कहिल्यै पनि र्सार्वजनिक गरिएका छैनन् । बारम्बार गरिएका अनुरोधका बाबजुद, नेसे कोर्ट अफ इन्क्वायरी तथा सैनिक अदालतका कागजात उच्चायुक्तको कार्यालयलाई उपलब्ध गराउन पनि विफल भएको छ ।

सो उत्खनन एउटा सकारात्मक उपलब्धि भए पनि, नेसेसँगको पूर्ण सहयोगमा, प्रहरीले पूर्ण छानबिन पूरा गर्नु अति आवश्यक छ । माघमा भएको आफ्नो नेपाल भ्रमणको क्रममा मानवअधिकार उच्चायुक्त लुइस आर्वरले नेसेका प्रधानसेनापति र गृहमन्त्रीबाट छानबिन अविलम्ब गरिने कुराको आश्वासन प्राप्त गर्नु भएको थियो ।

“मैना सुनुवारको ठानिएको कङ्कालको शुक्रबार भएको उत्खनन उनको आरोपित यातना र मृत्युका लागि न्यायको खोजीतर्फएक अत्यन्त महत्त्वपूर्ण खुड्किलो हो । को जिम्मेवार थियो भन्ने निर्धारण गर्न तथा तिनीहरूलाई पूर्ण रूपले जवाफदेही बनाउन अब प्रहरीले पूर्ण फौजदारी छानबिन अगाडि बढाउनु पर्दछ,” उच्चायुक्तको कार्यालय-नेपालकी अफिसर इञ्चार्ज स्याण्ड्रा बेइडासले भन्नुभयो ।

उच्चायुक्तको कार्यालयले यो हत्याकाण्डका बारेमा गरेको छानबिनको प्रतिवेदन-







Related posts:

  1. मैना सुनुवारको यातना र मृत्युसम्बन्धी प्रतिवेदन
  2. रक्षामन्त्री र सेनाबीच फेरि 'विवाद'
  3. पाण्डव सुनुवार रहेनन्
  4. माअ‍ोवादीबाट मानवअधिकारको गम्भीर दुर्व्यवहारः राष्ट्रसंघ
  5. रक्षामन्त्री विद्या भण्डारीलाई खुलापत्र

26 comments to न्यायको खोजिरहेको आत्मा

  • downunder

    hey guys copy and paste this in your browser http://www.ahrchk.net/ua/mainfile.php/2004/625/ and read this report and view the pics how reena rasaili was executed by the state.These reports was publised by asian human rights commission.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • gr

    मैना को पबित्र आत्मा ले शान्ती पाओस्; नेपाली सेना का क्रुर् पिपसु हरुलाइ बिधाताले सद्बुधि दियर पस्चाताप् को आगोले जलाओस् ;
    हैन यो मान्छे को आनुहार् भयको; बबि खत्री भन्ने जङली असभ्य जनाबर् को बस्नी हिद्दुल् गर्ने थेगना कसैलाइ थाहा भय योउ कोम्मेन्त् बक्स् मा जनकारी दियमा राम्रो हुने थियो।। यो पाखन्दी सरकार ले कारबाही नगरी पनी कुनै उचित् मौका मा जन लेवेल् बात कार्बाही हुने सम्बाभना छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shikha upreti usa

    The army’s are acting like a small child, they have no humanity .They killed a girl which was the age of their daughters.Shame on you(army).

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Narendra

    No words.At the expense of people’s life, politician are playing games of man-slaugtering.Time will punish all the culprits.Nepalese people will see all team players being punished

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • santosh

    Those who killed her are not human beings. They are the monsters. Sadly, it is not the only case in Nepal. In Nepal, ALL the people who have power are misusing it. They have the opportunity to use it for the benefit of people but they are misusing it. Not only army or police, every politicians are corrupted and dumb. They don’t hear to what we people say because they have the power to shut all our mouth off. This is the thing I hate most about my country.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gagan

    शब चिहान बाट खानेर अनुसन्धान गार्ने गहन प्रयास भाएको छ अनुसन्धान पूर्ण रुपमा गरेर दोशिलाइ हदै सम्म्को कार्वही गर्नु पर्दछ ताकी मैनको आत्मले शान्ति पाओस्, दोशिलाइ कार्वही गर्न सकिएन भने उस्को शब चिहान बाट निकालेर गरिअएको घूर बेइज्जत मात्र हुन्छ, कृपया सबैले आआफ्नो ठाउ बाट दोशिलाइ कार्वाहिको लागि दबाब देउ, न्यायको लागि केही मैना नेपालको चेली हो, जस्लाइ दान्व रुपी मनव्हरुले क्रुर हत्या गरे, दोशिले अवश्य हदै सम्मको सजाय पाउनु पर्दच

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Smriti

    Murder of Maina Sunuwar was 100 % wrong.Tourture to her before her death is absolutly against the humanity.No complain against diging of her grave But I have a question to them that they are going to dig the graves of others or not ? who were killed by Maoist too.
    All of the graves of both side should be dug and investigate.If it is going for one site only that will be a great mistake.

    SMRITI USA
    03/25/2007

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Sante

    Umesh Ji,
    I appreciate your effort of updating the news. Hope to hear justice for Maina and many more innocent civilians.

    God Bless Nepal

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Nilu Rimal

    साथी हरु, सरकार ले केही गर्नेवाला छैन,माओवादी हरु गौर को समस्या मा ब्यस्त छन. I think Nepal Army should be demolished. Why the entire world is eyeing upon Maoist weapons and nobody raise quesion over Nepal Army weapons and their violent tactics?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Nilu Rimal

    मैना कसरी सेना को हाथ मा परीन र के मनासयले यी अबोध बालिकालाई यातना दियिएको हो? मैले बुझ्न नसकेको कुरा, साथीहरुले बुझाई दिनु भए आभारी हुने थीए/ I mean what was their motive to torture her? Were they trying to get some information from her?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • mahesh

    I agree with the views of Navraj. There should be also inquery on the wrong deeds of Maoist. For example killing of Mukti Adhikari and ganesh Chilwal and the burning of the bus along with passengers in Chitwan. Who is responsible for it. If Maoist says sorry for the incident then why not we accept the apology from military. If we are not accepting apologies from military then what makes us accept the maoist’s apologies. Weren’t those people killed by Maoist citizen of Nepal or only those killed by military are citizen of Nepal. Stop double standards and act as a fair state. Form a probation team for other crime done during the war.

    What is UN Human rights doing? Acting like a consultant of Maoist rather then being raising the issues fairly. When they speak of Maina why are they silent of Mukti, Ganesh, etc.

    And why are other bloggers and commentetors silent. Is it just Mukti and ganesh and innocent peoples killed brutally weren’t people from your ideology niche. If you are real human then come and say black for black instead of saying white for black just because Prachanda or Girija or Madhav says so.

    Raise yourself above this.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • मैनाको आत्मालाइ शन्ति मिलोस
    लपारबही तरिकाले सजय दिने सैनिक अधिकरि बबि खत्रिले कडा सजय पाएको हेर्न सबैको चाहान छ।
    हुनत country lover ले भने जस्तो नै होला तर सैनिकले समति सके पछि जो पनि सुरक्षित हुनुपर्छ र न अभियुक्तले सचो कुरो गर्छ वा त चित्तबुझ्दो जबाफ नपाइन्जेल थुनिनु पर्छ । तर ति नबालकसग तेस्तो खाल्को सजय दिन हुन्थो, भन्ने हेक्का नभएका मुङरे भुत्ते सैनिक अधिकारीसग सयद मेरो गल्ति छैन। म हैन मात्र भने होला तर पनि मारे ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • may her soul rest in peace. its unstoppable.

    jaba samma harek nepali ley, aruko laagi jiuna sikdaina, taba samma desh maa shanti, aaudai aaudaina.

    kunai na kunai roop maa….kaanda haru hudai garnecha. sadhai ko nimti….

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • सुशिला

    दोषीलाई कडा भन्दा कडा सजाय दिनु पर्छ । छानविन पारदर्षि र सत्य सत्य हुनु पर्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • badal rai

    १५ बर्षिय अबोध बालिका मैना सुनुवारलाइ कुर यातना दिइ पशुजन्य रुपले हत्य गरिएको छ यसमा संलग्न दोषिहरुलाइ कुनै पनि हालतमा छुट दिनु हुँदैन ति अपराधीहरुलाइ नेपालमा फाँसिको कानुन छैन तर कम्तिमा पनि २० बर्षे जेल सजय भने हुनै पर्छ । यस्ता कुर यातन दिएर अबोध बालिकको हत्य यती धेरै शैनिक अधिकृतमाझ कसरी गर्न सक्यो? यि सबै बिबेकहिन पशुहरु हुन । ति दोषिहरु सबै जेलचलान भएको दिन आंशिक भएपनि निरिह मैनाको आत्माले न्याय पाएको अनुभुती गर्ने छ । राई बादल (हङ्कङ्बाट)

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • सुरेश

    यस्ता यातना केन्द्र सबैमा अणुबम खसाल्न मन लाग्यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Navaraj

    तत्कालिन शाहिसेनाले मैना सुनुवार को पाशबिय तबरले हत्या गरेकोमा सम्बन्धित ब्यक्तिले कानुन अनुसार संजाय पाउनैपर्छ। साथै गनेश चिलवाल जसलाइ प्रचन्डको बिरोध् गरेकै भरमा, शिक्षक मुक्ति अधिकरि जसको कुनै कसुरनै थियेन ( उनिलाइ अबोध् छात्र छात्राहरुकै अगडि जिउंदै रुखमा झुन्डाएर गोलि हानि ह्त्या गरिएको) र अन्य सयौं निर्दोश् ब्यक्तिहरु जसलाइ उनिहरुकै श्रीमति र नाबालक छोरा छोरिहरुकै अगाडि घरबाट घिसारेर लगि नलि खुट्टामा बन्चरोले हिर्काइ हिर्काइ दानबिय तबरले हत्या गर्ने ब्यक्तिहरुले पनि कानुन् अनुसार संजाय पाउनै पर्छ। तबमात्र अनहाक मा यो मुल्यबान जिबन गुमाएका सम्पुर्ण ब्यक्तिहरुको आत्मालाइ चिर शान्ति मिल्नेछ।

    Country lover को प्रतिकृया शत प्रतिशत मुनासिब लाग्यो। धन्यबाद।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • harpindra

    bobby khatri ra teska varayoute jasta nar pipasu haru lai janta ko agadi lerayera testai garera marnu parchhhaaaa … ani mattra maina jasta nirdosh le naya payouchhan ..tit for tat ……

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • madan

    ‘ए मैना,तेरो कोइपनि छैन्’
    हुन त यो गीत भोला रिजाल ले चरा लाइ हेरेर गाएका हुन ।यहाँ त झन्डाइ मान्छे लाइ समेत त्यस्तो हुन गएछ ।अब जे भएपनि त्यो हत्यारा हरुलाइ चै खोजी खोजी गोली ठोक नु पर्छ ।एस्तो काम जन्मुक्ति सेना ले गरेको भए सुन मा सुगन्ध हुन्थ्यो ।नेपाल को कानुन को चै भर छैन । यस सम्बन्ध मा मित्र पुर्ण जि को बिचार सँग मेरो पुर्ण सहमती छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • Deshbhakta Nepali

    मैना बैनीको दिबम्गत आत्मा दुर्गा काली बनेर आउनुहोस् र उहाको हत्यागर्ने असूर दानवहरुलाई सखाप पार्नु होस् । तपाइ जस्ता हजारौ पूज्य दिदिबैनी तथा दाजुभाइहरु प्रति हार्दिक श्रद्दान्जली । तपाइको सपना साकारहोस् मैना बैनी ।

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • Kisne

    Oh my god, she is so innocent! I can not imagine that a human being can be so cruel to punish such an innocent child to death with such cruelty. Any punishment for the wrong doer will not be sufficient. . And just imagine the mental state of her parents who are still waiting for justice..
    Army structure should be completely changed..

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • kumar

    IF THESE CULPRIT CAN BE PUNISHED THIS WILL BE THE HISTORY AND IN FUTURE THESE EVIL MIND WILL THINK TWICE BEFORE CARRYING OUT SUCH HORRIFIC CRIME.

    SHOULD BE PUNISHED ANYHOW.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Maoist and state both have done such crime against humanbeing. This is one case during the so callled people’s war. There are alot of such crimes and serious human right violation from both Maoist and State. All the cases should be taken into consideration and punished fairly to those who involved such a crimes. All the parties, mainly Maoist,some organization and right groups should give up idea of violence and politics of corpse of poor people. Laas ko rajniti hoina, politics to make a welfare state…

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • लिम्बु पूर्ण

    !!.उमेस जि.
    यो मैना सुनुवार को नराम्रो यातना का साथ साही शासन काल मा आर्मी हरु को अपराधी काम लाइ नि आब पुरा छान बिन गर्नु पर्छ !! मैले सुने अनुसार मावोबादी भन्दा साही सरकार को पाला मा साही सेना ले धेरै नेपाली जनता को ह्त्या र गायब गरेका छन !! मैना सुनुवार जस्तै माया लाग्दो धेरै नेपाली दीदी बहिनी दाजु भाई हरु साही सेना ले सहनु नै नसक्ने दुनियाँ मा कुनै नियम कानुन मा नभेको यातना दियका छन कति लाइ मारे र गायब बनयाँ !! अझै सम्मा धेरै को बारेमा सर्ब जनिक गरेको छैन !! आहिले का नेपाल सेना बाट नि यो पुरा छान बिन हुनु पर्छ !! र त्यो मैन सुनुवार को ह्त्या गर्ने प्रमुख सेनानी आभियुक्त बबी खत्री लाइ र आरु दुई साथी तथा मैना सुनुवार लाइ यातना दिने सबै सैनिक हरु लाइ कारबाही गर्नु पर्छ !!

    हुनत साही सैनिक हरु ले कहिले नि राम्रो व्यबहार कहिले नि देस मा गरेको देखायका छैनन !! मैना जस्तो खाऔ खौ लाउ लाउ को उमेर मा मावोबादी को आरोप लाउदै साधारण जनता धेरै लाइ मार्नु तथा नरम यातना दियका छन साही सैनिक हरु ले त्यो सबै घाटना हरु को हुमेन राईट आयोग ले छन बिन गरी !! सबै को अपराध तथा अनुसन्धान जनता सामु सार्वजनिक गरिनु पर्छ !! र नयाँ नेपाल को साथ साथै शाही काल का सबै अपराधी हरु लाइ कानुन ले कोठी भित्र थुन्नु पर्छ !! म हाम्रा नेपाली नेता तथा मन्त्री हरु लाइ आनुरोध गर्न चाहन्छु !! मैना सुनुवार जस्तो हाम्रो नेपाली जनता हरु धेरै ले ज्यान गुमाउनु का साथै डर लाग्दा यातना हरु भोगेका छन !! र ति साही सेना लगायत आन्या अपराधी हरु हाम्रो देस मा खुलेआम सिर ठाडो लायर घुम्दै छन !! यिनी हरु लाइ कडा भन्दा कडा कानुन बनाएर चाडो सजाय दिन अनुरोध गर्दछु !! र उमेस जि लाइ घटना को रिपोट छन बिन का कुरा हरु सहित मेरो संसार मा राखी दिनु भयको मा धन्यवाद छ !! !!!^^^पूर्ण^^^लिम्बु^^^!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • arjun adhikari

    Maina sunuwar hatya kanda ta euta udaharan matra ho.10 barse yudhako samayama sahi senale esta hajarau aparadh haru gareko chha.ti sabai aparadh haruko chhanbin garera aparadhi harulai nirmam sajaya dinu parchha ani matrai yo hatyaro jatthalai nepali sena bhanna sakinchha natra yo kunai halatma pani nepali janatako sena hunai sakdaina.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • RAJENDRA K.C., Germany

    This is the positive news about the systems in nepal. If the culprits could be punished, that would be great learnings to other administrator too.

    The cornell Bobby khattri should be punished at the maximum level.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes