शान्ति सम्झौतामा उल्लेख भए अनुसार आजदेखि नेपालको सेनाले पनि आफ्ना हतियार दर्ता र भण्डारण कार्य सुरु गरेको छ। सम्झौतामा माअोवादीले दर्ता गराएर भण्डारण गरेको संख्यामा नै सेनाले पनि हतियार भण्डारण गर्ने भनिएको छ। यसै अनुसार आज पहिलो दिन राष्ट्रसंघको निगरानीमा करिब ८५० वटा हतियार दर्ता गरिएको छ। माअोवादीले २ हजार ८ सय ५५ वटा हतियार दर्ता गराएका थिए। तीन दिनसम्म दर्ता कार्य जारी हुनेछ। त्यसपछि यी हतियारलाई १४ वटा ठूला कन्टेनरभित्र राखिनेछ। त्यसमा ताला लगाई साँचो सेनाले नै राख्नेछ।

राष्ट्रसंघीय मिसन (अन्मिन)को वक्तव्य जस्ताको तस्तै-
अनमिन प्रेस विज्ञप्ति चैत्र २७, २०६३
नेपाली सेनाको हतियारको दर्ता र भण्डारण कार्य शुरु
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ। दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ।
नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणको लागि प्रस्तुत गर्यो। यूएनडिपी को सहयोगमा राष्ट्रसंघका १४ वटा दर्ता टोलीले हातहतियार एक एक गरी दर्ता गर्ने र १४ वटा ठूला कन्टेनरहरु मध्ये एउटा मा तिनीहरुलाई भण्डारण गर्न अगाडी प्रत्येकमा एउटा बार कोड पनि लगाईयो। यो प्रकृयामा ७० जना दर्ता गर्ने कर्मचारी संलग्न छन्। दर्ताको सम्पूर्ण प्रकृयामा अनमिनका हातहतियार अनुगमनकर्ताहरुको उपस्थिति छ र आजदेखि ती हतियारहरुको अनुगमनको लागि छाउनी व्यारेकमा उनिहरुको २४ घण्टा उपस्थिति रहनेछ। २४ घण्टे विद्युतीय अनुगमनको लागि उक्त स्थानमा निगरानी क्यामराहरु राखिएका छन्।
हातहतियारको दर्ता एवं भण्डारण प्रक्रिया माओवादी सैन्यको हकमा जस्तो गरिएको थियो त्यस्तै गरिएको छ।

हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धी सम्झौता (ए.एम.एम.ए.ए.) अनुसार नेपाली सेनाले माओवादी सेनाको हातहतियार दर्ता गरिएको संख्यामै अनमिनका अनुगमनको सामु आफ्ना हतियार सुरक्षित तवरले दर्ता गर्न सहमत भएको थियो। माओवादी सैन्यले २८५५ वटा हतियार भण्डारण गरेका थिए। यसको अलावा शिविर पेरिमिटरको सुरक्षार्थ माअोवादी सैन्यले प्रत्येक डिभिजन स्थलमा ३० वटा र प्रत्येक स्याटेलाइट स्थलमा १४-१५ वटा गरी जम्मा ५२४ वटा हतियार राखेका छन् र नेतृत्व वर्गको सुरक्षा व्यवस्था बारे सम्झौता नभइसकेकोले ९६ वटा हतियार साथ मा राखेका छन्।
नेपाली सेनाको हातहतियार दर्ता र भण्डारण कार्यले हातहतियार र लडाकुहरुको दर्ताको प्रथम चरणको अन्तिम कार्यको प्रतिनिधित्व गर्दछ। अब दोश्रो चरणमा माओवादी लडाकुहरुको प्रमाणिकरण कार्य शुरु हुन्छ र यो काम चाडै नै शुरु हुनेछ।
अनमिनका हातहतियार र सैन्यको अनुगमनका प्रमुख जनरल जान एरिक विल्हेल्मसेनले भन्नुभयो “आजको हतियार दर्ता प्रकृयाबाट म खुशि छु, यो कार्य सुचारु रुपले शुरु भयो। यस हतियार दर्ता र भण्डारण प्रकृयामा नेपाली सेनाले राम्रो सहयोग प्रदान गरे र मलाई विश्वास छ हामी यो प्रकृया यो हप्ता नै समापन गर्ने छौ “।

No related posts.









As our ancestor enjoyed living in nepal, we children have right to enjoy our life without voilence.
मन परे हरियो, नपरे रातो
0
1
Namaste to everybody,
Freedom Ji, Paudel Ji, Casonova Ji and lot of people,
we are waiting your comment .(without reading your
comment ,its feeling like a I lost something )
मन परे हरियो, नपरे रातो
0
0
Consolidate the PA with NA, and deploy at Terai before it is too late.We should save Terai from terrorists.
मन परे हरियो, नपरे रातो
0
0
If we are honest, there is no need of weapons in Nepal. We don’t qualify to fight with any external forces. It is a crime to use weapons against our own brothers ans sisters. Hence all the Nepal armies and maoist army must be used for development work. Nepal wasted so much money on army in the past just to kill our own brother and sisters. Few occasions peace keeping force in UN was fine and they should continue that tradition. Armies should open their hearts ans show that they really respect democracy and they are duty bound to the people of Nepal but not to any criminal regime and being servants in their bosses house. We all wish gradually nepalese army will promote themselves as human being and civilised security forces work only to maintain law and order but not to support murderous and criminal regime.
मन परे हरियो, नपरे रातो
0
0
Namaste to everybody,
“WISDOM” has to control the “POWER”
GREAT
Now a days in the world it happening exactly opisite .
And if it start in nepal Positive ,
ofcourse that is great .
GOD
show the way for the world
from NEPAL
Thats the way how we inncont people wants from
all over the world . This is the way of Huminity . This is the century of 21 . It has to be
like this .
Thanks a lot Umesh Ji, for the great good news .
मन परे हरियो, नपरे रातो
0
0
What to do with all weapons that hiding inside palace by Gyane?
All these needs to be locked too.
मन परे हरियो, नपरे रातो
0
0
आहवान मेरा लोकतान्त्रीक गणतन्त्रका मित्र तथा मान्यजनहरुमा
अब बन्ने भो! नयाँ नेपाल, सुन्दर नेपाल, बिशाल अनि सम्बृद नेपाल! जुन हामी सारा नेपालीको चाहना हो अनि पर्खाई पनि,
अब हामीले मिलेर देश बनाउनु छ!
बिगत त हाम्रो बशमा थिएन अब, बर्तमानलाई आफ्नो बशमा बनाउनु छ
मन परे हरियो, नपरे रातो
0
0
It’s nice to know that peace is being restored in our country. Now the Nepal Government should not delay for the further process.
मन परे हरियो, नपरे रातो
0
0
IT IS TIME TO TAKE OUT WEAPONS OF BOTH NEPAL ARMY AND PEOPLES’ ARMY TO FIGHT DEVIL GANGESTERS LIKE MJF AND JTMM (GOIT).
JTMM (JWALA SINGA) MAY COME TO NEGOTIATE.
मन परे हरियो, नपरे रातो
0
0
Should be the good sign for Nepal… Good Luck
मन परे हरियो, नपरे रातो
0
0
hatiyar bhandaran bhane ko dubai pakchhe ko drama matra ho jasto lagyo.
मन परे हरियो, नपरे रातो
0
0
Dear Editor,
We all Nepali people hope that peace process should last long and election of CA should be held timely before monsoon begins.
Government should take initiatives to talk with real suppressed Madhesis( not with Yadav Upendra and company) and indigenious people.Their genuine demands must be fulfilled by the state.If it is not possible right now after CA polls.Struggling parties must show their patience and should seek commitment from the government.
Let us start making a prosperous Nepal in which all should be accomodated with equal respect.
मन परे हरियो, नपरे रातो
0
0
हतियार पनि उसकै ! भण्डारण गने ठाउ पनि उसकै ! साँचो पनि उसलाई ! गरे हुन्छ् !
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु यो राम्रो काम भय को छ किन आर्मी सँग हात्तीयार राख्न्नु !! केही काम छैन बरु आर्मी र जन्मुक्ती सेना लाइ हात्तीयर कन्टेनर मा थनक्याए र कुनै राम्रो देस को बिकास हुने काम मा लाउनु नै बेस्ट हुन्छ !!
मन परे हरियो, नपरे रातो
0
0
Ramrai ta bhayi ni !!
मन परे हरियो, नपरे रातो
0
0