अन्तरिम सरकारको नीति तथा कार्यक्रमसम्बन्धी साझा सहमति
अन्तरिम व्यवस्थापिका संसदमा आज आठ दलको अन्तरिम सरकारको साझा सहमति अनुसारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम भन्दै प्रधानमन्त्रीले प्रस्तुत गर्ने तयारी भए पनि अस्वस्थताका कारण शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले यसलाई प्रस्तुत गर्नुभएको हो। कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरूका परिवारको सम्पत्ति नेपाल सरकारले ट्रस्ट बनाई राष्ट्रिय हितमा प्रयोग गर्ने र राजाका हैसियतले ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्ति राष्ट्रियकरण गर्ने भनी आठ दलबीच भएको सहमतिको कायान्वयन गरिने उल्लेख छ।

कार्यक्रममा अरु के-के छ त ?
अन्तरिम सरकारले आगामी जेठ महिनामा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहर्याउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूबाट सो निर्वाचनको पर्यवेक्षण गराउने छ।
निर्वाचनमा भरपर्दो र प्रभावकारी सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नाका साथै निर्वाचन आयोगका लागि आवश्यक कानुनी र प्रशासनिक व्यवस्था तथा साधन-स्रोतको प्रबन्ध मिलाइने भएको छ।
ठूला ऋणीहरूले नियतबस ऋण नतिर्ने कुरालाई गम्भीर रूपमा लिई कडाइका साथ ऋण असुल गरिने, प्राकृतिक प्रकोप र द्वन्द्वका कारण मर्कामा परेका साना किसान र साना घरेलु उद्यमीहरूले लिएको निश्चित सीमाको ऋण अवस्था हेरी मिनाहा गरिने, कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै दीर्घकालीन कृषियोजनाको कार्यान्वयन गरिने
कार्यक्रमअनुसार नेपालको अन्तरिम संविधान, २०६३को प्रस्तावनामा उल्लिखित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था, मानवअधिकार, नागरिक र मौलिक अधिकार, वाक् र प्रकाशन स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणालाई राज्य सञ्चालनका सबै पक्षमा व्यावहारिक रूपले स्थापित गरिनेछ।
भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य, पारदर्शी र सुशासनको कार्यलाई अगाडि बढाउनाका साथै त्यसका लागि विद्यमान संयन्त्रलाई सबल बनाउन आवश्यक हेरफेर गरी पूर्णता दिइनेछ।
गौर हत्याकाण्डजस्ता जघन्य घटना पुनः दोहोरिन नदिन त्यस घटनाको छानबिन गरी दोषीलाई सख्त कारबाही गरिनेछ।
राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानको रक्षाका लागि क्रियाशील रहँदै राष्ट्रिय हित र स्वाभिमानको संरक्षण गर्ने र त्यसका लागि सन्धि सम्झौतालाई समयानुकूल बनाइने कार्यक्रममा उल्लेख छ।
राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र जलस्रोतका सम्बन्धमा राष्ट्रिय सहमति निर्माण गरी राष्ट्र र जनताको सर्वोत्तम हितमा उपयोग गरिनेछ।
राष्ट्रिय हित, संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित विदेश नीति अवलम्बन गरिनेछ।
नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूको स्वदेश फर्किने हकलाई सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहयोग समेत जुटाउन एकताबद्ध प्रयत्न गरिनेछ।
आम जनतामा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिनाका साथै संविधानसभाको निर्वाचनमा अवरोध पुर्याउने सबै प्रकारका प्रतिगामी षड्यन्त्रहरूलाई विफल गर्न सक्रिय रूपमा कार्य गरिनेछ।
विस्तृत शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयन गरी शान्ति प्रक्रियालाई दृढतापूर्वक व्यवस्थितरूपमा अगाडि बढाइनेछ। मुलुकमा उत्पन्न सबै द्वन्द्व र समस्याहरूलाई वार्ता र संवादका आधारमा शान्तिपूर्ण किसिमले व्यवस्थापन एवं समाधान गरिनेछ।
कार्यक्रममा सेना र हतियारको व्यवस्थापनका सम्बन्धमा विस्तृत शान्ति सम्झौता तथा नेपाल सरकार, नेकपा माओवादी र संयुक्त राष्ट्रसङ्घबीच भएका सम्झौताका प्रावधानहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिने उल्लेख छ। माओवादी सेनाका लडाकु रहेका अस्थायी शिविरहरूलाई सुव्यवस्थित तुल्याइनेछ।
शान्ति सम्झौतामा उल्लिखित राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग र राज्यको पुनःसंरचनासम्बन्धी उच्चस्तरीय सुझाव आयोगको गठन गरिनेछ।
द्वन्द्वका क्रममा बेपत्ता पारिएका भनिएका नागरिकहरूको खोजी र छानबिन गरिनेछ। भएका सहमति र सम्झौताहरूको परिपालना तथा कार्यान्वयनको अनुगमनको काम राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोगले गर्ने व्यवस्था मिलाइनेछ। स्थानीयस्तरमा आवश्यकताअनुसार दलहरूको सहमतिमा र्सवदलीय शान्ति समितिको गठन गरिनेछ।
नेपाली सेनाको लोकतान्त्रिकीकरणको विस्तृत कार्ययोजना तर्जुमा गर्नाका साथै उपयुक्त सङ्ख्या, संरचना र समावेशी राष्ट्रिय चरित्र निर्माण गरी मानवअधिकारको मूल्यद्वारा प्रशिक्षित गर्न कार्ययोजना बनाइनेछ।
माओवादी सेनाका लडाकुहरूको शीघ्र प्रमाणीकरणका लागि पहल गरिनेछ। उनीहरूको रेखदेख, समायोजन र पुनःस्थापनाका निम्ति विशेष समिति बनाइनेछ।
रायमाझी आयोगको प्रतिवेदनका सम्बन्धमा सरकारले सुरु गरेका कारबाहीलाई शीघ्र पूर्णता दिइनेछ। साथै ओझा आयोगको प्रतिवेदनलाई अविलम्ब कार्यान्वयन गरिनेछ।
शान्ति, सुरक्षाको व्यवस्था सुदृढ बनाई विभिन्न अपराध र अराजकताको नियन्त्रण गरिनेछ। साथै निरन्तरका हड्ताल, बन्द, घेराउ र नाकाबन्दी र अन्योलको स्थिति अन्त्य गरी देशमा अमनचैन कायम गरिनेछ र दण्डहीनतालाई समाप्त गरिनेछ।
हिंसात्मक द्वन्द्वबाट प्रभावित र विस्थापितहरूको पुनस्थापना तथा भौतिक संरचनाहरूको पुनर्निमाणको कार्यक्रमलाई उच्च प्राथमिकतासाथ कार्यान्वयन गरिनेछ।
जिल्ला, नगर र गाउँ विकास समितिहरूले सचालन गर्ने विकास निर्माणका कामहरू निर्बाध सञ्चालन गर्न आन्तरिक स्थानीय निकायको व्यवस्था गरिनेछ।
स्थानीय निकायहरूको सशक्तीकरण, उत्तरदायित्व र पारदर्शितामा जोड दिँदै तिनलाई साधन स्रोतसम्पन्न बनाइनेछ।
हिंसा र द्वन्द्वबाट पीडित, मारिएका व्यक्तिका परिवार, अङ्गभङ्ग भई अपाङ्ग भएका, सम्पत्ति नष्ट भएका तथा विस्थापितहरूको उद्धार, राहत, पुनःस्थापना र सहायताका लागि विशेष कोषको व्यवस्था गरिनेछ। त्यस कोषबाट पीडितहरूको राहत, क्षतिपर्ूर्ति र औषधोपचारका लागि रकम उपलब्ध गराइनेछ।
नष्ट भएका आवास तथा भौतिक संरचनाहरूको निर्माणका लागि विशेष कार्यक्रम अगाडि बढाइनेछ। पीडित क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ पुर्याउन जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ। प्रशासन र सुरक्षा निकायलगायतका सबै राज्य संयन्त्रलाई निष्पक्ष र जवाफदेही बनाउन आचारसंहिता बनाइ लागु गरिनेछ।
जनताका दैनिक अत्यावश्यक वस्तु तथा सेवालाई सुलभ र सुपथ बनाउन आपूर्ति व्यवस्थालाई नियमित बनाइनेछ र मूल्यवृद्धि नियन्त्रणमा जोड दिँदै अनुगमन गरिनेछ।
युवाहरू विशेषगरी द्वन्द्व प्रभावितहरूका लागि स्वरोजगार र रोजगारका अवसरहरूको व्यवस्था गरिनेछ। यसका लागि वित्तीय संस्थाहरूबाट सुलभरूपमा ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ।
विद्यालय तथा अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई हिंसामुक्त शान्तिस्थलका रूपमा कायम गरिनेछ। आौद्योगिक अशान्ति, आम हड्ताल र बन्दको स्थिति अन्त्य गरी औद्योगिक सुरक्षा र लगानीको वातावरण तयार गरिनेछ।
राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण, सामाजिक शोषणको अन्त्य र सामाजिक न्याय कायम गर्नाका साथै देशलाई छिटो समुन्नत र समृद्ध बनाउन साझा विकास अवधारणाको निर्माण गरिनेछ।
कानुनी राज्यको सिद्धान्तअनुसार राज्यको सञ्चालन गर्दै सुशासनको प्रत्याभूति दिने, प्रशासनिक सुधारमार्फ जनतामा शासनको पहुँच र सेवाको विस्तार गरिनेछ।
निजामती सेवा एवं सुरक्षा निकायलाई राजनीतिबाट अलग राखी पेसागतरूपमा दक्ष र प्रतिबद्ध बनाउने, दण्डहीनताको अन्त्य गर्ने र अख्तियार दुरूपयोग अनुसन्धान आयोग एवं न्याय सम्पादनसँग सम्बन्धित निकायहरूलाई सुदृढ र प्रभावकारी बनाइनेछ।
राज्यका विभिन्न अङ्ग तथा राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा महिला सहभागिताको विस्तार गरिनेछ। आदिवासी जनजाति, मधेसी, दलित, उत्पीडित, विपन्न वर्ग, अपाङ्ग तथा पिछडिएका क्षेत्रका जनताको समानुपातिक सहभागितातर्फकार्य गरिनेछ।
गरिबी निवारणका निम्ति विकासका प्रयासहरू केन्द्रित गर्दै सामाजिक न्याय, आर्थिक वृद्धि तथा न्यायोचित वितरणमा आधारित आर्थिक एवं सामाजिक नीति र कार्यक्रम बनाइनेछ।
कृषि, जलविद्युत, पर्यटन मानव संसाधन र भौतिक पूर्वाधारको विकासलाई उच्चतम् प्राथमिकता दिइनेछ।
उद्योग, बंैक तथा वित्तीय व्यवसाय, यातायात, सञ्चारलगायत अर्थतन्त्रका आधुनिक क्षेत्रका सुधार कार्यक्रमहरूलाई महत्वका साथ सञ्चालन गरिनेछ। जनतालाई सेवा प्रदान गर्नुपर्ने संस्थाहरूको व्यवस्थापनमा सुधार गरी सस्तो, सुलभ र प्रभावकारी सेवा उपलब्ध गराइने कार्यक्रममा छ।
गरिबीको रेखामुनि रहेका व्यक्तिहरूको पहिचान गर्ने प्रक्रिया आरम्भ गरिनेछ। बेरोजगारहरूको लगत लिई रोजगारीका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
राष्ट्रिय हितमा औद्योगिकीकरण र विकासका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकषिर्त गरिनेछ एवं विदेशी सहयोग र अनुदान प्राथमिकताका क्षेत्रमा प्रवाहित गरिनेछ।
बजेट घाटालाई निश्चित सीमाभित्र राखी आर्थिक स्थिरता एवं अनुशासन कायम गरिनेछ। साथै ठूला ऋणीहरूलाई नियतवश ऋण नतिर्ने कुरालाई गम्भीररूपमा लिई कडाइका साथ ऋण असुल गरिनेछ।
प्राकृतिक प्रकोप र द्वन्द्वका कारण मर्कामा परेका साना किसान र साना घरेलु उद्यमीहरूले लिएको निश्चित सीमाको ऋण रकममा अवस्था हेरी ब्याज मिनाहालगायतका राहत दिइनेछ।
वैज्ञानिक भूमिसुधार र व्यवस्थापनका लागि पूर्वाधार तयार गरिनेछ र सहकारी क्षेत्रको विकासमा जोड दिइनेछ।
कृषि मजदुर, मुक्त कमैया र भूमिहीन सुकुम्वासी जनताको आर्थिक र सामाजिक उत्थानका लागि विशेष ध्यान दिइनेछ। कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै दीर्घकालीन कृषि योजनाको कार्यान्वयन गरिनेछ। भू-सूचना प्रणालीका आधारमा पिछडिएका क्षेत्र र समुदायमा राज्यले बढी लगानी गर्नेछ।
साक्षरता अभियान, प्राथमिक र अनौपचारिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, सरसफाइ तथा ग्रामीण पूर्वाधार निर्माणका कार्यक्रममा सरकारी बजेट तथा संलग्नता वृद्धि गरिनेछ।
जनसामान्यको पहुँचमा रहने गुणस्तरीय, रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा विशेष जोड दिइनेछ। आम जनताका लागि स्वास्थ्य सेवालाई सुलभ र सहज बनाउन ग्रामीण स्वास्थ्यमा लगानी वृद्धि गर्दै सामुदायिक स्वास्थ्य नीति अवलम्बन गरिनेछ।
पिछडिएका वर्ग, समुदाय र क्षेत्रका जनताको विकासका लागि सामाजिक सुरक्षालगायतका विशेष कार्यक्रमहरूलाई कार्यान्वयन गरी समानुपातिक विकासको अवधारणाअनुरूप दर्ुगम पिछडिएका क्षेत्रको विकासका लागि ठोस कार्यक्रम लागु गरिनाका साथै कर्ण्ााली क्षेत्रको विकासका लागि विशेष कार्यक्रम र संयन्त्र निर्माण गरिनेछ।
दलितविरुद्धको सामाजिक भेदभाव र छुवाछुतलाई दण्डनीय अपराधका रूपमा लिँदै कडा कारबाहीको व्यवस्था गरिनेछ।
महिलाविरुद्धका सबै विभेदहरूलाई समाप्त गर्दै बलात्कार, घरेलु हिंसा र बेचबिखनजस्ता अपराधमा कडा कारबाहीको व्यवस्था गरिनेछ। महिला विकास, समानता र अवसर सिर्जनाका लागि विशेष कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ।
श्रमिकहरूको पेसागत हक र सुरक्षाको प्रत्याभूति तथा उद्योग व्यवस्थाको उत्पादकत्व वृद्धि गर्न श्रम कानुनमा आवश्यक सुधार गरी कार्यान्वयन पक्षलाई सबल तुल्याइनेछ।
धर्म, भाषा र संस्कृतिको क्षेत्रमा रहेका सबै प्रकारका भेदभावहरूलाई पूर्णरूपमा समाप्त गरिनेछ। सबै जाति र जनजातिका भाषा तथा संस्कृतिको संरक्षण संवर्द्धन एवं विकासका लागि विशेष व्यवस्था गरिनेछ।
प्रवासी नेपालीहरूको हकहितको राज्यद्वारा संरक्षण गर्ने व्यवस्था गर्नाका साथै उनीहरूको सिप र पुँजी स्वदेशमा लगानी गर्न प्रोत्साहित गरिनेछ।
चालु विकास निर्माण परियोजना तथा कार्यक्रमहरूलाई आवश्यकताअनुसार समीक्षा र परिमार्जनकासाथ कार्यान्वयन गरिनेछ।
Related posts:











उमेश जी यस्ता राज नैतिक प्रतिबदता त पन्चायत काल देखि हेर्दै पड्दै आ इयो ,पन्चा त् को गाउ फर्क,शान्ति क्ष्रे त्र ,भुमि सुधार्,बहुदल को सर् कार को-आफ्नु गाउ आफै बनाउ,बि पि रोज्गार योज ना,आदि ,पुर्ण लिम्बु ले भने जस्तै नेता तिनै हुन्,नेपलि कान्ग्रेस्,ए मा ले मा जति घुस खाने नेता अरु दल मा देख्न पाइन्न माओबादि को त कुरै न गरौ साना कार्य कर्ता लाइ लुट न सिकायेका छन्,लुटेको लेबि बुझाउदा भै हाल् छ टाउके हरु लाइ,छोरा छोरि बिदेश मा राक्छन्,मलाइ त पत्यार लाग्या छैन है?
लुटेर खान पाउदा कस्ले काम गर्ने बेकार् मा,उल्फा को धन फुपु को सराधे हैन त?
मन परे हरियो, नपरे रातोः
0
0
Namaste to everybody,
From where VOTE comes lot , from those kind of areas
problem is mention here,
but not from remote areas people problem .
From no any party ?
Selfish ……………………………………
What they want ?
They want to give responsible for turist ?
To show the world ” Nepal is poor ”
Nepal it self not poor . All money is using for lot
of unnecearry things like a having Pajero for
government people , buying arms to kill nepali people,
Travel for BIDESH VARAMN , big salerry to Royal family
etc ……………………………………..
Nepal it self not poor , government make poor .
Mention the problem from REMOTE AREA .
Government , help to remote area people .
Go once there to visit by walk ( not by horse)
Then it is justice .
मन परे हरियो, नपरे रातोः
0
0
Namaste to everybody,
Ok, Ofcourse , very good deatil .
I read all . good .
As a I am normal nepali ,
I would like to say something to these political
leaders :
I am not from remote area from mountain , but I was
there( Ganesh Himal area ,this is in Rasuwa )
I went Dhunche, Sayfrubeshi those kind of area= I
dont all place name , There I see the big problem .
Ofcoutse poverty everybody know, health , education ,
from all they are suffring . This kind of rimote area
became now 75 percent people is CRISTIAN , They were
Buddist people .
Why they became this ? I mean why they change there
Dharama which were from there rute .
Answer we know . Because of poverty ( truthly just to
survive )
But big problem is new Generation , what they will
became ?
Where is there culture ? it will lost ?
Who is responsible ????????
?????????????????????????????????????????????
About this kind of matter no body speak ?
From no party ???
why ???
Not anouf vote from there ??,
Where is lot of people,
near sadarmukam are , here every party see the problem
???
That remote area is not from Nepal ?
When money comes from turist for what it comes ?
It comes for to visit remote and mountain area .
so government is earning money by this but not speaking problem for these kind of area .
How possible ?
Selfish ………………………………………………………………………………………
मन परे हरियो, नपरे रातोः
0
0
I could not understand what Solule wants to write.He mentions that there must be mechanisms to bring those who responsible in carrying out Romeo, Kilo sera 2 etc, including PM, ministers and the administrators to justice.Here these operations were carried by a legitimate government to fight against insurgets and it is the people who can bring them to justice.OK lets agree that we are people and can make proposal in this regard, what about those maoist who killed innocent people more barbaricly than these MPRF did?Do not forget history.If you blow, you donot know when it comes back to you.
Another posting says Ramchandra should not call MPRF for the dialogue.Do not forget that the government sat in dialogues with the then terrorist(maoist).MPRF should be punished for their deeds and government should hold talks at the same time to resolve the crisis.If you do not believe in dialogue then you need to think other options to curb this problem in the region.Maybe you need to use your state force the way it used against maoist in the past.You know the result.So before making such comments please do think on what you are going to write.
And just blaming others does not help dear.Try to think you are in the government and what you could have done in such situation.
मन परे हरियो, नपरे रातोः
0
0
यस्तो पाजि सरकारले केहि लछारपाटो लाउदैन ।
गौर हत्याकाण्डका राक्षस अपराधिलाई बार्ता गरौं भनेर चापलुसी गर्दै छन् मन्त्रि पौडेल ।
राक्षस हत्यारा समुह “मधेशि जनाधिकार (=जनहत्यारा) फोरम” ले गौर् काण्डको कथित् जांचबुझ आयोग गठन गरी जनताको रगतले हात धोएर चोखो बन्ने दुष्प्रयास गर्दैछ ।
मन परे हरियो, नपरे रातोः
0
0
Can I hear that Nepalese gvmt has passed bill to open 75 big industries, at least one in each district ?
The progress so far seems only politically motivated, sort of revenges, ones. Every new gvmt does such things. I don’t see anything new.
मन परे हरियो, नपरे रातोः
0
0
Letters filled of black ink in white paper always the politics of Nepali politics. Neglecting what promised to do is a blatent fashion of Nepali politics and politicians. However, this time, maoist have come in power and we will have to wait and see how they act. It is difficult and not wise to judge at the first place some group of work or government. Life is not as simple as can be imagined in real life situations.
Political leaders, they are also human being. Therefore, the are lured by many thinks sometimes can make mistakes but in our country same leader gets ministerial post and commit the same crime time to time, haven’t seen so far rectification from them. Still, we need a patient in order to give more time for them to change their appitude and materialising what they promised for the people.
Jai corruption free Nepal and Nepali mentality. We nepalese are all corrupted in some extent.
मन परे हरियो, नपरे रातोः
0
0
निति तथा कार्यक्रम भन्ने कुराहरु राजनैतिक प्रतिबद्धतामा भर पर्ने हुनाले ८ राजनैतिक दलहरुले यसमा गम्भिरता देखाइदिए मात्र पनि धेरै असल हुने थियो/ हाम्रो सन्धर्वमा सबै भन्दा खड्किने बिषय नै यहि हो /त्यसैले न्युनतम साझा कार्यक्रमको सफलताका लागि यसको कार्यान्वयनमा ८ राजनैतिक दलहरुले आफ्नो दलगत स्वार्थ लाई गौण मान्नु पर्ने देखिन्छ/मुलुकको हित निम्ति काम होला भन्ने कामना गर्ने बाहेक तत्कालै अरु गर्न सकिने पनि केहि रहेन/ २०६४को पुर्व सन्ध्यामा सबैजनालाई सुभकामना सहित्,
पुण्य सागर मरहट्टा
रोटरड्याम्,हल्याण्ड्
मन परे हरियो, नपरे रातोः
0
0
uus uuus uuuus…. lau patyae
मन परे हरियो, नपरे रातोः
0
0
khai hola ta Umesh Ji yo kam..? Lets hope for newly form government..
मन परे हरियो, नपरे रातोः
0
0
raja birendrako sampati lai rastriyakaran garne kura naya thik kina ki rajako sampati baneko jantakai sampati ho ra rajaharule byatigat rupma sampati kamayaka chhainan ra yaslai aba kasari supayog garne banne kura matra ho.aba nepalma rajako ta rastriyakaran garne bayo aba brastachari netaharu ko sampati chahi k garne ni.mero bicharma barstachari netaharu ko sampati pani rajako jastai rastriyakaran gare kaso hola.
मन परे हरियो, नपरे रातोः
0
0
Haha, such a long list of agreement,and it’s only agreement not necessarily a commitment. We have seen these kind of sahamati during various governments, even Royal govt.,and we know for sure they will dump this paper in a dustbin ,so what is the rational behind making long list of agreements without implementing it,why they are trying to fool people again and again?? Why they feel it’s necessary to prove themselves as a barking dog?? I bet they won’t even remember howmany agreements they have done in their tenure and not even a single one has been implemented.
The point is, we don’t want to hear them say anything, we want them to work and show us the results , would ya?? We are sick and tired of these jokes and they no longer make us laugh rather we feel like crying. People in the govt. seriousely lack credibility with somany known cases of corruptions and tussles for the ministerial posts. It’s time to do some confidence building measures first by doing some work which would facilitate the grief striken war torn nation and it’s desperate people.At least forming a probe committee to investigate the crimes committed by then RNA and PLA during the insurgency, like MADI, DORAMBA.Start reconciliation process by distributing some compensation to the victims of both maoist and army. There are somany cadres staying idle in the camps consuming our hard earned wages, why don’t let them build some roads or bridges they have destroyed.
And from the maoists side they should declare that the armed insurgency is totally over and no matter what they willnot take U turn again.Should make an serious apology and accept the fact that violence is wrong and persuade their breakaway comrades in terai to give up the violence and must try to accomodate them in their organization because it is them who lit the fire and the responsibility lies certainly on them to extinguise it. The organizations like YCL must not work as another security force,they must be limited to the party activities. And the most important, they should stop all acts of intimidation and harrasment against the opponents.
Only then people can breathe a small sigh of relief otherwise it’s just waste of time even just to read those long list of Sajha Sahamati!!
मन परे हरियो, नपरे रातोः
0
0
……. र यि सब निति हरु लाइ निति मा सिमित गारिने छ .
मन परे हरियो, नपरे रातोः
0
0
when read thorouly the paper looks really good and seems for the people but i have no idea how fae this will be implimented.
I hope that this will not remain in the papers only and implimented practically so we can reallly say that this is the government that the real nepali people wanted.
मन परे हरियो, नपरे रातोः
0
0
very good what are you doing it is great we after 10 year nepal can be change.if everybody be good.
Narayan
मन परे हरियो, नपरे रातोः
0
0
this is just new government’s routine task. We will try to do this and that.
herdai jam euta bunda pani pura garna yo hutihara haruko sarkarle. maobadi haru ali ali karaulan uniharu pani thakchhan ra samjhauta garchhan. Aru mahanubhab haruko khutti bigat 17 barsama dekhiyaki ho. hami kahan rajniti garneharu laj lagdaina ra janata pani tinailai bhot dinchhan. Jantalai chhetana bhaya ek patak puran pustaka sabai neta bhanauda lai haraida balla chettheke ? hunata unterghat bhayo bhanchhan.
Je hos as matri garau.
मन परे हरियो, नपरे रातोः
0
0
umesh ji,
antarim sarakar bhaneko kam chalau matra ho kyara. tara je hos gyanendra ko sampati rashtriyakaran garyo bhane sayadnai kasaile birodh garlan . sabaile chaheko pani tyo ho. tara yo euta sano kam matra ho. hijo ka din ma uniharule je jasto eklauti hukumitantra chalayera hajar manchhe matra marenan tara desh lai saya barsha pachhadi pani pare tyaska lagi chahi uniharule sajaya napaune? nirdosh ra nihatha nagarik le binakaran jyan gumaeko tyasai chhodne? sajaya ta uniharule paunu nai parchha.
desh ko durdasha ma khas gari rajtantra ra parti haruka neta haru jimmebar chhan bhanne kura pramanit chha. sabaile bujheko kura ho.tara aba ka din ma tyaso nahos.maobadi haru o sakkali swarup pani sachha dekhna paiwos. janata le aphno alo ghau ma malam rakhna paun. desh sabai ko ho sabailai chetana rahos.
मन परे हरियो, नपरे रातोः
0
0
Yo sara netaharu India ko grand design man fasdai gaye jasto lagchha.Terai ko babal mchhayera kati Indians le citizenship liye. Abs parliament bata raja hataune proposal lyaudai chan. tespachi ke hunchha kasaile socheko chha. la hernu yo hunchha.
1. raja hataune gari constitution amend bhaye pachhi India le Terai man upardo machhauchha.
2. tesko dosh rajalai dine environment banauchha Inidiale ani Girijalai raja hataune propopal support garna pressure dincha
2. Ani raja badi pani ke kam. uniharu jagdai jalan.
3.Again civil war.
This is the future road map of the violence in Nepal.
These parties helped Indians to get the citizenship as per the Kantipur newspaper. What a shame! How would they protect a nation’s sovereignty? This move will create further chaos. herdai janu parla ke ke hune ho.
मन परे हरियो, नपरे रातोः
0
0
I do agree that the property of late king birendra should be confiscated and put in national trust and should be utilized in nations development but not for the corruption.The other thing is that the government should do is that confiscate all the property of the palace and provide king a kind of salary to survive for him and his family because he is also the citizen of the country like we do.Wait until the result of the upcoming polls.
मन परे हरियो, नपरे रातोः
0
0
यस्ता नीति/कार्यक्रम/योजना धेरैले बनाए, तर कार्यान्वयन गरेनन्। अब यीनले पनि नगर्लान्, हाम्रो राष्ट्रिय चरित्रनै यस्तै हो। कुरा अति, काम मरु!
मन परे हरियो, नपरे रातोः
0
0
These are good desine, but fallow those rules and regulation above mention.lets see how those leader will work. They may saying these word just to get position, (KURSHI)and popular,because election is comening soon.
jaya Nepal.
Jamaica.
Deep
मन परे हरियो, नपरे रातोः
0
0
** Litmus Test for Maoists in Nepal Government **
If the interim government is able to implement its common minimum programes (CMP) as well as the annual programmes and policies efficiently, the country will indeed becomes a highly Democratic country. It is only the intention or the objective of the Government but there is no doubt that how much will be successful. We have seen all political leaders and their promises but they are not able to fulfill whatever they say.
Now this is the litmus test as well as challenge for Maoists in Government to fulfill whatever programmes and policies the Government have brought forward to implement. Will they be successful to implement all programmes and policies efficiently ? I hope there will not be bickering among all political parties and they will not start to blame each other.
मन परे हरियो, नपरे रातोः
0
0
मन्त्रिजिहरु कागजमा मात्र हैन ब्यवाहारमा लागू गर अनि मात्र नेताजिहरुलाई सत्पात्र मान्ने छन् जनताले । नत्र कागजका फोस्रा खोष्टा देखेको धेरै भयो नेपाली जनताले । सपना बाँडेको धेरै भयो । बिकास केवल नेता, तस्कर र ब्यापारीहरुको पकेटमा सिमित बनेको अवस्थामा जनतालाई राहत दिने व्यवाहारिक कदम उठाउ । अल्प र दीर्घकालिन सोच लिएर । देशलाई बिकासको ठोस कदमको खाँचो छ । फोस्रा भाषण र सपना सुनेर र देखेर जनताको कान टट्टाइ सकेको छ आँखा ज्योतिबिहीन भै सकेको छ ।
मन परे हरियो, नपरे रातोः
0
0
seems great……….
मन परे हरियो, नपरे रातोः
0
0
कुनै नयाँ कुरा त छैन | अनि यति धेरै काम गर्न समय कति नि ? दुई महिना कि १० बर्ष ? अनि माओबादीको आचरणको बारेमा केहि छैन? कि गधालाई नुहाएर गाई बनाएको जस्तै हो?
मन परे हरियो, नपरे रातोः
0
0
Hmmm…. menu lobhlagdo chha… plate ma chai ke parne ho kunni …herdai jau…
2046 dekhi dherai prakar ka menu dekhna paiyo. Herdai jau herdai jau…
मन परे हरियो, नपरे रातोः
0
0
Based on the previous governments’ efficiency and experiences one can say that the policy and programme activites documented in the black and white seems ideal, however, while we look at its implementation phase, then one easily can see “the depth of the sea”, the government starts flying over in the air. This time how serious the government will remain, people will be monitoring and watching it closely.
मन परे हरियो, नपरे रातोः
0
0
समग्रमा हेर्दा र बर्तमान राजनैतिक समिकरणलाई समेत द्रिष्टीगत गर्दा यो निती तथा कर्यक्रम ठिकै लाग्दो छ। तर, केही अनुत्तरीत प्रश्नहरु अझै यथावत छन् । ति हुन:
१) स्थानीय निकायको पुनर्निर्माण र सशक्तिकरण गर्दा माओबादी जनसरकार र जनअदालतले ग्रामिन क्षेत्रमा परेका सकारात्मक प्रभावहरु, जस्तै सस्तो, सुलभ तथा प्रभावकारी न्याय, स्थानीय निकायलाई स्वाधिनता र स्वनिर्णयको अधिकार, स्था्नीय निकायको जातीय, क्षेत्रीय र बर्गीय स्वरुप र संघीयताको शिद्धान्तको आधरमा निर्मित स्थानीय गणतन्त्रहरु जस्तै मगरात गणतन्त्र, थारुवान गणतन्त्र, मधिसे गणतन्त्र, लिम्बुवान गण्तन्त्र आदीलाई सन्स्थागत गरिने छ कि छैन?
२) दन्डहिनताको अन्त गर्ने प्रक्रियामा अनावश्यक र असमानुपातीक शक्तीको प्रयोग गरी रोमियो, किलो शेरा २ देखी जनआन्दोलन २ सम्ममा दश हज्जार भन्दाबढी लोकतन्त्रकामी, संग्रामी साथै निर्दोश नेपाली बीर सपुतहरुको बाँच्ने अधिकारको हनन् गर्ने काममा प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा संलग्न राजा, युवराज, प्रधान मन्त्री, मन्त्री, राज्य मन्त्री, साहायक मन्त्री, सांसद, स्थानीय निकायका पदाधिकारीहरु, प्रसाशकहरु र बिभिन्न तह र तप्काका प्रहरी तथा सैनिक पदाधिकारीहरुलाई उपयुक्त कानून बनाई कार्बाही गरिन्छ कि गरिन्दैन?
३) राष्ट्रीय हितमा औद्योगिकरण गर्न बिदेशी लगानिलाई आकर्षित गर्दा स्थानिय जनताको ईच्छा, आकांक्षा र आवश्यकतालाई सर्बोपरी मानी काम गरिन्छ कि गरिन्दैन? भारतीय र चिनीयां SEZ (विशेष आर्थिक क्षेत्र) मोडेलको अवलम्बन गरी जनताबाट जबर्जस्ती प्राक्रितिक स्रोत र साधनहरु लुटेर बहुराष्ट्रीय निगमहरुलाई हस्तान्तरण गर्ने प्रब्रितीलाई नकारिन्छ कि नकारिन्दैन? माहकाली, कोशी, गण्डकीजस्ता राष्ट्रिय जलस्रोत तथा अन्य प्राक्रितीक श्रोत र साधनलाई बिदेश र बिदेशीको हातमा सुम्पिने परम्परालाई त्यागिन्छ कि त्यागिंदैन? बिगतमा भएका वा गरिएका असमान संधी तथा सम्झौताहरुलाई देश र जनताको हितमा परिमार्जन गरिन्छ कि गरिन्दैन?
मेरो बिचारमा यिनै प्रश्नहरुको उत्तरको आधारमा मात्र यो नीति तथा कार्यक्रमलाई मुल्यांकन गर्न सकिन्छ। हेर्दै जाऊँ के हुन्छ?
मन परे हरियो, नपरे रातोः
0
0
Wel-come to this programme of Interim Government of Nepal. If all of us assist our government, there is nothing we may not fulfill. Therefore , let us all Nepali help this government of ours.
Definitely,people will comment either this or that. If we comment how we can assist the government, that will be helpful.
Thanks.
मन परे हरियो, नपरे रातोः
0
0
“…..gafai ta ho ni samdhi” bhantyho euta le…..
मन परे हरियो, नपरे रातोः
0
0
We will wait and watch how it goes. Leaders will win some confidence of people if sucessful.
मन परे हरियो, नपरे रातोः
0
0
yo ta Pachayat kal dekhi sundai aayako rajnaitik chunawi dashtabej matra ho.
Chaudha barsa samma gareko kukirte sabai dal ko ra das barsa ko maoist ko bekti hatya baat bachna tya sabai Gyane ko thaplo rakher chokhina khojeko matra ho.
Kura ra kakaj matra hoina ra kam kehi kam garera dekhana phtaya lucha ho. Kati bhasan matra gareko.
waaka lagi sakyo ek barsa bhayo ke hi garna sakeko chhaina.
मन परे हरियो, नपरे रातोः
0
0
!!>>नमस्ते साथी हरु सबै मा !
!!उमेस जि ले यो ब्लग मा राख्न्नु भय को कुरा हरु साची भय देखि कति राम्रो होला होइन साथी हरु !! हाम्रो नेपाल मा यस्तो राम्रो कुरा हरु भय देखि किन नेपाली जनता ले दु:ख पाउलान र (इ)यी सबै कुरा नेपाल मा भय नेपाली जनता ले चा डै सुख पाउने थिय !! तर खोइ होला र यि सब कुरा हरु !! यस्ता राम्रा कुरा हरु हाम्रा देस का नेता ले गर्न थाले भने नेपाल एउटा बिकास मुलुक बन्न कति बेर लाग्ला र !! तर खोइ यो सब गरीब र सोजा जनता को मन भुलाउन को लागि आश्वासन मात्र होला !! राजा को सम्पत्ति राष्ट्रिय कारण गर्ने कहाँनी त साल नै बिती सक्यो आहिले त आठ (८) दल को सरकार छ !! खोइ आब नि नगर्ने त्यो काम !! हाम्रा नेता मन्त्री हरु जे कुरा नि गर्ने मात्र भन्छन !! भने का कुरा हरु गरे को पनि भय आज यस्तो नेपाली जनता ले डर र त्रास मा बाच्न्नु पर्दैन थियो होला !! आहिले यती लामो समय पछि बल्ल ८ दल को सरकार बन्यो आब त नेपाल सरकार आल्झिनु पर्ने काम मा बाधा हुने कुनै कुरा नै छैन !! जनता को चाहना अनुसार देस को दिगो शान्ति सुरक्षा बिकास को बाटो लाग्नु पर्ने हो तर खोइ आसा गाह्रोउ केही होला हाम्रो नेपाल मा आब त!!!>>>पूर्ण>>>लिम्बु>>>!!!
मन परे हरियो, नपरे रातोः
0
0
hya padhnai jhyau lagyo. ke ho ke. yetika dherai kura kasari garne? yo garikhane chhantkant hoina. you say just five things and do. We dont expect much.
मन परे हरियो, नपरे रातोः
0
0