-उत्तमबाबु श्रेष्ठ/बोस्टन-
२०५२ सालको मंसिरमा ४० सूत्रीय माग लिएर प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार जाँदा सिहंदरवारको गेटबाट मुस्किलले प्रवेश पाएका बाबुराम भट्टराईहरु र उनको पार्टी समयको अन्तरालमा त्यही सिहंदरवारको कुर्सीमा विराजमान हुन पुगेका छन् । माओवादी इतरकालाई मात्र होइन, माओवादी स्वंयका अगुवाहरुलाई पनि कमै विश्वास थियो होला उनीहरु यति चाँडै सत्ताका बागडोर सम्हाल्न आइपुग्नेछन् होला भनेर । तर नेपाली राजनीतिमा विगत १२ वर्षमा भएका अनेकौँ घटना र परिघटनाको श्रृंखलाले माओवादीहरुलाई २०५२ सालमा मागपत्र बुझाउन जाँदा भेट्न इन्कार गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीभन्दा बढी शक्तिशाली पार्टीको रुपमा सरकारमा पुर्याएको छ । संसारको राजनीतिमा विरलै देखिने विपरीतहरुको यो एकता कहिलेसम्म सँगै जाने हो, त्यो अर्को खोज हुनसक्ला, तर एकताका काँग्रेसलाई वर्गशत्रु र एमालेलाई हरियो घाँसभित्रको र्सप भनेर विश्लेषण गर्ने अनि वर्ग शत्रु मास्ने र संशोधनवादीलाई सिध्याउने अभियानमा लागेको माओवादी आज उनै काँग्रेस र एमालेसँगको सत्ता साझेदारी गर्न आइपुग्नुलाई नेपाली राजनीतिको विशिष्टता मान्नु पर्दछ ।
[समय अभावका कारण यो ब्लग बिना सम्पादन राखिएको हुनाले अशुद्धिका लागि क्षमा-मेरो संसार]

एक दशकभन्दा बढी समय सशस्त्र द्वन्द्व गरेको माओवादीको सत्तारोहण राष्टिय अन्तराष्टिय रुपमा चर्चित हुनु स्वभाविक थियो र भईरहेको पनि छ । त्यसको साथै राष्टिय र अन्तिरातिय क्षेत्रका विभिन्न तत्काहरुवाट राम्रा नराम्रा प्रतिकृयाहरु आईरहेका छन् त्यो पनि स्वाभाविक छ । तर राष्टियता, जनजीवीका र जनतन्त्र ४० सुत्रिय मागको फेहरिस्ते बोकेर, त्यसको आडमा जंगल छिरेका माओवादीहरु आज माग पुरा गर्ने कर्ुर्सर्ीी आई पुग्दा अव ती मागहरु कति पुरा भयो वा कहिले पुरा हुन्छन् वा फेरी त्यो माग पुरा गराउन अर्को समुह जंगल पस्नु पर्दछ । त्यो कुराको जवाफ समयमा नै खोजिनु आवश्यक छ । अनि त्यसको जवाफ कसरी दिने भन्ने कुरा माओवादीहरुका अबका व्यवहार र कार्यशैलीमा भर पर्दछ ।
प्रतिनिधी सभा संसदबाट जंगल छिरेको १२ वर्षछि लगभग ३५ हजारको आफ्नै पार्टर्ीीसेनालिएर प्रचण्ड कै शव्दको पुरानो सत्ताको विधायिका संसद प्रवेश गर्दा माओवादी शक्तिशाली त बनेको छ तर त्यो शक्ति प्राप्त गर्नको लागि हजारौ जनताको जीवन उर्त्र्सग भएको छ, लाखौ जनताका आँसु बगेका छन्, र अरवौ रुपैयाको भौतिक सम्पत्तिको क्षति पनि भएको छ । यसरी नेपाली राजनितीमा आएको यो नँया शक्ति सन्तुलनको कारण नँया शक्तिको रुपमा उदाएको माओवादीप्रति कौतुहलता, आशा, अपेक्षा र शंका उत्पन्न हुन स्वभाविक हो ।
अन्य दलहरुका विगत १४ वर्षो सत्ता संचालन विधीबाट वाक्क भएका जनताको एउटा पक्तिं माओवादीहरुको सिमीत कमी कमजारीका वावजुध पनि आशा र कौतुहल मिश्रति नजरले माओवादीलाई हेरीरहेका छन् । उनीहरुले के गर्छन, कस्तो व्यवहार गर्छन् के वोल्छन, कस्तो लगाउछन् सबै समाचार बनेको छ । किन भन्दा उनीहरुले विगत १२ वर्षा सबैभन्दा चर्को रुपमा सामाजिक न्याय, आर्थिक समानता, जातिय, क्षेत्रिय, वर्गिय र लैडिक भेदभाव विरुदका आवाजहरु उठाए । नेपाली समाजलाई रुपान्तरणको चेतना भर्ने काम गरे । २३८ वर्षेखि नेपाली समाजमा अभिन्न भनिएको राष्टिय एकताको प्रतिक ठानिएको राजतन्त्रलाई जरौदेखि हल्लाएर फाल्ने बिन्दुसम्म पुयाउन सफल भए । नेपाली समाजमा दशकौ देखि कथा भएको संविधान सभाको चुनावको नारालाई ठोस रुपमा साकार बनाउन लागि परे । तर ध्वस्त गर्नू एउटा पाटो हुन सक्ला तर अब ध्वस्त पछिको निमार्ण्र्ाार्ने बिन्दुमा उनीहरु आई पुगेका छन् । त्यसैले स्वमाभिक रुपमा उनीहरु प्रति आशा र अपेक्षाहरु हृुन्छन् । आम मानिसले भनिरहेका छन् हिजो हजारौ गाविस भवनहरु ध्वस्त पारेर, विकाश निर्माणका कार्यक्रमहरु अवरुद पारेका माओवादीहरु अव निर्माण मन्त्रालय र स्थानिय विकाश मन्त्रालय मार्फ कुन गतिमा विकाश निर्माण अगाडि बढाउछन् । कर्ुर्सिमा वसे लगतै माओवादी मन्त्रीहरुले हामीले मात्रै केहि गर्न सक्दैनौ भनेका भनाईहरु छापामा आए । मिलिजुली सरकार भएकोले एक पक्षले मात्र केहि गर्न सक्ने कुरो पनि आएन । निश्चीत रुपमा यो संसद, सरकारलाई संविधान सभाको निर्वाचन गर्ने जिम्मा दिइएको छ । त्यो काम नै यो सरकारको प्रथम प्राथमिकतामा पर्न सक्छ तर त्यसो भन्दैमा सरकारको गर्नु पर्ने अन्य दायित्वबाट पन्छिने कुरो पनि आँउदैन । जनआन्दोलन दर्ुइको सफलताबाट हौसिएका नेपाली जनताको आशामा विगत १० महिनामा भएका ढिलासुस्तीले पानी हाल्ने काम गरेपनि त्यो अन्तरीम सरकारको गठनसँगै पर्ुनजीवीत हुन थालेको आभास भएको छ । जनतालाई ठुला ठुला भाषण र चर्का नारा भन्दा दैनिक जीवनसँग सरोकार राख्ने कामहरु र्सवसुलभ र छरितो होस भन्ने चाहना हुन्छ अनि त्यसैबाट उनीहरुले सरकारको कार्य मुल्यांकन गर्दछन् । कम्तीमा मालपोत, अदालत, प्रहरी प्रशासन, शिक्षणसस्था, अस्पताल जस्ता जनताका दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलयहरुको कार्यशैलीमा सामान्य सुधार ल्याउन सकेमा पनि परर्ीवर्तनको छनक दिन सकिन्छ । अहिलेको यस सरकारबाट त्यस्तो अपेक्षा गर्ने धेरै छन् ।
माओवादी र दलहरुलाई मिलनको यो विन्दुमा ल्याउनका निलम्वित राजा ज्ञानेन्द्रको मति एउटा कारण हुन सक्ला तर सबैभन्दा महत्वपर्ुण्ा कारण नेपाली जनताको शान्तिप्रतिको अगाध आंकाक्षा हो । उनीहरुको त्यहि आंकाक्षाको कारण एकले अर्कालाई सिध्याउन लागिपरेकाहरुलाई एउटै विन्दुमा ल्याईपुयाएको छ । उनीहरुलाई यसबिन्दुमा ल्याई पुयाउन बलिदान गर्नेहरुको परिवारले यस सरकारबाट आशा गर्नु स्वभाविक हो । आशा गर्नेहरुको पंतिमा जनयुदको क्रममा र पछि राज्य र व्रि्रोहीहरु दुवै तर्फाट मारिएका तथा वेपता पारिएका परिवारदेखि अगं भगं भएका परिवारहरु अघिल्लो नम्वरमा पर्दछन् । उनीहरुको आशा छ, राज्यले उनीहरुलाई केहि राहतको व्यवस्था गरोस् सम्मानित गरोस । र दोषीहरुलाई कारवाहि गरोस् । वेपत्ता हुने परीवारहरुको आशा छ राज्यले कि त उनका आफन्तहरुको लाश देखाओस कि त सास । अनि आशा गर्नेहरुको अर्को सुचीमा राज्यबाट सधै हेपिएका भनिएकाहरु उत्पिडित ठानिएकाहरु जनजाती, मदेसी, दलित, महिलाहरु छन् । उनीहरुको आशा छ कम्तिमा राज्यले उनीहरुलाई तत्काल केहि गर्न नसके पनि उनिहरुले उठाएका मागहरुलाई संवोधन गरोस् ।
अनि माओवादी सत्तारोहणसँगै शंका गर्नेहरुको पंtmिमा अमेरीकादेखि माओवादी स्वंयका केहि नेता कार्यकर्ता पर्दछन् । अघिल्ला थरी माओवादीमा अझै सुधारको खाँचो औलाउछन् र माओवादीको विगतको हिंसात्मक कृयाकलापको कारण विश्वास गर्न नसकिने तर्क गर्छन भने अर्का थरी कट्ट माओवादी भनिनेहरु माओवादी संसदिय भासमा भासिएर नव एमाले बन्ने हो कि भन्ने शंका गर्दछन् । आशा, अपेक्षा र शंका सबैको आफ्नो आफ्नै भएपनि सबैको उदेश्य एउटै छ, माओवादीहरु देश र जनताप्रति इमान्दार बनुन् । माओवादी हतियार विहीन तर बैकल्पिक शक्तिको रुपमा परिणत होउन् । १३ हजार जनताको रगतमा प्रत्यक्ष लतपतिएर आएको कारणले पनि माओवादी अरु दल भन्दा जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ ।
शान्तिप्रति माओवादीहरुको हालसम्म देखिएको गम्भिरता, उनीहरुले विधायिका चयन गर्दा देखाएको समावेशीकरण र स्वतन्त्र मानिसहरुको लागि छुटाइएको सिटमा अन्य स्वतन्त्र मानिसहरुको चयनले माओवादीहरुलाई अन्य दलको तुलनामा कम पदलोलुप देखाएपनि दिनहुजसो उनका कार्यकर्ताका उढण्डताका खबरहरुले उनीहरुमाथि विश्वास गर्नेहरुलाई झस्काएको छ । माओवादीका मात्रै व्यवहार होइन, नयाँ नेपाल निमार्ण्र्ााे लागि हामी सबैको व्यवहार फेरीन आवश्यक छ । सुधार अन्य दलमा पनि गर्नु पर्ने धेरै छन् । अर्कालाई मात्रै दोषी ठान्ने हाम्रो मानसिकताको पनि सुधार हुन जरुरी छ । छोटो समयमा नेपाली समाजमा आएको यो रुपान्तरण र शक्ति सन्तुलनलाई सबैले बुझ्न जरुरी छ । समाजको परिवर्तन असंभावि छ । समयले हामी सबैलाई फेरी मौका दिएको छ । यसको सदुपयोग गरौं ।
[समय अभावका कारण यो ब्लग बिना सम्पादन राखिएको हुनाले अशुद्धिका लागि क्षमा-मेरो संसार]
No related posts.









लेख त राम्रो भन्नु पर्छ । अब सबैले केहि गनु पर्ने बेला आएको छ । यी कुरो र यस्तै राम्रा लेखहरु ००७ सालमा पनि भएको थियो, १७ सालमा पनि भएको थियो, ४७ सालमा पनि भएको थियो र २०६२ मा पनि । तर खासै हात्तीआयो आयो फुस्सा मात्र हात लाग्यो । अब जनता चाहि यी पुराना पाटिबाट आजित पनि भएकै हो । एउटै आशा चाहि माओबादीमा झुन्डीएको छ । अब के गर्छ हेर्न बाकि नै छ ।
जर्मनी कान्छा
मन परे हरियो, नपरे रातो
0
0
wow..
Article is verry interesting and analytic…
article should be like this .. not like…nonsense criticizing article…
keep it up uttam jee…
keep writing like this..
thanks for this
n umesh tooo
coz i m bidrohi
मन परे हरियो, नपरे रातो
0
0
Hi umesh jee,
Thanks for ur article.I wish maosit can held nation properly.
मन परे हरियो, नपरे रातो
0
0
Uttam jee
Thank you for article. off course, Maoists are not in full power. that`s why they can`t do whatever they want. but, it is a chance for them to show their attitude of responsibilty towards people. lets hope they will do best what they can.
And I agree with you that we must have good thinking to make the country good.
BM Shrestha
Tokyo
मन परे हरियो, नपरे रातो
0
0
Thanks Uttam Jee,
Excellent and relevant article.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो बिष्लेषण गर्नु भयको छ यसको लागि धन्यबाद । साच्चै तपाइ ले भने जस्तो अहिले को कामचलाउ सर्कार् मा माओबादि हरु बाट धेरै आस गर्नु बेकार् छ किन भने यो सरकार को मुख्य उद्यस्य भनेको समयमा सम्बिधान सभाको चुनाब गराइ देसलाइ नया दिसामा लैजानु रहने छ। अनि जाहासम्म कतै माओबादि हरु एमाले जस्तो हुने त होइन भन्ने तर्क छ अनि कतै माओबादि ले जुन जनता को मुक्ति को कुरा उठायको थियो यसमा सम्झौत गरेर पछाडि पर्ने हो कि भन्ने कुरा छ यो कदापि हुने छैन भन्ने मलाइ बिस्वास छ तर यो सङ्क्रमण काल मा माओबादि लाइ बदनाम गरायर आफ्नो राजनितिक स्वार्थ पुरा गर्न धेरै देसि, बिदेशि शक्ति हरु(दरबार् देखि सात प।र्टि का कतिपय नेत।,UAS, हिन्दु अतिबादि,मधेशि जन अधिकार् फोरम्,अनि स्व्यम माओबादिका केहि भगौडा नेता तथा कार्यक्र्ता,।।।) लागिपरेका छन यसबट उनिहरु जोगिनु(सचेत रहनु) र देस र् जनता को हितमा निरन्तर आगाडि बडिरहनु नै उनिहरु को प्र्मुख लक्छ हुनु पर्दछ।
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
माओबादी लाई यस्तो सफलता दीलाउने अरु कोही नभई उनै साक्षात् बिष्णुका अवतार “श्री ५ बांगेमु्न्टे बिर बिकृम शाहदेव” नै हुन्। उनको मु्न्टो बांगो भएकाले उनको आदरणीय पिताको बाटोमा हींड्न नजानी यस्तो हुन पुगेको हो।
म यो सम्पुर्ण उपलब्धीको श्रेय उनै बांगेमुन्टेलाई नै दीन्छु।
मन परे हरियो, नपरे रातो
0
0
ekdum nai ramro lagyo malai yo tapainle garnu vaako analysis…keep it up….
मन परे हरियो, नपरे रातो
0
0
उत्तम बाबु श्रेष्ठ
तपाईं को भना इ एक दम ठीक छ !!
राम्रो लेख्न्नु भय को छ !! शायद धेरै
नेपाली को मन सँग मिल्न जान्छ !!
धन्यवाद छ उत्तम जि लाई !!
मन परे हरियो, नपरे रातो
0
0
i wish maoist best of luck.we r with u to rebuild new nepal.
kep urs gud job & improve urs image.
Sate
Canada
मन परे हरियो, नपरे रातो
0
0
VERY POSITIVE ARTICLE.
Let’s all contribute somthing for our country. Its’ the time for reconcilliation. Our moto is to build new Nepal. Let’s take lesson from SOUTH AFRICA where all the races are working together to build the nation. There is no political conflict at all. Please.
मन परे हरियो, नपरे रातो
0
0
उत्तम जि
साह्रै राम्रो लेख्नु भो!धन्यवाद!तर मलाई एउटा के कुरा मा अचम्म लाग्छ भने राजनीति गर्नु त काङ्रेस्स् जस्तो पो त्,हिजो माओवादी जङल पस्दा पनि काङ्रेस्स् नै पावोर मा,माओवादी ले मारे पनि अधिकन्स् काङ्रेस्सि नै र आज माओवादी लाइ सुन पानी छ्ह्र्केर सत्ता मा लेउने पनि काङ्रेस्स् नै । हिजो पानी गिरिजा ठुलो,आज पानी गिरिजा नै ठुलो,र सबैले घृणा गर्ने नेता पनि गिरिजा नै!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
उतम जी, तपाईको लेख समय सान्धारभिक छ /
नेपालको राज्य ब्यबस्थाको बागडोर सम्हाल्ने हाल सम्मका कुनै पनि रज्नैतिक पार्टी वा समुहाले आर्थिक, राज्नैतिक र सामाजीक रूपले जातीय समानता, लैँगिक समानता , वर्गीय समानता र समान अवसरको मूल मुद्दाहरुलाई सम्बोधन गर्ना नसक्नु र निस्पक्छे न्याय ब्यबस्थालाई व्यबाहारमा लागू गर्ना नसक्नु नै मूल काराण हो अहिलेको नेपालको परिस्थिति……./
यी मुद्दाहरु नेपाली जनताहरुले मौन बसेरा वा अवाज उठाएर त्यो दिन सम्मा उठाउनेछन जब सम्मा राज्या ब्यबस्था सक्षम हुँदैन त्यस्लाई सम्बोधन गर्ना ……/ जब सम्मा यी सम्स्याहरु निर्क्योल हुँदैन तब सम्मा शक्ति सन्तुलनको लागी नेपाली समाजमा रूपन्तरण कार्य नियमित् रूपमा भैरहनेछ अझ तीब्र गतिमा…./
—चेतन—-
मन परे हरियो, नपरे रातो
0
0
Now rays of hope are only from Maoist. Other parties have already been rejected by general people.
मन परे हरियो, नपरे रातो
0
0
Namaste to everybody,
Uttam Babu Ji,
Yes, every party and especially Maobadi party they
have big responsibble .
And ofcourse we have also responsible for to make
divlope our country .
Yes it is the golden time to change our nepal .
Thanks a lot for responsible artical .
मन परे हरियो, नपरे रातो
0
0
Helli Uttam Ji,
I liked the way you analyzed and described. Definitely, we all have to change ourself for new Nepal besides blaming Maoist only for what happened int the past. Also, it’s obvious that people have hope towards them as other political parties have failed to address their desires.
I wish all the best to Maoist along with other Political parties for builing new Nepal.
Let’s make ourself new to make our Nepal new.
मन परे हरियो, नपरे रातो
0
0