मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    गौरमा के भएको थियो ?

    गौर घटनाका बारेमा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले गरेको अनुसन्धानको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । यससम्बन्धमा जारी प्रेस विज्ञप्तिको पूर्ण विवरण भित्र। केही झलक:

    O गौरमा भएका हत्या सबै नभए पनि अधिकांश रोक्न सकिन्थ्यो भन्ने कुरामा कुनै शङ्का हुन सक्दैन। प्रथमतः, हुनसक्ने झडप तथा हिंसा थाहा पाएर प्रभावकारी भिड नियन्त्रण सुनिश्चित गर्न कानुन कार्यान्वयन निकायको अत्यन्तै कमजोर तयारी थियो

    O राज्यको एउटा मुख्य दायित्व हत्याबारे तत्काल र पूर्ण अनुसन्धान गर्नु हो। अहिलेसम्म, यी हत्याका लागि जाहेरी दरखास्त दर्ता गरिएको छैन र उच्चायुक्तको कार्यालयले थाहा पाएसम्म यी हत्याबारे फौजदारी अनुसन्धान अझै सुरु गरिएको छैन। सरकारद्बारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्ना अनुसन्धान सुरु गर्नको निम्ति वैशाख ६ गतेसम्म गौरको भ्रमण गर्न गरेको थिएन।

    O कुनै पनि कुराले घटेका हत्यालाई न्यायोचित ठहर्याउन सक्दैन। तर, फोरमकै ठाउँ र समयमा र्‍याली को आयोजना गर्ने नेकपा–माओवादीको कार्य, अन्य ठाउँमा यसले गरेजस्तै, उत्तेजक थियो। यसका कार्यकर्ताले कम्तीमा एउटा हतियार र कम्तीमा एउटा सकेट बम पनि र्‍यालीमा ल्याएका थिए।

    O धेरै प्रतिवेदनले पीडित पाँच महिलामध्ये केही वा सबैलाई हत्या गरिनुभन्दा अगाडि बलात्कार गरिएको र/वा यौन अङ्गभङ्ग गरिएको दावी गरेका छन। प्रत्यक्षदर्शी वा अन्यसँग लिइएका आफ्ना धेरै अन्तरवार्ताका क्रममा, उच्चायुक्तको कार्यालयले बलात्कार वा यौन अङ्गभङ्गको कुनै प्रमाण पाएन। चिकित्साविज्ञका अनुसार, कुनै पनि पीडित महिलामा बलात्कारका बाह्य चिन्हहरू थिएनन्।

    संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल

    प्रेस विज्ञप्ति – २०६४ वैशाख ७

    _____________________________________________________

    गौर अनुसन्धानसम्बन्धी प्रतिवेदन उच्चायुक्तको कार्यालय–नेपालद्बारा विमोचन

    संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले चैत ७ गते गौर र छेउछाउका गाविसमा भएका हत्यासम्बन्धी आफ्ना अनुसन्धानका निष्कर्ष आज विमोचन गर्दैछ। यो प्रतिवेदन उच्चायुक्तको कार्यालयका टोलीले गौर तथा यसको वरिपरि र काठमाडौंमा प्रत्यक्षदर्शी, मानवअधिकार रक्षक, पत्रकार, चिकित्साकर्मी, सरकारी अधिकारी, सुरक्षाफौजका कर्मचारी, नेकपा–माओवादीका कार्यकर्ता, राजनीतिक दलका सदस्य, मधेशी जनअधिकार फोरम (फोरम) का प्रतिनिधि, जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह गुट), प्रहरी हिरासतमा रहेका थुनुवा र अन्यसँग लिइएक १७० भन्दा बढी अन्तरवार्ताको उत्कर्ष हो।

    चैत ७ गते मृत्यु भएका २७ जना – अधिकांश नेकपा–माओवादीसँग सम्बन्धित – को पाशविक तरिकाले हत्या गरियो। गौरमा र अन्यत्र भएका कैयौं अघिल्ला घटनामा फोरमका भेलाहरूमा नेकपा–माओवादीले आक्रमणा गरेपछि फोरमका प्रतिनिधि‌ स्वयं तथा समर्थकहरू नेकपा–माओवादीसँग सम्भाव्य झडपका लगि तयारी गर्दै गरेको कुरा उच्चायुक्तको कार्यालयका अनुसन्धानले देखाउँछ। गौरमा भएको फोरमको र्‍यालीसँग सम्बद्ध युवायुवतीलगायत धेरै व्यक्तिसँग भाटा (बाँस चिरेर बनाइएको लाठी जस्तो लामो वस्तु) थियो, जसले, प्रयोग गरिएमा, घातक परिणाम ल्याउन सक्थयो र ल्यायो पनि।

    करिब एक दर्जन युवाले नेकपा–माओवादीको मञ्च भत्काएपछि राइस मिल क्षेत्रमा सो घटना घटेको थियो। त्यसको प्रतिक्रियामा नेकपा–माओवादीले फोरमको मञ्चमाथि धावा बोल्यो। सुरुमा भागेपछि उनीहरूभन्दा निकै सानो सङ्ख्यामा रहेका नेकपा–माओवादीका कार्यकर्तामाथि फोरमका समर्थकहरूले जाइलागे। यसपछि भएको आक्रमणमा चार महिला तथा एक १७ वर्षीय किशोरीसहित २७ व्यक्तिको हत्या गरियो – त्यसमध्ये एकजना बाहेक सबै भाटा र लाठीको प‍हारबाट।

    गौरमा भएका हत्या सबै नभए पनि अधिकांश रोक्न सकिन्थ्यो भन्ने कुरामा कुनै शङ्का हुन सक्दैन। प्रथमतः, हुनसक्ने झडप तथा हिंसा थाहा पाएर प्रभावकारी भिड नियन्त्रण सुनिश्चित गर्न कानुन कार्यान्वयन निकायको अत्यन्तै कमजोर तयारी थियो भन्ने कुरामा यी घटनाले जोड दियो। आयोजकहरूलाई र्‍याली सार्न वा स्थगन गर्न सम्झाएर हिंसा हुन नदिन नेप्र र सप्रब विफल भए। तिनीहरू हिंसा भडकिएपछि यसलाई रोक्न विफल भए। तिनीहरू आक्रमणमा परेकालाई संरक्षण गर्न विफल भए र तिनीहरू कुनै पनि पक्राउ गर्न विफल भए। सुरक्षा तथा कानुन व्यवस्थाको समन्वय गर्ने संयन्त्र – प्रमुख जिल्ला अधिकारीले अध्यक्षता गरेको जिल्ला सुरक्षा समिति – बिग्रियो र ¥यालीका दिन काम गर्न विफल भयो।

    राज्यको एउटा मुख्य दायित्व हत्याबारे तत्काल र पूर्ण अनुसन्धान गर्नु हो। अहिलेसम्म, यी हत्याका लागि जाहेरी दरखास्त दर्ता गरिएको छैन र उच्चायुक्तको कार्यालयले थाहा पाएसम्म यी हत्याबारे फौजदारी अनुसन्धान अझै सुरु गरिएको छैन। सरकारद्बारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्ना अनुसन्धान सुरु गर्नको निम्ति वैशाख ६ गतेसम्म गौरको भ्रमण गर्न गरेको थिएन। यो आयोग महत्वपूर्ण भए पनि यसको कार्यले कुनै पनि प्रकारले ती जिम्मेवारलाई न्यायको अगाडि ल्याउन फौजदारी अनुसन्धान तथा अभियोजनको प्रतिस्थापन गर्न सक्दैन। कुनै पनि अनुसन्धानले व्यक्तिविशेष पीडकहरूको मात्र अध्ययन गर्ने होइन, हिंसा र हत्या पूर्वनियोजित थिए कि र कसद्बारा थिए भन्ने, एवं राज्यअधिकारीहरू चुकेको कुराको पनि अध्ययन गर्नुपर्दछ।

    गौरको घटनाले फेर एकपटक कानुन कार्यान्वयनलाई आधारभूत रूपले बलियो बनाउनु पर्ने तथा सुधार गर्नुपर्ने आवश्यक्तामा जोड दियो। स्थानीय अधिकारी तथा सुरक्षाफौजले सशस्त्र समूह र विशेषतः निर्वाचनको सन्दर्भमा शान्ति तथा सुरक्षा खलबल्याउने हिंसात्मक कार्यहरूको सामना गर्न उपलब्ध सबै साधनको प्रयोग गर्न निर्देशन पाएको भन्ने चैत १९ गते गृहमन्त्रीले गरेको घोषणालाई उच्चायुक्तको कार्यालयले ध्यानमा लिएको छ। तर, उच्चायुक्तको कार्याल‍य शान्ति तथा निर्वाचन प्रक्रियाको सन्दर्भमा राज्यलाई सुरक्षाको प्रत्याभूति गर्न, जीवन र भेला तथा अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण गर्न सक्ने बनाउन अल्पकालका लागि तत्काल अतिरिक्त उपायहरू उठाइनु पर्छ भन्ने विश्वास गर्दछ। यिनमा भिड नियन्त्रण तथा दङ्गाको स्थितिमा सप्रबको भूमिकालगायत यसको वर्तमान भूमिका र प्रयोगको समीक्षा, प्रजिअ तथा जिल्ला सुरक्षा समितिको भूमिका तथा कार्य र कानुन कार्यान्वयन गतिविधिको स्थानीय तथा राष्ट्रिय स्तरमा समन्वय पर्दछन्। फौजमा मधेशी तथा अन्य सीमान्तकृत समूहहरूको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न प्रहरीको संरचनाको समीक्षा गर्नु अत्यावश्यक छ। यसले तराईमा प्रहरी कारबाही तथा समुदायहरूसँगको सम्वादलाई सहज बनाउनेछ।

    सेप्टेम्बरमा उच्चायुक्तको कार्यालय–नेपालले सन् २००६ अप्रिलको जनआन्दोलनको क्रममा भएको बलको अत्यधिक प्रयोगसम्बन्धी आफ्नो प्रतिवेदनमा कानुन कार्यान्वयनलाई बलियो बनाउन शृङ्खलाबद्ध सिफारिसहरू गर्‍यो, जुन अझै कार्यान्वित हुन बाँकी छन्। साथै, अप्रिल जनआन्दोलनको क्रममा गरिएका उल्लङ्घन, अन्य कुराका अतिरिक्त, को अनुसन्धान गर्न सन् २००६ को जुलाईमा स्थापित रायमाझी आयोगको प्रतिवेदन, निष्कर्ष र सिफारिस कहिल्यै पनि सार्वजनिक नहुनु अत्यन्त खेदजनक छ।

    अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी लिखतहरूअनुसार व्यक्ति र समूहको पनि, तिनका आफ्ना अधिकारको उपभोग गर्दा, अरूका अधिकारको सम्मान गर्ने दायित्व तथा कर्तव्य हुन्छ। चैत ७ गते फोरमले स्वयंले, प्रयोग गरिएमा घातक हुनसक्छ भन्ने थाहा हुँदाहुँदै, तयार गरिएका भाटाले सशस्त्र सयौं आफ्ना समर्थकलाई गौरमा जान दियो। फोरमका समर्थकहरूले हतियार बोकेको कुरालाई होइन भन्न पनि सकिदैन। हत्या स्वयं पूर्वनियोजित थियो भन्ने आरोपहरू पुष्टि गर्न उच्चायुक्तको कार्यालयले सकेन तर यसलाई नकार्न सकिदैन। कम्तीमा पनि, फोरमका समर्थकहरू घातक हतियार प्रयोग गर्न तयार थिए। फोरमका नेताहरूले हिंसाको कुनै पनि प्रयोगलाई द्बिविधारहित ढङ्गले त्याग्नुपर्छ तथा कार्यकर्ताहरूलाई, फोरमसँग जतिसुकै खुकुलो किसिमले आबद्ध भए पनि, हतियार बोक्न र हिंसाको प्रयोग गर्न नदिन आफ्नो सामर्थ्यले भ्याएसम्म सबै कदम उठाउनुपर्छ। तिनले र्‍यालीमा भाटा र बाँसका लाठी बोक्ने कार्यलाई रोक्नुपर्छ। तिनले हत्याका लगि जिम्मेवारको निर्क्यौल गर्नमा सहयोग गर्न गौरमा घटनाहरूको अनुसन्धान गर्न राज्य अधिकारीहरूलाई पनि सहयोग गर्नुपर्छ।

    कुनै पनि कुराले घटेका हत्यालाई न्यायोचित ठहर्‍याउन सक्दैन। तर, फोरमकै ठाउँ र समयमा र्‍याली को आयोजना गर्ने नेकपा–माओवादीको कार्य, अन्य ठाउँमा यसले गरेजस्तै, उत्तेजक थियो। यसका कार्यकर्ताले कम्तीमा एउटा हतियार र कम्तीमा एउटा सकेट बम पनि र्‍यालीमा ल्याएका थिए। यस्ता कार्य बाँच्ने, अभिव्यक्ति तथा भेला हुनपाउने अधिकारका घोषणाहरूसँग असङ्गत छन्। नेकपा–माओवादीको नेतृत्वले आफ्ना कार्यकर्तालाई भिन्न राजनीतिक मत भएका सङ्गठनका र्‍याली तथा राजनीतिक गतिविधिलाई नबिथोल्न स्पष्ट निर्देशनहरू दिनुपर्छ। नेकपा–माओवादीका कार्यकर्ताहरूले हतियार वा बिस्फोटक पदार्थ नबोकून्, र उनीहरू प्रदर्शनमा वा सोभन्दा अगाडि हिंसात्मक वा धम्क्याउने कार्यमा संलग्न नहोओन् भन्ने पनि यसले सुनिश्चित गर्नुपर्छ।

    नेकपा–माओवादी र फोरम दुवैले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डविपरित १८ वर्षमुनिका बालबालिकालाई आफ्ना र्‍यालीमा समावेश गरी तिनलाई हानिको सम्भावनमा खुला गरिदिए; एक बालिकाको मृत्यु भयो। दुवै सङ्गठनले ती सिद्धान्तको पूर्ण रूपले सम्मान गर्नुपर्छ र हिंसाको सम्भावना हुने रानजीतिक र्‍यालीमा युवाहरूको प्रयोग नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ।

    धेरै प्रतिवेदनले पीडित पाँच महिलामध्ये केही वा सबैलाई हत्या गरिनुभन्दा अगाडि बलात्कार गरिएको र/वा यौन अङ्गभङ्ग गरिएको दावी गरेका छन। प्रत्यक्षदर्शी वा अन्यसँग लिइएका आफ्ना धेरै अन्तरवार्ताका क्रममा, उच्चायुक्तको कार्यालयले बलात्कार वा यौन अङ्गभङ्गको कुनै प्रमाण पाएन। चिकित्साविज्ञका अनुसार, कुनै पनि पीडित महिलामा बलात्कारका बाह्य चिन्हहरू थिएनन्। उचित प्रमाणीकरणविना भएका यस्ता आरोपहरूको सार्वजनिक विस्तारले पीडितका आफन्तको बेदनालाई बढाउने मात्र काम गरेकोमा उच्चायुक्तको कार्यालय चिन्तित छ।

    आफ्ना नागरिकका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने र बाँच्ने, अभिव्यक्ति तथा भेला हुने स्वतन्त्रताको सम्मान सुनिश्चित गर्ने सरकार र राज्यको दायित्व हुन्छ। गौर घटनाले ती अधिकारका सम्मानको नाजुकपना र तिनलाई संरक्षण गर्ने राज्यको क्षमतालाई देखाएको छ। त्यो प्रक्रियाको क्रममा निश्चित अधिकार तथा हितको पूर्तिको अभियानमा संलग्न सबै दल र सङ्गठनले अरूका मतको सम्मान गर्न तथा हस्तक्षेप, धम्की वा डरत्रासविना अरूका राजनीतिक गतिविधि हुन दिन अत्यावश्यक छ।

    चैत ७ गतेका घटना फेरि नदोहरिउन् भन्ने सुनिश्चित गर्न शान्ति तथा निर्वाचन प्रक्रियाका सबै पात्र – र विशेषगरि राज्य – कर्तव्य र उत्तरदायित्व हो। शान्तिपूर्ण तरिकाले अभिव्यक्त राजनीतिक विचार र मागहरूको सहिष्णुता सबै पात्रद्बारा निष्ठा जनाइएको मूल सिद्धान्त हुनुपर्छ। सम्वाद र अरूको सम्मानले हिंसा र डरत्रासमाथि विजय गर्नुपर्छ भन्ने कुरा सबै पक्षबाट साँचो अर्थमा मानेमा मात्र निर्वाचन तथा शान्ति प्रक्रिया सफल हुनसक्छ।
    यो पनि हेर्नुस्
    Exclusive: गौर काण्ड हुँदै गर्दाको भिडियो
    गौरमा के भएको थियो ?
    गौर काण्डः कसरी बनेछ योजना ?
    गौर प्रतिवेदनः सरकार, माअ‍ोवादी, फोरम तीनै पक्ष जिम्मेवार
    गौर प्रतिवेदन: झडपबाट मात्र मरेका हैनन्
    गौर घटना दोहोरिन सक्छ

    No related posts.

    24 comments to गौरमा के भएको थियो ?

    • Chandra Khaki

      Umeshjee,
      Regarding Gaur massacre, we (15 journalist) had done field visit and prepared report which was pubished in your site too. Due to security reason, we was unable to state the name of pepole to whome we had met.

      I have a video footage of an old man, in which he has clearly mentioned the true story of Bodhimai mandir of Hajmaniya. He has clearly mention in that video that three nepali sisters were raped, there breast was chopped and was burnt alive even they were pelading them not to kill but keep them as their wife. If UN body can provide full security and gaurentee the life of that old man, I can provide that video to you to pubish in your site or any other authorised perosn which will tell the truth about that incident. I suspect, UN went there with the police force and that prevent people to tell the truth. Most of the people to whom we met in gaur suspected that police was with forum at that massacre.
      Moreover, any one can easily know that you can not find and outer evidence of rape when they were burnt alive.

      Most of the fact, provided by UNHRN report are true but it is not complete. Yes, maoist ego is also responsible for that massacre because organizing program in same venue at same time provided the open space to MJForum to commit that crime, but this will not justify the barbaric crime committed by mjforum who had come there with fatta (bamboo stik) and guns.

      Chandra

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narendra Bista

      umesh ji,
      jasle je bhanepani forum hos wa morcha. ti sabai maobadi bat chhuttiyar aayaka hun, jun ghatana bhaya yasko sutrapat garne ta maobadi nai ta ho ni. hijo anya lai maobadi le suraki tatha anya aaropma jun tarikale mare tyahi aaj forum ra anya madhesi samuha le gare, tesaile khali tuppo matrai kater kehi hundaina jaramanai sudhar hunu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ss

      raj,

      your analysis may be good for politics but as a case of killing , i do not agree with you. It is not matter of support and agianst but matter of lost of human life . who involved behind this , each and every culprit should be punished , only this is my understanding.
      ss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      The commentors who are daring to veil the Gaur Massacre deserve the same bloody fate.

      Those who think criminal MJF as the representation of Madheshis are real enemy of sober Madheshi people. They are inviting military operation in Madhesh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      First of all I would like to say that the incident that happened in the Gaur was very sad. 27 peoples have lost their lives. Who is responsible for that incident is an issue these days. Many people in this blog are saying that the main responsible for this is FORUM. But I think Maoist is equally responsible for this incident. If I am wrong then can you tell my why MAOIST planned their program on the same day, same time, and same venue which was already planned by FORUM? Is this not a reason for the incident that happened in the GAUR? Maoist always tried to disrupt the program of other party. For another example Lahan incident, Nepalgaung incident. How you can expect good governance from MAOIST as their behavior is totally Jangali.

      What would be your comment if UNHCR report would say the main responsible for this incident is FORUM? I think you would have supported them. The main problem in your thinking is that you people are not taking madhesis as a Nepalese people. The incidents in tarai are happening due to this reason.

      Many other originations have made reports earlier. And they blamed that the main responsible for that in FORUM and you people also accept that report because that was against FORUM i.e. that was against madhesi people. If your thinking towards madhesi is not change then this problem will not solve. So, if we want to solve this problem then there should be change in thinking of all pahadi towards madhesi. This can be possible only if there is equal presentation of every community in the Nepal government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hoina, sansar lay maneko UNHCR lay sabai kura ko investigation garera, analysis garera, nispakchha bhayera nikaleko report lai chai napatyaera , Ke INSEC,Padmarant,Shyam sherestha justa human right activitis bhanne lay Gaur ma gayera kehi kura nabhujhi, investigation nagari baised bhayera yo jammai dosh forum ra sarkar ko matri ani YCL chai pani maathi ko ovano ho bhanne kura lai chai biswas garne. sabai 100 % kura report ma cover nabhayekohola tara YCL,Forum ani Government sabai doshi chhan Gaur narasammhar ko yo yekdum sahi ho…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Min

      For the commentators who are in favor of killing innocent people, are you human being? Do you have heart or …? Whoever was killed, you as a human being should stand against this kind of killings. I wish this had happened to you and your family and then only you would feel the true pain. Choor neta they just need power and don’t care about others.

      Who believes on these kinds of reports? We know that they have right to say anything. We already witnessed the reality and we don’t need any report to find out the guilty. They might even say nobody was killed and burnt alive and no girl was killed in the incident. Thank for the true and biasless report.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak Sharma

      The Gaur report of OHCHR has reduced the belief of Nepali poeple had towards it. The biased report of the organ of UN seems like of US. Many Nepalese are getting confused to find out differences between UN and Us in the context of Nepal.
      The report that says the girls that were killed in gaur were not raped or genitial multilations, but most of the Nepalese humanright organizations have said that they were group raped and genitial multilation. What does rape means to UN of Lena Sundh ? This one fact proves that Un is speaking the language of US.
      A true Nepalese cannot accept this report.
      Kathmandu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      Please take note that UNHCR should be in balance.
      So better they should have some standard format for such reports. What about time of investigation??? It may come more balanced report if they have investigated even a month or a year later rather than blaming others
      Does the name of UNHCR carries any authencity???
      Bullshitt!!!
      Killing people cannot be justified by any reasoning.
      The sole responsibility of killing should be taken by so called MPRF-a group of dacoits. It was preplanned massarce.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      Well Nepalese loves propoganda and here I can see again. Just take this way – who was the cause for this weren’t maoist the cause. They went there at the place which was prepallned by forum so maoist should take all the responsibility for igniting the voilance. They gave the opportunity for the forum. If forum people had been killed then would Prachanda say the same word. If forum people we re killed then Prachanda wouldn’t have seen Nepalese being killed there. His cadre are only the Nepalese janata. If he justifies the killing of 13,000 nepali a small contribution for 10 years war then I would say such 30 killings is just nothing for the establishment of true loktantra. People like Prachanda enjoys the bloods as it helps him to become bhabuk time to time.

      Same on us (Nepalese) who sees politics even on the corpse. If you think that was killing then why ur eyes cannot see the killings of 13,000 people. If you think people responsible for killing 30 people should be punished then why forget the killings of 13,000. If Prachanda say 13,000 was killed for gaining freedom from the royal then Forum can justify saying those killings was for the freedom of Madhesh.

      The winner takes it.

      So just shut mouth and wait how many such killings will occur and then hear the winner’s voice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. Nepali

      सरकार कमजोर भए पछि के लाग्छ– एस्तो काण्ड फेरी फेरी पनि नदोहोरियोस्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      Who respects UNHCR if it mimics Moriaty. Little faith UNHCR had, has gone completely.

      I am worrying about ordinary Madheshi people of Terai, because MPRF and other criminal gangs are inviting military operation and it seems so be necessary evil.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sinoy - USA

      There are already so many commissions formed to investigate so many things. Now it’s time to form commissions to know why we had so many commissions but no actions at all. If all the 3 parties (Mao, MRF & Gvmt) were responsible who is gonna take actions and against whom?

      This is just a crap.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ss

      Actually as a human rights lawyer i am not agree with this so called report.
      they are trying to make report balance but name of balance they are distibuting some false things because,
      1. how can OHCHR proved there was no rape? what is meaning of rape? read carefully,
      2. they have not mention single word about brutality way of killing , like example intension of killing and just acdient is totally different things in human rights law. LIke example these who involved in killing , in many case they captured and killed the people and how can OHCHR said that are not intention of killing\plan of killing.
      3. OHCHR not mentioned about method of killing is used bamboo stick but they did not say , groups involved in kill one person. but IHCHR not mention in this things.
      4. OHCHR just blame police but they have to proof what was the mechanism police used to prevent .
      5 OHCHR has public this report as a political party`s or less than a NGO report.
      There is no any legal analysis behind the cases. May be cause of it is press release , still i have not chance to read about full and fledge report then we can analyse and comment it properly.

      Me as a student of human rights and a observer at the moment, i am fully disappointed with this report. and it is not about any ideology , it is about HUman life. and these friend who blaming each other because of their political ideology but pls do not mislead the case. I think you all are well educated people , if we mislead the truth then who else correct it. we all know in nepal , there is not willing to protect human rights and such situation Like OHCHR( who suppose to be export in this field)also making such worthy report what else people hope from it.
      But i am fully agree in other part in this case maoist also did wrong just making program same day and same time but it does not justify to barbaric killing of civilians and inocent girls.

      and government just like observer.

      SS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      We nepalese are more or less in the same level of ill mentality. Be neutral and judge the incident then compared with the bias ones you will certainly notice the difference. Is it good to kill someone inhumanely? Are you guys supporting killing in our peacefull nation (used to be) we will certainly have peace once Girija left Nepal forever.

      Pray to GOD to take away Girija with Ganesh man shrestha. Ganesh man was the real leader. Girija, bark like a roaming dog saying this time AAYOG (RAYEMAJHI one) won’t be like Maalik one. We saw how he can bark and act in real life. He (Girija) is a shit for our country. He is one who is responsible for this situation. He gave birth to maoists. Now he wants to bear them like his sons’ although he has no real son. His daughter is a puppet of india.

      Corruption free mentality and corruption free society is the need of the time guys. Pray for them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sugandha,china

      dear umesh ji ,
      recently i come to know that u.n.o. hadn’t even pay any government tax on airport from begining of the programme of maoist and government agreement.so how can we say that it is pure organisation .it is just like nepal government ,afterall like nepali leader who were paid by india and us and russia ,i heard that majority of fund for u.n.o. is from u.s.a and and from other devlop country negligible is from other undevloped country ,so how can we expect from u.n.o.?you recently see lobbying for general secretary candidate of u.n.o. all devlop ed country were in one side like u.s.a.,u.k.australia,.so this kind of report is like speech of james moriarty.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      राष्ट्रसंघ संग सम्बद्ध आयोगले यस्तो बकबास रीपोर्ट देला जस्तो मलाई लागेको थे’न। अझ १ बर्ष पछी छानबिन गर्न जानु पर्थ्यो अनी तथ्य थाहा पाईन्थ्यो होला, अली चांडै भयो राष्ट्रसंघीय आयोगलाई।
      तेत्रा मानब अधिकार आयोग सबै ठग थीए? अमेरीकाको प्रेशर जस्तो छ माओबादी को पक्षमा साहानुभुती नजाओस्‌ भनेर। तर सत्य कुरालाई त सत्य भन्नु पर्यो नी राष्ट्रसंघीय आयोगले पनी ठगी गर्नु हुन्छ? की फोरम का कार्यकर्ता संग कोठे अन्तरवार्ता लीएर रीपोर्ट बनाएको हो? चोर घुस्याहाहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      Janak and Anil,

      Was not there barbaric massacre of the captured youth ? What a irritating comment! It will not be a shame if you have the same fate. God bless you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      नेपालको बिडम्बना यो छ कि हरेक आन्दोलन पछि नेपाली कांग्रेशको नेत्रित्वमा सरकार बन्छ; फलस्वरुप आन्दोलनका उपलब्धिहरु तुहिन्छन् र राजनैतिक बिकृतिको महांमरी पैदा हुन्छ ।

      गौरहत्याकाण्डका अपरधिहरु कांग्रेशलाई चुनाव जिताउने ठेकेदारहरु रहेछन् । अनि त पाखण्डि कांग्रेशि नेत्रित्वले त्यस्तो पशविक घटनालाई त्यतिकै बिस्तर्याउदै छ ।

      माओबादीसंग नैतिकता छ भने गिरिजाको बिर्ता (मन्त्रिमण्डल) मा नतमस्तक भएर सरकारमा बस्नु हुदैन । माओबादीले आफ्नो सैन्यशक्तिको सदुपयोग गरी जनताको सुरक्षा र सिर्जनशील काम गर्दै जनताको मन जित्नुमा नै देश, जनता र स्वयम् माओबादीको कल्याण हुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • तुमुल

      गौर घटनामा फोरमले जघन्य रूपमा मान्छे मारेको कुरा यो रिपोर्टले साबित गरिदिएको छ । फोरमले भारतबाट मानछे ल्याएर यो काम गराएको थियो भने ऊ अझै अराष्ट्रिय पनि हो ।
      यो रिपोर्टले माओवादीलाई दूधले नुहाएर चोखाउन खोज्नेहरूको नियतलाई बढारिदिएको छ। धेरैले फोरमको जघन्यतालाई जति दुत्कारे पनि, माओवादीहरू ने यो घटना सिर्जना गराउन आतुर थिए भन्ने कुरा यो अनुसन्धानले सिद्द गरिदिएको छ । किनभने माओवादीले फोरमका मान्छेलाई कुनामा पुर्या‍एर सबक सिकाउन सकिन्छ भनेर नै फोरम के ठाउँमा कार्यक्रम राखेर घटना निम्त्याउन खोजेको हो।
      जे होस माओवादीका शन्तिपूर्ण राजनीतितर्फको बाटोमा धेरै हतियारवादी दम्भ अवरोधक बनिरहेको छ , यो सामान्य कार्यकर्तादेखि मातृका यादवसम्म देखन सकिन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anil

      In my mind, UNHCR would not have any reason to be INTENTIONALLY biased, and with worldwide experience of such, it is a professional organization.

      That said, I think some of the previous reports by Nepali Human Rights Organizations, claiming rape and genital mutilations, were either politically influenced to sideline the MPRF, or a product of cultural bias of Pahadi dominance of such organizations against the Madhesis. Those organizations should, at least, clarify their reports one more time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Janak

      Please send it to DR. MATHURA SHRESTHA, so-called DR. and human-right activists!

      Please investigate HOW MUCH MONEY such propagandist took money from Maoists.

      If Dr. Mathura Shrestha had any morality, he should have commited a suicide by now, for his bare naked false statements!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krish sapkota (Sydney)

      जे भएपनि गौर् घटना साह्रै पिडादाँयाक् थियो ।त्यस् घटना मा संलग्न् दोशीहरु लाई चाँही कदा भन्दा कदा कारबाही गर्नु पर्छ हेरौ माओवादी संमेत् संलग्न सरकार ले के कस्तो कारबाही अगाडि वडाउछ !

      हुन त यो सरकार ले जनान्दोलन् दबऊने माथि कारबाही गर्छ भन्ने पहिला पहिला सुनिन्थ्यो र आज गरिराछ………… यो पनि तस्तै त होला नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सारा जनता ले थाहा पाएका कुरा यो हो कि यस्तो जघन्य अपराध गर्नमा भारतिय आपरधि को हात छ भनेर तर पनि आफ्नै देश्मा बिदेशि डाकाहरुको सहयोग बाट हत्या हिण्सा मच्चाउन खोज्ने कथित मधेशि जनाधिकार फोरम लाइ सर्कार्ले त केहि गर्न सकेन सकेन तर माओबादिहरु पनि चुप्चाप बस्नु भनेको चाहि हाम्रो नेपालको अस्तित्वमाथि बिदेशिहरुलाइ विशेश गरि भारतिय विस्तारदबादि हरुलाइ रजाइ गर्न दिनु भन्दा अरु केहि होइन हैन त?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker