मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रश्न

    -दीपक अर्याल-

    अब के होला? राजनीतिप्रति चासो राख्‍नेहरूका माझ आम चासोको विषय र प्रश्न हो। निर्वाचन आयोगले संविधान सभाको चुनाव नहुने घोषणा गरिदिएपछि अबको राजनीति के होला? कम्युनिष्टका प्राय: घटकहरू बाहेक अन्यले चुनाव नहुने घोषणालाई सामान्यरूपमा लिइरहेका छन् भने शेरबहादुर देउवाले त यो घोषणाको स्वागत गरेको समाचार प्रसारण भएको थियो। यो संयोग हो या अरू केही भन्न सकिँदैन तर दक्षीणपन्थी धारको नेतृत्व गर्नेहरू सबैले संविधान सभाको चुनाव स्थगनलाई त्यति ठूलो महत्त्व दिएका छैनन् र खुशी नै देखिएका छन्। यसलाई एनजिओ, व्यापारी, पुराना राजा समर्थकहरू, विदेशी कुटनीतिक नियोगका पदाधिकारी, कर्मचारी लगायत धेरैले सकारात्मक रूपमै लिएका छन् र कतिपयले त चुनाव हुन नसक्ने कुरा पहिलै नै अनुमान गरिएको विषय हो भन्‍ने गरेका छन्।

    माओवादीले छिटो चुनाव गराउनु पर्छ भन्नु र अन्यले माओवादीका कारण वा शान्ति सुरक्षाका कारण चुनाव हुन सक्दैन भन्नुले के दुरगामी असर पर्ला? के संविधान सभाको चुनाव होला? अथवा कस्तो परिणाम आउला? तराईमा के होला? आदिवासी जनजातिको मागलाई सरकारले कसरी सम्बोधन गर्ला? उत्पिडीत दलीतहरूको समस्या समाधान होला? निरन्तरको झै-झगडा पछि हुने चुनावमा वर्तमान राज्यसंचालनमा रहेका पार्टीहरू बलियो होलान् कि राजाको पक्ष बलियो होला? आदि आदि

    अनुमानै अनुमान र प्रश्नै प्रश्नका माझ थुप्रै शंका उपशंकाहरू उब्जिरहेका छन्। संविधानसभाको चुनाव पछि धकेलिँदा कुनै पहाड खस्दैन भन्‍नेहरू थुप्रै देखिन्छन् तर मेरो अनुमान के हो भने ८ दलको वर्तमान कार्यशैली, तराईमा बढिरहेको अशान्ति, पहाडमा जातीय युद्ध शुरू हुन्छ भनेर फैलाइएका हल्लाहरू, वा ७० प्रतिशत हिन्दूधर्म मान्‍ने मान्छे भएको देशमा ८ पार्टीले हिन्दू धर्म मास्न खोजिरहेका छन् भनेर गरिएको प्रचारहरू केवल संयोग मात्र होइनन् यसले वर्तमान सत्ता, पार्टी र लोकतन्त्रलाई कमजोर बनाइरहेको छ र विगतको सोच, सत्ता वा मानसिकतालाई बलियो बनाउने कोशिस गरेको छ। एकवर्षमै लड्ने र झै-झगडा गर्न सक्ने पार्टीहरूलाई अझ एकवर्षसम्म यसै गरी झेल्न पर्यो भने हिजोको सत्ताले गरेका सबैखाले अन्याय, अत्याचार र अपराधलाई बिर्सन नेपालीलाई कति समय लाग्ला? मेरो मान्यता छ, एक वर्ष अगाडि गरेको संघर्ष विर्सिसक्ने नेपालीहरूले अब एक वर्ष यस्तैखाले शासन व्यवस्था कायम रहेमा, तराईमा शान्ति कायम हुन नसकेमा वा जसले जे का लागि जहिले पनि वन्द, हडताल वा आगजनी गर्ने स्थिति रहिरहेमा अघिल्ला अशान्ति, अन्याय, अत्याचार वा पीडाहरूलाई विर्सिएर वर्तमान सत्ताका विरूद्धमा मतदान गर्न पनि नेपाली जनता हिचकिचाउने छैनन’। त्यतिवेला जति नै गणतन्त्रवादी भइ टोपले पनि गणतन्त्रको पक्षमा आउने मत कमजोर पर्नेछ र बरू हिजो कै शासन ठीक थियो भन्‍ने धारणा व्याप्त हुने छ र राम्रो मत आउनेछ। यस सन्दर्भमा कांग्रेसको धेरैजसो हिस्सा, राप्रपा (सबै) सद्‍भावना वा अन्य कतिपय पार्टी र संस्थाहरूको मत एकैतिर जानेछ।

    यसको अर्थ के हुन्छ भने हिजोको शाही शासन कालको चुनावमा भएको केही धाँधलीलाई छोडिदिने हो भने माओवादीले चुनावमा भाग लिनेलाई भौतिक कारवाही गर्ने धम्कीका बाबजुद करीब २० प्रतिशत मत खसेको थियो। यसमध्ये कम्तिमा पचास प्रतिशत मत अब पनि राजाको पक्षमा वा पुरानो सत्ताको पक्षमा खस्नेछ त्यसबाहेक कट्टर हिन्दू समर्थक, कांग्रेस, सद्‌भावना, राप्रपा, व्यापारी, कर्मचारी, प्रहरी, सेना र जुनसुकै पार्टीमा लागे पनि पुराना सामन्ती संस्कार अवलम्बन गर्नेहरूको झुण्डले माओवादीले उठाएको एजेण्डाको विरूद्धमा नै मतदान गर्नेछ अर्थात् राजतन्त्रको पक्षमा नै मतदान गर्नेछन्। त्यसबाहेक पनि विगत देखि राज-परम्परा मान्दै आएका बुढा-पाका र कैयौं इमान्दारहरू पनि वर्तमान सत्ता संचालनदेखि रूष्ट भएर राजतन्त्रकै पक्षमा मत खसाल्नेछन्। देश जति नै गणतन्त्रमय बन्यो भने पनि, जति नै बामपन्थीहरूको बहुमत हुन्छ भने पनि त्यस्तो सजिलो र सहज परिस्थिति देखिदैन र यो माओवादीले देशको ८० प्रतिशत भुभागमा आफ्नो कब्जा छ भनेर गरेको दावी भन्दा फरक छैन। देश बामपन्थी पार्टीहरूको अस्तित्व जति धेरै देखिए पनि मत बाँडिने मात्र हो नयाँ समर्थक बढ्ने होइनन् अर्थात् कांग्रेस, राप्रपा वा सद्‌भावना छाडेर बामपन्थी विचारधारमा लाग्नेहरू कम देखिन्छन् र बामपन्थी विचारधार त्यागेर अर्को धारामा लाग्नेहरूको जमात अलि बढी देखिन्छ, एउटा भनाइ पनि छ ‘ प्रत्येक नेपालीहरू जीवनमा एक पटक कम्युनिष्ट बन्छन्’। वास्तवमा नेपाली बामपन्थीहरूको मत स्थीर नै छ, त्यो मत कहिले एमाले, कहिले माले, कहिले जनमोर्चा त कहिले माओवादीका रूपमा हेरफेर मात्र हुने गर्छ। माओवादीको दशवर्षे युद्ध हेर्ने हो भने पनि उक्त पार्टीमा मशाल, माले वा एमालेबाट प्रवेश गर्नेहरूको नै वर्चस्वा देखिन्छ। कांग्रेस वा अन्य दक्षीणपन्थी पार्टीहरूबाट माओवादीमा प्रवेश भएको छैन र ती पार्टीहरू कमजोर बनेका छैनन्।

    समग्रमा मान्छेको मन बदलिएको छ, मनस्थिति बदलिएको छ र राजाको विपक्षमा जनमत तयार पनि भएको छ तर यो जनमत राजाको विगतको कृयाकलाप र माओवादी शान्तिप्रकृयामा आएपछि देशमा शान्ति आउँछ भन्‍ने आशमा तयार भएको जनमत हो। तर, यदि यस्तो हुन सकेन भने के हुन्छ? देशमा शान्ति कायम भएन भने के हुन्छ? देशमा जातीय वा क्षेत्रीय युद्धको आशंका बढ्यो वा यस्तो खालको आशंकाको प्रचार प्रसार भयो भने मान्छेहरूको भोट कता जाला? मान्छेहरूको मन बदलिन सक्छ। सोचाइहरू र मान्यताहरूमा परिवर्तन आउन सक्छ। जति नै गणतन्त्र भने पनि वर्तमान अस्थीरताका कुराले, नेताहरूले नै देश विखण्डन हुन सक्छ भन्‍ने कुराको चेतावनी दिनाले जनताको मनमा चिसो पस्न थालेको छ कतै उनीहरूले ‘नहुने मामा भन्दा कानो मामा नै जाति’ भन्ने सोचिदिए भने? त्यसैले संविधानसभाको चुनाव पर धकेलिनु शुभ र अशुभ दुवै संकेत हो। अब यो कसका लागि शुभ र कसका लागि अशुभ बन्‍नेछ भन्‍ने कुरा समयले देखाउनेछ। तर, पात्र कसरी पनि छुट्याउन सकिन्छ भने मदन भण्डारी मारिदा पार्टीको आयोजना गर्ने जयप्रसाद गुप्ता, माओवादी नेताहरूको टाउकाका मुल्य तोक्ने विजय गच्छेदार, गोविन्दराज जोशी, मुन्‍ना कँडेल वर्तमानमा संविधानसभाका सबैभन्दा विरोधीहरू देखिएका छन् जो हिजो पनि यस्तै विरोधी थिए। यिनीहरूमात्र होइन, खुमबहादुर खड्का, सुजाता कोइराला, गोइत-ज्वाला समूह, मधेशी जनाधिकार फोरम, राप्रपा र वा प्रजातान्त्रिक कांग्रेस, कांग्रेसकै कैयौं नेताहरू, विदेशी खासगरी अमेरिकन नियोग पनि हाल संविधानसभाको विपक्षमा देखिन्छन्।

    माओवादीले हिजो पनि गलत गरेको थियो र आज पनि गलत गरिरहेको छ तर हतियार लिने शक्तिलाई कि त हतियार विसाउने वातावरण बनाइदिनु पर्यो कि त ऊबाट हतियार खोस्ने हिम्मत गर्नु पर्यो। यी दुवै गर्न सकिएन भने अन्य प्रकृयाले अनिष्ट निम्त्याउने सम्भावना हुन्छ। मैले विगतदेखि भन्दै आएको थिएँ, माओवादीले हतियार विसाउँदैमा समस्याको समाधान हुँदैन। माओवादी शान्तिवार्तामा बस्दैमा र हतियार त्याग्दैमा समस्याको समाधान हुँदैन। हालसम्म माओवादीहरूले आफ्ना कर्तव्य पालना गरेको छ भन्‍नु पर्छ र उनीहरूलाई यो कर्तव्यहरू पालन गर्नमा अझ बढी उत्प्रेरणा दिनु पर्छ र प्रोत्साहन पनि दिनु पर्छ तर विडम्बना यहाँ ठीक उल्टो हुँदैछ। फोरमका नाममा २८-२८ जना माओवादी मारिन्छन् तर कारवाही हुँदैन। समावेशी राज्यका लागि कुनै पहल हुँदैन र समयमा संविधानसभा नहुने भयो भन्दा समर्थनमा वक्तव्य आउँछ र स्वागत गरिन्छ। यसबाट कतै माओवादी भित्र नै कुनै विद्रोही जन्माउने र माओवादीलाई फुटाउने षडयन्त्र त गरिएको छैन? के कुनै माओवादी उच्‍च नेताले कुनै दिन हामीलाई काम गर्न दिएनन् वा हामीहरूको सुरक्षा भएन वा हामीले भनेअनुसार संविधानसभाको चुनाव भएन र गणतन्त्र पनि आएन र हामीमाथि षडयन्त्र गरिँदैछ त्यसैले हतियार बोक्नै पर्छ र सत्ता कब्जा गर्नु नै पर्छ भनेर भन्यो भने तल्लो तहका कार्यकर्ता पुन: जंगल नफर्केलान्? यहाँ एउटा अवसर वा चिँगारीको मात्र खाँचो छ जसले माओवादीभित्रका कुनै खास असन्तुष्ट समुहलाई पुन: जंगल फर्काउन सक्छ र यो देशका लागि सबैभन्दा दुर्भाग्य हुन जानेछ। यसले पहिलेको जस्तो राजनीतिक चरित्र ग्रहण गर्ने छैन यसले आतंकवादको चरित्र बोक्ने छ वर्तमानको ज्वाला वा गोइत समूहले जस्तो। कतै हामीले जानेर वा नजानेर त्यसैका लागि पहल त गरिरहेका छैनौं? हतियारको बलमा राज्य कब्जा गर्न चाहनेहरू वा राज्यको परिवर्तन गर्न चाहनेहरूका लागि हामीहरूले बाटो सजिलो त पारिरहेका छैनौं? जनताले खोजेजस्तो परिवर्तन नहुनुले अर्को विद्रोहको शुरूवात गर्नका लागि सजिलो त बनाइदिएका छैनौं? समय तालिका अनुसार काम नहुँदा कतै हामीहरूले पुरानो सत्तालाई निमन्त्रणा दिइरहेका त छैनौं? प्रश्नहरू तमाम छन् तर उत्तर कसैसँग पनि छैन किन भने वर्तमान अवस्थामा सबै आफ्नो लागि मात्र लडिरहेका छन्। मधेशलाई पहाड वा हिमालको मतलब छैन, पहाडीयाहरूले तराईवासीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन। आदिवासी जनजातिलाई अन्य जात-जातिको भावनाको मतलब छैन, बाहुन-क्षेत्री र नेवार वा सत्ताको नजिक हुनेहरूको सोचमा कुनै किसीमको परिवर्तन आएको छैन र उनीहरूमा हिजोदेखि नै हावी रहेको बाहुनवाद तथा हेपाहा प्रवृत्ति कायम छ। समय, पात्र र मञ्‍च त फेरिएको छ तर पुरानो नाटकका पुराना दर्शक फेरिएका छैनन्।

    No related posts.

    47 comments to प्रश्न

    • pawan sharma(dubai)

      nepali congress(girija)ko dristi ma sambidhan shabha bhaneko ke?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      Mahesh Jee, Namaste.

      If we want our country to improve, then we should think and act morally, and pressurize the government to strictly enforce law and order situation. Nepalese have undergone severe chaos in the past and now our voice should help to get relief from it. So you should not argue the way that the wrong doers in the past have gone unpunished and hence none be punished henceforward.

      I neither have any interest nor time for politics. I believe on honesty and hard work, but I feel my duty to discourage the elements that are mischievous to humanity and our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      Great Job!

      Do not afraid from those people who ignors your work and pulisments. Please keep us up to dated .

      तपाईंको काम् निक्कै प्रस्न्सानीय रहेको छ। सम्पूर्ण नेपाली हरुमा यहाँको जस्तो चेतना अनी जानकारीको खाचो रहेको छ। धेरै-धेरै धन्यवाद समसामयिक् जान्कारिको लागि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      Deshbhaktanepali

      With great respect to you, I would say yes I am sick and I am sick because I feel bad when I see the sufferings of the people’s killed during the war and there is state who doesn’t take any responsibilties of these people.

      In no way I support the killings so I had written this comment as I want people responsible for 13,000 people’s death also hold their accountaibility. If you see all those people killed in 13,000 were culprits and thugs then I have nothing to say for people like you who has healthy mentality and enjoy the killings of 13,000 nepalis. Are those 30 people who were a part of maoist soldier and cadres and not nepalese but those 13,000 were also nepalese.

      So why so huge cry when 30 people are killed and why are the people with healthy mentality silent over those 13,000 killings.

      What a healthy way to justify the 13,000 killings just saying that the killings are far less so 13,000 death is nothing when compared with other war. Is that answer that makes you silent then why can’t sick person like me say 30 death is nothing for 20 something parliament seats.

      So your ethics says that what ever the winner does and says is right so why are you complaining about those 30 deaths. People like you who have healthy mentality and high ethic value should enjoy such killings as it will help to boost up your moral in writing more words for the blogs. One more achievements in enjoying the bloods of poor people.

      Yes I agree with you there are very people who are like me who has sick mentality so the killings of 13,000 nepalese is never spoken otherwise if there were more people who were sick like me would have raised this issues and bring the culprits to justice which would have prevented th killings in Gaur. But peole like you holding high ethic value and healthy mentality enjoy such bloodshed as you get more things to write and comment.

      I would just simply ask you aren’t 13,000 killed Nepali? Were all the people killed military of government or maoist? If not then civialians were killed and if civilains were killed then it is murder. So if there is legitimate government then every murder should be punished but were such rules and has anyone been punished for this killings? If there were rules for punishing such crimes then we could have prevented Gaur massacre. Today you healthy people are crying because you saw 30 your cadre dying there but not Nepalese as a whole. So mourn for your cadres and practice well. It will be more helpful as you will again and again get such opportunity either to kill civilian nepalese or your killings of your own cadre.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      Mahesh,

      Your expression shows as if you were roaring in the fever. What a sick mentality! You suggest other people a lot, but with wrong motive. There were massacres during KOT PARWA, BHANDARKHAL BHARWA, NARAYANHITI KANDA and decade-long people’s war. So you want to legalize Gaur carnage. Certainly all people in Nepal are not unethical with sick mentality like you. But it has been a challenge to do away with.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhu

      दीपकजीको लेख / बिष्लेश्ण राम्रो लाग्यो, धन्यवाद ! यो कुरा हाम्रा नेता भनौदाहरुले कहिले बुझ्नेहून कुन्नि ! देश चलाउछु भन्ने थोत्रे बुढो मोरियार्टीको तालमा नाच्दै मस्त छन…देशको स्थिति बेहालको बेहालै! अब यसरी भएन, विदेशीको ईशारामा नच्न नजान्ने नेता खोज्नु पर्यो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya Nepali

      Namaste to everybody,
      Now what will happen ? What ?
      We know at list what will happen .
      No thing will happen .
      I mean everything will be the same .
      Nepali public will get always problem .(by everything)
      Nepali leader ( who is clever) will became rich . They
      will get power . They will send their people in the
      forinear country to make money .
      Indian leader will play well in nepal for the poltical
      for their future for the water .
      After petrol water is the Gold . ( Means after Arab
      country Nepal is the Gold for the world )
      You dont belive ?( Please note it, you will see max
      15 years )
      good luck and bad luck both for us .
      Good luck sourse of water we have .
      Badluck , this is the more then Gold .
      Just one thing is left , we need very (DURDASY LEADER)
      . I hope some people willunderstand what I mean .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rose,Glenwood spring CO,usa

      good article dipak ji I agree with U,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aba k garne hola marnebela samma pani girija lai buddi aena gatilo sanga kaal le marne chhaina, ra hamro netaharuko taukoma pani bhush bhareko chha hola ani hami janatako lagi kataako sambidhaan kahaako Saaaaaanteee..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manandhar

      बिल्कुलै फरक नेपाल गणतन्त्र मय भैसकेको छ अब घोसना हुन मात्रै बकि छ , अहिले खिचलो अथवा तगारो हाल्ने भनेको अषाढ को भेललाई द्दयाङ राखेर छेकन खोजेको मात्रै हो ..फोरम, जनजाती, तथा अरु सबै अबको जन आन्दोलन ३ ले बगाएर लाने निश्चित छ , मलाई लाग्छ दिपक जी को लेख हरुमा प्राय निरासा नै निरासाले भरिएको पाईन्छ , तर बास्तबिक्ता त्यो होइन , कान्ग्रेस होस प्रजातान्त्रिक होश , ऐमाले होश माओबादी तथा अन्ने ..अबको नया पुस्ताले गणतन्त्र नेपाल को नेत्रित्व गर्छ / र नेपाल मा गणतन्त्र अबसेम्भाबि छ यो समयको माग हो/
      मानन्धर /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kant prasad tamag

      baazi thokne ho.. na maaobadi na uml na congress.. kaslai pani sambidhan sabha ko chattaro chhaina….. ma sambidhan sabha birodi hoina tara yo kasari hunchha bhanne kura ma sasankit chhu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दीपकजी
      अबको एक मात्र बीकल्प भनेको सैनीक शाशन नै हो त्र यो राजाबीनाको हुनेछ जसले गर्दा गणत्न्रबादीपनी समेटीने छन भने राष्ट्रबादी पनी, अहीलेको यस कठीन घडीमा देशमा अमनचयन काम गर्न सक्ने कोहीछभने नेपाल आर्मी नै छ जसले मधीशे देखी जनजाती सबैलाइ चाबुक लाउन सक्छ, यसले देशी बीदेशी सबैको काफी सम्र्थन पाउने नीश्चीत छ हेर्दै जाउ अहीलेको वा गीराजा पछी कोही सत्तामा जान्छ भने सेना नै जानछ/
      बीनोद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sinoy - USA

      Here is my thought.

      All of these leaders and the current bureaucrats are the very same people who have been ruling the country for past 10-20 years. Common people, Kings themselves didn’t do anything rather these people did whatever you blame for. It’s my firm belief that the country will be suffering more from now on.

      FYI: I have nothing to do with monarchy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vijay

      very very good article, aaj ko sachayee ho yo…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      धन्याबाद दिपक जी,
      तपाइको बिश्लेषण निकै यथार्थ परक छ, सत्य छ । शिला जि ले भने जस्तै “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिंड” ।

      देशमा यस्तो अकल्पनीय संकट ब्याप्त हुदा पनि गैंडाको छाला जस्तै असम्बेदनशील खोपडि बोकेका वा पतित पुर्वाग्रहले अन्धा भएका Londonmate & Suryabaral प्रब्रित्तिहरुले तपाईलाई लेख्न निरुत्साहित गर्ने दुष्प्रयाश गर्दछन्। भ्राष्टचारि “नेता” हरुले तिनै पतित मानशिकताहरुको प्रतिनिधित्व गर्दछन् ।

      गन्हाएको राजतन्त्रको बिकल्प भनिएको प्रदुषित “प्रजातन्त्र” ले सरल, मेहनतकस, इमान्दार नेपालीहरुलाई झन् शाश्ति शिबाय अरु के दियो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      FULLY ARTICLE AND DANGER FOR FUTURE TIME FOR NEPALESE.
      WE SHOULD DISCOURAGE FOR THE PERSON AND ARTICLE LEADING TO BREAK NEPALESE LAND.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baje

      wat a looser still moaning about nepal being secular country….another ‘bahunbaad’ hypocrites…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      बिडम्बना, प्रजातन्त्र पुनर्स्थापना पश्‍चात्‌ ने.का.(लडिजा) ले साशन सम्हाल्यो। देउबा त रांडा की छोरी (स्त्री लिंग “रांडी”) संग बिबाह गरेकाले शाह बंश पनी उस्को ससुराली पर्ने भई हाल्यो उ ‘biased” नहुने त कुरै भएन। नेपाल लाई “सतीको श्राप” बनाउनमा ने.का. को मुख्य भुमीका छ भन्नमा अत्युक्ती नहोला। बामपंन्थीहरुको बाहुल्यता रहेको संसदमा लडिजालाई लडाएर बामपन्थी (माओबादी या एमाले) प्रधानमन्त्री नबनाए सम्म नेपालमा कुनै परीबर्तनको आशा राख्‍नु बेकार छ। पारस राजा भएको हेर्न त कोही नेपाली पनी तयार छ जस्तो लाग्दैन मलाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mukti

      Great article. This article deserves the best. This article need to go not only to other publications, but these questions need to raise everywhere in publics, parliament, seminars and so on. It is very important to raise right questions in time, only then one can try to find the solutions if s/he likes to. These questions need to put in eight party meetings.This is high time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Until we get the salvation from Girija and his stupid followers nothing going to happen. Only bad things are queued to come forward. Girija and Nepal they are like enemies each other. They can’t fit together however people might ask how Girija accepted as the state of Nepal then. The answer is very simple, we are in 21st of century. Anything can happen in any form unexpectedly. Therefore, it has not been a big surprise for us, ill mentality people never given space for good thinking and get rid of bad thoughts, to be witnessing whats been happening in Nepal. Girija is more dectator than King. Only face has changed from king dectator to Girija dectator. Come on guys fight to throw him. He is like AIDs virus, its not easy to get rid of.

      Article is good in theoretical sense. However, has ever writer thought changes should come from individuals. It does not seems so.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nischal karki

      good analysis, Desh ko yathartha kura ho yo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      I just want to ask simple question to the write – just carrying out the CA election at any cost is the solution of the all problems?

      How can you carry out CA election when most of the people doesn’t know the real meaning of CA. Even the members of the parliament were seen unaware of the CA election process. Go any carry out survey in kathmandu and ask the people if they know what is CA. If you want CA just to announce the Republic then why not go for referendum.

      You seem to be not affected by the 10 years war. Otherwise you wouldn’t be saying all these things. Have people been able to rehabilate? 100% people should be rehabilated as each person is the citizen of Nepal so everyone has equal right to vote.

      If you think people in one year time will return back to support the king then what is wrong. People has every right for their choice. Just using the sentiment of the people is blackmailing them. You think if CA is done at now then you will win and if not done then the vote will go for the king supporter then you are worse then the royal regime. Using people’s sentiment for your benefit. Let them think and decide who is better. If you think these political leaders are better then let them work. We have seen king’s regime and we have also seen the government after 1990. Many people have witnessed the jungle raaj of Maoist and now let the urban people witness it.

      If by killing 13,000 people maoist can come to government then why can’t royal supporter do every trick to come to the government. If Maoist can use the slogan of dividion then why can’t royal supporter not use the same slogan.

      If Maoist can use the Madeshe, tharu, limbu etc etc. during their war against the state then why can’t royal not use it.

      We have legalized the killings of 13,000 people by letting maoist to go to government without pronouncing a single word of responsibilities then what is wrong in royal supporters?

      The country run by syndicate of 8 parties will take nowhere. So try to be reasonable. Instead of erasing the royal sign why can’t any one ask to rehabilitation of those schools bombed during the war, why can’t anyone ask to rehabilitate the health posts but who has time to ask for these issues as these things are not the issues of the bloggers who enjoyes all the facitlities. Here they can cry and shout when one doctors commit mistake but what would you say when people die just because they don’t have even a healt assistant. People here complains of school taking more money for the extra activities but who cares for the children in the remote villages if they have been able to go to school or not.

      The house of parliament is more concerned over the royal sign and royal anthem but does that matter at moment. There are countries like Austria whose monarchy was abloished long time back but still it carried the same national amblem and still it hasN#t matter to them for their freedom.

      It is not on the sign and anthem the freedom lies, it lies in giving education, giving proper facilities in health.

      We are more owrried that people will turn over to king tomorrow because we are not delivering anything to the people who has suffered much. If you are taking care for your people then you don’t have to worry where ur people will go tomorrow. There are more then 300 members in parliament and that is already a heavy burden to the nation. Can you ask these people if they can work volunateerily for the nation then none will show their face.

      So it is easy to say every time in words but the ground truth is very different. Just conducting the CA election is not leading us anywhere till the visions of our leaders changes, till there is a feeling of responisibilities and accountability of every thing being carried out by the political leaders.

      Has there been single hearing for the murder of the 13,000 people killed in the war. Can government announce that all the people killed in the war were political member of some parties, if not and thinks that were civilians then who is responsible for killing civiain. Is there any law for punishing the people who have killed the civilians.

      If you think there is no such law then please keep silent for the killings of 30 people in the Gaur and just keep watching. Someday Forum can be in government and Upendra can just give one statement that we was very sad to hear and see the killings and that made him Bhabuk.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samser singh

      actually this is the way how we need to trap the maoist, no one is willing to give powers to maoist, they are just dreaming, we were just willing to trap there illegal weapons which were killing the innocent people. Now we should be together to seperate the maoist and the indian supporters who encouraged them to kill the innocent nepalese just to shake the king and the democratic forces in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tapta n Kashi frm paris

      thanx dipak ji
      great and good work.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shital Yadav

      Forum le 28 jan mareko ma karbahi garnu parchha bhanera kurlena tapai… Chitwan ko Madi ma 40 jana dhosta banaune Maobadi… hoinan.. khoi karbahi gareko? Uniheru le ta hami le gareko ho bhanera pani bhaneko chhan ni? Aani karbahi garnu pardaina?

      Aani chunab nabhaya k hola? Pheri purano satta aaya k hola? etc. jasta purai postmodern kura garera k hola? khali blog bharne matra kam garera k hola?

      Please tapai ko yeti ramro lekhan saili li productive writing ma lagaunus na hi!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dani

      ke coment lekhau ta . ser bahadurle sambidhan shabhako nirbachan nahuda swagat gare ko re na gari ke garosh akhir u pani ta raja ko bhai nai ho .
      sabaile milnu parchha ra desh sambidhan sabhako chunab hunu parchha deshma santi hunu parchha .
      maosist le raja ko sampati mathi gareko hasta khaep swagat yogya chha .

      ok
      abd

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiram

      Deepak ji
      Tapai jasto nagarik le yesto murkha ko jasto kura garna ali milena… Manis lai jangal pasauna uksaune khalko puratanbadi lekh lekhna chodidinus… Aahile sabai ko mukh bata ramro matra sunna paiyos.. prasna haru dherai chan tara teslai positive herna thalau na hunna.. mero bichar ma yehi nai ek asal nepali le boknu parne daitwa ho…Aru mero kehi bhannu chaina.. Dhanyabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guru

      मेरो बिचारमा देश अब राजनितिक ध्रुविकरणको मोडमा पुगेको छ | नेपालि काँग्रेस, पञ्चहरु, धर्मको नाममा अधर्मलाई बडावा दिने हरु,चेतनाको अभावले राजालाई ईस्वर मान्नेहरु,अनि ज्ञानेको एउटा अघोषित मोर्चा बन्छ | यो मोर्चाको नेता भने गिरिजा हुनेछन्| यिनिहरुले देशमा सम्बिधानसभा सम्बिधानसभा निर्वाचन हुन नदिन आ-आफ्नो ठाउँबाट सक्दो योगदान गर्नेछन्| मिडिया हरुमा देशमा वामपन्थिहरुको कारणले सम्बिधानसभा निर्वाचन हुन नसकेको भनि जोडतोडले प्रचार गरिनेछ| जनतामा निराशा बढाउने सामग्रिहरुको प्रचार प्रसारलाई तिब्र बनाईनेछ |यथास्थितिमा राम्रो कमाई गर्न सफल बिकासे सस्थाहरुले पनि यस मोर्चालाई सघाउनेछन |नेपालि काँग्रेसभित्रको नयाँ पुस्ताले आफुलाई राजावादि मान्न कहिल्यै तयार हुने छैन | यसले गर्दा नेपालि काँग्रेसबाट नितान्त ब्यक्तिगत स्वार्थले लागेका बाहेककाहरु पलायन हुने क्रम बड्नेछ |यसले नेपालि काँग्रेस पार्टिभित्रै पनि यथस्थितिवादि र गणतन्त्रवादिहरु बिच राजनितिक अन्तरद्दन्द बड्नेछ| बिस्तारै नेपालि काँग्रेस पार्टि भित्र परिवर्तनप्रेमि पुस्ता को वर्चस्व बिस्तारै बढ्दै जानेछ|वामपन्थि पार्टिभित्रका यथास्थितिवादिहरु चुपलागेर बस्नेछन्|वामपन्थि पार्टिभित्र प्रजातन्त्रिकरण प्रकिया शुरु हुनेछ|नेताहरुको रहर र सुजबुझले भन्दा पनि समयको मागले वामपन्थि पर्टिहरु भित्र प्रजातन्त्रिकरण प्रकियालाई अनिवार्य गराउनेछ| यो सम्क्रमणको समय अझै एक दुई चार बर्ष लम्बिन सक्छ| जति छल कपट गरे पनि आखिर ढिलो वा चाँडो सम्बिधानसभा निर्वाचनमा जान सबैले वाध्य हुनुपर्नेछ| एकदिन नेपालमा गणतन्त्र आऊनेछ| त्यो प्रजातन्त्रिक गनतन्त्रात्मक शासन ब्यवस्थामा अहिलेका वामपन्थि शक्तिहरुले सोसल डेमोक्र्याटको भुमिका निर्वाह गर्नेछन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh gurung

      ah sathi tapaile ta ramro bislesan garnu bayachha ni malai ta khusi lageyo tapaile bane anusar nai aba yo desma election huna sakena bane je pani huna sakchha ra tyasle kasto effect parchha tyo ta future le bataunchha aru banda pani world ma USA ko agadi kasai ko kehi lagdaina ra yadi usle baneko anusar bayana ra election bayo ra maobadhiko jastai sarkar ayachha bane yo sarkar taliwan sarkar jastai hune chha ra USA le gokrethyag lagayara pani khedna skachha aba indaiko kura garne ho bane tyo pani america ko puchhar nai ho tyasaile mero bichar ma pani yo desko neta jati ufre pani gantantra aula jasto dekhiyana ra aba election hune posiblity pani dekhiyana ra mero bichara ma nepalka maobadhi bahek ka party haru pani bitra bitra gantantra chahandainana kina bane gantantra aunu baneko maobadhiko agenda pura hunu ho.kina ki satdal khana napayara sadak ma pugda Maobadhi sanga milan bayako ho.Tapai hami sabailai ramro sanga thaha chha ki yinai sat dalka neta haru hija ti raja banudaka khutta dogna janthiya. mero bichar ma sat dal maobadhiko puchhar ho yesko kunai spasta agenda chhaina.je man lageyo tyahi garchha.AHILE mero bichar ma yo deshma jasle je bane pani jasle pitai khaya pani Prachanda ko Maobadhi ra Kamal thapa ko RPP NEPAL bahek aru party sanga clear vission chhaina.KINA bane prachanda ko Agenda GAntantra ho bane Kamal thapako counstitunal Monerchy ko ra yadi election bayo bane harne naharne chhutai kura ho tara yeuta ramro agenda clear layaunu ramro kura ho ra desma election bayo bane yi dui thari ko bichar ma kun lai vote dine banne ho.mero bicharma konress le nai Gantantra ko agenda banaune ho bane gantantra auna sakchha tara maobadhiko agenda bayako le yo gantantra aunna sakdaina ma thokera nai banchhu.kina ki aba pani electiona hunchha banne kurama fix chhaina.arko kura deshma electiona bayachha ra gantantra aya chha bane kina matra hoina girija pani end hunchha tyahi bayara Girijale pani bathai gareko ho.feri maobadhi ko kura garne ho bane hijo chham chham manchhe katne dyang dyang goli hanerra marne rukha ma judayara marne ani manpari chanda uthaune maobadhile chahi ramro kaam kasari garna sakchha.yaha BP ko tyasto ramro sidanta ani Madan bandari Bahudaliya janbad ta kaam lagena bane Maobadhi ko Prachanda pathale k napchha ta? hernu yo desma LOKtantra ayako pani 1 barsa bayo tyo bitra k bayo gahiriyara sochnu hos.
      Dnyabadha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam

      Badarko hatama sattako khel? khoi dherai garho chha taipani herdai jau. Akhir kehi ta bigarda bigardai pani hunchha hola ni bigarne kuro nabhayapachhi hoinara?

      Haray Haray!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam

      Badarko hatama sattako khel? Kam chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • la porte des indes..paul..

      यो देस् मा बाम् एक् ता जरुरी छ,सबैलाई छिट्टै बुद्दी फिरोस्,होइन भने ज्ञानए फेरी राज हुन्छ उस्कै कुर्सी मा!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • झ्याउकुरी

      अत्यन्त समसामयिक कोसेली पस्कनु भएकोमा दिपक जी लाइ धन्यबाद|
      साच्चै यो देश ले गति लिन नसकेको एउटै कारक तत्व हो नेताहरुको अदुर्दशी दृष्टिकोण| अनि यस्तै नेताहरुको स्वार्थ , लहडिया र ढुलमुले निति| हेरेकले आपसमा आफ्नो दृष्टिकोणलाइ बिरोध गर्ना साथ प्रतिगामी र प्रतिक्रियाको चलखेल भन्ने कनिष्ठ शब्द निकाल्ने उच्चकामी नेताहरुको अदुर्गामी बिचार | आफ्नो र आफ्नो पार्टिगत फाइदा र बेफाइदाको जोड घटाउ गरि राजनिति गर्ने केहि नेताहरुको पाखण्डिपन |

      अहिले ८ पार्टिले आफैले सबिधान बनाएर आफैले निति निर्माण गरि बिधिका नितिनिर्माण आफैले गरेको सन्दर्भमा राष्ट्रको सबै पक्ष आफ्नै नियन्त्रणमा नियन्त्रित गरि बोलेको बोली लिखित सबिधानको उल्लघन आफैले गर्दा सबिधान सभाको चुनाव सार्ने दोषा दोषको स्थिति सृजना भएको छ| यो दोष सबै भन्दा धेरै र प्रमुख जिम्बेवारी नेपाली काँग्रेस र गिरिजाले लिनु पर्छ भनेर आकास तिर फर्केर चिच्याउने माओबादिहरु जस्तै एमाले पनि अब्बल छन, | उता देशमा ८ दलबाहेक मदेश , जनजातिहरु , दलित, महिला र नया खोलिन सक्ने सगठनहरुको असन्तुष्टिको बाढिलाइ अहिलेको लोकतन्त्र स्थापना भै सके पछिका नेताले पनि नदेख्नु कसको दोष हो ? या यिनिहरुबाट पछ्याएको दृष्टिकोण जो अग्रगामी छ यो धारलाइ किन सबोधन गर्न आनाकानि गरिएको छ?

      अनि उहि ८ दलले नै लोकतन्त्र ल्याएका हुन र यो लोकतन्त्र ८ दलले मात्र मलजल गरि हुर्काउनु पर्छ अरु कसैको अधिकार छैन भन्नु कस्तो प्रजातन्त्र( Democracy) को पुनर्वाचि भएर पनि लोकप्रिय बनेको मिठो शब्द लोकतन्त्र (Democracy नै )हो? ८ दलमात्र लोकतन्त्रका भान्छे हुन र ८ दल बाहिरकालाइ टपारी थाप जति ८ दलले दिन्छ त्यतिमा लोकतन्त्र थापेर सन्तुष्ट गर , धेरै चाहिएको भए सबिधान सभा पर्ख भनेर थुम थुमाउदै आएका ८ वटै दलका नेताले फेरि चुनाव सार्ने निहुमा आफ्नो दोष फरिया मुनि लुकाएर अरुलाइ दोष दिएको देख्दा र आपसमा दोषारोपण गरेर जनता झुक्याउने खेल खेलेको देख्दा अचम्म र उदेग नै त लाग्या छैन| तर हिजो पुरानो भनिएको र आज नया सम्मको नेताहरुको चारित्रिक बिशेषतामा कुनै भिन्नता नदेख्दा दुख पनि लागेर आउछ|

      देशमा भएको यो सबिधान सभाको चुनाव र अनिस्चितताको अन्यौलबाट मुक्त पार्न सम्पुर्ण ( ८ दल , ८ दलबाहेकका दल, मदेशी , जनजाति आदिबासी, दलित, महिला र समाजसास्त्रीय बुद्दिजिवि गण आदि) नेताहरुले एक्यबद्दता भएर बेलैमा बुद्दि पुराउन सके सम्पुर्ण नेपालीले सुख को अनुभुति गर्न पाउथे कि? यसो गर्न सके राष्ट्र निर्माणमा एउटा कायापलट नै हुने कुरामा दुइमत छैन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harke

      शिला जी, त्यो उखानमा केही परिवर्तन भएको छ,
      “बुझ्ने लाई श्रीखन्ड, न-बुझ्ने लाई खुर्पाको बिंड, गलत् बुझ्ने लाई ‘…के जाती..’ को लिँड्”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      Suryabaraljee, shahi sarkarle pani anyhow chunav garchhu bhanera garekai ho…kehi faida bhayo? tesaile yo anyhow bhanne shavda chai kaam laagdaina hai…hekka rahoss!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nice article, but where is solution ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      I am not satisfy to your article. The postpone of CA election is not matter which can be held on November-December easily. The matter is the understanding between eight parties. But CPN-UML is trying to break all unity between parties because they will loose many things if CA election is held. Because CON-UML vote is divided and CON-M will gets many votes from CPN-UML grass root workers.

      But you are blaming NC and NC-D. You description is biased. But it is true regarding the Ganatantra. We need GANATANTRA but parties are not able to make ganatantra nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      wow! Deepak jee, what a insite! I admire you for this. Some how I stand on the same ground as you do. One year is a long time and whatever has been claimed as historical is just “KAGAZ KO GHODA”. I do not see any concrete changes, but confusion alone. Lately, I do not like the way how our PM and his team function. Let me make clear that his unperformance in any way does not encourage me to vote for the old regime, and I am sure many of you who believe in democracy feel the same way. Let us continue to perform well from each of our positions and believe that enough is enough and this is time for change in any cost. We all together will make it happen! Salute to all the “SAHID” of democracy movement. Let us commit, we all are together!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madan

      Deepak ji
      I see your complain,you are saying Car is not running smoothly more than that you are focussing on the same slogans.But for me,important issue in Nepal is of driver.Who can drive the car.Is there any perfect leader to run the country smoothly?The question is still there ,what after Girija.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • drasha

      It is a temporary victory for those people who do not want to see the CA election. Result will be not good for the entire people. I smell some conspirating politics. Even after one whole year now the vison of entire people is devalued. The ruling group has a fear of being end up into minority after the CA election. Therefore, they try every possible way to avoid the election and stay on power as long as they can. We need another big revolt to kick them out.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शीला

      देश नै प्रस्न चिन्ह (?) मा अल्झेको छ । बुझ्नेलाई सृखण्ड नबुझ्नेलाई खुर्पाको बिंड !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhakti Nepali

      Great!! Wonderful analysis. Thank you Deepak ji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • *** Declare the country as the Republic of Nepal ***

      It is indeed a misfortune for the country not to have a healthy and a dynamic leader who has a clear vision and who can understand people’s aspiration and who can lead the country at this transitional period.

      Instead, we had no choice but the frail old man GP Koirala became the Prime Minister. When do we get right to elect the capable leader ? When people are expecting so much out of his leadership and hoped that he would take initiative to declare the country ‘The Republic of Nepal” but instead he is going against the people’s aspiration and he has delayed the peace process and jeopardised the election of Constituent Assembly.

      We have a rich king in the poor country. The feudal monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease.

      With GP Koirala’s leadership, the dream of having “The Republic of NEPAL” may still remain doubtful.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Londonmate

      Dahichiure Deepak ji
      Dhanyabad, J man lagchha lekhdai janu, I have no comment but some time I feel that are you writing MANOBAD in the name of first blog in Nepal.
      Anyway its more funny rather than informatic

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • inashrestha

      wow! what a question? that’s realy great article. keep in mind, there is no solution if you do not change yourself. every changes start from you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram hari

      Excellent article!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suryabaral_p20062yahoo.com

      MALAI JAHA SAMMA LAGCHA TAPAI NAI HO SAMBIDHAN SAVA KO BIRODI.HAINA VANE KINA YESTO KHALKO KURA HARU LEKHNE HA.HAMI SABAI AK JUT VAYERA SAMBIDHAN SAVA KO CHUNAB LAI SAFAL PARNU PARCHA VANNU TA KATA HO KATA JHAN ULTAI YEDI VAYENA VANE PURANO SHAKTI SATTA MA AAUNE CHA RE…..? TAPAILE K VANNU KHOJ NU VAKO? VAYENA – HUDAINA VANNEA KURA KASLAI PO THA CHA? K TAPAILAI THA CHA….?BAS YETI MATRAI THA CHA KI ANY HOW SAMBIDHAN SAVA KO NIRBACHAN GARAU…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker