Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

फेरि वैशाख ११: के फेरियो त ?

निरंकुश ज्ञानेन्द्रले सार्वभौमसत्ता ममा हैन, तिमीहरुमा नै छ भन्दै घुँडा टेकेको पनि आज हेर्दाहेर्दै एक वर्ष भइसकेछ। त्यतिबेला मैले लेखेको थिएँ- राजा झुकेको हो कि नयाँ चाल चलेको ? किनभने त्यो घोषणा उनले नगरेका भए आन्दोलनको भेलले राजतन्त्रलाई बढारेर लैजाने निश्चित थियो। वास्तवमा तत्कालका लागि उनले चाल नै चलेका थिए-आफ्नो डिफेन्समा। अहिलेका घटनाक्रमले पनि यसलाई पुष्टि गरेको छ। त्यतिबेला नै मैले लेखेको थिएँ- आंशिक लोकतन्त्र आयो, आंशिक बधाई ! आज एक वर्ष भइसक्दा पनि स्थिति त्यही नै छ। पूर्ण लोकतन्त्र अझै आइसकेको छैन। नेताहरुको व्यवहारले असन्तुष्टि बढ्दो क्रममा छ।

तर वैशाख ११ मा ज्ञानेन्द्रले संसद पुनर्स्थापनाको घोषणा गर्नुलाई नै ठूलो उपलब्धि ठानेर सरकार उत्सव मनाउन व्यस्त छ। फागुन ७ मा प्रजातन्त्र दिवस मनाइसकेको देशले आज फेरि लोकतन्त्र दिवस मनाउँदैछ। वास्तवमा शब्द मात्र फरक हो, त्यसले बोक्ने अर्थ एउटै हो – प्रजातन्त्र भन्नुस् या लोकतन्त्र। निरंकुशताविरोधी आन्दोलनको एउटा सशक्त पक्ष नागरिक समाजले चाहिँ बरु आन्दोलन जारी छ भन्दै लोकतन्त्र दिवस मनाइरहेको छ।

यसबीच महत्त्वपूर्ण परिवर्तन नभएका हैनन्। राजा ज्ञानेन्द्रलाई अहिले पूरै नागरिक ज्ञानेन्द्रमा सीमित पारिसकिएको छ। जनताका छोराले राष्ट्रको कार्यकारी राष्ट्राध्यक्षको कार्यभार सम्हाल्न थालिसकेका छन्। तर, दरबारमा रहेका सेनालाई अझै अलग्याउन सकिएको छैन। विदेशमा रहेका ज्ञानेन्द्र र उनका परिवारको सम्पतिलाई कसैले पनि फ्रिज गर्ने कुरा सोचेका छैनन्। देशमै भएका सम्पतिको त झन् के कुरा भयो र ! वाईसीएल जस्ता समूहले अवैध कब्जा गर्नुपरिरहेको छ सरकारले वैध रुपमा त्यसलाई सरकारीकरण गर्ने घोषित काम नगरेकाले।

अझ एउटा अर्को महत्त्वपूर्ण कुरालाई कसैले वास्ता नै गरेका छैनन्। जेठ १९ को दरबार हत्याकाण्डलाई पुनः छानबिन गर्ने कुरा। त्यतिबेला दूधको साक्षी बिरालो आयोगले बनाएको प्रतिवेदनलाई नै हामीले सँधै आधिकारिक मानिरहनु पर्ने हो त ? बारम्बार वक्तव्यमा उनीमाथि नानाभाँती आरोप लगाउने माअ‍ोवादीहरु अहिले सरकारमा गइसकेपछि के हेरिरहेका छन् ? अनि खोइ त ग्रायण्ड डिजाइनको पोल खोल्नुभएको प्रधानमन्त्री कोइरालाले ?

वैशाख ११ अर्को पटक आउँदासम्म जनस्तरले पनि परिवर्तनको महसूस गर्न पाउन्। राजनीतिकमात्र हैन, सामाजिक र आर्थिक क्रान्ति पनि होस् र भन्दै गरिएको नेपाल नयाँ रुपमा बनाउने क्रम सुरु होस्।

कामना त यही गर्ने हो। तर यो सहज छैन। यो वर्ष नेपालको इतिहासमा नै सबैभन्दा बढी उथलपुथल भएको वर्ष हुने निश्चित छ।

र, अन्त्यमा जाँदाजाँदै
प्रजातन्त्र दिवसको दिन ज्ञानेन्द्रले वक्तव्य दिएका थिए, लोकतन्त्र दिवसका दिन भने किन दिएनछन् कुन्नि ?
बरु उनी आज बिहान दक्षिणकालीमा पूजा गर्न पुगेछन्।

पुराना कुरा सम्झन यो पनि हेर्नुस्
सेनाले पहिला हात जोड्यो, त्यसपछि बाटो छोड्यो (ExClUsIvE LIVE Report)
ए राजा, कर्फ्यु लाउँदैमा हामी तेरो दास बन्दैनौं !
भोलि २० लाख जनताले राजाको अहं र घमण्ड तोड्ने
राजाको नयाँ सम्बोधनः लाइभ अपडेट
गिरिजालाई प्रधानमन्त्री बनाउने सात दलको सहमति
यो जित कसको- जनताको !
सावधान ! मण्डलेहरुले नहेर्नू !
एक जुगको त्यो एक दिन

Related posts:

  1. चिया बहसः वैशाख ११ पछि के पाए जनताले ?
  2. यस पटक पनि आशा जगायो वैशाख ११ ले
  3. हैन, फेरि के अनिष्ट हुन लाग्यो ?
  4. आज फेरि के सुन्न पाइने हो कुन्नि
  5. फेरि के-के हुने हो, कसले जान्ने हो…

19 comments to फेरि वैशाख ११: के फेरियो त ?

  • Chetan Thapa

    कालू जी,

    मैले बाहुनतन्त्र भनेर कुनै जाति बिषेश्लाई लक्ष गरेको नभई एउटा खराब प्रवृतिलाई लक्ष गरेको हुँ, जुन कुनै पनि जातिको हुन्सक्छ र नेपालको सन्द्र्भमा कुन जाति बिषेश सँग यो प्रवृति धेरै छ भन्ने बारे विवाद नगर्दै उचित होला ! आवश्यक्ता केवल मनन र सुधारको मात्रा छ !

    सवाल रह्यो मन्डलेको, म त भन्छु यो पनि एउटा प्रवृति हो र यो प्रवृति पनि बाहुनतन्त्रकै अर्को रूप हो !

    यस्ता खराब प्रवृतिहरूलाई जरैबाटा नउखेलेसम्मा प्रजातन्त्रको आशै नगरऔ /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sujan,USA

    pyara chetan ji,
    tapaiko lekhan saili ta badho ramro rahe6 tara tapai jasta netaharu le nai garda yo desh lai jatiye bhed bhab ko daldal ma phasera 300 barsa pachhadi dhakeliyeko 6.tesaile desh chalaune jun jaat bhaye pani jabasamma uniharu ma desh bhakti ra matri bhakti palaudaina tabasamma junsukai tantra ko mantra phukepani,kehi lachhar pato lagdaina.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sujan,USA

    jabasamma janata le sochhe aanusar ko sambidhan bandaina taba samma loktantra aayeko bhannu,janatalai ghor aandhakar ma rakhnujastai ho.tesaile naya nepal banaune jimma liyeka netaharu ho,timiharu le janata ko hak ra aadikaar lai surakshit rakhera sundhar shanta naya nepal ko sreejhana jaba garchau taba matra lok tantra ko mantra janata lai sunau.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kalu

    चेतन्जी
    देश्लाई लग्भाग तीन सएे बर्स् सम्म् शोषन गर्ने बाहुन् भन्दा पनि छेत्री हुन्।तपाईं को बाहुन् बाद् पनि ठीक हो तर् बाहुन् लाई देखाएर् चाकडि,चप्लुसि,बह्ड्भैलो गर्ने छेत्री हरु नै त् हुन् नि।
    सुर् बहादुर थापा ले देश् मा कति लुत् पाट् माछाए,२०३६ साल् मा बहुँदाल् हराए?तेस्ताइ म्याथबर्,भिम्सेन् थापा हरुलाई पनि पहिला राम्रो मानिन्थ्यो,तर् गणतन्त्र् बादी ईतिहास कार् अनुसार उनिहरु पनि मन्डले नै थिए।तपाईं को भाषा अनुसार त् तपाईं पनि मन्डले नै हुनुहुन्छ् जस्तो छ्।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Chetan Thapa

    ————-LOKTANTRA VS PRAJATANTRA——–

    प्यारा प्र्जातन्त्रा प्रेमी नेपालीहरू !

    देशमा लोक्तन्त्रा आए पनि जे तन्त्रा आए पनि जबसम्मा बाहुनत्न्त्रा(चाकडी, चाप्लूसी, नातावाद, क्रिपावाद, पक्षापात्, जातिवाद, स्वार्थीवाद अझ के के के के….) जाँदैन तब्सम्मा नेपाल्मा प्रजातन्त्र आउँदैन !

    बाहुनत्न्त्रामा सुधार आउनु भनेको प्रजातन्त्रमा सुधार आउनु हो !

    प्रजातन्त्रमा सुधार आयो भने लोक्तन्त्रा को पनि आवश्य्क छैन देश्लाई !

    जुन सुकै राजनैतिक पार्टी होस, जबसम्मा बाहुनत्न्त्राको हबी र छ्बी रहन्छ स्वस्थ राज्नीति र परिपाटीको आशै नगरे हुन्छा !

    नेपाल्को ईतिहासमा बाहुनत्न्त्राले ग़ोरखा दरवारदेखि सिँहदरवारसम्मा दरो भूमिका निभाएको तीतो सत्य याहँका बहुसन्ख्यक ब्ल्गर्हरूलाई अपच होला तर सत्य तीतै हुन्छा !

    मलाई लाग्छ, यहाका बिद्वान ब्ल्गर्हरूलाई बाहुनत्न्त्राको बृहत व्याख्या गर्नु नपर्ला !

    तसर्थ, बाहुनत्न्त्राका सम्पूर्ण अनुयायीहरूलाई सचेत गराएर सुधारको दिशा तर्फ धकेल्नु हामी सम्पूण प्रजातन्त्रप्रेमी नेपालीहरूको पहिलो कर्त्व्या हुन्छ ! यदि नसुध्रिएमा,बाहुनत्न्त्राका सम्पूर्ण अनुयायीहरूलाई जरै देखि नउखालेसम्मा नेपाल्मा न प्रजातन्त्र आउँछ न लोक्तन्त्र नै !

    जय नेपाल जय प्रजातन्त्र !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • लिम्बु पूर्ण

    आज मदन् जि को कमेन्ट राम्रो छ !! मेरो विचार सँग मिले को छ !! त्यो भने को समय मा चुनाव गरेन भने मावोबादी लाई ठुलो घाट! बहोर्नु पर्छ !! आरु पर्टी ले फाईदा लिन्छ न !! जे भ य नि हाम्रा नेता मन्त्री हरु ले देस मा बिकास गरुन् जनता ले खुशी सँग दिन् हरु बिताउन पाउन यही आशा छ लोकतन्त्र को सबै जनता मा !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pranit

    Dear Umesh-ji, I am really sick and tired of these shameless so-called leaders of 8 parties – Huh !! Yo shaalaa gadhaa chor bhaate 8 party kaa leader haru laai pani naango paarera shishnu paani le hirkaaunu parne kya !! Kasto laaz pani nabhayekaa chor haru bhane !! Jana Andolan II maa Shahid bhayekaa haru ko aatmaa le saraapchha ki bhanne pani darr nabhayekaa haru – shaalaa gadhaa chor bhaate haru !! Ek barsha puraa bhaisakyo tyo Raymajhi Commission le doshi thaharyaayeka 202 janaa laai ahile samma pani kehi action lina sakekochhaina yo napungsak aath dal kaa netaa bhanaaundaa haru le. Ajha pani bayaan nai liyi rahekaa chhan la – tetro bayaan liyi sakera doshi ho bhanera saabit bhaisakdaa pani ajhai pani bayaan maatra liyi raakheko chha baa yo napungsak interim government le pani. Khai ke bhayo tyo Oli bhanne Deputy PM lai Commission ko recommondation laai kaaryaanoyen garne bhanera jimma diyeko haina ra tyo gadhaa laai? Ke chaahin naapyo ta tesle? Yetro janataa ko balidaan baata aayeko Loktantra maa pani Shahid haru ko yesto abahelanaa????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kalyan

    The difference is yesterday king’s autocracy was there, but today 8 parties ruling more than that autocratic rule without listening to others. They are being responsible for dividing our nation, and socio-culture and harmony among the people. They should start to count the days from now…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • झ्याउकुरी

    आज लोकतन्त्र दिवस हो | यो लोकतन्त्र चिरस्थायि रहोस | DEMOCRACY नेपालमा फुलोस फलोस | शुभकामना!!! नेपाल देश एउटा सार्वभौम जनतामा निहित अधिराज्य हो| यो देशमा बिकास नहुनुको अब्बल पक्ष भनेको राजा देखि नेता सम्मको ले आफ्नो स्वार्थ सिद्द गर्ने परम्परा झाँगिएको छ, यहा नेताहरु घुमिफिरि पुरानो र नया तथा बिभिन्न नामले जसरी आएपनि | मुल जड यहि हो| २०४६ साल पछि का दिन हरुमा राजा देखि नेता सम्मका सम्पुर्ण पाखण्डिहरुलाइ खोरमा नहालीकन यो देशले शान्तिको स्वास फेर्न सक्दैन| २०४६ साल पछि राजा देखि नेता सम्मका सबैले पालो पालो गरि फूलको माला र ताली को लागि हाना थाप गर्दै आएका छन|त्यतिखेर विश्वोकै उत्कृष्ट भनिएको २०४६ सालको सविधान कच्याक कुचुक पारेर छिद्र छिद्र बनाएर राजा समक्ष बक्साउने नेताहरु नै हुन र त्यो सविधान च्याति धुजा धुजा बनाउने काम राजा र माओबादि बाट भएको जिउदो इतिहास छ| यस सन्दर्वमा माघ १९ को घोषणाले नेताहरुको मैलो पखालेको भनिए पनि आज ज्ञानेन्द्रले घोडा टेकेको दिनले नेताको त्यो मैलो सवै पखाली सकेको अवस्था छ|
    २०६३ साल इतिहासको एउटा मह्त्वपुर्ण वर्षको रुपमा स्थापित भएको वर्ष हो| यो वर्ष अरु धेरै कुरा हरु जस्तै नेताहरुले गल्ति गर्दा माफि मागेर हुने रहेछ, भन्ने कुरा यहि २०६३ सालमा नै जनताले थाहा पाएका हुन| बिधिको शासन उल्लघन ठुला मान्छेबाट नै हुदै आएको छ| अनि सविधान सभा चुनावको गर्मा गर्मिले गर्दा नेताहरु मुखमा सुपारी राखेर बोल्न थालेको आज आधा महिना भैसकेको छ| दरवार हत्त्याकाण्डका कुरालाइ गिरिजाको ग्र्याण्ड डिजाइन र माओबादि पुष्प कमलको बिधिवत गणतन्त्र भनेर कुर्लने नेता महोदय आज आफै बिधिको शासक हुदा मुखमा दहि जमाएर बसेका छन| खै कुन्नि सरकारमा पुगेपछि सवैले मुखमा दहि जमाउछन कि कसो हो ? सरकारबाट बाहिर हुदा जे बोल्छन , सरकारमा गएपछि बोल्न छाड्छन| कृष्ण बहादुर महराले सदनबाट गणतन्त्र घोषणा गर्ने कुरा त उनको आफ्नै मुखमा सिमेण्ट नै जमाएको जस्तो भएको छ | उनि पार्टिका र सरकारका प्रवक्ता हुन | उनले बोले पिठो पनि बिक्छ अहिले |खैत !!! कि माओबादिले सबै जनतालाइ यसरी झुक्काएका छन ‘आटिको माउगुजि फाले पछि गणतन्त्र आउछ’भनेर | अनि त्यसैले राजनितिको नाटकमा आटिको भकारीमा आफै बिराजमान भएर हाउगुजि बन्ने षडयन्त्रको खेल पो खेलेका हुन कि? अनि माउगुजि र हाउगुजिमा कुनै भिन्नता हुने छैन मात्र पुरानो र नया भन्ने शब्द मात्र हो|

    नेपाल भनेको ८ दल र ८ दल भनेको नेपाल भनेर आजको दिन हर्षोउल्लास गरिन्छ भने ,आज मनाउदै गरिएको लोकतन्त्र २०४६ को प्रजातन्त्र जस्तो हुने कुरामा कुनै शका छैन| आजको दिन लोकतन्त्र हो र यहा सबैले बाच्न पाउने अधिकार पाउनु पर्छ| ८ दल र केहि नेताको निरुकुशता ८ दल भित्रका केहि नेताहरुलाइ नै मन नपरेको सन्दर्बमा ८ दल भन्दा बाहिरका दल, मदेश, जनजाति, दलित, महिला र पिछडिएका बर्गलाइ सबिधान शभा पर्ख पर्ख भनेर अल्मलाएका ८ दलले सबिधान सभाको चुनाब नै सर्ने भए पछि अझै कति पर्खनु पर्ने हो किटान छिटो गरिदिनु पर्यो | अन्त्यमा सबै लोकतन्त्रबादिमा DEMOCRACY’S दिपावलीको यो सन्ध्याले चिरस्थायि पाओस, शुभकामना|||

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hope

    Celebrations!!

    The day when we were once again made fool of,the day which proved once again that we have no deciding right of our own fate and the day which proved once again that India is a force to reckon with when it comes to the politics of Nepal and the day which decided that people of Nepal deserve more mysery and the day when the killings of more than 13000 innocent Nepalese declared justified and the day when we set a precedent that amrs struggle in Nepal no matter what are the reasons for it would ultimately gets you to power and the day when 21 people who died for the uprising declared martyrs just as we did that in numourous occasions just to forget them later. I wonder if there is any other reasons to celebrate this very day except Gyanendra no longer enjoys the power which he used to.But what about many Gyanendras misusing power now?? We did remove one dictator just to give rise for more of them.

    It would be too naive to think we got what we deserve and we got what we fought for. In fact we were deceived once again by the same old betrayers and we are forced to support them as once King Gyanendra did. And how inclusive the democracy is now when they don’t even accept the mere existance of parties other than themselves ?? Why people who donot believe in these syndicates are being marginalized?? As we know the maoists movement got some support due to the exclusiveness of the then system, why they are continuing the same old rheoteric again?? Why they are allowed to make the same mistakes again and again?? And what about people who has no political aspirations whatsoever, why should he celebrate this day when he is now tormented by intimidations,threats,scarcity,insults and his own identity is in stake now??

    The political leadership proved incompetent time and again and they have no tendency for learning from their failures, and people are continuing to pay form their lives for that.And they will not change until and unless we change them altogether!!

    Time to think of an alterntive, we should not let them make our once peaceful nation another Somalia!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Asha

    उमेश् जी, लोक् तन्त्र आएपछी मैले देखेको राम्रो कुरा हरु एस्ता छ न्
    क, मर्ने र मार्ने घटनाहरु को सँख्यामा कमी आएको छ
    ख, देश् को आ र्थी क अवस्था मा केही सुधार आएको छ
    ग, सेना ले जनता र पत्रकार लाई गोदने, मार्ने र पिट्ने गरेको छैन
    घ्, समग्रमा, राज्य बाट् हुने गरेको ज्यादाती मा कमी आएको छ्।
    नराम्रो कुरा हरु एस्ता छ न्
    क, जातियता को नाउँमा उपद्रो मच्चिएको छ
    ख, बिखन्डन्कारी हरु देखापरेका छ न
    ग, केही जनता हरु कानुन् हातमा लिन पछि परेका छैनन्
    घ, समग्रमा, जनता ले नै जनता माथि ज्यादाती गर्न् थालेका छ्न अनी राज य मौन् बसेको छ।
    यसर्थ् पुरानो बेला भन्दा नयाँ बेला धेरै राम्रो छ, तर हाम्रो आशा अनुसार को राम्रो भने छैन,
    जस्को लागि अर्को एक् बर्ष पनि लाग्न सक्छ, किनकी देश् ब नाउनु कुनै जादु त होइन नि?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tika Datta

    yes we fight for the Loktantra bur Congress, UML, Maoist all can’t do antyings in the country, Tulsi Giri charged no. 1 BHRASTACHARI is Girija, Yes I’m agreed 100% with him, his family member like Sujata Koirala earning, looting money in our country, yes including girija and his family are no.1 Corrupted in our country.

    I’m also GHAITE in the Jana andolan but these party leaders still can’t do anythings, nothing change, there is not any home Ministry, seems he is LATO na lato, corrupited increasing, we know Rato chandan daily, Sujata Koiralay invest COROR money for her daughter money…can we expect that such leader can work for our country and People, Al leaders are corrupted old minded then?

    Anyway, Happy Loktantra day!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • philime

    Auckland, April 24 NZPA – Sir Edmund Hillary is in a comfortable condition and improving after he was admitted to hospital on Sunday.

    In a statement issued by Auckland Hospital, June, Lady Hillary, said she was happy with Sir Edmund’s progress.

    Sir Edmund was admitted to hospital after returning from Kathmandu on Sunday, she said.

    “He is in a comfortable condition and improves daily.”
    CHECK THIS OUT!!!!
    An Auckland Hospital spokeswoman said there would be no further comment about Sir Edmund.
    It has been reported Sir Edmund hurt himself in a fall, but the hospital spokeswoman would not confirm this.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    उमेश् जि
    मेरो बिस्लेसन् अनुसार त् अब् बिस्तारइ राजा बादि,काङ्रेस्स् ,एमाले मिल्ला जस्तो पो छ् त्।किन् भने अब् समय मा चुनाव न् भएको मा फायिदा यि तीन समुह् लाई नै छ्।किन् भने माओवादी आहिले को समय मा सक्तिसाली पार्टी हो,तेसैले पारीणाम् माओवादी ले नै चाहे अनुसार हुन्थ्यो यदि समय मा चुनाव भएको भए।
    माओ बादी बाहेक् यि तीन समुह् नै आहिले वास्तव मा कम्जोर् छ्न् र् चुनाव न् हुनु को मत्लब् यि तीन लाई नै फायिदा छ्।
    माओवादी हरु आहिले चेपुवा मा परेको समय हो किनकी एउटा खुटा सरकार मा छ् तेसैले भोली यो अपाहिज् सरकार ले काम् गर्न् न् सक्एको अप् जस् माओवादी लाई पनि जान्छ् जान्छ्।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ** When do we have “Ganatantra Nepal” ? **

    We have ‘Prajatantra’ in BS 2007 and ‘Loktantra’ in BS 2063 but when do we have ‘Ganatantra’?

    The two main aspirations of Janandolan II which people wanted to be fulfilled are as follows:

    1. Abolishing the Monarchy institution by declaring the Republic of Nepal
    2.Modality of Proportional Representative Government based on Federal Republic States

    We have a rich king in the poor country. The feudal monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease. With GP Koirala’s leadership, the dream of having “The Republic of NEPAL” may still remain doubtful.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • a democrat

    Yes my friends, we are about to getting rid of a dictatorial institution called ‘shah dynasty’. However we have ill willed and mentally corrupt leaders indulging in dirty tricks to fish in troubled waters. We need to be extra cautious. We need to warn all the concerned parties for not letting them do conspiracy against us and the future of our nation. A true democracy is what our common goal is, and as Umeshji has mentioned, we only have partial democracy. Royalist attitude is still there threatening our april achievement, which is indirectly bolstering by the tyrannies of maoist cadres and incompetent leadership of seven parties of political main stream. Thankfully, we have a strong Nagarik samaj and some very good political leaders across some political parties which are working to transform public aspirations into reality. Good luck to all of us and many many thanks to all the FREEDOM FIGHTERS.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prakash

    Jati jump garyo vyaguto kuwa ko kuwaei ma vaneko yehi, Satile sarape ko desh Nepal.

    Prakash
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yajib

    wish u all the nepalis happy loktantra….
    Khoi loktantra ta aayo tara loktantra chai dekha na hami la kasto huncha vana ra… nepali ma aauta ukhan cha…auta gau ma 3 jana andho basdaitheyo, aak choti uni haru ko gau ma hatti aaya cha, ani feri 3 jana la samauna gaya cha hathi lai kasai la kan samaya cha ani vana cha yo ta nanglo jasto cha ani arko la khutta samaycha ani khamba jasto laga cha ani arko la puchar samayacha ani dori jasto laga cha ,
    aafu lai pani loktantra aaya vana ko pani yastai vayo, aayo aayo loktantra tara khoi aaila samma tha vaya na kasto cha loktantra…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • The “year” has changed, it’s for sure but I can’t say what else changed in this One year.

    May our leader work to make a better society.
    Happy LokTantra Day :)

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes