गौर घटनाका बारेमा धेरै वटा प्रतिवेदन सार्वजनिक भइसकेका छन्। तर संस्थैपिच्छे प्रतिवेदन फरक-फरक आइरहेका छन्। घटना एउटै, प्रतिवेदन भने किन फरक हो ? यसअघिका प्रतिवेदनहरुमा महिलाहरुमाथि बलात्कार भएको तथा स्तन काटिएको भनिएको थियो। राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले तयार पारेको प्रतिवेदनमा भने त्यसो भएको छैन भनियो भने हिजो राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा भने बलात्कार चाहिँ भएको छैन, एक जनाको स्तन चाहिँ काटिएको थियो भनेको छ।
प्रतिवेदनमा बौद्धिमाई मन्दिरमा तीन महिलासहित ११ माओवादी कार्यकर्तालाई लखेटेरै नियन्त्रणमा लिई हत्या गरिएको, निजहरूको रगत बौद्धमाई मन्दिरमा चढाइएको तथा अमानवीय व्यवहार गरेको उल्लेख छ।
माओवादी महिला कार्यकर्तामध्ये एकजनाको स्तन बाँसको धारिलो भाटाले काटिएको भएपनि बलात्कार भएको भन्ने विषय भने पुष्टि नभएको प्रतिवेदनमा जनाइएको छ।
दुबै पक्षका कार्यक्रम एकैदिन हुने पूर्वसूचना भए पनि स्थानीय प्रशासनले प्रहरी परिचालन गर्न नसकेको प्रतिवेदनले औँल्याएको छ।
झडपका क्रममा फोरमका कार्यकर्तामध्ये अधिकांशले बाँसका भाटा बोकेका र माओवादीतर्फपनि वाईसिएलका कार्यकर्ताले लाठी बोकेको प्रतिवेदनले बताएको छ।
प्रतिवेदनका अनुसार एकजनाको गोलीको र्छरा लागी र पाँच व्यक्तिमाथि फोरमका कार्यकर्ताले भाटाले प्रहार गरी मृत्यु भएको हो।
एक साता लगाएर तयार पारिएको सो प्रतिवेदनमा उक्त घटनामा परी २७ जनाको मृत्यु भएको तथा ३० जनाले चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराइरहेको पनि उल्लेख गरिएको छ।
यो पनि हेर्नुस्
राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको प्रतिवेदन
Exclusive: गौर काण्ड हुँदै गर्दाको भिडियो
गौरमा के भएको थियो ?
गौर काण्डः कसरी बनेछ योजना ?
गौर प्रतिवेदनः सरकार, माअोवादी, फोरम तीनै पक्ष जिम्मेवार
गौर प्रतिवेदन: झडपबाट मात्र मरेका हैनन्
गौर घटना दोहोरिन सक्छ
No related posts.










Yo Sadayantra ko gandha ho!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Dr. Mathura Shrestha is so brave and straightforward. It is real humane of him to speak truth. He has unravelled several mysteries that other so-called “Human Rights Authorities” have overlooked.
मन परे हरियो, नपरे रातो
0
0
गौरमा ३० जना युवायुवतिहरु राक्षसि तवरले मारिएको तथ्य घाम झैं छर्लंङ्ग छ। सबै प्रतिबेदनले राक्षसी-बर्बर हत्याको खेदका साथ बर्णन गरेकै छन् । प्रतिबेदनहरुको ब्याख्यामा कडा वा नरम भाषाको प्रयोग हुदैमा जघन्य हत्यारो गुण्डा-गिरोहको अपराध बिबादको बिषय बन्नु हुदैन । ति हत्याराहरु अहिले सरकरको नेत्रित्व गरेका पाखण्डीहरुका चुनावि ठेकेदारहरु रहेछन्; त्यसैले कार्बाहि हुने कुरै भएन । आशा छ राजतन्त्रलाई घुंडा टेकाएको सम्बन्धित पक्ष नै ति राक्षसहरुलाई कार्बाहि गर्न सामर्थ्य हुनेछ ।
माथिका कतिपय कमेन्टहरुमा त्यस्तो राक्षसी-बर्बर हत्यालाई समर्थन गरिएको आभाश पाइन्छ । यदि पिडितहरुका परिवार वा सम्बन्धितबाट ति हत्यारा, तिनका संरक्षक र समर्थकहरुको बध भएछ भने त्यो कुनै आश्चर्य हुने छैन ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालका मानवाधिकारवादि भनिनेहरु राजनितिक पुर्वाग्रहबाट ग्रसित छन भन्ने कुराको प्रमाण हो यो|
मन परे हरियो, नपरे रातो
0
0
यो केही हैन ,धेरै वामपन्थी एन जि ओले खोलेका मानवअधिकारवादी पसलेहरूले माओवादीलाई सहानुभूति दिने कोशिस गरेका हुँदा शुरुमा स्तन काटेको आदि प्रचारमा ल्याइएको थियो , तर सबैभन्दा विश्वसनीय चाहीँ मेरो विचारमा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको प्रतिवेदन ने हुनुपर्छ । किनभने यो संस्थालाई कसैलाई राम्रो र कुनै अर्कोलाई नराम्रो साबित गर्नु पर्ने खाँचो छैन।
मन परे हरियो, नपरे रातो
0
0
भनेपछि रास्ट्रसंधिय उच्च आयोग पनि बिकाउ भएछ हैन त?? चिल्ला गाडिमा गएर फोरम कै मान्छेलाई सोधेको भरमा सत्य तथ्य सार्वजनिक हुन्छ ? प्रश्न गर्ने वेला आएको छ , हत्याकाण्डका प्रतक्षदर्शिको भनाई साँचो कि प्रतिवेन साँचो ??
मन परे हरियो, नपरे रातो
0
0
It has been heard 85 crores is coming for different human right organizations in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
The problem is all the organizations are run by some political cadres so reports will be based on the interest of the parties. This is the main reason the reports will be different from different organization as they are not running for the people.
On other hand everyone wants publicity so if they give same reports then none will look at them so to stand in a unique way every so-called human right organizations present different report.
Now the impact is we people who are unable to be in the site get different stories and ultimately there will be people who will have doubt if the real massacre has happened there. Just wait for sometime and Forum will establish one Human Right Organization and present that there was no such killings.
First our greatest Mathura went to Gaur and said big things and then he even dared to protest the reports of UN or defend his sayings.So what to say him now? If his report is right then come out and speak and if that is wrong then punish him as that is not his house to say what he likes, it is the serious issue and now the bloods of 30 people killed in gaur is becoming cheap and that is due to people like him.
Every organization should show proof and methods they had adopted to prepare the reports. Just going and asking A B C doesn’t mean the report is valid. We should know if these A B C were present in the incident or did they just hear from others.
It is all about dollars and publicity. Every X Y Z can prepare reports and then play with the sentiments of the people.
मन परे हरियो, नपरे रातो
0
0
एउटै घटनाका त थरि थरिका समाचार आँउछन भने प्रतिबेदन को के कुरा ?
होईन नेपालमा कति सस्था छन यस्तो घटानाको अध्ययन गर्ने?
नेता, पत्रकार र मानब अधिकारबादी, कति छन यो देशमा यो बरेमा पनि अध्ययन गरेर अर्को प्रतिबेदन बुझाउनु पर्ला जस्तो छ |
मन परे हरियो, नपरे रातो
0
0