भारतबाट प्रसारण भए पनि नेपाली टेलिभिजन कै दर्जामा राखेर हेर्ने गरिएको नेपाल वन टिभीमा कर्मचारीहरुले गरेको आन्दोलन अब चर्कँदैछ। नेपाल वनका कर्मचारीहरुले पारिश्रमिक, नियुक्तिपत्र आदिको माग गरी नेपालको कार्यालयमा तालाबन्दी गरेर आन्दोलन गरेको कयौँ दिन भइसक्दा पनि नेपाल वन टिभी प्रसारण भइरहेकै छ, केही असर परेको छैन। आज भने आन्दोलनमा केही नाटकीय मोड देखिएको थियो। कर्मचारीहरुले ऋषि धमलाको रिपोर्टर्स क्लबमा पुगेर नाराबाजी गर्दै आन्दोलनमा धोका दिएको (धमलाले नै युटिएलको बिल्डिङमा बसेर नेपालका भिजुअल दिल्ली पठाइरहेको आरोप उनीहरु लगाउँछन्) भन्दै उनलाई लिएर गएका थिए। त्यतिबेला त्यहाँ कार्यक्रम हुँदै थियो, जुन बीचैमा रोकिन बाध्य भयो। पछि कर्मचारीहरुले धमलासित कुरा मिलाएछन्। तर नेपाल वनकी मालिक्नी नलिनी सिंहले भने आन्दोलनमा लाग्ने सबैलाई मारिदिने र बेपत्ता बनाइदिने धम्की दिइछन्।
नेपाल वनमा कार्यरतहरुले थुप्रै पैसा लिन बाँकी रहेछ। एक जनाको त दुई लाखसम्म लिन बाँकी छ रे। तलब पनि ठीक समयमा नदिने, नियुक्ति पत्र पनि नदिने, नेपालको श्रम कानुन पनि नमान्ने, कर पनि नतिर्ने तर कर कट्टा गर्ने, कर्मचारीहरुमाथि मानवीय व्यवहार नगर्ने आदि विभिन्न आरोप कर्मचारीहरुले व्यवस्थापन पक्षलाई लगाएका छन्।
वास्तवमा नेपालमा सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुले आफ्नो सञ्चार संस्थाविरुद्ध यस्तो आन्दोलन गरेको यही पहिलो हुनुपर्छ।
नेपाल वनका कर्मचारीहरुको एउटा विज्ञप्ति मेरो हातमा परेको छ। त्यसलाई जस्ताको तस्तै राखेको छु-
नेपाल वन टेलिभिजन पत्रकार कर्मचारी संघर्ष समिति
२०६४
प्रेस विज्ञप्ति
१) नेपाल वन टेलिभिजन पत्रकार कर्मचारी संर्घष समितिले आफ्ना सल्लाहकार ऋषि धमलालाई ससम्मान पुर्नबहाल गर्ने निर्णय गरेको छ । श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले गरिरहेको न्यायोचित आन्दोलनका विरुद्ध उहाँले नेपाल वन टेलिभिजन ब्यवस्थापनलाई सघाउनुभएको भन्दै उहाँलाई सल्लाहकार पदबाट मुक्त गरिएको थियो । तर धमलाले आफू आन्दोलनरत श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको कुरा ब्यवहारबाटै प्रमाणित गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएपछि सल्लाहकार पदमा ससम्मान पुनबहाल गर्ने निर्णय र्सवसम्मतिले लिइएको हो ।
२) आज नेपालवन टेलिजिभनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई प्रवन्ध निर्देशक नलिनी सिंहले वेपत्ता बनाइदिने तथा मारिदिने धम्की दिनुभएको छ । नेपाल वनको काठमाडौं कार्यालयमा आज अपरान्ह फोनमा उहाँले सो धम्की दिनुभएको हो । नेपाल वन टेलिभिजन पत्रकार – कर्मचारी संर्घष समितिका सल्लाहकार ऋषि धमलाको फोनमा कुरा गर्दै सिंहले दिनुभएको धम्कीप्रति नेपाल वन टेलिभिजनमा कार्यरत हामी सम्पूर्ण कामदार गम्भीर भएका छौं । हामी हाम्रो सुरक्षाका लागि नेपाल र भारत सरकार, राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकारवादी संघ संस्था समक्ष अपिल पनि गर्दछौ । हाम्रो जीवन माथि हुन सक्ने सम्पूर्ण खतराको जिम्मेवारी प्रबन्ध निर्देशक नलिनी सिंहले लिनु पर्नेछ । हामी प्रबन्ध निर्देशक सिंहको सो भनाई प्रति गम्भिर आपत्ति जनाउछौ र र्सार्वजनिक रुपमा माफी माग्न माग गर्दछौ ।
३) नेपाल वन टेलिभिजन संघर्ष समितिले बैशाख १८ गते नेपाल वन टेलिभिजनका पत्रकारर्-कर्मचारीहरुले गरिरहेको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै भोलि बेलुका पाँच बजेसम्म २० सुत्रीय माग पूरा नभएमा ४८ घण्टे अनशन गर्ने निर्णय गरेको छ । सो अनशनमा नेपालवन पत्रकार-कर्मचारी संर्घष्ा समितिका संयोजक राजकुमार रेग्मी , सल्लाहकारद्धय ऋषि धमला र सुधिरराज राजभण्डारी बस्नुहुनेछ । नेपालवन टेलिभिजन पत्रकारर्-कर्मचारी संर्घष्ा समितिले आज आयोजना गरेको पत्रकार सम्मलेनमा समितिका सल्लाहकार तथा रिपोर्टसं क्लब नेपालका सल्लाहकार ्ऋषि धमलाले रिपोर्टस क्लवमा कुनै पनि साक्षात्कार कार्यक्रम आयोजना नगर्ने घोषणा गर्नुभएको छ । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भोलि बिहान नेपाल वन टेलिभिजनको कार्यालयबाट जुलुस निस्कने र सो जुलुस नेपाल पत्रकार महासंघले निकाल्ने प्रभात फेरिमा समाहित हुने पनि निर्ण्र्ाागरिएको छ ।
रेवती सापकोटा
सचिव
राजकुमार रेग्मी
संयोजक
माअोवादीले समेत केही गर्न नसकेको (सुरुमा माअोवादीले सञ्चारमा विदेशी लगानी रोकिने बताएका थिए तर पछि सरकारमा गइसकेपछि भने हाललाई रोक्न नसकिने बताएका थिए) यो विषयमा कर्मचारीहरुको आन्दोलनले के गर्छ, हेर्न बाँकी नै छ।
No related posts.










नेपाल वनको आन्दोलनको नेता राजक’मार रेग्मी ह’न् । उनी ऋषि धमलाको भाडाको लेखक ह’न् । धमलाको भाडाको लेखकले आन्दोलन गरे, धमलाले पनि राजक’मार सँगै नेता ह’ने मौका पाए । यो क’रालाई पनि ध्यान दिने हो कि । मैले रेग्मीजीको नियतमा शंका उठाउन खोजेको होइन, उनले निकै राम्रो काम गरे, मान्छे राम्रै पत्रकारमा पनि गनिन्छन् तर उनी ऋषि धमलाको पार्टनर ह’न् । राजक’मार जस्ता राम्रा पत्रकारहरुले नै हो ऋषि धमलाको ज’ठो प’रो खाएर धमलालाई ठ″लो बनाएको । ऋषि जस्ता बदमासलाई ठ″लो मान्छे बनाउने काममा धेरै इमान्दार पत्रकारहरु पनि लागेका छन् । नेपाल वनको आन्दोलनमा पनि यो क’रा देखियो । यो द’ःखको क’रा हो
मन परे हरियो, नपरे रातो
0
0
Pria Comenterharu sabailae thahe cha america ma basera nepal ma Rajnity garna hune Bidesi lai gush khayara permit dine nepali karmachari ra pachi Indian Bhanera gali garne yo kura ali pecha na pahila aphono gar Herne tespachi aru layi.
मन परे हरियो, नपरे रातो
0
0
hi
If she was telling this type of rubbis things, better to close Nepal 1 channel.we dont want to see this channel.she has to come on face and say sooory.either close. we have many choice……?
thanks,
Bijaya Sunam
Saudi Arabia
मन परे हरियो, नपरे रातो
0
0
Hey Dear!!
It should be closed tonight. It should be kick-out and Good bye Nepal 1 for good!!! This channel is only fit among Bihari!!! I hate It. Just Proud to be and Nepali and we should be lawful.
Yours
Mann
मन परे हरियो, नपरे रातो
0
0
मलाई के कुरा ताजुव लागेको छ भने नेपालि भाषाको नेपाल च्यानल किन दिल्लि वाट प्रसारण गर्नुपरेको हो? नेपालमा स्थानाभावले हो वा कुन कारणले हो थाहा भएन | तर एउटि विदेशि आईमाईले त हाम्रा पत्रकार महोदयलाई यति घटिया र घृणित कार्य गर्न सक्ने ताकत राख्दिरहिछे भने अरुको त के कुरा | मेरो विचारमा नेपाल टेलिभिजन पनि कुनै बिदेशिलाई ठेक्कामा दिए राम्रो हुने थियो | बिस्तारै सबै नेपाल वाट प्रसारणहुने च्यानलहरु | हामि नेपालिलाई कुनै काम गर्नु पर्यो भने कानूनका बिभिन्न दफा,उपदफा लगाएर अबरोध खडा गर्ने सरकारि निकाय यसरि खुलेआम नेपालको नाम भजाएर नेपालिलाई नै हेप्दै अर्थसंकलन गर्दा किन चुप छन ? स्पष्ट छ,त्यहाँ केहि लेनदेनको प्रभाव छ | हैन भने नेपालिले नरुचाएको च्यानललाई किन बन्द गर्ने कोशिस गरिदैन | आज त्याहाँका कर्मचारि भोलि अर्को पर्सि अर्को गर्दै सबै नै यस प्रकारको बिदेशि रजाईवाट आक्रान्त हुने निस्चित छ |
कुरा रहृयो पत्रकारको नकावधारि छदमभेषि अवसरवादि पत्रकार ऋषि धमलाको | उनि के र कस्ता चरित्र अथवा स्वभावकाहुन भन्ने कुरा माथि कमेन्ट गर्ने साथिहरुले थोरवहुत उल्लेख गर्नुभएकोले तिनि पठुको वारेमा केहि लेख्नु उचित ठान्दिन | पत्रकार जगतमा यि र यस्ता घोर गलत चरित्रका स्वार्थि र जुनसुकै हथकण्डा मच्चाएर भएपनि दुनो सोझ्याउने एक खाले झुण्ड छ जस्ले गर्दा असल र स्वाभिमानि नेपालि पत्रकारहरुको ईज्जतमा समेत आँच आउने कार्य भएको छ |
अव रहृयो कुरा हाम्रो पानि मरुवा लुते सरकारको | यो कुन गति र वाटोमा संचालित छ भन्ने कुरा भनिरहनु नपर्ला | देशको प्रधानमन्त्रि र मन्त्रिको चाल उहि केटकेटि आए गुलेलि खेलाए गए भन्ने खाल्को छ | अनि कतावाट हुन्छ सहि निर्णय र कामहरु |
अव रहृयो आन्दोलनको कुरा यो पनि पैसा नपाएर भएको हो भोलि त्यो देशिया आईमाईले पैसाको बिटोले मुख टालि भनि समस्यै चट,हाम्रा नेपालि पत्रकार र कर्मचारिले काम फटाफट थालिहाल्ने छन| अनि बेफ्वाँकमा कुर्लने त उहि हामिमात्र | तर कुरा स्वाभिमानको हो त्यसैले यो नलिनि नामको आईमाईले मच्चाएको रडाकोलाई त्यति सजिलो आँक्न मिल्दैन | धम्किपनि दिदिरहिछे | हामि नेपालि लाई नेपालमा नै यो दोश्रो फुलनदेविले थर्काउने, जाग्नै पर्ला जस्तो छ | खुरुक्क आफ्नो झोलि तुम्वा र तेरा आसेपासे सहित फिर्ता रवाना तुरुन्त हो | अन्यथा वेहाल होला भोलि | नेपालमा सस्तो लोकप्रियताका लागि ब्यापार गर्ने कुरा भविश्यमा भुलेर पनि नसोच |नेपालि का थोत्रा जुत्ताका भारिबोक्नु पर्ला,बेलैमा ख्याल गरेस |
धन्यवाद ||||||||||||||||||||||
मन परे हरियो, नपरे रातो
0
0
comment lakhane haru hawa hun. kena ki andolan ko lead ta ‘GADHAR’ Rishi le nai gare ko cha ne. ani sabi gadhar bhayan…n ta ? a ani, andolankari-mula khurapathi haru ko past n heri andha samarthan garne ?
–Nepal 1 ka andolankari bata pidit purba karmachari
मन परे हरियो, नपरे रातो
0
0
नलिनीको विरुद्धमा नेपाल वानका पत्रकारहरुको व्रि्रोह र संर्घष्ामा र्समर्थन गर्दै के भन्न चाहन्छु भने उहाँहरुले यो कदम अन्जना रावलले नलिनीको गालामा थप्पड बरसाउदै उठाएको भए अर्थपूर्ण र सार्थक हुने थियो । नलिनीको कुत्ता कमिना नबनेर बेलैमा उनले अन्यायको विरुद्धमा आवाज उठाउदा र सङ्घर्ष गर्दा अरुले पनि साथ दिएको भए नलिनीको हिम्मत यति साह्रो बढ्ने थिएन । अहिले पनि सङ्घर्ष गर्न ऋषि धमलाको पछि लाग्नुको सट्टामा अरु जनपक्षीय पत्रकारहरु, क्रान्तिकारी पत्रकार संघ र नेपाल पत्रकार संघसग हातेमालो गर्दा सङ्घर्ष फलदायी होला, नत्र धमलाको बुद्धिलेआन्दोलनलाई भड्खालोमा जाक्यो भने राम राम मात्र भन्न सकिएला । खासमा नेपालका भर्ष्ट र देशघाती नेताहरुको कारण नेपालमा च्यानल चलाउने अनुमति पाएको नलिनीलाई अब चेताउने बेला आएको छ । त्यसको लागि उसको च्यानल बाड्ने कम्पनी र त्यो देखाउने केवलहरुलाई पनि देखाउन बन्द गर्न अनुरोध गर्नुपर्छ । अनुरोध गर्दा निश्चित दिनको समय पनि दिनर्ुपर्छ नमानेको खण्डमा अरु सबै उपाय अपनाउनर्ुपर्छ । यसबारेमा माननीय सन्चार मन्त्री कृष्णबहादुर महरा र उहाँका पार्टीमा पनि निवेदन दिए वेश होला कि -
मन परे हरियो, नपरे रातो
0
0
Nalina lai anjana rawal le kehi samaya pahile pitda kheri khutta kamaune tyaha ko patrakar haru ko aankha balla khule jasto lagyo. Sachhikai swabhiman bhayeko bhaye anjala ko byaktigat bichar ra rajanitik sochai je bhaye pani unle anyaya ko biruddha ma, nepali swabhiman ko rakchhya garna bidroha garda ra nalini ko gala ma chadkauda tyaha ka aru patrakar haru le belai ma awaj uthaye ko bhaye ra swabhiman lai bandak rakhera nalini ko “Kutta”, “Kamina” nabane ko bhaye nepal biruddha bish baman garna bhrasta neta haur lai karodau rupiya khuwayera (pradip nepal lai yes bare beshi thaha chha) kholiye ko tyo nepal one name gare ko bharatiya telivison channel uhilehi banda bhai sakthyo. Tara neapali ko buddhi nahi yestai, hagi sakyo dailo dekhyo bhane jastai. je hos, tyha kam garne haru ko buddhi dhilai bhaye pani khule ko ma badhai chha ra tini haru ko andolan ra maag ma mero pani 200% samarthan chha.
मन परे हरियो, नपरे रातो
0
0
I just feel sorry for the brains you people have. How can the slaves talk or act against the master. You people are still in dark. All the leaders gives slogan against the india when it is election time and even if you go through the 40 demand made by Maoist for starting their crime against the rural people, they had listed indian as the first enemy with their four demands at the top of 40 which was directed towards India and after the Maoist ceased the war His Majesty Prachanda was there in india wagging the tail behind the masters after it gave some food for their party as a role in nepalese government.
So dear journos don’t expect that Mahara will do something for you untill you won’t act yourself.
Anyway I think you should fight for the right and that will prove the meaning. When educated people like you are cheated in daylight then you can just imagine how others are treated in nepal.
I always hated journalist as they are all party cadres and you find few who is independent but that is situation of nepal. If you are not attached to some party line you won’t get any jobs though you are highly qualified.
I think first thing is ask the government to stop the telecast of the channel and request cable operators to stop broadcasting it.
Second stage pressuraize His Royal Highness Crown Prince Mahara Bikram Shah to act immediately to freeze whatever property they have and never take pressure of their master at moment.
You people say you have loktantra but I don’t see it even your ministers and PM have become royals and instead of getting into the point of CA, leaders are more interested in hydro electricity, raising money in the name of the new royal Prachanda Army and not a penny going to them but to the banks of the party leaders.
Instead of facing the public vote, they are trying to have short cut and just keep blaming King for whatever is going wrong as it is what India does for anything blame Pakistan and vice versa.
Have faith in People but these leaders don’t have any faith as they have not done a single work that support people. Does changing sign and anthem support people’s life or restoration of schools and health posts supports. These useless leaders are just going for cheap popularity and journalist are running to feed these cheap popularity so today you are kicked at your back as people know which level of journalist are there in nepal. If they satisfied their main dog then these dogs in the form of PM, ministers and party leaders will silent the voices of all you.
So raise genuine issues directly affecting the people instead of just getting focused on the already dying king. The good citizen will themselves eliminate the king so support people to rise from their poverty and illiterate. Till there are these people, there will be people like gyanendra and prachanda who will enjoy the bloods of the people and democracy will never be permanent.
Anyway best of luck with your fight.
मन परे हरियो, नपरे रातो
0
0
yo ta tati ramro bhyana ni nepal 1 le teso garna mildaina. yadi nepal 1 ko malikni le teso bhaneko bhaya mafi magnu parchha
मन परे हरियो, नपरे रातो
0
0
Dear friends of Nepal 1 Television,
Lakhs of SUBHAKAAMANAA on the day of Press Freedom.
All of us are supporting you. Nalini Can do nothing to you. Billions of people are at our back. Actually, we are working in hostile environment for the right of information of people.
Be forward on this day.
Thanks
Binod Dhaulagiri
Country Representative
Naya Nepal Khabar
New York, USA
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji,
Good things happen. coz u know the Rishi, Matrika, Rajkumar, Rewati, siva-who are very selfesh. Before they was against the such protest regarding to PHANENDRA SIWLAL. Who is vicitime of royal coup. But they did not support his struggle. They try to arrest him and mobilise police. It was slavery of them to Nalini. So they don’t have moral to such protest. u know them-they compromise to Army in a royal regime.Matrika had surrender with army for his job continuty.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji:
It’s not a good news to threaten the Journalists or Anybody in such a manner.
It would be better if we could avoid Nepal1 TV from ourselves.
Let’s start then. Could you please remove Nepal 1 TV from your blog first ?
मन परे हरियो, नपरे रातो
0
0
लौ ऋषी धमलाको बुद्घि फिरेकै हो कि गिरिजा बाबुको जस्तै हो कुन्नी?
मन परे हरियो, नपरे रातो
0
0
Better not to watch nepal 1 channal by any nepali, so that it will be closed because no one pay it and no Advertisment is available for them.
मन परे हरियो, नपरे रातो
0
0
Ke ho bro, tyo Rishi Dhamala bhanne jun sarkar aaye pani churi phuri gari rahanchha ni………..testa dai chiure haru lai thegan lagauna sakinna ra bhanya? Naya nepal ma pani uskai bol wala hune bhaye kaha bata naya nepal????
मन परे हरियो, नपरे रातो
0
0
जुन् जोगी आएनी कान् नै चिरिया भन्ने उखान लाई मओ बादी ले कुर्सी पाए पछी साबित् गरिदिएको छ। खुब् डन्का झार्थियो बिदेशी लगानी को संचार माध्एम् लाई बन्द गर्ने भनेर। इश् गरिस्।
मन परे हरियो, नपरे रातो
0
0
….नेपाल 1,रिषि धमला, भारतीय मालिकहरु र नलिनि सिंह……….
नलिनि सिंह भारतका भू.पू.मन्त्रीकी बहिनी हुन् । दाजु मन्त्रीहुंदा संरक्षित भाषाका नाममा सरकारबाट पाउने रकम हात पारेर मैथिलि च्यानल खोल्न उदित नारायण झासंग पार्टनरमा काम शुरु गरिन् । तर पछि उदितले खुट्टा झिकेपछि मैथिलिभन्दा नेपाली च्यानलको बिजिनेस राम्रोहुने ठानेर उनले नेपाल वान नामको दोकान खोलेकी हुन् । न्यूरोडमा एउटा मारवाडीले सटरमा दोकान थाप्यो,नलिनिले सिंगो आकासमा दोकान थापिन्, फरक यति हो । अब कानुनी,ग्ौह्रकानुनी के हो भन्ने कुरो त बांकी नै रहेन् । किनभने नेपाल वान नेपाली भाषाको भारतीय च्यानल हो -भलै नेपालवानमा बोलिने र लेखिने भाषासुन्दा कतै रुन मन लाग्छ, कतै हांस्न मनलाग्छ) । पाठकलाई लाग्दो हो, कसौटी जिन्दगीकी भन्ने स्टार प्ल्ासको सिरियलले इपिसोडको २५ लाख आइसि पाउंछ, नेपाल वानमा पनि त त्यसको आधा पाउंदो हो नि – कठै, त्यस्तो हुदों हो त बिचरा राजेन्द्र शलभ आफ्नो काम बापत्को करिब १० लाख रुपियां लिन २ बर्षेखी दिल्ली टु काठमाण्डौ कतिपटक गरे, एकपटक सोध्नोस् त । कसलाई आफ्नो भनौं भन्ने सिरियलले त त्यो भन्दा धेरै लिन बांकी छ । पैसाकै कारण नारायण पुरी र मनोज जुरेलहरु कार्यक्रम बन्द गरेर बसेकाछन् । झन बिचरा स्टाफ र कर्मचारीहरुको त के गति होला, त्यसै आन्दोलन गरेका हुन् र -
अब आउनोस्, नलिनि सिंह नामकी यी बिहारी राजकुमारीको सनकको कुरा गरौं । भारतीय निर्देशक महेश भट्टसंग यिनको बहुत राम्रो संबन्ध छ । -ब्वाइप|mेण्ड नै हुन् कि हैनन्, रामजाने ) उनलाई ल्याएर इण्यिन आइडोल हुंदै नेपालीताराबाट नेपाल स्टार बनेको -सांगितिक प्रतिभाको खोजी) कार्यक्रममा बिजेतालाई दिनेभनेको पुरा पैसा न अहिलेसम्म दिएकी छिन्, नत बिजेताले पाउने सुविधा र अवसर पाएकी छिन् । के के न भइयो भनेर दंग परेकी धरानकी बिष्णु चेम्जोङ् अहिले पनि काठमाण्डौंमा नलिनिले झार्ली र खाउली भनेर बसेकी होलिन् । तर, यो कुरो नलिनिसंग गर्ने आंट कस्को –
मन पर्नेलाई मेरा बेटा र मेरी बेटी भन्ने नलिनिका मुखमा बेटाबेटी भन्दा पनि कुत्तों, मेरा जुत्ताका किडोभन्ने शब्द बढि रहने गर्दछ । के गर्नु हजुर, नेपाल यही हो, स्वाभिमानले स्वाश्नी छोराछोरीको पेट भरिदैन । बाध्य भएर मालिक्नीको गाली खाएर बस्नु परेको छ नि । एकपटक लन्च गर्दै गरेकी अन्जना रावलको प्लेटमा जुत्ता राखेर मेरा जुत्ताका लन्च करो कुत्ती भन्दा नलिनिमाथी खनिएकी अन्जना नै नेपाल वानकी पहिलो क्रान्तीकारी महिला हुन् । -भलै उनीको बारेमा पनि थरि थरि कुरा गरिन्छ) त्यसपछि रेवती र राजकुमारले नेपाल वानभित्रको क्रान्तीको शुरुवात गरेकाछन् । ति दुबैलाई बधाई छ ।
वास्तवमा यो आन्दोलन नेपाल वनकोमात्रै हैन, भारतीय कंपनि र साहु महाजनहरुकोमा कार्यरत कर्मचारी तथा मजदुरले मालिकको अन्याय, अत्याचार, उत्पिडन बिरुद्ध गरिएको आन्दोलन हो । हो, नेपाल गरिब छ र भारतीय साहु महाजनहरु हाम्रोदेशमा साना ठूला दोकान थापेर कमाइ रहेकाछन्, तर त्यसको मतलब नेपालीलाई गुलामको ब्यबहार त गर्ने हैन नि । हो, उनिहरुका कंपनीमा हामी काम गछौर्ं, तर त्यसको मतलब जागीरको साथसाथै गाली र दर्ुर्ब्यबहार पनि संगै खानकालागी त हैन नि । जहांसम्म रिसी धमलाको कुरो छ, हाहाहाहाहा ….यो नामसुन्नासाथ हांसो बाहेक केही आउंदैन । जसरी ५६ प्रतिशत मतदाता बामपन्थी भएको देशमा गिरिजा नै प्रधानमन्त्री बनाउनु हाम्रो मूलुकको धरातलीय बाध्यता हो, त्यसैगरी पत्रकारितामा मार्स्र्टसगरेका सयौं पत्रकारहरु हुंदाहुदै मौखिक पत्रकार धमलाजीको मौखिक पत्रकार क्लबमा ठुला ठुला क्रान्तिकारी नेता धाउनुपनि प्रचारमुखी बाध्यता हो । अब नेपाल वानका हामी पत्रकारले धमलालाई सल्लाहकारमा ससम्मान पर्ुननियुक्त गर्नुपनि अर्को बाध्यता हो । हामीसंगपनि ठिक्क भएका धमलाजीको नसो नलिनिसंग नचुडिएको सत्य थाहा हुदाहुदै पनि कतै वार्ताको सुत्रधार बन्लानकि भनेर पनि हो । जे होस्, आन्दोलन् टुंगोमा पुगोस्, र यसको शन्देश यस्तो जाओस् कि भारतीय मालिककोमा काम गर्ने हरेक नेपाली मजदुर कर्मचारीले स्वाभिमानसाथ बांच्न पाउन् । जय नेपाल ।
मन परे हरियो, नपरे रातो
0
0
Protestors should kick out Indian agent “Nalini Singh”
for good. This TV is operating in a illegal way.
The socalled Loktantrik govt. should investigate and bring it into Nepales system.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
NEPAL MA HAREK CHIJA GARNA LAGI INDIA BAT GARNU PARCHHA EVEN DO ADVERTISE JATI PANI CHHAN INDIA KA MANCHHE CHHAN DESH KO NAU MATRA NEPAL HO BAKI SABAI INDIA KO NAI GARNU PARCHHA ANI JE MAN LAYOU TEHI BHANCHHA BICHAR GARNUS INDIA KO SABI CHIJA GARNE NEPAL KO MATO KO KEHI NAGARNE ANI YESTAI HUNCHHA PAHIRO JANE BHIRMA HARIYOU GHAS KO KE ASHA BHANE KO
मन परे हरियो, नपरे रातो
0
0
नेपाल वान् का कर्म् चारएे वास्तव मा न्याएे मग्न् संचार मन्त्री महरा काँ जानुपर्ने होइन् र्???????
मन परे हरियो, नपरे रातो
0
0
Kasko bauko tagat cha Nalinilai karbahi garne? Indian embassador ta PM ko special advisor jasto lagcha. Terai man strike bhayo PM le unlai bolauchhan. Interim Constitution garnu paryo, feri PM le Mukharjee saablai bolauchhan. Kamse kam Rajako sasan man government ko advisor Indian rajdoot ta thiyena. Raja ko rule bhanda pani khattam bhayo democratic government. ke garnu paryo bhanera eight party ka neta girijabau le party leaders ko suggestion linu parne ho. Indian ko suggestion ta hoina hola. India le nepal ko ramro socheko hola ra?
मन परे हरियो, नपरे रातो
0
0
उमेस जि
तथा साथी हरु मलाई नि त्यो ॠशी धमला भन्ने मान्छे आलिक् ठीक लागेन मान्छे त राम्रो गरी चिन्छु त्यस् लाई तर पुरा थाहा छैन ॠशी धमला को बारेमा जहिले नि त्यस् लाई देख्छु !! निकै आफुले आफुलाई नै ठुलो भन्ठान्छ जस्तो लाग्छ !! कुनै मन्त्री नेता ठुलो कर्मचारी हरु को आन्त्रबार्ता मा उ नै मन्त्री हरु को छेउ मा गयर् उभिन्छ कुनै ठुलो मान्छे जस्तो !! आरु पत्रकार हरु कयामारा के छेउ मा हुन्छन् भने ॠशी धमला मन्त्री नेता सँग दाजिनु पुग्छ !! कि मन्त्री नेता हौ को अन्त्रबार्ता हुँदा पछाडि गयर् उभिन्छ उस्को चाहना नै टेलिभिजन मा देखिनु हो आखिर त्यो किन मलाई नि चित्त बुझेको छैन !! र आर्को कुरा नेपाल १ को कर्मचारी आन्धोलन् मा छ न भने त्यस् ले किन भित्र भित्र नेपाल १ सँग काम गर्दै छ !! पोइसा कामाउन हो कि आरु नेपाली कर्मचारी को चाहना र पेट मा लात् मार्न हो !! ॠशी धमला ले साची नै लुकेर नेपाल १ सँग काम गर्दै छ भने आन्धोलन् रत् कर्मचारी हरु बाकी राख्न्नु हुन्न त्यस् लाई !! नेपाल मा लोकतन्त्र आयको के काम भो कर्मचारी हरु को हक् अधिकार सुरक्षित् भयना भने !!
मन परे हरियो, नपरे रातो
0
0
त्यत्रो बिबादमा फस्दा पनि प्रसारण नरोक्ने? अनि भारतमा बसेर नेपालीलाई मार्ने धम्कि दिने नलिनि सिंहले आफूले आफैलाई हिट्लर नै ठान्या छ कि क्या हो?
मन परे हरियो, नपरे रातो
0
0
के हेर्नु उमेश जी , कसैले केहि गर्न सक्दैन । नलिनी सिंह जस्ताको पछि लागेर पैसाको लोभमा परेर हामी जबसम्म अर्काको संचारमाध्ययममा काम गर्न जान्छौ तबसम्म कसैले केहि लछारपाटो लगाउन सक्दैन । भारतमा नेपाली टेलीभिजननै संचालन गर्नु छ भने भारतमा बसेर पनि नेपाली राष्ट्रियता प्रति लगाव हुने भारतिय नेपालीहरुको पहलमा खोल्नु पर्ने हो । जो पायो त्यहीको पछि लाग्दा यस्तो नियति भोग्नै पर्छ नि ।
मन परे हरियो, नपरे रातो
0
0
We live in a lawless nation. So this is not a big surprise to have these kind of phenomenon. We don’t know how much bribe she (owner of Nepal one TV) gave to get the license. Definitely, she has blessing from the person who she gave bribe. This encourages her to threaten to the people. However, nowadays people are more conscious and aware of their ability and limit how much depth they can go for to fulfill their demands.
We say we have democracy. Is this the democracy we been looking for. I don’t think so. You can speak about your problem or reach to the people. Hardly we have seen things getting materialized as per the wishes of people.
We, Nepalese, scarcely believe these corrupted leaders since we do not have another alternative. We know things are not moving as per the peoples wishes. But we at the same time disable in this regard. We can’t do anything. I think these peoples victimized by the owner one day show their power then only government will act. Girija having good sleep in baluwatar. On the other hand people are suffering. Girija will die for power and he was born for power too. He is the curse for our country, can’t act on time. Only wake up when it is too late.
Have you guys still hope something will happen in favor of people. Honestly I have no faith on these corrupted leaders. They are incapable ones who are capable ones they won’t get in position to work for people.
Corrupeted mentality as well as ill intention of leaders have ruined our nation’s future. God bless Nepal and Nepali poor people.
मन परे हरियो, नपरे रातो
0
0