Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

पारसले बलिको बोका बनाएको व्यक्ति

[काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकले प्रवीण गुरुङ हत्याकाण्डमा नक्कली ड्राइभर बनी तत्कालीन शाहज्यादा पारसलाई बचाएका खड्गबहादुर भुजेलको बयान प्रकाशित गरेको छ। त्यस्तो सहयोग गर्दा पनि भुजेल बिचरा अहिले भूमिगत अवस्थामा लुकीलुकी आतंकित भइ बस्नु परेको रहेछ। भुजेललाई फसाएर बलिको बोको बनाइएको रहेछ। यहाँ उक्त समाचारलाई जस्ताको तस्तै साभार गरिएको छ]

उनका अनुहारमा जताततै आतंकका रेखा पढ्न सकिन्छ । एकातिर फौजदारी मुद्दामा कानुनको तरबार उनको गर्धनतिर सोझिएको छ अर्कातिर युवराज पारस शाहका ‘शुभचिन्तक’हरु कहिले ढोका ढकढक्याउन आइपुग्छन् भन्ने डर कायमै छ । कुनैबेला युवराज पारस शाह र उनीबीच मध्यस्थ बनेका अमीर गुरुङ र प्रकाश गुरुङमध्ये अमीर बेल्जियम पलायन भइसकेका छन् भने प्रकाश ठगी अभियोगमा सदर खोर चारखालमा कैद छन् । अमेरिकाको भिसा मिलाइदिने र केही लाख रुपैयाँ हातमा राखिदिने आश्वासन दिइएको थियो उनलाई । तर यतिखेर उनी राजधानीका गल्लीमा एकपछि अर्को कोठा सर्दै फरार अपराधीजस्तो आतंकित जिन्दगी बाँचिरहेका छन् । उनको अपराध यत्ति थियो उनी अमीर गुरुङका गाउँले थिए अनि अमीर तत्कालीन शाहज्यादा पारसका साथी । र शाहज्यादा पारसले नसाको सुरमा गाडी हाँक्दा संगीतकार प्रवीण गुरुङको ज्यान लिएका थिए ।

हो, यो कथा खड्गबहादुर भुजेलको हो । तिनै खड्गबहादुर जसलाई प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसलाई चोख्याउन ‘डमी’ चालकका रुपमा बलिको बोको बनाइएको थियो । एकातिर दोषी युवराज पारस शाह निर्मल निवासमा ढुक्कसँग सुकला गरिरहेका छन् भने निर्दोष भुजेल हप्तैपिच्छेजसो डेरा फेर्दै एक किसिमले भूमिगत जीवन बाँचिरहेका छन् । शाही झुटको पहाडमा किचिन लागेका यी करुण पात्रले शनिबार नयाँ पत्रिकासँग मुख खोले ‘मैले कसैलाई किचेको होइन । मलाई फसाइएको हो ।’



२२ साउन ०५७ को साँझ। दरबारमार्गमा एउटा पजेरोले एउटा मोटरसाइकललाई ठक्कर दियो। ठक्करबाट मोटरसाइकल चालक घटनास्थलमै मारिए। तर पजेरो चालक उद्धार प्रयासमा त लागेन नै गाडीबाट बाहिरसम्म निस्केन। शानपूर्वक उसले पजेरो अगाडि बढायो र नारायणहिटी दरबारलाई दाहिने पार्दै महाराजगाजतिर लाग्यो। पछि थाहा भयो मारिने व्यक्ति संगीतकार प्रवीण गुरुङ थिए र पजेरो चालक थिए-शाहज्यादा पारस शाह।
शाहज्यादामाथि कारवाही गर्न र उनको पदवी खोस्न माग गर्दै विद्यार्थीहरु सडकमा आए। तीन दर्जन जति साहित्यकारले वक्तव्य दिए र तिनले सडकमा जुलुससमेत गरे। दवाव बढ्दै गएपछि शाहज्यादाको बचाउ गर्न शाहज्यादाका नक्कली चालक खोजियो। तिनको नाम खड्गबहादुर भुजेल थियो।

तिनै भुजेल अहिले सडक-सडक भौंतारिइरहेका छन्। उनलाई साँझ-बिहानको छाक टार्न पनि धौधौ छ। भुजेल तिनै व्यक्ति हुन् जसलाई २२ साउन ०५७ मा तत्कालीन शाहज्यादा पारस शाहले हाँकेको पजेरोको ठक्करले मारिएका कलाकार प्रवीण गुरुङको मृत्युको जिम्मेवारी लिन बाध्य बनाइएको थियो। सात वर्षअघि शाहज्यादा पारसलाई उन्मुक्ति दिन भुजेललाई कसरी नक्कली ड्राइभरका रुपमा उभ्याइएको थियो भन्ने रहस्य अब भुजेल आफैंले खोल्न थालेका छन्।

२२ साउन साँझ दरबारमार्गमा मोटरसाइकलमा हिँडिरहेका कलाकार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। तर कथित ड्राइभर भुजेललाई भने यसको सुइँकोसम्म थिएन। कतिसम्म भने घटनाको भोलिपल्ट आपुनो पेजर आएपछि अमीर गुरुङको नम्बरमा ‘कलब्याक’ गर्दा पनि धेरै कुरा थाहा भएन। उनलाई यति मात्र भनियो ‘अत्यन्त जरुरी छ तुरुन्त दरबारमार्ग आऊ।’

भुजेललाई केही मेसो थिएन तैपनि सुरुमा उनी ‘फुर्सद छैनु भनेर पन्छिन खोजे। तर निकै कर गरेपछि उनले टार्न सकेनन्। ट्याक्सी चढेर दरबारमार्ग पुगे जहाँ बाग्लुङे सांसदको पजेरोमा अमीरका ड्राइभर कुमार भुजेल अधैर्य प्रतीक्षा गरिरहेका थिए। अमीरचाहिँ महेन्द्रको सालिकनजिक देखिए। त्यसपछि भुजेल पनि अमीरकै गाडी चढे।

दरबारको गेटनजिकबाट गाडीले एक फन्को लगाउँदैगर्दा अमीरले भने ‘पारस सरकारले चलाएको गाडी दुर्घटनामा परी प्रवीण गुरुङ मारिए। तपाईँले सहयोग गर्नुपर्‍यो।’ भुजेल अलमल्ल परॆ। उनले सोधे ‘कस्तो सहयोग ‘ अमीरले पूर्वनियोजित योजना सुनाए ‘पारस सरकारको ड्राइभर बन्ने।’ भुजेलले दासढुंगा हत्याकाण्डका ड्राइभर अमर लामालाई झलझली सम्झेर भने ‘म यस्तो काम गर्न सक्दिनँ अमर लामाको हाल हुन्छ।’

दरबारमार्ग दुई-तीन फन्को लगाउँदा पनि भुजेल सहमत हुन सकेनन्। राति डेरा कालीमाटी पुगे। निद्रा नलागेपछि मध्यरातमा दाइको डेरा बानेश्वर गए। यति राति बुहारीसँग झगडा गरेर आएको हो कि भनेर दाइले शंका गरे। दाइको जवाफ फर्काउन के लागेका थिए तीनजना ठिटा टुप्लुक्क आइपुगे। उनको जवाफ अन्तै मोडियो। ठिटाहरु प्रकाश गुरुङले पठाएको उनले थाहा पाइहाले। उनीहरुले ‘गएर भेटेर मात्रै आए हुन्छ अरु केही गर्नुपर्दैन’ भनेपछि भुजेलले मध्यरातमा किचंगल गर्न उचित ठानेनन् र लुरुलुरु पछि लागे।
गाडीमा बसालेपछि भुजेललाई मध्यरातमा सिधै निर्मल निवास पुर्‍याइयो। त्यहाँ शाहज्यादा पारस अमीर गुरुङ प्रकाश गुरुङ र अन्य केही शुभचिन्तक थिए। अमीरले ‘उहाँ नै हो’ भनेर चिनाइदिएपछि पारसले भने ‘हाम्रो फेमिलीमा कुरा भइसकेको छ डराउनुपर्दैन १०-१२ दिन मात्रै हो।’ त्यसअघि अमीरसँग भुजेलले गाडीको पोजिसन हेरेर पनि हुन्छ भनेको कुरा समात्दै गाडी हेर्न जाने कुरा भयो। गाडीले बायाँबाट हिर्काएको फुटेको सिसाले बताइरहेको थियो। भुजेललाई लाग्यो ‘पब्लिक भए मोटरसाइकलको गल्ती ठहरिन्थ्यो यो त दरबारको कुरा पर् यो।’

गाडीको अवस्था हेरेपछि भुजेललाई दरबारमार्गस्थित घटनास्थल लगियो। त्यसपछि होटल याक एन्ड यती। रातको १ बजिसकेको थियो। उनलाई राति नै हनुमानढोका पुर् याउने कुरा भयो। तर तत्कालीन उपत्यका डिआइजी अनन्तराम भट्टराईले फोनमा बिहान आए पनि हुने बताए। भोलिपल्ट बिहान ६ बजे आउने सर्तमा भुजेललाई कोठामा जान दिइने भयो। अमीरका ड्राइभर कुमारले उनलाई कोठामा पुर् याइदिए।

अकस्मात् आइपरेको झमेलाका कारण भुजेललाई निद्रा नलाग्नु स्वाभाविकै थियो। रातभरि मनमा कुरा खेलाइरहँदा भाग्यो भने बाँचिन्थ्यो कि भन्ने नलागेको पनि होइन। त्यसको विचार गर्न बिहानै ५ बजेतिर कोठाबाहिर निस्के। उनलाई के थाहा रातभरि कोठाबाहिर अघोषित पहरा तैनाथ छ। त्यहाँ तैनाथ लठैतहरुले ‘६ बजेमात्रै जाने भनेको तपाईं त ५ बजे नै जान लाग्नुभयो’ भन्दा त छाँगाबाट खसेजस्तै भए। त्यसपछि उनलाई गाडीमा राखेर कमलादीस्थित शान्तिकुञ्ज लगियो। केही समय त्यहाँ बसेपछि प्रकाशका भाइ सुरेन्द्रले ९ बजेतिर उनलाई भ्याली डिआइजी कार्यालय पुर् याए। केहीबेर पर्खेपछि भित्र हालियो। डिआइजी अनन्तराम भट्टराईले सोधे ‘राजीखुसी हो ‘ भुजेलले केही भन्न नपाउँदै सुरेन्द्रले भनिहाले ‘हामीले सबै कुरा भित्रबाट मिलाएर ल्याएका हांै।’ त्यतिबेला पारसका तर्पुबाट वकालत गरेका अधिवक्ता प्रेम सुवेदी पुगे। थप कुरा केही नगरी एसपीको गाडीमा राखियो।

प्रवीण हत्याकाण्डका विरुद्धमा सडकमा भएको नाराजुलुस छल्दै भुजेललाई हनुमानढोका पुर् याइयो। डिएसपी दीपक थापाले सोधपुछ थाल्न के लागेका थिए सुरेन्द्र गुरुङको समूहले भन्यो ‘सबै भइसकेको छ के सोधिराखेको ‘ बयानको नाममा एक वाक्य नबोली पहिल्यै तयार पारी राखिएको बयान-कागजमा जहाँ-जहाँ भन्छन् त्यहीँ सही गरे उनले। बयानपछि उनलाई खोरमा पठाइयो। भुजेललाई लागेको थियो- माथिको कुरा भएपछि हनुमानढोकामा पनि सम्मान होला। तर अनुमानविपरीत उनलाई डाँका लुटेरा र ज्यानमारासँग राखियो। केही दिनपछि अदालत लगियो। त्यहाँ पनि खासै बयान लिइएन। हनुमानढोकाकै निरन्तरता लिखित तयारी बयानमा सही गर्न लगाइयो।

अहिलेसम्म बयानमा के लेखिएको छ भन्नेसमेत उनलाई थाहा छैन। बयानका लागि जाँदा अदालतपरिसरमा साचारकर्मी पनि थिए। तर छोटो कपाल राख्ने भुजेललाई सिभिल ड्रेसको प्रहरीजस्तै लागेर प्रेसको क्यामराले पनि ठम्याउन सकेन। बयानकै लागि अदालत जाँदा त्यहाँका एकजना अपरिचित कर्मचारीले ‘जागिर लगाइदिन्छु भनेको होला खाइस् अबु भनेको कुरा अहिले पनि उनको मनमा गढेको छ। बयानका लागि उनलाई दुईपटक अदालत पुर् याइएको थियो।

रेकर्डमा २१ दिन भए पनि २८ दिन हनुमानढोका बसे भुजेल। त्यस अवधिमा खाना उनका भाइले पुर् याउँथे। तर बहिनीकहाँबाट खाना लगिदिने गरेकाले घरपरिवार एक सातासम्म बेखबर रह्यो। छुट्ने बेला कसले धरौटी राख्यो र के आधारमा उनी छुटे त्यो पनि भुजेललाई थाहा छैन। त्यसपछि उनी कहिल्यै अदालत पनि गएका छैनन् र मुद्दा कहाँ पुगेको छ भन्ने पत्तो पनि उनलाई छैन।

पहिला त भुजेललाई खासै आश्वासन दिइएको थिएन। तर पछि प्रकाश गुरुङले अमेरिका पठाइदिने आश्वासन दिए। तर एक वर्ष बित्दा पनि उनका लागि कुनै व्यवस्था भएन। पुरानो काम छुट्यो अर्को काम गर्न ठाउँ पनि भएन। उनले प्रकाशलाई पटक-पटक भने तर कतै पार लागेन। बरु विवशताको फाइदा उठाउँदै प्रकाशले भुजेललाई एक वर्षसम्म बेतलबी ड्राइभर बनाए। पछि बाहिर जाने कुरा पनि त्यत्तिकै सेलाउँदै गयो। प्रकाश पनि झर्कोफर्को गर्न थाले। त्यसपछि उनले अमीरसँग दुःखेसो पोखे। तर प्रकाशतिर लाग्दा मलाई थुप्रै घाटा भयो अब उसकै पछि लाग भनेर अमीर पन्छिए। अमिर अहिले विदेश पलायन भएका छन् भने उनका ड्राईभर कुमार भजे’ल अहिले बा १ ज १९९३ नम्बरको आफ्नै ट्याक्सी चलाउँछन्।

दुई वर्ष्रअघि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको छोरा अरुण चन्दसँग भेट हुँदा ‘तपाइर्ं अझै अमेरिका जानुभएको छैनु भनेर सोधेको कुराले विचलित हुन्छन् खड्ग भुजेल। ‘चन्दले तपाईंजस्तो मान्छेलाई दुःख दिएर के गर्न खोजेको होला भनेर सहानुभूति दर्शाए’ उनले भने ‘तर सहानुभूतिले पेट भरिँदैन।’ ३७ वर्षीय भुजेल अहिले दुई बच्चासहित चारजनाको परिवारको हातमुख जोर्ने समस्याले सताइएका छन्। तत्कालीन शाहज्यादा हाल युवराज पारसका यी नक्कली ड्राइभर सार्वजनिक रुपमा हिँड्न पनि नसक्ने र लुकिछिपी दुई छाक जुटाउन पनि नसक्ने स्थितिमा छन्।

नेपाल लिभर लिमिटेडको विज्ञापन प्रवद्र्धनका लागि प्रयोग गरिएको प्राइभेट मिनीटाटा चलाएर राम्रै जीविका चलाइरहेका बेला प्रवीणकाण्डमा फसाएर अमीर र प्रकाश गुरुङले आपुनो दुनो सोभुयाएको उनले यसअघि नै सार्वजनिक गरिसकेका छन्। हेर्नुहोस् एक्काइसौं शताब्दी वर्ष ८ अंक १०।

खासमा तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीको ठक्करले प्रतिभाशाली कलाकार प्रवीण गुरुङको मृत्युलगत्तै लामो समय विद्यार्थीको सडक-आन्दोलन चल्यो। प्रवीण गुरुङ हत्याकाण्डको निष्पक्ष छानविन र साहज्यादा पारस माथि कारवाहीको माग गर्दै विद्यार्थीको जुलुसले पाँचलाख २३ हजार हस्ताक्षर दरबारमा बुझायो। जवाफमा राजा वीरेन्द्रले दोषिलाई कारवाही हुन्छ भन्ने आश्वासन सहितको पत्र अनेरास्ववियुका तत्कालीन अध्यक्ष रवीन्द्र अधिकारीका नाममा पठाए। अधिकारीले शनीबार नयाँ पत्रिकासँग भने ्’हामीले आन्दोलन गरेपछि रातारात खड्ग भुजेल खोजिएको हो। भुजेल निर्दोष हुन भनेर हामीले उतिबेलै भनेका हौं।’ अधिकारीले थपे ‘ पारस कानुन भन्दा माथि छैनन् फौजदारी मुद्दाका अभियुक्त बस्ने जेलमा हो।’ मानव अधिकारको बारेमा ठूलठूला कुरा भइरहेको बेला भुजेलको मानवअधिकारको बारेमा भने कतै चर्चा छैन।

मानवअधिकारवादी नेता पुरुषोत्तम दाहालले शनिबार राती नयाँ पत्रिकासँग भने’भूजेल वास्तविक अपराधी भए कारवाही प्रकि्रया अगाडि बढाइनु पर्छ। अहिले त न्यायमाथि पनि अन्याय भएको छ र त्यो व्यक्तिमाथि पनि अन्याय भएको। ‘ अहिले पेट पाल्नकै निम्ति सडकमा भौँतारिएको अवस्थामा भेटिनुले भुजेल वास्तविक ड्राइभर थिएनन् भन्ने पुष्टि भइसकेको छ। यस घटनाले कानुनी शासन र प्रहरी प्रशासनको व्यवहारलाई त उदांगो पारेको छ नै मौसमी आन्दोलन गर्ने विद्यार्थी संगठनहरु र राजनीतिक पार्टीहरुको हैसियतलाई पनि प्रस्ट्याएको छ।

Related posts:

  1. ‘बलिको बोका’ बनाइए बाबुराम
  2. पारसले नेपाल फर्केर नयाँ पार्टी खोल्ने
  3. पारसले फेरि उपद्रो मच्चाए
  4. भिडियोः विश्वकै होचा व्यक्ति
  5. विश्वकै होचा व्यक्ति नेपालमा ?

48 comments to पारसले बलिको बोका बनाएको व्यक्ति

  • santosh thapa magar

    Yetika dheri media haru k herera baseko ni. darba lainangyaunu parchha ni. aru desh ma 20 -25 barsha purano kura haru lai khoj anusandhan garera sarkar lai dabab dinchha ani apradhi le ajaya pauchha tara nepali patrakar hharu yetike dherai suchana prpta garera pani nidayera basne.desh nai halni ne gari khadka bhujel ko samachar banaunu paryo ni.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • indira aryal USA

    yes what can do the boliko boko. we have to think frist the situation ,then write ok .
    the so called Leaders can’t do anything by this time too . so What bhujel could do madan??
    he is innocent it’s all known.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • mukti

    Madan, look at title “Baliko Boko” Ke Baliko Boko or Mr Bhjule le partikar garna saktheyo ra? ba practical.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    we dont have sympathy toward you, mr. Bhujel. when we were in street demnading punishment to parash, you came to cover the reality for something. now it is your turn to remorse.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhawani pandey

    Khadak Bhujel ta yeuta example matrai holan ni. Testa Khadak bhujel ta paraska kati-kati Holan.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shikhar

    We all know that the main criminal is PARASE. He killed Prabin Gurung and he did the royal massacre together with GYANE. He must be in arRested IMIDIATELY and put him into jail.

    Similarly, if Khadga Bhujel is really innocent, he must come in the media and give interviews and tell the reality to all people. why does he fear to die? Bhujel has already been killed by PARASE, though he is breathing.

    Bhujel expose the incident as much as you can so that this becomes the real charge to arrest PARASE.

    One day similarly, the truth of Royal massacre will come to the surface.

    Amir Gurung who is the slave of PARASE must be arrested by nepalese people in Belgium. Expose him in Belgium.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prem

    mero bichar ma bhujhel ji pani kam chainan sangat hernus ani ek chin sochnus uhako barema……. ani arko kura USA ko visa legera paisa payeko bhaye k hunthyo

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yo lekh marmik cha. yesti bali ko bakara kati nepali haru bhaneko cha. yo anaginti cha. yesto kura lai ajha sadak ma layera pradafas nagaresamma yo darbar hatdaina. yo jaruri bhaisakyo. yesta sadyantra haru dhari bhai rako cha. nepal lai dubaisakeko cha. aba jagam desh basi ho. jagammmmm!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash

    Yes Gyne and family are clever in bringing dummy player in scene. First dummy saved Paras and second dummy (Deependra) made him crown prince/king by killing all Birendras family. What will be the result of next dummy?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gorkhalidai

    WHY DID MR BHUJEL HAVE SUCH MYSTERIOUS RELATIONSHIP WITH PARAS AND DARBAR ?HE HAD TO KNOW THE REALITY OF DARBAR BEFORE THE ACCIDENT WHICH PARAS DID ?THERE IS NEPALI PROVERB…lov le laav ..laav le bilap.. he must realize…! if he loves nepal and nepali he will never have such dirty relationship…

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • we should punished both them beccause parash wants to cover his faults and bhujel also greedy of money and prosporety

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gaju kambang hk

    what a nonsense comment of ASHA? Real criminal should be sent to the jail.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Do something

    Sometime it takes time for the truth to come out. We all knew, though must people knew it parase was the killer, the police, justice system and possibly life threaten to Bhujel were some of the reasons Bhujel would not have been courageous enough to bring the fact to the public. Definitely Bhujel was victimised and I can not see he did his at his disposal. People those who are making comments against Bhujel would have done dimilar thing to save their life. Do not we all know the cruelity of Gyanendra, Parase and Parase’s Gundas.

    Still not late. Both Gyanedra and Parase are in Nepal. I think now all media and TV channel should promote Bhujel and broadcast his version to let rest of the world know what parase is in real life.

    Probably this is the time for all students and political parties collect signature and even pressure governement to punish Gyanendra and Parase for the place masacre, smugling, other murders and abuse of power.

    It high time when all rotten activities and the smell has become so offensive for people to live with to remove such rotten smell by giving justice to Gyanendra and parase. But I still wonder where all this so called party leaders Girija, Pranchande, Makune, Shere are upto. As somebody mention earlier in the comment these thugs are part of some of the crimes and they do not have balls to do anything. Then who should do justice to Gyane and Parase? It will be ultimate the victims (the general mass must do justice to the criminals). I don’t do not think anybody wants to see gyane and parase anywhere anytime, They irritate everybody everywhere.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सागर नेपाली

    पारसेले बलीको बोका होईन पारसेलाईनै खसी बनाउने तिर सोच्नु पर्यो अब नेपाली हरुले।
    बरु बेल्जीयमका साथीहरुले अमीर गुरुङ नाम गरेको आवारालाई खसि पार्न मिल्दैन?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नारायण सिवाकोटी

    यो Asha भनेको आईमाई परीन्‌ की लोग्नेमान्छे? के भन्न खोजेको? अब पारसेको डरले हामी लुकी लुकी हिन्नु पर्यो? गाउं गएर बस्नु पर्यो? तिम्रै बुद्धी अनुसारपनी काठमाण्डौंमा मार्नेले गाउंमा मार्दैन? कुन चिजको नशा लागेकोछ तिमीलाई भांग? धतुरो? की पारसेको चरेश?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajendra Pokharel, Germany

    We do not need to wait until CA election, the existing laws of Nepal is enough to put this criminal Paras behind bars. Where are Maoists now????
    Give this guy Gajural the legal immunity, have his testify against Paras, and convict Paras Shah on first degree murder charge!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pawan

    Amir Grung.भन्‍ने पारसेको हनुमान लाइ हामी वेल्‍जियम वाशी नेपाली हरूले राम्रो संग चिनेकाछौ.अब बेल्‍जियम वासी नेपाली समुदाय विच यस्‍ता फटाहा को बारेमा सार्बजनीक छलफ गरी कार्वाही अगाडी बढाउनु जरूरी छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • GM

    It is equally Bhujel’s fault as well. He is not a victim as you portray.

    By accepting the blame, Bhujel saved Paras, the murderer of Pravin Gurung. He did a great injustice to the family of Pravin Gurung.

    You cannot make people like Bhujel victims by calling them “Baliko Boko.” If Bhujel had enough courage and ethics, then he would not have done this. He would have come to the public right then. He wanted financial gain then, and now he is paying for it.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सागर नेपाली

    तर मैले भुजेलको नाम पहीला कैले नसुनेकोले यो जनताले भुजेलले किल्चाएको भनेर कैले न स्विकारेको प्रष्ट हुन्छ।
    भुजेल डराउनु पर्दैन, अब उस्ले तपाईलाई मार्न सक्दैन। मारेमा उ अझै बदनाम हुन्छ, वा उ आफै तपाई संगै सती जानुपर्ने हुन्छ।
    बरु यस्लाई अझ प्रचार प्रसार गर्नु, तपाईलाई अझ राम्रोसंग अरुले चिनुन्‌।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • leo

    I do not have any sympathy toward Mr. Bhujel. It was his greedy mistake. If he would not have commited murder of Praveen Gurung, the people would forced the goverment to take any action against Parash. Mr. Bhujel is a criminal, and he saved his gang leader thats all. Please do not give any sympathy for the oppurtinist people like him. Why he is making his statement now only because there is no hope to get any money from Parash, right?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Subarna Lal Shrestha

    What really happened at that time?

    Paras killed Prabin Gurung and the King at that time Birenda was really in trouble because of so many pressure from public to punish Paras. He was searching solution to this crisis. He saw so many people want to remove Shree Panch from Paras. At the same time, Paras was in London drinking beers and making parties with his friends. He was telling them that he will be King of Nepal someday in future.
    All his friends took his remarks as joke. And, on one friday night, Birendra called all the members of royal family to discuss about punishment to paras for killing Prabin. All people but Gyandra were there. Dhirendra was also there. But Gyanendra went to Pokhara because something was going to happen against his son. At this Friday night, the great MASSACRE happened in Narayanhiti Palace. And all the people incuding Shruti, Direndra… all were killed.
    This was GRAND DESIGN of Gyanendra and his allies in Nepalese Army. It means, because of Paras-Crisis, Bloodbath occured in Narayanhiti Palace.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rocky

    NOTHING IS POSSIBLE UNTIL PALACE GETS DISARMED!

    PALACE & MORIARTY CO., LTD ARE USING GIRIJA WHO IS ALSO WILLING TO BE A SERVANT OF PALACE!!

    GIRIJA IS STILL LEADING THE OLD REGIME!!!

    YCL NOW NEED TO COME UP WITH A FINAL STROKE TO TOPPLE THIS OLD REGIME!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gogol

    Bhujel saved Paras, a murderer…. do you think he is not guilty… I am wondering why is he out of jail…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Now… The days came……… We need Same as the Incident of Royal Palace 2057 ….. Same as this .. one day any willing people will say about RoYaL Incident ………… We need some people who have seen the Real Incident of Royal Family….. Girija Might be one of that………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • First of, due to Monarchs’ behavior they should be eliminated out of Nepal at once, no questions asked. Second, I know Prakash Gurung very well and I used to think that he should be jailed and nailed. I finally heard the good news through here. May God rot these Gurung kalanks in Jail and Hell for the sufferings they gave to Bhujel. I think these Gurungs must be nakkali.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gogol

    Bhujel is opportunist…He did all that because he hoped to make some easy money and to go to USA. Now he is doing this because he knows they (to whom he saved!) don’t have enough power or desire to save him. He thinks people may forgive him if he speaks against palace or paras.
    I prefer death to the acceptance of uncommited murder.
    Paras should be punished for the crime he did. But I don’t have any sympathy towards Mr. Bhujel…..
    Chokta khana gayeki budhi, jhol ma dubera mari bhane jastai ho…. I didn’t even say ‘bichara’.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aasish,switzerland

    ohhh my god

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sandesh

    हत्त्याराको कालो पाप धुरीबाट कुर्लन्छ भनेको यही हो। पारसे गुण्डालाई झेलखानामा पुर्‍याउनु पर्छ, कहाँ निर्माल निवासमा बस्ने दिएको?
    गधा गधाको ठाउँ मा बस्न् पर्छ, गुण्डा गुण्डा बस्ने ठाउँमा बस्न् पर्छ। जस्तो बाउ उस्तै छोरा। बाउले नमिता सुनितालाई पोखरामा हत्या गर्‍यो, बाउको बिडो त थाम्नै पर्‍यो नि पारसले। दरबारले लुकाएको कर्तुत्त्हरु धेरै छन्।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • लामै समय पछि भए पनि यो रहस्यको पर्दाफास हुनु आफैमा राम्रो हो, तर यत्तिका समय सम्म अन्यायमा परेका भुजेललाई तब मात्र न्याय दिलाउन सकिन्छ जब हत्यारा पारस र त्यो सँग सँलग्न सबैलाई कार्भाहि गरिन्छ अनि भुजेललाई सत्य समाचार दिएकोमा सम्मान गरिन्छ !
    पारसे सरकार jailko चिसो छिँडीमा बस्नुपर्छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Laxman Gurung

    “लोभिको भांडो उंदोमुन्टो” I am so sorry but ………. Any way let’s hope to see of punishing them.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Manoj

    कसैलाई मार्नु कुट्नु घोर निन्दनी कार्य हो. तर यो पत्रिकाको लेख प्रति शंका लाग्यो. आज भन्दा ५-७ बर्ष अगाढी घटेको घटनाको कुरा आज आउनुमा कसैबाट सुनियोजित ऐवं मनगढन्ते समाचार जस्तो लाग्छ. हाललाई सस्तो लोकप्रियता हासिल गर्नको लागि कोशिश गरिएको देखिन्छ.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • धोका दिनेलाई के भनौ र खोइ, तिमी हाँस भो मै बसौँला रोई भनेर भन्या जस्तो भो नि त यो त। होइन र भन्या?

    कारबाहि गर्ने कोहि छैन। के वाइयात कराउनु भनेर नि।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sila

    हामीहरु( कानुन त अन्धो नै हुन्छ यसको के कुरा गर्ने!) अझै पनि राजदरबारको बिरुद्दमा बोल्न सकिरहेका छैनौं भन्ने कुरा यो लेख बाटै प्रष्ट हुन्छ। हामि नेपाळी कति निरिह रहेछौं भन्ने प्रमाण हो यो लेख । यहाँ भन्दा बढि के लेख्नु सबैलाई जानकारि भएकै कुरा न पर्यो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • siddhanta, Vienna

    Girija babu le k bhannuhuncha ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Avoid Paras and his gang.
    Prevention is better than cure.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मित्र खत्री, भियना, अस्ट्रिया

    खड्ग भुजेललको यत्रो रहस्योद्घाटन पछि त सारा पत्र-पत्रिकाहरुले, टी.भी. च्यानलहरुले भुजेलको अन्तरवार्ता छाप्नु पर्ने। नागरिक समाज, वकीलहरुले पनि पारसलाई फेरि पुरानो मुद्दाको मिसिल झिकाएर पारसलाई नि सदर खोरको अतिथी बनाएर खोर कै खुराक खने व्यवस्थ मिलाउनु पर्‍यो। भुजेललाई पनि अमर लामाको जस्तो ज्यानको खतरा भएकोले मुद्दाको छिनोफानो नलागुन्जेल ठूलो सुरक्षा प्रदान गरिनु पर्‍यो।

    अनि राजनीतिक दलहरुले पनि सबैलाई खुशी लाग्ने केही त गर्नु पर्‍यो भन्या, जस्तो कि यसै केसमा पारसलाई मुद्दा चलाएर कानून बमोजिम गर्न सक्नु पर्‍यो। पारसको पासपोर्ट नि जफत गरिनु पर्‍यो, अनि कुनै नि हवाईसेवा मार्फत मुद्दाको टुँगो नलागुन्जेन भाग्न नपाउने व्यवस्था मिलाउनु पर्‍यो। आवश्यक पर्‍यो भने उसलाई रिमान्डमा पनि लिनसक्नु पर्‍यो। होइन भने, लोकतन्त्र आयो भनेर बातोमा देउडा खेलेर के पो फरक पर्ला? गल्ती गर्ने सबै कानूनको नजरमा समान हुन् भन्ने कसरी प्रमणित गर्ने हाम्रो न्यायपालिकाले? हुन त सम्मानित न्यायपालिकाले अचेल आफ्नो सम्मान समेत जोगाउन सकिरहेको छैन, होइन भने अदालत घूसकाण्डको पर्दाफाश भैसके पछि पनि हाम्रा सम्माननीय “निर्लज्ज” सर्वोच्च न्यायाधीश ज्यूले तत्काल माफी सहित राजीनामा गर्नुहुन्थ्यो। जुन देशमा न्यायको अवस्था यस्तो दयनीय छ, त्यहाँ कुनै पारसले, कुनै मदन भन्डारीको हत्याराले, कुनै पं नारायण पोखरेल जस्ताका हत्याराहरुलाई कसरी सजाँय दिन सकिएला? कसरी गैंडाको खाग र लागूऔषध तस्करी गर्नेहरु, केटी बेच्नेहरु, बच्चा अपहरण गर्नेहरु, मूर्ति चोर्नेहरु दंडित होलान्? यस्ता भ्रष्ट अधिकारी, न्यायाधीश, कर्मचारी इत्यादिहरुले आफ्ना नानीहरु, स्वास्नीहरुको अगाडि छाती फुकाएर उभिन लाज नलाग्नु आश्चर्यजनक होइन र? नयाँ नेपाल निर्माणमा तपाईंहरुको के देन थियो भन्ने तपाईंहरुका नाति नातिनीहरुले सोधे भने सही जवाफ दिन नहिच्किनुहोला भन्ने निवेदन गर्दै…

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • darabar thulo bhayeko bela ma yesto bhayeko hola tara aba bhujel le nyaye paunai parchha
    unlai jagirko byabasta sarakarle gari dinu parchha
    ra doshi mathi karbahi garnai parchha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jeewan

    i am looking forward to hearing from paras statement

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • *** Finally the true story is prevailing ***

    How much Nepalis will have to suffer from the feudal monarchy institution?

    We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • I really appreciate the innovation of “Naya Patrika.” If there is totally free political environment, many secret crime information of Royal Palace will be published.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • abinav shrestha

    Asto Ghatana ta kati vaya holan kati, namita-sumita balatkar ani hatya kanda pani astaie example ho.
    Maobadi haru sarkar ma gayara pani kina pachi pareka chan asta jalda balda samasya laie na herayra?
    Ke prachanda pani Gynay ani Girijo ko jal ma Makunay pasay jasaie pasay jasto cha?
    Raja Birendra ko sampatai ma vagbanda vaya jasto cha… Girija, makunay ani Prachanda ko bicha ma.
    Mannu parcha Gyanendra ko buddi laie
    Pashupati nath Dess bachau

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ramesh

    Wow!!!

    Sojho pan ko phaidaa!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Asha

    “सज्जन् को संगत ले सुख, दुर्जन् को संगत ले दुख” भनेको यस्तै रहेछ।
    अब काठमाडौं नै किन बस्न पर्‍यो त? एसो दुर्गाम् तिर जाने अनी दु:ख को मेलो गर्ने खाने, बरु नाम् पनि फेरे हुन्छ।
    पत्रीका* छाप्दैमा पारसेले पैसा दिदैन क्यारे, बरु अब ज्यान नै लेला!
    तेसैले, पहाड तिर एसो नातेदार् छन् भने तेतै लाग्न ठीक होल।।।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Pradeep Adhikari

    Hatyara Paras lai Jel Halnu parne bela ma Girija le bokera hideka chhan. Girija Gyane ra Paras lai bachhauna khojdai chha, sale haru 3 jana lai nai eutai khaldo ma halera purnu parhha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • deepak bhattrai

    babal chha ho paras ko kura ta !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pama.pong Limbu

    Every body knows who Parash is and who was resposible for royal massacre but we cannot do anything against them until our central leaders (all party-leaders not only Girija but Prachanda, Nepal, and so on) support the kingship. The King is not worried about his kingship but our party leaders are worried to protect Gyanedra and Parash.

    In one way or the other we are all Mr.Bhujel, we are not able to save ourselves, we are not able to protect our family, community, and nation because of the presence of party leaders. The party leaders are shields who protect the autocratic government, they play role against the Nepali people’s dream. If party leaders think as we do, I believe kingship won’t be right from tomorrow, Nepal becomes a wonderful place to live in in the world; and not even a single Nepali poor Bhujel has to live underground.

    But the party leader won’t do it voluntarily, because they will not be safe among the other Nepali people. Why do you know? You know it but you do not say it. Our many party leaders are even richer than king and prince. Therefore, they do not want to overthrow kingship. To save king means to save themselves indirectly. This is one of the reason, the central party leaders want to bring fragmentation among the innocent and ignorant poor Nepali people.

    Can you give me a single name of party worker who is involved in any incident or crime? Every party worker is brainwashed by our filthy leaders.Every one is programmed in their ideology but that is NEVER and EVER true Damn the party leaders, damn the system, and damn yourself. Damn! Damn!! Damn!!!

    Limbu from Tehrathum

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • kasto nindaniya ani kati akrosit cha yo knda. k dhani ani pahuch bhayo bhandai ma jaslai je garepani hune gaya aaba ti din. paras bata bhayako yo kanda ta sayau ma 1 hola aabako loktantrik sarkarle yasta giroha, aparadhi ani nirdayi haru lai khoji khoji janatako samu uvyayara janatale bhane anusarko sajaya dinu parcha. tara yo chheruwa sarkar cha kohi bolna sakdaina kasle karbahi garnu ra . maobadi ko aasa thiyo tyahi aasa pani maryo aaba ta kina bhane usko sarkar ma gayapchi ko behave le dekhayako kura ho yo.yasari desh ko honahar kalakar lai marera naya naya byakti lai aparadhi banaune giroha aaba ti din gaya aaba sajayako bhigidar hune din dherai tadha chiana.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • madan

    युबराज ले भुजेल् लाई हेर्नु पर्ने हो।होइन् आफ्नो तेत्रो सम्पत्ती को केही अन्स् भुजेल् लाई दिनुपर्दैन्??
    मा नौ भुजेल् लाई पैसा दि इयो तर् प्रबिण् लाई के दिने नि??उन्को आत्मा ले कसरी शान्ति पाउछ्??
    सबै भन्दा राम्रो श्री ५ युब् राजधीरज अँफै जेल् सबारी भएर् जेल् लाई नै शितल् निवास ब् नै दिने हो कि??

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes