-लेखनाथ भण्डारी/अमेरिका-
कर्ण शाक्यको कर्तब्यबोध अभियान र सकरात्मक सोच सम्बन्धमा म पनि एकदमै सहमत छु। सकारात्मक सोचको बिषयलाई लिएर कतिपय सन्दर्भमा मेरो आफ्नै घर-परिवार देखि साथी-भाइ र संघ-संस्थामा पनि विवाद हुने गरेको छ । तर यहाँ अहिले म सकारात्मक सोच र कर्तब्य बोध अभियानका सम्बन्धमा अलिक भिन्न मत प्रकट गर्दैछु ।
मेरो विचारमा कर्तव्य र सकरात्मक सोचले मात्र हाम्रो समस्या समाधान अलिक गर्दैन । त्यसो त उहाँहरुको दाबी नै पनि सबै समस्याको समाधान यही नै हो भन्ने नहोला। प्राथमिक समस्या, समस्याको पहिचान र प्राथमिक समाधानको मात्र कुरा हुन यी।

मेरो विचारमा नेपालको पहिलो प्राथमिक समस्या राजनीतिक हो। राजनीतिक स्थिरता भनुँ वा स्थायित्व। र, यो राजनीतिक समस्याको मूल जरो हो, राजतन्त्र । नेपालमा अबका दिनमा राजतन्त्रलाई निरन्तरता दिएर गरिने कुनै पनि समस्याको सामाधान संभव हुन्न।
राजतन्त्र नै मात्र सबै समस्याको बाधक र यसको अन्त्य नै सबै समस्याको समाधान भने होइन तर अबको प्रस्थानबिन्दु राजतन्त्रबाट संभव छैन । संभव हुन्न पनि । त्यसैले अबको प्रस्थानबिन्दु राजतन्त्रको अन्त्यबाट थालिनु पर्छ। राजतन्त्रको अन्त्यबाट हुनु पर्छ । त्यसपछिको कामको जिम्मा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको हातमा हुन्छ । नेपाली जनताको काँधमा जान्छ ।
राजातन्त्र नेपालको लागि एउटा पिलो हो। घाऊ हो। यो मलमपट्टीले निको नहुने असाध्य घाऊ अब काटेर नफाली नहुने अवस्थामा पुगेको छ। पिलोलाई हामीले त्यसको खिल नै निकालेर-काटेर नफालेसम्म पटक-पटक दुख: दिने गरेको सजिलो उदाहरण नबुझ्ने कोही नेपाली छ होला र ? कोही नेपाली त्यस्तो हुनुहुन्छ होला र ? मलाई त्यस्तो लाग्दैन ।
कर्तब्य र सकारात्मक सोच भन्ना साथै त्यही पुरानै सामन्ति र यथास्थिति वा प्रतिक्रियावादी सोच र व्यवहारले मौका पाउने संभावना हुन्छ। खतरा छ । त्यसैले टाउको उठाउँछ।
मैले मेरो कर्तब्य पूरा गर्छु । म सकारात्मक सोच पनि राख्छु । म अर्थात् यो देसको एउटा साधारण नागरिक । यो कर्तव्य मैले पूरा गरेर मात्र हुन्न। मैले सकारात्मक सोचिदिएर मात्र पुग्दैन। यहाँको मुख्य समस्या हो, अधिकारको प्रयोग ।अधिकारको सदुपयोग र दुरुपयोग। अधिकार हुने र पाउनेका लागि पहिले शर्त चाहिन्छ । बन्धन चाहिन्छ । अनुशासन चाहिन्छ । नियम चाहिन्छ,कानुन चाहिन्छ । पालन र कार्यन्वयन पनि हुनै पर्छ। दण्डहिनता हुनु हुन्न। दण्डउन्मुक्ति कसैलाई हुनु हुन्न्न ।
त्यसो त त कर्तब्य र सकारात्मक सोचमा यी कुरा क्रमशः आउलान्। तर क्रमस: आएर र कम प्राथमिकतामा परेर हुन्न। नेपालका अनगिन्ती समस्या मध्ये जसरी राजतन्त्रको कुरा गरियो, त्यसपछि दण्डहीनता हो । दण्डउन्मुक्ति हो । अधिकारवालाको,पहुँचवालाको बोलबाला हो । मनपरी हो । यो प्रवृत्ति पनि राजतन्त्रको एउटा अवशेष नै हो । नेपालको समस्या साना-ठूला सबै राजतन्त्रको अन्त्य र तिनको अवशेषको निर्मूल हो। उन्मूलन हो।
अब रह्यो कर्तब्यबोध र सकारात्मक सोचको कुरा।
यो कर्तब्य कस्का लागि र सकारात्मक सोच कसका लागि ?अहिलेसम्म यी कुरा सिधा-सोझा र निमुखालाई दबाउन र तिनका आवाज बन्द गर्नलाई मात्र भन्दै आइएको छ। अब पनि त्यही कुरा गर्दा मैले मेरो कर्तब्य पूरा गर्नु पर्छ भनेर निमुखालाई दबाई नै रहने छ भने निमुखालाई नै कर्तब्यको पाठ पढाउन छोडिने छैन । यो मेरो संकेत हो । यो मेरो शंका हो। लामो व्याख्या नगर्दा नै जाति होला।
मलाई यसपछि देशमा एउटा मात्र असल मानिस चाहिएको छ । छ कोही त्यस्तो मानिस ? हुनुहुन्छ तपाईं कोही ? यदि हुनुहुन्छ कोही भने तयार हुनु होला है । असल मानिस, त्यो पनि एउटा मात्र । विज्ञापन खुल्दैछ । तपाईँ छुट्नु होला नि ?!
यो विज्ञापनको लागि निवेदन हाल्नलाई तपाईंले राजदरबारको पश्चिम ढोका पनि जान पर्दैन । अनि काम गर्नलाई तपाईँले आफ्नो घर परिवार छोडेर कुवेत वा कतार-कोरिया कुदनु पर्दैन । तपाईं घरमा बसीबसी राजा बाहेक सबै बन्न सक्नुहुन्छ । राजा अर्थात् राजतन्त्र, राजसंस्थाको अवशेष बाहेक सबै बन्न सक्नुहुन्छ।
हो, प्रधानमन्त्री , मन्त्री ,सांसद, नेता , सचिव…. अरु के के बन्ने ईच्छा छ तपाईंको ? तपाईं जो कोही तयार रहनु होला। यो विज्ञापन यही साता सार्वजनिक हुँदैछ, त्यो पनि संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टन डिसीबाट । व्हाइट हाउसबाट नै भन्दा हुन्छ । व्हाइट हाउसको एकदमै नजिकबाट । lnb999@gmail.com
No related posts.









There is nothing to compare with positive thinking ‘SOCH’.He is following same habit of usual NEPALI.
I encourage him to write some topics out of general thinking.
मन परे हरियो, नपरे रातो
0
0
यस्ता वाहियात झारपात लेखलाइ किन ब्लगमा राखेको हो ? त्यो लेखनाथ फटाहाले के के न लेखे भन्ठान्या होला – कर्तव्यबोधको कुरोलाइ राजतन्त्रसित जबरजस्ति जोडेर कर्ण शाक्यले दरबारको ताबेदारी गरेको भन्न खोज्या होला, मुला अमेरीकामा बसेर दरबारको हण्डी खान्थ्यो होला, अनि हण्डी आउन छोडेपछि, दुतावासमा र्याङठ्याङ मिल्ने मान्छेहरु नभएपछि बर्बराउन थालेछ । हैन यो उमेशले एकचोटी पढ्दै नपढी यस्तो वाहियात वाहियात कुरा ब्लगमा हाल्दै हिडेको ? यस्ता वाहियात कुरा राख्नु भन्दा केहि पनि नराखेकै राम्रो नि, कमसे कम राम्रा राम्रा ब्लगमा कमेण्टहरुको दोहोरी निरन्तर चल्ने हुँदा हुन ।
मन परे हरियो, नपरे रातो
0
0
Karna Shakya is talking about Agra but you are talking about Gagra.Please read SOCH properly dear Lekhnathju.
मन परे हरियो, नपरे रातो
0
0
के कुरा गर्नु भएको म छु नि योग्य… होइन?
मन परे हरियो, नपरे रातो
0
0
यसमा मलाइ कवल द्ुइवटा क्ुरा मात्र भन्न्ु छ, १= नेपालीहरुमा हरेक क्ुरालाइ श्ुरुमै नकारात्मक रुपले हेर्ने बानी नै परि सकेको छ। आफ््नो पण्डित्याइ छाट््न पनि यसो गरिएको ह्ुन सक्छ २= अनि जे क्ुरामा पनि राजनीति घ्ुसाउनै पर्ने वाध्यता परे जस्तै देखिन्छ ज्ुन अत्यन्त हास्यास्पद छ। राजनैतिक परिवर्तन ह्ुनासाथ सबै क्ुरा छ्ुमन्तर गरेर ठीक पार्न सकिने पक्कै होइन। म्ूल क्ुरा मनोवृत्ति परिवर्तन हो।
मन परे हरियो, नपरे रातो
0
0
मुल् लेख् र तेस्पछी आएका प्रतिकृया मा जस्को नकरत्मक् सोच् छ।त्यो मुर्खा हुन्। अब मैले मुर्खा भन्दैमा उनिहरु आफुलाई मुर्खा भन्ठन्छ भने उनिहरु महा मुर्खा। जुन् समस्या हरु छ न् म त पक्का बिश्वास गर्छु समस्या को निकस् भनेको नै कर्त्यब्य बोध् हो
मलाई यो थाहा पाउन त्यो किताब पढ्न परेन। तर म पढ्नेछु। यसो भनेर किताब को बिक्री को प्रचार गरेको होइन। म त के सम्म ठान्छु भने किताब पढ्न अगाडि प नि केही कर्त्ब्य छ मेरो। अनी मात्र म किताब पढ्न सक्छु। किताब पढ्ने मेरो अधिकार हो। हो अनी १० रुपैमा मै पाईन्छ। यो जाबो १० ले हुने कुरा म किन आफ्नो प नि म आफ्नो कर्त्ब्य सम्झन्छु। एउटा साधारण जनता उस्लाई के चाँहीएको छ। अथवा म एउटा साधारण नेपाली नगरिक् मलाई के चाँहीएको छ त। मेरो अधिकार हरु के के हुन् अनी मेरो अधिकार पाउन मैले के कर्तब्य नि बाउन पर्छ त। साथी हरु!! पसल् मा तपाईं लाई पैसा नदीकन समान् कसैले प नि दिदैन। हाम्रो देशमा के के समस्या छ् न् त। देस् को समस्या के हो समाज को समस्या के हो परिवार को समस्या के हो परिवार को समस्या के हो अनी अनी ब्यक्ती को समस्या के हो? अर्थत् मेरो समस्या के हो। मेरो समस्स्या मैले मेरो कर्तब्य सम्झेर् र् समाधान गरे भने मेरो परिवार ले प नि परिवार को समस्या कर्तब्य सम्झेर नै समाधान गर्छ अनी समाज र देस् प नि तेस्ताइ हो। लेख् नाथ भण्डारी जी अमेरिका म बसेर यो ब्ल्ग् मा बिचार राख्न् अगाडि तपाईं लाई आफ्नो कर्तब्य को बोध् भयो कि भएन। बिचार राख्नु तपाईंको अधिकार हो। तर बिचार आफ्नो रख्दा प नि यदि तपाईं अरुका बिचार सुन्नुहुन्न भने तपाईं लाई बिचार राख्ने अधिकार छैन। तपाईं ले एउटा अस् ल् मान्छे खोज्नु भा को होइन। म अ सल् छु। मैले आफ्नो कर्तब्य सके सम्म निभको छु। मैले आफ्नो कर्तब्य न निभाको कुरा मा मलाई मलाई अधिकार चाँहीदैन। लेखनाथ जी यदि तपाईं लाई हाम्रो देस् राम्रो बनाउनु छ भने आउनुस् नेपाल मा यदि देस् राम्रो भाको हेर्न चाहनु हुन्छ भने तेही बसेर आफ्नो कर्त्ब्य के त्यो बुज्नुस्
मन परे हरियो, नपरे रातो
0
0
भण्डारीको डायरिया बल्ल ठिक भयो होला, टन्न कुरा काट्न र गाली गर्न पाए| नेपालीलाई कुरा काट्न र गाली गर्न नपाए खा कै पच्दैन |
मन परे हरियो, नपरे रातो
0
0
Hello Leknath sir,
America ma basera thula kura garne. nepal ma aayera hernu ne. We are here and we know how to face the problems. Please no more suggestions ok.
मन परे हरियो, नपरे रातो
0
0
म त भन्छु नकरात्मक् सोच् एुटा रोग् हो, एुटा बानी पनी हो। त्यस्ताले न ब्यतिगत् बिकास गर्न सक्छ नत् राष्ट्रलाई सहयोग् नै पुर्याउन सक्छ। यो नक्रा त्मक् सोच् राख्ने हरु कस्ता सम्म हुन्छन् भने- २ बर्ष अगाडिको कुरा हो एुटा स्वास्थे कर्मिले रक्सिको बिरुधमा केही कुरा उधाहरण् दिएर प्रचार् गर्दै थिए सडकमा। ताकी उधाहरण् सोरुप् उनले दुईटा ग्लास लिएर दुइटैमा गडेउला राखे अनी एुटमा पानी अर्कोमा कडा रक्सी। त्यसपछी दर्सकलाई नतिजा देखाए। हुन पनि रक्सिको गडेउला बिलाएर् गलेर् हरायो भने पानीको गडेउला जस्ताको तस्तै देखियो र प्रचारकले भन्दै थियो देख्नु भो? त्यसैले रक्सी पिउनु हुन्न, हाम्रो पेट् भित्रका कालेजा,आन्द्रा पनि गडेउला जस्तै कमलो छन् रक्सिले अस् र् पार्छ तर दर्सक् मध्य का एुटा नकरात्मक् सोचका ले भने प्रतिकृया तुरुन्तै जनाइ हाले यो झुटो हो रक्सिले त बरु हाम्रो पेट् भित्र पाइने जुकापो मार्छ त रक्सी त जुकाको गतिलो ओखती पो रहे छ भन्दै अरु दर्सक् समेत् लाई भड्काउदै थिए।
मन परे हरियो, नपरे रातो
1
0
Dear Writer,
Why don’t you come back to Nepal and serve your country? This is your real ‘kartabya’.
मन परे हरियो, नपरे रातो
1
0
Writer le ”Kartabyabodh Aviyan” ko kura gareko ki ”Rajtantra” ko?
Tyo duita ta mildai namilne topics vayo.
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा केवल् दरिद्र मानसिकता को उपज् हो। त्यसैले एस्मा कमेन्ट गर्नु नै बेकर् छ। बरु एक्पटक् कर्ण शाक्य को किताब पढे हुन्थ्यो लेखक् ले। मेरो भन्नु केही छैन। सबैलाई आफ्नो हिसाब ले सोच्ने अधिकार छ।
आर भट्टराई, बेलायत
मन परे हरियो, नपरे रातो
0
0
better not to bark from USA but you ( writer)should collect all the applications from DC or white.H…!AND YOU ALSO HAVE GOLDEN CHANCE …..
मन परे हरियो, नपरे रातो
0
0
पहिले पहिले पुर्वजन्मको फलको कारणले दुख पाएको अनि यो जन्ममा कर्तब्य पुरा गरे(राजाको,बाहुनको,वा समग्रमा ठुलाको सेवा गरे )अर्को जन्ममा सुख पाईन्छ भनेर शासकहरुले शोषितहरुलाई भ्रममा राखेका थिए |अरुलाई कर्तब्य पालनाको अर्ति दिएर गाई बनाउने अनि आफु दुध दोएर मजाले खाने चलन नयाँ होईन| भन्ने बेलामा सबैले कर्तब्य पालना गर्नु पर्छ भनेर भने पनि प्राय: यस्ता अर्ति दिईने टार्जेट ग्रुपमा भने सधै सोझा निमुखा जनताहरुमात्र पर्दै आएका छन्| यो परम्पराको रुपमा नै चल्दै आएको छ| यथास्थितिलाई लम्ब्याउने एउटा गतिलो औजारको रुपमा यसलाई प्रयोग गरिदै आएको छ| राजा ज्ञानेन्द्रले बुद्ध जयन्तिको अवसरमा सम्पुर्ण नेपालि ले बुद्धको शान्ति मार्ग अवलम्वन गरेर अघि बढ्नु पर्छ भनेर सन्देस दिनु, गिरिजा प्रसाद्ले अरुलाई प्रजातन्त्रिक बन्न अर्ति दिनु, … यि कुराहरु पनि एक प्रकारले अरुलाई कर्तब्य बोध गराउन नै भनिएका हुन्| आशा गरौ कर्ण शाक्य ले भनेको कर्तब्यबोध अभियानले परम्परालाई तोड्नेछ| शोषणको बिरोधमा लड्नु पनि मानविय कर्तब्य हो भन्ने कुरालाई कर्तब्यबोध अभियानले नभुलोस्|राजा, राजनितिज्ञहरु,न्यायधिसहरु,कर्मचारिहरु जस्ता मानिसहरु, जसले कर्तब्यको बोध नगर्दा एउटा सामान्य किसानले कर्तब्यबोध नगर्दाको भन्दा ठुलो असर उत्पन्न हुन्छ ,त्यस्ता बर्गलाई सबभन्दा पहिलो टार्जेट समुह बनाएर यो अभियान अघि बढोस भन्ने कामना गर्दछु| यस्तो अभियानमा मेरो समर्थन र सहयोग सधै रहने छ|
मन परे हरियो, नपरे रातो
0
0
I totally agree with Js(Jiban & Jasmine). This article is worthless. Umesh should read this kinda article before published. This is not helping for what you mention earler to support “kartabya bodh”. This makes negative sense as u go further deep. There r no connections between so called “Raajtantra” & “Kartabyabodh”. Plz change your own thinking first. Then jump to the conclusion f “Kartabyaboth”. Otherwise some people like him makes this Abhiyaan Jeopardize. As we all know our ‘Constitute 2047′ was not bad at all, the leaders make it worst not following it.
मन परे हरियो, नपरे रातो
0
0
Dear Lekhnath please read Kartabyabodh once again with patient and review your article and come back to Mero Sansar.
I liked your style of writing not the article itself.
मन परे हरियो, नपरे रातो
0
0
This is all bull shit!!
I just could not figure out what the actual thing this man is trying to say. Seems that he is all confused with himself.
Wora para mental hospital holaa tyahan ekpatak aafno Mental health jachaaunuhos mahasaya.
-J
मन परे हरियो, नपरे रातो
0
0
लेखकको कुरा पढेर म त रुनु न हाँस्नु भएँ (र अन्त्यमा मजाले हाँसे)।
कर्तब्यबोध र सकारात्मक सोच जस्ता जीबनका हरेक पक्षमा अत्यन्त जरुरत कुरालाई जाबो राजतन्त्र फाल्ने (जुन आफ्नो ठाउँमा छँदैछ) कुरासँग जोडेर लेखकले के राम्रो लेख लेखेँ भन्ठानेका होलान? कठै!
मन परे हरियो, नपरे रातो
0
0
Nimukha janta ko nam ma chauka hanne kam hipocrit haru ko huncha. Jana-jati ko naam ma benifit uthaune kam Tatha Batha ko hunchan. Politics ko chal-khel yehi ho.
I think, Karnajee is not talking about such positive thinking. His “Soch” is related to only individual and community based duties and responsibilities. If you read Karna Sakya’s article you find your answer.
मन परे हरियो, नपरे रातो
0
0
कुरा त ठिक हो । तर खै क- कस्ले पो व्यबहारमा लागू गर्ने होलान् र ? हामी नेपालीमा तेत्ति बुद्धी भैदिएको भए आजसम्म के के हुन्थ्यो के के ।
मन परे हरियो, नपरे रातो
0
0
I think Lekhnath is missing the point. While all the leaders are talking about big things like “Loktantra”, “Ganatantra”, and “New Nepal”, we have forgotten the basic things like our values, respect to others, being considerate and as a result we have reached this stage of lawlessness and chaos.
From leaders to taxi drivers, teachers to parliamentarians, everyone has forgotten what their responsibilies to others are. We are not just talking about nimukha janata. Only if Eight Party realized that it is their utmost responsibility to conduct CA election asap and move forward. Only if Maoists accepted that everyone has a right to live peacefully. Only if Terai MP’s realized that it is wrong to get paid and obstruct the parliament. Only if teachers understood that school kids who pay monthly bills have a right to go to school. Only if the transport workers realized that they need to be considerate of passengers needs before they call strikes. etc., Nepal would be a better place.
If we are to ignore these important basic values, then even if we get “Ganatantra”, “Loktantra” or “New Nepal”, Nepal will not change. Values cannot be learnt in a day or two. It takes time to develop it. If we wait too long for the political solution first, it may be too late for “Kartabyabodh Abhiyan”.
“Kartabyabodh Abhiyan” can go hand in hand with other political solutions. However, political solution without kartabyabodh people and leaders will not make Nepal any different than now.
मन परे हरियो, नपरे रातो
0
0
लेखनाथ ाधिकारी जीले कर्ण शाक्यको सोच र कर्तव्यबोध ाभियान पुस्तिका पध्नु भएको छैन जस्तो छ . त्यसैले त सकारात्मक सोच को बिषयमा छेउ न टुप्पाको कुरा लेख्नु भएको छ.
मन परे हरियो, नपरे रातो
0
0