वाइसीएलले सीताराम प्रसाइँलाई पक्रेर प्रहरीलाई बुझाएपछि बिरामी हुनुभएका प्रधानमन्त्री र माअोवादी सञ्चारमन्त्री कृष्णबहादुर महराको अनुपस्थितिमा आज बसेको मन्त्रिपरिषदको बैठकले रायमाझी आयोगले दोषी ठहर्याएका व्यक्तिहरुले संविधान सभाको निर्वाचनमा भाग लिन नपाउने निर्णय गरेको छ। रायमाझी आयोगले क¬सकसलाई दोषी ठहर्याएको छ त ? खै कुन्नि ! कसलाई थाहा छ र ! प्रतिवेदन सार्वजनिक भएको भए पो थाहा पाउनु।
मन्त्रिपरिषदको निर्णय पनि गजब कै हुने रहेछ। प्रतिवेदन सार्वजनिक गर्नु छैन, त्यसले दोषी सिफारिस गरेकाहरुलाई चुनाव लड्न नदिने रे। प्रतिवेदन सार्वजनिक त गरेर हेर, जनताले आफै तिनीहरुको जमानत जफत गरिदिनेछन्। किन डराएर चुनावै लड्न नदिने निर्णय गर्नुपर्यो ? हुनत फेरि निर्वाचनमा के भर र ? धेरै पुरानो कुरा हैन, पद्यरत्न तुलाधरलाई मरिचमान सिंहले हराएको ! अब यस्तै होला भनी डराउने हो भने त थाइल्यान्डको सैनिक सरकारले कू गरिएका प्रधानमन्त्री थाकसिन सिनावात्राको थाइ राक थाइ पार्टीलाई विघटन गरे जस्तो कमल थापाको राप्रपा नेपाल र सलिम मियाँ अन्सारीको जनता दललाई पनि विघटन गर्ने निर्णय गरे भैहाल्यो नि । यी दुई लगायत अरु २०२ जना छन् क्यारे रायमाझी आयोगले दोषी ठहर्याएका भनी प्रचारमा आएका।
रायमाझी आयोग पनि हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भइसकेको छ। रायमाझी जी आफैले राजालाई यहाँ गर्छु वहाँ गर्छु भनेर अन्त्यमा आएर प्रतिवेदनमा चाहिँ वैशाख ११ मा घोषणा गरेर आन्दोलनलाई सघाएकोले कारबाही गर्नुपर्दैन भनेर सिफारिस गरेको रे भन्ने कुरा अहिले आइरहेका छन्। यो सब कुरालाई सरकारले हो पनि भनेको छैन हैन पनि भनेको छैन। प्रतिवेदन सार्वजनिक गर्ने हिम्मत पनि गर्न सकेको छैन। हैन, जनतालाई सूचना जान्न पाउने अधिकार छैन कि के हो ? किन यत्रो समयसम्म पनि सार्वजनिक गरिँदैन त्यो आयोगको प्रतिवेदन। मेरो वशमा हुँदो हो त अनलाइनमा राखेर विश्वभर सार्वजनिक गरिदिन्थेँ।
आयोगले दोषी कसलाई ठहर्याएको छ भनी थाहा नभए पनि दोषी ठहर गरेकाहरुलाई सविधान सभाको निर्वाचनमा उम्मेदवार बन्न नदिने गरी अन्तरिम संविधान संशोधन गरिने भएको छ। यस सम्बन्धी प्रस्ताव पनि आजै संसदमा दर्ता भएछ। यो अन्तरिम संविधान यसै गरी संशोधन हुँदै जाने हो भने एक वर्षभित्र १२ पटक नै संशोधन पो हुने हो कि। यस पटकको संशोधनमा संविधान सभाको निर्वाचनमा बाधा पुर्याए राजालाई अन्तरिम संसद व्यवस्थापिकाको दुई तिहाई बहुमतले हटाउन सक्ने प्रावधान राखिएको छ। याद राख्नुस्, राजा मात्र हटाउने हो, राजतन्त्र हैन।
१० वटा बूँदा संशोधन गर्ने भनिएको छ रे त्यसमा मंसिरमा संविधान सभा निर्वाचन गर्ने भनिएको छ। मंसिरमा पनि भएन भने के गर्ने त ? सजिलो छ नि, अर्को संशोधन गर्ने !
No related posts.









CA election….who is joking about it ? There won’t be CA election, no one is interested with CA election. It is just the talk of the town to fool innocent people.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा हुदाहुदै संबिधानसभाको चुनाव हुदैन ।यो कुरा सबैलाइ थाहा छ । चुनाव गराउने हो भने गिरिजालाइ कसरि हटाउने त्यो छलफल , बिचार बिमर्श हुनु पर्छ होइन भने चुनाव भनेको आकाशको फल आखा तरि मर हो ।
मन परे हरियो, नपरे रातो
1
1
Girija has always taken advantage of innocence of nepalese people and the fragile political system of Nepal. He has not become PM or “most respected political figure” (as he sees himself on the mirror) because of his ability, good leadership and governance, and definitely not because he did so good to nepalese people and nepal. He is there only because there were no other political leaders whom nepalese people could have trusted for whenever there was a political turmoil.
Anyway, Girija, seems now higly confused. His arms are tied to two strong and opposite ropes of pro monarchy force one side and pro republican force other side. In other words, he is in the middle of these tug-of-war ropes. My analysis is, if he tries to keep balance himself between these two forces, he will have to lose one or other of his arms since he wouldn’t be able to sustain any longer of these forces. So better if he gets off from this tug-of-war and save one of his arms.
मन परे हरियो, नपरे रातो
0
0
What a democracy in Nepal? It was King’s era where only his people were enjoying political life, that includes so called parties NC, UML, RPP, NSP etc. Now in Girija’s era, then so called parties with Moist only has rights to enjoy politics. There wasn’t any democracy for Nepali before, there is no democracy for Nepali now and there won’t be any democracy for Nepali. Isn’t Girija the same man (Do you think?) who supported Gyanendra to save his “Prime Ministership”? So why should he be allowed to contest in election.
मन परे हरियो, नपरे रातो
0
0
hi sathi haru ho suneka aadar ma ,padeka ra dekheka aadar ma kura bojhne ho bhane girija ra gyane rahada samma nepal ma sambidhan sabha ko chuna pani hudaina, nepali le sakhako sash pani ferna pani paudainan.
ban .vienna 07,06,2007
मन परे हरियो, नपरे रातो
1
0
हा हा हा हा हा हा ! कस्तो लाजमर्दो कुरा सुन्नु परेको होला यो नेपालमा । नेपालमा, गिरिजा बाबु (नेपालको राजनीतिको हिरो) रहुन्जेल सम्म सम्बिधान सभाको चुनाब हुन्छ भनेर सपना देख्नु भनेको गर्नु भनेको कुकुरले सगरथामा गएर झण्डा फहराउने सपना देख्नु जत्तिकै हो ।
त्यसैले सोच्नु पर्छ है साथी हो ।
सप्रेम
मन परे हरियो, नपरे रातो
1
1
सम्विधानसभको चुनाब जबसम्म गिरिजाजस्ता भ्रष्ट अपराधिकोनाइके प्रधानमन्त्रि रहिरहन्छ अथवा जिउदो रहिरहन्छ तबसम्म हुदैन जुनदिन गिरिजा बुढो माथिगएको डाक्टर हरुले प्रमाणित गर्छन त्यहिदिन देखि रायमाझि आयोगले दोषिठहर्याएका हरुले चुनाबमा भागलिन पाउने कि नपाउने भनेर मन्त्रिपरिदमा छलफल शुरु गरेहुन्छ बरु अहिलेको आवस्यकता भनेको जतिसक्यो चाडो गिरिजालाइ माथि पठाउनुनै हो मन्त्रिज्युहरु गिरिजालाइ कसरि छिटो भन्दा माथि पठाउन सकिन्छ भनेर मन्त्रिपरिसदमा छलफल शुरु गरे कसोहोला ।
मन परे हरियो, नपरे रातो
1
1
चुनाव! कुन चराको नाम हो हँ? थाहै नभाको कुरा कति गर्ने हो? बेकारमा ब्लगनै फोहोर पारेर।
मन परे हरियो, नपरे रातो
0
1
पंचेको नया सस्करण थियो त्यो माघ १९ ति पुरानै सासक थिए जो महेन्द्र र बिरेन्द्रकाबाट शीक्षित र बिभुसित थिए। ति सबै पतित र नलया नया नेपालको कुनै सरकारी तथा गैर सरकारी ओदामा बस्न र तिनिहरुका सल्ला सुझाप लिन बन्चित गराउनु पर्छ। आलु कुहियो सबैलाई बिगार्छ, छुट्टाउनु पर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
Until the most corrupted prime minister Girija remains in the power, I am 100% sure that there will not be CA election in Nepal.
If they were not kicked out by the king they would not accept CA too.
मन परे हरियो, नपरे रातो
1
1
Girija hoina Maobadi le nai Sambidhan sabha ko chunab huna didainan….
Sabai kura YCL ko varma Road batai chahin6.. maobadi lai…
Election ta gopya hun6 vote paune aasai vayanai…
Julusma ta dar dekhayara pani lana sakin6.
Ho ki hinna Prachanda Ji?
मन परे हरियो, नपरे रातो
1
0
यो गिरिजा बाँचुन्जेल सम्बिधान सभाको चुनाब हुने आसै नगर है साथी हो, हुन्न क्या, खोइ कुरा बुझेको !
आनन्द
मन परे हरियो, नपरे रातो
1
1
कुनै दिन नेपालको मन्त्रिमन्डलले ज्ञानेन्द्रलाई मानवअधिकारको उल्लङ्घन गरे वापत मरेपछि स्वर्ग जान नपाउने कानुन बनाउनेछ |
मन परे हरियो, नपरे रातो
1
0
के को राजा हटाउने अब, पहिल्यै हटाइसक्या छ नि। ज्ञानेन्द्र हटाएर गिरिजा राजा भएको धेरै भैसक्यो। गिरिजा हटाउने प्रावधान राखिएको छ भने त्यो कुरा बेग्लै हो।
मन परे हरियो, नपरे रातो
1
1
उमेशजी
चुनाव हुन्छ् कसरी????????????
बिचार गर्नोस् त्?
मन परे हरियो, नपरे रातो
2
0