[भटट सप्ताह विशेषअन्तर्गत एउटा फरक विचार। एक राजावादीले राजालाई लेखेको यो पत्रले स्पष्ट पार्छ कि राजाको क्रियाकलापबाट स्वयं राजावादीहरु पनि कति असन्तुष्ट छन्। त्यसो त राजावादी कसलाई भन्ने भन्ने पनि विवाद हुन्छ। हिजो प्रचण्डले धीरेन्द्रलाई दुई पटक भेटेर वीरेन्द्रलाई भेट्ने कुरा भएको र आलंकारिक राजतन्त्र मान्ने बारे पार्टीमा कुरा उठेको बताएका रहेछन्। यो हिसाबले त माअोवादी पनि राजावादी देखियो त। तर लेखक चाहिँ नेपालमा राजतन्त्र जरुरी छ भन्ने विचारधाराका व्यक्ति हुन्। यसमा उल्लेखित विचार लेखकका निजी हुन् र सम्पूर्ण वा आंशिक कुनै पनि रुपमा 'मेरो संसार' को सहमति छैन]
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव,
नारायणहिटी राजदरबार।
हिजो शुक्रबार मात्र हामी जनताले नेपाल बन्द खेप्यौं, कडा सुरक्षा घेरा भित्रको दरबारमा त बन्दको प्रभाव परेन नै होला। यस्तो दुःख र पीडाको त के कुरा गर्नु। फेरि हामी जनता त अर्को पीडाबाट मर्माहत छौं, स्तब्ध छौं। आज दिन चाँही शनिबार परेछ। तर फेरि आइपुगेछ। २०५८ को जेठ १९ सम्झँदा हामी जनतको त होस हवासै उड्छ।
प्रजावत्सल श्री ५ वीरेन्द्रको वंश विनाश भएको त्यो कालरात्रीमा हामी जनता कति रोयौं, कति छट्पटायौं, कति मर्माहत भयौं। यो त तपाईलाई थाहा भएन होला कहिल्यै नबोल्ने भगवान पशुपतिनाथलाई थाहा होला – संसारकै सातो गएको त्यो रात्रीको क्रुर र कालो दिन क्यालेण्डरमा फेरि दोहोरिएछ। हामी फेरि हाम्रा देउता समान ती राजारानी, युवराज, अधिराजकुमार, अधिराजकुमारीको हामी जनताप्रतिको माया सम्झन्छौं। दिवंगत मौसुफहरुको सच्चा अभिभावकत्व, राष्ट्रप्रेम र प्रजातान्त्रिक छविको अपुरणीय क्षतिमा छटपटाइरहेका छौं।
त्यो क्रुर रात्रीपछि हामी जनताले तपाईलाई श्री ५ वीरेन्दको श्रीपेच मात्र सुम्पेका थिएनौं हामीले प्रजावत्सल र्स्वर्गवासी श्री ५ वीरेन्द्र जस्तै सच्चा अभिभावक श्री ५ खोजेका थियौं। बसन्तपुरको नासल चौकदेखि नारायणहिटिमा श्रीपेच पहिरिएर जाँदा हाम्रा प्रतिनिधि नेताहरुले तपाईलाई दाम राखेर ढोगेकैं थियौं। तपाईलाई सम्झना छ कि छैन गिरिजाप्रसाद कोइरालादेखि माधव नेपालसम्म हाम्रै प्रतिनिधि थिए।
त्यसपछिका तपाईका हरेक क्रियाकलापहरुलाई हामीले नतमस्तक भएर स्वीकार गरेकै हो। हामीले भोट दिएर निर्वाचित गरेको तत्कालिन देउवा सरकारलाई तपाइले सनकका भरमा बर्खास्त गर्दा पनि हामीले नतमस्तक भएर स्वीकार गरेकै हौं। महाराज, हामीले दिन सक्नेजती र हामीसँग भएजति सबैसाथ दिएकै हौं नपत्याए फर्केर हेर्नुहोस त।
त्यतिबेला हामी हाम्रा श्री ५ वीरेन्द्रको अपुरणीय क्षतिको चोट भित्र रुँदै-रुँदै तपाईलाई भरोसा गरिरहेका थियौं। त्यसैले त हामी जनताले माघ १९ २०६१ को तपाईको साहसिक कदमलाई सलामा गर्यौं। तीन बर्षसम्म तपाईले काम गर्न सक्नु हुन्छ कि भनेर पर्खेर पनि बस्यौं। तपाईलाई पनि पक्कै हेक्का होला हामीले माघ १९ को तपाइको कदमलाई कमल थापाहरु जस्ता हत्यारा जन्माउन, बद्री मण्डल जस्ता फटाहा जन्माउन, डाक्टर तुल्सी गिरी जस्ता डेटएक्सपाएरहरुलाई हिरो बनाउन, किर्तिनिधि विष्ट जस्ता लल्लौराहरुलाई अगुवा बनाउन वा सलिममियाँ अन्सारी जस्ता नालायकहरुलाई राज्यकोष दुरुपयोग गराउन समर्थन गरेका थिएनौं।
त्यहाँसम्म पनि हामीले तपाइकै कुरा पत्याएकै हौं। तपाईँ हिंसा,आतंक र समस्यै समस्यावाट प्रताडित हामी जनताका घरदैलोमा सैनिक घेरा सहित भ्रमणमा आउँदा हामीलाइ लाग्याथ्यो तपाईँले हाम्रा सबै पीरमर्काहरु नारायणहिटीबाट सिधै सुल्झाउने मेसो मिलाइदिनुहुन्छ होला भन्ने। तर मौसुफ तपाइँले त हरेक ठाउँमा सुनेँ बुझेँ भनेर मुन्टो हल्लाउँदै हाम्रा पीडा र घाउहरुमा मन्द विष मात्र हालिदिनुभएको थियो। नेकपा माओवादीविरुद्ध तपाइको सैनिक परिचालनको निर्णय शत प्रतिशत ठिक थियो। मुसा फुलेर शेर बने जस्तै तपाइँले पनि प्रजातन्त्रको खोक्रो नारामा सातदलको राजनीतिक निष्ठा र योगदानलाई माओवादी भन्दा तल राखिदिनुभयो। त्यसैले सर्प बिच्छि र भ्यागुता जस्तै दलहरु एक भएर तपाईँकै विरुद्ध लडाँइ लडे। हामी जनताले माघ १९ को पवित्र उद्देश्यको कदमको होइन, कमल थापा र सरदचन्द्र शाहहरुको ज्यादती सहन सकेनौं, भरतकेशरहरुको हैकम पाच्य भएन त्यसैले हामीले अयोग्य नै भए पनि दलको आन्दोलनको र्समर्थन दियौं।
महाराज, अहिले त देशको हालत देखेर तपाइपनि आश्चर्यचकित पर्नु भएको होला। माओवादी सुप्रिमो प्रचण्डको गर्जन सुन्दा देख्दा तपाईँलाई पनि शासकीय महत्वाकाक्षांको अतृप्त तृष्णाले छटपटी लाग्छ होला। गिरिजाप्रसादको सानमान हेर्दा मन पोलेर आउँछ होला। माधव नेपाललाई भारतीय आशिर्वाद प्राप्त भएको देख्दा पछुतो लाग्छ होला। सायद जलिरहेको तराई, जुर्मुराएको चुरेभावर, लगायत समाजका हरेक तह, तप्का, वर्ग, समुदाय, सम्प्रदाय आन्दोलित भएको देख्दा तपाई आठदलको खुच्चिउँ बजाउनु हुन्छ होला। तपाईँका अधिकार कटौति गर्ने संसद अवरुद्ध हुँदा पनि दिल खुश हुन्छ होला। जनता जागेका बेला माओवादी र काँग्रेसको भनाभन हुँदा ढुक्क लाग्छ होला। तर महाराज भो यस्ता कुरा नगरौं बितेका कुरा सिद्धिगए भोलिको कुरा गरौं है।
महाराज, तपाईले वर्षदिनको राजारानीको भत्ता नलिएर सामाजिक काममा लगाउने भन्ने जानकारी मैले पाएको छु तपाईँकै राजदरबारबाट। मलाइ खुशी लाग्यो हामी जनता आभारी छौं। कम्तिमा तपाईँलाई समाजसेवाको झोक चलेछ। त्यसो भए एउटा कुरा मान्नुस् है तपाईका लागि र राजसंस्थाका लागि पनि आवश्यक न्यूनतम बाहेक सबै सम्पत्ति राष्ट्रका नाममा सारिदिनुस। बिचरा युवराज पारसलाई पनि सानो लालपूर्जा मिलाइदिनुस। (स्मरण रहोस्, युवराजका नाममा नेपाल भर कतै पनि कुनै पनि चलअचल सम्पति रहेको छैन) उद्योग धन्दाहरुलाई जनताको नाममा शेयर बेचिदिनुस अनि तपाई एउटै यस्तो साहसिक घोषणा गर्नुस् जुन घोषणाले २ सय ३८ बर्षदेखि नेपाली जनताले विश्वास गर्दै आएको राजसंस्थाप्रतिको सम्मान र विश्वास सगरमाथा भन्दा अग्लो र अटल हुन सकोस्।
महाराज तपाईँका जागिरे सचिवहरुले त्यस्तो घोषणा लेख्न जानेनन् भने हामी मेल गरेरै पठाइदिउँला। अब हामी जनता तपाईँलाई भगवान विष्णुको अवतार मान्दैनौं किनकि तपाईँले देख्ने, बोल्ने र सुन्ने राजाका रुपमा परिचित भैसक्नु भएको छ। हेर्नुहोस् बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्छन्। अहिले राजाका शालिकहरु ढालेर के भो र ? तपाइको सान शक्ति खोसिएर के बिग्रियो र। कालान्तरमा यो नेपाली राजसंस्थाकै पक्षमा परिणाम दिने कदम हो। यसका लागि बरु त्यो योङ्ग कम्युनिष्ट लिगलाई बधाइ दिनुस्। अनि सिक्नु कि अतिले हुन्छ खति । त्यो कुरा त तपाइको प्रत्यक्ष शाही शासनकालमा पनि बोध गर्नु भएकै हो। त्यसैले महाराज छोटो लेखुँ भन्दा भन्दै कुरा अलि लम्बिएछ मलाई माफ गर्नुहोला। मैले सरकारलाई तपाईँ भन्ने धृष्टता गरेँ, त्यसमा पनि माफी दिनुहोला म तपाईका भावी कदमबारे सल्लाह दिएर बारबारर कलम चलाउने नै छु अहिले म यति सम्झाउछु कृपया देशमा संविधानसभाको चुनाव हुनु अगावै तपाईको एउटा सम्बोधन आओस् जसमा तपाईँ आफ्ना सारा गल्ति कमजोरीहरुप्रति क्षमा माग्नुस् अनि सबै सम्पत्ति राष्ट्रलाई दिएर गरिब देशका असल राजाको पहिचान स्थापित गर्नुस्। अनि मात्र हामीले जेठ १९ को त्यो कालो रात्रीको पीडाबाट तपाईलाई राजा मानेकोमा धन्य सम्झने छौं। कि कसो महाराज ?
सूर्य खड्का
subukhadka@yahoo.com
९८५१०४०१३१
काठमाडौं।
No related posts.









surya ji ,
i deny your suggestion. in spite of facing so much problem in in king`s reign, experiencing all the wicked activities of gyane, you r still waiting for his announcement which you are calling to be adventurous. wake up surya ji,try to adopt the change. try to be away from slavery of monarc. thanks.
मन परे हरियो, नपरे रातो
0
0
Surya Ji,
Tapaile dudh magnuvayeko rahechha tesma mero kehi gunaso chaina tara tapai ali hoina dherainai murkha lago kinaki Dudh gorusanga kina magdai hunuhunchha ? Goruko dhud khayera agaula vani socheko vaye thimi sidhiyau sathi . Plese janatama vhar parna sika yesaima timro valai chha .
Bimal sharma
Kathmandu
मन परे हरियो, नपरे रातो
0
0
वाह। राम्राे कुरा गनुर्भयाे सुर्य जी, अब श्री ५ ज्ञानेन्द्र वीर िवक्रम शाहदेवबाट तपाइर्लंे भनेअनुसार गरीबक्सनुपर्छ । राजतन्त्रकाे भवीष्य उज्वल छ । जय देश जय नरेश ।
मन परे हरियो, नपरे रातो
0
0
Some of the advices of Surya Khadka may be ok if Gyanendra surrenders his assets. My question is why the government should wait for that to happened? I though it is the riht of Nepalese people to make him surrender all his illegal possetion acculated from murder, smugling and illegal corrupt business. Even after that he does not deserve the amnesty. He will have pay for his sin. Who is going to pay for that either to rot in prison or bhakurain of Janata. Possibly that is only way Nepalese people migh feel satistied giving proper justice this mosnter of the Milleneum.
मन परे हरियो, नपरे रातो
0
0
tar aru j bhane pani surya ko bhanai ni thik ho
kamase kam garib deshko janatale ta alikati bhaya ni rahat pauchhan tapai hami bides ma kamayar swades ma kharcha garne lai nepal ko var ke thaha
jaha samma raja lai ramro manne
ra namanne ta tyo hamro aafno man ko kura ho
tar tyatro rajsasthako sampatile alikati bhaya pani deslai rahat milne sakchha
nabhaya ta maobadi, kangres ra kamnist bhayar kabja garer aafai
jwam paridine chhaan
o raja surya ko kura man
sukha paune chhau
ani timro hatyakanda ma marne haruko ko aatma le pani santi paune chha
muskan hongkong
मन परे हरियो, नपरे रातो
0
0
सुर्य जि
देश् का जनता अनुशासन हिन् छ् न् भने राजतन्त्र्,प्रजातन्त्र्,भन्दा पनि देश् लाई सैनिक् शासन को जरुरी हुन्छ्।हाल् हाम्रो देश् मा तेस्ताइ छ्।तर् हामो देश् का जनता धेरै धर्मिक् र् इमन्दार् भयेकोले सैनिक् सासन् नै पनि चै हल्दैन्।खालि यदि नेपाल् को भारत् सम्बन्धि निति लाइ राम्रै अध्यान् गरेर् लागु गर्ने हो भने देश् मा शन्ति र् प्रगति ठ्लो कुरा हैन्
मन परे हरियो, नपरे रातो
0
0
Yea Surya Khadka jee,
Please Ek patak PM Grija prasad jue lai ra unko Chhori Sujata lai pani Aarti Uapadesh deyara Samjhae dinosh na please, Tapaen ko kura sunchha ki!
Samdhi Sitaram lai pakryou vanera Uni hari Due dherainai Pagal baneko chha yespali, Chhittai samjhae denish hai, Nabirsinush ni Tara Tapaen Mandale paryou jhan ke kura sunlan Ra?? Taipani Try vane garnush na!
Megh Singh Adhikari!
From Samundra Pari!
मन परे हरियो, नपरे रातो
0
0
Dear Gagane jee,
Excellent comments from you today again. that is nice suggestion to Mr. Surya Khadka.
Surya khadka is bad ladka,
Gyanendra ra uanka aaure vaure lai Galama Chatka!
YCL jee haru aaru je je gare pani aab bom ra barud chahin Napatka!
Yedi feri bom ra barud patkayou vane janata lai jhan thulo parne chha Marka!
Thank you,
Megh Singh Adhikari!
From, Samundra Pari!
मन परे हरियो, नपरे रातो
0
1
सुर्य खडका जी।
तपाईलाई दर्बार हत्याकान्ड ग्यनेन्द्रको निर्देसन र योजना वा सहमतिमा भयको होइन जस्तो लाग्छ?
अनि के तेस्तो ठुलो घमासान दर्बार युद्द जितेर आपुतालि पारेको राजा र राजतन्त्र यति सजिलै घोसडा गरेर छोड्दछ जस्तो लाग्छ?
फेरि त्यो दर्बार हत्याकान्डको जिम्मेवारि चाहि को ले लिनेनि?
सुर्य जी क्याहो ग्यनेन्द्रलाई सजिलै उम्काउने चाला सोच्याछकि के, कति कुम्याउने बिचार छ नत्र आफ्नो तेस्तो प्यारो राजालाई सखाप पार्नेलाई बाल्मिकि जस्तो ग्यानि बनाउने बिचार गरियाछनि के हो।
त्यो भन्दा ग्यानेन्द्रलाई, यदि तपाइको सल्लाह लाग्छ र मान्छ भने, बिर्तामा पायको राजा र राजतन्त्र छोडेर ब्यापारि भयर बस्ने वा यदि राजनिति नै सोख भयदेखि बिर्तामा पायको वा आपुतालि परेको राजतन्त्र छोडेर यौटा पार्टि खोल्ने, जस्मा तपाई पनि य उटा गहकिलै पद लिनुस, र चुनाब मा जाने र जनताले दियको मत अनुसार जहा आफ्नो स्थान सुनिस्चित हुन्छ तेहि बाट राजनिति र देश् अनि समाजसेवा गर्ने, हुन सक्छ रास्ट्रपतिनै किन नहोस। भन्नुस्स न सुर्य जि, मनाउनुसन प्लिज, जनताले सारै दुख पायो के।
नभय सुर्य जी, हामि यो नेपालको सबै पार्टि, माओबादि लगायत लाई मनाउदछौ। गणतन्त्र
घोषणा गरौ अनी ज्ञानेन्द्र लाई संबिधान सभा नहुदां सम्म राष्ट्रपति नै दिउला, होइन य ल भैगो पांच
बर्ष् लाई नै दिउला।
मनाउनुस् न सुर्य जि प्लिज।
प्लिज् भन्याक्या प्लिज्।
मन परे हरियो, नपरे रातो
0
1
Its already too much late, where you were before when king was holding full power?
You were sleeping?
You were being madale as well ?
Why you didn’t sujjest him at taht time ?
Its Death after Doctor.
All bakbas
Please dont post next time.
मन परे हरियो, नपरे रातो
1
0
कस्तो दुर्मतिको मान्छे रहेछ वा।यस्लाई अझै पनि बाङ्गे माहिलाको खान पाईन्छ कि भन्ने गजडी आशा लागिरहेको छ जस्तो लाग्यो।कतै पारशेले नाम् नखुलेको कालो पदार्थ् सुंघाइदिएछ कि कसो?
मन परे हरियो, नपरे रातो
1
0
yo manchhe sachchaiko darbariya bhatuwa ho ki anadi byangakar?
मन परे हरियो, नपरे रातो
0
1
ए ल्वादे माइला दाइ को तेती माया लाग्६ ,येसो करा बुझ्दा त माइला दाइ को पि.ए हो जस्तो छ्स नि, राज्परिवार को दोस्रो अवातार हो कि कसो हजुर्
मन परे हरियो, नपरे रातो
1
2