विराटनगरमा आज पहिलो पटक भकभकेहरुको भेला भयो। भेलाले नेपाल भकभके संघको मोरङ जिल्ला समिति गठन गरेको छ।
* भकभके कुनै रोग नभएर व्यक्तिगत समस्या भएको बताउँदै यस्ता मानिसहरूलाई समाजमा कुनै पनि किसिमको हिनताबोध गराउन नहुने
*समाज र परिवारबाट नै भकभकेहरू उपेक्षित भएकाले समाजबाट यस्तो अन्धविश्वासलाई तुरुन्त हटाउनु पर्ने
* भकभके बोली भएपछि कतिपय मानिसहरूमा निराश आउने गरेको स्मरण गराउँदै उसको त्यस्तो निराशालाई समाजका सचेत मानिसहरूले हटाउनु सहयोग पुर्याएमा बोलीमा सुधार हुने
* चर्चित भारतीय नायक रितिक रोशन र अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको समेत बोली भकभके रहेको
आइतबार विराटनगरमा पहिलोपटक सम्पन्न भकभकेहरूको भेलाले रंजितकुमार गुप्ताको अध्यक्षतामा सात सदस्य नेपाल भकभके सङ्घको मोरङ्ग जिल्ला समितिको गठन गरेको छ। समितिको उपाध्यक्षमा केदार रिजाल, सचिवमा राजकुमार गुप्ता, कोषाध्यक्षमा सन्तोष रौनियार रहेका छन्।
त्यसैगरी सदस्यहरूमा अन्जना दास, राजेशकुमार र लक्ष्मीरमण झा रहेका छन्। त्यसअघि नेपाल भकभके सङ्घको आयोजनामा विराटनरमा भकभके बोली सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका डिन दुर्गानन्दन चौधरीले भकभके कुनै रोग नभएर व्यक्तिगत समस्या भएको बताउँदै यस्ता मानिसहरूलाई समाजमा कुनै पनि किसिमको हिनताबोध गराउन नहुने बताउनुभयो। उहाँले शहरमा भन्दा पनि यो समस्या गाउमा बढी रहेकाले यस प्रकारका कार्यक्रमहरूलाई ग्रामीण क्षेत्रतर्फ पनि लैजानु पर्ने बताउनुभयो।
यस्तै, राजेन्द्रप्रसाद साहले सामाज र परिवारबाट नै भकभकेहरू उपेक्षित भएकाले समाजबाट यस्तो अन्धविश्वासलाई तुरुन्त हटाउनु पर्ने बताउनुभयो। नेपाल भकभके सङ्घका केन्दीय उपाध्यक्ष सञ्जयकुमार झाले सङ्घले स्थापनाकालदेखि हालसम्म गरेका सम्पूर्ण कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो। त्यस क्रममा उहाँले सङ्घले समाजमा उपक्षित भएर रहेका भकभके बोली भएकाहरूलाई मनोवैज्ञानिक उपचार गरी समाजमा प्रतिष्ठित भएर रहन सहयोग पुर्याएको बताउनुभयो। उहाँले आफ्नो संस्थाले पुरुषलाई भन्दा महिलालाई बढी प्राथामिकता दिएको बताउनुभयो।
कार्यक्रममा नेपाल भकभके सङ्घका केन्द्रीय सदस्य हरि उप्रेतीले भकभके बोली भएपछि कतिपय मानिसहरूमा निराश आउने गरेको स्मरण गराउँदै उसको त्यस्तो निराशालाई समाजका सचेत मानिसहरूले हटाउनु सहयोग पुर्याएमा बोलीमा सुधार हुने बताउनुभयो।
सुरुमा आफ्नो पनि बोली भकभके रहँदा धेरै निराशा छाएका उल्लेख गर्दै पछि सङ्घबाट मनोवैज्ञानिक उपचार पाएपछि आत्मविश्वास बढी बोलीमा समेत सुधार आएको जानकारी गराउनु भयो। उहाँले चर्चित भारतीय नायक रितिक रोशन र अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको समेत बोली भकभके रहेको उदाहरण प्रस्तु गर्दै भकभके बोली भएकाहरू पनि समाजमा ठूला मानिस भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रदिपकुमार झाले मानवअधिकार आयोग र राष्ट्रिय योजना आयोगले समेत यस विषयमा काम गरिरहेको बताउनुभयो।
पूर्वाञ्चलमै पहिलो पटक सम्पन्न भकभकेहरूको सो भेलामा सहभागीहरूले विभिन्न क्षेत्रमा काम गर्दा आफ्नो जीवनमा आइपरेका समस्याहरूको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै भेलाका सहभागी दिपेन्द्र ढकालले आफूले केही चलचित्रमा खेल्ने मौका पाएर पनि बोली अर्काको भर पर्नु परेको पीडा व्यक्त गर्नुभयो। (समाचार स्रोतः स्वससे)
No related posts.









अब भकभके श्रीमती संघ पनि खोल्ने कि ?
मन परे हरियो, नपरे रातो
0
1
Interesting!
I hope that they won’t shut-down Biratnagar in protest!
मन परे हरियो, नपरे रातो
0
0
I had heard that girls like bhakbhake boys a lot. It is their good point.
Girls like to talk with bhakbhake boy as his voice sounds melodious to her.
I am not sure about it but I have heard it.
Researches should be done about it.
Ramesh
मन परे हरियो, नपरे रातो
0
0
संगठन बनाउनु आफैमा नराम्रो भने होइन। संगठीत हुनु पर्छ भनेर नैतिक शिक्षा लागू हूँदा हामीले पढेका पनि हौँ र हुन पनि पर्छ।
तर संगठीत भएको नाममा नचाहिँदो माग राखेर अनेकौँ समस्या सृजना गरिनु भने हुँदैन भन्नु मेरो मान्यता हो।
उहाँहरूमात्र होइन कोहि पनि मानव मानवबाटै उपेक्षित हुन पक्कै पनि राम्रो होइन। तसर्थ सबैले सबैलाई आदर भावले हेर्ने हो भने यो समस्या नआउला हैन र?
मन परे हरियो, नपरे रातो
0
0
Aru ko ke kura garnu ra, hamrei bhu pu pradhanmantri Sher Bahadur Deuba pani Bhak bhake hunuhunchha haina ra ? Uhanlai pani Manartha Membership dine ho ki sathi ho??
मन परे हरियो, नपरे रातो
0
0
They must called to SHER BAHADUR DEUBA because he is also bhakbhake !!!!
मन परे हरियो, नपरे रातो
0
0
यो संस्थाको अध्यक्ष शेर बहादुर देउवालाई नै दिनु पर्छ। के गर्ने उहाँ कै फ्याकेल्टी हो क्यारे।
मन परे हरियो, नपरे रातो
1
0
aani khai ta sher bahadur deupaa president na bhayera aaru lai president banayeko?
Shere nepal bhak hake po hunu parne ho ki kaso
मन परे हरियो, नपरे रातो
0
0
अब तिनिहरुको संगठन लाई पनि त एउटा मन्त्री त चाइयो होला ….
मन परे हरियो, नपरे रातो
0
0
ho year dai aja ta malai pani yeo kura man paro bhakbhak vaya pachi sarai problem huncha school collage ma bolnuparda dar lagcha naya manchay saga bolna ani afno girl friend saga bolda kura repet garda muskel huncha mr balram nawalparasi-2 kawashoti now qater
मन परे हरियो, नपरे रातो
0
0
nepal ma fir chha je sangathan kolna pani.
मन परे हरियो, नपरे रातो
0
0
Good, kam se kam ini haru ko bhela ma bhasan ta hundaina hola ni?
मन परे हरियो, नपरे रातो
0
0
यिनिहरुले उठाएका कुराहरु सहि हुन |यिनिहरुलाई बोलिको आधारमा हेला गर्ने वा जिस्क्याउने कार्यहरु पक्कै नराम्रो हो |यस्ता कुराहरु समाजबाट सकेसम्म चाँडो हटाउनु पर्छ|यति हुँदा हुँदै पनि विगतको अनुभवले baalak को भनाईमा समर्थन जनाउ जनाउ लाग्यो| फेरि यिनका नाऊमा पनि केहिले राजनिति गर्ने भए|
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा यस्तो संगठनहरु अरु अझै कती बन्ने हो । शायद संबिधान सभा को चुनाव मा पनि कोटा दिने हो कि ?
मन परे हरियो, नपरे रातो
0
0
bhakbhakke lai pani sahayog chahiyako hcca
मन परे हरियो, नपरे रातो
0
0