-कृष्ण पौडेल-
२०४६ सालको जनआन्दोलन अघिको कुरा हो नेपालबाट बिदेशिने मानिसहरूको कुरा आउँदा केवल भारत र ब्रिटिश सेनामा भर्ति भएर बिदेशिएका नेपाली अथवा त्यही नजिकको छिमेकी मुलुक भारतमा नाना थरिका सानै हैसियतका कुल्लि, दरवान, घरेलु नोकर चाकर, वा पूर्वोत्तर भारतमा गाई पालन गरी दूधको व्यवसायमा लागेर केही धनको जोहो गरी साल दुई सालमा आफ्ना स्वदेशी परिवारजनको मुहारमा क्षणभरको भएपनि खुशी पोत्ने जमर्कोमा लागेका सीमित नेपालीहरूको सम्झना हुने गर्थ्यो। हो, त्यतिबेला पनि हामीले सुन्ने गर्थ्यौँ, केही अरबतिर काम गर्न गएकाहरूले राम्रो काम र कमाइ गरिरहेका छन । त्यसबाहेका राजा महेन्द्रकै पालादेखि बिदेशी राहदानीको सुविधा पाएर, बिदेशतिर व्यापार र काम पाएका भनेर चिनिएका सीमित मनाङे र मुस्ताङेहरुको बारेमा पनि कुरा सुनिन्थ्यो: उनीहरू धेरै धनी छन रे ! भनेर । यसरी सरसर्ति हेर्दा पञ्चायत कालको अवशानको समय सम्म पनि भारत बाहेक अझ परका समुद्रपार मुलुकहरूमा नेपालीहरूको उपस्थिति न्यून नै थियो । तर बहुदल पुनर्स्थापना पछिका वर्षहरूमा नेपालका केही क्षेत्रहरूमा भीषण कायापलट नै भएको देखियो र यो कुराको शीर्षस्थ स्थान नेपालीहरूको विदेश लाग्ने प्रवृत्तिले ओगटेको छ भन्ने कुरालाई मान्दा अन्यथा हुँदैन ।
छिमेकी मुलक भारतमा मा त नेपाली कति छन कति लेखोपाखो छैन भने अर्कोतिर भारतमा भएका नेपाली मध्ये कति खाँटी भारतीय नेपाली हुन अथवा भारतमा रहे बसेका नेपाली नागरिक हुन भनेर बुझ्ने कुनै तथ्यांक नै कतै छैन । उदाहरणका लागि भारतको आसाम राज्यको सम्पूर्ण जनसंख्या मध्ये लगभग २०-२२% वासिन्दा नेपाली भाषी भएको हुनसक्ने अनुमान एकातिर गरिन्छ भने , वास्तवमा त्यहाँ गरिएको जनगणना र भारत सरकारका सरकारी तथ्यांकमा या त तिनीहरूको कुनै चर्चा नै छैन अथवा तिनीहरूको उल्लेख अन्य भाषाभाषी भएको रूपमा गरिएको छ । यसले गर्दा समग्र नेपाली जातिका पूर्वोत्तर भारतीय राज्यका ३०-४० लाख नेपालीहरूको त्यहाँका वासिन्दाका रूपमा कुनै औपचारिक हैसियत नभएको स्थितिमा रहेको कुरा स्पष्ट हुन्छ । नेपाली जातिका मान्छे बसोवास गर्ने र तिनीहरूको हैसियत अपेक्षाकृत सुरक्षित भएको मान्न सकिने भारतीय नेपालीका बसोवास क्षेत्रमा केवल सिक्किम, गोर्खा पार्वत्य परिषदको दार्जिलिङ क्षेत्र र उत्तराञ्चलको भुतपूर्व भारतीय सैनिक गोर्खाहरू बसोवास गर्ने देहरादून क्षेत्र बाहेक अरू ठाऊँमा बस्ने नेपालीहरु, तिनीहरूका जतिसुकै प्रभावशाली इतिहासका बावजूद तत् तत् स्थानमा असुरक्षित नै छन भनेर मान्नै पर्ने हुन्छ । नेपालमा पसेपछि चाह्यो भने कुनै भारतियलाई नेपाली नागरिकता हात पार्न कुनै साह्रो पापड बेल्न पर्दैन। अहिले त झन तराईवासीलाई नागरिकता सर्वसुलभ बनाउन तराईका मुहल्ला र कसबाहरुमा नेपाली नगरिकता टोलीलाई खटाइएपछि , नेपाली तराईयाहरूको लागि भन्दा पनि यो टोलीको सेवा भारतीय नव नेपालीकालागि बढी फलदायी बन्न पुगेको छ भन्ने खालका कुराहरू प्रशस्त प्रचारमा आएका छन । ऊता भारतीय नेपालीहरूको रामकहानी भने तीन पूस्तादेखि राशन कार्ड भन्दा माथि लाग्न पाएको देखिएको छैन। भारतिय केन्द्र सरकारको नीति नेपालीप्रति त्यति धेरै पीडादायी नभए पनि , बिभिन्न राज्य सरकार र तत् तत् स्थानका स्थानीय र प्रान्तिय बिद्रोहहरू एवं राजनैतिक असन्तुष्टिहरूको तारो भने अभागी नेपाली नै बन्नु परिरहेको तथ्य बेलाबखत उजागर हुनेगरेकै छन । आसाम र मेघालय राज्यका विस्थापित नेपालीहरूका बेलाबखत सुनिने कथाहरूमा भारतिय प्रवासी नेपालीहरूको रोदन र क्रन्दन सुनिने गरेपनि भोलि कुनै बखत लाखौँ लाख घर न घाट बनेका ती नेपालीहरू नेपालमा शरण स्वीकार्नु पर्ने घडीमा हाम्रो हविगत के हुने होला सहानुभूतिशिल नेपाली भएर हामीले कहिलै सोचेका पनि छैनौँ । पुग नपुग एकलाख नेपाली भाषी भुटानीहरूलाई राख्न नसकेर छटपटिइरहेको नेपाली मनको सहानुभूतिको यो कथा भोलि कस्तो सम्म हुन सक्छको सम्भावनामा झस्किन पर्ने हुन्छ। एउटा अनुमान अनुसार समस्त भारतभरि विभिन्न हैसियतमा छरिएर रहेका नेपाली मूलका मानिसहरूको जनसंख्या लगभग ८० लाख सम्म हुनसक्छ र यसमध्ये ३० लाख जति नेपालीहरूको बसोवास आफ्नो बसोवास गरिएको क्षेत्रहरूमा सुरक्षित भएको मान्न सकिने खालको छ । विशेषत; पूर्वोत्तर भारतिय राज्यहरू: आसाम, मेघालय, मिजोरम, मणिपुर, नागाल्याण्ड, अरूणाचलप्रदेश, त्रिपुरा जस्ता राज्यहरूमा पुस्तौँदेखि रहे बसेका नेपालीभाषीहरूको जनजीवनमा स्थानीय राजनिति र बिद्रोही गतिविधिका बाछिट्टाहरूले बेलाबेलामा हान्ने गरेपनि अझ डरलाग्दा अप्रत्यासित खतराहरू आउन सक्ने सम्भावना जहिले पनि छ भन्ने कुरा स्वीकार्नै पर्ने हुन्छ ।
भारत बाहेकका मुलुकमा पनि नेपालीहरूको संख्या लगभग १० लाख जति भएको पछिल्लो आँकलनहरूले बताएका छन । हंगकंग र बेलायत सरकारले लामो समयको आवास भिसा र पर्मानेण्ट रेजिडेन्सी दिएपछि यी दुई स्थानममा वैध रूपमा बसोवास गर्न पाउने नेपालीहरू लगभग १ लाख जति हुन पुग्ने अनुमान छ । यी एक लाख नेपाली र अमेरिकातिर वर्षैपिच्छे डि भि लटरी परेर ग्रिन कार्डको मोहमा गएका नेपालीहरू बाहेक आफ्नै विशिष्ट व्यवसायिक हैसियत बनाएर वा अमेरिकी सरकारले पर्दान गर्ने F 1 खालका भिसा लिएर सफल व्यवसायिक जीवनका लागि विदेशिएका नेपालीको वास्तविक संख्या अति नगन्य रूपमा सानो नै छ । हुनत संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, रुस र विभिन्न युरोपेली मुलुकमा पनि त्यहाँ कुनै बेला पढ्न पुगेर कालान्तरमा जागिर गर्दै स्थायी बसोवासको जोहो गरेका थोरै नेपालीहरूको संख्या नभएको पनि हैन तैपनि अधिकांशत: युरोपका बिभिन्न मुलुकमा काम गर्ने वा बस्ने नेपालीहरू या त विद्यार्थीको रूपमा, वा गैरकानूनी आप्रवासीको रूपमा वा नक्कली शरणार्थी हुँदै कालान्तरमा त्यहीँको स्थानिय हैसियत कायम गर्न पुगेका खालका मात्र छन । यी बाहेक मलेशिया ( लगभग ३ लाख ) , खाडी मुलुकहरू ( लगभग ७-८ लाख ), जापान , कोरिया , इजरायल अन्य बिदेशी मुलुक पुगेका नेपालीहरू संसारकै सबैभन्दा सस्तो मजदूरी सेवा दिन बिदेशिएको अदक्ष कामदारको रूपमा पूगेको देखिन्छ । जापानमा हुनेहरु तुलनात्मक रूपमा बढी धन कमाउनेहरूको रूमा चिनिन्छन भने कोरियामा काम गर्नेहरूका परिचय मिश्रित खालका रहेका छन । यी मध्ये भर्खरै सम्पन्न संयुक्त अरब इमिरेट्ससंगको श्रम सम्झौता बाहेक नेपालको कुनै पनि मुलुकसंग न त श्रम सम्झौता नै सम्पन्न छ न त ती लाखौँ नेपालीहरूले काम गर्ने मुलुकहरूमा नेपालको कुनै कूटनैतिक दर्जाको उपस्थिति नै । अर्कतिर नेपाल सरकारले प्रतिवन्ध लगाएका इराक , र अफगानिस्तान जस्ता खतरनाक युद्दग्रस्त मुलुकहरूमा नेपाली सुरक्षा गार्डहरुको सप्लाइ गर्ने सेक्युरिटि सर्भिस एजेञ्सिजहरूमा मान्छे पठाउने तालिम दिने र पठाउन बिभिन्न भुतपूर्व सैनिकहरू देखि , बेलायती र अन्य एजेण्टहरुकै मिलेमतोमा सरकारी आँखाकै अगाडि दिन दहाडै काम भैरहेका छन, मान्छे पठाइएकै छन अनि मरिरहेकै पनि छन तर बिमाको ठूलो रकम दिएर परिवारका सदस्यहरूलाई चूपचाप राखेर यो कामलाई एक आँखा चिम्ले झैँ गरी हरियो बत्ति बालेर हुन दिइएकै छ ।
मावोवादी युद्दले देशको आर्थिक मेरुदण्ड भाँचिएका दिनमा पनि यिनै बिदेशिएका नेपालीहरूले आफन्तहरूका नाममा पठाएको रेमिटेन्सले ( रकम जुन नेपाली वार्षिक राष्ट्रीय बजेट भन्दा पनि ठूलो थियो) नै देशको लाज जोगाउने काम गरेको थियो । तर अदक्ष कामदारको आपूर्तिबाट आएको यो आम्दानी , बिना श्रम सम्झौताका श्रम र श्रमिक आपूर्तिका प्रबन्धनहरू र आँफै बिग्रिँदो र भत्किँदो मुलुकको रूपमा अन्तर्राष्ट्रिय रूपमा गिर्दो शाख र परिचयका कारण नेपाली जातिको पहिचानसंगै थपिन पुगेका जटिलताहरूले पनि बिदेशमा काम गरिरहेका र स्वदेश धानिरहेका नेपालीहरूकालागि वर्तमानसंगै क्रमश: भविष्य अरू कठीन बन्न जाँदै छ । यी कठिनाइको चर्चाका लागि यहाँ पर्याप्त ठाउँ पनि छैन ।
(लगभग डेढ वर्षअघि मलेशियाको मलक्का टापूमा कामगर्न लगिएका भियतनामी र नेपाली कामदारहरूको साहू एकजना चिनिया मूलको मलेशियलीले व्यवहार बिग्रेपछि आफ्ना कामदारहरूलाई धेरै घरहरू बनाउने कन्स्ट्रक्सन साइटका ट्रेलर घरहरूमा त्यत्तिकै छाडेर फरार भएछ । कामदारहरूको आम्दानी र खाद्यान्न सबै सकिएछ । तर त्यो कुरासंगै स्थानिय वासिन्दाहरूका घरघरमा पालिएका कुकुर र बिरालोहरू हराएको कुराको रिपोर्ट पुलिसमा पुगेपछि, अनुसन्धान गर्दा नेपालीसंग संगैकाम गर्ने तर अलग क्याम्पमा बसेका भियतनामीहरू ह्रष्टपुष्ट तर नेपालीहरू जिर्णकाय भेटाएपछि र अरू पनि थप अनुसन्धनाबाट हराएका कुकुर बिराला भियतनामीहरुले नै खाएको भन्ने कुरा पुष्टि भएछ । यही चर्चासंगै कतारमा केही भियतनामीले नेपाली साथीको हत्यागरी खाए भन्ने कुरा २ हप्ता अघि अपुष्ट रूपमा पुन: चर्चामा आयो। -विदेशिएका नेपालीका समस्याका प्रकारहरू पनि विचित्र र अलग अलग हुन सक्छन भन्ने उदाहरण )
समग्रमा भन्नु पर्दा , मुलुकको हैसियत र भाग्यमा आउने उर्ध्वगतिमा नै देशवासीको आत्मसम्मान बढ्ने हो । जब बिदेशी मान्छेले “तिम्रो मुलुकमा त युद्द हुँदैछ त्यसैले ज्यान जोगाउन यता आएका होउला नि” भन्दै नेपाली कामदारको श्रम शोषण गरेर पनि ज्यान जोगाउन सहयोग गरिदिएकोमा कृतज्ञता खोज्ने परिस्थिति बनाएर अपेक्षा गर्छ , सम्झनै पर्छ सम्स्या हामीसंगै छ । फेरि संसारको सबैभन्दा सस्तो सेवा दिने र कहिल्यै ज्यादतिको विरोधमा चूँसम्म नगर्ने सोझो जातिका मान्छे हुन भनेर त्य्सैकुरालाई आधार मानेर हामीलाई रोजगारमा अपनाउनेहरूका हामीबाट हुने अपेक्षा पनि त्यही खालका त हुने नै भए नि । यो पीडाको कहानीमा हाम्रा मेनपावर सञ्चालकहरूको नियत त झन कहिल्यै पनि वास्तविकतामा आधारित र सही तथ्यसंग आइनोसम्म नराख्ने खालका त छँदै छन । त्यसमाथि , जब हामीसंग बलियो राज्यरूपी अभिभावकत्वको संरक्षण नै छैन हामीलाई सबैले खिसिट्युरी मात्र हैन हेप्ने र प्रताडित गर्ने पनि गर्न सक्छन त्यो पनि त्य्स्तो निर्दयी श्रमबजारमा जहाँ मान्छे केवल अमूर्त श्रम रूपी वस्तु हो भन्ने खालको व्यवहार मात्र उचित मानिन्छ ।
No related posts.









Nepali lai na ta kasaiko sahara ko nai jarurat chha na ta sarkari tewa nai mileko chha. hami nepali jaha janchhau tyi ramauchhau. aaphno bhagya aaphai banauchhau, nabane karma nai yesto bhani chitta bujhauchhau. yesaile kasai sanga baal matalab sarai dukha paryo bhane aaphno pyyaro matoma farki aauchhau. Quality anusarko mulya ta hune ho ni Quality ni nabhaya ke ko sasto. Je chha yesai khusi chhau ra je hunchha usaima khusi hune chhau.
मन परे हरियो, नपरे रातो
1
0
Krishna ji
”hatti chale bajaar,kutta bhuke hajaar”
keep it up.your pen has charisma.
मन परे हरियो, नपरे रातो
1
0
Kuro ko churo Bhujna sakiyana hai…
Sarkarle kehi garnu paryo ra hami public le pani kehi garnu paryo vanne ho ki..
Krishna Paudel
मन परे हरियो, नपरे रातो
1
0
के हो के हो
गाँठी कुरो चै के रहेछ ?
मन परे हरियो, नपरे रातो
1
0
जापान छिर्न खोजेको तर छिर्न नसकेको रिस पोखे जस्तो छनि ?
मन परे हरियो, नपरे रातो
1
0
कृष्णजी,
गहकिलो ळेख को लागि धन्यबाद।
तर,माओबादी हिँसाको कारणबाट मात्रै मुलुक को अर्थतन्त्र धाराशाही भएको कुरा मात्रै गर्नु भयो। अलिकति पुर्बाग्रही भयो नि लेख। हो,नेपाली अर्थतन्त्रले माओबादी आतँक को शिकार हुनु परेको कुरा मा दुबिधा छैन। माओबादीहरुले त के के मा असर पारे पारे लेखा जोखा गरेरै सकिदैन।त्यहि आतँक को प्रतिफल स्वरुप फस्टाउदै गएका नया आतँककारीहरुले अझै कति धाराशाही बनाउने हुन, अड्कल काट्न मुश्किल छ। तरै पनि २०४६ को आन्दोलन पछि को सरकार सम्हालेका पार्टीहरुले भ्रष्टाचार र माफियातन्त्रलाइ मलजल गरेको ले भएको असरलाइ पनि स्थान दिनुभएको भए, अझै गहकिलो हुन्थ्योकि? अझै भन्ने हो भने त दरबारिया र तिनका भाइभारदारहरुले बर्षौअघि बिजारोपण गरेको नेपालको माफियातन्त्र र भ्रष्ट कर्मचारीतन्त्र को देनलाई त छुटाउनै हुदैनथ्योकि?
अबिरल बर्षा
मन परे हरियो, नपरे रातो
1
0
thanks krishna ji
kati ramro lekh ahile ko samaya sandarvik. dherai ramro lagyo yastai lekh haru lekhdai garnuhola sath sathai yauta comment pani hajur lai lekh lekhda suniyaka tara aspasta kura harulai example ko rup ma dinu ramro manincha tara tyaslai badhi emphasis dinu ramro hoien.
मन परे हरियो, नपरे रातो
1
0
सहि इतिहास र बर्तमान पस्कनु भयो समस्याको समधान के त? बुदागत रुपमा अर्को लेख्मा अपेछा गर्दै अहिलेलाइ बिदा
मन परे हरियो, नपरे रातो
1
0
कृष्ण जी को ब्याकुल मनस्थिती को उपज यो लेखमा उठाइएका कुरा हामी सबैको ब्याकुल मनमा न आएको त होइन!
तर कृष्ण जी, जब लेख्नु नै छ र हामीलाई पढ्न लगाउनै छ भने एसो, सबैले सजिलै बुझ्ने निष्कर्ष भएको भये पढेको मजा नै अर्कै हुन्थ्यो!
के बैदेशिक रोजगरी ठिक होइन? वा निन्न स्तर को बैदेशिक रोजगरी मात्त्र खराब? वा सबै राम्रो, मात्त्र सरकार ले गर्नुपर्ने श्रम सम्झौता नभएकोले हामीलाई दु:ख परेको? या बिदेश जान र रोटी कमौन छोडेर देशमा नै बन्दुक बोक्न ठिक?
मन परे हरियो, नपरे रातो
1
0
Good, reality based and timely article!
The difficulties faced by nepali diaspora in diffirent countries are rampant and frequent. The working and livig condition of them in those countries are close to awful and yet they have no other options than to continue their ordeal.
Last month I was in Dubai and met scores of Nepalese working in scorching heat for very minimal wages(which is well below the average wage for foreigners in UAE). Nepalese in Malaysia are facing the similar problem and I’m sure people in other Arab countries are also having not much fun. While govt. proudly announce the increase in job seekers abroad, and while it is the biggest national income generator now, it still fails to address the problem in it’s severity.Governments give priority measures elsewhere if it is the back bone of the national economy but our govt enjoying the little money remitted from all the sweat and tear of the poor Nepali who has no choice but to escape from the bloody conflict which some claims as victorious and historic. Many left out of fear of life,many out of threat, many out of frustration and many out of hope. When a country’s economy stands on the remitted money from the cheap and desperate labourers they themself deserve immediate attention so as to improve their hazardous working condition with the salary at least equivalent to other foreign workers in respective countries. And the irony is these countries have regulations not to employ workers below the minimum wage bracket but the agents who convince workers in Nepal to sign an agreement on the terms and conditions of their own hence limiting the possibilty to enjoy the benifits of the labour law of the country they are supposed to work. And people should know some laws, rules, regulations,benifits before they embark to a new career abroad.
It is high time for a country not only to survive from the suffering people abroad but also to support them in every aspect which they deserved for a long long time!!
मन परे हरियो, नपरे रातो
1
0
हँ त बन्धु, यो गन्थनको निष्कर्ष के हो ? सबिस्तार ब्याख्या गर ।
मन परे हरियो, नपरे रातो
1
0
dear krishna jyu,
lekh ramro chha. hamro jat bhane ko aruko lagi marne ra arulai uthaune, afu chahi jaha ko tahi basne ho. tyasaile ta hami nepali sabai bata thagiyeka chhau. dalal le thagchha, desh le thegchha yastai rahechhau hami, ani yasari thagiyeko tahapauda paudai pani bidesh ma samet hami milna sakdainau. rajniti garchhau, fut ra bibhajan garchhau. kripaya eak patak bidesh ma basne nepali haru lai dal ko jhanda nabokau bhanne sandesh dyu na hai. any way very nice prose, please keep ti up.
मन परे हरियो, नपरे रातो
1
0
Krishna Ji,
you have written an analytical article. This is the exact mirror of the country that all young and abled people are out of the country. What will be the situation in the future if the country can not retain the young blood inside the country. The government should publicly commit to provide employment opportunity making long term plan and call all the experties to build the nation. Otherwise, all youngster will disappear to foreign countries as a very dupe nepali worker and sweat for others forever. Nepal will face the problem of young people.
Krishna
मन परे हरियो, नपरे रातो
1
0
Wei Krishne,
238 years OLD regime le garda Muluk ko arthatantra ko dhaad kupriyera bhaachina matrai baaki raheko kura taile wokalnuparena, tara Maobadi le garda dhaad bhachiyo bhaneya taile baahek aru kasaile patyaula ra!!!
OLD REGIME ko noon taile pani khayeko rahichhas!
मन परे हरियो, नपरे रातो
1
0
कुरो बुझ्न गाह्रो छ
मन परे हरियो, नपरे रातो
0
0