मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यसपालिको बजेट

    हाम्रा दार्‍हीवाल अर्थमन्त्री रामशरण महतले आज एक खर्ब ६८ अर्ब चानचुनको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गरे। यो बजेटमा पहिलो पटक राजा र राजपरिवारलाई एक पैसा पनि छुट्याइएको छैन भन्ने प्रचार भए पनि राजदरबारलाई पनि खर्च छुट्याइएको अर्थमन्त्रीले सञ्चारकर्मीहरुलाई बताएका छन्। बजेटमा दरबारका लागि भनी शीर्षकै छुट्याएर बजेट भने तोकिएको छैन। दरबारका लागि बजेटका बारेमा शुक्रबार हुने पत्रकार सम्मेलनमा प्रष्ट पार्ने बुझिएको छ। बजेटका केही मुख्य विशेषता यस्तो रहेको छ-

    - संविधानसभा निर्वाचनलाई पहिलो प्राथमिकता दिइने, निर्वाचन आयोगलाई साधन-स्रोतसम्पन्न बनाइने, आयोगलाई रु.तीन अर्ब ५० करोडको व्यवस्था र शान्ति कोषबाट थप निकासा दिइने ।
    - संविधानसभाको निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउन प्रहरीलाई सक्रिय बनाउने, नेपाल प्रहरीलाई रु.नौ अर्ब ५६ करोड दिइने ।
    - समावेशी र सङ्घात्मक राज्यप्रणाली स्थापना गर्न प्राथमिकता, बजेट आठ दलको सहमति र सरकारको न्यूनतम साझा कार्यक्रम अनुरुप तयार गरिएको ।
    - दिगो शान्ति र लोकतान्त्रीकीकरण, गरिबी निवारण, पुनः निर्माण, राहत दिइने । (लोकतान्त्रिकीकरण भनेको चाहिँ बुझिनँ मैले। लोकतान्त्रिकरण भनेको होला। कसरी गर्ने हो कुन्नि यो लोकतान्त्रिकरण चाहिँ ? अनि गरिबी निवारण त वर्षौँ अघिदेखि हुँदै आएको हो, तर गरिबी बढ्दै नै छ, त्यसैले यो नौलो कुरा हैन)
    - राज्य पुनःसंरचना आयोग गठन गरिने ।
    - माओवादी लडाकुको समायोजन गर्ने ।
    - नेपाली सेनाको लोकतान्त्रिकरण गरिने ।
    - स्वर्गीय राजा वीरेन्द्रको सम्पत्तिलाई राष्ट्रियकरण गर्न कार्यक्रम ल्याइने । (यो गफ चाहिँ बढी नै भइसक्यो अब। सप्पै सम्पति ज्ञानेन्द्रले आफ्नो नाममा गरिसकेपछि केको वीरेन्द्रको सम्पति अहिलेसम्म बाँकी रहनु ? केही काम नलाग्ने सम्पतिहरु मात्रै होलान्। त्यही पनि राष्ट्रियकरण गरिहाल्ला भनेको त कार्यक्रम मात्र ल्याउने रे)
    - स्थानीय स्वायत्त निकाय गठन गरिने ।
    - स्थानीय विकास मन्त्रालयलाई रु.१३ अर्ब आठ करोडको व्यवस्था गरिएको ।
    - निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइने ।
    - चियाखेती र कफी खेतीलाई प्राथमिकता दिइने ।
    - कृषि मन्त्रालयतर्फ रु.पाँच अर्बको व्यवस्था गरिएको ।
    - सडक निर्माणतर्फ रु.नौ अर्ब ३४ करोड विनियोजन गरिएको ।
    - मध्यमर्स्याङ्दी जलविद्युत आयोजना पूरा गरिने, चमेलिया जलविद्युत आयोजना वि.सं. २०६८ सम्ममा पूरा गर्नेगरी निर्माण गरिने, काबेली र रिडी खोला जलविद्युत निर्माणलाई प्राथमिकता दिइने, माथिल्लो तामाकोशीका लागि वित्तीय स्रोत जुटाउनेतर्फपहल गरिने, पश्चिम सेती जलविद्युत आयोजना वैदेशिक स्रोत जुटाएर निर्माण गर्नेतर्फपहल गरिने, आगामी वर्षभत्र थप पाँच लाख जनताले विद्युत सेवा प्राप्त गर्ने ।
    - निश्चित अवधिभित्र कार्य सुरु नगर्ने कम्पनीको जलविद्युत निर्माणसम्बन्धी अनुमतिपत्र रद्द गरिने ।
    - काठमाडौंमा बाहिरी चक्रपथ निर्माण सुरु गर्ने तथा विराटनगर उपमहानगरपालिकामा चक्रपथ निर्माण गरिने ।
    - पच्चीस जिल्लाका अति गरिब वर्गमा पर्नेलाई अत्यावश्यकीय स्वास्थ्य सेवा निःशुल्क गरिने । (गरिबीको पनि दर्जा छुट्याउन थालिएछ- राम्रो गरिब, हुनेखाने गरिब, सम्पन्न गरिब, धेरै गरिब, अति गरिब, परम गरिब, महागरिब…यस्तै हो कि के हो ?)
    - कर्णाली अञ्चलमा सञ्चालित एक परिवार एक रोजगार कार्यक्रमलाई निरन्तरता दिइने ।
    - अति पिछडिएका जाति एवं क्षेत्रका बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने ।
    - दलितलाई जग्गा खरिद विक्री गर्दा लाग्ने दस्तुरमा २० प्रतिशत छुट दिइने ।
    - महिलाका नाममा जग्गाको रजिष्ट्रेसन पास गर्दा २० प्रतिशत छुट दिइने । (२० पर्सेन्ट डिस्काउन्टको लोभले सबैले महिलाका नाममा जग्गा दर्ता गराउलान् भन्ने ठानेको हो कि ? )
    - सबै जिल्लामा ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम लागु गर्ने ।
    - पन्ध्र वर्षमुनिका मुटुरोगबाट गम्भीर रुपमा पीडितलाई सहिद गङ्गालाल हृदयरोग केन्द्रबाट निःशुल्क उपचार दिइने ।
    - राष्ट्रिय राजमार्गमा कुनै किसिमको अवरोध गर्नेमाथि दण्डित गरिने ।(यो कुरा चाहिँ कार्यान्वयन गर्न सक्यो भने गजब हुने थियो)
    - औद्योगिक सुरक्षा बल निर्माण गर्नेतर्फ पहल गरिने । (पहल मात्रै रे, कार्यान्वयन हुने दिन आउन कुर्नै पर्छ, त्यसैले अहिले चुपै बसौँ)
    - राजविराज औद्योगिक क्षेत्रलाई विशेष आर्थिक क्षेत्रमा रुपान्तरण गरिने ।
    - अधिकारसम्पन्न लगानी बोर्ड स्थापना गरिने । (यसअघि चाहिँ अधिकारविपन्न अर्थात् अधिकारै नदिएका बोर्डहरु रहेछन् कि के हो ?)
    - चीनसँगको व्यापारलाई प्राथमिकता दिन विशेष आर्थिक क्षेत्र निर्माणतर्फअध्ययन गरिने ।
    - काठमाडौँबाट बाहिर लैजानेमाथि करमा राहत दिइने ।
    - दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त देखिएको बारा जिल्लाको निजगढमा आवश्यक पूर्वाधार निर्माणको कार्य प्रारम्भ गरिने ।
    - भैरहवा र पोखरामा क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा बाहृय लगानी आकषिर्त गरिने ।
    - बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर नियतवश नतिर्नेमाथि कारबाही जारी राखिने ।
    - वैदेशिक रोजगारका क्रममा पीडित व्यक्तिको उद्धारका लागि वैदेशिक रोजगार उद्धार कोष स्थापना गरिने ।
    - नेपाल सरकारले जारी गर्ने राहदानीलाई अन्तरराष्ट्रियस्तरको तुल्याउन मेसिन रिडेबल पासपोर्ट प्रणाली लागु गर्ने । (यो चाहिँ कहिलेसम्म भइसक्ने हो ? मेरो १० वर्षको म्याद भएको पासपोर्टको म्याद सकिँदासम्ममा लागू होला ?)
    - बाह्र हजार थप शिक्षकको दरबन्दी दिइने ।
    - आन्तरिक द्वन्द्वबाट प्रभावितलाई पुनःस्थापना गर्न राहत दिइने ।
    - द्वन्द्वबाट क्षति भएका गाविस भवन, स्वास्थ्यचौकी, प्रहरीचौकी लगायतको पुनःनिर्माण गरिने, पुनःनिर्माणका लागि आन्तरिक रुपमा रु.एक अर्ब आठ करोड बजेटको व्यवस्था गरिएको ।
    - निजामती कर्मचारीका लागि गत वर्ष दिइएको १० प्रतिशत भत्तासमेत समायोजन गरी कुल २७ प्रतिशत तलब बृद्धि गर्ने । (अब मूल्यवृध्दि चाहिँ तलब बढेपछि हुने नै भयो, त्यसले समायोजन गर्न सक्ने हो कि हैन फेरि)
    - आगामी आर्थिक वर्षआर्थिक बृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको । (भो-भो धेरै महत्त्वाकांक्षी नहोउँ, अर्को वर्ष फेरि यसपाला जस्तै दुई, साढे दुईमात्रै भयो भन्नलाई बेकारमा)

    No related posts.

    17 comments to यसपालिको बजेट

    • pakka nepali

      budget ta thiaki ho but implement hunu paryo ni…
      aba ek barsha samma yo chutayako paisako kura samet hudaina..ani sakiyana..pratrek mahinama yati paisa kharcha vayo ..yo yo vayo ..tyo tyo vayo vanera sarbajanik rupama mediama vannu parcha ani kehi huncha ..natra ta tehi ho..hatti ayo hatti ayo fussa..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rahulvai

      पहिलो कुरा त हामी कति मात्र नकारात्मक सोच्ने? हरेक बजेटले राम्रो गर्छु भनेर नै उत्तम बजेट ल्याउंछ, मुख्य कुरा कार्यान्वयनको हो। संक्रमणकालिन परिस्थितिमा सबै मिलेर सहयोग् गर्ने को आ-आफ्नो भाग मात्र खोज्ने? दाह्रिवाल अर्थमन्त्री बाहेक ब्लग संचालक महोदय सङ अर्को कुनै बिशेषण छैन कि जस्तो लाग्यो।
      पढे लेखेकै अर्थ शस्त्रमै बिद्यावारिधि गरेका ब्यक्ति हुन्। अरु कुनै उपमा राम्रो हुन्थ्यो कि?
      रह्यो सरकारि कर्मचारिको तलब बढेकोमा धेरैको टाउको दुखेको छ। निजी क्षेत्रको एक बैंकमा काम गर्ने एक जना नेपालीले महिनाको १० लाख तलब थाप्छन्, घर, गाडि बाहेक। कसैको टाउको दुखेन। निजी क्षेत्रमा काम गर्ने बिना प्रतिस्पर्धा काम पाउनेले महिनाको ४०-५० हजार् कमाउदा कसैको टाउको दुखेन। मेरै टोलका चिया पसल चलाउने ले दिनको ५ हजार अर्थात महिनाको १ लाख पचास हजार कमाउछन्। अझ कुनै कर तिर्दैन र सरकारको बिरोधमा सधै लागि पर्छन्। सधैं अरुको मात्र आलोचना गर्ने?
      वकिलले कति कमाउछन्, डाक्टर ले कति? ब्यापरिले कति कमाउछन् र कर बुझाउछन् कति? मात्र सरकारि कर्म्चारिको केही तलब बढेकोमा धेरैको टाउको दुख्नु को रहस्य के होला, संकुचित मानसिकता, बाहेक के हुन सक्ला र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya

      Read this :
      This FM Mahat is a Palace’s Pet Dog:

      This is from Nepalnews.com
      Last year, the government had allocated Rs 32.7 million for the King and the royal family members.

      Dr Mahat said the King and the royal family would get Rs 25 million as allowances and Rs 20 million for repair and maintenance of the palace. However, the budget for the employees working in the palace has been transferred to the Ministry of General Administration.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GAJENDRA ARYAL

      I DONT UNDERSTANT WHY WE SHOULD ARRANGE BUDGET FOR PALACE . KING HE NEVER DID ANY THING FOR NEPALI PEOPLE AND NEPAL . ONLY NEPAL AND NEPALI PEOPLE MAKE HIM WEALTHY THAT IT . LAW MAKERS HAS TO THINK ABOUT PALACE BUDGET .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      kam vanda kura thunlo
      hidna lagyo khutta lulo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • la porte des nepal....

      तेस ले त्यो बजेट पढे बापत कती पौछ केटा हो थाहा छ? निक्कै कुम्लौछ रे नि,अनी यो भ्रस्टाचारी ले देस लाई होइन अप्रत्यक्छ रुप मा आफु लाई पनि भाग लगाको छ,कमिना हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxmanawaraj

      yo ta pahile jastai hamro sambhidan,hamra rajnaitik party ka ghosanapatra,hamro human rights prati ko prathibhadhata jastai sabai ramrai ramro vayko po aayo ta..haamra kura jahailai pani thila ra ramra,chilla ra chamra hunchhan,yehi kura haroo ko karyonayan pani vaye katti ramro hune thiyo hai..

      raja ko sasan kaal ma prastuth vayeko badget ko euta kura ma samjhauna chanchu
      ti aartha mantra mahodaya jo boudhha dharma sangha pani aabaddhata raktha,unle nathe dvd,vcd ra aanya kaar electronic saaman haroo ko vanshar chhut matra garda pani,katti phurti dhekhayaka thiye…une pratyek aaya kaar chut dhiyene jankari garaunu aagi,pratek palta buddha ka mahabadhi haroo gauthe ra janta ka chinta ka kura garthe…

      yo budget pani tyasti ta hola…kura jyada,kaam kam
      bye
      laxmanawaraj

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Charko mulye bridhi le garda sarkari karmchari lai ta salary badhyo rahat huncha. Private harule ke khane ni? Private haruko Salary badhne kura ta pasupatinath lai mathra thaha huncha.Aakhir marne ta Private Jagire wala nai ta ho ni? Ki kaso Private ma kam garne daju bhai, didi bhahini haru? Desh ko budjet ko aakar badheko ma chahi ramro nai lagyo.
      NIKHIL SAGAR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै के खै के म त! तेलको समस्या छ केहि बोलेको छैन। सरकारी तलब त बढ्यो प्राइभेटको के हुने हो कुन्नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • drjoan

      Dear Mr. Umesh ji,
      Sorry this comment is not related to the blog above. Hoina abha we should start reminding thos government,which includes maoist, to make the public of the report of Rayamaji .ki yeo pani mallik kai halat bhayeko ho. Yeo Mao Jao pani k lataroo bhayeko government bhayera pani.Nepal magzine pa padeko don haru ko katha.YCL asteena ta samateka thyee kya ra..ailee chai yeni haru lai choot dekeoo ki kya ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SPS

      Bullshit budget. Rich becomes richer and poor poorer. It is not a budget but more burden to poor Nepali. Too much GUF as old wine in new bottle.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ** Ram, Ram to Palace **

      No budget for the palace !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shirish

      gaf bhanda kam chahiyeko chha!!! yahi budget pani as such naramro chhaina, but the main thing is to implement it properly.

      Nevada,US

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baby King...!!!!

      कर्मचारीहरुको तलब ब्रिद्धी हुने बिती कै मुल्य ब्रिद्धी पनि हुनेछ अनी त पालो आयो बेरोज्गारी जनताहरुले आन्दोलन घोषणा गर्ने दिन्।हरे हरे शिव!!!!!!देशको बास्त बिक रुप मानब भएको भए नेपालले उहिल्ल्यै आत्महत्या गरिसक्थ्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh ji
      ma lai ramailo lageko 1 kura chhutechha.

      “Gauma Telephone, hatma Mobile, Gharma Internate” hahahhahaah….. at least mitho sapan…

      Ahile mobile ko gati dekhda haso lag chha…..gaf chahi thulai chha….

      Vasan jhan loktantrikikaran vayachha….?

      Good luck to double MA
      (Mahat & Mahara.)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhruba thapa

      हाम्रा माननिय मन्त्री ज्यु ले पहिलेनै चार करोडबराबरको भस्ट्रचार गरेको कुरात जनता सामुँ चर्लङ छ
      त्यसैले यो बजेट बनाउदा पनि कति रकम आप्नो हातमा पारे यो त अन्योलको कुरा नै हो तर पनि सुको प: राम सरन जि तिन चार चोटि अर्थ मन्त्रि बने पछि अरोबै पति बनेका छन यो त नेतागिरिहरुको लागि पनि खुसिको कुरा हो । बजेटले जनताको भलो भन्द नेताको पजेरो र घरको तला र जमिज जोड्ने परम्परा राजा महेन्द्रको पाला देखि नै चलेकोहो । यो त हातिको देखाउने दाँत न हो
      चपाउन र पचाउन त छदै छ नि अर्को, राजदरबारको लागि पनि भित्र भित्रै खर्च राखेको हुनु पर्छ यो राजा बादि लुटले। लाग्छ यो बजेटको कार्यनयन पक्छ रार्मो र पारदसि होस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sujan,USA

      nepal lai singapur banaune bhanna chahi birse6n.ki banisake6 natra america banaune bhannu parne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker