घटनाः मिनभवन क्याम्पसका एक अध्यापकको अज्ञात हतियारधारीहरुद्वारा हत्या।
प्रभावः बिहीबार बानेश्वर क्षेत्रमा चक्काजाम, टायर जलाइयो।
शुक्रबार उपत्यका बन्दको आह्वान भयो।
घटनाः शुक्रबार विमानस्थलका ट्याक्सी चालक र प्रहरीबीच झडप।
प्रभावः शनिबार उपत्यकामा चक्काजाम।
लगातार दुई दिन उपत्यकामा चक्काजाम र बन्दको आयोजना भयो। सरकार र सुरक्षा निकायः लाचार। सर्वसाधारणः चुपचाप सहन बाध्य।
एकातिर जस्तोसुकै सानातिना घटनामा पनि बन्द र चक्काजाम गर्ने प्रवृत्ति बढ्दैछ भने अर्कोतिर त्यसो नगरेसम्म सरकारको कानमा बतास नलाग्ने प्रवृत्ति पनि देखिँदैछ। बन्दै गरेपछि, टायरै जलाइसकेपछि मात्र सरकारले कुरा सुन्ने र माग पूरा गर्ने प्रवृत्तिले पनि यस्तो किसिमको गलत संस्कार बढ्दैछ।
अस्ति कै कुरा गरौँ न- हत्याको विरोधमा क्षतिपूर्ति माग गर्दै मीनभवन क्याम्पसका विद्यार्थी र आंशिक प्राध्यापकहरुले बिहीबार टायर बालेर बानेश्वर क्षेत्रमा चक्काजाम गरे। केही प्रभाव परेन। उनीहरुले भोलिपल्ट उपत्यका बन्दको आह्वान भएपछि बल्ल सरकार वार्ताका लागि तयार भयो।
वार्तामा गृहमन्त्रीले मृतकलाई क्षतिपूर्ति, श्रीमतिलाई रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षाको लिखित प्रतिवद्धता जनाएपछि बल्ल बन्द फिर्ता भयो। तर बन्दको प्रभाव परिसकेको थियो।
शुक्रबारै त बन्द भएको भन्दै एक दिन काम सार्नेहरु झन् पीडित भए। आज बिहानै एक ठाउँमा जानका लागि घरबाट निस्केको त ठाउँ-ठाउँमा गाडीहरु सडकमा तेर्साएर राखिएको थियो। केको बन्द हो, किन बन्द हो, कसैलाई थाहा थिएन। काम सकाएर दिउँसो पैदलै घर फर्कँदासम्म केको बन्द हो थाहा थिएन। सडकमा केही ट्राफिक डिभाइडर ढलाइएका अनि एक ठाउँमा कुनै गाडीको शिशा फुटाइएको पनि देखेँ। सुरक्षाकर्मीहरु भने खासै देखिएनन् सडकमा।
पछि बल्ल सञ्चारमाध्यमहरुबाट थाहा भयो- विमानस्थलमा प्रहरीले ट्याक्सी चालकहरुलाई कुट्यो भनेर यसरी आकस्मिक रुपमा बन्दको आह्वान गरिएको रहेछ।
यो त काठमाडौँमा दुई दिनको कथा मात्र हो। नेपाल भर दिनहुँ यस्ता घटना भइरहेका हुन्छन्। जतिबेला पनि बन्द र चक्काजाम भइरहेको हुन्छ। बरु रेडियो नेपालले भविष्यवाणी गरेको मौसम ठीक होला तर बन्द र चक्काजाम कहिले हुन्छ, कसैले बताउन सक्दैन।
संविधान सभाको निर्वाचन आउँदैछ। वैशाख ११ अर्थात् नेपाल संक्रमण कालमा प्रवेश गरेको पनि एक वर्ष नाघिसकेको छ। भर्खर जन्मिएको बच्चाले त एक वर्षमा धेरै कुरा सिकिसक्छ भने हामी चाहिँ सँधै संक्रमण काल भन्दै सिस्टम बिगार्न उद्दत भइरहने ? संक्रमण काल हो भन्दै सुरक्षा व्यवस्थालाई सँधै फितलो बनाइराख्ने ? अब हामी आफै पनि जागरुक हुने बेला आएन ? सँधै सडक बालकहरुलाई टायर बाल्न लगाएर र ढुंगा हान्न लगाएर ‘टायर जलाएर आएको लोकतन्त्र टायर जलाएरै जान्छ’ भन्ने मण्डलेहरुको व्यङ्ग्यलाई नै बल पुग्ने काम गरिराख्ने कि त्यसो गर्नबाट रोक्ने ? सरकार पनि कहिले जिम्मेवार भए प्रस्तुत हुने ?
यी प्रश्नको जवाफ खोज्न पनि एक दिन बन्द नगरी हुँदैन जस्तो छ गाँठे ! हुन पनि हुनसम्मको बन्द भइसकेको छ यहाँ। हुने जति सबै प्रयोग भइसकेको छ यहाँ। बैंकको ऋण लिनेहरुले ऋण मिनाहा गर्नका लागि बन्द गरिसके, रक्तचन्दन तस्करहरुले बन्द गरिसके, हुँदाहुँदा बन्दको विरोधमा समेत बन्द भइसकेको छ यहाँ।
No related posts.









yo kasto Des hundai chha Sathiho?
I am puzzled to death due to the political situation and leadership quality and vision of Nepalese political leaders (so called).
मन परे हरियो, नपरे रातो
1
0
k bhako hamro desh lai hau…sab bhanda achamma ko kura k cha bhane…aru le nepal banda garda kina gareko banda bhanera karaune..ani afulai paryo bhane sab bhanda pahile garne nai nepal baanda…sabai kura sarkar govet…main ta neta haru lai bhanera dosh dina chadnu paryo nepali li…hami nepali haru gunda harule raj garne thau ma basne janawar haru jasto bhaisakyo….protest garne…banda garne bhaneko jasto samdedensil chij ko yesto durupayog….nepali haru kaile SABBHEEYY hune hun!..like rajndra ji ko kura….j ma ni sarkar!….and somebody explain he logic…koi teacher lai kosaile maridiyo( feel sory for hima nd his family)..tara tesma sarkar le shetipurti chai kina dinu parne ho…testo ho bhane ta kati chan kati manche shetipurti dinu parne…tini haru le ni tayar balera din dinai nepal banda garepachi matrai paune ho ..shetipurti?
मन परे हरियो, नपरे रातो
1
0
Malai kehi lekhna pani malagena, laj lagyo. Sadhai yastai bhai rahane bhaiyo.
Neta haru ustai babaal nagare samma matlab chaina, ani yastai huncha.
Biggest problem Nepal ko ke ho bhane dheki, effective law and order establish garna nasaknu ho.
Yasma auta karan cha, yedi effective law and order establish garyo bhane neta haru afai phaschan bhanne kura sabai taha cha.
Sabai bigreka le ramro kura establish garna ke sakthe.
Ani hamro Nepali haru pani sabai murkha (murkha matrai bhanda ta ajai kam bhaiyo).
Jaba samma Nepal ra Nepali haru Nepal bandha, chakka jam ko culture bata mathi uthna sakdainan Nepal ko future banna sakdai sakdaina (10000 % guaranteed).
मन परे हरियो, नपरे रातो
1
0
Nepal ma Prajatantra – Baadar ko haat ma nariyal. Prajantra ko sahi upayog garya hun ni janta le. Khus jee le bhane jastai…aba desh ma kasaiko hatya huncha ( which is common these days), home minister/prime minister le compensation ko announcement gari halnu paryo natra arko banda ra chakka jaam bhaihalcha.
Wah nepali janta haru…yesari nai gardai jaanu bho bhane nepali number 1 ma aaucha—-failed state ko suchi ma— Astu!!!
मन परे हरियो, नपरे रातो
1
0
होइन, जे सुकै मामलामा पनि सरकारनै आएर सुल्झाउनुपर्ने हुन्छ र भने? ल, पल्लो घरको कुकुरले मेरो घरको भित्तामा मुत्यो – म पनि बन्धको आह्वान गर्छु, प्रधानमन्त्री स्वयम आएर सुल्झाउनु पर्छ, माफी माग्नु पर्छ र क्षतिपुर्ति को पनि ब्यवस्था मिलाउनु पर्यो!!
मन परे हरियो, नपरे रातो
1
0
भो अति नै भयो, यो बन्द गर्ने लाइ फासि को सजय नै सुनौनु पर्छ. अनि मात्रा ठिक होला.
Yaatree
मन परे हरियो, नपरे रातो
1
0
ho yar nepal ma ta aaba banda nagari khana khayeko pani pachdaina hola aaba ta bhai k gareko hun yar je ma pani banda banda aaba ta bhairab aaryal ko jaye bholi jasto jaye banda bhanu parne bela bhai sako yar la ta hai
मन परे हरियो, नपरे रातो
1
0