मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब तपाईँको पालोः मृत्युदण्ड ठीक हो कि हैन? (भाग – २)

    - ZZ बाट -

    मेरो संसारमा इरानमा दिइएको सार्वजनिक फाँसिका फोटोहरु टाँसिएपछि धेरैलाइ मानसिक आघात परेको छ । कति भयावह, कति क्रूर । के ती मानिस नै हुन त? किन यो संसार यति विवेकहीन छ ? धन्न सिद्धार्थ गौतमले रोगि, अशक्त र मृत मान्छे मात्र देखे र बुद्धत्त्व प्राप्त गरे । यदि उनले यसरी जिउँदो मान्छेलाइ हातखुट्टामा फलामे सिक्रिले बाँधेर घाँटीमा फाँसिको फन्दा लगाइ छटपट छटपट हुने गरी दिइएको मृत्यु पुरस्कारको घटना प्रत्यक्ष देखेको भए के हुन्थ्यो होला ? अनुमान गर्न म सक्तिन । शायद यस्तै प्रश्नले मलाइ जस्तै तपाइहरुलाइ पनि असहज बनायो होला । र त्यसै प्रसंगमा धेरै पहिले चलेको – हदैसम्मको कारबाहि भनेको के हो? – भन्ने बहसलाइ उप्काएर उमेशले आफ्ना पाठकहरुलाइ उद्वेलित बनाउन सफल भएको छ । यसमा शंका छैन । र धेरैले आफ्नो अमुल्यसमय दिएर आ-आफ्ना भावना पोखे जस्तै म पनि हाजिर भएको छु । हुन त मैले यी शब्दहरु कमेण्टको निम्ति लेखेको थिएँ, तर लेख्दा लेख्दै लामो भएछ । फेरि अघिल्लो ब्लगमा कमेण्ट पनि थुप्रै आइसकेछ । त्यसैले यसलाइ छुट्टै ब्लगको रुपमा राख्दा ठीक होला कि भन्ने लागेर यसरी प्रस्तूत गरेको हुँ ।

    गलत प्रसंग र गलत समयमा उठेको सहि मुद्दा

    न्यायिक छिनोफानोको पवित्र उद्देश्यबाट प्रेरित नभइ बदलाको भावना वा प्रपोगाण्डाको हतियार बनाउने उद्देश्यले दिइने फाँसि कदापि समर्थन योग्य हुँदैन । सद्दाम हुसेनलाइ दिइएको फाँसि बदलाको भावना थियो, देखावटी कानूनि प्रक्रियाको जामा पहिर्याएर २१औ शताब्दीको मानबतालाइ धज्जी उडाउदै गरिएको राजनीतिक कायरताको पराकाष्ठा थियो त्यो । इरानी जनताका आम समस्याहरु (जस्तो पेट्रोलको अभाव, भ्रष्टाचार, आदि)को समाधान दिन नसकेको सरकारले सामाजिक न्याय बहाल छ भन्ने प्रपोगाण्डा मच्चाउने उद्देश्यले हालै फाँसिको सार्वजनिक प्रदर्शन गरेको कुरा कसैबाट छिपेको छैन । अनि यस्ता दुर्नियतपूर्ण फाँसिको बिश्वब्यापि बिरोध भैरहेको प्रसंग र नेपाल भित्र हदैसम्मको कारवाहि माग हुनुपर्ने प्रकृतिको घटनाहरु तत्काल नभएको समयमा हठात – मृत्युदण्ड ठीक हो वा होइन? – भनि जनआवाज संकलन गर्ने उमेशको प्रयास गलत प्रसंग र गलत समयमा उठेको सहि मुद्दा जस्तो लाग्यो । यो प्रश्नलाइ प्रतिकात्मक रुपमा अहिले – नेपालमा राजा चाहिन्छ कि चाहिन्न? – भनेर सोध्ने कृयासित तुलना गर्न मिल्छ । किनकि सर्वाधिक अलोकप्रिय राजाको समर्थनमा यो बेला जनआवाज कहाँ आउँछ र ? तर म के भन्छु भने यो फाँसिजस्तो कठोर सँजाय नेपालमा चाहिन्छ कि चाहिन्न भन्ने मुद्दा बहसयोग्य छ, यसमा बहस हुनै पर्छ ।

    फाँसिको प्रावधान राख्ने कि नराख्ने भन्ने पहिलाको बहसलाइ निरन्तरता दिने उमेशको प्रयास सह्रानिय नै छ । मेरोसंसारका पानाभित्र सार्थक निचोड निस्किने बहसहरु बग्रेल्ति छन, तिनलाइ बेलाबेला यसरी नखन्ने हो भने समयको लगानी शायद बालुवामा पानी हुने छ । त्यसैले समर्थन, बिरोध, निरपेक्ष वा बिश्लेषण जे सुकै भए पनि ती धारणाहरु बहुमुल्य छन र बेला बेला तीनलाइ बहसको रुपमा ल्याउनै पर्छ ।

    अघिल्ला कमेण्टहरु माथि कमेण्ट

    मैले सबैजसो कमेण्टहरु सरसर्ति पढे । बिश्लेषणमुलक भन्दा ज्यादा कमेण्टहरु भावनामा बगेको पाएँ । फाँसिको समर्थन गर्नेहरु आक्रोश ओकल्दै गरेकामात्र देखिन्छन, फाँसिको बिरोध गर्नेहरु मानवताको दुहाइ दिँदै याचनामात्रै पोख्दैछन । कानूनि प्रावधानको बहसमा भावनालाइ मनभित्रबाट झिकेर थपक्क कुनामा नथन्क्याउने हो भने हामी सार्थक निश्कर्षमा पुग्नै सक्तैनौ । उठान गरिएका धेरै जसो तर्कबितर्कहरुको जवाफ त्यो भन्दा अघिल्लो ब्लगकै कमेण्टहरुभित्रै समेटिएजस्तो लाग्यो ।

    धेरैले फाँसि दिनु भन्दा आजिवन काराबास दिनु राम्रो भन्ने तर्क गरे । सरसर्ति यी कमेण्ट केलाउँदा मैले यसमा हामीबीच रहेका प्रमुख दुइ बिकृत पक्षहरु प्रतिविम्बित भएको देखे ।
    (१) नेपाली मानसिकता अर्थात नैतिक मान्यताभित्र अडिन सक्छु भन्ने आत्मविश्वासको कमि, नबिराउनु नडराउनु भनेर संकल्प गर्न हिम्मतको कमि, दण्डनिय कर्म गरे नै पनि यथेष्ट अन्तर्क्रिया बिना अपराधिलाइ उदारतापूर्वक माफि दिँदा महान होइनेछ भन्ने भ्रम, अपराधिले दिएको पीडा छिटै भुल्ने तर अपराधिले छिनोफानोको क्रममा पाएको सास्तिमा द्रविभूत हुने अल्प सम्झना, भोलि आफैलाइ पनि यस्तै पर्न सक्छ भन्ने अचेतन मन भित्र गढेर रहेको डर र मैनबत्ति जस्तै छिटै पग्लिने कमजोर हृदय।
    (२) नेपाली चरित्र अर्थात देखावटी रुपमा सज्जन भैटोपल्न मौका पाएसम्म सज्जन देखिनै पर्ने सोच, अपराधको शिकारलाइ सहानुभुति दर्शाउदै अपराधिलाइ हानी किन गर्ने भन्ने खालको द्वैध समर्थन गर्ने बानी, आफुलाइ नपरुञ्जेल मुखले पीडा महशुस गरेको बताए पनि मनले साँच्चिकै पीडा महशुस नगर्ने बेइमानिपन, खराब छ भन्ने जान्दा जान्दै खराब कुराको बिरोध गरेर किन दुश्मनि मोल्ने भन्ने स्वार्थि बिचार, न्यायप्रणालीभित्रको बिकृतिलाइ बहाना बनाइ फाँसिको बिरोध गर्नु भन्दा बिकृतिको बिरोध गर्नु ज्यादा जरुरी छ भनी मनन गर्न नचाहने कमजोरी र आफुलाइ लाभ हुने भए अपराधकै पक्षपोषण गर्दा पनि कुनै आत्मग्लानी नहुने बानी ।

    मैले यसो भनीरहँदा शायद तपाइहरु म प्रति आक्रोशित हुनुहोला । हुनुस बेरोकटोक हुनुस । तर जब तपाइ आफै कुनै अपराधको शिकार हुनुहुनेछ, तपाइलाइ मेरा यी शब्दभित्र लुकेको पीडा छर्लङ्ग हुने छ । हाम्रा सामाजिक पात्रहरु कुन हदसम्म मानसिक र चारित्रिक पतन हुन सक्दा रहेछन र द्वैध चरित्रमा कतिसम्म माहिर हुन्छन भन्ने कुरो भोग्नेहरुले भोगेकै छन । हाम्रो सामाजमा बिद्यमान यस्ता बिकृतिहरुले न्यायप्रणालि नराम्ररी प्रभावित भएको छ र तिनले निर्दोषलाइ अन्याय गरेको छ भने त्यसको प्रतिक्रियास्वरुप भावनामा बगेर कठोर सँजायको बिरोध गर्ने होइन बरु समुल बिकृतिलाइ नष्ट गर्न अझै कठोर दण्डप्रणाली ल्याउन जरुरी छ ।

    बहसको बिषयबस्तु

    नेपालको न्यायप्रणालिमा फाँसिको प्रावधान चाहिन्छ वा चाहिन्न यो बहसको केन्द्रबिन्दु हो । यस्ता प्रावधानको नीतिगत बिश्लेषण, यो सँजायको प्रावधानले ल्याउन सक्ने सकारात्मक नकरात्मक पक्षहरु, सकारात्मक पक्षको जगेर्ना गर्न अरु उपायहरु र नकारात्मक पक्षबाट बचाउने के कस्ता थप प्रावधान चाहिन्छ ती बिषयमा कुनै दमदार कमेण्ट आएन । यसले मलाइ खिन्न बनायो ।

    ZZ ले छेडेको अघिल्लो बहसमा भनिए झै नेपालको परिप्रेक्षमा हदैसम्मको कारवाहिको माग जताततै छ । आम जनता सहभागि हुने नारा, जुलुस, चक्काजाम, हड्ताल, बिरोध प्रदर्शन, बन्द, धर्ना देखि लिएर देशको नियमकानून बनाउने बिधायिका सांसदहरु समेत, कानूनको ज्ञाता वकिल, पत्रकार, न्यायाधिश, कर्मचारी देखि लिएर कार्यपालिकाका सर्वोच्च प्रधानमन्त्रीसम्मनले पटक पटक ठाउँ ठाउँमा हदैसम्मको कारवाहि गर्नुपर्ने मागहरु सार्वजनिक रुपमा गरेका छन । इतिहासमा, पत्रिकाहरुमा ती तथ्यहरु खुल्ला प्रमाणको रुपमा पोखिएकाछन । तर हदैसम्मको कारवाहि भनेको के हो त ? यसको परिभाषा कतै पनि छैन । यदि सडकमा उफ्रेर आत्मतुष्टी गर्ने मात्रै हो भने ठिकै छ अन्यथा यस्तो अपरिभाषित हदैसम्मको कारवाहिको माग कुकुरको लँगौटी भन्दा केहि होइन ।

    के हदै सम्मको कारवाहि भनेको खुमबहादुर, गोविन्दराज जोशि जस्तालाइ क्लीन चिट दिएर समाजमा पुनर्स्थापित गर्नु हो ? प्रसाइ, मास्के जस्तालाइ बहानाबाजि गर्दै ढाकछोप गर्ने हो? देश र संसदलाइ ढाँटेर टनकपुर सम्झौता गर्ने गिरिजा जस्तो न्यायपालिकाले डामेको राष्ट्रद्रोहिलाइ प्रधानमन्त्रीको कुर्चिमा बसाउनु हो? जथाभावि गाडि चलाएर मान्छे मार्दै पुलिसका सामु खड्गबहादुरहरु तेर्साउने पारसजस्ताको जयजयकार गर्नु हो? सडक दुर्घटनामा सामान्य घाइते मान्छेलाइ ब्याक गरेर मार्ने निर्दयिलाइ १० हजार रुपैया जरिवाना तिराएर छोड्नु हो ? चक्रेजस्ता गिरोहको नेतालाइ जेलभित्रै पाँचतारे होटलको सुबिधा दिदै निर्बिघ्न धन्दा चलाउन दिनु हो? नक्कलि सर्टिफिकेटको भरमा बिशेषज्ञ बन्दै बुढी औलाको सामान्य शल्यक्रियामै ज्यान लिने नक्कलि डाक्टरहरुलाइ छुट दिनु हो? भ्रष्ट घुसखोरहरुसित हाम्रो कारोबार, सरसहयोगको आदानप्रदान छ भनेर खुल्ला उद्घोष गर्ने प्रश्रित जस्ता मान्छेहरुलाइ नै नेतृत्त्वमा थापना गर्नु हो ? निमुखा मात्रै पिल्सिने कानुनी दाउपेचहरुमा नतमस्तक भएर उपल्ला ठुला र प्रभावशालीहरुको मनपरितन्त्रलाइ चुपचाप सहनु हो ? थोरै पैसाको लोभमा आफ्नै दिदिबहिनि बेच्ने, आफ्नै आफन्तको जिउज्यान खतरामा पार्ने, जस्तो सुकै अपराध गर्न अघि सर्ने मान्छेहरुलाइ स-सम्मान समाजमा प्रतिस्थापन गर्नु हो ? के हो हदैसम्मको कारवाहि भनेको ?

    कमजोर अनुसन्धान र त्रुटिपुर्ण निर्णयले हुन जाने गलत सँजाय फाँसिको हकमा घातक हुनेछ भन्ने डर संसारभरि नै छ । कानूनको दाउपेचहरु र परिबन्दको शीकार भएर निर्दोषहरु पिल्सिने स्थिति नहोस भनेर मनग्य सावधानी अपनाउनु जरुरी छ । जस्तो पहिलाको लेखमा भने झै कुनै पनि फाँसिको मुद्दामाथि एकपल्ट होइन, २ पल्ट सम्म पुनर्बिचार गर्नु पर्ने, पुनर्विचारका मुद्दाहरुमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्नु पर्ने, निर्णय प्रक्रिया हतारमा गर्न नपाइने गरी समयसिमा तोक्ने, फाँसिको सँजाय सुनाइसकेपछि कम्तिमा पनि ५-७ बर्ष डेथरोलमा राखि पुनर्बिचारको निमित्त मनग्य अवसरहरु दिने, नियतबश त्रुटि गरि कसैलाइ फाँसिको सँजाय सुनाइ निर्दोष ब्यक्तिलाइ फसाएमा निर्णय सुनाउने न्यायाधिश र तिनका मतियार देखि निर्णय कार्यान्वयन कर्तासम्मलाइ नै कानूनी बन्धनमा ल्याएर केहि बर्षदेखि आजीवन काराबास सम्मको सँजाय दिने जस्ता अनेकौ उपायहरु गर्न सकिन्छ जसले बलात्कारी हत्यारा डाँका भन्दै जो कोहिलाइ रिसइबि साँध्ने दुर्नियत राखि फाँसि दिन खोज्नेहरुमाथि नियन्त्रण गर्न सकिन्छ । जब कोहि अपराधि, मानवको खोल ओडेको दानव, प्रत्यक्ष अप्रत्यक्ष रुपमा निर्दोष मानिसको ज्यान लिने अपराध गर्छ भने त्यस्तो दानवलाइ कानूनि प्रक्रिया पुर्याएर स्वीकृत मान्यता अनुसार मानव समाजबाट हटाउने काम अमानवीय कसरी हुन्छ ? यदि मानवताकै दुहाइ मात्र दिने भए जुनसुकै अपराधको निमित्त दण्ड नै नदिए भै हाल्यो नि, के त्यो सम्भव छ ? के कुनै त्यस्तो सानोभन्दा सानो दण्ड छ जसले मान्छेलाइ दु:ख पुर्याउदैन ? दण्ड भन्नु नै एककिसिमको ब्यवस्थित प्रतिशोध हो, गलतिको सँजाय ।

    फाँसिको सर्वस्वीकार्य बिकल्प भन्दै तर्क गरिएको आजीवन काराबास सँजाय नेपालमा अहिले नै छ । हामी त यसैपनि फाँसिको कट्टर बिरोधि, अपराधिलाइ आजिवन कारावास नै दिउँला रे । के तपाइले आफ्नो वरिपरि देख्नुभएका कोहि एकजना अपराधिलाइ आजीवन काराबास दिलाउन सक्नु हुन्छ ? किन सक्नु हुन्न थाहा छ ? अदालतले आजीवन काराबासको सँजाय ठोकेकाहरु मध्य कोहि आजीवन कारावासको सँजाय भुक्तमान गरेको उदाहरण छ ? कति प्रतिशत आजीवन सँजायका भागिदारहरु २० बर्ष जेल परेका छन तथ्याङ्क छ ? छैन । किन भने नेपालको न्याय प्रणालीमा यति धेरै लुपहोलहरु छन कि १०-१२ बर्ष भन्दा बढी कोहि पनि जेल पर्दैन । धेरै जसो ज्यान मुद्दाका आजीवन कैदिहरु ६-७ बर्षमा छुट्छन । ब्यक्तिहत्या जस्ता प्रत्यक्ष देखिने भन्दा बाहेक अन्य जघन्य राष्ट्रद्रोह गरेकाहरुको निम्ति त झन खुकुलो अवस्था छ । एक त नियम नै खुकुलो, त्यसमाथि न्यायाधिश देखि बाँकि जम्मै भ्रष्ट । भ्रष्टाचारको मोलमोलाइ गरेको आवाज रेकर्ड गरेर अकाट्य प्रमाण पेश गरेको मुद्दामा खुल्लम खुल्ला न्यायाधिशलाइ चोख्याइयो । के यस्ता रङ्गे हात पक्रिएका भ्रष्ट न्यायाधिशलाइ समेत कारवाहि गर्ने आँट पलाउन नसक्नु र उल्टै ती न्यायाधिशको कर्तूतहरु छताछुल्ल पारेर राष्ट्रसेवा गर्ने निर्दोष देशभक्त यूवाहरुले डरत्रासको जीवन भोग्न बाध्य हुनु, जीउज्यान र सम्पत्तिको सुरक्षा गर्न नसकि देशबाटै पलायन हुनुपर्ने बाध्यतामा पिल्सिनु, के तपाइले त्यसपछाडिको कारणहरु खोतल्नु भएको छ? के तपाइ नेपालमा यस्तै न्यायप्रणाली नै चाहनु हुन्छ ?

    नेपाल यस्तो देश हो जहाँ हदैसम्मको सँजायको माग हरेक मोडमा हुन्छ तर न सँजायको परिभाषा हुन्छ न अपराधि नै दण्डित । कथंकदाचित दण्डित नै भए पनि जुनसुकै बेला प्रतिशोध साँध्न सक्ने, पुत्ला जलाएर फालेको पञ्चायत बाँउरिएर उठ्न सक्ने, जेलमा कोचिएरै पनि अपराधिले उल्टै निर्धक्क समाजमा धाकधम्कि जमाउन सक्ने अवस्था छ । यस्तो खराब अवस्थाको समुल नष्ट गर्न फाँसिको प्रावधान चाहिन्छ, तर त्यसको दुरुपयोग हुनबाट बचाउने यथेष्ट प्रावधानसहितको । यदि गलति वा अपराधको गम्भीरताको तुलनामा दण्डको वजन कमजोर भयो भने त्यसले समाजलाइ स्वत: दण्डहिनता तिर डोर्याउँछ । अपराधिहरुको निम्ति यो ठाउँ स्वर्ग हुनेछ । (भइरहेकै छ नि) निश्चय नै हामीले फाँसिजस्तो कडा सँजायको प्रावधान हुनु हुन्न भन्दाखेरी अपराधिहरुको हड्डी हाँसिरहेको हुन्छ र कुनै न कुनै रुपमा हामी नै दण्डहीन समाजको वकालत गरिरहेको हुन्छौं । अनि फेरि हामी नै न्यायपालिकाले यो गरेन त्यो गरेन, सरकारले हदैसम्मको कारवाहि गरेन भनेर उफ्रीरहेका हुन्छौ । कस्तो बिसंगति? कत्रो बिरोधाभाष ? मलाइ लाग्छ हामीहरु फाँसिजस्तो कठोर सँजाय भन्दा बढी त्यसको दुरुपयोगहुने सम्भावनाबाट त्रसित छौं । यो हो हाम्रो यथार्थ ।

    पहिलाका बहसहरु यहाँ छन :
    १) हदैसम्मको कारबाही भनेको के हो?
    २) अब तपाईँको पालोः मृत्युदण्ड ठीक हो कि हैन ?

    No related posts.

    24 comments to अब तपाईँको पालोः मृत्युदण्ड ठीक हो कि हैन? (भाग – २)

    • Milan lama

      देशमा सरकार चाहिछा तेस्पछी कानून/
      जनताको मन जितने सरकार तेस्पछी सत्य/इमान्दारी कानून/
      जुन कानून माग्ने मान्छेदेखि लिएर देशको प्रधान मन्त्रि र रस्थापतिसम्मा लाग्ने होस्/
      धर्मले पनि येही सिकौछा पहिलो कुरा गल्ती नगर,गल्ती गरिसकेपछि सजाई भोका/
      एक दिन नेपालमा पनि सरकार र कानून अहोस नेपाली जनताले salute गर्ने दिन अहोस/अहिले त माधव कुमार India का दिनमा नेपालमा छ/neither goverment nor law in Nepal बिशाल चीनमा जस्तै नेपालमा पनि सरकार र कानून होस् कसैले पनि हल्लिन नासगने र नजुकने/crime अनुसार punishment हुने पर्छा अनि मात्र देश भान्छा/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rupesh sherpa

      In my point of view sentence is most neccary law. In the contants of world conflict it seems terrorism age has been started so human beeing first of all is cruel
      So in this world simpally homan violance can not be controled if they would not punished in there violation of law. Nepal is well known country ob Buddha so before it was not but earth has been globlaized so withoud strong law natiopn addministration can not control the mass. so it is most compulsory.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yo ZZ ko dil ke le baneko rahechha bhanne thaha bhayo. Phasiko wakalat garne ko barema mero bhannu kehi chhaina. poor mind and poor heart. Shut up your mouth always in this topic.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ruju Gurung

      Capital pumishment is good,and is the best when we will hang two biggest criminals of our time, Gyanendra nad Prachanda! I know, this guy UMesh has no guts to publish this!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम राज

      I surprise, ZZ has left from disscussion.

      ———————
      [ :)

      समयाभावका कारण तत्काल प्रतिक्रिया राख्न असमर्थ भएता पनि केहि समयपछि आफ्नो धारणा राखुँला ।

      —- ZZ ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      चुकुल र तालाले सज्जनबाट बच्न सकिन्छ चोरबाट हैन त्यस्तै नियम र कनुनले ज्ञानि डराउंछ (सतर्क हुन्छ)अपराधि हैन…जहां सम्म सवाल छ अपराध पश्चातको अपराधिलाई सजय़ंको: अपराधिलाई सुधार गर्नु पर्छ न कि उस्को अन्त्य/ अपराधिको अन्त्य गरेर अपराधको अन्त्य हुन्दैन, त्यसैले अपराधको करणलाई चाहिं अन्त्य गर्न सक्नु पर्छ जस्तो मलाई लाग्दछ/ धन्यवाद्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Student

      ZZजि, तपाईको researchलाई appreciate गर्छु! तर तपाइँको मुल भाव मलाई मन परेन, या मैले बुझिन! तपाँइले “हदै सम्मको कारवाहि” पहिला ल्याएर “न्यायप्रणालीको लुपहोलहरु” ठिक हुन्छ भन्ने कसरि सोच्नु भयो? “कुनै अपराधिलाई बन्दुक दियो भने आफैलाई गोलि हान्छ र?” पहिला त “बन्दुक” सहि हातमा पर्नु पर्ने होइन र? त्यसपछि बल्ल पो अपराधिहरु तर्सन्छन त!
      त्यहि “सहि हात”को खोजि चाहिँ पहिला जरुरि छ जस्तो लाग्छ मलाई!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ZZका कुराहरु सतही हुन्नन,
      यहाँ हावा कुरा केही हुन्नन
      भन्थे साथिसँगी हिजोसम्म
      तर यो कस्तो अचम्म?

      नयाँ बोतलमा पुरानो रक्सी
      बियर भन्दै खन्याउने ह्विस्की?
      के चाला हो ZZजी?
      आफ्नो कुरालाई सक्कली र
      अरुको कुरालाई नक्कली
      भन्ने तपाई पनि
      के यसपाली टाढीनु भएन र
      वहसको विषयवस्तुबाट?

      खराव अवस्थाको अन्त्यको
      लागी चाहिने मृत्युदन्ड र फँासिको
      ठुलो डर रहेछ हुन सक्ने दुरुपयोगमा
      भन्ने तपाँईको भनाईमा
      कुनै तुक छैन, कुनै वजन छैन
      किनभने,
      फँासी-हत्या हो कानूनी जामाको
      भलै सदुपयोग होस या दुरुपयोग।

      कानूनी जामाको हत्या स्विकार्न
      पनि कहिलेकाँही गार्हो पर्छ।
      किनभने राज्य र समाज हत्यारा
      कदापि हुन सक्दैन ।
      एउटा नराधम र पिपासुको
      बदलामा राज्य र समाजले
      पनि पिपासु र हत्यारा रुप
      धारण गर्न कदापि मिल्दैन।

      होईन, भावनामा बगेर
      यो कुरा गरिस भन्नु हुन्छ भने
      खराब अवस्थाको समूल नष्ट गर्ने
      हजुरका कुरा पनि भावना नै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्बेली

      यो ZZ व्यक्ति को मान्छे खै बुझिनसक्नुको छ । खालि माईलाको घुमाईफिराई समर्थन गरिरहेको हुन्छ भने घुमाईफिराई अरुहरु जो जो माईलाबिरोधीहरु छन तिनीहरुलाई चाही पेच र झटारो हान्न चै सार्है नै खप्पिस छ।
      हुन त सिधै माईलाको कुरा त गर्दैन तर माईलाबिरोधीहरुको लागी चाही सिधै प्रहार गरेर कता कता माईलाको चाकडीको गन्ध आईहाल्छ। तर आफु चाही माईलाबादी होइन भनेर चोखिन त खोज्छ तर खै पर्दापछाडी देखीचै ह्वास्सै माईलाको गन्धनै बोकेर ल्याउछ।
      तर घरी घरी मलाई त शंका लाग्छ ZZ त उही पशुपतिभक्त महर्जन त हैन??? Halsi bash को पनि राम्ररीनै नौटंकी नाटक देखाईहाल्यो ZZ जी ले खै कसरी कसरी षडयन्त्र त बनाउन त खोज्यो तर कता कता सिक्वेन्सनै बाटैमा हरायो र दुनियालाई सत्य साबित गर्न पनि असमर्थ भयो अथवा प्रस्ट प्रमाणनै पुर्याउने सकेन।
      तर यो ZZ, GM, कृष्ण पौडेल हरु एउटै गुटहरुको हुन, उही ड्याङको मुलाहरु नै हुन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      I feel really happy to see such discussions going here. This is more meaningful then just shouting at Gyane or Girija. I also hope that this discussion doesn’t just gets limit to this blog but hope ZZ will find time to analyze whole comments and come out with really a good article so that we can take this issue at national level (and I have faith on ZZ when i see his remarks on each and every comments). IWould also like Umeshji to use this platform for similar discussion on various socail topics and then take it to national level and that really helps in making new Nepal.

      It is not necessary to support ZZ’s view fully but the procedure to brainstrom the minds of several peole is of course a posiive appraoch.

      I have really not been able to decide if Nepal really needs capital punishment or not. So far we have some laws but it is not the problem with the law but it is the problem with implementing them. Have we seen the available law implemented effectively. If yes how many have been punished so far? So even if we have capital punishment in our law who will use that – it is the same people who are going to use it so gyane or paras or khume or prachanda or girija none will be punished as they have power to influence the system. So till we dont have the effective implementing system nothing will work. The problem lies in the corrupted judiciery system.

      Instead of focussin on capital punishment at this stage why not to focus on improving the system. I am total unaware of the law system but what is the probability of jury system taken from common citizens. Like khume and govinda were culprits yet they were free but if we had some jury system maybe the scenerio would be different. Just my prediction – I know there would have been some kidnappings of the people involved in jury or else. But why not to think on improving the mechanism. Once we are able to punish the big faulters certianly things will come to control to some extent.

      So my conclusion is at this stage why not to improve the law implementing system. All the issues concerned with society must be carried out transparently.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      how hard is it to force someone to admit the crime they did not commit….then put them in death row… thats also in corupt country like nepal. its just a way to hang innocent people. Cause we all know by now non of the guilty people in nepal have been punished. Even for them death sentence is not fair.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raeebi

      There should be such hanging law if work are against nation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम राज

      ZZ महाशय

      तपाँईको लेखभन्दा पनि स्पष्टिकरण वडो आत्रलमक र प्रतिरक्षात्मक हुन्छन । मेरो अनुमानमा तपांइ पक्कै पनि कुने खुंखार पत्रकार वा कानुन व्यवसायी हुनुहुन्छ होला प्रशंशा गरेको नि ……… :) । यद्यपी यहाको छम्द भेष नै मनोरन्त्मक छ ।

      निकै नै तर्कपूर्ण लेख छ । तपाँईको लेख मिसन कमेन्ट बाट पे्ररित देखिन्छ । मलाई पनि यस्ता ज्वाजल्यमान लेख तथा वहस सारै मन पर्छ … :) । मलाइ विस्वास छ तपाइ स्वयं मृत्यृदण्डको विरोभि हुनुहुन्छ तर पनि वहस गर्न मन लागे पछी ……………:)

      मेरो विचारमा

      “फाँसी मानव सभ्यताकै एउटा कलंक हो । ”
      “भपराध मथिको अपराध हो ।”
      “फाँसी वदला हो सजाँय होईन ।”
      “सजायले त सुधार्ने हो समाप्त पार्ने होइन”
      “कानुन वहुजन हिताय हुनुपर्छ तर यसको मतलव मानवता विरोधि हुनुहुदैन ।”

      तपांईले खोज्नु भएको एवं किहं पनि आफ्नेा राय व्यक्त नगर्नु भएको प्रश्नको जवाफ ……………..

      कुनै पनि कारवाह्ी हदैसम्म हुदैन यदि त्यसले अपराध गनेै्रको मनमा ग्लानी अर्थात अपराधवोध भएन भने त्यसले वदलाको भाव मात्र उत्पन्न गराउँछ । अत अपराधीलाई अपराधवोध गराइ सत्मार्ग ल्याउनु तथा उसबाट फेरी अपराध नहुने सुनिस्चितता नै सुधार हो । तेसैले राज्यले सुधार गर्ने हो न कि कारवाही …………………..
      कुनैपनि अपराधीलाइ सुधार्न नसक्नु राज्य एवं मानव सभ्यताकै असफलता हो राज्य असफल भएपनि तपाइ हाम्रो मानसिकता नै असफल तथा नालायक हुनु होला र ?????????????

      ZZ जी तपाँइ कै लेख वमोजिम नेपालमा दण्डहिनता बढेका छन के मृत्यृदण्ड हुनासाथ अपराधी धमाधम कानुन स्विकार गरी आफै सजाँय लिन आउँछन………….. :)

      समय अनुसार अपराधको मात्रा मात्र नभइ प्रकृति नै फरक हुन जान्छ । जस्तो कुनै विदेशीसंग मिलेर नेपाल सरकारको विरु¢ (against) लाग्नु पक्कै पनि देशद्रोह हो होइनर यदि तेसो भनेर हाम्रो गिरिजा माकुने प्रचण्ड र शुरुमै राजा त्रिभुवनलाइ तत्कालिन समयमा के सजाँय हुनुपर्थ्यो ??????????

      मानव सभ्यताको लागी राज्यको कस्तो कानुन हुनुपर्छ भन्ने सन्दर्भमा म फेरी निवेदन गरुंला हाललाई मेरो प्रतिकि्रया माथी यहांको स्पष्टिकरणको अपेक्षा राख्दै विदा :) ॥ ॥

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ZZजि
      नेपाल!!जहा कानुन लाई गिरिजा बाबु ले साङ्ला ले बाधेर बालुवाटार मा राख्नु भा छ्।कानुन रुक्पान्दक कटुवाल को चाकडी मा जान्छ्।चक्रे मिलन,दिपक मनाङि को खल्ती मा छ्,।कानुन प्रचन्ड को मुखमा छ्,।नेपाल को तराइ जहाँ कानुन ज्वाला सिङ सँग पोइला गैसकेको छ्।
      कानुन सुजाता को फरिया सँगइ लुटुपुटु खेल्छ्।।
      त्याहा मित्र्!!!
      मृत्‍यु द न्ड लाई बैधानिकता दिने हो भने जि जि !!!तिमि,म्,उमेश्,बुद्द र् भानुभक्त को मृत्‍यु हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gajadi

      ZZ you too are sadist.

      you’ve not budged a bit from your last post in this blog. why are you hell bent on promoting capital punishment?

      as i requested in my last comment, when wake up tomorrow morning do this first: look at the mirror and ask yourself, is there some problem with me? what is it that driving me towards this negative energy? if you don’t get answer do this for a few days, you’ll get the answer, i hope.

      maybe you’re molested when you’re child, maybe you didn’t get the love/affection/treatment that you thought you deserved from your parents or friends or teachers, maybe some other horrendous things happened to you… your mind in subconscious level releasing the negative energy to drive you …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      ZZ,

      I thought we were talking about capital punishment as a phenomenon rather than is it suitable or not for some certain country ie Nepal.

      I vehemently oppose the idea of capital punishment for many reasons:

      1)It doesnot compensate the victim in anyway. Let’s say Prachanda(or some others) would get death penalty for killing 13000, ok ok 3000 innocent lives, would that make any difference towards the besiezed??What a victim would get from his death??

      2)In no circumstances punishment can be judged as equivalent or parallel to crime.If a culprit is sentenced to 6 months terms for stealing a Mobile set,what is the basis for that?? One mobile’s financial value is equal to culprits six months labor?? Even such a small judgement is hard to clarify forget about killing somebody for crime.

      3) Personal Bias: There are many incidents that justice given is hardly justice done, people(judges,witness,lawyers,evidence) are inclined towards one party or biased towards another.In these circumstances other than capital punishments can be amended or overruled even after years but you just cannot play with dead.

      4)Human error: This point is extremely important as decision are made by human beings and we cannot eliminate the human error factor in it’s totality hence the verdict given by a Judge can always have some room for error,in capital punishment errors are fatal.

      5)Technical Error: And I guess we donot need to debate on this point.

      6)The effect: does capital punishment reduces crimes?? I have serious doubts. I can take the same examples given in the blog: USA,China,India,Russia,Iraq,Iran, Afganistan,are crime rates in these countries are less than that of UK,Sweden,Germany,France,Japan,Australia?? You know better than I do, Europe has the lowest crime rates where they abolished capital punishment long ago.

      7)The consequences: What would be the concequences after a death of a culprit?? Tragedy for culprits family,in the name of giving justice for the similar tragedy caused by the culprit and it was named crime hence the verdict, what would the second one counts for?? What his/her family has to do with it? Which makes possibility of revenge by kin or collaborators and the vicious cycle would continue (numourous incidents).

      And the list continues……..

      It is wrong and unjust for even sophisticated law enforcement countries like the US,they continousely have debate over the issue,if it is the right thing why wasting time on debate? And besides US, capital punishment exist in countries who blatantly violates human rights ie; Arab countries,China, Singapore( they call it sweet dictatorship),Africa. Does that make some point??

      I think we should opt for more flexible law enforcement which would have more positive results than just closing a chapter of a case by a capital punishment!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • एउटा अपराधलाई रोक्न अर्को अपराध गर्नेहरु संकुचित दीमागका उपज हुन् । कट्टर मुस्लिम देशकै कयौं नागरीक यसको र्समर्थन गर्दैनन् तर उनिहरु त्यसका खुलेर र्सार्वजनिक विरोध गर्न सकिरहेका छैनन् कीनकी त्यस्ता विरोध गर्नेलाई केही पनि कन्सिडरेसन नगरी सिधै मृत्युदण्ड दिईन्छ । अहिलेको नेपाली पिंढीले हतारमा वा आवेशमानै तुरुन्त निर्ण्रय गर्ने तरीका सकारात्मक छैन । कतिपय अवस्थामा पर्दाभित्र रहेर कसैलाई कुनै अपराध गर्न बाध्य बनाईन्छ जहाँ मुख्य अपराधी अर्कै हुन्छ तर कानुनको नजरमा अर्कै दोषी ठहरीने हुन्छ ।
      प्रमुख कुरा भनेको देशको प्रमुख पदमा रहेकाहरुनै अपराधी मनस्थितिका वा अपराधीलाई संरक्षण दिने छन् भने कानुन् जतिसुकै कडा होस् त्यो र्सवसाधारणको लागि मात्र लागु हुन्छ र निर्दोशहरु त्यसको शिकार हुनसक्ने प्रोब्याबिलिटी बढी हुन्छ । नेपालमा पनि नेता वा उच्च पदमा आसिन व्यक्तिलाई कार्यवाही हुँदैन । यदि मृत्यदण्डकै नियम नेपालमा भएको भए पनि उनिहरु त्यसको र्फइदा लुटी आफ्ना विपक्षीलाई कार्यवाही गर्न प्रयोग गर्नेथिए । यसरी अपराधीलाई झन बढी अपराध गर्न सहज हुनेथियो ।
      विचार गरौं मृत्यदण्डको नियम नेपालमा भएको भए राज्य शाशकहरुले अहिलेसम्म कतिलाई झुड्याईसक्थ्यो जनआन्दोलन त के आन्दोलनको अ पनि मानिसको मुखबाट निस्कने थिएन । स्वतन्त्रताको आधा स पनि निमिट्यान्न हुनेथियो । जतिले त्यसको विरोध गर्थे ति सबै परलोक भैसकेका हुन्थे । राज्यप्रमुखका भरौटेहरुले जे गल्ती गरेनी हुन्थ्यो तर अरुले गल्ती नगरेपनि अनाहाकमा दुःख दिइनेथियो । आज हामीहरु यसरी आफ्ना कुरा निर्धक्क राख्न सक्ने थिएनौं ।
      धन्न त्यस्तो नियम पहिला बनाईएन र आज हामी छौं । के हामी भोलिका हाम्रा आफ्नै सन्तती त्यस्तो शिकारमा परुन भन्ने चाहन्छौं ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • amber_nepal

      hyaaa ewtai kura lai katti repeat garirakheko? naya naya kura lyaunu paryo ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      फासी को प्राबधान हुनु पर्छ। फासी को निरनय मात्र न्याएधिस ले मात्र नगरि, १०-१२ जना को सोतन्त्र समुह को संयुक्त बिचार लाई पनि मन्यता दिनुपर्छ।
      बरु अपराध को गम्भिरता हेरी, अपराधी लाई अदालत मा सुरुमै एदी अपराध कबुल गरेमा फासी को सत्ता पुनरबेदन दिन नपौने गरी अजीवन कराबास दिन सकिन्छ।

      ————–
      [ :)
      तपाइको सुझाव पनि राम्रो छ ।

      —- ZZ ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rockies

      साथि हो, यो फाँसि जस्तो क्रुर सँजाय १६अौ शताब्दिमा देशलाइ लग्ने प्रतिक्रियाबादि सोचाइ हो । उमेश जी, तपाइले मेरोसंसार हेर्ने २१अौ शताब्दिको जनतालाइ यस्तो प्रतिक्रियाबादि लेख किन पढ्न लगाउनु हुन्छ ? म यसको घोर बिरोध गर्छु । आइनद्ा यो ZZ भन्ने प्रतिक्रियाबादि लै कुनै कुरा लेख्न नदिनु होला ।
      यो हाम्रो बिनम्र अनुरोद हो है । बिचार गर्नुहोला ।

      ————–
      [ :)
      तर्क बितर्क राखौ न । के को घोर बिरोध घोर समर्थन । (लौ उमेशजी यो मित्रलाइ तपाइले जवाफ दिँदा राम्रो होला । )

      —- ZZ ]

      [पहिले पूर्वाग्रहमुक्त हौँ, अनि मात्र कसलाई लेख्न दिने कसलाई लेख्न नदिने भनी आवाज उठाअ‍ौँ। ZZ लाई के मात्र आरोप लागेन ? गिरिजाको विरोध गर्दा माअ‍ोवादी, प्रचण्डको विरोध गर्दा मण्डले, ज्ञानेन्द्रको अझ स्वर्गीय राजा वीरेन्द्रको विरोध गर्दा फेरि माअ‍ोवादी ! जबसम्म पूर्वाग्रहमुक्त भएर टाँगाको घोडाको आँखामा हालेको जस्तो एकोहोरो मात्रै देख्ने पट्टी खोलेर स्वतन्त्र विश्लेषण गर्न सक्दैनौँ, तबसम्म यस्तै हुन्छ। ZZ ले लेख्दैमा नेपालमा तत्काल फाँसीको व्यवस्था लागू भइहाल्दैन। म पनि मृत्युदण्डको विरोधी नै हुँ। हामी पाठकमध्ये अधिकांश पनि विरोधी नै छौँ। उनको र मेरो काम फाँसीको बारेमा नेपालीहरुको जनधारणा कस्तो रहेछ भनेर बुझ्नु अनि नेपालको परिस्थितिमा त्यसलाई लागू गर्दा केके राम्रा पक्ष र नराम्रा पक्ष हुन सक्छन् भन्नेमा विचारविमर्श गर्नु हो। ZZ को हो भन्ने ज्ञान नभए पनि उनका ब्लगहरुका कारण उनको क्षमता धेरैले देखिसकेका छन् अनि उनको लोकप्रियता धेरै छ। उनका ब्लगहरुमा तर्क वितर्क बढी हुन्छ, प्रतिक्रिया बढी आउँछ र पो प्रतिक्रयावादी भनेको हो कि :) उनलाई लेख्न बन्द गराउनु पर्ने हैन, बरु प्रोत्साहन दिएर सकेसम्म हप्तामा एक पटक लेख्न आग्रह पो गर्नुपर्ने जस्तो लाग्छ मलाई त- उमेश ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rockies

      ओए ओए जेजे, तेरो षडयन्त्र के हो मलाइ थाहा छ । अहिले नानाथरि कुरा गरेर फाँसिको नियम बनाउने ? अनि त्यसपछि बाङ्गेमाइलाले कु गरेर जनताको नेताहरु जति जम्मैलाइ थुन्ने ? जनताको सँघर्ष जनयुद्धलाइ अपराध भन्ने ? अनि हाम्रो नेताहरु जनताको लागि ज्यान दिएर लड्ने बीरहरुलाइ फाँसि दिने ? त्यहि खोजेको होलास नि । साँचो नाउँ के रैछ तेरो थाहा मात्रै पाउँ अनि भेट्लास नि । फाँसि चाइया छ कि के चाइया छ थाहा पाउछस ।

      ————–
      [ :)
      ओहो धम्कि ? गल्तिको सँजाय पाउने कुरा चल्ने बित्तिकै डरले हंस नै उड्यो कि के हो ?

      —- ZZ ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • आशामान

      ZZ जी,

      यति धेरै प्रश्न गर्नु भो कि तिनको जवाफ शायद कसैले दिदैनन होला । सधै झै तपाइको प्रस्तुति दिमाग थलथलाउने खालकै छ । प्रश्नहरु जायज छन, तर त्यसको उत्तर फाँसि नै हो भन्ने कुरा चै मान्ने कि नमान्ने दोधारमा छु । फाँसिको समर्थन हम्मेसि कसैले गर्न रुचाउदैन, तर नेपालको चालामाला देख्दा तपाइकै कुरो ठीक जस्तो लाग्न थालेको छ । तैपनि फाँसि चाहियो भन्ने हिम्मत धेरैमान्छेसित छैन । तपाइले भनेझै दुरुपयोग होला भन्ने डर हो खास त ।

      ————–
      [ :)
      शायद बहस हुँदै गयो भने डर हराउदै जाला कि ? मैले बदमासि गरेन भने मलाइ कसैले फाँसि दिन सक्तैन भनेर निर्धक्क हुन सक्ने वातावरण चाहिन्छ पहिला ।

      ---- ZZ ]

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dhruba

      I absolutely agree with your comment on Neplease mind. I faced same since my child hood. Many times up and down. When I do good progress (promotion) many people comes for CHAKADI, when the time is against with me, many people run away from me. Thats why in these days I want to live in GUMNAM. So I want, no body knows me, who I am and what I am doing?

      Frustrated with Neplease society (mind)

      Dhruba

      —————-
      [ :)
      Thanks, but do not get frustrated.

      ---- ZZ ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुलेखा

      १. नेपाल मा बढ्दो अपराध, भ्रस्टाचार, अमानविय कार्यहरु, सरकार बाट र् पार्टि बाट अपराधि सम्रक्ष्यण र अहिले आयेर ब्याप्त भयेको दण्डहिनता (माओबादी, वाइ सि एल्, आर्मि, पुलिस, ज्वाला सिग, भाला सिग जो सुकै होस्) को कारण नेपाल मा कडा कानून नभयेर होइन, \”कानून को पालना गर्नु पर्छ भन्ने सन्स्कार हामि मा नभयेर, र कानून पालना गराउने सुरक्ष्या ब्यबस्था लाइ हामि ले नै कमजोर पारेर भयेको हो

      २. मुसलमान देश हरु मा न्याय र सरकार को शत प्रतिशत जिम्मा \”मदरासा का गुरु\” अर्थात मस्जिद का मुल्ला (पादरि) हरु लाइ हुन्छ, जस्को न्याय को एक मात्र शुरु देखि अन्तिम सम्म को पुस्तक धार्मिक पुस्तक कोरान हो, र यसै मा जे लेखेको छ त्यहि अनुसार म्रित्यु दण्ड वा कोर्रा लगाइन्छ, नेपाल मा पनि व्भोलि गयेर तिनै ले शाशन गर्लान तर आजै त्यो लागु गर्नु पर्ने अवस्था आयेको छैन
      ३. यदि नेपाल मा पनि मुसलमान को जस्तो कडा कानून लगाउने हो भने झन् अनर्थ हुने निश्चित छ, किनकि यो फ़ासि र कोर्रा का भागिदार हरु गरिब भरिया, खान नपायेर काक्रो चोर्ने बालक, र असहाय दिनहिन हुने छन; चक्रे मिलन, ग्यानेन्द्र, पारस, कमल थापा, गिरिजा, खुम बहादुर, गोबिन्द राज, पिटर गिरि आदी र माओबादी का पनि दिन दहाडे मान्छे मार्ने हरु वा गोइत, उपेन्द्रे यादव कोहि पनि को रौ हल्लिने छैन; येस्ता कानून ले कुनै तस्कर, वा भ्रस्टाचारि लाइ छुने छैन, यदि छुने थियो भने अहिले को कानून नै पर्याप्त छ, हैन र?
      बोरु अर्को कुरो, यो सत्ता को लागि लुछ्छाचुडि झन् व्बढ्ने निश्चित छ किनकि माओबादी सत्ता मा आये भयेका कान्ग्रेस को पुस्ता पुस्ता लाइ अनेक मुद्दा मा लगायेर फ़ासि दिन्छन् र तेस्तै कान्ग्रेस् ले पनि शक्ति मा आउने बित्तिकै आफ़्ना बिरोधि कम्युनिस्ट हरु लाइ बिधिवत रुपले अनेक अपराध का प्रमाण जुटायेर मार्न लगाउछ

      ४. यो म्रित्यु दण्ड सम्बन्धि, आइमाइ लाइ ढुगा हानेर मार्ने कुरा सम्बन्धि इसाइ र मुसलमान को धार्मिक पुस्तक बाट आयेको हो, हामि हरु लाइ ति पुस्तक को पुजा गर्ने कुनै जरुरत छैन जस्तो लाग्छ

      ५. हाम्रो देश बुद्द को देश हो

      ६. म्रित्यु दण्ड को कानून नेपाल को लागि भयन्कर घातक हुन्छ

      ७. किन हामि नेपालि हरु लाइ आर्काको देश को नराम्रा कुरा पनि ठिक लाग्छ? र आफ़्ना राम्रा कुरा जति सबै नराम्रो देख्ने रोग लागेको छ?

      सुलेखा

      ———————
      [ :)
      १) अपराध भन्दा हलुँगो सँजाय दिने ब्यबस्थाले नै कानूनको पालना नगर्दा पनि हुने सन्देश दिएको छ जसको कारण कानून पालना नगर्ने संस्कार ब्याप्त भयो । अपराधीलाइ राजनीतिक संरक्षण प्राप्त हुनुमा बर्तमान न्यायप्रणालीको लुपहोलहरु जिम्मेवार छन् जसले न्यायको पक्षपातिलाइ कमजोर कुनामा थन्क्याउने र अपराधि संरक्षणकर्तालाइ प्रभावशाली राजनीतिज्ञ बनाउने भुमिका खेलेको छ ।
      २) मुसलमानको जस्तो कोर्रा र ढुँगा हान्ने कानून चाहियो भनेको हैन, हदैसम्मको कारवाहिको परिभाषा चाहियो भनेको हो ।
      ३) नेपालमा हुने अपराध नियन्त्रण गर्न अहिलेको कानून पर्याप्त छैन । अपराधि पृष्ठभुमिलाइ राजनीतिक जामा पहिर्याएर चोख्याउन नसकिने बनाउन जरुरी छ । अपराध नगरेकालाइ फर्जि प्रमाण जुटाउदै मार्ने षडयन्त्रकारी मात्रै होइन तिनका मतियार पनि सँजायको भागिदार हुने ब्यबस्था गरेर तपाइले शंका गरेजस्तो नाजायज अपराधकर्म रोक्न सकिन्छ ।
      ४-७) धार्मिक सद्भाव सुन्नमा राम्रो भएतापनि २१औ शताब्दिका समस्याहरुको समाधान दिन सक्छ भन्ने म ठान्दिन ।

      ---- ZZ ]

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker