गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा कम्ब्याट पोशाक नलगाउन चेतावनी दिएको छ। पुनः यस्तो काम जारी रहेमा कडा कारबाही गर्ने तर्फ पनि गृहले सतर्क गराएको छ। तर कडा भनेको कस्तो कारबाही हो भन्ने चाहिँ खुलाइएको छैन। भर्खरै सम्पन्न माअोवादीको विस्तारित बैठकका बेला खुला रुपमा माअोवादीका ‘जनसेना’ कम्ब्याट ड्रेसमा देखिएका थिए।

कम्ब्याट ड्रेसमा विस्तारित बैठकमा सहभागी माअोवादी सेना।
केही दिनयता शान्ति सम्झौताको विपरित हुने गरी कम्ब्याट पोशाक लगाएका व्यक्तिहरु सार्वजनिक स्थल र सडकमा उपस्थित हुने गरेको र जनतालाई आतङ्कित पार्ने विभिन्न गतिविधिहरु सञ्चालन गरेको घटनाबाट सरकारको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ।
विस्तृत शान्तिसम्झौताको विपरित कम्ब्याट पोशाकमा सार्वजनिक स्थलमा उपस्थित हुने र जनतालाई आतङ्कित पार्ने खालका कुनै पनि गतिविधिहरु सञ्चालन नगर्न गृह मन्त्रालयले सबै सम्बद्ध पक्षहरुलाई स्मरण गराएको छ।
यस्ता गतिविधि सञ्चालन भएको पाइएमा कडा कारबाही हुने व्यहोरासमेत मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
२०६३ मङ्सिर ५ गतेको विस्तृत शान्तिसम्झौतामा सार्वजनिक भेला, सभा, सम्मेलन, समारोह वा राजनीतिक क्रियाकलाप गर्दा कोही पनि कम्ब्याट पोशाकमा उपस्थित हुन नहुने कुरा उल्लेख छ।
No related posts.









sabai lae aa aafno army banaune ho ke, k parla k bholi!!! aafu pani kunai pranta ko raja bhaiencha ke bholi….des lai bhag lagauda..
मन परे हरियो, नपरे रातो
0
0
नेपालको सरकारलाई जोगाउन त दुईखालको आर्मी चाहिन्छ भन्नेकुरा थाह थिएनकि क्याहो सोल्टीहरुलाई? माओवादका महामहिम प्रचण्डज्युले दिनुभएको भाषण नै सुन्नुभा रहेनछ|
मन परे हरियो, नपरे रातो
0
0
Sitaula ji,
kura niyam le thikai ho.Jungle ma hurkeko sade goru lai niyam ra kanun le banchu bhannu pani uti nai murkhata ho.U-niharu puna jungle ko tayari ma nirbachan bhadana thaldai chan, aaba sarkar ko niti k hune? Des aakhir UML ra CONGRESS ko hatma cha. Tysaile , bhanne matra hoena des ma law and order ko manayta lai kayam garne gimma tapai ko ho natrabhane
tapai ko raginama bata aarko bikalpa ko khogi garnu parcha………..
मन परे हरियो, नपरे रातो
0
0
Hello 69 Home Minister,
Looks like you are wake up from the deep sleep (like dead body), otherwise you had never spoke even single word on every activities run out of law and order by criminal(maoist) party(As i remember, maoist are on the list terriost list approved by america).
when induvidual person starts feeling free from scare, threat and pressure, maoist end-up in Nepal with that.Commusim is washing out from the world and only couple of underdevelopeand poor country trying to give them last drop of water. Nepalese people are not with them(specially not with maoist), they knows themself very well, this is only the reason that knows everyone that they have no power to go for CA election. To preserve their influence, they are taking the support of combatant dress, weepons, rod and many more.
“mornig shows the day”,i think, there wont be limit of necked nautanki,wont be limit of activities run out of law and order if really Puspa kamal Dahal Ji will be the president as he announced. Gyenee, timi jasta badmash le garer nai ajj nepali le yesta junglies haru bata pidit chhan.
मन परे हरियो, नपरे रातो
0
0
now they are again going to JUNGLE. so why to leave the combat DRESS???
मन परे हरियो, नपरे रातो
0
0
तिका पुन जि,
नियम कानुन र अनुसासन बिना चुनाव सम्भव होला?
नियम कानुन र अनुसासन भन्दा बाहिर रहेर शाहि ससन कै तालमा जेन तेन कहिं कतै चुनाव सम्पन्न भैहाले पनि उक्त चुनावको Result के निस्कने हो अनुमान लगाई रहनु नपरला…
मेरो बिचारमा त जब सम्म हामि सबै पुर्णरुपले अनुससित बन्न र नियम कानुनको पुर्ण रुपमा पालना गरि आफ्नो कुनै पनि अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्ने सोचेर अगादि बध्न सक्दैनौं, तब सम्म कसैले गरेर केहि हुने वाला छैन, यो ध्रुब सत्य हो…मान्नु हुन्छ् यो कुरा भने तपाईं मेरो साथि, मान्नु हुन्न… केहि छैन, तपाईंको अधिकारको कुरा हो/ तपाईंको विचारको तपाईं आफै मालिक्…
मन परे हरियो, नपरे रातो
0
0
हो त नि Krish जी,
यि कम्ब्यlत्धारिहरुलाई त पूजा पो गरेर राख्नु पर्छ त अब र उनिहरुलाई जे गर्न नि छुत दिनु पर्छ/ वहांहरुले लायेको तेत्रो गुन भूलेर कदा कर्वाहि पो गर्छु भन्दोरहेछ ए बज्जिया ग्रिह मन्त्रि त…नियम कानुन्को कुरा गर्ने हो भने त कमल थापा र क्रिश्नप्रसाद सितौलामा के नै फरक भो र हैन!!!
जंगलमा कानुन सानुन केहि हुन्दैन भन्ने कुरा थाहा भये नि जंगल स्वयम देश सहर्मा पसिसकेको अबस्थामा देश सहरमा पनि त अब कानुनुको कुनै मुल्य मन्यतl हुंदैन भन्ने कुरा सlयद हाम्रो ग्रिह मन्त्रिज्युलाई हेक्का भयन छ क्यारे, माफ गरिदिने हो कि वहांलाई…..
मन परे हरियो, नपरे रातो
0
0
Respected Home minister,
Tapailai nepali janta haru bichalli ma parda ra dinhu jaso bandale garda yatri haru bichhali ma parda tetatira dhyan aakerson hundaina. Aru party harule jegare pani hunchha mao vadi le chanhi jegare pani uniharuko dhyan aakrson hunchha kina uni haruko kombat dresh dekhera drayeko jasto chhan, uni harule ke lagayechha ke khayeko chha vanne tira dhyan dinu vanda yo chhoto ra amulya samayelai khera na phali chunau kasari graune vanne tira dhyan aakerson gare Nepal ra hami sobai janta ko lagee ramro hune thiyo.
T.K Pun
Bahrain
मन परे हरियो, नपरे रातो
0
0
Krish ko kura alik chitta bujdo chaina haie.
Haina maobadi santi samjhauta ma aaye sakay pachi ra sarkar ma basi sakay pachi pani testo janata atankit parnay kam garnu a vayana ni haina ra?
मन परे हरियो, नपरे रातो
0
0
krish ko buddi ma kira atanka ko pratik yasto combat baraY MA BHANDA TIMILAI TAUKO DUKHHYO
मन परे हरियो, नपरे रातो
0
0
माननीय (?) गृह मन्त्रीज्यू
कृपया आज भन्दा २० महिना अघिको परिस्थिति/अबस्थालाई सम्झेर ‘कडा कार्वाही ‘ को बिज्ञप्ति निकाल्ने पो हो कि ? उ बेलामा ज्ञानेका टट्टूहरूले थाङ्नामा सुताउँदा यिनै कम्ब्याटधारीहरूहरूको सहयोगले आज यो अबस्थामा आईपुगेको कुरालाई यति चाँडै बिर्सेको ? पहिले बरदान बनेको यो कम्ब्याट् अब “आतंक्” बन्यो होइन त? ठिकै छ यस्तै कामबाट तिम्रो भलो होस ! नेपालीको कल्याण त कहिले पो हुने हो खै?
मन परे हरियो, नपरे रातो
0
0