-गणेश पौडेल-
विद्यार्थीहरूले परिक्षाफल प्रकाशित भएपछि पनि समयमा प्राप्ताङ्क हेर्न नपाएको गुनासो गरिरहेकै बेला उच्च माध्यमिक शिक्षा परिषदले १२ कक्षाको परिक्षाफल प्रकाशित गरेको छ।
यस पटक भनें परिक्षार्थीले वेवसाइट मार्फत “आफू उतीर्ण वा अनुतिर्ण के भएँ” मात्र हैन “कुन कुन विषयमा कति कति अङ्क ल्याएँछु?” भनेर समेत हेर्न पाउने भएका छन्। यसरी आफ्नो अङ्क समेत हेर्न सकिने गरी इन्टरनेटमा राख्नका लागि परिषदलाई सहयोग गरेको छ नेपाल टेलिकमको इन्टरनेट शाखाले।
यस अघि उतीर्ण/अनुतीर्ण मात्र हेर्न मिल्ने गरी प्रकाशित गरिँदै आएको परिक्षाफल यसपालिदेखि आफैं मार्कसीट हेर्न र आँखै अगाडी छाप्न समेत सकिने गरी उपलब्ध हुनेछ। आज साउन ३० गते परीक्षाफल प्रकाशीत भएको केही मिनट भित्रै टेलिकमको साइट www.ntc.net.np मा यो सुविधा प्राप्त हुनेछ।
सधैं झैं परिक्षार्थीले आफ्नो सिम्बल नम्बर राखेपछि पास-फेल बारेमा त थाहा भैहाल्नेछ। त्यसपछि कुन- कुन विषयमा कति-कति अङ्क आयो भनेर हेर्न चाहीँ स्वयं परिक्षार्थीले मात्र सक्नेछ। असम्बन्धित व्यक्तिले अङ्क नहेरोस् भनेर पासवर्डको रूपमा परीक्षार्थीले आफ्नो जन्ममिति राखेपछि मात्र मार्कसीट हेर्न सकिने व्यवस्था मिलाइएको छ। कम्प्युटरमा देखिएको मार्कसीट विद्यार्थीले प्रिन्ट गरेर राख्न सक्नेछ। तर यसरी छापिएको मार्कसीट प्राप्ताङ्कको सामान्य जानकारीका लागि मात्र हुनेछ, उच्च माध्यमिक शिक्षा परिषदको आधिकारिक मार्कसीट भने हुने छैन।
प्राप्त अङ्क समेत परिक्षाफल प्रकाशित भएकै दिन हेर्न पाउने गरी राखिएको नेपालमा यो नै पहिलो हो। यसबाट परिक्षार्थीले अङ्क हेर्न परिषदसम्म धाउनुपर्ने र हप्तौंसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य भएको छ। यतिमात्र होइन आफ्नो प्राप्ताङ्क हेरेर कुन विषय पढ्ने भन्नेबारे सोचाइ बनाउन र क्याम्पसमा आफू यति अङ्कका साथ पास भएको छु भनेर देखाउन विद्यार्थीलाई आधार बनेको छ।
दिनसक्ने र मिल्नेसम्मका सुविधा जनतालाई दिनुपर्छ भन्ने विचारबाट अभिप्रेरित भै उमाशिपले थालेको यो तरिका उदाहरणीय छ। SLC परिक्षा बोर्ड, त्रिविवि लगायत अरूले पनि यसकै सिको गर्ने हुन् वा आउँदो बर्षदेखि उमाशिपले पनि यो काम बन्द गर्ने हो त्यो भने हेर्न बाँकी नै छ।
अपडेट
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को बाँकी विषयहरूको परिक्षाफल आज प्रकाशित गरेको छ। २०६४ बैशाखमा सञ्चालित मानविकी, व्यवस्थापन तथा शिक्षा संकायतर्फको नियमित तथा आंशिक परिक्षाको परिक्षाफल हिजै प्रकाशित हुने भनिएतापनि हिजो परिषद बोर्ड बैठक बस्न नसकेकाले आज अपराह्न सो परिक्षाफल प्रकाशित गरिएको हो। प्रकाशित परिक्षाफल अनुसार नियमित तर्फ ५२% र आंशिक तर्फ ४८% परिक्षार्थी उत्तीर्ण भएका छन्।
परिक्षाफलको विस्तृत तथ्यांकगत विवरण
नियमित तर्फ
सम्मिलित परिक्षार्थी ८८,११५
उत्तीर्ण ४५,८०२
उत्तीर्ण प्रतिशत ५२
स्थगित ८४
परीक्षा रद्द २५९
पुरक परीक्षा दिन पाउने संख्या १३,३८३
आंशिक तर्फ
सम्मिलित परिक्षार्थी ३७,३४८
उत्तीर्ण १७,९२७
उत्तीर्ण प्रतिशत ४८
स्थगित ७४
परीक्षा रद्द ८५
पुरक परीक्षा दिन पाउने संख्या -
परिक्षाफल २०६४/०४/३१ को गोरखापत्र, उच्च माध्यमिक शिक्षा परिषदको वेवसाइट www.hseb.edu.np, नेपाल टेलिकमको www.ntc.net.np, सुप्रासफ्टको www.yetinepal.com, र www.educationsansar.com मा हेर्न सकिने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ।
No related posts.









grade 11 ko result out bhayo ki bhayena?plz reply soon
मन परे हरियो, नपरे रातो
1
2
1 suggestion hai!
comments harulai top to bottom (latest comment lai mathi)
order ma rakhnu ramro dekhinchaa!
मन परे हरियो, नपरे रातो
1
0
result dhilo aaye na aaaye pani k frak parne wala chaa ra! aakhir nepal ko slc pariksha fal ma kahilyai asal ramro mulyankan bhako ta maile dekhya chhaina!
kahilyai pani distinction na lyaaka le distinctionn lyaaunchhhan bhanne sadhai distinction lyaaune le chai 1st div. mai santust hunu parchha! kaha ko mulyaankan ho yo!????
मन परे हरियो, नपरे रातो
0
0
GOOD
Ma lai ta khusi po lago yesto system dakhera NTC
la ta student lai help garako cha
मन परे हरियो, नपरे रातो
0
0
Tapain harule gareko yo paryash sarai nai sarahaniya chha.Kahile pani yasari eesultko rupma marksheet,(marksheet sambadhit nikayama aaunu bhanda aaghi)herna paindaina thiyo.Tapain haruko prayashle students lai dherai nai ramro phaeda bhayeko chha. Yasari nai TU KO RESULT Pani herna paune apekchha garda chhu.
मन परे हरियो, नपरे रातो
1
0
Best of luck to nepali who invented mobile charger.
from kiran v.k. dang
मन परे हरियो, नपरे रातो
0
0
Aaj Result out bhayeko 17 hour samma pani marksheet open bhayeko chhaina, Kam bhanda halla nai badhi bhayena ra???????
Hari
मन परे हरियो, नपरे रातो
1
0
खोई रिजल्ट त हेर्नै पाइन मैले त। कति स्लो खुलेको हो यो एन् टी सि को बेभसाइट
मन परे हरियो, नपरे रातो
0
0
your effort is praise worthy,
but where is the marks and why it is not being accessed .chadai accessible banaunu paryo.
मन परे हरियो, नपरे रातो
0
0
GOOD,
can we update our politician brain by this to improve NATION.
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा सारै राम्रो गार्यो नेपाल टेलिकाम ले। रिजल्ट संगै marksheet हेर्न पाएर निक्कै खुशी लाग्यो । Page Load हुन Slow भएतापनि यो एउटा रम्रो सुरुवाट हो। SLC र T.U ले पानि अब यसैगरि Result निकाल्नु पर्यो।
यसो गरे कसो होला ????
मन परे हरियो, नपरे रातो
1
0
yo ta gazab ko kuraa ho hai..!! but tyo database banauna kyaa gaarho bhayo holaa….password ko laagi.
मन परे हरियो, नपरे रातो
0
0
HSEB le gareko ye karyako sarahana chhai sabai le garnu parchha yesari nai S.L.C. aani T.U. le pani garne ho bhane student le belai ma marks thaya paune aani further study ko lagi samet tewa pugne kura lai nakarna sakidaina.
मन परे हरियो, नपरे रातो
0
0
That’s the benefit of governance, a way of defusing pressure due to centralised control system.
मन परे हरियो, नपरे रातो
0
0
Great work. It is very useful for students.
मन परे हरियो, नपरे रातो
0
1
+ 2 Result (class XII)??????????????????????
Management, Humanities, Education etc. results of class TWELVE is coming soon…………..what is means by this??????????
Sammer Kafle
Dolakha, Charikot
मन परे हरियो, नपरे रातो
0
0
खोइ त रिजल्ट? लेख अपडेट भै सक्यो रिजल्ट छैन।
मन परे हरियो, नपरे रातो
1
0
k ho Rusilt byako ta chha bhnara news ma parkasati garnaya tara kina ho ?? yestyo?????? http://www.ntc.net.np ma chi comming soon matra chha k ho yeastyo web site ni uptade nagarako ho ke k ho >????? service chi dena kojnya ani Nepal Telecom ko web ni yestyo chha ni k huntyo hola????
Shyam K.S
Charikot,Dolakha
मन परे हरियो, नपरे रातो
1
0
Khusi lagyo!!! Dhilai vaya pani ghaitama ghaam lagdai chha.
Audaha K.S.A. (Shoaiba)
मन परे हरियो, नपरे रातो
0
0