मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मन त आखिर नेपाली हो

    -कृष्ण ढुंगाना-

    बीबीसी रेडियोको विश्व सेवामा साउथ ‘एशिया फोकसिङ’ बजिरहँदा मेरो हातमा काठमाडौंको एउटा दैनिक पत्रिका छ। नेपाल, भारत र बंगलादेशमा बाढीपछिको महामारी बारे ढाकाबाट जोन सुदवोर्थले तयार पारेको रिपोर्ट सुन्दैछु। ‘दिस इज दि रेगुलर मिजिरी अफ दिश रिजन’- अन्त्यमा जोनको टिप्पणी आयो। दक्षिण एशियाको त्यो नियमित दुखबाट हामी कसरी टाढै रहन सक्थ्यौँ र ! बाढीको बहाव लालबकइया, बागमती, कमला, माई राप्ती, कोशी लगायतका खोला-नदीहरुमा घटेको छैन। अखबारको पाना पल्टाएँ- ‘फ्लड भिक्टिम्स रिलोकेट’ र ‘साउथ कोरिया, चाइना प्रोभाइड एशिसटेन्स टू फ्लड भिक्टिम्स’ बाढीसँग सम्बन्धित दुई समाचार छन् । अनि, सिकागो, अमेरिकामा रहेकी सोनाली दीक्षित र सन्तोष ढकाल लगायतले आफ्नो देशका बाढी पीडितको सहयोगका लागि व्यक्तिगत रुपमा पठाएको रकमसम्बन्धी सूचना पनि। विनिमय दर उतार चढावका कारण ‘अंकल साम’को भाउ ६५ रुपैयाँ हाराहारीमा झरे पनि कान्तिपुर समूहले सञ्चालन गरेको बाढीपीडित सहयोग कोषमा व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको लिष्टमा अमेरिकाबासी नेपालीहरु सबैभन्दा अगाडि छन् ।


    दैनिक प्रकाशित हुने लिष्टमा अस्ति आइतबार पनि उनीहरु नै अगाडि थिए।

    देशमा परेको दैविक विपत्तिलाई सात समुन्द्रपारिबाट अनुभूत गर्नेहरुमा जर्मनीका पवन ढकाल र कुलवीररत्न शाक्यहरु पनि छन्। भविष्यको सपनाका लागि नेपालीहरुको स्वतन्त्र रोजाइमा नं. १ पर्ने अमेरिकामा तिनले कसरी कमाउँछन् र कति चर्को श्रम गर्छन् त्यो अर्को पक्ष हो। यो तिनको आर्जनको केही हिस्सा पहिरो र बाढी पीडितलाई पठाए बारेको चर्चा मात्रै हो। दैनिक प्रकाशित हुने लिष्टमा सोमबार मात्रै अमेरिकाका २७ नेपालीले आफ्ना गाउँलाई सम्झेका छन्। र यो क्रम अझै जारी छ।अमेरिकी नेपाली डायस्पोरा सम्बृद्ध भएर मात्रै सहयोग आएको ठान्नेहरु पनि होलान्।तर यहाँ मन र भावनात्मक पक्षले पनि गहिरो सम्बन्ध राखेको देख्छु म आफैँ चाहिँ ।

    यताको खबर उता पुर्याउने र उताको पैसा यता सार्ने प्रपञ्च मिलाइदिने काम चाहिँ इन्टरनेटले गर्यो। इन्टरनेट न हो जसभित्र पसेपछि काठमाडौँले सिकागो वा न्यूयोर्कलाई एउटै ग्लोबल भिलेजको छिमेकी ठान्छ। कर्म तिखार्न ग्लोबल-छिमेक पुगेका नेपालीहरुले हाम्रो ‘ग्लोबल मेट्रो’का बाढी र पहिरो पीडितहरुलाई रकम पठाउँदा ठमेल डटकमलाई सम्झेछन्। टेलिफोन, स्याटलाइट टिभी र इन्टरनेटले छोएपछि ग्लोबल भिलेज हुन्छ। यी केही नपुगेका हाम्रा गाउँहरुलाई ‘ग्लोबल मेट्रो’ भन्नु ठिकै त होला नि ! (आफ्नो राय भए राख्न सक्नुहुन्छ ।)

    बाढी पहिरो पीडितका लागि काठमाडौँका गल्लीहरुमा स्कुले विद्यार्थीले पनि रकम उठाइरहेका छन् अनि डान्स र बारहरुले पनि। विदेशी नियोगहरुको सहयोग भने नेपाल रेडक्रसमार्फत् प्रदान गरिँदा सरकारी उद्दार कोषको पारदर्शिता र विश्वसनीयतालाई विश्वास नगरे जस्तै लाग्छ। निजी क्षेत्रबाट उठाइएको बाहेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोडभन्दा बढी रकम जम्मा भएको छ। तर, विभिन्न संघसंस्थाका नाउँमा उठाइएको रकमको कुनै लेखाजोखा छैन। मेरो एकजना साथीले भनेकै कुरा सत्य मान्ने हो भने बाढी पीडितका नाउँमा बागबजार र न्यूरोडमा पिकनिक जाने समूहले पनि रकम उठाइयो रे।

    बढीले पिउने पानीको स्रोत र बाटो दूषित पारेपछि नेपालगञ्जका जनता शुद्ध पिउने पानीका लागि छटपटाइरहेका छन्। राप्तीको बाढीले चारैतिरबाट घेरेपछि बाँकेकै होलियाका दाजुभाइ तथा आमा दिदीहरु टापूमा रात कात काट्न बाध्य छन्। लालबकैयाले घर बगाएका ७ परिवारले त्रिपालसम्म पाउन नसकेर आकाशमुनि रात काटिरहेको समाचार आएका छन्। तर बाढी पहिरो पीडितका नाउँमा उठाइएको रकम अझै काठमाडौं ग्लोबल भिलेजमै सीमित छ। बाढी र पहिरोले ८० भन्दा बढी नेपालीको ज्यान लिए पनि बाँचेकाहरुलाई ग्लोबल छिमेकीबाट प्राप्त सहयोग पुर्याउन ढिला भइसक्यो। चाइनिज डिजिटल रेडियोको ब्यान्ड चेन्ज गर्दैछु। अपरिचित एफएम बेन्डमा ‘१९७४ एडी’को म्युजिक बज्दैरैछ ‘…जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’- धन्यवाद फिरोजको सिम्फोनीलाई ।र, धन्यवाद ग्लोबल छिमेकका सोनाली र पवनहरुको नेपाली मनलाई पनि। kris@mysansar.com

    No related posts.

    9 comments to मन त आखिर नेपाली हो

    • prerna

      well done on exposing the ground reality! victims – of any kind – being further victimized is sadly the norm in this world and a huge challenge to tackle before us!!
      anyway, those good ol’ memories are coming back on the “global village+metro” concept :)
      keep writing…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yes, we have to follow, “Yo man ta mero Nepali ho!”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very good write up!!
      yes, the misery is going on and people are doing what they can!
      your creativity has shown the true figure about what is happening exactly!!
      go on!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra K.C.

      Dear Krishnajee and Umeshjee

      This is creative article that encourages people to work for the sake of their nation,no matter wherever and whoever is he or she.

      To help the victims of Floods, the nepalese residing in Goettingen (11 nepalese students) collected around 230 Euro and sent it to Priminister Relief Fund via. Nepalese Student Association in Germany.

      The Sum 230 Euro might be very few to help such a large number of victims, but with this small amount students living outside country would like to join their hands to unite whenever their is needs inside.

      The sentiment attached is quite important and touchy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umeshsir and Krishnaji,
      Yo blog ma badi peedit ko barema pani news aayo, tyo ramro kura ho. Help garne haruma US ko Nepali haru matrari chhainan. Pocket ko money halne aru ko name pani kina pbulsihed nagareko? Dhunganji ko lekhai chain bejod hundai gako chha mysansarma.Mero euta sujab chha, CONTENT pani alik dheri aaunu paryo hai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kanhaiya Sapkota

      Dear All

      Thank you for your donations for the flood vicims in Nepal. Special thanks to Non-Nepalese friends from National University of Singapore for their willing contributed.

      We have collected $1,467.00.

      To this donation of $1,467.00, we topped-up with $933.00 being a portion of the balance from the NRN (Non-Resident Nepali) meeting held in Singapore last month.

      These two amounts, totalling $2,400.00, will make up a donation of NRs 100,000.00 from the Nepalese community in Singapore.

      This donation has been transferred to the NRNA (Non-Resident Nepali Association)account in Kathmandu hich will then be used to the flood victims.

      Thank you all for your generous support.
      This is the information sent to me by our NUS graduate student and the volunteer Mr. Umid Joshi.

      Thanks Umid Jee.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suhbak

      kp dai mero ghar siraha ho. badhi pravabita siraha ko itatar vdc ma hal samma pani rahat pugeko chain ni……?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Heart Touching writing!!!! I think U are the one who lost job for writing here, right? Shame on them who fired you!. You are a great writer, plz continue.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Swarnim

      You are so creative writer. I admire the way you present in the articles.
      I wish to see you as a TUTOR of creative writing classes in Arts faculities.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker