मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नाङ्गो वादशाह जस्तो रहेछ नेपालको फुटबल

    -अखण्ड ज्योति/पोखरा-
    * एउटा नगरपालिकाले आफ्नो विरुद्ध नौ/नौ गोल हान्दा समेत छेक्न नसक्ने खेलाडी उत्पादन गर्न सकेको रहेनछ भने नेपाली फुटबलले यति विकास गर्यो उति विकास गर्यो भनेर किन गफ हाँक्नु ?

    • अखिल नेपाल फुटबल संघमा बसेर ‘गोल प्रोजेक्ट’का कुरा हाँक्ने गणेश थापाले नेपालका नगरपालिकाको फुटबल तर्फ किन ध्यान नदिएका होलान ? यसको कारण खोज्नु जरुरी भएको छ।

    • ए डिभिजन लिग खेलाउन काठमाडौंमा क्लव थाप्नुपर्ने ? मोफसलका राम्रा क्लवले ए डिभिजन खेल्ने सपना देख्न नहुने ?

    • यस्तो अवस्थासम्म आइपुग्दा नेपालका ए डिभिजनका क्लवले आफ्ना राम्रा खेलाडी निकालेर हब्सीहरु राख्दा पनि अखिल नेपाल फुटबल संघले टुलुटुलु हेरेर बस्नु कति उचित हो ?

    * नेपालमा सबैतिर भाग लगाइसकेपछि बल्ल खेलकुदतिर हेरिन्छ। त्यही भाग पनि पदाधिकारीहरुले सिलिविलि पार्छन्, अनि कहाँबाट होस् नेपालको खेलकुदको विकास ?

    पोखरामा अहिले अन्तर नगरपालिकास्तरीय फुटबल भइरहेको छ। प्रतियोगितामा मुलुकभरका ३८ नगरपालिकाले भाग लिएका थिए। साउन २६ देखि शुरु भएको प्रतियोगितामा भदौ ७ गतेसम्म आइपुग्दा सशक्त मानिएको पोखरा उपमहानगरपालिका सहित २२ वटा नगरपालिका नगरपालिका घर फर्किसकेका छन्।

    लीगपछिको सबैभन्दा बढी पुरस्कार राशी भएको यो फुटबल प्रतियोगिता हेर्दा हाम्रो फुटबल क्षेत्र पनि नाङ्गो वादशाह जस्तो रहेछ जस्तो लाग्न थालेको छ। केही हुनेखाने खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा पठाएर नेपालको खेल क्षेत्रले यो वर्ष यति प्रगति गर्‍यो उति प्रगति गर्‍यो भन्ने आत्मरतिमा रमाउनु मात्रै रहेछ जस्तो लाग्न थालेको छ। नत्र विभागीय टीममा बाहेक बाँकी क्लबमा कम आर्थिक स्तर भएको वर्गबाट आएका खेलाडी कति छन् नेपाली फुटबलमा ?

    यही फुटबलको एउटा सामान्य आँकडा हेरौं न !

    पोखरा उपमहानगरपालिकाले चार गोल अन्तरबाट जित्न शुरु गरेको प्रतियोगितामा पुतलिबजार नगरपालिकाले अमरगढी नगरपालिकालाई ० का विरुद्ध १५ गोलले पराजित गर्‍यो, जुन अहिलेसम्मको धेरै गोल हो। त्यस्तै मध्यपुर थिमिले त्रिभुवन नगरपालिका दाङ्लाई १२ गोलले पराजित गर्‍यो। समूह ख अन्तरगत भदौ २ गतेको खेलमा हेटौंडा नगरपालिकाले गुलरिया नगरपालिकालाई १ का विरुद्ध नौ गोलले पराजित गर्‍यो।

    यसैबाट थाहा हुन्छ कि नेपालको फुटबलको हविगत कस्तो रहेछ भन्ने। त्यस्तै इटहरी नगरपालिकाले वीरेन्द्रनगर नगरपालिकालाई पनि २ का विरुद्ध ९ गोलले पराजित गर्‍यो। ललितपुरले पुतलिबजारलाई ३ का विरुद्ध नौ गोलले पराजित गर्‍यो। यो गोल अन्तर हेर्दा एउटा नगरपालिकाले आफ्नो विरुद्ध नौ/नौ गोल हान्दा समेत छेक्न नसक्ने खेलाडी उत्पादन गर्न सकेको रहेनछ भने नेपाली फुटबलले यति विकास गर्‍यो उति विकास गर्‍यो भनेर किन गफ हाँक्नु ?

    केही वर्षअघिको एउटा अन्तराष्ट्रिय प्रतियोगितामा कोरियाले नेपाललाई १६ गोल हानेको स्मरण पनि यही बेला भएको छ। नगरपालिकाको कुरा छोडेर राष्ट्रिय टीमकै कुरा गर्ने हो भने पनि नेपाल राष्ट्रले एसियाली अर्को राष्ट्रका १६ वटा गोल छेक्ने खेलाडीसम्म उत्पादन गर्न नसकेको रहेछ भन्ने अन्तराष्ट्रिय छवि बनिसकेको छ।

    एउटा नगरपालिका बन्न के के पूर्वाधार चाहिन्छ ? पर्याप्त मोटरबाटो, व्यवस्थित साना सहरी खानेपानी आयोजना, टेलिफोन सुविधा, अस्पताल आदिआदि। तर एउटा नगरपालिकामा राष्ट्रिय स्तरमा खेल्न सक्ने यतिजना खेलाडी चाहिन्छ भन्ने कुनै मापदण्ड छैन। यसैकारण नेपालका नगरपालिकाहरुको खेलकुदको हविगत अहिले आएर पोखरा रंगशालाको मैदानमा देखिइरहेको छ।

    अखिल नेपाल फुटबल संघमा बसेर ‘गोल प्रोजेक्ट’का कुरा हाँक्ने गणेश थापाले नेपालका नगरपालिकाको फुटबलतर्फ किन ध्यान नदिएका होलान् ? यसको कारण खोज्नु जरुरी भएको छ। अनि नगरवासीलाई नयाँ नयाँ करका शीर्षक थपेर राजनीतिक दलका भ्रातृ संगठनलाई पैसा बाँड्ने बानी परेका नेपालका नगरपालिकाहरुले किन यतातिर ध्यान नदिएका होलान् ? ए डिभिजन लिग खेलाउन काठमाडौंमा क्लव थाप्नुपर्ने ? मोफसलका राम्रा क्लवले ए डिभिजन खेल्ने सपना देख्न नहुने ?

    नगरपालिकास्तरीय प्रतियोगितामा १६ गोल हुने अवस्थासम्म आइपुग्दा नेपालका ए डिभिजनका क्लवले आफ्ना राम्रा खेलाडी निकालेर हब्सीहरु राख्दा पनि अखिल नेपाल फुटबल संघले टुलुटुलु हेरेर बस्नु कति उचित हो। तर यसो भन्दैमा क्लबमा विदेशी खेलाडी नल्याउनु भन्ने आशय होइन। तर नेपाली खेलाडीहरु विदेशी क्लवहरुबाट कति खेलिरहेका छन् र नेपाली क्लवले विदेशी खेलाडीहरु ल्याए भन्ने कुरा विचार गर्नुपर्दछ। विदेशमा खेलकूदलाई पनि राजनीति जत्तिकै महत्वपूर्ण रुपमा हेरिएको हुन्छ। तर नेपालमा भने सबैतिर भाग लगाइसकेपछि बल्ल खेलकुदतिर हेरिन्छ। त्यही भाग पनि पदाधिकारीहरुले सिलिविलि पार्छन्, अनि कहाँबाट होस् नेपालमा खेलकुदको विकास !

    प्रतियोगितामा के पनि सुनियो भने फुटबल खेल्न मैदानसम्म पनि नभएका नगरपालिकाहरु समेत आएका थिए। खेलाडीहरुको गुनासो सुन्दा नेपालको फुटबललाई एकपटक धिक्कार्न मन लाग्छ। नेपालगञ्ज नगरपालिकाले आफ्नो पालोमा पोखराका ३ जना खेलाडी भित्राउनुले नै नेपालको फुटबलको अवस्था चित्रित गरिरहेकै छ। राज्यको पुनर्संरचना जस्तै नेपालको खेलकुदको पनि पुनर्संरचना गर्ने हो कि ?

    No related posts.

    7 comments to नाङ्गो वादशाह जस्तो रहेछ नेपालको फुटबल

    • Dhaulagiri

      Appropriate angle of writing saathi Akhanda Jhoti.

      Keep it up.

      Thanks

      Binod Dhaulagiri
      Sundhara, Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      if we want to develop our football level in our country first we have to throw out ganesh thapa because he is the who is in between the development of game in our country though he has done some good thinh in his time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • फाइनल गेम अमरगढी र ललितपुर बिच सो म्याच
      म स्याङ्जाली हो मलाई फूटबल खेल मन पर्ने भएको र स्याङ्जा को पु ब नगर पालिका बाट मेरो कलेज को मेरो क्लास को फ्रेन्ड हरु पनि म्याच खेले को हुँदा खुब चासो लागेर म गेम रिज्लट हेरे मलाई कत्ती पनि खुशी लागेको थिएन किन भने ०-१५ को डिफ्रेन्ट भनेको असामान्य हो जस्तो लाग्यो । मलाई डर थियो कि यदी कुनै टिम सँग हार्नु पर्‍यो भने त्यही १५ गोल ले उल्टो बदनाम हुन्छ भन्ने लगेको थियो । आखिर त्यस्तो नै भयो हाम्रो टिम ले ललितपुर टिम सँग ९ गोल खायो । अब भने म आयोजक टिम लाई यो नै भन्छु कि फाईनल को दिन मा अमरगडी र ललितपुर को टिम लाई सो म्याच खेलाउन पर्छ बल्ल नेपाली फूटबलर हरु को रमिता देखिन्छ जस्तो लाग्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaale

      ह्या के गाली गरेको होला गणेश थापालाई। शुरुमा त त्यो फुटबल ग्राउन्ड नहुने ठाउँ लाई पनि नगरपालिका बनाउने लाई गाली गर्नु नि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kheldai afai aafno kharcha garne habit bhaisakeko cha tesaile holaa sarkari nikaaye baata kaile pani khelkud lai waasta nagareko.

      girija , prachanda budho bhaisakekaa chan, tiniharuley kaile pani khelkood khelna paayenan ra aile khelna sakdainn, tesaile waasta nagareko ho.

      yehi ho kuraa…..aafu lai suko aaudaina bhanera chupo laagera baschan yehaa nepal kaa netaa haru.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himanshu Shah

      Ganesh Thapa … Nepal Football chhetra ma ek su-parichit nam ho. Thapa ma jasto Football prati sayedai koi lai hola Football ko bikash huna ma man yo Nepal ma …. tara aajhkal unko biroodh ma kehi sano-tino aawaz gardai chhan pratigami haru … malai lagda chha aajhai 20 barsha Ganesh Thapa nai chahinchha Nepal Football ko bikash garna.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      मित्र हरु
      नेपाल का युबा हरुले आहिले फुट्बल भन्दा महत्त्व पूर्ण गेम जितेकोले फुट्बल मा प्रगती भएन भनेर दु:ख मान्नु पर्छ झै लाग्दइन्।जहा यि युबा हरुले राजा फ्याकेर लोकतन्त्र ल्याए,बिस्वले तारिफ गर्‍यो। नेपाली युबा हरु अमेरिका को विश्वाबिद्यालय हरुमा प्रध्यापक भा छन्।बैज्ञानीक छन। ईण्डियन इडोल जित्ने बाटोमा छन्।फुट्बाल मा यि युबा हरुले त्यती ध्यान दिएनन्।जुन कुरा को पनि समय आउछ्।अरु देशका मनिष हरु फुट्बाल खेल्दा यहाँ का युबा हरु बन्दुक तारो हन्ने प्राक्टिस गरिरा थे।राजा को सेना लाई परास्त गर्दै थे,!!!
      आहिले म्याराडोना संबिधान सभा को माग राखेर काठमाडौं को सडक मा जुलुस मा छन्,पेले काठमाडौं को फोहोर फाल्ने अभियान मा छन्,कोच ले हालै सम्भिधान सभा चुनाव सार्ने प्रस्तव ल्याएर बिबाद मा छन।
      अनी गणेश थापा फुट्बल का पित्री हुन्,सराद्दे खाएर बसिराछन।
      उन्को नेपाली फुट्बाल मा ठुलो योग्दान छ्।ाफ्नो समय मा सार्क मा निकै प्रसिद्दी पाका हुन्।गणेश,रुपक्,श्याम्,सुरेश पन्थी,मान्बहादुर घले,लोक्बहादुर शाही।रन्जन बिस्ट्,बिराट शाह,भेटेरान मन्बहादुर महर्जन्,बसन्त गौचन्,हरी खड्का,चौधरि,आन्तरे जन तरे आदी आदि।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker