[केही दिनअगाडि एचबीसी एफएमका सल्लाहकार वीरेन्द्र दाहाल अनसन बसेको समाचारलाई नेपालका मिडिया मालिकहरुले जोडतोडका साथ उठाए। अन्तर्राष्ट्रिय संस्थाहरु पनि यही लहैलहैमा लागे। तर यो सिक्काको एक पाटो मात्रै थियो। त्यहाँ काम गर्ने शोषित पत्रकारहरुले त्यसविरुद्ध आवाज उठाउँदा माअोवादीको आरोप लगाएर त्यो नाटक गरिएको थियो। अनसनबाट फर्केर आएपछि सल्लाहकार दाहालले एफएमका सबै कर्मचारीलाई निश्कासित गरेको घोषणा गरे। व्यवस्थापक अगाडि नआएर सल्लाहकारले कर्मचारी निश्कासित गर्ने आठौँ आश्चर्य नेपालमा मात्रै भएको होला शायद। यो ब्लगमा एचबीसी एफएममा कार्यरत एक पत्रकारले आफ्नो कुरा राखेका छन्]
-अमृत खरेल-
* हामीलाई माओवादी भन्ने आरोप लगाइयो। हामीले सशक्त प्रतिवाद गर्यौं। गणतान्त्रिक भन्ने शब्द प्रति उसको आपत्ति थियो। जनआन्दोलन २ मा २५ जना शहीदले जीवनको आहुति दिएर आज जनताको छोरोलाई हेड अफ द स्टेट बनाएको बेलापनि हामीले गणतन्त्र शब्द उच्चारण गर्दा आतंककारी हुनुपर्ने, यो कस्तो विडम्बना।
* यसपछि सारा मिडियाका मालिकहरु एक भएर हामीमाथि प्रहार सुरु गरे। हामीले श्रमको मूल्य माग्दा, भोकलाग्दा खाना माग्दा हामीलाई विभिन्न वादीका आरोप लगाइए। हामीलाई प्रहार गर्दै सम्पादकीय लेख्नेसम्मका हर्कतमा ठूला भनिएका मिडियाले मिसन चलाए।
* साउन २७ गतेदेखि आमरण अनशनको नाटक रचेर देश विदेशलाई झुक्याउन सफल भएको वीरेन्द्र दहालको नौटंकीमा साथ दिँदै बिग हाउसहरूले गरेको प्रोपोगान्डालाई आज हामी सम्पूर्ण श्रमजीवी पत्रकारहरुले बिर्सन हुँदैन। भर्खरै आएको श्रमजीवी पत्रकार ऐनलाई तुहाउने खेलमा मिडियाका मालिकहरु गोलबद्ध भएको यो घडीमा अब हामी पत्रकार जगत अनि श्रमजीवी वर्ग एक नहुने हो भने फेरि पनि श्रमजीवी पत्रकार ऐन २०६४ थला बस्नेछ, हामी भोकाका भोकै, नाङ्गाका नाङ्गै रहने स्थिति रहनेछ। हामी दश वर्षदेखि भोको रहँदा, श्रमजीवी पत्रकारका लालाबाला दशकौंदेखि भोको रहँदा त्यो न्युज नबन्ने, वीरेन्द्र दहालले दुइ॔ दिन नखाँदा लाइभ टेलिकास्ट गर्नुपर्ने ! धिक्कार छ नेपाली बिग हाउसको मालिक्याइँलाई, अनि दया लाग्छ त्यहाँभित्रको कथित सम्पादकीय स्वतन्त्रताप्रति। मालिकको भजन र स्तुति गाउने सम्पादकीय स्वतन्त्रता होइन, देखेको लेख्ने स्वतन्त्रता देऊ मलाई। मेरो यत्ति माग छ, आज नयाँ यथार्थ मैले आत्मसात् गरेको छु,एच्.बी.सीमा मात्र होइन ठूल्ठूला नामधारी मिडियामा पनि पत्रकारको स्वतन्त्रता रहेनछ।
मिडियाका मालिकहरू होशियार ! अब श्रमजीवी पत्रकार एक हुँदैछन्। वषौंदेखि दुनियाँलाई आफ्नै स्वरमा संसारभरका समाचार सुनाएपनि आफ्नै हाल सुनाउन नसकेका आवाजविहिन पत्रकारहरु अब बोल्न थालिसके, वर्षौंदेखि दुनियाँका पीडाको बाइलाइन फिचर लेख्ने गरेका पत्रकार अब आफ्नै कारुणिक कथा उजागर गर्न तम्तयार भइसके। फोस्रा अक्षरका डंगुर बेचेर जनतालाई, शब्दको जालमा बेरेर जनतालाई, कालो धनलाई सेतो बनाउने फ्याक्ट्री चलाउँदै आएका तिमीहरु सारा मिडियाका मालिकहरु अब होशियार ! तिमी पत्रिका बेच्न मार्केटिङ गर, रेडियो टिभीको प्रसारण सुनाउन मार्केटिङ गर तर अब समाचारमा व्यापार गर्न पाउनेछैनौं, पत्रकारको छाला तरेर ज्याकेट भिर्न पाउनेछैनौं तिमीहरूले, अझ पनि उही चाला आँट्छौ भने, परिणाम भोग्न तयार होऊ। खबरदार ! मिडियाका मालिकहरू।
श्रमजीवी पत्रकारको स्वतन्त्रता, स्वाधिनता र हकअधिकार सुनिश्चतताको लागि हामीले बन्धनरहित यात्रा थालेको आज ३० दिन पुगेको छ। यो ३० दिनको यात्रा अझै तीसौं वर्ष, तीसौं दशक जानसक्छ तर हामीले चाहेकाछौं अब हाम्रा भोलिका पुस्ताका पत्रकारहरुले, कलमजीवीहरुले फेरि सडकबाट स्वतन्त्रता माग्नुपर्ने बिडम्बना भोग्नु नपरोस्,अरूलाई खबर सुनाउँदा सुनाउँदै आफ्नै पेटप्रति नेपाली पत्रकार भोलिका दिनमा पनि बेखबर रहनु नपरोस्।
सर्न्दर्भ, श्रमजीवी रेडियोकर्मीहरुले आफ्नो अधिकारको लर्डाईँको धावा बोलेको हिमालय ब्रोडकास्टिङ कम्पनी, एच्.बी.सी ९४ एफएमको हो। वर्षौँदेखि दमन, शोषण, उत्पीडनमा जेलिएका एच्.बी.सी ९४ एफएमका श्रमजीवी रेडियोकर्मी र पत्रकारहरूले गएको श्रावण १७ गतेदेखि अधिकारको युद्धको शंखघोष गरे। त्यो युद्धको पहिलो किल्लामा रहेको एक योद्धाको नाताले म आज यस अर्थमा पनि गौरवान्वित छु कि त्यो शंखघोषबाट एच्.बी.सी रेडियोका सामन्तवादी चरित्रमात्र होइन यतिखेर सारा मिडियाका मालिक भनाउँदाहरु मूच्छिर्त भएका छन्।
एच्.बी.सी एफएमका अध्यक्ष छेतेन ग्युमान श्रेष्ठका निकटवर्ती रहेका सामन्तवादका जिउँदो प्रतिमूर्ति भएर उभिएका विना हैसियतका व्यक्ति वीरेन्द्र दहालको लुइ चौधौंको रवैयामा उत्पीडित रेडियोकर्मीहरु आजको बढ्दो महंगीमा त्यसै अनुपातको सुविधा बढाउन समेत माग गर्न सकिरहेका थिएनन्। बजेट भाषणमा निजामती कर्मचारीका २७ प्रतिशत तलब बढेका समाचार फुक्ने रेडियोकर्मीहरु आफ्नो सुविधा बढाउन माग गर्न सकिरहेका थिएनन्। त्यो अवस्थामा म अनि दाजु धर्मेन्द्र कर्ण हाम्रा प्राविधिक साथीहरु मदन कार्की र मानबहादुर लामालाई सचेत तुल्यायौं। प्राविधिक नवीन योञ्जन, दीलिप ज्योति, अनिल मण्डर लगायतका उत्पीडित साथीहरुलाई सचेत गरायौं। अनि अब आफ्ना माग राख्ने निश्चत पनि गर्यौं। यति हुँदाहुँदै हामीले माग राख्ने सुइँको पाउनासाथ समान्ती वीरेन्द्र दहालले म, धमेन्द्र कर्ण्र्, मदन कार्की, मानबहादुर लामा लगायतलाई हटाउने सूची तयार पारेछ। त्यसैअनुसार क्रमश हामीलाई धम्की आउन थाल्यो। यो साउन १७ गतेको घटना हो। फोन गर्न लगाएर वीरेन्द्र दहालले जागिर खोसिदिने धम्की दियो। पहिलो धम्की मलाई दियो। साथीहरुलाई प्रचण्ड, गिरिजाप्रसाद र माधव नेपाललाई किनिदिने धम्की दियो वीरेन्द्र दहालले। अब हामीसँग कठोर संघर्षको विकल्प थिएन।
एच्.बी.सी एफएममा विगत चार वर्षदेखि पत्रकारका रुपमा काम गर्दै आएको म र धमेन्द्र कर्णलाई बिना कारण निष्काशनका धम्की आइसक्दा पनि एच्.बी.सी एफएममा रहेको पत्रकार महासंघको शाखाले मौनता साँधिरह्यो। हामी माथिको चरम दमनको प्रत्यक्षदर्शी त्यो शाखाको मौनतापछि अब हामीसँग आन्दोलन अघि बढाउन गणतान्त्रिक रेडियोकर्मी मञ्च बाहेकको विकल्प थिएन। रेडियो नेपाल, इ.सी.आर एफएम, नेपाल एफएम लगायत देशभरका विभिन्न डेढ दर्जन भन्दा बढी रेडियोमा इकाई विस्तार गरिसकेको राष्ट्रिय स्तरको रेडियोकर्मीको यो संगठनबाट अधिकारको लर्डाईँ सुरु गर्दा भावनात्मक रुपमा सबै प्राविधिक लगायतका कर्मचारी पनि समेटिने अवस्था थियो। अनि हामीले श्रावण १७ गते नै एच.बी.सी एफएममा पनि इकाई गठन गर्यौं।
श्रावण १८ गते बिहान म र धमेन्द्र कर्णलाई रेडियोमा बोलाइयो, भित्रको कुरा भित्रै मिलाऊँ भन्ने सन्देशका साथ। जब हामी रेडियोमा पुग्यौं, वीरेन्द्र दहालको दलालका रुपमा अघि आएर अच्युत घिमिरेले भन्ने व्यक्तिले हामीलाई केरकार गर्न थाल्यो। हामीलाई माओवादी भन्ने आरोप लगायो। हामीले सशक्त प्रतिवाद गर्यौं। गणतान्त्रिक भन्ने शब्द प्रति उसको आपत्ति थियो। जनआन्दोलन २ मा २५ जना शहीदले जीवनको आहुति दिएर आज जनताको छोरोलाई हेड अफ द स्टेट बनाएको बेलापनि हामीले गणतन्त्र शब्द उच्चारण गर्दा आतंककारी हुनुपर्ने, यो कस्तो विडम्बना। गणतन्त्रको सख्त विरोधी मण्डले राजावादी वीरेन्द्र दहाल र उसको भरिया बनेको अच्युत घिमिरेलाई अब जनताले निसाफ गर्नुपर्छ, हाम्रो भन्नु यत्ति हो।
श्रावण १८ गते मध्यान्ह १२ बजे हामीले एक पत्रकार सम्मेलन गरी ३ दिने अल्टिमेटम सहित स्थायी नियुक्तिपत्र, उचित पारिश्रमिक, औषधी उपचारको व्यवस्था, बिमाको व्यवस्था, संचयकोष,उपदानको व्यवस्था लगायतका सेवा सुविधा माग गर्दै १८ बुँदे ज्ञापनपत्र बुझायौं। यहाँनेर एक रोचक प्रसंग के छ भने हाम्रा ज्ञापनपत्र बुझ्दै नबुझ्ने गुड्डी हाँकेर बसेको वीरेन्द्र दहालले म, धर्मेन्द्र कर्ण मदन कार्की र मानबहादुर लामा चार जना गई ज्ञापनपत्र दिँदा चिट्चिट् पसिना निकाल्दै भनेको थियो, “यो मलाई किन, म पनि त तपाईँहरू जस्तै नोकर न हुँ।” मैले भनेँ, ” तपाईँ नोकर भए, यो मालिक सम्म पुर्याउनोस्” उसले हुन्छ भन्यो।
हामी आ- आफ्नो काममा फर्क्यौं। हामीले ज्ञापनपत्र बुझाएको समाचार सहित दिउँसो दुई बजे जब म समाचार पढ्न स्टुडियोतर्फ लागेँ, वीरेन्द्र दहालले कोठाबाट निस्केर रोक्दै मलाई समाचार पढ्न नजान भन्यो। धमेन्द्र दाइले प्रश्न गर्नुभयो, किन नजाने भनेर। मैले सोधेँ, “म किन नजाने, हिजोसम्म पढ्दै आएको मान्छे ” अनि वीरेन्द्र दहाल एकछिन अवाक् भयो, अनि एकाउन्टेन्ट काल्देन लामालाई यसबारे सोध्न भन्यो। काल्देन त्यहीँ उभिएका थिए। मैले म किन पढ्न नजाने भनेर सोधेँ, काल्देनले मलाई त केही थाहा छैन भने। अनि वीरेन्द्र दहालले नारायण भण्डारी दाइलाई डिसिजन गर्नुहोस् भन्यो। नारायण दाइले हिजोसम्म समाचार पढिरहेको व्यक्तिलाई आज नदिन मैले के डिसिजन गर्ने भन्दै प्रतिवाद गर्नुभयो। केही सीप नलागेर वीरेन्द्र दहाल बाटो छेकेर भूइँमा सुत्यो। ” तपाईँ न्युज पढ्ने भए मेरो लासबाट गुज्रिनुपर्छ।” भन्दै वीरेन्द्र दहाल १ मिनेट जति भूँइमा तेर्सियो। ऊ उठेपछि म सरासर गएँ अनि न्युज सुरु गरेँ।
त्यत्तिकैमा वीरेन्द्र दहालको अर्को वफादार उज्ज्वल अधिकारी भन्ने स्टुडियोमा आएर नवीन योञ्जनलाई समाचार नपठाउन दबाब दिन थाल्यो। नवीन दाइ अलमलमा परे। पछि नवीनले फेडर उचालेर आन्दोलनलाई अझ उचाइमा पुर्याए। मैले हाम्रो आन्दोलन सहितको समाचार पढेँ। विगत एक वर्षदेखि समाचारवाचककै रुपमा एच.बी.सी एफएमको डेस्कमा काम गर्दै आएको मलाई सबैभन्दा ऐतिहासिक र जीवनभर स्मरणीय रहने बुलेटिन त्यही २०६४ श्रावण १८ गतेको २ बजेको एच.बी.सी सन्दर्भ हुनेछ, संर्घषशील बुलेटिन, श्रमजीवी पत्रकारहरुको मुक्तिको उद्घोषको प्रतीकात्मक बुलेटिन।
अब वीरेन्द्र दहालको षडयन्त्र शुरु भयो। श्रावण २० गते प्रेस काउन्सिलका अध्यक्ष राजेन्द्र दहाललाई बोलाइएछ। पहिला विष्णु निष्ठुरी दाइ महासंघबाट आउने प्रचार गरिएको थियो। वार्ता हुने रे भन्ने बिहानैदेखि प्रचार थियो। पछि वार्ता होइन राजेन्द्र दहालसँग सबै शाखाका प्रमुखहरु र वीरेन्द्र दहालको बैठक बसेछ। त्यहाँ हाम्रा मागभन्दा पनि एकले अर्काको कमजोरी देखाउने र झगडा गर्ने वातावरण बनेछ, पछि राजेन्द्र दाइले काउन्सिलमै भन्नुभयो। त्यसबेला अच्युत घिमिरेले स्वेच्छाले राजीनामा पनि दिएछन् अनि राजेन्द्र दाइले आफू पत्रकार आचारसंहिता मात्र हेर्ने मान्छे भएको भन्दै त्यो बैठक छाडेर जानुभएछ। पछि वीरेन्द्र दहालले त्यहाँ निर्णय सुनाएछ, “अमृत खरेलाई सबैभन्दा पहिला निकाल्नुपर्छ, अनि म नयाँ भ्याकेन्सी अनाउन्स गर्छु अनि आएको नयाँ पत्रकारलाई म सबै सुविधा दिन्छु। ” यही निर्णयपछि बाहिर आएर सुनाइयो, मलाई नारायण दाइको साथमा एकाउन्टमा लगियो अनि ३ दिनको तलब बुझेर जान धम्की दिइयो। मैले त्यहाँ सशक्त प्रतिवाद गरेँ। वीरेन्द्र दहाल को हो ? मैले प्रश्न गरेँ – उसको वैधानिकता के छ मलाई निकाल्नका लागि ? उसलाई यो अधिकार कसले दियो ? अमूर्त पदमा बस्ने शासन गर्ने यो मनपरी चल्दैन भनेर म बाहिरिएँ एकाउन्टेन्ट काल्देनलाई चेतावनी दिएर।
यसरी धाकधम्की र यातनाको क्रम जारी रहेपछि हामीले ३ दिने अल्टिमेटम पूरा हुनासाथ रत्नपार्क शान्ति वाटिकामा श्रावण २१ गते पत्रकार सम्मेलन गरी २२ गते प्रशासनमा तालाबन्दी गर्ने घोषणा गर्यौं। भोलिपल्ट २२ गते मध्यान्ह १२ बजे हामीले कागजमा तालाबन्दी लेखेर सांकेतिक रुपमा प्रशासनमा तालाबन्दी गर्यौं। त्यही झोकमा अनधिकृत व्यक्ति वीरेन्द्र दहाल,उसको गुटका अच्युत घिमिरे, सुजन कार्की र उज्जवल अधिकारी भन्नेहरुको समूहले साँझ ६ बजेदेखि हलचोक स्थित टावरबाट प्रसारण बन्द गराए।
यसपछि सारा मिडियाका मालिकहरु एक भएर हामीमाथि प्रहार सुरु गरे। हामीले श्रमको मूल्य माग्दा, भोकलाग्दा खाना माग्दा हामीलाई विभिन्न वादीका आरोप लगाइए। हामीलाई प्रहार गर्दै सम्पादकीय लेख्नेसम्मका हर्कतमा ठूला भनिएका मिडियाले मिसन चलाए। ती सबै षडयन्त्रलाई चिर्दै हामी अघि बढ्यौं। षडयन्त्रको भूमरीमा फसाउन खोजिएका ती दिनमा, संकटका ती घडीमा हाम्रो आवाजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन निष्पक्ष पत्रकारिताको अभ्यास गर्ने काठमाडौं पोष्टको सम्पादकीय टिम र विशेष गरी मेरा अनन्य मित्र कोषराज कोइरालालाई म अहिले पनि मुरीमुरी धन्यवाद दिँदै हाम्रो यो संर्घष्को यात्रामा सहयात्राका र अझ धेरै सहयोगका लागि अनुरोध गर्दछु। त्यस्तै नेपाल एफएम, गोर्खा एफएम, स्टार एफएम, मैत्री एफएम, क्यापिटल एफएम तथा उज्यालो एफएमका हाम्रा अनन्य मित्रहरुलाई पनि म धन्यवाद सहित अझ धेरै सहयोगका लागि अनुरोध गर्दछु।
हुँदाहुँदै श्रावण २७ गतेदेखि आमरण अनशनको नाटक रचेर देश विदेशलाई झुक्याउन सफल भएको वीरेन्द्र दहालको नौटंकीमा साथ दिँदै बिग हाउसहरूले गरेको प्रोपोगान्डालाई आज हामी सम्पूर्ण् श्रमजीवी पत्रकारहरुले बिर्सन हुँदैन। भर्खरै आएको श्रमजीवी पत्रकार ऐनलाई तुहाउने खेलमा मिडियाका मालिकहरु गोलबद्ध भएको यो घडीमा अब हामी पत्रकार जगत अनि श्रमजीवी वर्ग एक नहुने हो भने फेरि पनि श्रमजीवी पत्रकार ऐन २०६४ थला बस्नेछ, हामी भोकाका भोकै, नाङ्गाका नाङ्गै रहने स्थिति रहनेछ। एच.बी.सी रेडियोको आन्दोलनलाई केन्द्र बनाएर मिडियाका मालिकहरुले मजदुर विरुद्ध गरेको हर्कत प्रति हामी सचेत र सजग हुँदै सशक्त प्रतिवादका लागि तम्तयार हुनु जरुरी छ। हामी दश वर्षेखि भोको रहँदा, श्रमजीवी पत्रकारका लालाबाला दशकौंदेखि भोको रहँदा त्यो न्युज नबन्ने, वीरेन्द्र दहालले दुइ॔ दिन नखाँदा लाइभ टेलिकास्ट गर्नुपर्ने ! धिक्कार छ नेपाली बिग हाउसको मालिक्याइँलाई, अनि दया लाग्छ त्यहाँ भित्रको कथित सम्पादकीय स्वतन्त्रताप्रति। मालिकको भजन र स्तुति गाउने सम्पादकीय स्वतन्त्रता होइन, देखेको लेख्ने स्वतन्त्रता देऊ मलाई। मेरो यत्ति माग छ, आज नयाँ यथार्थ मैले आत्मसात् गरेको छु,एच्.बी.सीमा मात्र होइन ठूल्ठूला नामधारी मिडियामा पनि पत्रकारको स्वतन्त्रता रहेनछ।
हुन त वीरेन्द दहालको कथित अनशन तोडिएको तेश्रो दिननै श्रमजीवी रेडियोकर्मीको रगत चुस्न ऊ उद्यत हुनुले, सारा रेडियोकर्मीलाई आमनिष्काशनको उसले मर्खतापूर्ण् निर्मम घोषणा गर्नुले आज बिग हाउसहरु फेरि पाप पखाल्दै समाचार लेखिरहेका छन्। तथापि श्रमजीवी पत्रकार अब मालिकको चकलेटी लोभ्याइमा फसिरहने हो भने हाम्रो मुक्ति सम्भव छैन। बन्धक बनेर, आत्मसम्मानलाई बन्धकी राखेर रेडियोमा बोल्न पाउने,टिभी देखिन पाउने र पत्रिकामा बाइलाइन छापिने रहर र ग्ल्यामरमा हामी श्रमजीवी पत्रकार लोभिएसम्म अवसरको नाममा बौद्धिक शोषण गर्ने तथा कालो धनलाई सेतो बनाउने मिडिया नामका यी दुर्गन्धित फ्याक्ट्री चलिरहनेछन्।
आज हाम्रो आन्दोलन हाम्रो मात्र रहेन, एच्.बी.सीका श्रमजीवी रेडियोकर्मीको मात्र पनि रहेन, यो आन्दोलन श्रमजीवी पत्रकार र मालिकहरुबीचको द्वन्द्व बनेर उचालिएको छ। यो आन्दोलनमा आज सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारहरुको प्रतिष्ठा, आत्मसम्मान र गौरव जोडिएको छ। आज तीव्र धुवीकरण सुरु भएको छ, वैचारिक विभाजन सुरु भएको छ र विश्वास छ मलाई जीत श्रमजीवीकै हुनेछ। श्रमजीवी पत्रकारहरूकै हुनेछ।
श्रमजीवी एक हौं। -amritkharel@yahoo.com
No related posts.










ब्लॉग मा लेखेको सम्पूर्ण मेट एर पढेर मात्रा बिचार लिखने गरोऊ कीनकी तपी का बिचार हरु सबै ले पढेका हुन्छन् अथ त्यासले राम्रो नार्म्रो असर परं सक्छ
मन परे हरियो, नपरे रातो
0
0
I support the views by Hope. The enterpreuer must have the right to hire and fire as s/he is taking the whole risk. However asking a employee to leave giving 3 days salary can not be justified. Also you can say that if Amrit was capable enough, he could have joined other media house. However we have more unemployed people than employed ones and therefore this is not also a good idea.There must be a rule that ensures the justice to employees as well as freedom to the enterprenuer. I hope after the election we will have strong government to decide on these matters. I strongly support the view of hope that do not insert politics in every organisation but make one union to cater the lawful rights of employees.
मन परे हरियो, नपरे रातो
0
0
साथी तापैको कुरा को प्रस्तुति अली पुर्बग्राहित लाग्यो म तापें संग सहमत हुन साकिन माफ गर्नुस . अब नेता बनेर् खाने बिचार गर्नु भयाको होला सपना न देक्नुस . – काकाजी
मन परे हरियो, नपरे रातो
0
0
yo saram jivi ko neta ko kura sunda haso lagyo. Tapain ko samasya hola tara prastuti nekai tucha chha. Ali sava huna siknus !!
reshem
मन परे हरियो, नपरे रातो
0
0
अब नेपालमा त्यहि त छ नी के भयो की माओबादी को आरोप लगाउने??!!!!
अब पत्रकार भनाउदाहरु पनि त्यस्तै छन कहिले पनि जनताको निश्पक्षतरिकाले समाचार पनि लेखेन बरु उही माओबादीको खेदो गरेरै मरेको थियो नै यी श्रमजिवी पत्रकार भनाउदाहरु।
कुन पत्रकारले कुनै दु:खी पिडितहरुको समाचार लेखेको थियो त??? कुन पत्रकारले दैवीप्रकोप को पिडाहरु लेखेको थियो त?? कुन पत्रकारले सरकारको कर्तुत र अमानविय कार्यहरु गरेको कुरा प्रकाशमा ल्याउन सक्यो त??? कुन पत्रकारहरुले चाही कथित शाही सेनाहरुको अराजक, हत्या हिंशा, बलात्कार, निर्दोष मानिसहरुको बर्बर्तापुर्वक हत्या गरेको,काठमाण्डौको गल्लिगल्लिको खाते बालबालिकहरुलाई हेलिकप्टरमा हालेर कुनै जङ्गलमा लगेर मेशिनगनले भुटेर आतंककारीको बिल्ला भिराईदेको प्रकाशमा ल्यायो त??? निर्दोष जनताहरु काम गरिरहेको ठाउमा सामुहिकरुपले हत्या गर्दा पनि पत्रकारहरुले किन यसको बिरुद्द बोल्न सकेन त???
त्यसर्थ म भन्छुकी पत्रकारहरु भनेको पुँजिबादको सञ्चारवाहक हो तर गरिब दु;खी, असहाय र सर्वहाराको लागी चाही समाचारको ‘स’ पनि उच्चारण गर्न घृणा गर्छन। यो कुरा सबै तितो यथार्थ हो, पत्रकारहरुले जहिले पनि माओबादीहरुलाई मात्र दुष्ट देख्थ्यो, राम्रो कार्य गरे पनि नानाभातीको लाञ्छना र मनगणन्ते लेखहरु लेखेर बदनाम गर्न खोजेकै हो। तर कहिले पनि कुनै कुनै राम्रो काम गरेको कहिले पनि राम्रो भनेर उच्चारण गर्न सकेनन् बरु यो हरेक अरु मनगणन्तेरुपले प्रचार गर्यो गरायो ।
तर अहिले आएर उही आफुहरुनै माओबादीको आरोप थोपरिएको छ जुन कुरालाई मलाई चाही सार्है धित मर्यो र सार्है चित्त बुझ्यो पनि किनकी पत्रकारहरु भनाउदाहरु कहिले पनि निश्पक्षतरिकाले समाचार र सञ्चार गरेनन् जहिले पनि पुँजिको पछि पछि लागेर त्यही पुँजिवालाहरुको मात्रै तातो समाचार बनायो तर अरु पिडीतहरुको कहिले पनि बनेनन्। जहिले पनि पुर्बाग्राही चस्मा मात्रै प्रयोग गरेर समाचार संप्रेषण गरे तर निश्पक्षतरिकाले कहिले पनि बोल्न सकेनन्।
अब अहिले आएर माओबादीको आरोप खायो। अब त केहि पाठ सिक्छकी यो श्रमजिबी पत्रकारहरुले पनि निश्पक्षतरिकाले समाचार लेख्न?????? राम्रोलाई राम्रै भनौं र नराम्रोलाई नराम्रै भनौं तर राम्रोलाई नराम्रो कहिले पनि नबनाऔं, तर यी श्रमजिबी पत्रकार भनाउदाहरु चाही राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो कुरा बनाईरहन्थ्यो नै।
अस्तु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Correction: read ‘impartially’ instead of ‘partially’ in secondlast paragraph!
मन परे हरियो, नपरे रातो
0
0
Amrit jee
Thanks . It discloses the inner part of Media . There are many dark aspects in Nepalese Media . I think, we have to disclose the inner and bitter part of media owner and their supporter, continuously .
मन परे हरियो, नपरे रातो
0
0
malikle majdur lai sosan garne parmpara hamikaha matrai hoina sansar var yestai chha, but i always support to journalist & workers. thats why ma testa sosakharulai karabahi hunuparchha vanne pakshyema chhu. thankyou Amrit ji! u raised very bold & beutiful voice.
मन परे हरियो, नपरे रातो
0
0
HAHA, as long as you got the supporters like CH202, you don’t need to worry Amrit!!
As I go through your article, you can smell the allignation towards some principle and some party rather than for the purpose of betterment of journos inside. It has more personal animosity than professional injustice.Though I niether have any idea about HBC or it’s management or it’s employees, just reading your article gives me the impression that the institution is plagued with politics and people are fighting for their own political identity more than the employee’s benefit.
I certainly believe that the genuine demands of all employees must be met, having said that entrapreuners also have some right to save their business, don’t they?? Afterall, they are here to do business and make their living in the mean time providing means of living for people like you. And I believe for a private enterprise, owners must have right of Hire and Fire because they invest all their money, they take all the risk, if it does not work they go bankrupt, his whole life might change. Why should he keep those employees who donot think of betterment of his business?? Why shouldn’t he fire his employees when they enjoy politics more than their profession?? Why would somebody go on incurring losses for his business just to allow some political organization to step in?? Even you won’t work with people who you think are not good for your organization Mr Amrit, because it is your sweat and tears which makes up a business and you surely donot want it to collapse just because your employees want it to.
There is genuine problem not only in HBC FM but also in many nepali business enterprises, they are too much involved in politics. There are Workers union affiliated to NC,UML and now Maoists in one organization. Why you need somany unions if their sole objective is to protect the right or the workers and unite against any oppression?? Wouldn’t it be fair just to unite in one single union for the benefit for all workers in Nepal not inclined to any political aspirations?? When somebody employ you to work for him you must be loyal to him and his business, that is the basic business and working ethic. And if you wanna do politics, just leave the work and join the party of your choice!!
The comment is definitely not against journos who works partially and neutrally!! I would rather love to see all journalist unite in one organization like in some other countries and be utterly professional in their work. Fight for the benifit of all Journalist’s not for some political leverage.Having said that I absolutely believe there must be some right for owners too, otherise why one should do business in Nepal?? Why anybody will ever even think of establishing a business in Nepal when their organization will be political playground ultimately??
With all sympathy to HBC journos!!
मन परे हरियो, नपरे रातो
0
0
We many people read the news that all maoist journalists did all job.
It seems the reality is different and the DRAMA of Mr. Dahal will exposed gradually.
I can learn from this events that how easily some !!!!people blame to Maoist
मन परे हरियो, नपरे रातो
0
0
Nepal’s big media house are most corrupted ones. U did good job. Keep it up. We are always with U Amrit Ji !
मन परे हरियो, नपरे रातो
0
0
aarko naya nautanki suru bho…………. ramailo herne hoina ta……. ke garne aafon ghar ma afai aago lagauna nepali haroo lagipareka chan… ani bideshi lai ramailo hudaina ta……sabai milka hun janta lai jhukauna …….ke kati payo ta kharel ji….naya nautanki suru garna…..
मन परे हरियो, नपरे रातो
0
0
Boss is always right you stupid. After all they are the one who take risk of all their property and everything they have.So, try to become boss if u can, else dont try to become like an union leader. This is how it works every where. Will you let anybody dictate at your house? You own the house so you are the boss of the house.
मन परे हरियो, नपरे रातो
0
0
हरेक कुराको सीमा huncha, सबी लाई मैं ठुलो को घमंड छा घरको कुर घर्मा नै तुन्ग्यानुनुपर्चा संगसार लाई नाटक देखायेरा कही लाछार पट लाग्दैदैना, मापनी नेपाली र् hbc संग सम्बन्ध भएको मांचे हू , अआफ्नी ghamanda फ्याक्नुस अनि कुर मिल्चा , organizationalvalue लाई महतो दिनुस नकी मैं हू ठुलो.long live my HBC94 f.m.
Bijita
मन परे हरियो, नपरे रातो
0
0
My support to the Journalists.
त्यास्ता लाई तुरुन्तई कारबाही गर्नु पर्छ .
मलाई त सुन्दा यति रिस उठेको की बीरेंद्र दाहललाई कसैले सफाया ने गरऐ पनी दया लाग्दैना.
तर त्य्सो कदम ले अशांति हुने हुंदा कलोमोसो सम्मा दलेर , जुत्ताको माला लगायर घुमाया हुन्छा .
अनि मात्रा क़ानूनी कारबाही गर्नु पर्छ (होला र् उस्लाई क़ानूनी कारबाही ? कसले गर्ने मलिक्लाई कारबाही ?)
आख़िर आफ्ने नेपाल त पर्यो ;
मेरो मत पत्रकार सथिहरुको पक्छ्य्मा .
मन परे हरियो, नपरे रातो
0
0