मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रशान्तको प्रभाव काठमाडौँमा पनि


    प्रशान्तको समर्थनमा काठमाडौँमा गरिएको प्रचार।
    सुरुमा नेपाली पत्रपत्रिकाहरुमा भारतीय सीमानजिकैका सहरहरुमा मात्र इन्डियन आइडल प्रशान्त तामाङलाई भोट गर्न चन्दा माग्दै गरेको समाचार देख्न तथा सुन्न पाइएको थियो, तर अब भने राजधानी काठमाडौँका विभिन्न ठाउँमै पनि यस्तो दृश्य देखिन थालेको छ। अर्जेन्टिनी खेलाडीलाई रेडकार्ड देखाउने रेफ्रीको त पुत्ला जल्ने काठमाडौँमा नेपाली ‘लिङ्क’ भएका प्रशान्तको ‘फिभर’ नहुने त कुरै भएन। प्रशान्तको मात्र के कुरा, प्रशान्तको प पनि इन्डियन आइडलमा नहुँदा अर्थात् पहिलो सिजनको इन्डियन आइडलका विजयी अभिजित सावन्त काठमाडौँमा आउँदा समेत युवायुवतीको ठूलो भीड लागेको थियो। भनेपछि, प्रशान्तको प्रभाव काठमाडौँमा किन नपरोस् त।

    काठमाडौँको बौद्धमा प्रशान्तलाई एसएमएस गर्न चन्दाका लागि बाल्टिन समेत राखिएको देखिन्छ।

    प्रशान्तले अन्तिम प्रतिस्पर्धा जितोस्, नजितोस्- नेपालभित्र रहेका र नेपालबाहिर रहेका सीमाविहीन नेपालीहरुमाझ उनी स्टार बनिसकेका छन्। आजै मात्र अमेरिकाका विभिन्न सहरमा उनको कन्सर्ट गर्ने तयारी गरिरहेको समाचार आएको छ। काठमाडौँमा पनि दशैंअगाडि नै एउटा कन्सर्ट हुने सुनिएको छ। यसबाहेक प्रवासी नेपालीहरुको बसोबास भएका विश्वका धेरै मुलुकमा पनि उनको कन्सर्ट आयोजकहरुका लागि राम्रो कमाइको माध्यम बन्ने निश्चित छ। किनभने सामान्य परिवारबाट एकाएक स्टार बन्न पुगेका प्रशान्तको यो परिकथा झैँ लाग्ने वास्तविकतालाई ‘ग्लोबलाइजेसन’ का कारण विश्वका हरेक कुनाका नेपालीले नजिकबाट नियालेका छन्। सोनी टिभीको पहुँच नभएर के भयो, इन्टरनेटबाट प्रवाह हुने खबर र भिडियोहरुले विश्वका नेपालीहरुमाझ प्रशान्तको प्रचार निरन्तर गरेको गर्‍यै छ। वास्तवमा उनी २१ अ‍ौँ शताब्दीमा ग्लोबलाइजेसनको प्रभावबाट नेपालीहरुमाझ चर्चित बनेका पहिला नेपाली कलाकार हुन्। उतिबेला नारायण गोपाल, गोपाल योञ्जन, फत्तेमानका गीतहरु प्रचार गर्न रेडियो नेपालबाहेक अरु विकल्प थिएन। तर अहिले त्यो जमाना रहेन, स्याटेलाइट टिभी र इन्टरनेटका असंख्य भिडियो सेयरिङ साइटहरु- प्रशान्त एकाएक विश्वभरका नेपालीमाझ परिचित बन्नुमा सञ्चार क्रान्तिको पनि ठूलो हात छ।


    बौद्ध स्तुपको प्रवेशद्वारमा समेत प्रशान्त कै प्रचार देखिन्छ।

    इन्डियन आइडल कार्यक्रम मैले खासै हेर्ने गरेको थिइनँ। प्रशान्तको बारेमा बढी नै चर्चा हुन थालेपछि मात्रै मैले यो कार्यक्रम हेर्न थालेको थिएँ। हरेक कार्यक्रममा आउट हुने हो कि भन्दै चिन्ता नेपालीहरुलाई जगाउँदै अन्ततः बाधा अड्चन पार गर्दै उनी अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भए। प्रशान्तका बारेमा सुनिएका विवाद अन्तहीन विवाद हुन्। मानिसको मन र भावना अनि संवेदनालाई कुनै तर्कले जित्न सक्दैन। प्रशान्तको पक्षमा भौगोलिक सीमाको वास्ता नगरी नेपालीहरु समर्थन र शुभेच्छामा उत्रिएका छन्।


    प्रशान्तलाई भोट गर्न काठमाडौँमा चन्दा मागिरहेका युवायुवतीहरु।

    अन्तिम प्रतिस्पर्धा सुरु भइसकेको छ। हिजो शुक्रबार सेप्टेम्बर १४ देखि सेप्टेम्बर २३ भारतीय समय अनुसार ६ बजेसम्मका लागि लगातार भोट गर्ने समय छुट्याइएको छ। शायद त्यही भएर हो कि सीमा क्षेत्रबाट प्रशान्त सहयोग अभियान अब काठमाडौँमा समेत सरिसकेको छ। काठमाडौँमा मात्र हैन, इन्टरनेटमा ठमेल डट कमले पनि विश्वभरका नेपालीबाट प्रशान्तका लागि चन्दा संकलन थालेको छ।

    यी चन्दा संकलन अभियान भन्दा पनि मलाई भने प्रशान्तको गृहभूमि दार्जीलिङमा प्रशान्तको प्रभाव कस्तो छ ? त्यहाँका फ्यानहरु कसरी अहिले भोट दिने अभियानमा लागेका छन् ? पहिले जस्तो एक रातको भोटिङ नभएर अब एक साताभन्दा लामो भोट समय छ, कसरी उनीहरु भोट गरिरहेका छन्, त्यो प्रत्यक्ष हेर्न र ‘मेरो संसार’का पाठकहरुलाई डेटलाइन दार्जीलिङमार्फत् प्रत्यक्ष जानकारी दिन मन लागेको छ। त्यसो त पत्रपत्रिकाहरुमा प्रशान्तको पक्षमा भोट गर्नका लागि त्यहाँ बस्ने, खाने फ्रीमा सुविधा दिइरहेको भन्ने खबर पनि आएका छन्। तर त्यतिका भरमा दार्जीलिङ जाने कुरा पनि आएन। आफूले फेरि दार्जीलिङका कसैलाई चिनेको पनि हैन। तपाईँहरु मध्ये कोही दार्जीलिङका हुनुहुन्छ भने त्यहाँको खबर, फोटो पठाएर सहयोग गर्नुहोला है। सम्पर्क ठेगानाका लागि यहाँ क्लिक गर्नुहोला।


    चन्दा संकलन गर्न घरदैलो जाने अभियान पनि केही संस्थाले चलाएका छन्।


    प्रशान्तको समर्थनमा बनाइएका टीशर्ट।


    प्रशान्तलाई भोट गर्न चन्दा माग गर्दै निकालिएको र्‍याली।


    र्‍यालीमा युवायुवतीहरु बढी सहभागी देखिन्छन्।

    प्रशान्तलाई सेप्टेम्बर २३ नेपाली समय अनुसार ६ बजेर १५ मिनेटसम्म भारतबाहेक निम्न देशमा निम्न नम्बरबाट ‘PRASHANT’ टाइप गरी एसएमएस गरी भोट गर्न सकिन्छ-

    युएई 3535 शुल्क प्रति एसएमएस Dhs 3

    बहराइन (Batelco) 95134 शुल्क प्रति एसएमएस 0.5 BD

    बहराइन (MTC) 77000 शुल्क प्रति एसएमएस 0.5 BD

    अ‍ोमान 90149 शुल्क प्रति एसएमएस 0.5 OR

    साउदी अरब (Al-Jawal) 82920 शुल्क प्रति एसएमएस 4 SR

    साउदी अरब(Mobily) 6432 शुल्क प्रति एसएमएस 3 SR

    कुबेत (Wataniya) 1571

    सिंगापुर 79000

    बेलायत 83222 शुल्क प्रति एसएमएस 50 Pence

    काठमाडौँमा प्रशान्तको पक्षमा भइरहेका गतिविधिको सानो अंश यो भिडियोमा हेर्नुस्-

    No related posts.

    54 comments to प्रशान्तको प्रभाव काठमाडौँमा पनि

    • Mangala

      Hi! Prashant
      you are the best and i say that you will be the indian idol.
      our wish is always with you
      be strong
      Mangala
      chitwan
      Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shambhu Bhandari

      Even I have not got any chance to listen and watch the program of Prashant, I wish him to get achievement in indian idol.Because my man is nepali too.

      Shambhu from Sydney.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      oooooooooooooooooo i love prasanta he is my hearo he is gorkhali herro please pray to god for he jaya pashupati nath jaya manakamana jaya gorakhali
      prasanta not only indian idol he is nepali idols also
      i love prasanta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान

      प्रशान्तलाई सहयोग गर्न चाहने तर SMS को पहुँच बाट टाढा रहेका साथिहरुले http://www.thamel.com बाट आफ्नो आर्थिक सहयोग पठाउन सक्नुहुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      कुरा सस्कारको होइन, तर्कको हो। तर्क गर्नुको पनि आफ्नै मज्जा छ। अझ सत्य र सांद्रभिक तर्क गर्न पाईयो भने त त्यसको मज्जा त काहा हो काहा।

      ईन्डियन आईडलका हिरो मानिएका “मिस्टर प्रशान्त”को बारे तर्क गर्नु झन मज्जाको बिषय भएको छ।

      तर सस्कारको कुरा गरेर, बिदेशी भुमिमा बसेर, बिदेशको दाल भात खाएर, नेपाली भुमिमा बसेका नेपालीले प्रशान्तको बारे गरेको तर्कलाई गलत वा साँघुरो सस्कारको सोचाई हो भन्नु मलाई सान्द्रभिक लाग्न सकेन। मैले पहिले नै भने, म प्रशान्तको बिरोधी होइन, तर यो हिसाबले प्रशान्तलाई नेपाली भन्न पनि सक्दिन।

      प्रशान्तले – “म नेपाली हो भन्दै मा, दुई चार ओटा नेपाली गित गाउदैमा उसले नेपालको लागि त्याग गरेको छ भनेर “प्रशान्त नेपाली हो” भन्न मिल्दैन।

      मलाई लाग्छ, सायद मिस्टर प्रशान्तले “म नेपाली हो” भनेर नभनेको भए आज उ फाइनल सम्मको यात्रामा हुदैन थियो होला। न त हामीमा उस प्रति एति धेरै मायाको बिकाश् हुन्थ्यो। सायद प्रशान्तले “म नेपाली हो” भनेर भन्नु उसले इन्डियन आइडल जित्नको लागि गरेको चतुर्‍याई पनि हुन सक्छ।

      अब आसा गरौँ, इन्डियन आईडलको ताज प्रशान्तले जितेर भारतमा भारतिय र नेपाली बिच द्वन्द (दङ्गा) को स्थिति नआओस्। जुन कुराले भारत र नेपाल बिचको लामो एतिहासिक सम्बन्धमा समेत “कालो धब्बा” को रुपमा रहने छ।

      अन्तमा, मैले बिदेशी भुमिमा रहेका सबै नेपाली साथिहरुलाई नेपाली होइन भनेर भनेको छैन। तर उहाँहरुलाई एउटा प्रश्न गर्न चाहन्छु-” तपाईहरुले कुन चाहि “नेपाली मन” लिएर बिदेशमा अवसर पाउनु भयो भन्दैमा चटक नेपाल छोड्नुभयो??” यदि यो तपाईको बाध्यता हो भने, बाध्यता भयो भनेर साँढे दुई करोड नेपालीले नेपाल छोड्न मिल्ला र!!

      यदि तपाईहरुलाई नेपाल प्रति यति धेरै माया छ भने आउनुस फर्केर नेपाल, मिलेर देश बनाउँला। फेरि पछि, नेपालमा रहेका साँढे दुई करोड नेपालीले नेपाल बनाईसके पछि, हामी पनि नेपालको माया लागेर फर्क्यौ भनेर चाँहि नभन्नु होला नि!

      श्याम कुमार श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • sanjaya limbu

      hi, im sanjaya from maldives ,iwant to very like sms for prashant tamang .not only me all of the nepali .so many time we try to sms .but we dont no how to sms ,ple if u give rep.we have sms very fast .we waiting for ur ans.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay

      Rock ND Roll Prashant will be the next indian idol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paru

      होइन हो सबै ठाउ को भने तर क़तार बटा भोट गर्ने चै कसरि होला सथि हो भनुन प्ल्ज़्ज़ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जापानबाट कसोरि SMS गर्नेहो ??? कसैलाई थाहा छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khus

      मेरो एउटै मात्र प्रश्न छ: के यस्तो चन्दा संकलन भविश्यमा दु:ख परेका नेपालीहरुको लागि,बालबालिकाहरुको एडुकेशन आदी कारणहरुको लागि पनि गर्लान त यि फ्यान्सहरुले?? नेपाल र नेपालमै बसिआएकाहरुको लागि यिनिहरुले केहि गर्लान त? किन यति बिघ्न इन्थुसियास्म – जे नै होस्, जोसुकै जितोस्, यो पैसा सबै भारत जाने होइन त? बुझ्न सक्दिन…के जेनरेशन ग्याप हो कि न यो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे होस राम्रो होस दुनिया म भायाका नेपालि हारु लाई,
      नेपालि हरु ले कहि गएर पनि सुख पाएक ६इनान्.सफल हुन गाहारो ६
      १५०००००००० जन्ता को आइदिएल हुनु नेपालि मुल्को ६ओरो गर्वको कुरो नेइ हो कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak

      i m just surprised by those events back in nepal only becaue of sony tv in india…ya of course its our pride to see one nepali (nepali spoken)is being indian idol…i wish for his better luck in the days to come but i m bit surprise by knowing the stupidy and the reckless works by nepali youth back in nepal as they are collecting money to sms him back in india!! wot u think…?? its todally stupid and crap things that are happening back in our country…better give that huge money to flood victims…homeless people…orphanese….and other organization…..but please donot envolve such kind of crap things….u know that money doent go to Prasant…it goes to so called indian mobile companies…they are making…fool….and we nepalese are being…..so, i wish for prasant’s future…but…its really shame to know that we r doing such things as being educated people there!!!
      thanks!
      dipak,
      sydney

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • STUPiD

      अब भने कमेन्ट पढ्न मज्जा आउने भयो. comment box मै नेपालीमा लेख्न मिल्ने गर्नु भएको मा उमेशजी लाई धेरै धेरै धन्यबाद छ है //

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • netra

      umesh ji how can i vote from qatar pls teach me

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan pariyar ,Qatar

      सर्वप्रथमत बधाई छ प्रशान्त जी लाई साथै शुभकामना पनि
      साथीहरु हो प्रशान्त जी को बारेमा सङ्कीण सोच नबनाउदा राम्रो हुन्छ होला
      किन कि प्रशान्त जी नेपाली,भारती दुबै हुनुहुन्छ यदी उहा मात्र नेपली हुनुहुन्थ्यो त Indian Idol मा No entry थियो र भारतीमात्र हुनुहुन्थ्यो त जुन स्थान(second position)मा हुनुहुन्छ त्यो पहीलेनै गुमाउनु पर्थ्यो अनि कुरा भारतीय र नेपाली हुदैमामात्र यो स्थान चुम्न सक्नुभएको हैन यसका अतिरिक्त उहासङ्ग कडा मेहनत,लगनशिलता,गायकीमा मिठासपन साथै स्वरमा लचकता जस्ता गुणहरुले आज उहाँलाई सबै को मन ले चुमी रहेको छ अनि प्रतिछा गरिरहेको छ कि उहाँले Indian Idol को ताज पहिरीनु पर्छ यदि उहाँको योग्यता को कदर गर्ने हो र नेपाली हुनुमा आफुलाई गर्व गर्नेहो भने सक्दो सहयोग गर्नै पर्छ र आशा गर्न सकिन्छ नेपाली साङ्गितिक विधामा आफ्नो योगदान दिनुहुने छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BISHWA JOSHI

      Prashanta you are the best wish all the best for indian idol3 i gotta see your last performance. it was amazing mind blowing keep it up. all of my best regards is with you.

      BISHWA JOSHI
      AUSTIN,USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rangey_maila

      Ramesh Man, what Kantipur daily published should be true. During those years 1987-88 Nepalese were forced to leave Meghalaya. Many were killed, burned alive. The conflict has ended but still the Nepalese living there are called Non-Khasis or Non-Tribals and are deprived of all facilities.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pawitra

      श्‍याम कुमार श्रेष्‍टजी
      तपाईले “नेपाली” के र को हो भन्‍ने परिभाषा कुवाको ब्‍यागँ भएर हेर्नुभएको रहेछ। उदार नेपाली हृदयले हेरिदिनपर्‍यो। यो नेपाली न त भौगोलिक सीमा वा कुनै बन्‍धनले वाधिएको हुन्‍छ। नेपाली मन न हो। तपाई वा छोराछोरी वा नजिकका नाता धेरै बर्ष परदेस वसेको भए थाहा हुनेथियो के रहेछ नेपाली भनेको। त्‍यो हिजमात्र जागिर खान नेपाली भएको तर नेपाली मन नभएकोले सही गरेको नागरिकता र राहदानी बोकदैमा नेपाली हुदैन। प्रशान्‍तले जितुन वा नजितुन, त्‍यो अर्कै कुरो हो। तर प्रशान्‍त नेपाली होईन भन्‍नु र मरनेवेलामा मात्र वोझ हुन नेपाल आईपगेको भनेर कतिलाई लान्‍छना लाऊनु तपाईको अनभिज्ञता मात्र होईन, साँघुरो सस्‍काँरको सोचाई हो। तपाई जस्‍ता धारणा
      राख्‍नेहरुले नेपालई खाईसके। बागमतीको पवित्र पानीमा एकचोटि डुबुल्‍की मारेर
      चोखो हुनुहोला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान

      हेल्लो shreeja जी , यो त अति भो । संसार भर नेपाली भने पछि माग्ने झै गर्छ भनेर तँपाईले कुन सन्सारको कुरा गर्नु भएको हो ? तँपाई कुन सन्सारबाट यो कमेन्टहरु पोष्ट गर्दै हुनुहुन्छ त्यो त थाहा पाउन सकिएन तर जहाँ भए पनि नेपाली हरुलाई माग्ने भनेर कसैले भन्छन भने भने त्यस्ता ‘कुजात’ हरुलाई मुख भरिको जबाफ दिनु पर्ने मा तँपाई आफै बाढि पिडित लाई उठाइको रकम पिकनिक गरेर सकायो भने नितान्त भ्रामक कुरा लेख्नु हुन्छ भने कसरि नहोला नेपालीको बेईज्जत ?

      बाढि पिडितका नाममा उठाईएका रकम कसैले पनि दुरुपयोग गरेको छ भन्ने थाहा भए त्यस्ता को भण्डाफोर यही मेरो संसार बाट गरौं न जनताले त्यस्ता लाई तह लगाउने छन् । ४५ सालको भुकम्प पिडितको सहयोग रकम हिनामिना को बिषयलाई लिएर भक्तपुरमा कर्ण ह्येजु को के हालत गरिएको थियो ? अब त झन जनता हरु त्यो भन्दा जुझारु भइ सकेका छन् त्यसैले आफ्नो मनलाई अलि फराकिलो गर्नुस् ।

      हिजो काठमाण्डौको ईन्द्रचोकमा सहयोग संकलन कार्य हुदैछ भन्ने थाहा पाएर आफुले सक्ने सहयोग गर्नु पर्यो भनेर गएको थिँए त्यहाँ प्रशान्तको निम्ति सहयोग गर्न उर्लेका मान्छे हरुको त्यो नेपाली – नेपाली हुनुको आत्मियता देखेर जत्ति खुशि लागेको थियो आज प्रशान्तको सहयोगका लागि स्वत:स्फुर्त जुटेका हातहरू माथि मैलो लगाउने यहाँको चेष्टा देख्दा त्यत्ति नै दु:ख लाग्यो । तँपाईले सहयोग रकमले पिकनिक जान्छन भन्नु भयो जे होस् म भने मेरो पिकनिक जाने रकम नै आज गएर सहयोग गर्नेछु प्रशान्तको लागि । अनि shreeja जी अब पनि कसैले नेपालीलाई माग्ने भनेर भन्छ भने त्यस्तालाई मुख भरि जवाफ फर्काउन नहिच्किचाउनु होला । कसैको nationality लाई लिएर कसैले आक्षेप लगाउछन भने त्यस्ता ‘कुजात’ को बास्तबिक जात देखाउन ठमेलका सडक काफि छ । संसारभरका ‘नमुना’ हरू देखाई दिन सक्छौ कसैले नेपाली लाई जातिय आक्षेप लगाउछन भने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान

      प्रशान्तको समर्थनमा काटमाण्डौमा देखिएको यो उमंग साँच्चै नै तारिफयोग्य छ । देशमा बिभिन्न बिपद्दि पर्दा सहयोग का लागि जुट्ने काटमाण्डौले भौगोलिक सिमाबाट बाहिरिएका नेपालीहरुलाई सहयोग गर्न पनि कुनै कन्जुस्याँई गरेन । यो सहयोग संकलनमा नेपालीको हित नदेख्ने साथिहरू गत बिहिबारको कान्तिपुर पढ्नुस् है । बिहिबार बिहान जब कान्तिपुर पढें लाग्यो प्रशान्त त निमित्त हुन् । सवाल साँच्चै नै नेपालीहरुको भावनासित जोडिएको छ ।

      उक्त लेखमा कान्तिपुरले जे लेखेको छ के अवस्था त्यस्तै नै छ त ? बिहान देखि नै छटपटी महसुश हुनथाल्यो । एक मनले भन्छ कान्तिपुरले एउटा अफवाह शिर्जना गर्दैछ अनि अर्को मनले भन्छ यस्तो भएन भनेर निर्धक्क हुने पनि कसरी ?

      ******* कान्तिपुर लेख्छ :

      इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन नेपालदेखि भारतका अधिकांश शुभेच्छुकहरू र्या ली र भोटिङमा व्यस्त भए पनि उनका प्रतिस्पर्धी अमित पालको गृहराज्य मेघालयका नेपालीलाई भने स्थानीय समुदायले प्रशान्तलाई भोट नगर्न धम्क्याइरहेका छन् ।

      यही भएर मेघालयमा प्रशान्त पक्षमा र्यानलीसम्म निस्केको छैन । ‘प्रशान्त पक्षमा अभियान चलाए आक्रमण गर्ने र राज्यबाट निकालिदिने धम्की आउने गरेको छ,’ प्रवासी नेपाली संघका पूर्वोत्तर राज्य समितिका तिल- बहादुर विश्वकर्माले कान्तिपुरसँग फोनमा भने- ‘अमित पक्षको अभियानमा हामीलाई जबरजस्ती सामेल गराइरहेका छन् ।’ बंगाली मूलका अमित शिलङकै हुन् ।

      त्यहाँको खासी समुदायबाट वर्षौंदेखि सताइएका नेपालीहरू यस पालि राज्य सरकारबाटै मारमा परेका छन् । विश्वकर्माका अनुसार सरकारले हरेक शनिबार रातिदेखि आइतबार बिहानसम्म राज्यभरका पिसिओ बुथबाट निःशुल्क भोटिङको व्यवस्था गरेको छ । तीन सयभन्दा बढी बुथमा यस्तो सुविधा उपलब्ध छ । शिलङ, जोबाई, टुरा लगायतका मुख्य सहर र ग्रामीण क्षेत्रका बुथ भोटिङका लागि रातभर खुल्ला रहने गरे पनि नेपालीहरूलाई भने भोटिङ समयमा टेलिफोन बुथमा प्रवेश गर्नसमेत निषेध गरिएको छ । ‘हामीले लुकेर मोबाइलबाट मात्र भोटिङ गरिरहेका छौं,’ विश्वकर्माले भने ।

      उनका अनुसार रिभई जिल्लाको भैलोबुङमा खासी समुदायका अगुवाहरूले अमितले आइडल उपाधि प्राप्त नगरे नेपालीलाई राज्यबाट लखेट्ने धम्की दिइरहेका छन् । शिलङका कोइलाखानीमा कार्यरत नेपालीहरूलाई समेत जबर्जस्ती अमित अभियानमा सामेल गर्ने गरिएको छ । ‘नगए कामबाट निकालिदिने धम्की दिने गरेका छन्’ विश्वकर्माले भने । कोइलाखानीमा सयौं नेपाली आबद्ध छन् । मेघालयमा करिब एक लाख नेपालीको बसोबास रहेको अनुमान छ ।

      ***************************************

      कान्तिपुर को कुरा मा कति सत्यता छ ? कतै यो एक अफवाह मात्र त होईन या यो कुरामा सत्यता छ । यस बिषयमा पाठकहरुले आफ्नो अनुभव ब्यक्त गर्नुहोला नि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rangey_maila

      I tried to comment in Nepali but some error occured. Prashant is not Nepali and doing all these stuffs is nothing but stupidity. Prashant le Nepali bolyo bhandai ma he is not Nepali. He is a nepali speaking Indian. We should respect his talents and hardwork, but yo sab garnu bekar ho. Bangla is spoken both in Bangladesh and India, but bangladeshis are not Indians and the bangla speaking people in India are not Bangladeshis. If Prashant becomes Indian Idol3, what will the Nepalese get? Vande Mataram gaune lai Nepali bhaninchha? Yo voting campaign gareko dekhera malai ta ekdam laaj lagyo baa.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S.G.

      Prashant tamang will be a winner of the Indian Idol no doubt. Pls all the Nepalese wherever you are, your Vote is important for Prashant wheather he is holding Indian or Nepalese Citizenship doesn’t matter. Because of his success also there will be a chance to recognize our country Nepal in the world. Its really good chance. Wishing him all the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R.K. from U.S.A.

      प्रशान्त ले इन्दिअन ऐदोलको प्रथम स्थान हाशिल गरोस यस्मा मेरो पनि अग्रिम शुभकामना ! नेपालि भाशिक प्रशान्त ले जित्न्नु हामि सबैको लागि खुशिको विशय हो/ सबैले भोत दिनु पर्च्ह है नेपालि हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niks

      श्रीजा लाइ कस्ले चिनेको हो र के गरेको हो र तेस्को बेइजेत हुने मुर्ख इजत भयेपो बेइजेत हुन्च्ह घर को मन्च्हे बहेक अरुले चिन्दैन अनि के बेजेत को कुर गर्च्ह मुर्ख के के नै गरे जस्तो देस्को नेत हरु ले त केहि गरेको च्हैन देश खादा बेइजत भयेन एओउत रम्रो काम गर्दा मन दुखेयोउ मुर्ख

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Hi,
      Did anyone noticed how “Nepalese” is being misspelled in the second picture. Shame, shame shame..

      Anyway, my good wishes to Prashant, all the best.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रशान्तलाई भारतको शान बनाउने पक्षमा सबै उठे
      अहिले देशभरि नै प्रशान्तलाई इण्डियन आइडल बनाउन प्रचार-प्रसार जोड़ जुलुमले हुँदैछ भने मानिसहरूले खुलेर अर्थदान पनि गर्न शुरू गरेका छन्। यसका साथसाथै उनलाई समर्थन गर्न समाजका सबैवर्गका मानिसहरूले खुल्ला रूपमा अपील गर्न शुरू गरेका छन् । यता गान्तोकमा प्रशान्तलाई इण्डियन आइडल बनाउन सिक्किम सम्मान सम्मिलन पनि लागिपरेको छ। सम्मान सम्मिलनको सचिव डीआर नेपाललाई देशका विभिन्न ठाउँमा ख्याति आर्जन गरेका नेपाली सर्जकहरूलाई सम्पर्क गरेर प्रशान्तलाई मतदान गर्न अपील गरिदिने आग्रह गर्ने अनुमति दिएको छ। अखिल भारतीय गोर्खालिगका अध्यक्ष मदन तामाङले पनि प्रशान्तलाई इण्डियन आइडल बनाउन सबैलाई अपील गरेका छन्। क्रामाकपाका प्रवक्ता डीएस बम्जनले प्रशान्तलाई शान्ति, एकता र भाइचाराको रूपमा इण्डियन आइडल बनाउने अपील गरेका छन्। यसैबीच माकपा नेता एवं दार्जीलिङका राज्यसभा सांसद सूरज पाठकले दिल्लीमा 11 सितम्बरका दिन मेघालयमा भइरहेको कतिपय विवादास्पद विषयलाई लिएर पूर्वोत्तरका सांसदहरूलाई भेट गरे। उनले पूर्वोत्तरका सांसदहरूलाई मेघालयमा कुनै प्रकारको अप्रिय घटना नहोस् भनी अपील गरेका छन्। इण्डियन आइडल एक साङ्गीतिक प्रतियोगिता भएकोले यसलाई स्वच्छ राख्न अपील गरेका छन्। यसैबीच तरूण गोर्खाले पनि प्रशान्तको निम्ति व्यापक प्रचार-प्रसार गर्ने निर्णय गर्दै अभियान तेज गरेको छ। यी सबै सङ्घ-संस्था, राजनैतिक दल, फ्यान्स क्लबहरूले मेघालयमा प्रशान्त समर्थक नेपालीहरूमाथि स्थानीय दबाउमाथि चिन्ता प्रकट गर्दै यसको जवाब एसएमएसद्वारा प्रशान्तलाई इण्डियन आइडल बनाएर दिने निर्णय गरे। यद्यपि, यी सङ्घ-संस्थाहरूले आ-आफ्नै स्तरबाट मेघालयको विषयलाई गम्भीरतासाथ लिँदै त्यहाँका नेपालीहरूको संरक्षण र सुरक्षाको विषयलाई पनि उठाउँदै उक्त घटनाहरूको छानविन हुनुपर्ने कुरामाथि जोर दिएका छन्।
      स्मरण रहोस्, दुइ दिन अघि स्थानीय समय दैनिक समाचार पत्रमा प्रकाशित I प्रशान्त इण्डियन आइडल बने मेघालयबाट नेपाली खेदिने’’ समाचारको प्रभावले समग्र नेपाली जुर्मुराएर उठेको दाबी हजारौं पाठकहरूले लगाएका छन्। प्रशान्तलाई इण्डियन आइडल बनाउन भारतभरिका सबै एक हुनुपर्ने र पूर्वाग्रह र राजनैतिक त्याग गर्नुपर्ने निर्णय गर्दै मानिसहरूलाई मतदानको निवेदन । क्रामाकपाका प्रवक्ता डीएस बम्जनले प्रशान्तलाई शान्ति, एकता र भाइचाराको रूपमा इण्डियन आइडल बनाउने अपील गरेका छन्। पोख्रेबुङ चियाकमानका श्रमिकहरू प्रत्येकले 10 रुपियाँ, 20 रुपियाँ, 50 रुपियाँ, प्राथमिक स्कूलका शिक्षकहरूले 5 सय रुपियाँ, उच्च माध्यमिक स्कूलका शिक्षकहरूले हजार रुपियाँ अर्थदान गर्न शुरू गरेका छन्। प्रशान्तको निम्ति पोख्रेबुङमा टेलिफोन बूथहरू स्थापना गरिने भएको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      जसले जे भनुन, तर्क सबैका राम्रा, तर मेरो नजरमा “मिस्टर प्रशान्त” नेपाली हुन सक्दैन। किनकि उसले आफ्नो जवानीको जोश, बल, तागत सबै इन्डिया बनाउनको लागि खर्चेको छ।

      उमेश जी तपाई आफै भन्नुस, जवानीको जोश, बल, शक्ति सबै बिदेशी भुमी बनाउन खर्च गर्ने अनि मर्ने बेलामा म त नेपाली हो भनेर “जिउदो लाश” लिएर नेपाल आ उने ब्यक्ति नेपाली हुन सक्ला र???

      श्याम कुमार श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चन्दा उठाएको त्यो पैसाको सहि सदुपयोग गरे त ठिकै हो तर फेरि बाढी पिडीत लै राहत भने झै सबैले चन्दा उठाएर आफै पैसा लिने हो भने चाहि कुरो ठिक भएन .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subodh nepal

      प्रशान्त तिमी भारतीय आइडल बन

      शुभ कामना

      सवै मिली सहयोग गरौ
      नेपालीको नाम राख्न ।

      काठमाडौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • simit gauchan

      mr saila n shyam frist u have to imagine i am a nepali n same thing u have to think to other nepali plz don,t think sheets n damm all right.
      simit gauchan
      australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ian Russel

      just i would like to request you people, help him. He needs you. I know he is pure nepali with nepali heart and blood. he need you now indeed.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      उमेश जी, तपाइको बिचारम के लाग्छ तर यो जुन काठमान्डुमा जे भैइरह को छ त्यो ठिक भैइरहेको छैन जस्तो लाग्छ मलाइ त.
      मैले यो भन्न खोजेको होइन कि मलाइ पर्शान्त मन पर्दैन र पर्शान्त नेपाली होइन भनेर्.
      तर एउटा कुरा के हो भने नि म पनि पर्शान्त लाइ औउदि मन पराउछु र भारत तिर हुने साथिहरुलै सोध्दै पर्शान्त को कोड नम्बर पत्तालगायेर भोट हाल्ने गरेको छु किन भने उ नेपाली हो तर नेपाली नागरिक चाहि होइन तेसो भयेको हुनाले उ नेपाली को शान हुन सक्छ तर नेपाल को होइन्.
      हामि नेपाली भयेको नाता ले पर्शान्त लाइ सक्दो सहयोग गर्नु पर्छ तर उसको फोटो अगाडी नेपालको झन्डा राखेर अनि इन्डीएन आइडोल भारत को शान बनाउ भन्ने. यो कति सम्मको सहि तर मलइ चाहि यो अलि थिक लागेन्.
      येसो गर्दा त झन पर्शान्त ले त सिधै हारि हाल्च्छनि.किन भने यो गर्दा त जुन भारत म बस्ने भारतिये हरुले पनि त पर्शान्त लाइ मन पराउछन पियोर भारतिय हरु पनि त उनको फ्यान हरु छन्. येदि नेपाल मा चाहि उनको फोटो को अगाडि नेपालको झन्डा राखेर नेपाल को शान भन्यो भने त ये यो त नेपाल को शान पो हुदो रहेछ है येदि पर्शान्त लाइ जितायो भने त.
      अनि त जसरि भयेपनि अमित लाइ जिताउन सारा भारत लाग्ने भयो तेत्रो १ अरब भन्दा पनि धेरै जनसख्या भयेको देशमा हामि २ करोड ५० लाख जन्सन्ख्या भयेको ले जिताउन सकछौ त.
      येसो गर्दा त पर्शान्त र अमित बिच नेपालि र भारतिय को भेद भाव पो हुने भयो.
      ठिक छ नेपालीको नाताले हामिले जति सक्दो सहयोग गर्नु पर्छ तर त्यो काठमाण्डु गरेको जस्तो गरि चाहि होइन जस्तो मलाइ लग्छ.
      पर्शान्त नेपालि हो तर उसले इन्डियन आइडोल जित्यो भने नेपाल को शान हुने होइन सारा नेपाली को शान हुने हो.
      तेसो भयेको हुनाले उसको फोटो अगाडि नेपाल को झन्डा राखनु चाहि अलि ठिक भयेन जस्तो लाग्छ मलाइ त तर हजुर हरुलाइ कस्तो लाग्छ्..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • motiram gautam

      हेल्लो प्रसान्त जि, बधाइ च्ह् तऐलै हाम्र्रो तरफ बात .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालको बड्दो बेरोज्गारि समस्यको यो भन्दा जोलन्त उदाहरण आरु के हुन सक्छर!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      VOTE FOR PRASHANT TAMANG
      sms PRASHANT to 52525 from your mobile handset
      OR
      You can call 1902 424 52525 02 from your BSNL/MTNL fixed landline phone.
      Voting lines for Indian Idol will close on 23 September at 6 pm IST.
      Please Cast Your Vote Right Now also Ask for you family and Friends To Vote For Prashant!
      Time Has Finally Come – Its Now Or NEVER!
      Every Single Votes COUNTS!
      VOTING NUMBERS FOR OTHER COUNTRIES
      United Arab Emirate SMS PRASHANT TO 3535
      Bahrain (Batelco) SMS PRASHANT TO 95134
      Bahrain (MTC) SMS PRASHANT TO 77000
      Oman SMS PRASHANT TO 90149
      Saudi Arabia (Al-Jawal) SMS PRASHANT TO 82920
      Saudi Arabia (Mobily) SMS PRASHANT TO 6432
      Kuwait (Wataniya) SMS PRASHANT TO 1571
      United Kingdom SMS PRASHANT TO 83222

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan mani gautam,tokyo

      i don;t agree with many commenter ,it is not creative deeds,why u people r wasting time to vote and ,,,,,,,,,,,.why that much of big propaganda>>
      it is really unnecessary,it is too much

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prashant Fan

      Dear Nepalese Bro and Sis

      Cheers for prashant, Vot for prashant. See todays episode, he has been in pain as judge other then udit are supporting indian rather then nepali.
      lets not give up our hope

      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lakhe

      Hi everybody
      i came in USA two years ago with DV visa but mentally i am always in nepal.i am extremely happy to know that Prasant Tamaga managed to enter in grand finale which makes prouds around the world in nepali community.I ageed the writer the Prasant tamang is first nepali origin who became famous in the world with the help of internet.I listen Nepali FM with internet and news like mysansar.
      I would like to tell that nepali origin wherevery live is nepali if he/she loves nepal.Nepali citizen who lives in nepali but he/she does not love nepal then he/she is not nepali.I am happy to know that Prasant tamang is coming to USA for concert.I will try my best to participate his concert and i pray god that that concert will also take place in Denver colorado USA.Finally i wish grande success Prasant in
      indian Idol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hyper

      hahah this is way too funny. What the fuzz if you want to vote vote with your own money why would you want to ask money from me to vote for him. There are thousands of street children who needs attention right now rather than Prashant. Its fine to support him but the way people are putting it is way too much. Lets collect that money and take it to the people who are in great need. People are dying coz they cant have proper medicine, food, shelter. When are we going to concern towards the well of Society?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ratna Thapa

      Prashant Tamang must win the title. This is the well wishes of all Nepalese living in and outside Nepal, whether they are Indian, Burmese, Thai, British, American or Canadian. When Darjeeling, Sikkim, Assam and Dooars can worship, remember and praise Bhanu Bhakta, why not Nepalis of Nepal give a moral support to Prashant Tamang? Darjeeling has given a lot of things to Nepal, what has Nepal given to Darjeeling (except low salaried teaching jobs)? Have the Nepalese of Nepal seen how Nepalese of India support the Nepali football players playing in Darjeeling, Sikkim and Bhutan? Go to Gangtok during All India Governers’ Gold Cup Tournament taking place every year in October, and watch how much support a Nepali team gets from the local residents of India, or Indian Nepali population. Or, ask the players one by one, they will tell the fact.

      However, it is very correct opinion of some writers here that the fundraising should be legal and whatever fund is raised, must be utilised for Prashant’s victory.

      This episode has now opened the eyes of Nepalese of Nepal, now they have learned how to promote an artist in this way. This idea is very useful and hope in the future Nepali Tara, or Nepali Idol will also be promoted in a grand manner as Indian Idol.

      Best wishes to Prashant.
      Ratna Thapa, London, UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Paul pun

      मैले अरुकुरामा सहमति दिन नचाहे पनि प्रशान्तको मेहनतलाइ भने कदर गर्छु किनकि मेहनेतलेनै उनि यतिसमन पुगेको हुनुपर्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anand

      Can anyone pls tell me how to send SMS to Prashant from US or Canada?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      umesh ji is there any way to vote from USA.if yes pls giude us .we all wish to see prasant as a next indian idol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nisan

      आजभोलि नेटतिर यो र उ गरी विभिन्न फ्री एसएमएस साइटहरुबाट भोट दिन मिल्छ भनेर हल्ला गरिरहेको पाइन्छ। भारतका अरु नम्बरहरुमा एसएमएस गए पनि यस्ता विशेष नम्बरहरुमा एसएमएस जाँदैन।दुःख नगरे हुन्छ। ध्यान दिनुपर्ने कुरा के हो भने यस्तो नम्बरमा एसएमएस गर्दा अरु सामान्य नम्बरमा एसएमएस गरेभन्दा बढी पैसा जान्छ र यस्तो पैसा चाहिँ मोबाइल कम्पनी र कन्टेन प्रोभाइडर (यहाँ सोनी) ले आधा-आधा वा सम्झौता बमोजिम बाँडेर लिने सम्झौता भएको हुन्छ। फ्री एसएमएस साइटहरुबाट त्यसो गर्न मिल्ने भयो भने त खत्तम भइहाल्यो नि उनीहरुको व्यापार। बरु वेब भोटिङ भने मिल्छ। तर यसको लागि पासवर्ड भारतमा नै किन्नु पर्ने हुन्छ। प्रति भोट २ रुपैयाँ पर्छ यसको लागि । सोनीले आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरे भन्दा अरु तरिकाको भोट मान्य हुँदैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak (S. Korea)

      श्याम कुमार श्रेष्ठजी,
      हजुरले नेपाली भन्ने शब्दलाइ राम्ररी बुझ्नूभएको रहेनछ | नेपाली भंनाले नेपाली नागरिक, ग़ैर अबासिय नेपाली र् नेपाली मूलका भानेर चिन्नू पर्छ | प्रशान्त नेपाली नागरिक होइनन तर नेपाली चाही हूँन | नागरिकता लिनेमात्र नेपाली हुदैनन, कला, संस्कृति र् संसकारमाँ नेपलीपना आउनुपर्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jacob F USA

      फेरि गोर्खलिहरुले प्रसान्तको नाउमा कमाउने मौका पायो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      उमेश जि
      तपाईले पहिला नै भनि सक्नु भएको छ कि तर्क आ-आफ्नै हुन्छन।

      कुरा रह्यो इन्डियल आइडल प्रशान्तको। म इन्डियल आईडलको बिरोधी होइन। तपाई जस्तै मैले पनि आज सम्म इन्डियल आईडलको पुरा भाग राम्रो सङ्ग हेरेको छैन। अरु साथिभाई हरुले कुरा गरेको देखेर मैले पनि कहिले काहि हेर्ने गरेको हुँ। सायद प्रशान्तले “म नेपाली हुँ” भनेर भनेकोले उस प्रति भावनात्मक बिचार आएको होला। जहाँ सम्म इन्डियामा रहेका नेपालीको उठाउनु सवाल छ, तिनिहरुले पैसा उठाउन या नाउठाउन त्यो हाम्रो सवालको कुरा होइन।
      तर कठमान्डौँको चोक चोकमा बसेर त्यो पनि इन्डियन ताजको लागि भनेर लडिरहेको ब्यक्तिको लागि भनेर चन्दा उठाउनु भनेको कति सम्मको न्यायिक, ब्यबहारिक, र कानुन सम्मत छ?? यसको जवाफ चन्दा उठाउने संघ संस्थाले दिन सक्नु पर्छ। किनकि प्रशान्त भारतिय नागरिकता लिएर बसेको नेपाली हो। यो कानुन द्वारा प्रमाणित छ। भोली हामीले कानुनि तर्क गर्ने हो भने प्रशान्तलाई नेपाली भन्ने कि इन्डियन भन्ने? अनि के प्रशान्तको लागि उठाईएको सबै चन्दा सदुपयोग भएका छन? के हाम्रो लागि इन्डियन आइडल ठुलो हो कि “नेपाली तारा” ठुलो हो?? यदि हामीले इन्डियामा रहेको नेपाली जो इन्डियाको लागि आफ्नो बल, शाक्ति खर्च गरीरहेको छ, त्यसको लागि ज्यान दिन र चन्दा उठाउन पछि परेनौं भने, नेपालमा नै रहेर नेपाली गित गाउने “नेपाली तारा”को इज्जत सम्म पनि किन गर्न सकेनौँ?? इन्डियल आईडल प्रति देखिएको “ठुलो मन” भएका मानिसहरुले “नेपाली तारा”को कार्यकमको बेलामा कहा गएका थिए??

      म प्रशान्तको बिरोधी होइन, तर पनि प्रशान्त भनेको भारतिय मुलुकका नेपाली हुन। सबैले बुझ्ने शब्दमा भन्नु पर्दा भारतिय नै हुन। जुन तथ्य कानुनी र ब्यबहारीक रुपमा प्रमाणित छ।

      अनि कुरा रह्यो, हाम्रा चन्दा उठाउने मित्रहरु!! हाम्रो देश मा रोग र भोकले ग्रसित नेपालीको कमि भई सक्यो र?? इन्डियन आइडलको लागि भन्दा तपाई हाम्रो भोक, रोग ले ग्रसित नेपाली दाजु, दिदि , आमाहरुको हितको लागि पो चन्दा उठाउने हो कि??

      श्याम कुमार श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreeja

      यो त अति भो|नेपलि हरु जैले पनि अफ्नै बेऐजत गर्चन्|उसैत सन्सर भरि नेपलि भनेपच्हि माग्ने जस्तो गर्च्हन झन येस्तो गरे पअचि त प्रमानित भयेनर नेपलि सन्चैनि मौका च्ूपेर मअग्ने हरु हुन भने|हुनत बादिपिदित लाइ भनेर चन्दा मागेर पिक्निक गयेर, रक्सि धोकेर, बबाल गरेको समाचर आउने देश मा प्रशन्त को नाम मा चन्दा मग्दैमा त केहि थुलो कुरा भयेन,पिक्ीक जानत बन्कि नै च्| हुनत प्रशन्त ले इन्दियेन आइदल जितेपचि पिक्निक जान उथाको होला| के भो त जिते फ्स्त भो भनेर जाने पिक्निक नत्र सेकेन्द त भयो तेत्रो थुलो इन्दिआ मा यौता नेपलि भनेर जाने पिक्निक्| क्य मजाको ताल पर्र्यो त मान्चे थगेर रक्सि धोक्ने| इन केस कसैले पैसा दिन मानेन भने, त नेपलि होइनस भनेर ाअस्लिश सब्दले गालि गर्न पाइने|अनि त नदियेर सुख|सबैले हेर्दै गर्नु होला, इन्केस प्रशन्त सेकेन्द भो भने येस्ता ग्रुप ले नेपल को बातो मा तायेर बल्ने च्हन्|अनि फेरि कति गादि को सिसा फुत्ने हो फेरि|के गर्ने रक्सि त पचाउनि पर्यो नि, तर कुनै कुनै बाहना चाइयो| अन्तेमा, येस्तो चन्दा उथौने काम ले हमि भोत गर्ने लै निरास मत्रै पारच| हमि येहा दिन को दस भोत दिने नियेम बनायेको मान्चे हरु लाइ यो देखेर त बेऐजेत लग्यो अफ्नै|के गर्ने बिदेसि लाइ भोत गर्न भन्यो त, येस्ले पनि कमिसन पाउदो रैच भने सोच्ने भो|किर्पया मन भये आफै गायेर भोत गर्नुस्| येसरि हमि नेपलि को बेऐजेत नगर्दिनुहोस्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dk

      मलाइ त राम्रो लाग्यो
      जे होस प्र्शान्त सिमापारि
      भयेर के भयो त मन त
      नेपालि हो
      प्र्शान्त इन्दिअन आइदोल मात्र
      नभयेर नेपालि सन्गित को लगि पनि
      येउता गहना बन्नुहुने६
      कामन ६ मेरो पनि प्र्शान्त जि
      को लागि सफल होउन्
      दी.के. येस .कोरेआ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हैन शाथिहरु क़तार बाट चाहि कसरि यस एम एस गर्ने हो हौ ? थाहा भयका शाथिहरुले भनौ न हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      can we sms (web voting) from http://www.babbaal.com/sms??? If it works its easy to us who is living aboard from where we cant vote.

      please reply us. thx

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुजित ढकाल/ नगेन्द्र ईंग्नाम

      प्रशान्त…भानुभक्तको सही चेलो !

      कार्यक्रम नेपालको सिमा भन्दा बाहिर भयो भन्दैमा त्यसमा भाग लिने मान्छेको मन गैर नेपाली भन्न मिलदैन। नागरिकता जे अंगालेपनि जाति नेपाली नै हो। नेपाली मन लाई भौगोलिक र नगरिकताको सिमाले छेक्नसक्दो रहेनछ भनने कुराको प्रमाण हो – प्रसान्त तामांगको नाम। करोडौको भीड्मा उनले एउटा सानो नेपाली गीत गाइदिदा नेपाली जतिको मन कति खुशी भयो होला। मत भन्छु, जसरी भानुभक्तले बिश्व भरीका नेपालीहरुलाइ भवनात्मक रुपमा एकीकरण गरेका छन , त्यसरीनै प्रशान्तले एक्काईसौ शताब्धीमा बिश्वका नेपालीहरुलाई एक बनाईदिएका छन। यो तागत भानुभक्त भन्दा पछि कसैमा थिएन-नेपाली बिश्वमा,यो केटो बाहेक।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puspa

      धन्यबाद | गीत सगीत प्रति को नेपाली युबा हरु को लगाव को लागि | मेरो बिचारमा नेपाली सन्गीतका सम्पुर्ण स्रस्टाहरु लाइ यस्तै सम्माफ दीइनु पर्द | थुप्रै नारायन्गोपाल र गोपाल योन्जन हरु जन्मिने अवसर पाउने थिये जसबाट हाम्रो देस्को इज्जतृ टुलो हुनेद | धन्यबाद फेरि पनि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr Saila

      के गर्ने काम नभयेपच्हि युबा युबति ले के गरुन त.मलाइ त किन किन लाज़ पो लाग्यो .एक त प्रोग्राम पनि बिदेसि हो क्यारे अर्को गायेक पनि बिदेसि.

      कोरिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker