-रोहित दाहाल/काठमाडौं-
नेपाली राजनीतिमा खटपट देखिन थालेपछि भारतीय उच्च ओहोदाका व्यक्तिहरुको नेपाल भ्रमण सुरु हुन्छ। यतिखेर सात दल र नेकपा माओवादी बिच केही खटपट देखिएको छ। र भारतीय सरकारको दूतका रुपमा विदेश सचिव शिवशंकर मेनन काठमाडौं आइपुगेका छन्।
शनिवार दिउँसो दुई बजेतिर काठमाडौ ओर्लिएका मेननले करिब पाँच घण्टाभित्र नेपालका शक्तिशाली दलहरु मध्येका नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई भेटे।
अब भोलि आइतबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाई भेटेपछि तीनबजे विमानस्थलमा पत्रकार सम्मेलन गरी उनी स्वदेश फर्कनेछन्। शक्तिशाली तीनवटा नेतालाई भेटुञ्जेलसम्म मेननले पत्रकारहरुसँग एक शब्दसम्म बोलेका छैनन्।
भेटपछि नेताहरुले भारत संविधानसभाको निर्वाचन समयमा होस् भन्ने चाहन्छ, मात्र भनेका छन्। साउथ ब्लकको घेराभित्र रहेको नेपालको राजनीतिमा मेननले त्यति मात्र सन्देश ल्याए भन्दा तर्क कमजोर हुन्छ। तर, त्यो सन्देशको पोको कसैले खोल्न चाहेका छैनन्, शायद ‘कुटनैतिक मर्यादा’ यसको छेकवार हुनसक्छ।
सन्देश के थियो, नेपाली राजनीतिमा देखिने परिणाम नै पर्खिनुपर्ला। तर, संविधानसभा निर्वाचनबाट भाग्न खोजिरहेको माओवादीलाई फकाउन या तर्साउन मेनन नेपाल आएका हुन् भन्ने तर्क गर्नेहरुको संख्या अधिक छ। मेननको स्वदेश फिर्तापछि माओवादीबाट आउने प्रतिक्रियाले यसको जवाफ दिने नै छ।
तर, यति चाहिँ पक्का हो, नेपाली राजनीतिमा भारतको ‘हस्तक्षेप’लाई अब कसैले नकार्न त सक्दैन नै, यो पनि नकार्न नसकिने तथ्य भएको छ कि भारतीय विस्तारवादको नारा लगाएर नथाक्ने वामपन्थी पार्टीदेखि राष्ट्रवादको कुरा गर्नेसम्म भारतीय हस्तक्षेप बिना मुलुकको राजनीति अघि बढाउन सक्दैनन् र भारतीय हस्तक्षेप कुनै न कुनै रुपमा चाहन्छन्।
No related posts.









फुट गराउ अनि राज्य गर भन्ने सिद्नान्त कायम राखेको छ ,हाम्रा नेताहरुले किन बुज्दैनन्?
मन परे हरियो, नपरे रातो
1
0
why Indians are so much involved in our internal matter. why not they involve to solve their own problems rathen then othern neighbour country. The other most important thing is our shameless leaders or politicians who said themself as democrates. All the time Indians wants to have have their influence in our politcal situation and it makes us like we are not sovereign people of Nepal. I am not against the development of India but the role India is playing as like big brother is very very bad. How they are involved in our political situation and can Indians do the same for Pakistan.And our shameless politicians you all have to know this thing and do not go to Delhi all the time when you hav eproblem. You people even do not hav ecommonsense how make your party unification and why you always need the help from Indian Ambassdor or their Foreign Secretary has to give you suggetion. One Ambassdor have only the diplomatic responsibilty to fullfill from onbehalf of his country rather have to involved in other country’s internal matter. why not Nepalese people do not come out in the street and make demonstration against such involvement and if we keep silent in this way then one day it is hard to say we are independent Nepalese.
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो चिन्तन , खानपान, गान बजान, वेषभूषा सबै भारतीय भैसक्यो । रक्सी टन्न पिएका जँड्याहा समेत नशा चढेको सूरमा हिन्दी बोल्न थाल्छन , मष्तिष्कको विचित्र उठानसंगै । सायद यो अति निकटताको प्रभाव पो हो कि वा पहिलै देखि थियो पनि होला !
राजनीतिको कुरा गर्दा कट्टर राष्ट्रवादी भनाउँदाहरूको राजनीतिको यात्रा पनि भारत बिरोधी भएर शुरू हुन्छ अनि भारतीय पाऊमा त्वं शरणं भएर टुङ्गिन्छ । जबसम्म राजनीति गर्नेहरू झिना मासिना हुन्छन र तिनको हैसियत बनिसकेको हुँदैन तब सम्मकालागि तिनको राष्ट्रवादी रट देखापर्छ , तर जब सत्ताको चास्नी नजिक आएको रूपमा देखापर्छ त्यतिबेला भारतीय विस्तारवादसंग लड्छु भन्दै तराईभरि मुसाका दूला जस्ता सुरुङ खन्दैछौँ भन्नेहरू पनि , तिनै दूलै दूला घिस्रेर दिल्ली पुग्छन र पाहुनाको खाँतिरदारीमा रमाएर पानमसला खाँदै नेपालको राजनीतिमा अवतरण हुन्छन् । अतिवादको विश्वव्यापी चरित्र हो कि कुनै कुरामा ऊ १८० डिग्रीको परिवर्तन आफ्नो लाभ अनुकूल हुने गरी लिन ऊ माहिर हुन्छ ।
अहिलेसम्म आएर सबै राजनैतिक पक्षले यो बुझे जस्तो छ , नेपाली राजनीतिको सत्ता केन्द्रमा बस्ने नसीब बनाउन छ भने, दक्षिणी छिमेकीलाई खुशी राखी राख्नुपर्छ । हेर्नुस् न भारतले कसरी नेपाललाई तीन दिशाबाट मायालु ढंगले गम्लङग अँगालेको छ ! को सक्छ यो मायालु अंगालोबाट फुत्किएर लप्सीको च्याम्पटी झैँ उछिट्टिन ?
४६ सालमा राजा वीरेन्द्र अनि पछिल्लो समयमा ज्ञानेन्द्रको बुद्दिमा कुन किराले गुँड बनायो कुन्नि , भारतको रोषमा परे । तर त्यसभन्दा पहिला र पछि पनि नेपाली राजतन्त्रका खराउ पनि दिल्लीमा नै हुन्थे । तर पञ्चायतको राष्ट्रवाद पनि भारत बिरोधबाट शुरू भएर उसकै पछि पछि लाग्दै नै समाप्त हुन्थ्यो ।
नेपालको कांग्रेस पार्टीलाई त नेपाल नै भारतलाई बेलाबेलामा बेच्दै गर्ने वफादार एजेण्ट हो भन्ने आरोप हिजोका पञ्च र कम्युनिष्टहरू सँधै लगाउने गर्थे । अत: उसको भारत भक्तिमा प्रश्न उठ्ने कुरै भएन । नेपाली बामपन्थीहरू ( हिजोको माले एमाले देखि अहिलेका माओवादीसम्म) जसले ‘भारतीय विस्तारवाद मूर्दावाद’ का राता नाराले सारा भित्ताहरू पोत्ने गर्थे अनि आफ्ना विद्यार्थी संगठनहरूका मन माथिंगल भर्ने गर्थे ,हरूले पनि यो सत्ता राजनितिको सत्यलाई बिगतका केही वर्षहरूमा अरूले भन्दा बढी अपनाउन र आत्मसात गर्न लागेका छन् । लागेको होला ,यस्तो अचूक मूल मन्त्र किन छाड्ने ? त्यसैले पनि माओवादी राजनीतिको उठान र क्रान्तिको तयारी पनि भारतीय भूमिबाट हुन सम्भव भएको हो । एमाले र कांग्रेसको राजनितिलाई त पश्चिम बंगाल र दिल्लीबाट किस्ता किस्तामा आशिर्वाद प्राप्त भएको भऐ नै छ पछिल्ला समयमा । त्यही कडिमा पछिल्लो दिल्ली भ्रमणको सफलतालाई लिएर एमालेको उत्साहले प्रधानमन्त्रीको कुर्सी आँफैले फेला पारिसकेको समेत प्रचार गरिएको थियो । हुनसक्छ , त्यस्को पटाक्षेप हुनै बाँकि छ ।
भनिन्छ भूगोललाई परिवर्तन गर्न त सकिन्न तर छिमेकीसंगको व्यवहारलाई परिवर्तन गर्न भने सकिन्छ । नेपाली राजनीतिको अतिवादले भारत बिरोधमा राजनीति शुरू गर्छ र समर्पणमा विसर्जन गर्छ । यसले बताउँछ हाम्रो अतिवादी शैलि नै मुख्य रूपमा खोटो र त्रुटीपूर्ण छ किनभने हामीले कहिल्यै राष्ट्रवादमा सामान्यपन र सरल व्यवहार गर्ने कुरा पनि हुन्छ भन्नै जानेनौँ । हामीले आँफूलाई भारतीय ठुल्दाईबाट हेपिइको वा पेलिएको कुरा गर्दै डिफिटिष्ट मानसिकताका हुन मात्रै सिकाइरह्यौँ । कहिले ऋतिक रोषन काण्ड गराएर वा प्रशान्त तामाङलाई भोट दिएर हाम्रो डिफिटिष्ट इगोको भरपाइ विजय रोज्ने प्रवृत्ति देखाउँछौँ , विचार र व्यवाहारमा राजनैतिक नाराको विचित्र धमास बोकेर अरु कुरालाई बिर्सिन्छौँ ।
कसैसंग पनि सम्बन्ध चाहिने भन्दा बढी निकट वा शत्रूतापूर्ण कटू बनाउनु दुवै अतिवादी चरित्रमा पर्छन र तिनले सम्बन्ध सामान्यीकरण हुन दिँदैनन । हामीलाई लगातार त्यही गर्न पर्ने हुन्छ किनभने यही खालको भ्रममा नेपाली राजनीतिको मियो थामिने गरेको छ ।
तर पनि नेपाल र भारत समान सांस्कृतिक विशेषता र धेरै कुरामा एउटैपनका साझेदार भएका र प्रकृति र भूगोलले पनि अन्योन्याश्रित बनाइदिएको हुँदा असल छिमेकीको रूपमा रहन सक्ने परिस्थिति प्रशस्त छन् । नेपालले भारतको बिरोधमा राजनिति केन्द्रित गर्नु अनि त्यहीँ समर्पण गर्दै विसर्जन गर्ने खालको अति सीमामा पुग्नु भन्दा , मध्यबाटो अपनाउन सक्छ र सक्नुपर्छ । भारतलाई नेपाली राजनीतिको प्रतेक चटनी पिसाइको काममा हस्तक्षेपकारी भूमिका दिलाउने कार्यमा भने हाम्रा आँफै खुट्टा टेक्नै नसक्ने inept नेताहरू र राष्ट्रवादको फलाकोमा राजनीति धान्ने धन्दामा लिप्त अतिवादी राजनितिको खोटोपन नै जिम्मेवार छ ।
मन परे हरियो, नपरे रातो
1
0
It’s not the time to blame Indians for the political leverage to want to apply. They are acting perfectly, to try and implemet their National interest policies when a neighbour is weak.
The blame actually rests on us. Each of us(political parties) trying to push their own agenda and creating a power vaccuum and inviting somebody else to occupy it.
मन परे हरियो, नपरे रातो
1
0
Until and Unless Chinese becomes a little interested in Nepalese politics,India continues to play a Villan role(‘sakuni’) in the politics of Nepal.
To check and balance Chinese should come forward,and we should be very careful.Nepalese politician should open ‘syprubesi entrance,should extend araniko highway.”
My question with Girija,Prachanda,maakune,what you guys will do if a group wolves comes to attack you??
You will Untie your ‘sikari’ dog?/right??or if you have kept Tiger in you control you will let it fight with wolves ???and be safe!!!!
Same tactics is the only way for sovereign,free and democratic Nepal.
MR.Girija!Mr.Prachand and Mr.Makune if you tried to make friendship with a wolf it will eat you from inside(like ‘kanai kanai aandra bhudi nikaalne’).that is what a wolf usually does?????
India is a wolf.
मन परे हरियो, नपरे रातो
1
0
All the citizen of Nepals need to be aware with all Dog leaders of Nepals. Bcoz non of the leaders are wiliing to develop the Nepals future. They are just barking on the road. So many peoples were dead on the different types of war but what they got at last nothing.thats why don’t believe any of the leaders. Specially G.P Koirala, Sailaja, Madhab Kumar Nepal. Indian Shiva shanker came in Nepal only to improve G.p. Koiralas economic condition. We don’t care all Kutta leaders. They won’t do anything for favour of public.
मन परे हरियो, नपरे रातो
1
0
Yes, why do you blame the Indians for the mess you have made in the country yourselves? Where is your road map of development? Education, health care, food, clothes, housing, transport, electricity and drinking water, etc are our basic needs. No leader has any interest in improving and developing these facilities. They only quarrel about their own financial and other benefits. They only talk and fight for their prominent place in the government. Yes, we must have election not only for the constitutional Assembly but also for forming a government for the people and their welfare. Those who never went to the people to get elected should have no say in our future constitution or governments.
Nobody has a right to stop the march of the people towards a real democratic set up. Let people decide what they want and no self appointed leaders can dictate what Nepal should be.No leader now in power nor any foreign power has any RIGHT to interfere what our people are deciding in the coming election. We Nepalese are sovereign and independent people and we will remain so for ever.
मन परे हरियो, नपरे रातो
1
0
हाम्रा नेताहरु आफै मिल्लान भनेर आशा नगरे हुने भैगो अब अर्कैले आएर भए पनि मिलाईदिए त राम्रै हुन्थ्यो|बरु मिल्न नदिने खेल खेल्न पो आएका हुन कि भन्ने चिन्ता छ|
मन परे हरियो, नपरे रातो
1
0
भारतले आदेश नदिकन हाम्रा नेता हरु कुकुर र बिरालो जस्तै झगडा मै मस्त हुनछन के गर्ने ? आफ्नऐ नेताहरु तेस्तो भयपछ्हि अरुलै के दोश दिने !!!
अरु त अरु अस्ति हाम्रै खुन्खार नेता प्रचन्ड जि ले नै “लोक्तन्त्रिक आन्दोलन सफल हुनुमा १९ दिन को आन्दोलन १ खन्बा हो भने भारत को समर्थन अर्को खम्बा” भनेर दिल्लिमा भारत को चाकडि गर्नुभयको होइन र !
अब चै केहि होला !!!
रातो भाले
मन परे हरियो, नपरे रातो
1
0
INDIAN DIPLOMATS FAILED ON 8TH OF BAISAKH!
MORIARTY CO., LTD ALSO FAILED AND NOW SHIFTED TO BANGALADESH!!
ALL FOREIGN FORCES [WHO ARE TRYING TO ASSIST FEUDAL FORCES] WILL BE PROVEN FAILED IN OUR LAND!!!
NEPALESE PEOPLE WILL BE THE WINNER AT THE END OF DAY!!!!
मन परे हरियो, नपरे रातो
1
0
अब कुरा मिल्ने हो कि बिग्रिने हो, के थाहा र ?
मन परे हरियो, नपरे रातो
1
0
This kind of problem was created by our own
leaders. Why should we blame to Indian leader?. Why all the political parties are barking for CA Poll only but all the political parites never talk about the road map for the developing our new Nepal. We must kick out all these politicians through ballet on coming CA poll.
Arjun
मन परे हरियो, नपरे रातो
1
0
धन्ने हामि नेपालि र हाम्रो भाग्य…… !!!!!!!!!!!!!
दुख मान्नु मात्रले केहिहुने वाला छैन…….तरपनि खै-केनै पोछर…???
समाधानको उपाए ? सतिले सरापेको देस भयेरपो होकि?
मन परे हरियो, नपरे रातो
1
0
आफ्नै देशमा त यिनिहरु के गरेका छन र अनि नेपालमा केही गर्न आए भनेर आँशा गर्ने ठाउँ छ र भनेको?राम्रो कामनै गरिदिने भए यतिका साल हुँदापनि खोइ त?के भयो नेपालमा यो सबै नाटक मात्रै हुँदैछ के गर्ने मेरो नेपाललाई यिनिहरुले आफ्नो सानदेखाउने स्थान मात्र बनाएँ|नै त गरिखान नै दिए नत सु:ख सँन्ग बाँच्न दिए|मेरो नेपाललाई यि भारतियहरुले अन्तिम झटारो जस्तै बनाएँ त्र..हामि नेपालिको होशकहिले खोल्ने यदि मैले देखेको भारत ले नेपाललाई सहयोग गर्छ भन्ने कुरा सपना मत्र हो अर्को भारत भए होला जय नेपाल सान्त र सुन्दर नेपाल|
मन परे हरियो, नपरे रातो
1
0