मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि बम आतंक


    आर्मीको यो बम डिस्पोजल रोबोटले आज फेरि काम पाएको छ। केही दिनदेखि यो रोबोट सार्‍है व्यस्त हुन थालेको छ। धेरै पहिले माअ‍ोवादीको सशस्त्र युद्धका बेला यो रोबोटको काम निकै थियो। बीचमा यसले आराम पायो। तर सेप्टेम्बर २ मा काठमाडौँमा शृङ्खलावद्ध बम विस्फोट भएपछि यसले निकै काम पाउन थालेको छ।

    आज पर्यटकहरुको भीड हुने ठाउँ ठमेलमा एउटा मोटरसाइकल माथि रातो कपडामा बेरिएको शंकास्पद वस्तु भेटिएपछि केही बेर त्यहाँको जनजीवन त्रसित बनेको थियो। यो रोबोटले जाँच गरिसकेपछि विस्फोटक पदार्थ नभएको पुष्टि भयो। अनि के रहेछ भनेर खोलेर हेर्दा त एउटा लञ्चबक्स पो रहेछ।

    आतंक फैलाउने हिसाबले नै यो पोका त्यहाँ राखिएको प्रष्टै छ। नभए रातो कपडामा बेरेर पार्किङ गरिएको मोटरसाइकलको ह्याण्डलमा त्यस्तो पोका कसैले किन राख्छ र ?

    यसअघि पनि सेप्टेम्बर ११ मा नारायणहिटी दरबारनजिकै भेटिएको शंकास्पद वस्तु बम भन्ठानी आतंक मच्चिएको थियो तर त्यो विस्फोटक पदार्थ नभएको पुष्टि भएको थियो। यी घटनाले काठमाडौँमा अझै पनि आतंक फैलाउने गिरोह सक्रिय रहेको स्पष्ट हुन्छ। हुन पनि यत्रो दिन हुँदासम्म प्रहरीले अस्ति शृंखलावद्ध बम विस्फोट कसले गराएको हो, पत्तै लगाउन सकेको छैन, पक्राउ गर्ने त कुरै छाडौँ। पत्ता लगाएर कारबाही गरेको भए पो यस्तो घटना कम हुन्थ्यो त। [फोटो सौजन्यः प्रदीप श्रेष्ठ]

    No related posts.

    6 comments to फेरि बम आतंक

    • Amit Babu Shrestha

      Nepal was one of the peaceful country in the world.However,Now a days there is no any peace.We can see and listen anywhere about the recent serious matter of Nepal.It is not really a good thing.Everyday,people shuld live with a great fear.How long it would take to be free from fear?It shows that there will not be election in the future.That’s why home ministry has to take it very very seriously to make electin succcessful.Otherwise,there is not the possibilty of being election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • By the way,
      How was the “BOMB” found?
      By the Intelligence or by halla?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tikaram luitel

      नेपालमा घटेका यस्ता घटनाहरुले भारतको कुनै अपरधी समुह नेपलका ठाउ-ठाउमा प्रवेश गरेको अनुमान गर्न सकिन्न्छ, तर उनिहरु मात्रैले यसो गरेका छैनन उनिहरुलाइ सम्रछ्यन दिने कोहि आफ्नै आमालै नाग्याउन खोज्ने नेपालिका नाउमा कलकितहरुले यस्रता घटनाहरु घटायको हुनु पर्छ,सरकरले यस्को सामाधान गर्न नसक्नुको प्रमुख कारन देशको खुल्ला सिमाना हो,अत; जबसम्म देशको खुल्ला सिमाना रहन्छ देशमा शन्ति हुन्छ जस्तो मलाइ लाग्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THIS IS SERIOUSE MATTER FOR OUR SECURITY SEVICES.OUR GOVERMENT SHOULD TAKE SERIOUSE ACTION ABOUT IT. THIS IS NOT A GAME LIKE TOM & JERRY

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishnayan

      कती लाचार छाया रहेछ नेपाल सरकारको सुरक्ष्या संयंत्र भनेर यो घटना ले प्रष्ठ पर्ध्छा केवल जनता को पसीना खायेरा बसेको गृह प्राशासनलाई अलिकती लाज लग्नू पर्ने हो …………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amit

      यो बम राखअने को घर मा एकचोती अफ्फै बोम पदकोश न कति मज्ज औउथो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker