नेपालमा चार जना प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव मेरो हैन, नेपाल सदभावना पार्टी (आनन्दीदेवी) को हो। त्यसो त आनन्दीदेवीलाई नै किकआउट गरिसकेपछि यो पार्टीको नाममा आनन्दीदेवी झुण्ड्याउनु नपर्ने हो। सदभावना पार्टीको संस्थापन पक्षसँग विद्रोह गरेर भर्खरै वीरगञ्जमा विशेष महाधिवेशन गरेको पक्षले मन्त्री राजेन्द्र महतोलाई अध्यक्ष चुनेका छन्। आनन्दीदेवीलाई अविश्वासको प्रस्ताव पास गरेर निकालिएको छ। आनन्दीदेवीले भने मन्त्रीलाई फिर्ता बोलाएर महाधिवेशन गर्न सक्रिय हुने अन्य केहीलाई साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ। अब कुन पार्टी वैधानिक भनेर लामो विवाद तन्किने निश्चित छ। आठ दलको बैठकमा पनि अब कुन पार्टी सामेल हुने हो कुन्नि ? दुवै राख्ने भए नौ दल हुने भयो। आठ दल कै अर्को घटक जनमोर्चा पनि तीन टुक्रा भइसकेको छ।
खैर, पार्टी टुटे फुटेको विवाद हैन, हामी यहाँ कुरा गर्दैछौँ सदभावना पार्टी (….) को भर्खरै सकिएको विशेष महाधिवेशनले पास गरेको एउटा नीतिको। यो पार्टीले नेपाललाई तीन वटा राज्यमा टुक्राउनु पर्ने प्रस्ताव पास गरेको छ। अर्थात् हिमाल, पहाड र तराई। अनि तीनै वटा राज्यमा छुट्टाछुट्टै प्रधानमन्त्री रहने रे। हिमाल प्रधानमन्त्री, पहाड प्रधानमन्त्री अनि तराई प्रधानमन्त्री। अनि एक जना संघीय प्रधानमन्त्री पनि रहने रे। यसरी नेपालमा जम्माजम्मी चार जना प्रधानमन्त्री रहेर देश चलाउनु पर्ने भन्ने नौलो प्रस्ताव सदभावनाले अथवा भनौँ राजेन्द्र महतोको पार्टीले पास गरेको छ।
No related posts.









The problem now is that none of the political parties are confedent of achienving the result desire in the election.But the new constitution can still be drafted .The consensus of all the parties is that they will form the constitution through constituent assembly so that before the preparation of the manefesto there shuold be clear commitment between the political parties for durable peace fundamental right a federal system of state and multinguistic and multi cultural policy
Pusp Prasad Luintel
president
Green Nepal Party[Hariyali] BOston ,U S A
मन परे हरियो, नपरे रातो
0
0
कस्तो खालको मान्छेहरु हून. अलिकती पनि बिचार नभाको, संसारमै नभाको, नसुनेको कुरो. अब चाहि देशै टुक्र्याउने कुरो गरे जस्तो छ. यस्तो बुद्धि कल्ले दिया होला ???
मन परे हरियो, नपरे रातो
0
0
चार वटा मात्र किन र चालीस वटा बनाए भैगो नि, होइन?
मन परे हरियो, नपरे रातो
0
0
ओहो बेतुकको कुरा. देश शन्घिय राज्यमा परिणत हुन लागिरहेको बेला यसरि प्रधानमन्त्रि छुट्याउने हैन शन्घिय राज्य भय पछि प्रतेक राज्यले एक एक वोटा मुख्यमन्त्रि भय भैहल्योनि. एउटा देशमा तिनवोटा चार वोटा प्रधानमन्त्रि राख्नेकुरागर्ने मुरखहरुले राजनिति गरेको देशमा के उभो लाग्ला खोइ. यो महतो सहतो लाई तेसैको पर्टिको एउटा प्रधानमन्त्रि छुट्यायर दियपनि तेल्ले पाउनेहोइन फेरि सबै सदस्यहरुलाई एक एक वोटा प्रधानमन्त्रि चाहि हाल्छ फेरि.
तेसोत…
मलाई पनि एउटा प्रधानमन्त्रि चाहियको छ तेसैले चार पाच वोटा होइन अब देशको नागरिक र जनता भन्न छोडेर अब प्रधानमन्त्रि भन्ने होकि?
जय नेपाल
प्रधानमन्त्रि आदित्ये!!!
मन परे हरियो, नपरे रातो
0
0
के मति हो यिनिहरुको म बुझ्न सक्दिन, लौ तराईको एउटा प्रधानमन्त्रि बनाउने भन्यो भने पनि यिनिहरु हजारवटा सब ग्रुप निकाल्छन अनि एउटा झा प्रधान्म्न्त्री अर्को यादव अर्को तेलि अर्को मुस्लिम अर्को के…..कुबुद्धि हरुले जनता लाई दुख दिन बाहेक केहि जान्दैनन …तराई मा नेत्रित्व को अभाव छ पुरा नेपाल्मा पनि प्रोब्लेम त तेहि नै हो…
मन परे हरियो, नपरे रातो
0
0
झटट हेर्दा प्रस्ताव लहडी जस्तो देखिन्छ तर तीनवटा होईन पाँचवटा मुख्य मँत्री वा प्रत्यक्ष रुपमा जनताको मत लिएर गभर्नर राख्नपर्ने देखिन्छ प्रत्येक भेगको लागि। ती भेग वा प्रदेशहरु हुनसक्छन:
-हिमाली
-पहाडी
-माझ पहाडी
-माझ तराइ
-तराइ
(भौगोलिक, जाति वा के को आधारमा मिलाउने त्यो विचार पुर्याउन आवश्यक देखिन्छ)
यसका अतिरिक्त राजधानीका तीन शहरी ईलाकालाई नेशनल क्यापिटल रिजन भनेर छुटटै व्यवस्था गरे राम्रो हुनेछ। जसको सँचालनको भार काउन्सिलका मुख्य प्रशासक हुने जसलाई पाँचवटा क्षेत्रवाट चुनेर आएका प्रतिनिधिहरु सहित
काउन्सिलका निर्वाचित प्रतिनिधिहरुले समानुपातिक मतको आधारमा गर्नेछन।
मनमा लागेको कुरा हो –सठीक नै हुनपर्छ भन्ने छैन। विचार न हो। चिरफार गरेर हेरे हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
बेकुब महतो .नेपाल लाइ टुक्राउने कोशिस हो यो.
मन परे हरियो, नपरे रातो
0
0
Read this way.
One – Prime Minister
Three – Primier or Chief Minister
Not bad idea.
मन परे हरियो, नपरे रातो
0
0
देश् बनाउन प्रधानन्त्रि नै हुनुपर्च्ह भन्ने च्हैन्.आफ्नो आफ्नो थाउन बात आफ्ुले सकेको मात्र गर्यो भने पनि देश बिकास निस्चित च्ह.नेपाल बन्द्,चक्का जाम्, अनि नचाहिने गफ गर्दै हिदने नेता हरुले गर्दा देश बिग्रेको हो.
मन परे हरियो, नपरे रातो
0
0
भनेपछि ए पार्टिभि गया काम से. सद्भावना ‘क’ प्रधानमन्त्रि, सद्भावना ‘ख’ प्रधानमन्त्री बनाउने होकि मन्त्रीज्यु? देशको एउटा जिम्मेवार मन्त्रीको यस्तै कुराले हुन्छ नया नेपाल ? मन्त्रीपदको लागि पार्टी फुटाउनेले देशलाइ के दिन सक्ला भनेर आशा गर्न सकिन्छ र खै?
मन परे हरियो, नपरे रातो
0
0
hey god whats going on ??????????i think all the politician party r going to crazy n make heel to nepal plz god help us !!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
why only four P.m. in our country, if they want to only name give each family one p.m then no one is going to fight about power.
मन परे हरियो, नपरे रातो
0
0
यो कस्तो निति हो, के हिमाल प्रधान्मंत्रिले कन्चंजन्घा देखी दार्चुला सम्मका हिमाल मात्रै हेर्ने रे ?
भारतीय चलचित्र हेरेर योजना बनाउने हो की, नेपालको भूगोल हेरेर हो ? धन्न नेपाल !
मन परे हरियो, नपरे रातो
0
0
हरे भगवान यिनी हरू ले हाम्रो देश नेपाल लाइ लथालीङग नै बनाउने भयो, के दशा लागेछ हाम्रो देश लाइ
छिमेकी देश चिन र भारत बिकासको चरमसचलीमा छ भने हाम्रो देशको नेता हरू चही भ्रष्टचार र यस्तै नचहिने नचहिने
बकबास कुरा र काम हरू गरेर देश लाइ बिगरने भयो, लौन दाजु भाइ, दिदी बहिनी हो अब हाम्रो देशलाइ यस्ता
नेता हरू बाट बचाउनु परयो ।
मन परे हरियो, नपरे रातो
0
0
Why not to propose Rajendra Mahato as the Prime minister, President whatever post available in his own Family?!
He doesnot bear the merits to be leader in masse.
मन परे हरियो, नपरे रातो
0
0