मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपाली मिडियामा पत्रकारको हालत

    श्रमजीवी पत्रकार ऐन संसदले पास गरिसकेको बेला नेपालका मिडियाहरु कसरी पत्रकारहरुको शोषण गर्दैछन्, त्यसको एउटा उदाहरणको रुपमा यो करारनामाको एउटा नमूना प्राप्त भएको छ। यसमा प्रथम पक्षका रुपमा सञ्चार संस्था रहेको छ भने दोस्रो पक्षका रुपमा पत्रकार कर्मचारी। अब आफै हेर्नुस्, कस्तो छ पत्रकार कर्मचारीको हक अधिकार।

    करारका शर्तहरु

    १. यो करारनामा आज करारनामा भएका मितिबाट ३ वर्षसम्मका लागि कायम रहनेछ।

    २. द्वितीय पक्षले यस करारनामा विपरीत वा प्रथम पक्षको हित विपरीतको कार्य गर्न पाउने छैन। यदि प्रथम पक्षको हित विपरीत कार्य गरेमा यस करारनामा स्वतः रद्द भएको मानिनेछ र प्रथम पक्षले तोकिएको कार्यबाट द्वितीय पक्षलाई हटाउनेछ।

    ३. यस करारनामाको समायावधिभित्र द्वितीय पक्षले प्रथम पक्षको कार्यालय छाडी अन्यत्र समानस्तरको सञ्चार क्षेत्रमा जान पाउने छैन। यदि यस करारको समयावधिभित्रै द्वितीय पक्षले प्रथम पक्षको कार्यालय छाडी गएमा द्वितीय पक्षले खाइपाई आएको १ वर्षको तलब रकम बराबरको रकम क्षतिपूर्ति वापत प्रथम पक्षलाई तिर्नु बुझाउनु पर्नेछ। यसरी द्वितीय पक्षले बीचैमा छाडी गएको अवस्थामा क्षतिपूर्ति नबुझाएमा प्रथम पक्षले कानुन बमोजिम असुल उपर गरी लिन पाउनेछ।

    ४. यस करारनामाको समयावधि समाप्त भएपछि अर्को करारनामाद्वारा समायावधि थप नभएमा द्वितीय पक्ष प्रथम पक्षले तोकेको कामबाट स्वतः हट्नेछ। साथै प्रथम पक्षले पुनः राख्न चाहेमा यस करारनामाको अवधि समाप्त हुनुभन्दा पहिल्यै अर्को करार गरी प्रथम पक्षले काममा लगाउन सक्नेछ। काम दिने वा नदिने विषय प्रथम पक्षमा निहित रहेको छ।

    ५. यदि द्वितीय पक्षले प्रथम पक्षको हानी नोक्सानी हुने किसिमबाट वा प्रथम पक्षको कुनै सम्पति वा कागज लिई प्रथम पक्षले लगाएको काम छाडी गएमा द्वितीय पक्षले प्रथम पक्षको जेजति हानी नोक्सानी गराएको छ, सो वा सो बराबरको क्षतिपूर्तिसमेत प्रचलित कानुन बमोजिम प्रथम पक्षले द्वितीय पक्षको जायजेथा समेतबाट भराई लिन पाउनेछ।

    ६. द्वितीय पक्षले प्रथम पक्षको कार्यालयमा काम गर्दा द्वितीय पक्षको काम, कर्तव्य, सुविधाहरु तथा विदा प्रथम पक्षको कर्मचारी सेवा नियमावली २०६३ बमोजिम हुनेछ।

    ७. यस करारनामामा भएका तथा नभएका विषयहरुमा सम्बन्धमा कुनै समस्या आइपरे हामी दुवै पक्षहरुको आपसी सहमति वा मञ्जुरीको आधारमा समस्याहरुको समाधान गर्न प्रयास गरिनेछ। त्यसबाट पनि समाधान नभएमा करार ऐन, २०५६ बमोजिम हुनेछ।

    No related posts.

    4 comments to नेपाली मिडियामा पत्रकारको हालत

    • Best wisher

      What the heck is this. Let all people know such a freaking media house who draft this KARARNAMA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      हा हा हा ! कति राम्रो रहेकछ करार नामा ! यस्तो पो होस ! यो पनि थप्न पाए हुने
      * प्रथम पक्षले पारिश्र्मिक दिन नसकेमा वा दिन नचाहेमा दोस्रो पक्ष कतै उजुर गर्न जान पाउने छैन गएमा करार स्वत: रद्द हुने छ उजुर बाजुर गरेकामा प्रथम पक्षको शान हानि हुने बराबर को रकम दोस्रो पक्षबाट असुल गरिने छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रकाश

      ८. प्रथम पक्षको आदेशमा झुट्लाइ साँचो र साँचोलाइ झुट बनाउन द्वितीय पक्ष आनाकानि गरेमा कर्मचारी सेवा नियमावली २०६३ बमोजिम कार्वाहिको भागिगार हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chetana

      हैन, यस्तो पनि करारनामा हुन्छ भन्या जहा दोस्रो पक्षको हीतको बारेमा एक शब्द पनि उल्लेख नभएको !!!! प्रथम पक्षले चाहेको बेलामा घोक्रेठाक लगाएर निकाल्न सक्ने, तर कर्मचारि हितको लागि एक शब्द सम्म नबोली गरिने यस्ता करारनामा पत्रले मिडियामा रहेको दास मनोबृति नोकरशाहि प्रबृतिको राम्रो उजागर गरेको छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker