मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजाले टेरेनन्, कुमारीको टीका लगाउन गए

    अपडेट (अक्टोबर १): प्रधानमन्त्रीले सरकारलाई थाहै नदिई किन राजा गएको भन्दै दरबारमा मुख्य सचिव र प्रधानसेनापतिसित स्पष्टिकरण लिएका छन्। उनले ‘राजाले अटेर गरेर चुनौति दिन खोजेको हो भने म पनि त्यही अनुसार गर्छु’ भनेका छन्।
    अपडेट (राति १०३५): कुमारी रथयात्रामा उपस्थित नहुने शाहवंशका पहिला राजाका रुपमा ज्ञानेन्द्र भए पनि पारम्परिक रुपले अत्यन्तै महत्त्वपूर्ण मानिने इन्द्रजात्राको अन्तिम दिन कुमारीको हातबाट टीका लगाएर आशीर्वाद लिने काम भने ज्ञानेन्द्रले गरेका छन्। यो काम यति सुनियोजित रुपमा गरिएको थियो कि कसैलाई सुँइकोसम्म थिएन। सुरुमा अन्तरिम राष्ट्रप्रमुखका रुपमा कारगेडसहित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कुमारी घरमा पुग्नुभएको थियो। उहाँले कुमारीबाट टीका लगाएर फर्किएपछि मानिसहरु फर्की पनि सकेका थिए। तर सुरक्षा व्यवस्था भने झन् विशेष रुपले बढाइएको थियो। कुमारी घरबाट टीका लगाएर फर्कँदै गरेका राजा सुरक्षा अधिकारीहरुलाई सोद्धा राजा आउने भनेर जानकारी पाइएको थियो। एकैछिनमा राजा कारमा सेनाको सुरक्षासहित आएका थिए। उनी १० मिनेट कुमारी घरमा गई परम्परा अनुसार नै टीका लगाएर फर्किएका थिए। सुरक्षा व्यवस्था मिलाइएको हेर्दा यसमा सरकारको पनि सहभागिता देखिन्छ। राजा त्यहाँ रहँदा राजाको पक्षमा नाराबाजी गर्ने काम समेत भएको थियो।

    दुई वटा फूलमाला लगाएर निधारमा रातो टीका लगाएर बाहिर निस्किएका राजाले त्यहाँ पहिले कै शैलिमा हात जोड्दै नमस्ते फर्काइरहेका देखिन्थे। राजा निस्कँदा त्यहाँ उपस्थित राजावादीहरुले गिरिजा चोर, देश छोड, गिरिजा भाते, हाम्रो राजा हाम्रो देश- प्राणभन्दा प्यारो छ जस्ता नारा लगाएका थिए। दुई जना राजपुरोहित सहित राजा त्यहाँ पुगेका थिए।

    राजा कुमारी घर भित्र पस्दा र निस्कँदा नेपाल प्रहरीले सुरक्षा दिएको थियो।

    गृह मन्त्रालय र प्रधानमन्त्रीको अनुमति र जानकारीमा नै यो सब भएको त्यहाँको घटना हेर्दा देखिन्छ। यसबाट राजालाई सांस्कृतिक रुपमा पनि एक्ल्याएको भनेर फूँइ देखाउनेहरुले राम्रै जवाफ पाएका छन्। राजाले चाहेमा जुनसुकै स्थानमा अझै जान सक्ने पनि यसले देखाएको छ। कुमारीको टीका र आशीर्वादलाई पारम्परिक रुपमा मात्र हैन, सांकेतिक रुपमा पनि महत्त्वपूर्ण मानिन्छ। कुमारीको आशीर्वाद नपाएकै कारण उपत्यकामा मल्ल राजाको पतन भई शाहवंशीय राजाको शासन भएको मानिन्छ। यस पटक अन्तरिम राष्ट्रप्रमुखको रुपमा प्रधानमन्त्री कोइराला र निलम्बित राष्ट्रप्रमुखका रुपमा ज्ञानेन्द्र दुवै कुमारीको आशीर्वाद लिन गएपछि कुमारीलाई पनि कन्फ्युज भएको हुनसक्छ।

    कुमारीको टीका लगाउन राजा जाने नै भए पनि त्यसलाई यति सुनियोजित रुपमा गोप्य किन राखियो ? त्यो भने खोजीको विषय भएको छ। [फोटो साभारः नरेन्द्र मानन्धर/एएफपी]

    अपडेट (राति १०२८): कसैलाई सुँइकोसम्म नदिई आएका राजा कुमारीको हातबाट टीका लगाई अहिले फर्किएका छन्।

    अपडेट (राति १०२५): अन्तरिम राष्ट्रप्रमुखका रुपमा प्रधानमन्त्रीले कुमारीको हातबाट टीका लगाइसकेपछि पनि राजा फेरि त्यहाँ गएर टीका लगाउन गएका छन्। अहिले राजा बसन्तपुरमा नै रहेका छन्।

    No related posts.

    24 comments to राजाले टेरेनन्, कुमारीको टीका लगाउन गए

    • tips

      Great Website! It helps me a lot with my tough homework. I’m not so hot in that class :-) Thanks for the hard work, keep it up!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vivek

      This is the silence before a huge VOLCANO.. he is not going to keep patience any more..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s lama

      त्यो बजिया रुक्माक्दाङ कटुवाल्लाइ तुरुन्त बरखास्त गर्नु पर्यो/ग्यानेको धर्मभाइले कुन दिन गिरिजाको टाउकोमा बन्दुक तेर्साउन्छ/सर्पलाइ दुध ख्वाउनु ठिक छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hiraman

      I do not believe it should be a big deal. Making it a big deal by PM or others, just emphaszing every action of Gyanendra. If he goes to get tika, that’s fine. Just ignore it. Its not going to bring his power back, would it? Making it a big deal just makes everyone feel he is still relavant.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shila

      थुक्क गिरिजाको सरकार ! बाहिर बाहिर नाटक गरेर गणतन्त्र भन्ने भित्र भित्र राजतन्त्र लाई सपोर्ट गर्ने ! नत्र राजा जस्तो मान्छे दरबार बाट बाहिर निस्केको कुरा थाहा हुन्न ? गृहमन्त्रालयको अनुमति बिना राजा त के राजाको सास पनि नारायणहिटिबाट बाहिर निस्कन गार्हो छ —–राजासँग स्पष्टिकरण मागिनु नाटक मात्र हो जनतालाई झुक्याउन ।
      यदि हैन भने राजाले , नेपालमा कुनै पनि त्यस्तो शक्ति छैन जसले उनको “मनलागि ” रोक्ने हिम्मत गरोस्—-गृहमन्त्रालयलाई साँच्चै नै थाहा नभएको हो र सेनाले मात्र यो सवारि चलाएको हो भने राजाले यसपालि च्यालेन्ज गरेका हुन् लुरेबाहुन ( रत्नले गिरिजाको नामाकरण गरेको) लाई ——हेरु यसलाई गिरिजा बाबुले कुन रुपमा लिनेछन् ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Newaa

      Gyandra Shaha,
      Newaa hate you !
      Newaa hate you !!
      Newaa hate you !!!

      Don’t come again and again to approach with Newar culture. We don’t like you.

      We are clear that whenever Newar culture is attacked by Shaha dynasty we get worsern and worsern. You Shaha dynesty always took us as second citizenship but you always benifited from Newars. You Gyanendra Shaha don’t use us again and again. He hate you as well as Shaha dyanesty.

      We are aware now. Shaha Dyanesty is very bad for us. Newar do not want to see you again and again.

      We want to free from descrimination done by Shaha rulers. We hate Gyanendra Shaha.

      Newaa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • henisa

      Its not a matter of very serious political issue. We have culture of living goddes in Nepal. If we support the concept of living goddes, why not king allowed to go for praying the living goddess.

      If you think someone is a culprit, then you people mean. he should not be allowed even go to temple. We Nepali people think very much in vein. Its a simple news. King went to the kumari. Thats all . its his right to go there, because he wants to have a blessing of kumari as like other general people.
      Remember, he did not appear as the head of the state.

      We Nepali people think every matter politically, its very wrong.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ajaya Shrestha

      नेवार र नबिन त मुर्ख मान्छे जस्तो लाग्यो मलाई त
      हा हा taken tika as general/ordinary citizen.
      How fool you are???
      Can you imagine such security arrangement for general people like us???
      It all about is conspiracy to retain power
      I am sure there will be war once again only due to failure of mainstream political parties to capitalize the mandate of jana aandolan II. They are providing the ample groud for king to hatch conspiracy by delaying all the process right from signing CPA.
      All these leaders are handicapped.
      There is no future for Nepal. I mean bright Future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabesh, ktm

      सन्स्क्रिति परम्परा लाइ किन रजनिति सन्ग जोदेको हो. जानु पर्ने राजा हो गयो त क भयो…येदि मुस्लिम रास्त्र प्रक्मुख भय के कुमरि को हात बात टिका लगाउन मिल्थ्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rashik

      I don’t believe in any tantra,its only the issue of political gang to get the power and make the people folish, we the more folish are following the rubbish leader, and political parties without vision.The main issue and rovolution will be meaningful if there is the way and symptom of economical revolution , but there is no hope of it , with the sheet leader like girija n madav,of course congress so called nepali and UML so called communist

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • *** Most Significant Opportunity for the king ***

      The king’s opportunity to have “Tika” from Kumari is quite significant and it may bring back his lost political fortune. The Government should not have allowed this opportunity for the king. This also shows that PM Koirala still has a hidden agenda to keep Monarchy Institution alive and he is misleading the people.

      We have a rich in a poor country. There is no place for the feudal Monarchy institution in twenty first century Nepal. It has to be abolished before we can see peace in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KRISHNAK

      ए नेपलि जनता हो
      तिमि नेपलि हुन उठ
      तिनि बिर भयर उठ
      एक इतिहास बनाउन उठ
      धरि धरि लड्ने नेपलि
      अब आन्तिम पटक उठ
      २०औ सताब्धिमा पनि
      दास बनाउन खोज्नेहरु
      उ र हामि मा फरक देखनेहरु
      त र तपाइ मा भेद गर्नेहरु
      आफु र अरुलाइ पराइ देखनेहरु
      तेरो र मेरो मनिस भन्नेहरु
      यस्को र तेस्को
      उस्को र मेरो
      यी भन्नेहरु बिरुद उठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khus

      कुमारीको आशिर्बादले जनतालाई पेलेर फेरि शासन हातमा लिने (अन्ध)बिश्वासमा रहेको यो मुर्तिचोरलाई के नै फाप्छ र! यो ग्यानेले मौका पाए त कुमारी पनि बेच्नेछ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAM KAJI SILWAL

      DEAR UMESH DAI ,
      THIS IS THE WEAK POINT OF GOVRENMENT ,AND OUR SEVEN POLITICAL PARTYS LEADER,THEY JUST CAN SPEAK BUT NEVER CAN FULFIL THEIR ROLE.OUE EVERY LEADER HAS STRONG SPEECH POWER BUT ONE OF THEM DONT HAVE BRAVE TO TAKE A ACTION AGAINST KING .THE REVOLUTION GUST WE FINIST BEFORE BY THE PEOPLE EVERY BODY WANT TO MOVE KING ,BUT THE GOV.AND POLITICAL PARTYS LEATER SHOWS THAT THEY STILL WANT KEEP THE KING OR THEY ARE TO MUCH AFRAID WITH THE KING.THE INCIDENT SHOWS THAT.
      rk(korea)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pralhad Thapaliya

      काँग्रेसको नेतृत्वमा देशमा गणतन्त्र आऊछ भनेर पत्याउदै आएका मुर्खहरुलाई देखाएदिएको छ ज्ञानेन्द्रले|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण अधिकारी

      बुडेस काल मा पनी के को कुमारी को दर्सन गर्नु परेको
      अफ्नै बुडी को दर्सन नगरेर ……कुमारी देखी ….देस को राज्नीती समन नचोद्न्ने भय यी पित्री नेता हरु ले यशो युबा हरु को लगी पनी सोच न ………….
      अब पालो नया पीडीको ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माछा माछा भ्यागुता!

      He did take the tika as a “special” general public.
      Girija took as the interim head.
      No problem!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Newar from UK

      ग़ालि मात्र गर्ने काम नगरौन. राम्रो काम भयेको मा तारिफ पनि गर्ने गरौ.

      सन्धै ग़िरिजा प्रसाद लाइ मात्र गालि गरेर देश को बिकास र शान्ति को स्थापना हुने होइन. गिरिजा ले गरेको राम्रो काम लाइ राम्रो भन्न सक्नु पर्यो.

      गिरिजा र यो सर्कार ले इन्द्र जात्रा मा गयेर अब् जनता को छोरो रास्ट्र प्रमुख को रुप मा कुमारि सन्ग टिका थापि सके. अब दुख लाग्दो कुरा छ कि ने. क्. पा. (ए.मा.ले.) र माओ बादि हरु नै नेवार र कुमारि माता मा बिस्वास गर्ने नेपाली हरु लाइ भदकाउन मा लागेका छ्न् गिरिजा ले बिथिक गरे भनेर.
      यो त सन्धै अरु को दोश देखाउने काम मात्र भयो.

      Let us look at the positive side.

      Girija Prasad Koirala got tika as the Head of Nation, in the presence of entire media and on the exact day, time and place.

      Gyanendra got the tika as ordinary citizen.

      In Indra Jatra, the Head of country not only gets “Tika” from Kumari but also gets blessing from Lakhe, Kumar and Bhairav and other deities. Girija Prasad Koirala and the current government has already fulfilled their role.

      I think it would be very foolish just to blame the government and Girija Prasad for everything.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हत्तेरिका के हुन लागेको यार यो । त्यो ज्ञानेले गिरिजालाइ धम्कि दिएजस्तो छ । नत्र अस्ति म कुमारी हेर्न गएर गणतन्त्र आयो भन्ने गिरिजाले आज किन नाटक गरेर राजालाइ जान दिएको त ? पक्कैपनि सेनाको आडमा उसले धम्कि दिएको हुनुपर्छ ।
      यो भतुवा ज्ञानेले अझैपनि गद्दि जोगाउँला भन्ने लागेर कुमारीको अगाडी मुख देखाउन आएको हो । यसलाइ नफाली मुलुकले शान्ति पाउँदैन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      गणतन्त्र घोषणाको आबस्यकता टड्कारो भयको छ. बरु ग्यनेन्द्रेलाई पनि एउटा पार्टि खोलेर चुनाबमा औउन गगने आव्ह्वान गर्दछ! किसन भट्टराई ले पनि साथ दीइ हाल्छकेरे.
      गणतन्त्र नेपालको स्थापना र सामन्तिहरुको अन्त्य चाहने नेपालिहरु साबधान, दर्बार भित्र भित्रै षडयन्त्र बुन्दै छ, सेनाहरु लोकतन्त्रिक भयो भनि सोच्नु घातक हुनेछ!
      माओबादिहरुको अध्यायन तेजपुर्ण र शहि छ तेसैले म सारा नेपालि हरुलाई माओबादि भयकै कारणले उनिहरुको जायज माग हरु प्रति बित्रिष्णा जनाउने वा बिरोध नगर्न आग्रह गर्दछु किनकि यो मेरो देशको बिषय हो.
      आन्तरिम सरकार हो कि सान्साद हो: तत्काल गणतन्त्र घोषणा गर्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HAKU

      गिरिजा र ग्याने एउटै ड्यान्ग को मुलि हो त्यस्करण यस्लायि जरै देखि उखालेर फाल्नु पर्ने मा किन सजाएर राखेको होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साग

      त्यो ठकुरी माईलो अनि तेस्को कुपुत्रलाई अहीलेनै खसि नपारी उपाय नै छैन|
      सेना अझै तेस्को पक्षमा छन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      थुइका नेपाल सरकार लडिजा प्रसाद कोइराला मर्ने बेला नि दुख पाउने भय जिबन काल मा कुनै नि राम्रो काम गर्न नस्क्ने लडिजा आब जन्ता को सन्घर्स बाट ल्याए को लोकतन्त्र नि धराप मा छ ! गिरिजा सिटौला महत र पौडेल ले त गर्नु गरे नि ! नेपालि जन्ता लो बिस्वस लाइ तोडि दिय जन्ता को इछ्या आकन्छ्या लाइ समाप्त पर्ने नै भय जन्ता मारा देस मारा हरु ! कति जन्ता को ज्यान गुम्दै छ कुनै सुरक्ष्या छैना त र त्यो ज्यान मारा ग्याने पट्नर लाइ कडा सान्ति सुरक्षा ! थुइका पाजि हरु मरि हाले हुन्छ बरु जन्ता ले एक दिन दुख गरे र भय नि आर्य घाट मा लगे र जलाउने थिय किन नेपालि जन्ता को खुन पिउन बाचे का यि नेता हरु ! देस को लगि केहि गर्ने मन्छे भयन बा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली जनताहरु होसियार, पहिले मल्ल राजाहरुको पालाको जस्तो कथा नदोहोरियोस। फेरी ज्ञानेन्द्र सकृया भयर शासन हत्याउलानी नि कुमारीको दर्शन गरेर ।
      कतै त्यही आशाले त गयका होइनन ठकुरी मल्दाइ त्यहा । उमेशजी ले पहिलेनै मल्ल राजाहरुको काहानी लेखिसक्नुभयको छ त्यसैले सोही अनुसार सबैजना चनाखो हुनुपर्ने देखिन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker