मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    निर्वासनको काँडा जसलाई बिझेको छ

    शरणार्थीको परिभाषा न बुझेका छन् न त चासो छ। बस् आफूखुशी काम गर्न सजिलोका लागि शरणार्थी भई टोपलेका छन्। रामभरोसे ! भाग्यमा भएछ भने भयो नत्र त दुई,चार वर्ष काम गर्ने, पैसा कमाउने अनि नेपाल फर्कने यस्तै गैरजिम्मेवार जवाफ दिन्छन् कतिपय। ‘तथाकथितहरुले गर्दा हामी जस्ता मर्कामा परेका छौं’-आफूलाई साँचो पीडित र सही अर्थमा शरणार्थी हुँ भन्ने एकथरि नेपाली जमातको गुनासो पनि सुन्न पाइन्छ। भिसा भएका कामदार साथै कतिपय भन्छन्- न्यूनतम ज्यालामा यस्ता शरणार्थीहरुले काम गर्ने हुँदा हामीलाई धेरथोर मर्का परेको छ। कतिपय यस्ता शरणार्थीहरुले अवैधानिक दुले रेष्टुरेण्टका साथमा खालहरु पनि चलाएर बसेका छन्।

    -लक्ष्मी राई/हङकङ-

    आफैंभित्र आफूसँग परिचय मागेर विदेशी भूमिमा भौँतारिरहेका शरणार्थीहरुको आगमन हङकङमा कहिलेदेखि भयो, यकिन साथ भन्न सक्दिन। मैले बुझे र जानेसम्म १५५ वर्ष उपनिवेश रहिआएको हङकङको भूमिमा संभवतः १९७५ सालदेखि भियतनामदेखि डुंगाबाट यस्ता शरणार्थीहरु हङकङ भित्रिएका हुन्। हुनसक्छ मेरो आंकडा गलत होस् तर हङकङ भित्रिएका, चिनिएका अथवा भनौं अर्न्तराष्ट्रिय स्तरमा शरणार्थी भनेर कहलिएका यिनै भियतनामीहरु नै हुन्। भियतनामी शरणार्थीहरुको पुनरुत्थानको व्यवस्था कति हदसम्म भए भन्ने विषयमा विस्तृत छलफल गर्न नसकेता पनि १९९७ सम्म यी शरणार्थीहरुको आफ्नो मुलुक फर्काइनु पर्ने या अन्य कुनै मुलुकमा बन्दोबस्त गरिनुपर्ने अथवा हङकङमा नै स्थायी बासिन्दा बनाइनुपर्ने अन्यथा बन्दीगृहमा राख्न नपाइने भन्ने Comprehensive Plan of Action’ विवरण अर्न्तगत इण्टरनेशल कभेनान्ट अन सिभिल एण्ड पोलिटिकल राइट्समा उल्लेख गरिएको छ।

    उच्च स्तरका कुरा, उच्च ब्यक्तिहरु नै जान्दा हुन्। यो हृप्तामात्रै करिब दश जना नेपाली अनि बंगलादेशीहरुको हुल हङकङ भित्रिएका छन्। श्रीलंकाली अलिक कम भएका छन्। अफ्रिकन मुलुकका फाट्टफुट्ट आउँछन्। हङकङ सरकारले बंगलादेशको लागि जब भिसा निषेध गर्‍यो, झन् ह्वात्तै बंगलादेशी asylum seeker को संख्या हङकङमा बढेको छ। पाकिस्तानी पञ्जावी भाषीहरु पनि उस्तै भेटिन्छन्।

    Infamous Chungking Mansion हङकङ, कौलून शहरको मुटु- नाथान रोडमा अवस्थित छ।। गुल्जार यो हङकङ शहरमा, कसैलाई कोहीसँग मतलब छैन। नेपाली हुण्डीवालाहरुको कारोबारदेखि चुङकिंग, दक्षिण एशियाली तथा अफ्रिकन मूलका काला जातिका ब्यापारीहरुसँगै राति अबेरसम्म चहलपहल गरिरहन्छ। नगरबधुहरुको कारोबारसम्मको लागि कुख्यात भनौं या परिचित चुङकिंग हाल दुर्ब्यसनी र अर्न्तराष्ट्रिय शरणार्थीहरुको आश्रयथलोको रुपमा पनि परिचित बन्दै गइरहेको छ।

    एशियाली आदत, अरुको परिचय जान्न उत्सुक एवं चासो भएका अझ भनौं दक्षिण एशियाली हामीहरु। उनी मेरो परिचय जान्न उत्सुक देखिन्थे सायद। तत्कालै सोधिहाले-’ह्वाट इज योर नेशनालिटी? ‘ म नेपाली हुँ भन्नासाथ तत्कालै उनले भने- ‘हमी तो बन्धु छे।’ अथवा, हामी मित्र हौं या बंगाली एवं नेपाली हामी त मित्र हौं यस्तै केही भन्दै थिए तर उनी बंगाली हुन् भन्ने उनको बोलाईको लवजले अघि थाहा पाइसकेकी थिएँ। उनी अझ बोल्दै गए- पृष्ठभूमि मेरो जस्तोसुकै रहेको होस् तर यतिबेला आफैंभित्र आफ्नो परिचय खोजेर भौँतारिरहेको एउटा प्राणी भन्दा अरु केही होइन। मानौं मरुभूमिमा मरुद्यानको लागि भौँतारिरहेको छु। कालो, गहुँगोरो जस्तो पनि हुँ तर मानिस हुँ। अनिश्चित गन्तब्यको यात्री, अनगिन्ति प्रश्नहरुको प्रश्नचिन्ह वाचक हुँ म, मलाई के भनेर चिन्न चाहनुहुन्छ मैडम ?

    त्यसो त–Owing to a well-founded fear of being persecuted for reasons of race, religion, nationality, membership of a particular social group or political opinion, is outside the country of his nationality, and is unable to or, owing to such fear, is unwilling to avail himself of the protection of that country or return there because of there is a fear of persecution…..’ युएनएचसीआरले यसरी परिभाषित गरेको छ आफैभित्र परिचय खौजेर भौतारिनेहरुको सर्न्दर्भमा।

    कुनै पनि उक्त एक कारणले आफ्नो मुलुकबाट उनी पलायन भएका होलान् म सोच्दै थिएँ। कुरा गर्न निक्कै सिपालु उनले स्पष्ट पारे- ‘आफ्नो मुलुकको धार्मिक एवं राजनैतिक विसंगतिको विरुद्धमा कलम चलाएको कारणले देश निकाला गरिएको निर्वासित- एउटा लेखक हुँ म। ‘

    दिनचर्याको सानो झलक- विभिन्न मुलुकका अलग धर्मावलम्बी, साँस्कृतिक परिवेश र भाषिक अन्तरता एवं अनेकन परिचय बोकेर भौतारिहेका ब्यक्तिहरुसँग दैनिक भेट हुन्छ मेरो।

    शरणार्थीको परिभाषादेखि अनभिज्ञ, कयौं जीवनहरु तथाकथित ठुला मुलुकहरुमा केवल ओत लाग्न जाने सपनालाई लहैलहैमा पछ्याएर दलालहरुको शरणमा पुग्छन्। दलालले डुंगावालालाई पैसा ख्वाई अवैध तरिकाबाट चीनको मुख्य भूमिहुँदै हङकङ प्रवेश गराउँछन्। माछा मार्ने डुंगाको तल्लो हिलाम्य तलामा अलिकतिमात्रै श्वास फेर्ने प्वाल राखेर रातारात जोखिमपूर्ण तरिकाले मछुवाराहरुसँग मिलेर दलालहरुले डुंगाबाट रातारात हङकङ छिराइएकाहरु मध्ये नेपाली अनुहारहरु बग्रेल्ति देखिन्छन् प्रायः हङकङको नेपाली/भारतिय पसल र रेष्टुरेण्टहरुमा।

    चिनियाँ भूमिबाट डुंगाबाट मानव तस्कर गरिएका तथाकथित शरणार्थीहरुको जमातको हुलमा अधिकांश बंगलादेशी, श्रीलंकाली र पाकिस्तानीहरु भेटिएता पनि नेपालीहरुको संख्यामा पनि कमि चाहिँ आएको छैन। थाइल्याण्डदेखि ग्वांगज्वाउ हुँदै यसरी हङकङ भित्र्याएर अलपत्र छोडिदिएका नेपालीहरुलाई अवैध आगमनको कारणले पुलिसले भेटेमा तत्कालै समातेर लैजान्छ। अनि छोडिन्छन्। क्रम जारी छ। अलपत्र बनेका कतिपयलाई नेपाली चर्चका पाष्टर राजु बराईलीले सहयोग गर्दै आएका पनि छन्। अलिक चलाखहरु अवैध तरिकाले भए पनि काम गर्छन्, केही गर्न नसक्नेहरु अध्यागमन विभागमा आत्मसमर्पण गर्दै नेपाल फर्कने तयारीमा छन्। हङकङका स्थानीय आईडीवाला नेपालीहरुको उस्तो सहयोगी भावना देखिँदैन- सहयोग र उद्धारका लागि। मान्छे भित्रिने क्रम टुँगिदैन, गरुन् पनि कतिलाई सहयोग ? उसै पनि जातीयता एवं क्षेत्रीयता हङकङमा अति नै हावी देखिन्छ।

    मनहरु साहै नराम्रो चिमोटिन्छन्। हङकङ सरकार र युएनएचसीआरका नीतिहरु आपसमा स्पष्ट ढंगले अवलम्बन भएका छैनन्। पुलिस, अध्यागमन विभागले सोझै भनिरहेको छ- युएनएचसीआरले दर्ता गरेर दिएको कागजसँग हामीलाई सरोकार छैन। जसको पासपोर्टमा हङकङको भिसा छैन स्वतः अवैधानिक ठहरन्छिन्। भिसा हुँदा नै युएनएचसीआरका दर्ता गराएका छन् भने त्यो मामलामा उनीहरुको केस सुनुवाई र फैसला नभइञ्जेल वैधानिक नै सम्झिनु पर्ने हो भन्ने यद्यपि कतिको राय रहिआएको छ। तर पुलिसलाई त्यो रायसँग लिनुदिनु केही छैन। अवैधानिक आगमन भएकाहरु सँगै अन्यलाई पनि पासपोर्टमा भिसा सकिएको म्याददेखि अवैधानिक बसोबासको आरोपमा धमाधम समात्दै बन्दीगृहमा पुर्‍याइन्छ।

    लहलहैमा हुँदा-छँदाको काम र भिसा त्यागेर नेपाली घरेलु कामदार महिलाहरुको जमात पनि उल्लेखनीय संख्यामा शरणार्थी दर्ता गर्न पुगेका छन्। शरणार्थीको परिभाषा न बुझेका छन् न त चासो छ। बस् आफूखुशी काम गर्न सजिलोका लागि शरणार्थी भई टोपलेका छन्। रामभरोसे ! भाग्यमा भएछ भने भयो नत्र त दुई,चार वर्ष काम गर्ने, पैसा कमाउने अनि नेपाल फर्कने यस्तै गैरजिम्मेवार जवाफ दिन्छन् कतिपय यस्ता महिलाहरु।

    ‘तथाकथितहरुले गर्दा हामी जस्ता मर्कामा परेका छौं’-आफूलाई साँचो पीडित र सही अर्थमा शरणार्थी हुँ भन्ने एकथरि नेपाली जमातको गुनासो पनि सुन्न पाइन्छ। भिसा भएका कामदार साथै कतिपय हङकङका आइडीवालाहरु भन्छन्- न्यूनतम ज्यालामा यस्ता शरणार्थीहरुले काम गर्ने हुँदा हामीलाई धेरथोर मर्का परेको छ। कतिपय यस्ता शरणार्थीहरुले अवैधानिक दुले रेष्टुरेण्टका साथमा खालहरु पनि चलाएर बसेका छन्। तथाकथित शरणार्थीको नाममा नक्कली शरणार्थीहरुको विगविगीसँगै विकृति पनि विस्तारै मौलाउँदैछ हङकङको यो सानो नेपालमा।
    भियतनामी शरणार्थीका लागि हङकङ सरकारले पुर्‍याएको सहयोग लगानी भन्दा बढी ती शरणार्थीहरुले उब्जाएका समस्या र अपराधिक गतिविधिका कारण हङकङका स्थानीय जनताको भियतनामी शरणार्थीहरुप्रति नकरात्मक धारणा बढेको पाइन्छ।। स-साना अहिलेका विसंगतिहरु बढेर हङकङमा, नेपाली समुदायको पनि भियतनामीहरुको जस्तै दीर्घकालीन नकरात्मक छवि नरहला भन्न सकिन्न। नेपाल तथा हङकङका सम्बन्धित निकाय र संस्थाहरुले पहल गरेर मानव-तस्करका दलालहरुलाई निरुत्साही गर्नु अत्यावश्यक देखिन्छ। अद्यावधि रहिआएको मान्छेले, मान्छेको तस्करी समाज र देशकै लागि गम्भीर विषय हो।

    ती बंगलादेशी लेखक- “For the brave and honest human being” भनेर आफूलाई चिनाउन रुचाउँछन्। उनले आफ्नो आफ्नो निजी ब्लगमा लेखेका छन्- म महान र प्रख्यात लेखक नहुँला तर इमान्दार र निडर लेखक हुँ कारण, मेरो लेखकीय पेशा सँधै इमान्दार एवं व्यवहारिक रह्यो। सामाजिक, राजनैतिक या कुनै पनि विसंगतिहरुबारे उदांगो बनाएर लेख्ने हिम्मत राख्छु। भलै त्यो कटुसत्यहरु फलाम भन्दा कडा हुन्छन् तर ती सत्यहरुलाई जनमानसलाई भन्न र सुनाउन सक्नु झनै कठिन काम हो। वास्तवमा, लेखकीय पेशा नै जोखिम र अप्ठ्यारा विषय हुन्। यस्तै अप्ठ्यारा र असजिला बाटोहरुसँगको समय कटौनीमा,र इस्लाम धर्मका कुरीतिविरुद्ध सटिक ढंगमा लेखिएको आफ्नो एउटा लेख- ‘Muhammad, Taslima Nasrin and Remy Martin’ समेत देखाउन भ्याए। त्यसो त उनी, आफूलाई बंगलादेशी निर्वासित लेखिका तसलिमाको निकट ब्यक्ति हुँ पनि भन्थे, उनको कुरा उनी नै जानून्।

    हरेक पीडितहरुको आफ्नै कथा-ब्यथाहरु होलान्। ‘शरणार्थी’ परिचयको पीडा- निसन्देह उनीहरुलाई नै थाहा हुन्छ, जसको पैतालामा साँच्चै नै निर्वासनको काँडा बिझेको हुन्छ तर तथाकथितहरुले समग्रमा सबैलाई असरचाहिं पारेका छन्। नालीबेली लेख्ने नै हो विस्तृतमा भने, मोटो-सिंगो पुस्तक बनिन्छ।

    म चाहिं लेखिका होइन। वास्तवमा केही मित्रहरुले फुर्क्याइदिएकै भरमा लेखिटोपल्दैछु।

    प्रिय मित्रहरु !

    के लेखिरहने जाबो ! मनहरु उचाटिन्छन् कहिलेकाहीँ तर प्रत्यक्ष देखेर, सुनेर यथार्थहरु- मान्दैनन् औलाहरु नङमा नेलपोलिस दलेर बसिरहन। अरुको दुखेसो सही तर निर्जीव कम्प्युटरसँग पोखिरहँदा ब्यथाहरु थाहा छैन, कति गहिराइसम्म पुग्न सक्छु म, अहिलेसम्म त्यो गहिराइप्रति विचार पुर्‍याएकी छैन। के म साँच्चै लेख्दैछु ? कहिलेकाहीँ प्रतिप्रश्न भने आफैलाई गर्छु। प्रश्नहरुको यही एकोहोरोपनमा लेख्नुको पनि बेग्लै मज्जा हुँदो हो नत्र, कम्प्युटरअघि घण्टौं यो कडा किबोर्डसँग नरम औंलाहरु खेलाइरहनुको के तुक हुनसक्छ ?
    विट मार्नुअघि-

    यो लेख लेखिरहँदा श्रद्धेय लेखक कर्ण शाक्यको ‘सोच’ दोह्रो‍र्‍याएर पढिरहेकी थिएँ। सकरात्मक सोच बोकेको त्यो पुस्तक पढिरहँदा आफूभित्र आफैमा मैले धेरै पटक सान्वना पाएकी छु। यति हुँदाहुँदै पनि अलिकति चोसे बन्नै पर्यो- काश, शाक्यजीको जस्तो आर्थिक हैसियत सबैले राख्दो हो त खैर ! सुनौलो जीन्दगीको मृगतृष्णामा गरिबीको अलावा, संकिर्ण शासक सम्प्रदाय, शान्ति एवं मानव अधिकारको सम्मान, शुशासन र प्रजातन्त्रको प्रवर्द्धन तथा समतामूलक विकाशको अभावमा कयौं मानिसहरु आफ्नो मुलुकबाट पलायन हुन बाध्य छन्। विद्यमान यस्ता परिस्थितिले प्रवासी, निर्वासित या शरणार्थी जे भनेर परिभाषित गरिएता पनि यो चाहिं निश्चित हो विकासोन्मुख मुलुकका हामीहरु जस्ताको रगत कहिलेकाहीँ पानीभन्दा पातलो हुन्छ यसर्थमा, पानीको मूल्यमा रगत बिकाउन पलायन हुन बाध्य जिन्दगीलाई के भन्ने ?

    शरणार्थी सम्बन्धी पुराना ब्लगः
    माअ‍ोवादीको नाममा खाअ‍ोवादीको मोज

    No related posts.

    7 comments to निर्वासनको काँडा जसलाई बिझेको छ

    • Ravi

      Good work Laxmi Ji. But I feel that Asylum seeking is a result of poverty and economic undergrowth in a country like ours. I won’t ask anything with you now. But I request all the Nepalese residing outside Nepal to contribute anything you can for the economic growth of our country. If ur able to do so now thats fine (but u’ll need a lot of powerplay at this political moment). Best time is when Nepal will be at the dawn of a stable government (may be immediately after CA elections).
      At this moment,I am only a student wandering in a foreign land, But I will join the forces as soon as I can.
      Love to All and Peace in Nepal
      Ravi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjali Gurung/ Hong Kong

      लारा दिदी सारै राम्रो लेख लेखनुभयो,आशा गर्छु भबिष्यमा पनि तपाईको पृथक लेखहरु पढ्ने मैका पाउने छु। यस्तो बिषयबारे लेख, तथा जानकारी हुन सारै जरुरी छ। कतिपए नेपलीहरुलाई बिदेश भन्ने बितिकै धन फल्ने वा उब्जने ठाँउका करुपमा चिन्छन।

      नेपाली महिलाहरु यदि घरेलु कामदारको रुपमा बिदेश जाने हो भने पहिला त्याँहाका (जुन देश मा जानेहो ) मानिसहरुले खाँने खाँना, केटाकेटीको हेरचाह, बुडाबुडीको हेरचाह्, घर पालुवा जनावारको हेरचाह्, गाडि धुन, भाडा धुन,कपडा धुने वा सफा गर्ने र भाषाको राम्रो (ज्ञान) तालिम हुन अत्यन्त जरुरी हुन्छ।

      तर हाम्रा नेपाली महिलाहरु बिदेशमा घरेलु कामदारको रुपमा त जान्छन् तर आधाजसोले चाहि नक्कली प्रमाण पत्र बोकेर गएका हुन्छन्, जस्ले गर्दा उनीहरुलाई छिटैनै कामबाट निकाली दिन्छन्। त्यस पछि जसरी भएनी बाटो खर्च उठाँएर जाने सोच बनाएर अबैधानिक रुपमा बसोबाँस गर्छन् वा शरणार्थि दर्ता गर्न पुग्छन्। यहाँ होन्ग कोन्गमा पनि धेरै जस्तोको यस्तै हालत छ, र लुकिछिपी दुले रेष्टुरेण्ट (भट्टी)काम गर्छन् । जस्ले गर्दा यहाँ दिनहु हाम्रो नेपाली परिवार भित्र कलह, झै-झगडा भैरहन्छ। त्यसैले स्थानिय जनताको हामी प्रति नकारात्मक धारणा बड्दै गएको पाईन्छ, कारणहरु चाहि:-
      १. नेपाली दुर्व्यसनी,
      २. नेपाली दादाहरु,
      ३. नेपाली नगरबधु,
      ४. अबैधानिक रुपमा बसोबाँस गर्दै गरेको नेपालीहरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin Thapaliya

      Lakxmi ji,sathiharule furkayeko matra haina,your writing is great!keep it..!

      stockholm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roopie

      लक्ष्मी जी,
      फात्त फुत्त पहिले पनि तपाइँको लेखहरु पढेकै जस्तो लग्यो यहि blog मा पनि । राम्रो लेख्नु भा छ । पछि पछि पनि लेख्दै गर्नुस् !

      R, Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puspa R. Tiwari

      This is really worth article for reading and able to explain why people want to asylum seeker. we should think it seriously. The most prominent reasons for this poverty. For our case, our corrupt government and corrupt leaders are responsible for poverty

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      आरु बङगालि इन्डियन धोति अफ्रिकि को त के कुरा गर्नु तर नेपालि ले नै बिदेस मा नराम्रो गरे को त ! सबै नेपालि लाइ पर्न औछ ! तेसो त नेपाल का खाते साना तिना चोर गुन्डा सबै होङ कोङ मा पुगेका छन रे सुन्छु ! आब नेपाल मा ठगे र चन्दा उठाय र हप्ता उठाय र खाने हरु ले त बिदेस मा नि तै नराम्रो काम गर्ने त होलान नि नेपाल मा आब मावोबादि / योङ कम्निस्ट Y.C.L नि आयो आलिक डर छ ! गुन्डा गर्दि हप्ता उठाउनु ! आब बिदेस मा नि नेपालि को इज्जत फाल्ने नै भय नि !

      यो लेख लेख्न्ने लक्ष्मी जि तपाइ ले नि किताब लेख्दा हुने जस्तो छ ! यदि लेख्न्न्नु भयो भने आफ्नो जिबनि लेख्न्नु होला सुपर हिट हुन्छ ! कर्ण साक्य दाइ जस्तै ! अनि देस को लागि नि केहि गर्नु होला नेपाल मा बसे र नेपाल आय र ! होङ कोङ मा मत्र बसे र भय न नि ! पोइसा (होङ कोङ डलर) मात्र लाइफ होइन नि !???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramu

      I totally agree with this article. Because of political parties’ visionless plans, political leaders’s corrupt behaviour and absence of rule of law in the country, many general Nepalese people including renounced scientists have been seeking “the footing” in the foriegn soils. It is very unfortinate for all of us, especially for our future generation. We cannot expect any “New Nepal” in this situation. If any political party or individual leader dreams a new nepal, any kind of brain-drain problems should be stopped by any means with an immediate effect.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker