मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हर्न बजाउनुस्, अरुलाई थर्काउनुस्

    वीर अस्पालको नजिकै यस्तो नो हर्नको बोर्ड टाँगिएको छ। यस्तो बोर्ड टाँगिएको ठाउँमा हर्न बजाइयो भने जरिवाना तिर्नुपर्छ भनेर लाइसेन्स लिनुअगाडि दिएको लिखित परीक्षा (यदि घुस खुवाएर लाइसेन्स निकालेको हैन भने) मा पक्कै पढेको हुनुपर्छ। तर नियम सियमलाई गोली हान्नुस्। कसैलाई मतलब छैन। यहाँसम्म कि त्यहाँ कोही ट्राफिकै उभिएको भए पनि उसले वास्ता गर्दैन हर्न बजाएको कुरालाई।

    वीर अस्पतालअगाडिको नो हर्न लेखिएको स्थानमा कस्तो छ वातावरण आउनुस् यो भिडियोमा हेरौँ-

    यहाँ त हर्न बजाउनुस्, अरुलाई सकेसम्म थर्काउनुस् भन्ने बोर्ड राख्नु पर्ने हो। तपाईँहरुले काठमाडौँमा सडकमा हिँड्दा कहिल्यै याद गर्नुभएको छ- कति धेरै हर्न बजाइन्छन् यहाँ ?

    चाहिएको बेलामा मात्रै हैन, नचाहिएको बेलामा पनि हर्न बजाउँछन् यहाँका चालकहरु। यसो गरे पनि प्वाँ उसो गरे पनि प्वाँ। टिँटिँ र प्वाँप्वाँ जे गर्दा पनि। कुनै दिन तपाईँ काठमाडौँका सडकमा हिँड्दा अरु कुरामा ध्यान नदिएर हर्नलाई मात्र ध्यान दिनुस् त- तपाईँलाई यति दिक्क लाग्नेछ कि बाध्य भएर अन्यत्रै ध्यान दिन बाध्य हुनुहुनेछ।

    ध्वनि प्रदूषणको केही मतलबै छैन यहाँका चालकहरुलाई। ट्राफिकले पनि यसमा खासै ध्यान दिएको देखिँदैन।

    केही अघि कोरियाको राजधानी सोलमा जाँदा छक्क परेको थिएँ। त्यहाँका चालकहरु हर्न भनेकै बजाउँदैनन् रहेछन्। नौ दिन त्यहाँ बस्दा नौ पटक पनि मैले हर्न बजेको आवाज सुनिनँ।

    ‘सोच’ पुस्तकमा कर्ण शाक्यले पनि अमेरिकाको हर्नका बारेमा त्यस्तै एउटा रमाइलो प्रसंग उल्लेख गर्नुभएको छ- कसरी हर्न बजाउँदा झण्डै आपत आइलागेन भनेर। एकैछिन पढौँ त्यो प्रसंग-

    एकदिन म र मेरो साथी रत्नमान शाक्य न्यूयोर्कको टाइम्स स्वायरमा ‘ड्राइभ’ गरिराखेका थियौं । हामीले जेब्रा क्रसिङनिर गाडी रोक्यौं । अनायास रत्नमानको हात हर्नमा पुगेर प्वाँक्क हर्न बज्न पुग्यो । जेब्रा क्रसिङमा हिंडिरहेका एक व्यक्तिले अपरझट गाडी नै फुट्ला जस्तो गरी मुक्का बजारे । हामी दुबै ‘सरी-सरी’ भन्दै थियौं तर ती मानिसले अभद्र शब्द प्रयोग गर्दै गाली गर्न छोडेनन् । मैले पनि रिसले ती यात्रीलाई केही भन्न खोजेको थिएँ तर रत्नमानले मलाई बीचमै रोके ।

    हाम्रोमा भने जता पनि जेसुकै भए पनि हर्न बजाउने चलन छ। होस्, अरु ठाउँमा बजाअ‍ोस् भनेर छाडिदिने हो भने पनि कम्तिमा हर्न निषेधित क्षेत्रमा त हर्न नबजोस् ! तर कसले वास्ता गर्ने यो कुरामा ?

    No related posts.

    27 comments to हर्न बजाउनुस्, अरुलाई थर्काउनुस्

    • Akash

      Confessions of a Nepali driver:

      1. Defensive driving? what’s that? No guts, no glory! (plus u’ll never get anywhere on time).

      2. I treat big trucks like I do people – I overtake them.

      3. If you dare to cross the road, I’ll slow down (a bit) for you.

      4. I honk u to warn u that I am overtaking you.

      5. I feel that just 1 inch between cars driving pass each other is enough.

      6. I always drive within the speed limit (my speedometer never goes above 40km/hr).

      7. What traffic lights?

      8. I offically got my licence at 18, but I already started driving even younger.

      9. Road curves are meant to be taken with speed.

      10. I did pass my car exhaust emission test and get the green tag, but even if we are to fail the test and get the red one, i can still drive it.

      11. I can drive a Truck/Bus too cuz it drives the same way but it is heavier and legally needs an heavy vehicle licence (yes, they look flimsy but they are ‘heavy’).

      12. I can also ride a motor bike, we tend to modify our bikes to suit our needs, sometimes cutting away half the mass of it (it is against the law,but we just ignore it).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kancha tamu

      उमेश जि, म तपाईलाई दुईटा कुरा भन्न मन लाग्यो | एउटा कुरा त हाम्रो देशमा ट्राफिक सिग्नलहरुको राम्रो व्यावस्था पनि छैन | सायद मेरो ख्यालमा तपाई पनि कत्ति ठाउँहरुमा झुक्कीसक्नु भएको छ जस्तो लाग्छ मलाई | जब ट्राफिक नजिक आई लाईसन्स माग्छ र मात्र थाह हुन्छ कि बोर्ड हामीले कहिल्यै नदेखेको र नसोचेको ठाउँमा झुण्डीई रहेको हुन्छ | अर्को कुरा चाहि तपाईले कमेन्ट गरिरहनु भएको बोर्ड पनि तपाईले भिडियो खिचिरहनु भएतिर पो देख्छु त म त, गाडीहरु आएतिर नभएर | चालकहरुले नदेखेर पो होकि हर्न बजाएको | खैर केहि छैन, दुबै पक्षका कमि कम्जोरीहरु धेरै छन | हामी बाट नै सुधारीलाने काम जारी होस | धन्यावाद उमेश जि अनि मित्रहरुलाई पनि ||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipesh USA

      यहा त चिनेको मान्छे सडकमा हिडेको देखेमा मात्र चालकले हर्न बजाउछन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surendra

      ट्रफिक पुलिस लाइ थाह भायेन क्यारे नियम त्यस करणले पो हो त्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janga bahadur

      One thing i like to say that monkeys are live in KTM not a humanbeing. Recently i was in kathmandu on my vacation. I was crossing the road infront of the royal palace durbar marg (center of city) in blue signal .Suddenly one big police van crossing infront of me with big horn. I couldn’t understand why they did that . It is so rediculous that they do such king of idiot thing . They are the police who make the traffic rule and break by themselves. That’s why i think that monkey drives a veichle in nepal.There is no rule and law for animals.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dayasagar

      धन्यवाद उमेश जी
      हाम्रो देश को शदक र त्र्रफिक नियम नै गजब को च्ह्, केहि बिदेश शन्ग तुलना न गरव,माथिको तश्बिर् मा देख्नु भयन मोतर शैकल हरु यता र उता बात आयेपचि हरन न बजय के गर्ने लौ?
      येक पतक के भयो भने मैले सवारि साधन च्हलाउदा हर्न को प्रयोग गरिन बरु स्वारि साध्न रोके थाहा च्हा के भयो ? त्यो बातो कात्ने मान्चेले उल्तै हर्न चैन ? भनदै थुल्थुलो आखा देखाउदै हिद्यो अब आफै भन्नुस त के गर्ने होला ?
      हर्न बजाए पनि नहुने,नबजएपनि न हुने

      सागर्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalal, sydney

      Umesh jee,
      I was also feeling the same thing that u’ve written. No one cares about the annoying sounds of horn in our country. The sound pollution is really spoiling the peace around us. Not only this, many people in our countrysides enjoy the unnessary sounds of horn. I don’t know what would I do if I were there now. But I’m now here and I really surprise if I remember the sounds of horn in our cities. When there is traffic jams all drivers beep horn but that’s not the solution for jam.
      I also had the same feeling that you had in south korea when I was newly arrived in Sydney. I rarely hear drivers beeping the horn on the streets of sydney. drivers only beep their horn when the other driver in their front breaches the traffic laws or makes mistake. when we frens were learning driving here, sometimes we used to get horned by the other driver and that used to be an issue/topic in our conversation about driving.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pmunankarmi

      We cannot compare our streets with other developed country’s street. They have wide streets and they have specified the lane as per speed. Drivers are also very conscious about there speed and the lane which they are following so they don’t need to overtake other vehicles because usually they all moves in constant speed. But here you see most of the roads are with two lanes and it’s rare to find wide road with multi lane. Whether we found the wide street some of the uncivilized drivers drive slowly on the middle of the road, some local buses stop on the middle of the road, they don’t care about others they drive their vehicle as per their mood. So we need to overtake these kinds of vehicles and you know we must press horn to overtake.

      Now lets talk about the pedestrian, they don’t walk on middle of the road as here. They don’t cross road from anywhere. Yes we must give first priority to them if they are on their right track. Here you see pedestrian are so uncivilized they like to walk in middle of the road, they think that vehicles have only 4-5 gears but they have 11 no. gear….. So we need to press horn to aware them that they are in wrong way.

      You had given the example of Bir Hospital area. Yes I agree this is hospital area and we are not supposed to press horn over there, but can’t you see Ratna Park area just near to Bir Hospital????? How the pedestrian walk on the middle of the road and how they cross the road below the overhead bridge? Now you tell me what should we driver do? If we don’t press horn and aware them we cannot reach on time to our destination, we will be always behind and that may cause an accident too, isn’t it??????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जस राई - तान्ज़ानिया

      मेरो बिचारमा यो एकदम ग़लत हो. तर के गर्ने? नेपाली ड्राइवर हरु घुस दियेर लाईसेन्स लिन्छ्न, त्सको मतलब ड्राइविंग स्कुलमा भरती नभई लाईसेन्स लिन्छ्न अनि तिनलाई के थाहा ट्राफिक नियम!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SUBARNA

      हरे के हर्नको कुरामात्र गरी रहनु भाको………..भन्या त्यो त प्वाक प्वाक बजायो मैले माने त्यो बजाउननै बनाएको लौ ठिक छ, अनि त्यो आजकाल नेपालमा मोटरसाइकल लाई मोठिफाइ गर्दा त्यो साइलेन्सर पाइपको प्वाल ठूलो पारी पारी हेलिकप्टर आएको जस्तो भ्यारा म्यारारा पारेको कुरो चै खोइत…………… कि अर्को ठूलो आवाज आउने साइलेन्सर राखेर भ्यारा भ्यारारा पारेको छ। अझ एउटा मोटर साइकलमा त एम्बुलेन्सको साइरन राखेर हर्न बजाउदै हिड्दा समेत ट्राफिक प्रहरी त मजाले हासेर पो बस्छ। यसको बारेमा न त ट्रफिक प्रहरीले नै वास्ता गर्छ न त जनताले नै उसलाई केहि भन्न सक्छ।
      त्यस कारण हाम्रो नेपालमा कानुन सानुन केहि मतलब छैन। त्यो कानुनु त सांसदहरूले काम नभाको बेलामा बनायो र अनि पारित गरेर पुस्तकालयका थन्क्याउन बनाएको कागजको थुप्रो मात्र हो है……
      नेपालीले विदेशीको नराम्रो कुरा चै छिटै कपि गर्छ तर राम्रो कुरा चै कहिल्यै पनि कपि गर्देन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prasis

      As per my knowledge horn is just to correct somebody whos is driving ahead of you or in the side of yours. Not to just press it for your own convinance. Pedesterian should have first right in the road. As in NY if horn then there should be fine then only there will be control. and adding road in nepal have lacks of traffic sign as well and as other said no proper education and most of the people can buy driving liscence. All these may be the reason behind that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram kumar

      अरुको त्र्याकमाँ गाड़ी गुडाउने, बिना काममाँ हार्न बजाउने, जाहा पाए त्याही गाड़ी रोकने, जेब्रा क्रॉसिंगमा मान्छेले हात दीदा पनि नरोकने याहाका ड्राइवरहरुको बानीनै परी सकेको छ, लाईसेन्स लिए पछि पढेको छईन भनेर माफ गर्न मिल्दैंन, यस्तालाई सजाय दिनईपर्छ, त्यसतै पढे लेखेको भनिनेले मान्छे हिड्ने फूटपाथबाट मोटर साइकिल चलाऊछन, त्यसतालाई झन ठुलो सजाय दिनु पर्छा .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      hello Umesh ji

      I am here in Phuket,thailand and in Patong Soi bangla seems like same in Ason Ratnapark, but no body use HORN, yeah we used side lights and head lights as in indication, in a week rarely one time i press in Horn, but the situation is different in Burma and India, ” Kya kare Umesh ji dhota bahut DHOTI BHA-YI-YO ki bhi style karna pad-ta haina na Nepal main HORN ba-ja-ne ke liye “

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Devendra

      कपडा मा घटिया फाइबर,मान्छेमा घटिया डाइभर यो उखान अज़्है सन्देर्विक छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung bhakta

      हो नेपाल मा जथाभाबी हर्न बजाएको र ट्राफिक नियम को उलङघन भएको देखिन्छ,तर नेपाल मा कसरी भयो त यो नियम उलङ्घन यस्को बारेमा हामीले चासो राख्नु पर्छ,अमेरिका र स्विजर्ल्यान्ड मा बसेर त्यो देश सँग हाम्रो नेपाल लाई तुलाना गर्नु कतिको राम्रो होला? र तपाईं हरु त धन सम्पत्ति टन्न भएर देश बिदेश घुम्नु भएको छ र ति अनुभब हरु बटुल्नु भएको छ तर नेपालका चालक हरु त आफ्नो सिमित देश मा मात्र काम गर्नु भएको छ र ज्ञान को पनि कमी छ र उस्लाई शिक्षा भनेको केही थाहा छैन उस्ले पनि आफ्नो छोरा छोरी लाई पढाउनु पर्‍यो घरखर्ची धान्नु पर्‍यो त्यस्को लागि वाध्य भएर जानेको काम त गर्नु पर्छ।र उस्लाई चालक आनुमतिपत्र दिने बेलामा राम्रो सँग ट्रफिक प्रहरी हरु ले सिकाउनु पर्छ र सडक चिन्ह हरु को बारेमा राम्रो सँग ज्ञान छ कि छैन सोध्नु पर्छ यदी राम्रो ज्ञान छैन भने सिकाउनु पर्छ। कुनै पनि मानीस ले सिकेर काम गर्न सकिन्छ,बुझेर काम गर्न सकिन्छ,उस्ले गल्ती गरेमा राम्रो सँग सम्झाउन सकिन्छ र बल्ल उस्ले गल्ती काम गर्न छोड्छ अनी देशमा बिकास हुन्छ। जाने बुझेको मान्छे अमेरिकामा बसेर नेपालको बारेमा कमेन्ट लेख्नु कतिको राम्रो होल?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harke

      उमेश जी,
      यि सबै कुराहरु सभ्यताको बिकाश सन्गै आ उ छन्, तेसो त हामी नेपाली असभ्य भन्न अर्थ होइन, कुरा के भने हामि गोरु-ग़ाडा, र साइकल-रिक्सा सभ्य तरिकाले सन्चालन गर्न सक्छौ, तर यन्त्रिक सवारि सन्चालन गर्ने सभ्यताको बिकाश हुन केहि हद सम्मको शिक्शा को जरुरत हुन्छ जस्को हामिमा अभाभ छ्!
      जब नेपालका ९५% (कम्तिमा) जनता शिक्शित हुन्छन तब मात्र हामिले क़ाठमान्डु र न्युयोर्क को सडक को तुलना गर्नु उचित होला कि? नत्र अरु घोडा चढेको झोक मा आफु धुरि चडेको जस्तो हुदैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      ********* हर्न बजाउनुको बाध्यता !! ************

      हर्न बजाउनु राम्रो कुरा त होइन, तर यो जान्दा जान्दै पनि हामीले अनावश्यक हर्न बजाउनु पर्ने हुन्छ। अझ भन्नु पर्दा घुम्ति नै घुम्तिको बाटो, र गल्लि, साँघुरो बाटोले गर्दा पनि सुरक्षाको हिसाबले हर्न बजाउनु पर्ने हुन्छ.

      म प्राय बाहिर जादाँ पनि नचाहदाँ नचाहदै हर्न बजाउन बाध्य हुन्छु। प्राय ठुला गाडीहरुले सानो लाई हेप्ने प्रब्रितिले गर्दा पनि दुई पाङ्ग्रे साधन चलाउनेहरु यसको मर्कामा परेका हुन्न। ठुला गाडीहरु हेपेर जथाभावी पर्किङ् गरेर बस्छ्न। ट्याक्सीहरु पनि बिच बाटोमा नै रोकेर यात्रु कुरेर बस्छन। तपाई बिर हस्पिटल, शहिदगेट,धरोहरा, आसपासमा हेर्नुस त ट्याक्सीहरु कसरी पर्किङ गरेर बसेका हुन्छ्न। एका तिर सडक ब्यापार, जथाभावी पर्किङ जसले गर्दा पनि हर्नको आवाज ठुलो हुदै गएको छ।

      यो सबै हाम्रो सरकार निकम्बा भएर भएको हो। सरकार नै नभएको देशमा जसले जे गरे पनि हुन्छ।

      श्याम कुमार श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaya

      dont expect, switzerland and other countries and its your stupidity comparing Nepal with such developed country. That’s why its Nepal. To develop nation, first we should be responsible, every people has to to their own duty. I think most of the people in Nepal are crook they talk one thing and do another things. If the things are in favour of them they say its good and if its other way round then they say its not good. No one has contributed yet to make nepal better. All talks about new nepal and do in old fashion, old mentality and ……. everything old. Only from mouth is new. So, to have systems and good things, discpline is important, we all have to responsive and act accordingly. I really pissed off with guy who is abroad and compares Nepal with those developed country with out looking into their past effort having reached that stage. I am also abroad and always think about how can Nepal be good n better.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saroj Shrestha

      अमेरिक मा हर्न बजाउनु भनेको अरुलाइ गालि गर्नु हो’त्यस्तो कुरा लाइ हामि नेपालि ले पनि सिक्नु पर्च’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेस जि नेपालमा ज्यान मार्ने मान्च्हे को केहि मतलब गर्दैनन भने जाबो हर्न को के बदाइ चदाइ हो नेपाल केको नियम च्ह र शाथिहो कुनै अपिस मा जानेहो भने जनता को समस्या लाइ शमाधान गर्नु को शता उल्तो कथिन बनाइ घुमाउच्हन
      नेपाल का कर्मचारि हैनन भस्तचारि हुन
      ok bye to every body
      sher_bahadur28@yahoo.com
      doha qatar ffc

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      कस्तो अचम्म छ नेपाल मा .म याहा सुइस मा बसेको ४ बर्श भयो तर याहा मैले जम्मा जम्मि ३० देखि ४० चोटि मात्र हर्न बजेको सुने होला (बिस्वो कप/world cup मा भन्दा बाहेक)नत्र भने त यहा का मान्छे हरु ले कहिल्यै हर्न को प्रयोग गर्दैनन .हर्न प्रयोग गर्ने भनेको त धेरै ठुलै समस्या पर्यो भने वा यदि कोहि चिनेको मान्छे बाटोमा हिडिरहेको छ भने मात्र त्यो पनि हत्तपत्त प्र्योग गर्दैनन.तर येदि अरु कसैले नियम मिचेर सबारि साधन चलायको छ भने चाहि हर्न बजायर उसलाइ गालि गर्छन.तर नेपाल मा त हर्न बनायकै बजाउनको लागि त हो नि भन्दै अति सम्बेदनशिल ठाउ मा पनि बजाउने चलन छ.तर मेरो बिचार मा यसको रोकथाम को लागि सबारि चालकहरु आफै जिम्मेबार हुनु पर्दछ नत्र भने पैशा तिरायर मात्र समस्या को समाधान हुने भन्ने चाहि होइन.
      आशिस
      सुइश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dimple

      do you think traffic rule exist in Kathmandu I dont think at all. I am not understanding why we have traffic police . It would be better to remove all traffic police from the road and let the people decide who will go first . its total waste of money which goes for traffic management. its whole of anarchy on the road in kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva hari

      I am quite agree with Navin. currently i am in Israel and also i have not hear any horn sound on the road here.moreover they always give top emphesis to pedestrian. and I came to know that they r well educated. here few people speaks english but driver the most and it is mainly for the foreign passenger like us.on the other hand, nepal’s drivers feel pround to blow horn. they things themself superior. simultenously the traffic polish are equally responsible for this mischiefs. why don’t they punish them, but why afterall drivers are source of their income. bloddy corrupted system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Navin

      i also felt the same way, drivers are crazy in Nepal. Few weeks ago, i came in Santa Cruz, US and people here are so civilized. Drivers are very disciplined. They never-ever honk the horn. Their main priority is pedestrian’s comfort and security. They let go pedestrians even if they’ve green signal on to move on. To get driving license here, drivers are taught that way. they’ve to pay full attention to pedestrians.

      back there in Nepal, who cares?? neither drivers nor pedestrians.. all of em are crazy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali babu

      We feel same when we are in US. This is not a rule violation. But our drivers have less education background. Before make a scuh comment/action we need them to educate about the sound pollution and its impacts to others

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण अधिकारी

      बादर लाई लीस्नो !
      नेपाली ड्राईवर लाई गाडी को हरन् !
      नेपाल मा ट्राफिक चीन्ह हेर्न लाई काठ्मान्डौ
      जानु पर्छ.९९% लाई तेस को जान्कारी नै छैन .
      तेईभयर हो.

      त्यो जान्न लाई त पडाई पनी हुन परेओ अनी
      त्यो चीत्र बाजा को जस्तो भयर यो ठाउ मा हर्न बजाउने हो
      की भनेर नै बजाएको हुन पनी सक्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      उमेस जि नेपाल मा कस्ले नियम कानुन लागु गर्छन र
      फेरि मेरो बिचार मा साइकल र मोटर बाइक एक लाइ मा मत्र हिड्नु दिनु पर्छ ! र गाडि हिड्ने नि लाइन बनाइनु पर्छ ! साइकल र बाइक रोड को बिचमा हिड्नु दिनु हुन्न अनि बल्ल आलिक जाम कम हुन्छ ! अनि मानिस हरु जता भबि हिड्न दिनु हुन्न ! मानिस मा यो जन चेतना छायो भने राम्रो हुन्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker