मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    निर्वाचन सर्‍यो, कसलाई फाइदा, कसलाई बेफाइदा ?

    निर्वाचन सरेर हामी जनतालाई त सबैभन्दा बढी बेफाइदा भएको छ नै। क-कसलाई फाइदा र बेफाइदा भयो त ? यसो सोची हेरौँ न त।

    माअ‍ोवादी
    निर्वाचन सरेर सबैभन्दा फाइदा माअ‍ोवादीलाई नै भएको हुनुपर्छ। वास्तवमा मंसिरमा हुने निर्वाचन सार्नु पर्छ भनेर सबैभन्दा पहिला आवाज उठाउने पनि माअ‍ोवादी नै थियो। अन्ततः अन्तिम समयमा माअ‍ोवादीले लिएको अड्डीका कारण नै निर्वाचन सर्ने स्थिति आइलागेको हो। भाषण गर्नेले जस्तै गफ हाँके पनि वास्तवमा परिणामको चिन्ताले नै माअ‍ोवादीलाई अहिले निर्वाचन हुनु ठीक छैन भन्ने लागेको हो। निर्वाचन सर्नाले माअ‍ोवादीलाई फाइदै भएको छ।

    राजावादी
    सकेसम्म संविधान सभाको निर्वाचन नै नहोस्, अनि दलहरु यसरी नै एकापसमा जुधिरहुन्। त्यसपछि बल्ल धमिलो पानीमा माछा मार्न पाउँला भनेर बसेका राजा र राजावादीहरुलाई पनि निर्वाचन सरेर फाइदै भएको छ। २००७ सालदेखि सर्दै आएको संविधान सभाको निर्वाचन सन् ३००७ सम्म सरोस् भन्ने नै उनीहरु चाहने नै भए।

    काँग्रेस
    सत्ता आफ्नो हातमा भएकोले र आफ्नो अडानलाई माअ‍ोवादीका कारण गुम्न नदिएकामा काँग्रेसलाई पनि फाइदै भएको हुनुपर्छ। तर माअ‍ोवादीको दबाबका कारण अन्तिम अस्त्रका रुपमा मात्र गणतान्त्रिक हुने काँग्रेसको नीति संविधान सभाको निर्वाचन अगाडि नै सार्वजनिक गर्नुपर्दा भने काँग्रेसको एक पक्षलाई दुःख लागेको हुनुपर्छ। तर जनभावनासँगै गएर निर्णय गरेका कारण काँग्रेसको ठूलो पंक्तिलाई यसबाट फाइदै भएको हुनुपर्छ।

    एमाले
    काँग्रेस टुक्रिएको अवस्थामा र माअ‍ोवादीको लोकप्रियता खस्कँदै गएको बेलामा संविधान सभाको निर्वाचन भएको भए एमालेलाई सबैभन्दा फाइदा हुने कुरा निश्चित थियो। तर वैशाखमा निर्वाचन भएन। अझै पनि एमालेले आफू नै सबैभन्दा ठूलो दल बन्ने भाषण गर्दै थियो। संविधान सभा निर्वाचनको पक्षमा सबैभन्दा पहिला प्रचारप्रसार गर्ने दल पनि एमाले नै थियो। सुरुमा समानुपातिक प्रणाली र जनमत संग्रहबाट राजतन्त्रको भविष्यको फैसला गर्ने कुरा उठाउने पनि एमाले नै थियो। एउटा कुनै पनि अडान राख्न नसक्ने पार्टीका रुपमा बदनाम भए पनि संविधान सभाको निर्वाचनमा बहुमत जित्ने आशा स्थगित भएकोमा एमालेलाई भने बेफाइदा भएको हुनुपर्छ।

    भारत
    भारतले भित्री रुपमा के चाहेको छ, प्रष्ट भएको छैन। तर भारतीय राजदूतले सीधै हस्तक्षेप शैलिमा मंसिरमा निर्वाचन नभए यो सरकारको वैधानिकता समाप्त हुने चेतावनी दिएका थिए। अब निर्वाचन सर्ने भनिसकेपछि भारतको कस्तो भनाई सार्वजनिक हुने हो, त्यो हेर्न बाँकी छ। बजारमा भारतले प्रधानमन्त्री फेर्न चाहेकोसम्मका हल्ला आइरहेका भए पनि भारतको नीति त्यति सजिलै कसैले अनुमान लगाउन सक्ने कुरा हैन।

    अमेरिका
    मोरियार्टीको कडा कूटनीति पूर्ण रुपमा असफल भएपछि अमेरिकाले पठाएको नयाँ राजदूत न्यान्सी पवेल निकै लो प्रोफाइलमा बसिरहेकी छिन्। अहिले अमेरिकाले भारत कै नीति फलो गर्ने पक्षमा देखिएको छ। त्यसैले अमेरिकाको कुरा भारतले लिने नीति र उसले देखाउने प्रतिक्रियामा निर्भर हुन्छ।

    अन्मिन
    नेपालको शान्ति प्रक्रियामा सघाउँदै भन्ने मूल वाक्य राखेर प्रचार गर्दै हिँडेको राष्ट्रसंघीय मिसन अन्मिन बाँदरको पूच्छर लौरो न हतियार सरह छ। नेपालको शान्ति प्रक्रिया बिग्रनै लाग्यो भने माअ‍ोवादीले हतियार उठाएर विद्रोह सुरु नै गरे भने वा सेनाले माअ‍ोवादीलाई हमला गर्नै गए भने पनि अन्मिनले केही गर्न सक्दैन। विभिन्न देशका हतियार निरीक्षकहरु नेपाल आए भन्ने समाचार सुन्नमा आउँछ बारम्बार। तर तिनीहरु कहाँ बस्छन्, के निरीक्षण गर्छन्, कसैलाई केही थाहा छैन। न माअ‍ोवादी सेनाको शिविर व्यवस्थापन नहुँदा अन्मिनले केही गर्न सक्छ, न राजनीतिक विरोधका कारण छापामारहरु शिविर बाहिर हतियारसहित निस्केर नाराबाजी गर्न आउँदा नै केही गर्नसक्छ। इयान मार्टिन नामका व्यक्तिले हद्द गर्नसक्ने भनेको एउटा वक्तव्य जारी गर्ने हो जसलाई आजभोलि दलहरुले मतलबै गर्न छाडिसके। खास काम केही गर्न नपाए पनि प्रशस्त तलब र सुविधामा मोज गर्न पाएको अन्मिनका केही उच्च अधिकारीहरु समेत भित्री रुपमा संविधान सभाको निर्वाचन सरोस् भन्ने चाहेको गाइँगुँइ अनौपचारिक रुपमा सुनिएको थियो।

    एनजीअ‍ो/आईएनजीअ‍ो
    यिनीहरुलाई पनि फाइदै छ। संविधान सभाको निर्वाचनलाई भँजाएर उनीहरुले डोनर एजेन्सीबाट करोडौँ रकम भित्र्याइसकेका छन्। त्यसलाई निरन्तर गर्ने मौका उनीहरुले पाएका छन्। मंसिर ६ गते नै निर्वाचन भइदिएको भए उनीहरुको प्रोजेक्टहरु सबै सकिसकेका हुन्थे। तर अब उनीहरुले त्यसलाई बढाउने मौका पाएका छन्।

    No related posts.

    41 comments to निर्वाचन सर्‍यो, कसलाई फाइदा, कसलाई बेफाइदा ?

    • मेरो बिचारमा लोकतान्त्रिक गनतन्त्रमा हामिले चाहेकोकुरा प्रस्ट गरेर मात्र चुनाब् को मिति तोकनु पर६ / ;सबइ तारतम्य मिलेमा सम्बिधान सभाको चुनाब् ले देस लाइ एक कदम अगाडि लान सक्६ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      Beggest loser are Nepali people.Even the king does not really gain about his future.It just prolongs the uncertainty.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basudev Raghubansh

      Only way left to root out the corrupt and repressive royal regime and their criminal gang of thugs from Nepal is by declation of Republic once and for all as soon and possible then go for constituent assambly election later possibly on November 22 this year. I don’t understand why everybody can not agree for declaration of Republic from the present parliament session after all Jana Aandolar II demand is for removal of cronic repressive corrupt kingship from the country and for establishment of Lokatantric Ganatrantra in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      चुनाव के का लागि ?
      जनताका लागि ?

      नेपालमा जनता नै छैनन /
      त्यहाँ त जातिबादि छन,
      क्षत्री-बाहुन छ्न्,
      देशि-मुसलबान छन;
      पहाडिया छन /
      समग्रमा त्यहाँ पिडित् मानव,
      हत्यारा दानव र
      डाँका “नेता” मात्र छन /

      चुनाव कसका लागि ?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वास्तवमा संविधान सभा निर्वाचन अनिश्चित बन्नुमा माओवादीको देखावटी क्रान्तिकारीवाद कांग्रेसको लाचारीवाद अनी एमालेको अवसरवाद नै प्रमुख हो ।
      मुलुकको समस्या के हो र कसरी समस्या समाधान गर्ने भन्नेमा भन्दा पनि राजनीतिक दल भोटको राजनीतिमा मरिहत्ते गरेर लागे । माओवादीका लागि संविधान सभामा जानका लागि चुनावी नारा चाहिएको थियो । त्यसैको लागि उसले संविधान सभा अगाडि नै गणतन्त्र वा पुर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरेको हो । कांग्रेस न माग पुरा गर्न सक्ने न अगाडि नै बढ्न सक्ने मोडमा बस्यो । एमाले कहिले कांग्रेसतिर ढलक्यो त कहिले माओवादीतिर पल्क्यो ।
      यसैको परिणाम हो आजको निर्णय ।
      तर निरास भइहाल्नुपर्ने अवस्था अहिले नै आएको छैन कि जस्तो पनि लाग्छ । २४ गतेसम्ममा यिनीहरुको कतै बुद्धी पलाएर पुन मंसिर ६ गते नै संविधान सभा निर्वाचन हुनसक्थ्यो कि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल मा यी पार्टी तथा दलहरुले केही गर्नेवाला छैनन् ।
      अनी एउटा कुरा हामी नेपाली ले पनि संबिधान सभा हुन्छ भनेर मक्ख नपरे हुन्छ ।
      अझ माओवादी त खत्तमै रहेछ , चुनाव मा सिट आउँदैन भनेर , अगाडि नै बाधा अड्चन खडा गरेर चुनाव नै सार्न लायो । तर अब यो चुनाव हुनै सक्दैन , यी दलहरु को नेपाल मा कुनै काम छैन । यी सब का सब असक्षम हुन् । नेपाली जनतालाई अब यस्ता दल को कुनै आवश्यकता छैन , जसले भनेको समय मा केही काम पनि गर्न सक्दैनन् । त्यसैले यी सबै दलहरुलाई नै सामाजिक बहिस्कार गर्ने की ???????? दलहरुलाई नेपाली जनता को मतलब छैन भनेर त , यसले नै प्रस्ट देखाइसक्यो नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DK जी मैले माअोवादीको अन्ध समर्थनमा लेखेको होइन तर जो सत्तामा वसेर मधेसमा अागो लागेको देख्दैन र भित्तामा (अाफ्नो चुनाव चिन्ह) जिन्दावाद (फलानो ) मुर्दावाद लेखेर चुनाव लागेको नाैटंकी गर्छ अनि वार्ता गराै अान्दोलन छोडिदिन्छाै भन्दा पनि तिमीहरूको माग पुरा गर्न सक्दैनाै भनेर घोषित चुनावको विथोलिने सम्भावना मध्यनजर नगरी एकोहोरो विनाताल संविधानसभाको चुनावको गीत गाउँदै नाच्दै गर्नमा व्यस्त भएर अर्कै दुनियामा हराउँछन (त्यसमा काँग्रेसदेखि सातदलका सवै टाउके र माअोवादीका क्रान्तिकारी हुँ भन्नेहरू सम्मका र वाँकी अमूकहरू) त्यस्ताको विरोधमा हो ।
      अढाइ करोड नेपालीको म्यान्डेड पाएर पनि राजालाइ एक्लाइ सम्पूर्ण शासन शक्ति हातमा लिएर पनि लुइरे स्यालजस्तो सिंहदरवार भित्रवाट यो गर्याै र त्यो गर्याै भन्नेहरू ले ५७ वर्ष पछि पनि जनताको संविधान वनाउन सक्दैनन भने त्यस्ताको के अाशा गर्ने । वर्षदिन जति सिंहदरवारमा हुइयाँ गर्ने माअोवादीवाट त झनै जनताले अाशा गर्न सक्ने स्थिति नै पो के रह्यो र ?
      अव राजाको कुरा छ राजाले केही नगरी चूप लागेर वस्न सक्छन भन्ने स्थिती छैन । तर जनताको चेतना नारायणाहिटीको चाैघेरा भन्दा फराकिलो छ भन्ने वुझ्न सकेनन भने राजाको १४ पुस्ते इतिहासलाइ जनताले माइखोलामा लगेर अागो लगाउनेछन् ।
      म कसैको अन्ध समर्थक पनि होइन र अन्धभक्त पनि होइन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साथिहरु गिरजालाइ हटायेर के त्यो खालि ठाउमा पुन्ह् ग़्य़ॉने लाइ राख्न्ने बिचार छ क्या हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      यसरि घरिघरि चुनाब सारेर देश त सारै ब्याक पर्यो नि हैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangram saila s'pore

      घाटा त उसलाई भयो जजस्ले यो चुनाव नगर्ने भनेर नाटॅक खेले उसलाई अति नै घाटा अति नै घाटा जनता माझ बाट सुन्य हुने गरि घाटा !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CH2OH

      जे भयो अति राम्रो भयो
      रक्सि खाऔ, खुशि मनाऔ
      जदौ ल .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dk

      ओह कन्चन जि
      तपाइ को कुर त थिकै हो
      तर माओबदि ले अद्दि नकसेको भये
      चुनाब त हुनथ्यो नै!
      अनि सबैले माओबादि लाइ मौका पनि
      दियेकै त हुन नि हजुर्!
      तर तिनि हरु आफ्नै मात्र दुनो सोझ्यौन खोजे त अरु भोकै मर्ने हो?
      क्रान्ति गर्यो भन्दै मा सबै छुट त दिन मिल्दैन नि देश कसैको पेव त होइन नि!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rashik

      न त यो साभिधान सभा भनेको के हो कुनै नेपलि ले भुजेकै थिये न त कथित नेताले ,कागलाई सेल पाक्यो हर्श न बिस्मात.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संविधानसभाको चुनावको मिति सर्नुमा माअोवादीको मात्रै हात छ भन्नुमा मेरो चै असहमति छ ।
      हो माअोवादीले चुनाव विथोल्ने कुरा पनि गर्यो तर माअोवादीले विथोल्दैमा विथोलिने सम्भावना नै थिएन यदी वाँकी सातदलले अान्दोलनरत समुहहरूसंग सहमति गर्दै राम्रो संग चुनावको वातावरण वनाएर जनतालाइ उत्साहित वनाएका भए । अनि अर्को कुरा चै के हो भने मुलुकमा यत्रो संघात्मकता र जातीयताको वहस उठीरहेको छ यसलाइ वेलैमा सवैले सम्वोधन गरेर लैजान सकेको भए न त यस्तो विद्रोहको कुरा उठ्थ्यो न त चुनावको वेपरवाह हुन्थ्यो ।
      मलाइ त के लाग्छ भने यो दुर्गती हुनुमा सवै अाठै राजनैतिक दलहरूको हरूवापन नै जिम्मेवार लाग्छ । त्यत्रो जनअान्दोलनको म्यान्डेट लिएर सरकारमा जाने। अनि समयमा संविधानसभाको निर्वाचन गराउन नसक्नु त अाठदल र सरकार अनि प्रधानमन्त्रीको कमजोरी हो नि हतियार थन्क्याएर थान्को लागेको माअोवादीलाइ मात्रै सवै भएभरको दोष थुपारनु भनेको त पानीमाथिको अोभानो हुनुजस्तै नै त हो नि ।
      लिम्वूवान खम्वूवान मधेसका कुरा तत् ठाउँहरूमा व्यापक चर्कीरहेका छन् । सरकार चै तिमीहरूको माग हामी पुरा गर्नै सक्दैनो । जाअो जेसुकै गर भनेर राजधानीमा कुर्लिदा विचरा उनीहरू के गरून् । भर्खरै लिम्वूवान राज्य परिषदका अध्यक्षले संविधानसभाको चुनाव प्रचारप्रसार गर्न लिम्वूवानमा अाए वहिस्कार गर्ने वताएका थिए । मधेसमा त्यस्तै समस्या छ । उता थारूवान, ताम्वासालिङ, खम्वूवान सवै संघियताको अागोमा जलिरहेको छ ।
      के यी सवै जिम्मेवार छैनन् त?
      तर पनि यो सवै समस्याहरूको जड भनेको माअोवादी लगायतका सात दलको यथास्थितिवादी सोंच नै हो । वास्तवमा उनीहरू परिवर्तन नै चाहँदैनन् । नत्र त त्यत्रा हतियार वोकेर जंगल पसेका माअोवादीलाइ हतियार फाल्न लगाएर सडक हुँदै सदनसम्म ल्याउने त्यसपछि लुरूक्क परेर सरकार छाड्न लगाएर घरको न घाटको वनाउने ।
      फेरी त्यसपछि पनि चुनावको मिति सारेर (कसलाइ कति फाइदा वेफाइदा माथि हेर्नुभयो होला) सम्पूर्णा दोष माअोवादीलाइ लगाउने? यो त भएन नी । भन्नाले माअोवादी मात्रै चोखो छ दुधले नुहाएको छ भन्ने चै होइन ।
      त्यसकारण म चै सवै पक्ष चुनाव सार्ने महापापको सजायको भागीदार देख्छु । मेरो अँाखा नै गलत भए भनिदिनुहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jp

      यो त राजाको चालबाजी हो. कान्ग्रेसको चाहाना अनुसार र राजा बादिको सल्लाहा अनुसार चुनाब सरेको हो. येस्मा ९० प्रतिसत राजा लाइ फाइदा भाको हो भने कान्ग्रेस लाइ ९.५ प्रतिसत र ०.५ प्रतिसत अरु हरुलाइ फाइदा होला कि?
      जनता लाइ लोप्पा मात्रै हो. अब पालो नेता को लोप्पा खाने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CH2OH

      केहि बिग्रेको छैन
      अब सबै दलहरे मिलेर जगनतन्त्रन्को घोसन रे समनुपतिक चुनव को सहमति गर्ने अनि चैत-वैशाख तिर चुनव गरे भैहल्यो नि
      के को आकाशै झर्ल जस्तो गर्नु नि ?
      वस्तबम भन्ने हो भने अहिले गत सालको भन्द स्थिति अझै सुध्रेको छ र केहि महिना पछि अझै राम्रो हुनेछ
      अनि जो आन्दोलनरत छ्न तिनिहरु जायज तरिकाले प्रस्तुत भयक कछ्न कि छैन्न भन्ने पनि जच गरेन मओक मिल्ने भयो.
      यदि सहि कुरा मा सहि तरिकले प्रस्तुत भय सक्रमन कालमा ति आन्दोलन्रत समुहले आफ्नो प्रभवु उथाउने छ्न अन्यथ समाप्त हुनेछ्न .
      अब हुने चुनाव मात्र बास्तबिक अर्थको हुने भयो.
      यो भन्दा खुशिको खबर नै के छ र.
      जे भयो , अतिनै राम्रो भयो.
      लौ आ उनुस खुसि मनाऔ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogen

      माओबादीको कारण चुनाब सरेको भन्ने कुरा त स्वयम्मा पुर्ण पारदर्शी नै छ नि! यसमा बिबाद गर्नु पर्ने ठाउँ कम्तिमा म (हुन त यो एक्लो ‘म’ को बिचारको कुनै अस्तित्व छैन)चाहि देख्दिन है! पहिला मिस्रित चुनाब प्रणालि ठिक छ भनेर यीनीहरुले नै हामि जनताका अगाडि सहमति गरेर नेता हरुले खै कुन प्रधानमन्त्रि निवास (यदी म गलत छैन भने) बाट हात हल्लाएको हिजै जस्तो लाग्छ, अहिले फेरि पहिलाको सहमति हाम्रो राज्नैतिक गल्ति थियो भन्ने माओबादि बुझाइ नै य सम्बिधान सभाको चुनाब सार्ने मुख्य कारक हो/
      माओबादिको तराइ छेत्रमा प्रभाब कम हुँदै जानु, सहरी छेत्रमा वाइसीएल ले आतन्क बाहेक अरु कुनै सकरात्मक प्रभाब छोड्न नसक्नु, जातिय राज्य(भलै यो माग पहिला माओबादिले नै उठाएको किन नहोस )को माग गर्ने माओबादि बाहेकका अरु समुहहरु पनि देखिएर जनजाति, मधेशि जस्ता माओबादि मागप्रति केहि सहानुभुति राखिराखेकाहरुको सहानुभुति पनि ती नया दल र समुहहरु तिर जानुले माओबादिलाइ अहिलेको स्थितिमा अत्यन्त सक्रिय र आक्रामक कार्यकर्ता हरु रहेको तर सख्यात्मक रुपमा अत्यन्त सानो दल को रुपमा सीमीत गरिदिएको छ/ य़ीनै कारण हरुले गर्दा बमाओबादीहरुले नै चुनाब सार्न भाँजो हालेका हुन भन्न हिच्किचाउनुपर्ने कुनै स्थिति छैन जस्तो लाग्छ मलाइ त/
      अब यसरि चुनाब सर्दा हुन्छ नै के र ! केही आन्दोलनहरु होलान्/राजाबादीहरु सल्बलाउने मौका पाउलान्! केही बन्द हरु होलान्! त्यो अबधिमा कही सय मोटर साइकलहरु, केहि बस र केहि ट्रकहरु जलाइएलान्! कपिल्बस्तु घटनाहरु अरु दुइ चार पटक घट्लान्! बीस पचास घर जल्लान्!केहि दर्जन चेलीहरु लुटिएलान् !केहि हज्जार का टाउका फुट्लान्! केही सयको म्रुत्यु होला!(आखिर यी जनता भ्न्ने नीरिह प्राणी बनेकै यसकै लागी त हो)सत्ता प्रप्तिको “महान” आन्दोलनमा लागेकाहरुले यी झिनामसीना घटना हरुम ध्यान दिनु पनी हुँदैन र त्यसो गर्न फुर्सद पनि हुँदैन!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram kumar

      तत्काल मओबादीलाई फायदा भएको जस्तो देखिये पनि अंतत माओबादीलाई नै नोक्सान हुनेछ . किनभने माओबादी को कमजोरी नै जोर जबर्जस्ती हो जून कूरा हत्पत बदलिनेवाला छईन .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganga South Korea

      प्रचन्ड जि अब भोलि जनतालाइ कुन जालो रचेर गुमराह गर्ने हो?त्यो पनि आजै सुन्नपाए सम्बिधान्सभाको मिति म जस्ता अग़्यानि लाख लाख जन्तालाइ चेतना हुन्थ्यो कि?थुक्क बेब्कूफ शहिद तिमिहरु के र कस्का लागि मरेका?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब जनतालाइ दु:ख दिने काम चाहि नहोस. हमि शान्ति चाहन्छौ. देशमा जुन्सुकै सरकार आये पनि हामिलाइ राम्रो हुने होइन . जनताको बारेमा जति भाषण गरेपनि आखिरमा सत्ता पाएपछि यीनिहरुले सबै बिर्सन्छन . आज एउटा कुरा गर्ने भोलि अर्को कुरा गर्ने नेपालि नेताहरुको बानि हो. यो बानि छुटोस अनि देश बिकाश गर्ने तर्फ यीनिहरुको मन जाओस . सके सम्म चाडो निर्वाचन होस र देस्मा शान्ति होस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      माओबादि र राजाबादि यि दुई ले आफ्नो अनुकुल नहुदा सम्म सम्बिधान सभाको निर्बाचन असम्भब छ / यो सर्दै गर्छ / गिरिजा बाबु ले पनि आफु ले नसक्न्ने भय पछि ढिपि गर्नु भयन / सक्ने लाई छोड्नु परयो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chyangba

      Can’t agree with “Saag” anymore. Maobadi will be no where in the political map of Nepal by the time of much-hyped CA election. The activities of the maoists themself are the culprit of declining public support.They are enjoying the time of their life in this frailing political period of Nepal. God knows if they will ever be able to so comfortable again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surkheti

      unfortunate event!! These selfish and powerhungry leaders must be shunned! They never thought wisely for the people and will never do so. They are all rotten and corrupt.
      Nepal will face dire consequences now. Youths must get ready for another big movement. Watch out, within a year the king or the army will attack democracy!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surkheti

      This is not only sad but a great blunder from the 7 praty alliance. This will lead to great chaos and king’s take over. These selfish leaders have once again betrayed us. All youths must be ready for another great revolution now. Within a year we will witness a great misfortune in our country!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harke

      माओबादी ले चुनाब सारेर मख्ख पर्नु मूतको न्यानोमा रमाउनु जस्तै हो !
      १० सेकेन्ड मा गन्हाउन थाल्छ अनि चाल पाउछन्,
      तेसो त पहिला मिस्रित निर्वाचन प्रणालि नै ठिक्क छ भन्ने माओबदि अहिले “हगिसक्यो दैलो देख्यो” जस्तो गरेको छ र समानुपतिक को कुरा गर्दैछ्! अब मिस्रित त समानुपातिक होला रे, तर सरेको चुनब अगाडि आउन त सक्दैन् नि! त्यो कुरा माओबदिले कहिले बुझ्ने होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhishek

      निर्बाचन नहुनुमा माओबादी जिम्मेवार छन्! माओबादी जनताको सामु नाँगीसक्यो! माओबादी लाई जति धिक्कारे पनि पुग्दैन.. नेपाललाई अफ्गानिस्तान जस्तै बनाउदैछन्! माओबादी हरु नेपाली तालिवान हुन! आजको यो समाचारले मलाई निक्कै दुखित बनायो!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो घोर निरासाको अबसर र संबिधानसभा लगभग सहिद हुन लागेको मौकामा चुन्नीलाल हार्दीक समवेदना ब्यक्त गर्दछ । सायद आज राजावादी र माओवादीले ठुला ठुला भोज आयोजना गर्नेछन् । तपाइलाइ पनि त्यसको अग्रिम निम्ता । म त सुन्दैछु उत्तरी मित्रले माओवादी र राजावादीलाइ मिलाउने जुक्ति फिराएका छन रे अनि सुरजे वहादुर भन्नेलाइ प्रधानमन्त्री वनाउन दक्षिणि मित्र लागेका छन् रे ।
      ल वधाइ छ देश डुवाउनमा अतुलनिय योगदान पुर्याउने ज्ञात अज्ञात मित्रहरुलाइ ।
      चुन्नीलाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung bhakta

      संबिधान सभा को मिती सर्नु दु:खद हो तर यो दोश सबै माओवादी लाई दिनु पनि मिल्दैन, २००७ साल बाट संबिधान सभा को निर्वाचन गर्छु भन्ने नेपाली काग्रेस पनि हो तर २०६४ साल सम्मा चुनाव गर्न नसक्नु माओवादी को दोश होइन।मओबादी को राजनीति यात्रा धेरै भएको छैन त्यसैले माओवादी लाई दोश दिनु हुँदैन,माओबदी को एकल निर्णय ले चुनाव सार्न सम्भव हुँदैन अरु सात पर्टी ले पनि समहत जनायो होला अनी मात्र चुनाव सर्ने भनियो होल। चुनाव सार्नु मुख्य दोशी प्रधानमन्त्री हो प्रधानमन्त्री मा स्वछता छैन भारत र अमेरिका को रिमोट मा चल्दैछ अनी कसरी हुन्छ सबिधान सभा को निर्वाचन? एउटा प्रधानमन्त्री जस्तो मान्छे ले राजतन्त्र को बारेमा निर्णय लिना नसक्ने ले कसरी देश चलाऊन सक्छ? कसरी निर्वाचन गराउन सक्छ?अब फेरी यी नेता भनाउद हरु बनारस जाने बेला भएको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The biggest problem of Nepali people is that we cannot sit for ten minutes discuss and come to a conclusion. Even if we decided to do something within few minutes we change our mind depending upon who influence outside of the meeting. I think we have this loosers’ traite. We need to look at it beofre it is too late.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaya

      All media are against maoist, i smell that all comments are prejudice against maoist not really the demand they have raised are geniune. Now all started blaming maoist as if other party fought for CA election and republic set up for long. No one coperate those Maoist while they want to do something good. Once people is UML they never change their party irrespective of whatever party does. There will not be a full democracy in Nepal until same people votes the same party. Parties must be evaluated. But these days, I support Maoist and we need to support them because 1) we have to see them, how they work, 2) that is the only party in nepal who’s leader have no personal properties,. If someone believe in democracy maoist should be given one chance to run the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      फाइदा र घाटा बेफाइदा को प्रसन्ग

      सर्बसाधरण सोजा सिधा नेपालि जन्ता बाहेक आरु सबै लाइ फाइदा छ ! कान्ग्रेस लाइ नि एमाले लाइ नि मावोबादि लाइ नि जो एक्पायर समय (काल) सकिया का सबै साम्सद+तेतिकै साम्साद बनेका लाइ सम्पुर्ण कर्मचारि लाइ नि फाइदा नै छ ! तेस मा मन्त्रि र सरकार मा हुने हरु को भनि राख्न्नु पर्दैन आब त पुरा जन्ता लाइ थाहा छ ! ति सबै लाइ फाइदा को कुरा र साम्सद हरु को कुरा आहिले नेपाल मा २४० भन्दा बेसि होलान ति सबै १ जना नि खास गरि साम्सद होइनन मेरो भनाइ मा किन कि सबै को ! साम्सद काल समय बितिसके का हरु हुन ! जो सरसामान औसधि जस्ता भय हामि पहिले नै फाल्ने थियौ किन कि काम नलाग्ने सामान कसैले राख्दैन

      र आर्को कुरा कोइ त १ भोट बिना भय का बने का साम्सद नि छन ! ति सबै लाइ फाइदा नै छ ! देस र जन्ता को पसिना खान पाए का नै छन भत्ता नि सबै सुबिधा पो आरे ! फोन,बिजुलि बत्ति,पानि,बस्ने कोठा भाडा ,औसधि,अन्य इत्यादि कति साम्सद का त काठमान्डौ मा २/४ घर नै भय का नि छन कति ले त देस बाट भस्टचार गरे र कामए का नि हुन तिनै लाइ फेरि रुम भाडा भत्ता रे तै नि बसि बसि भत्ता खान पाए का छन तिनि हरु लाइ चुनाब भय न भने धेरै फाइदा छ चुनाब नहोस भन्ने नै चाहान छन !

      र कर्मचारि को कुरा कर्मचारि हरु लाइ नि फाइदा धेरै छ ! पहिलो त आहिले जगिर जाने डर छैना जागिर बाट निकालि हाले नि आनधोलन गरि हाल्ने नि फेरि कुनै पार्टि को सहयोग पाइ हाल्छ ! जागिर फेरि वापस औछ ! कान्तिपुर नेपाल को चर्चित पब्लिकेसन नै हेर्नु न कति को जागिर गय को थियो कान्तिपुर नै बन्द भयो आखिर फेरि त्यो निकाले का स्टाफ लाइ जागिर दिनु पर्यो ! आन्य कर्मचारि लाइ नि आफिस नगय नि भयो कति दिन त बन्द नै हुन्छ नेपाल मा तै माथि तराइ मा त आफिस नै नगै काम नै नगरि नि तलब पाक्छ ! आन्य ठाउ मा गय नि भो नगय नि भो तलब भत्ता घट्ने होइना आफिस नगय नि बन्द भय नि जस्ले जे बहाना बनाय नि हुन्छ !

      र कुरा भारत (इन्डिया) र अमेरिका को तिनि हरु लाइ त आलिक दु:ख लागे को होला चुनाब नहुदा किन कि मङ्सिर ६ गते हुदा तिनि हरु ले सोचे को पार्टि को जित हुने बिचार गरे का थिय होला ! तर भर्म हो नेपाल मा आहिले को अब्स्था हेर्दा जे पनि हुन सक्छ ! अरु धेरै नभनुम!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • eklo_kancha

      क़स्लाई फाइदा रे ? अहिले सान्सद भयेर मोज गरिरहेका हरुमा कति जाना ले जितेर आउलान जस्तो लाग्च तपाइलाई?
      No body is guaranteed a win here. And they know it. They are getting seats now just for being some small party which hardly has any chance to win anywhere.

      Girija is living like king himself. Madhav has his own oppurtunities. And the GREAT Prachanda .. he is having a blast as a leader of a BIG party in parliament. Maoist canot even gain HALF the number of seats that they currently have, especially after all their Madhise blocks has started their own fractions.

      So, why would anyone want an election now .. Its all poor Nepalese who are at disadvantage as it will take that many days before a Bank and a Police post comes to their villege again ;-(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Srikant Subedi

      the whole situation is so unfortunate and frustrating

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abinav

      मओबादि को बिनास काले बिपरित बुद्दि देखेर मलाई हास्सो लाग्यो.
      थुक्क बुद्दि.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yukta Timalsina

      यो चुनाब सरेर सबैभन्दा बढि घटा नेपाली जनतालाइ ेभएको छ /सबैभन्दा बढी फाइदा माओबादिले आफुलाइ भयो भन्ने ठानेको हुनुपर्छ/तर अब माओबादिहरु समाप्त भएर जान्छन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Natasha

      These all party are the same,, they can not do any thing,, just deceive people,keeping peoples in problem..
      Thats why King took power in his hand,, as Girija,,Sher Bahadur failed for elections,, and now same doing happening after Maoist involvement,, so it is clear…
      They are happy to be in power and the dont like to lose it,, as they know they will not be in power after election.
      Just,, attend Indra jatra, Bhoto Jatra, Change pictures in Currency,signboard, respect to Indian Idol…हुतीहारा सरकार!!!!
      NO Peace//Control//No water//No Oil//No Electricity//NO Mayor//No any development..Shame on you..Worst than King.

      Losing our patience!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anek Osti

      Seven parties did a big mistakes,they failed again,they always said we were following the people voice and their interest,I think the incidences of today proves they are laier .
      Who are going to lose ? We the people are losing day by day.
      Please think twice before prosponding the election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साग

      निर्वाचन पछी सर्नु “माओबादी” को लागि मात्र दुर्भाग्य हुनेछ| तिमिहरुको लोकप्रियता मात्र हैन औचित्यनै हराएर जान्छ अब, तिमिहरुको अस्तित्व रहँदैन अब| हुनत तिमिहरुको प्लान जनताको सामु नै नगई, चुनाब नै नजिती सरकार चलाउने होला, म थुक्छु तिमिहरुको बुद्धी लाई अनि तिमिहरुलाई|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      निर्वाचन सर्नु अत्यन्त दुर्भाग्यको कुरा हो ! सायद अब हामि अझै भयानक घटनाहरुको साक्षि बस्नुपर्ने या शिकार हुने समय आयकोजस्तो छ ! मावोवादिहरुपनि प्रेसमाथि ठाडो हस्तक्षेप गरेर आफ्नो तानाशाहि देखाउदै छन र जनतामा भयको आफ्नो स्थान गुमाइरहेका छन ! अब झन नराम्रो समय आयको आभाष भैरहेको छ ! निर्वाचन सर्नु एउटा अशुभ संकेत हो देश र जनताको भविष्यको निम्ति !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण अधिकारी

      हे माओबादी हरु म पनी तीमी हरु को समर्थन गर्ने एउटा
      बेकुब थीए ! आज बाट तैपनी हरायो
      तीमी हरु अब ओरालो लागेउ .
      राजा बादी लाई मोउका देऔ
      अखिर मा नेपाली कान्ग्रेस नै
      एउटा पार्टी हो. जस्तो लागेओ मलाई .अखिर मा सत्रु हसाई
      तीमी नेता हरु आज पार्टी गर्दै छौ होला .
      घर घर मा , होटेल मा ,डीस्को मा दारु को ताल मा रम दै छौ होला.
      ती सहीद को आलो रगत ले तीमी हरु लाई कुनै दीन पोल्ने छ.
      अनी ……..के भनम मेरो पनी आसु आयो………..
      देस को हालत यस्तो पार्ने नेताले गर्दा………
      अब क्रिपया सोझा जनतालाई यस्ता झुटा आस्वसन नदेजखाउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pamkaf

      Nepal failed once again to show its determination to resolve the issues through the Contituent Assembly. Overall looser is the public and the re-public. The political parties, the immediate winner of the postponement, will surely loose their public sympathy. UML will loose seats, Congress will loose supporters, Maobadi will loose their nascent public image. Regression force will raise their head, albeit slowly, to counter the JA-II achievements. People will loose their destination, now for ever.

      But all is not lost if all of the losers, present and past, reconcile with the fact or the truth that our in-fighting has weakend us more than what we could really tolerate with, then this could be called a win-win for Nepalease. Remember divided we fall, and if not cautious fall so deep into the gorge that we will never be remembered other than pages in History. I wonder even if that history will ever be read by anyone else other than we, the loosers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker