-सूर्य खड्का-
सात राजनीतिक दलले मंसिर ६ मा हुनुपर्ने संविधानसभा निर्वाचन स्थगनको निर्णय गरेपछि मुलुक राजनीतिक संकटतिर धकेलिएको छ। सात दलीय गठबन्धनले निर्वाचन कार्यक्रम रद्द गरेपनि नयाँ निर्वाचन मिति तय गर्न नसकेपछि देशमा चुनावी अन्यौल बढेको छ। यो अन्यौल निरुपरण गर्ने दायित्व अब सातदलबाट व्यवस्थापिका संसदतिर सरेको छ।
नयाँ निर्वाचन तिथि तय गर्नका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सुवास नेम्वाङको सहमतिमा व्यवस्थापिका संसदको विशेष अधिवेशन असोज २४ गते बोलाइएको छ। तर, संसद बैठकले पनि राजनीतिक निकासका लागि विकल्प खोज्ने सम्भावना अत्यन्तै कम छन्। संसद सामु राजनीतिक गतिरोध अन्त्यको विकल्प पनि छैन तर, संसदले विकल्प नखोजी सुखै पनि छैन।
प्रमुख सत्ता घटक नेपाली कँग्रेस र संसदको दोस्रो ठूलो दल नेकपा माओवादी बीच संसदबाट गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा सहमति हुन नसकेपछि रोकिएको निर्वाचन पछि बस्न लागेको संसदले पनि यी मुद्दामा दुई पार्टीलाई सहमत गराउन निकै कठिन देखिन्छ ।
कँग्रेसले माओवादीका दुवै मागलाई अस्वीकार गरिरहेको र माओवादी आफ्ना दुई अडानबाट टसको मस नभएका कारण संसदले उपयुक्त निकास खोज्न निकै कसरत गर्नुपर्ने देखिन्छ । माओवादी या कँग्रेस एकले एक कदम पछाडि हटेर अघि बढ्ने लचकता नअपनाउने हो भने सातदलबीचको खिचातानी फेरि संसदमा पनि दोहोरिने प्रवल सम्भावना छ ।
यता निर्वाचन सार्ने दलको निर्णयप्रति भारत, अमेरिका, युरोपियन युनियन र संयुक्त राष्ट्र संघले असन्तुष्टि जनाएका कारण सातदल, संसद र सरकारको वैधानिकता माथि अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाउने प्रसस्त ठाउँ पाएका छन् । नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जी तत्काल नयाँ दिल्ली जानुले नेपालको राजनीतिमा बढ्दो भारतीय चासोको स्पष्ट संकेत गर्दछ ।
सात दल बीचको एकता अब धेरै औपचारिक र थोरै मात्र कामयावी देखिन थालेको छ । नेकपा एमाले सडकमा विरोधमा उत्रिएको छ भने जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टी असन्तुष्ट देखिएका छन् । यसले दलहरु बीचको गठबन्धन संस्कार पनि संकटमा पर्न थालेको संकेत गर्दछ । निर्वाचन कार्यक्रम रद्दसँगै निर्वाचन आयोगले गरेको अरबौँको खर्च बालुवामा पानी भएको छ ।
त्यसैले अब दलहरुले जनताको नाम जपेर आफ्नो राजनीतिक अदुरदर्शिता मात्रै प्रदर्शन गर्ने हो भने देशमा अराजक र उश्रृंखल तत्वले वितण्डा मच्चाउने खतरा पनि उत्तिकै बढेको छ । चुनाव स्थगनले संविधानसभा विरोधीहरुले दिपावली गर्ने योजना पनि नगरे हुन्छ । राजावादी र दरवारीयाहरुले पनि खुसीयाली नमनाए हुन्छ । राष्ट्रिय संकट सात दलका थपिए पनि संकटले सबैलाई एकैपटक सताउने छ ।
हो, सात दलले अब दरबारका अमूक प्रतिगामी र प्रतिगमनकारीहरुलाई सत्तोसराप गरेर आफ्ना कमी कमजोरीहरु ढाकछोप गर्ने नैतिक, राजनीतिक सबै धरातल गुमाएका छन् ।
अब देशका संवैधानिक संकट थपिएको छ । संवैधानिक संकट समाधान संसदले गर्ला तर, राजनीतिक गतिरोध अन्त्य गर्न नसके नेपाली सेनाको अनवाण्टेड सक्रियता बढ्न सक्छ । नेपाली सेनाको आडमा भारतीय सेनाको हस्तक्षेप वा राष्ट्रसंघको व्यानरमुनि अनमिन मार्फत् अन्तर्राष्ट्रिय सेनाको क्रिडास्थल नेपाल बन्न सक्छ ।
कपिलवस्तु घटनाका नयाँ संस्करणहरु थपिन सक्छन् । काठमाडौं बम ब्लाष्टका प्रकरणहरु थपिन सक्छन् । सात दलले अब जनतासँग मुख देखाउने वा ‘सरी’ भन्ने आधार गुमाइसकेका छन् । त्यसैले देशको भविष्य सुनिश्चित गर्न अब जनताले आफै नयाँ नेतृत्व खोज्नु पर्ने बेला भएको छ । अब नयाँ भीमसेन थापा चाहिएको छ भन्नु अतिशयोक्ति पक्कै नहोला, किनकि नयाँ जंगबहादुर बनेका सात दल हारे पनि देशलाई त हार्नबाट जनताले जोगाउनै पर्ला नि, नपर्ला र ?
Related posts:












तखत किल्ला अर्थात काठमाणडू उपत्यका भित्रका तीन शहरलाइ राजा प्रिथ्वीनारायण शाहले चिसो ढुङगो भनेर खिसी गरेका छन/ ‘यो तीन शहर भन्याको चिस्व ढुङगो रहेछ/ षेलषाल मात्रै डूलो रहेछ/
यहा काजी दामोदर पाण्डे काटिए, भीमसेन थापा सेरिए, माथर सिम्ह थापाको हत्या भयो र रणोद्धीप सिम्ह मारिए तर पनि काठमाण्डूरुपी ‘चिस्व ढुङगो’ कहिल्यै तातेन/’दर्वार्’ र घरवार’ [Palace and people] बीचको केहि हद सम्म सकारात्मक नै हुदो रहे छ/
जालझेलको खेलमा मुलुकको राजनीति नराम्रो सङ गाजिएको प्रमाण हो आज काठमाण्डूमा ब्याप्त निराशा र हतासा अनुसार वर्तमान सरकार र शासन सङ सन्तुस्ट छैनन/दरवार नजिककाहरुलाइ सुनपानी छर्केर चोख्याउने तर’घर बलियो हुनु पर्छ’ भन्ने धारणा बोक्नेहरुलाइ सास्ती दिने प्रब्रिति नून पछि लाग्ने स्वघोसित भीषम पितामहहरुको अन्तर्निहित चरित्र बन्न पुगेको छ/त्येसैले होला नया भिमसेन थापाको खोजि भएको /
मन परे हरियो, नपरे रातोः
0
0
I like the comments by Gagane. he is true to say that the country is under chaos, there are plenty of issues to be addressed before CA polls. The terai issue, janajati issue, ehtnic groups issue, maois army issue, and so on. What if these issues are not resolved and more problems arise after the CA polls? Isn’t it rather better to keep the nation calm and make all the countrymen ready to accept the changes that CA polls give afterwards?
मन परे हरियो, नपरे रातोः
0
0
साथि..
IF I HAD TO CHOOSE…
भिमसेन थापा चाहि होइन….ज़न्ग बहादुर राण चाहियो..
सब नेता भनाउद हरुलाइ (ग्याने र पारसे पनि)स्वहा पारेर अफै सर्बे सर्बा….
क़े गर्ने त अखिरि!!
जनता ले पनि सहि मान्च्हे चुन्न सक्दैनन त …कसैको पनि मलाइ बिस्वस लाग्न चःःॅड्य़ॉ
मन परे हरियो, नपरे रातोः
0
0
I think ,we should not be hopeless. In present our country is in great political crisis. Negotation and understanding between political will give the right direction to nation. if political parties including maoist are not committed towards election ,then we all nepales are bhimsen for such parties
ganesh sharma
gaindakot-2 nawalparasi
nepal
मन परे हरियो, नपरे रातोः
0
0
For devlop new nepal we do not need a bhimsen thapa but we need Janga badhur rana.as he did kot parba and should kill all dam leders.thos who are undercontrol of india and USA.as a example congress CPN UML CPN Maoioast ra pra pa.sadhabhawana, King and his supporters and tarai new parties.
मन परे हरियो, नपरे रातोः
0
0
मओवादिको बुद्दि कहिले फिर्ने हो.. हे भगवान |यो देशलाइ माओवादिको चन्गुल बाट पार लगाउ प्रभो|
मन परे हरियो, नपरे रातोः
0
0
हामि मुसा देखि होइन सिम्हजस्ता भिम्सेन सन्ग सासित हुन चाहान्चोउ
भिमसेन तो हो जो सात दल र सामन्ति दर्बार बात जोगायर सान्तिको सासन गर ६
मन परे हरियो, नपरे रातोः
0
0
के.पी.dhungana को कमेन्त सारै चित्त बुज्यो,र नताशा जस्ता पूर्बाग्रही मान्चे ले गर्दा नै हाम्रो देश को ऊधोगति लागेको हो,साथै सूर्यजिका अरू लेख हरू पनी नीरन्तर पध्न पाऊ.
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जि मलाइ यो लेख को टाइटल सन्ग गुनासो ६ / यो देशमा वास्तबमा बुद्ध होइन हिटलर जन्मनु पर्नेथियो / अब देश बनाउने नै हो भने नया हिटलर जन्मनु पर६/ जन आन्दोलन को जुन मर्म थियो त्यसमा बज्रपात त भयो नै तर अब नेपलि जनातालाइ फेरि युद्दमा धकेल्ने सुत्रपात पनि यसै निर्बाचन को असफलताले भयो / के नेता ले गरेको फोहोरि राजनितिलाइ सधै नेपालि जनताले युद्धमा होमियर साथ देलान त ? जुन गोरु आय पनि कानै चिरियको भन्ने उखान नेपालि जनताले बुझिसके / हामि समस्त नेपालि को यउटै गुनासो ६ कि यो निर्बाचन को तयारिको लागि कति खर्च लाग्यो अनि चुनाब तोकियको मितिमा नहुदा कति नोक्सानि बेहोर्नु पर्यो ? त्यो नोक्सानि अब कस्ले बेहोर्ने ? यो सब जिग्यसाको उत्तर दिने कस्ले ? अब नेपाल आमालाइ यउटा सन्ततिको रुपमा हिटलर को खाचो ६ /
मन परे हरियो, नपरे रातोः
0
0
Surya Jee tapai kahile bata Gyane ko manchhe bannu bho ? tapai ko arth ta Gyane nai bhim thapa ho bhanna khoheko jast lago, yesto kura lekher samay kher nfalnus.
मन परे हरियो, नपरे रातोः
0
0
येहि हो के…..प्रजातन्त्र भनेको….लदाइ, झ्गादा, गुन्दागिरि, अनि लुत पात्.
यो भन्दा रम्रो अब्स्र्र कहिले मिल्चर… भर्स्तचार गर्न….
गुद्लक्…नेता जि हरुलाइ (रस्त्रिया धुकुति रित्याउन्)
मन परे हरियो, नपरे रातोः
0
0
Nepalese are again betrayed and all their efforts went to ZERO. This 8 party leaders are Greedy,, for thier power,,coward and just can make speech but can not do in real.. liars.. deceived Nepalese again..
what we can expect from leaders like,, Girija,, Ramchandra,,Prachanda.. Baburam.. Madhav,Sushil koirala..hahaha its really shame to prononce their name..
I do not have any hope,,
Better we can call to Gagan thapa,, NSU leader,, or Call Kamal Thapa (manadle), to handle country, instead of Bhimsen Thapa,, as we do not have real Bhimsen Thapa.
Regarding leaders of 8 dal,,First of all,, they have to show or convience people that they are chosen from People then they have rights to change anything,, whatever they wish.. still now they do not any authority from the pepople to make country Ganatantra ,, or go for samanupatik election system.. Now they have to use same system..
Just go ahead and face people,, If you really like loktantra,,
go and face to Lok Election..if Lok will give you approval by election then you do whatever you like,,otherwise don’t keep our conutry and people in idle.. and dont paralyse country announcing bandha, showing demostration,, we are already very behind..
We like to go School,college.offices. we like to open our shops,we like to celebrate our festival. we like to drive our vehicle..do not make obstrutcion on our road,, it is not place for your demo… go to Palace,, Go to PM, residence,, go to Sigha durbar for your demo..
Also do not spread rumours,,, do not pull to king in your chair business..
मन परे हरियो, नपरे रातोः
0
0
ळेखकले भिमसेन थापाको सन्दर्भ कोट्य़ाएर देशमाथि नै खतरा उत्पन्न भयो भन्न खोज्नु भयो जस्तो लाग्यो/तर उँहाले को बाट? किन ?र कसरि? खतरा छ भन्ने कुर चाँहि प्रश्ट पार्नु भएन / यसलाइ प्रस्ट पार्नु भयको भए सुनमा सुगन्ध हुन्थ्यो/
मन परे हरियो, नपरे रातोः
0
0
It is true that current leader are not able to hold CA election, but the suspension of CA election has happened only beacuse of maoist , who could not honor their previous committment, so they should be blamed for current political fiasco not all politcial parties,not even Nepali Congress.
There is no alternative to current politcal setup, so lets try get solution from it.No Bhimsen Thapa will be born overnight and will be mature enough to handle current political deadlock.
Best way to handle it would be to put pressure on maoist to honor the commitment they had made.
मन परे हरियो, नपरे रातोः
0
0
Why they afraid to announce Replubic if they really want.
मन परे हरियो, नपरे रातोः
0
0
माथी सुर्ये जी को लेख को सबै ले प्रशशा गरेको पाइयो तर लेख पढन पाइयेन्,, हटायो जस्तो छ,
, येस्को काम येस्तैइ छ, उशलाइ मन परेन भने हटाइदिन्छ,, तेस्तो पनी हुन्छ र?? क़मेन्त लेख भन्ने,, ब्लोग चलौने,, अनीु उश्को चित्त नबुझे,, हटाइदिने… मैले लेखेको पनि थुप्र्ाइ हटायो?? येसरी अर्का को समये को दुरुपयोग नगरौ,
[हेर्नुस् न साथीहरु, यस्ता हुस्सुहरुको पनि कमेन्ट आउँछन्। जसलाई ब्लग कसले लेखेको छ भन्ने हेर्न नै फूर्सद छैन, खाली गाली र आलोचना गर्ने मात्रै ध्यान छ। यो मान्छेले दुनियाँका सामु आफ्नो बेइज्जत गरेको हैन त यो
केही मान्छेको काम नै अरुको आलोचना गर्नेमा केन्द्रित हुने रहेछ। चाहे नेपालमा होस् या चाहे यो मान्छेजस्तै नेदरल्यान्ड्समा नै बसेको किन नहोस्। हुनत मैले अरु जस्तै यो कमेन्टलाई पनि सीधै डिलिट गरिदिन सक्थेँ। तर साथीहरुलाई यस्तोसम्म पनि कमेन्ट आउँछ भनेर देखाउन जस्ताको तस्तै राखेको हुँ ]
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल देश स्वदेशि जातिबाद र नरभछी “देशि”बादले खाइ सक्यो / यि सबै बादलाई तह लगाउन राष्ट्रप्रेमि-जनप्रेमि नेत्रित्व चाहिएको छ; जससँग सशक्त र सशश्त्र लडाकु जथ्था पनि होस; जसले कपिलबस्तु तथा गौर काण्ड घटाउने नरभछीहरुको सन्सारले सुइको नपाउने गरी निशाना मेटावस / त्यो भिमसेन् थापा होस वा अरु जो सुकै, म जस्ता लाखौँको बास्तबिक नेता बन्ने छ /
मन परे हरियो, नपरे रातोः
0
0
अब अर्को माओबादीको नाट्क शुरु हुन्छ ससद घेराउ गर्ने,दैनिक जुलुस निकालेर बाटोघाटो अस्तबेस्त बनाउने….दवाब दिए पछि जे पनि हुन्छ भन्ने माओबादीको ठम्याई छ …फेरि अवारा समुह ycl जिन्दाबाद छँदैछ..२००७ साल ताका तेरो घरमा काँग्रेस पसोस भनेर छिमेक गाली गर्थे रे….अहिले तेरो घरमा ycl भैसक्यो….चुनाव द्वार सतामा पुग्न सकिन्न भन्ने माओबादीलाई पक्का छ त्यसैले अराजकता खडा गरी सैनिक बलमा सता कब्जा गर्ने एक मात्रा उद्येशय यिनको हो…..नेपालमा सबै भन्दा रुखो बोली कसैको छ भने त्यो बाबुरामको हो एक चोटि बिबिसि सुनौ त साथी हो…त्येई भयेर चेला पनि उस्तै उपद्रोवाला रहेछन
मन परे हरियो, नपरे रातोः
0
0
Its really shock to all peaceful nepalese we should start our mass movement to socially condemn 3 3to all 7 party leader and find out new leadership among the youth groups. Jana Andolan3Is necessary to subside levert crisis and give the nation new energy.
मन परे हरियो, नपरे रातोः
0
0
==============असोज १८ र शुक्रबारै==========
असोज १८ – संविधानसभा निर्वाचन सार्ने दिन असोज १८ गते परेको छ । अनि दिन पनि शुक्रबारै । संयोेगै मान्नर्ुपर्छ, ठीक पा“च वर्षघि २०५९ असोज १८ गते शुक्रबारै राजा ज्ञानेन्द्रले निर्वार्चन गराउन नसकेको भन्दै शेरबहादुर देेउवा नेतृत्वको जननिर्वाचित सरकार बर्खास्त गरेका थिए । त्यसपछि मुलुकमा राजनीतिक अन्योल सुरु भएको थियो ।
फेरि जनआन्दोलनमार्फ स्थापित राजनीतिक दलले मुलुकका लागि दर्ुभाग्य बनेको त्यही दिन र बार निर्वाचन सार्ने निर्ण्र्ाागरेका छन् । त्यतिबेला पनि निर्वाचन कहिले गर्ने भन्ने तय भएको थिएन भने यतिबेला पनि निर्वाचन तिथि अन्योलमा छ ।
(माथिको कान्तिपुर बाट साभार गरियेको समचार कतिले हेर्नु भयो? अनि कस्तो लग्योत यहा हरुलाइ देशका मितिहरुको सन्जोग्)
देश लाइ साचै नै एउटा वीर पुरुषको खाचो सड्कियेको रहेछ!
मन परे हरियो, नपरे रातोः
0
0
यि नेताहरु जनता को हित भन्दा आ- आफ्नो स्वार्थमा लागेकोले योस्तोहुन गयेको हो.यि नेताहरुले एक्पतक ाउगयेर जनताको मनसाय बुझे राम्रो हुन्थ्यो कि उनिहरु जे चहन्च्हन तेसैमा सहमति गरे भैहाल्यो नि. किन बखदा गरेर देश् लाइ प्रतिगमन तर्फ धकेल्ने , अब त दर्बार लाइ के खोज्च्हस कनो आन्खा भने जस्तो भै हाल्यो नि हैन र . अब त रात रहयो अग्राख पलयो भन्यए जस्तै नेताहतरुको कमि कम्जोरि लाइ औलाय्ेर साधारन जन्ता हात्लिन सजिलो पर्न सक्च्ह हाम्रो ग्याने लाई . अब एक पतक ग्यने ले कतुवाल सन्ग भेत गर्न सक्ने सम्भबना च्ह सबै होसियार घनु होला
मन परे हरियो, नपरे रातोः
0
0
सुर्य जी
माथि गनगनवाट कुरा शुरु गरेपनि अन्तिम लाइन भने ज्यादै दामी लेख्नु भएछ । साहै्र खुसि लाग्यो । देश जनताको हो सात दलको हैन सात दल हारेपनि देश हार्नुहुन्न । तर भिमसेन थापाको प्रशंग शुरु गरेर विट नै मार्नु भएछ । अहिलेको अवस्थामा भिमसेन थापाको खोजि आफैंमा उदेक लाग्दो कुरा हो ।
अहिले देशले चाहेको भिमसेन थापा कस्तो यसमा केही शब्द खर्चिनु भएको भए साह्रै राम्रो हुने थियो भन्ने मलाई लागेको हो । अहिलेको अवस्थामा कस्तो चरित्रको भिमसेन थापाले राष्ट्र वचाउन सकिन्छ त्यो भिमसेन नेपाल भित्रै खोजि गर्ने हो कि कतै बाहिरवाट ल्याइतेलाई भिमसेनको पगरी गुथाउने हो
राजनीतिक रुपमा देखिएको सात दल नै हुन् । अब सात दलको विकल्प देशभित्रै खोज्ने हो भने अन्य दलतिर लाग्नुपर्छ अनी अन्य दल सकिएपछि दरवारतिर लाग्नुपर्छ । तपाईले मानकका रुपमा प्रयोग गर्नुभएको भिमसेन को हो त सुर्यबहादुर थापा हुन् कि पशुपति शमशेर जवरा कि रविन्द्रनाथ शर्मा कमल थापा लगायतकाहरु हुन । अब यि मध्ये कोही हैन भने राजनीतिक रुपमा दरवारतिर लाग्नुपर्छ ज्ञानेन्द्र शाह को कि पारस शाह हो त २१ औ शताब्दीको भिमसेन थापा
यो पनि हैन भने जाने नागरिक समाजमै हो । डा। देवेन्द्रराज पाण्डे मधुरा मास्के कृष्ण पहाडि गगन थापा राजन राई शम्भु थापा विष्णु निष्ठुरी को हो त्यो भिमसेन थापा
कि अरु कोही छन् तपाईको नजरमा कृपया स्पष्ट पार्नुभए धेरै आभारी हुने थिए ।
मन परे हरियो, नपरे रातोः
0
0
सुर्य खडकाजीले खाँटीकुरा लेख्नुभएकोमा धन्यवाद् ।
मन परे हरियो, नपरे रातोः
0
0
वास्तवमै काँग्रेस र माअोवादी देशका लागि प्रत्यूत्पादक नवनोस भन्ने हामी नेपालीहरूको चाहना हो । तर देशका ठूला भनाउँदा पार्टीहरूले नै खिचातानी वढेपछि त देशको वेहालत नै हुने भयो ।
—————————————————–
खोइ को वन्ने र त्यसको विरूद्धको नायक । वास्तविक भीमसेन थापा वन्न त राजनैतिक ह्विम चाहिन्छ । हाम्रा प्रचन्ड र गिरीजावावुमा त्यसको गन्ध नै छैन ।
उमेशजी एकप्रकारले तपाइनै व्लगिङ वाटनै देशलाइ सूसूचित गर्दै हुनुहुन्छ । अव सवैले यसरी सचेतताका साथ अगाडि वढ्दै खवरदारी गर्ने हो भने त देशमा एकमात्र हैन सयाै राष्ट्रप्रेमी भीमसेन थापाहरू जन्मनेछन् ।
—————————————————–
कि कसो व्लगर मित्रहरू
—————————————————–
मन परे हरियो, नपरे रातोः
0
0
मलाइ त अब भिम्सेन ले केइ गर्ला जस्तो लाग्दैन. अब ता एउटा जन्गबहदुर नै जन्मन पर्च्ह यो देश्मा. कम्ति मा सान्ति सम्म ता हुन्थियो कि?
मन परे हरियो, नपरे रातोः
0
0
नेपालि जन्ता ले त आज सम्म नेपाल जोगाय का छौ नेता मन्त्रि ले मात्र खुसि गर्न पाय नेपाल पहिला नै बेचे र खने थिय अनि भारत तिर नै गय र बस्ने थिय ! नेपालि जन्ता मा गौरब गर्नु पर्छ !
अनि सुर्य खड्का जि जङग बाहदुर राणा राम्रो देख्न्नु भय को छ ! मेरो बिचार मा जङ्ग बाहादुर नि एक नराम्रो ! मन्छे जस्तो लाग्छ!!
मन परे हरियो, नपरे रातोः
0
0
How about if we handover the management of leaders to India and USA?
It’s been already 2 years since they came to power and here we are, still fighting. Our leadears talk much do far less…..
मन परे हरियो, नपरे रातोः
0
0
हो सूर्य जी
तपाइको यो ब्रह्मज्ञानको स्रोत दरवार हो भन्नेमा कसैले दुइमत नराखे हुन्छ । दरवारीया षडयन्त्रकारी अमुक पनि हैनन् र रहनेपनि छैनन् । होला तपाइले तीनलाइ प्रतिगमनकारी वा पडयन्त्रकारी भन्दा पनि अन्नदाता मान्नुभएको छ होला । सूर्य जीको आशय अर्को तुल्सी गिरी वा कमल थापाको जन्मको कुरा होला । त्यो सम्भव छैन् । किनकि सत्य कुरा फोहोरमा मिल्काएर हराउँदैन् ।
मुलुक चलाउने सातदलनै हुन् र यीनीहरुलाइ दरवारको कित्तामा हैनकी जनताको कत्तामा लैजानुपर्छ ।
आगे हजुरको बिचार ।
मन परे हरियो, नपरे रातोः
0
0
यस्तै छ् त नेपाल मा के गर्नु त दाइ अब भिमसेन थापा आए पनि केहि पनि हुने छैन, तर नेपालि हरु ले नेता हरु लाइ चिन्ने बेला आयेको छ, यि सबैलाइ एकै ठाउमा राखेर आगो लाउनु पर्ने बेला आएको छ, फेरि पनि अगाडिको जस्तो जन आन्दोलन गर्नु पर्ने बेला आएको छ
मन परे हरियो, नपरे रातोः
0
0
गर्दा र भन्दामा फरक हुन्छ यो त जोकोहीलेपनि बुँझेको कुरा हो तर पनि,यो देशचलाउने नेताहरुको हविगत हेर्दा सधै निराशा बाहेक अरुकेहिपनि हातलाग्ने देखिदैन,त्याहा(सर्कारमा)सबै नेताहरु छन जुन हिजो जन्ताको अगाडि के भन्थे र कहाहराए?बोलेको कुरा हावासन्ग उडेर जान्छ,तर मान्छेले सुनेपछि त्यो मनभित्र आशामा परिणत भएको हुनाले मस्तिस्कबात मेतिदैन|जन्ताले मनमा पालेको आशाहरु पुरा गराउने यस्तो कुनै दल वा पार्टि अहिलेसमन देखिदैन,अब हामीलेअ नेपाल आमाको सपना पुरागर्न बीर पुरुष देख्नलाई अरु युग कुर्नुपर्ने देखिन्छ|
मन परे हरियो, नपरे रातोः
0
0
एक पटक सरि सकेको निर्बाचन अर्को पटक सर्नु कुनै आपत्तिको कुरा नहुनु पर्ने हो तर कुरौनि र तर मार्न पल्केकाहरु यस्मा उछित्तो काढन लागिपरेको कुरा स्पष्ट छ! नेपालि जनताले बुझ्नु पर्ने कुरा मेरो बिचारमा, यो सम्बिधान सभाको निर्बाचन हो न कि सान्सद या रास्ट्रिय पन्चायतको, चुनाब तेसैले केहि ढिलो होस तर यस्तो होस जस्ले नेपालमा नया युगको सुत्रपात गरोस्, सताब्दियोउ देखिको मुद्दहरु र बिबाद हरु टुन्गोलगाउने खालको होस नकि रास्ट्रिय पन्चायत या बिगतको सान्साद को खिचातानि किनबेच को चुनाब जस्तो!
देशमा चुनाब अगबै छिनोफानो गर्नपर्ने मुद्द हरु यथेष्ट छन र तेत्तिनै चुनाब पष्चात टुन्गोलगाउनुपर्ने पनि छन तेसैले देशको र परिश्थितिको यथार्थ् परक र बस्तुपरक अध्यायन गरेर तेस्को उचित र स्थायि समाधान तर्फ पदार्पण गर्नु उचित होला नाकि सम्बिधान सभाको हाउगुजिमा देशलाई लन्गडयाउनु.
अब, नेपालि कान्ग्रेस को समस्याके हो उनिहरुनै जानुन्, समानुपातिक निर्बाचनमा जानु उस्लाईकिन तातो तावामा बस्न पर्ने जस्तो भयको छ कुन्नि.
अब, नेपाल कस्को लागि बनाउनेहो? कुन्नि , इन्डिया को लागि या अमेरिकाको लागि? या हामि नेपालिको लागि? के सन्बिधान सभाको चुनाब अमेरिका या इन्डियाले गर भनेर गर्न लाग्याहोर? हामिलाई जुनबेला उचित लग्छ र जुन बेला मनलाग्छ गर्छम र गर्न पाउनुपर्छ.
यहा माओबादिको माग भनेर आखा बिझाउनुपर्ने केहि छैन देशको लागि अथर्थपरक र उचित अनि समयानुकुल छा भने राप्रपाको माग होस्कि कमल थापाको जस्को लागि पनि समर्थन र ठिक हो भन्नु पर्छ र भन्न पाउनुपर्छ
गगने भन्छ यो निर्बाचन सार्दैमा आकश खसेको छैन तेसैले बितन्डा नमच्चाउ.
समाबेशि लोकतान्त्रिक गणराज्य नेपालको नयायुगको लागि समानुपातिक निर्बाचन प्रणालि लागु गरियोस किनकि म चाहन्न कुनै बुख्याचाले पैसाको जुजुक मा किनेको मतले र बितन्डामा जितेको भरमा मेरो अभिमत लाई घुसेमुन्टोलागेर लुत्रन दिने मन छैन.
ओ के.
मन परे हरियो, नपरे रातोः
0
0
यि सात दल बाट केहि हुने वाला छेन. कोहि छ नयाँ भिमशेन? अगाडि आउ, देश अब खरानि हुनु मात्र बाकि छ. अवसर मौका सधै पर्खिदैन.यि सात दलको अबसरबादि चरित्र, खोइ कर्तब्य बोध्? खोइ पाको द्रिश्टिकोड? खालि स्वार्थम भाग्नेहरु हो. तिमिहरुलाइ राजदुत बनाउदा गडतन्त्र चाहियन्, विश्वविध्यालयमा पद बाड्न गडतन्त्र चहियन. आज चुनाव हार्ने डरले, अफ़ै गरेको निर्णयमा आफै खोचे थाप्ने?? देशको स्वर्थ भन्दा, आफ्नो महत्वोकाँछा पुरा गर्न जाति तल पनि झर्नेहरु हो, तिमिहरु बाट देश ले त्याग को आशा गर्ने? धिक्कार छ. लाटो देशमा गाँडा तनदेरि. तिमिररुको तनदेरिप एक दिन जनताले अवश्य बुझ्ने छन्.
मन परे हरियो, नपरे रातोः
0
0
हे! नेता भनौदा हरु ? सात दल भनेको तीमी हरु मात्रै होउ की नेपाली जनता पनी हुन्? यदी नेपाली जनता पनी तेस मा सामील छन भने भोली भोट मागन ती जनता को अगाडी ,मुख देखाउने कसरी हो ?
जनता हरु अब यती क्रुर भयका छन की तीमीहरु लाई कालो मोसो र जुता को माला लगाएर ……टोल टोल मा घुमाउने छन .
ती गरीब का छोरा सहीद भयको ….तीमी हरु लाई मोज मस्ती गर्न होईन्
देस को लगी नेपाल आमा का छोरा -छोरी ले हासी हासी ज्यान दीन्छन्.
यस्तै नै हो भने अन्तीम लडाई हामी जनता ती नेता ,देस मारा,देस् द्रोही,
लाई खतम गर्न लड्ने छउ.
तेस दीन पानी पनी मुख मा हाल्न नपाई तड्पीने छौ . तेही दीन नै नेपाल ले
नया रुप पाउने छ . अनी नेपाल मा नया बीहानी आउनेछ,सबै को मुख मा हर्श हुने छ,सबैको बोली मा बीस्वास हुने छ , सबै को चुलो मा आगो बल्ने छ,
मन परे हरियो, नपरे रातोः
0
0
यो सबै माओबदिले गर्दा भयेको हो. सबै जनता मिलेर माओबादीको प्रतिकार नगरेसम्म देसमा चुनाब हुन गारो च्ह.
मन परे हरियो, नपरे रातोः
0
0
If the coming parliament meeting couldnot decide the day of election then it (election) will disapper like it disappeared between the year 2007 B.S. to 2064 B.S.and we have to wait a long time for the birth of great warrior like BHIMSEN THAPA.
मन परे हरियो, नपरे रातोः
0
0