मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    "भारतीय सेना नेपाल पस्न सक्छ"


    सावधानः यस्तो दिन देख्न नपरोस् !

    नेपाली राजनीतिमा भारतीय प्रभावका बारेमा अहिले झनै चासो बढेको छ। यसै क्रममा सोमबार बीबीसी नेपाली सेवासित कुरा गर्दै भारतका नेपाल विज्ञ मानिने रिटायर्ड जनरल अशोक मेहताले नेपालमा अस्थिरता सिर्जना भयो भने भारतीय सेना नेपाल पस्ने विचार राखेका छन्। सन्दर्भ थियो माअ‍ोवादीले राजधानी कब्जा गर्ने प्रयास गर्‍यो भने भारतले के गर्छ ? उनले सहज उत्तर दिएका थिए- भारतीय सेना नेपाल आउँछ। नेपाल सरकारले आग्रह गर्‍यो भने आउने हो कि यत्तिकै आउने हो भनी सोधिएको प्रश्नको जवाफमा उनले आग्रह नभए पनि आउन सक्ने बताएका थिए। यो अन्तर्वार्ता बीबीसी नेपालीको वेबसाइटमा गएर सुन्न सकिन्छ अथवा यहाँ क्लिक गर्नुस्।

    जनयुद्ध कालमै एउटा सदरमुकाम त २४ घण्टा नियन्त्रणमा राख्न नसकेका माअ‍ोवादीहरुले राजधानीमा नियन्त्रण कायम गर्ने प्रयास यति छिटै गर्लान् भनेर सोच्नु उपयुक्त नभए पनि नेपालको मामिलामा भारत कति हदसम्म हस्तक्षेपकारी नीति लिन सक्छ भन्ने प्रमाण मेहताले दिएका छन्। आवश्यक परे सेना नै पठाएर हस्तक्षेप गर्छु भन्ने भारतले अहिले सेना नपठाई के कति हदसम्मको हस्तक्षेप गरिरहेका होलान् त, हाम्रा नेताहरु पारदर्शी भइदिएको भए सबै विवरण आउँथ्यो होला।

    भारतले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अहिलेको तरल परिस्थितिमा निकै दबाब र हस्तक्षेप गरिरहेको प्रष्ट छ। यसै कारण प्रधानमन्त्री कोइरालाले सार्वभौमसत्ता खतरामा रहेको अभिव्यक्ति पनि दिएका थिए। भारतले राजालाई निर्वासनमा पठाउने, कोइरालालाई अन्तरिम राष्ट्रप्रमुख बनाउने र माअ‍ोवादीलाई उपप्रधानमन्त्री दिने जस्ता प्रस्ताव राखे पनि दरबार र कोइराला दुवैले यसलाई अस्वीकार गरेको खबरहरु छापामा आएका थिए।

    एउटा स्वतन्त्र र सार्वभौम देशमा सेना पठाउने कुरा आपत्तिजनक त हो नै, त्यसले गम्भीर परिणाम पनि निम्त्याउन सक्छ। यो कुराको प्रमाण त अफगानिस्तान र इराकमा सेना पठाएको अमेरिकाले राम्रैसँग बुझेको छ। स्वयं भारतले छिमेकी देश श्रीलंकामा सेना पठाउँदा कस्तो हविगत भोग्नुपर्‍यो, उसले भुलेको छैन होला। यद्यपि, भारतले त्यसरी सेना पठाउँदासम्म चीन चुप लागेर बस्ला भन्ने छैन। छिमेकी देश अस्थिर भएको चीन पनि पक्कै चाहँदैन। त्यसमाथि परम्परागत रुपमा लो प्रोफाइलमा बस्ने चीनका राजदूतहरुको तुलनामा यस पटकका राजदूत अलि सक्रिय देखिएकै हुन्।

    विदेशी चलखेलकै कुरा आउँदा भारतीय जनता पार्टीले निकालेको वक्तव्य पनि यहाँ स्मरणीय हुन आउँछ। यो वक्तव्यको चर्चा आइतबार एक्कासी भएको थियो। केही दैनिक पत्रिकाले त सोमबारको अंकमा यो समाचार प्रकाशन गरे। तर मलाई अचम्म लागेको कुरा के हो भने अन्तरिम संसदले राजतन्त्र हटाउन सक्दैन भनिएको यो वक्तव्य भाजपाले शुक्रबार जारी गरेको थियो र यो समाचारलाई भारतको आधिकारिक समाचार एजेन्सी पीटीआईले शुक्रबारै सम्प्रेषण गरिसकेको थियो। तर नेपालका कुनै पनि सञ्चारमाध्यमले यसलाई महत्त्व दिएका थिएनन्। दुई दिनपछि अचानक भारतकै इन्ट्रेस्टमा नेपाली मिडियामा यससम्बन्धी समाचार सञ्चार गराइएको र त्यसबाट राजनीतिमा उठेको तरङ हेरेर म त दंगै भएँ।

    No related posts.

    66 comments to "भारतीय सेना नेपाल पस्न सक्छ"

    • Pabitra

      जनमत किन ?
      जनताले १९ दिन आन्दोलन गरेर जनमत दीइसकेका चन ‘ अब किन चाहियो ई नेताहरुलाइ जनमत ? लातोकोसेरो !!! अझई राजतन्त्रको चाकदि गर्न पुगे चईन ? कि जनता थग्न पुगे चैन ? गनतन्त्र सन्ग किन दरायो ? किन गनतन्त्र घोसना गरेर देसलाइ नयान दिसा दिन हिच्किचाउच्ई ??? किन समय बर्बाद गर्दैच्ई. अब जनताले अन्दोलन गर्यो भने नेताहरुलाइ थोकचन चाहे त्यो गिरिजा होस बा माकुने होस बा इशोर पोख्रेल होस बदमास !! खालि भासन मात्र गरेर हिदने देशमारा.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण अधिकारी

      असोक भन्ने भारती कुकुर हो !जस्लाई आफ्नो देस को सुरछा मा आफ्नै देस का सेना को बिस्वास छैन . र बिर् नेपाली को साहारा लीनुपतरेको छ तेस्ता को के कुरा गर्नु ?यदि नेपाल मा भारतीय सेना ले कुनै पनी कदम चाले भने ती नेपाली गोर्खाली सेना ले भारत र भारती भन्दैनन्……..अफ्नो देस भनेको अफ्नै हुन्छ..कसैलाई पनी अरुको गुलामी गर्ने मन हुन्दैन्न .हामी त्यो ता सबै को मजबुरी हो . हामी नेपाली न कुनै दीन कसै को गुलाम भयौ नत हुने नै छौ. अफ्नो सिर को आभुती दीन तयार छौ नेपाल र नेपाली को लागी कसैले पनी नेपाल मा कुद्रिस्थि नलगाय हुन्च.
      जय नेपाल !
      जय नेपाली !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jambudip grg

      umesh sir thanx alot for this news to the neplease people who saw it.

      actually India who is looking our country for keep in there palm and the political enviropment of nepal also going to be bad day by day.

      we should be cleaver about there politics in every moment. and i want to say to neplease people please be ready for go a head to know the ineer desire of indian leader and related with them.
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • friendofparis

      केहि राजनिति को रा सम्म नजान्ने साथिहरु माओवादि को लागि ब्यर्थ मा शब्द खर्च गर्नु हुन्छ ! माओबादि ले हतियार बिसाउनु नै उसको माहानता हो! लेनिन र मर्क्स ले सामन्ति सक्ति लाइ खतम नगरि बिद्रोह नतोडने बतायेका छन ! तर देश को स्वाभिमान र बाह्ह्य हस्तछेप बाट मुलुक लाइ बचाउन ठुलो कदम थियो युद्दबिराम ! माओबादि बिद्रोह् गर्ने पार्टि भयेकोले जुनसुकै हालतमा सत्ता कब्जा गर्नुपर्ने हो ! तर १२ बुदेमा आफुलाइ बाध्यो जनताको शान्ति को चाहाना बमोजिम !एदि माओबादि ७ पार्टिसित उनिहरु कै जस्तो भुमिका गरेर गुम्सेर बस्ने हो भने,राजनितिक सामाजिक र आर्थिक क्रान्ति को नारा बोकेको पर्टिले हजारै जनसेनालाइ के जवाफ दिने ? सहिद को रगत को सम्मान भयो भन्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      Hello Umesh G,
      Yo photo hataunus yar..
      Maile ta hernai sakina…….Sarir ko rau nai ris le thado thado bhayo…
      California

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • patriot

      खबरदार भारतीये गिद्द हरु हो ! तेरो देश को सेना नेपाल मा ल्याउछु भन्ने नसोछे हुन्छ!
      यदी तेरो सेना नेपाल पस्यो भने तिमी हरु को देश मा कुन क्रान्ति ल्याउछ नेपाली जनता ले भन्ने कुरा ख्याल राख्नु! हामी नेपाली हरु को आन्तरिक मामिला मा दखल दिनु तिमी हरु को काम होइन! जती हेप्नु थियो हेपी सक्यौ तिमी हरु ले, अब नेपाली जनता हरु चुप लागेर बस्ने वाला छैन! हे नेपालि नेता भनौदा गासे हरु अझै के हेर्न बाँकी छ नेपाली जनता हरु ले? आफ्नो जनै र नेपाली ढाका टोपी त दिल्ली मा लगेर बन्दकी राखेर खायौ होइन? र तेती ले नपुगेर सिङो देश नै बेच्ने दलाल हरु भोली तिमी हरु को पुषता ले तिमी हरु लाई नै सराप्ने छन्१
      आफ्नो खल्ती भर्ने र नेपाली जनता लाई विश्व को गरीब राष्ट्र भनेर नाम दिनु बाहेक के नै अरु काम गर्यौ र तिमी हरु ले? अनी जती जे गरे पनि चुपो लागेर बस्ने हामी नेपाली हरु पनि कम छैनौ,यता र उता को खाइ न पाइ को ठुलो ठुलो कुरा हरु मात्र गर्न जान्या छौ! अर्का को देश को खेलाडी लाई रेड कार्ड दिदा रेफ्री को पुत्ला जलाउछौ हामी तर देश मा डडेलो लाग्दा पनि तमाशा हेरेर बस्छौ
      !
      धन्य छ हामी विश्वकै एक मात्रै शान्ती प्रियाे नेपाली हामी!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deepak BK

      मलाइ एउटा question राखन मन लाग्यो .
      भोको पेट मा राट्रिय बाद को राग आलाप्ने कि टन्न पेट मा अर्का को अधिन मा रहने ?
      In other words
      Somaliya Or Aruba ? (You pick)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CH2OH

      यो सबैको दोसी गिरिजा र कान्ग्रेस अनि आफ्नो कुनै अदान नभयको यमाले हो/
      यदि समानुपातिक को माग पुरा गरेको भय चुनाव हुन्ध्यो, अनि यमाले ले पनि समानुपातिकको लागि किन स्पस्त अदान नदियको?

      माओबादि पनि दोसि भन्लान , मेरो बुझाइ के हो भने माओबादि को यक रत्ति पनि दोस छैन , लौ जा मलाइ मुर्ख या जे थान , म फेरि भन्छु चुनाव सर्नमा माओबादिको कुनै दोस नै छैन लौ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baje

      साथीहरु,
      भारतको यो निती सबैलाई थाहा थियो/ अहिले स्पस्ट भयेकों छ/ ज़बसम्म नेताहरु देश र जनताप्रति उत्तरदायी नभै आफ्नो स्वार्थ को लागि कुकुर झै लड्छ्, भारतको अतीक्रमण जारी रहने छ/ बिबिसिलाई भारतीय कुकुरलाई भुक्न लगाकोमा धन्यबाद/

      बाजे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rudra P.Khanal

      इण्डियन रि.जनरल अशोक मेहेता को भनाइले हामि नेपालि हरुको सार्वभौम मुलुकमथि इण्डियाको सेना प्रबेस गर्न सक्ने छ भन्ने खाले अभिब्यक्ति दिनु ले हामि नेपालिहरु माथि पनि अमेरिका ले इराक,अफ्गानिस्तान मा गरेको जस्तो इण्डियाले दमन गर्ने दुस्साह्स को सापना बुनिरहेको छ कि भन्ने बुझिन्छ/
      रुद्र प्रसाद खनाल
      प्रतापपुर-७,कैलालि
      हाल: साउदि अरब, दमाम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jai Nepal

      Dear Nepali friend
      Do not be bias upon such statement of any Indian, first of all think about your country, Indian said if such and such condition will be face by Nepal then the Indian army will do the flag march. Why? In addition, what? You people have any idea that Nepal’s finance and external defense are still in the hand of Indian government. Above all Indian government will think their own benefit, if you look any country in this world the foreign policy will never change and they do a lot of homework before making any treaty, when both party agree upon such and such condition, they do a treaty.

      Same thing happen, when King Tribhuwan did a treaty with Indian government in 1950, which twisted by King Mahendra. In that treaty and the condition of world, Nehru played a role to sustain a Hindu Nation and will make or developed Hindu as Christian or Islam. Indian government made a road map to develop Nepal as Bhutan, but due to somebody ego, the Nepali people facing crisis. This is well known by these Nepali hypocrite leader, if you do flashback, you can recall Madhav Nepal election agenda in second election after 2048 . Here my point of view why not king or these leader exploited these issue before, look Bhutan how develop they are, Indian Rs. 100 is equal to Bhutan currency. Indian government will do anything until king’s consent.

      Who is the responsible for such condition, all over world knew the Nepalese people are not united, and it is easily demolish by anyone. No leaders are united even after past political crisis. Everybody wants to become a CEO of Nepal or place of king. This is only an assumption of flag march of Indian army please do not prove it. Chhetri ko khukuri ra bahun ko Bichar both become a rusted.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay Das

      …. यो सब माओवादीको कारणले हुनेहो, भयो भने| देशद्रोही मओवादीलाई धिक्कार |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenzing sherpa

      let them enter Nepal… we will show them how to give the response… its not the matter if they wanna fight…we will show them the Vietnamese Gurilla tactics..even the powerful army of US was unable to defend the vietnamese and iraqis how could this DHOTI army …
      So if we have unity here then no one can dare to touch our land…..
      JAY NEPAL
      JAY GORKHALI

      be brave …coz Iam not scared with this kind of bull shit thing..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      DEAR ALL NEPALI,

      THIS DAYS ARE NOT FAR FROM US. THE SOUTHERN ENEMY’S DIVIDE AND RULE POLICY REALLY WORKED. NOW WE ARE VERSGE OF LOSING OUR NATIONAL INTEGRATY.

      HOSIYAR DAKA NETA HO, HOS KHULAU!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manish

      मेहेता जि

      आप किधर है पागल खाना मै क दारु के नसा पे
      आप ने देखा है राजिव भाइ का हाल कया हुवा था
      हम भि यिस तरह बहुत बनादेन्गे स्रिप बक्त का वेट करिये

      तुम को पता तो है कस्मिर हम पाकिस्तान को देन्गे उस टाइम पर्
      फिर हम गोर्खालयन्ड भि हम लेयेन्गे
      लक्ता है अभि आप रान्चि पर है

      मनिश्
      नेदेर्लयाण्ड्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      hiii
      w e have to be carefull to see the indian vision to ours country,,,, so i would like to request to all the leaders n king to find out the solution n move ahead in peacefull way . it could be better to all the nepalse people n nepal..
      wherever we r we have to stop to that propaganda n broadcaste that indian general has told to the BBC..
      shut up…it

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पूर्ण

      साथी हो अब नेपाली सार्बभौम नेता खोज्ने बेला आएको होइन त?
      यदि हो भने यी गिरिजे, माधबे, सुबथे, देउवेको पछि कति लाग्ने?
      प्रचण्ड त पश्चिमतिरको दौडाहाबाट नै भूमिगत भै सके भन्ने हल्ला छ? उसको पनि कति बिश्वास गर्ने? अब हामी मध्येबाट को छ माइको लाल? यदि छ भने बाहिर आए हुन्छ, नयाँ नेतृत्वको जरूरी भै सक्यो। बरु सक्दो सहयोग गरौंला। कोइ छ साथी हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • redord

      that will be a disaster if indian army comes inside nepal. But lets not forget one very important thing. If india ever interferes in nepal, who is to blame- india or our leaders? the answer is our own leaders. If our stupid leaders cannot be tough enough to lead us somewhere, of course india or china will take over.

      We, as citizens of Nepal, are also responsible for all this. Why did we trust these leaders? Why aren’t we doing anything about it? Do we have to be guided by those good-for-nothing leaders? Do we only shout when leaders guide us? Can’t we raise our own voices? To be honest, we are stupid too because we believed in the leaders who only talk about “people’s right”, people’s this and that but in fact we got nothing. NOTHING AT ALL…

      If we are to save our country, we have to raise and we should not rely on the leaders. We should make them listen to us and not the other way round. If we leave everything up to the leaders, they will completely destroy our country because of their ego and very soon, we will be seeing lot of sorrow in our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal Ko Chhora

      So far, I never understood Why the whole word call “Indians are dogs and they are not allowed anywhere”. Now I understood. We sincere, loyal, honest Nepalese dedicated our generation-to-generation to protect their country, property, people but they are the one who always call us as Gurkha -Choukeedar, Kanchaa, kanchee ETC and always have a eye on our country. So why just we tell them Dhotee.Dhotee is very good name for them, they dont deserve that. Now onwards, We have to always call them “BAD STRAY DOGS” who are found everywhere in the world trying to survive like stray dogs.

      They will probably remember us once again when they have another war with China like in 1965 which reminds me of them running away like real dogs infront of mighty Lion China.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab shrestha qatar doha

      नेपालिहरुको सोतन्त्रता माथि बिदेसिहरुले यस्तो धावा बोल्नु दुरभाग्य पुर्न हो |यो कुरालाई नेताहरुले बुझेका होलान नि?न बुझे जनताले बुजाई दिनेछन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      नेपाल भारतको बाईसौ प्रान्त हो नि त , अनि किन भारतले आफ्नो सेना परिचालन नगरोस त आफ्नै देशको नेपाल प्रान्तिय सरकारमा।

      हाम्रो नेता गिरिजा चोरहरु सबै नया दिल्ली र वासिङ्टनबाट रिमोटद्वारा सञ्चालित छ यदी त्यहाबाट जे गरे पनि हुन्छ। बन्द गरे नि हुन्छ, अनि आफ्नो मनपरी चलाउन नी हुन्छ जे मन लाग्यो त्यै हो, सेना पठाए नी हुन्छ बिहारी डाकाहरु नेपालमा नरसंहार गर्न पठाए नी हुन्छ केही फरक पर्दैन आखिर नेपाल भारतको प्रान्तिय सरकार न हो सिक्किम जस्तो ।

      हामी नेपाली साथीहरु त हाम्रो देश स्वतन्त्र नेपाल हो भनेर दिवास्वप्न देख्याहोला तर मैले त पहिले नै यो नेपाल त भारतको रहेछ भनेर थाहा पाईसकेको हो । हामी स्वतन्त्र नेपाली स्वाभिमानी रे घन्टाको स्वतन्त्र स्वाभिमानी??!!!!! मुला भारतको गुलामी गर्दै बस्नुपर्छ, यो ब्लगको पाठक हरु पनि प्राय ९०% जति पनि भारतपरस्त नै छन् यो त म ठोकुवा दिएरै भन्छु, हामी नेपालीहरु किन यसरी भारतपरस्त हुन्छौं त????? किन आफ्नो देशको रहनसहनलाई पचाउने सक्दैनौं त??? किन भारतिय धोतिहरुको मात्रै प्रोत्साहन गर्छौं त???

      अनि येह कहाको बलिवुड कहाको हलिवुड दाँज्नै मिल्दैन क्या अहिले त बलिवुड कहा पुगिसक्यो सक्यो विश्वकै न १ भइसक्यो हलिवुडको कुरा गर्छ आदि आदि!!!!! सबैकुरामा हामी भारतबादी भयौ भने गर्व गर्छौं। हिन्दी बोल्यौं भने गर्वले फुलिन्छौं हिन्दी गित सुन्यौं भने विश्वकै सर्वोत्कृष्ट ठान्छौं हिन्दी चलचित्र हेर्यौ भने झन के हो के हो कुरै नगरे नि भो। भारतिय नायकहरु विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने नायकनायिका रे????? बलिवुड नायक विश्वको Legend Icon रे???? यो कुरा त हामी नेपालीहरुको मुखबाट बारम्बार सुनिने कुरा हो। बरु ईण्डियनहरु यति सार्हो आफ्नो स्तरियताको बढाईचढाई गर्दैनन् तिनीहरु जुन ठाउमा छ त्यही ठाउमै बोल्छन तर नेपालीहरु जस्तो ईण्डिया मात्रै विश्व देख्दैनन् तर हामी नेपालीहरुको विश्व त ईण्डिया भन्दा अलिक पर सम्म पनि छैन ईण्डिया नै एउटै विश्व हो अथवा नेपालीहरुको मनमा अमेरिका छैन, बेलायत छैन, जापान छैन तर मात्रै जहातही ईण्डिया मात्रै छ।

      (यो कुरा सबै मेरा कथित नेपाली भनाउदा साथीहरुको बारम्बार गाईगुई हो। चौबिसै घण्टा भारतियहरुकै चाकडी,बढाईचढाई,indomaniac जस्ता मानसिक बिक्षिप्त भएको कथित नेपाली साथीहरु हुन। ताकी ति साथीहरु भनेको स्नातकोत्तर गरिसकेका कथित नेपालीहरु हुन तर बिचार त उही ४,५ बर्षको बच्चाहरुजस्तो
      आम्मा मा मा!!!! सञ्जय दत त खातरा हो यार, राम राम!!अमिताभ बच्चन त …………… आदि आदी )

      अस्तु!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kishan

      साथी हो यो भारत ले साह्रै अचुक्लि गर्न लाग्यो त कुनै प्रवहा नगरि आ-आफ्नो सनसनिपुर्ण वक्तव्य दीई रहेका छन तर हाम्रा यि नेता भनाउँदा को कानमा वतास लाग्ने होईन क्यरे.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The real possibility is there as our present leaders seemed to be fed by Indians. They have not even uttered a word. Comrade Prachada is quick to respond when some one in India talks about the monarchy which he thinks dead anyway. Prime minister Girija Babu shouts at the palace officials when the king visits a temple. Journalists make a lot of fuss when himiani also visits a temple. When an important Indian think tank members makes such suggestions all present Nepali leaders are snoring.
      Indian will push Maoists to make trouble and in the meantime advise girijababu to take action against Maobaadis. They might even try to make some trouble around Indian embassy (like killing some local guards) and in this pretext move Indian army to Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      this is noncence idiology I think that guy mentelly sick he dosn’t know Nepali breve heart .they think we are like indian when British reingh over all India.this is Nepal best of the world head of the world.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्तो कुर त नेपालका नेताहरुलाई थाहा भए पनि कानमा तेल लगाएर सुत्ने बानि परेका यि नालायक नेताहरुले गर्दा पटक पटक भारतले नेपाललाई नियन्त्रणमा लिन खोजेको खोजैछ|अब नेपालि हो उठ पुरानो ईतिहास लाई रच्न अनि थन्कीएका खिया लागेका तरवारमा धार लगाउ अनि जागा भएर बस यदि भारतिय सेना नेपाल पसियो भने २०० बर्ष पुरानो ईतिहास भरतलाई चखाउन|आफ्नै लगौटि फेर्ने बेलामा म लगौटि फेरौकि नफेरैभन्ने बानि परेका नेता परेका नेपलि नेता भनौदा भरतिय दलाल लाइ के थाहछ र देसमा जे भए पनि कुर्शिमा बसेर गफ लगाउन पाए अनि बेलुका हातमा ब्रान्डि साथमा रन्डि भए पुग्छ नेपालि नेता भनौदा हरुलाई|ए नेता हो कहिले सोच्छ नेपालि जनताको लागि भनेर जब सम्म जन्ता चुप लागेर बस्छन तब सम्म तिमिहरुको राजनिति चल्ला जब जनता जागा होलान तेति खेर तिमिहरुको तिमिहरुको हडडि जोडने ठाउ नभेटिएला|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilak

      अनौपचरिक रुपमा ७ दल ले देस बेचिसके , हेरौ नगरिक बिधेक ,के देस बेचियेको हैन? गिरिजा लाइ सत्ता र माओबादि लाइ उस्को भुमि उपयोग् को बदलमा ,मेरो बिचर मा महान नेपलि जनता को सधिच्या पनि येहि हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GN

      अनुज बाबुले माओवादीलाइ दोसि प्रमाणित गर्न निकै नै शब्दहरु खर्च गर्नु भये छ, घटनाक्रमहरुलाइ सतहि रूपमा मात्र नभइ गहिराइमा बुझ्ने प्रयास सम्म पनि गर्न चाहानु भयेन,बाहिर बजारमा जे जस्ता हल्ला चले पनि तथ्य त्यो भन्दा धेरै पर छ, सँबिधान सभाको चुनाव हुन नसक्नु मा माओवादि भन्दा काँग्रेस कम दोसि छैन, मदेश अझै पनि जलि रहेको छ, जेठमा जुन कारण हरु ले चुनाव हुन सकेन अहिले पनि परिस्थिति त्यो भन्द भिन्न छैन अनि कसरि हुन सक्छ चुनाव, खालि मुखले मात्र खोकेर हुन सक्दैन चुनाव जस्तो गम्भीर कुरा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DBS

      Thanks Umesh ji for this fact point.

      Till today this is best post, and it’s real anything you have posted. Yes, your opinion is clear how far india could go ? God bless us, this couldn’t be true. It will be better india doesn’t interfere in our matter.

      Regards,
      DBS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal Jeticha

      Firt of all, I am with Kesari Babu’s comments, which is mostly & likely true.

      And I wish every single Nepalese to understand that Not to quarel/argue and or fight between family member at home is, NOT TO GIVE AN ADVANTAGE TO ANYONE.

      It’s been too much and almost acrossed beyond the limits. Please! Please!! and Please!!! Stop your selfish business immediately and let the people take their long and peaceful breath…

      Hello PM & all leader in Nepal wake up and follow the right track now. Please Stop going to the wrong track…!!!

      Pashupati naath ki Jai…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TARA

      Where are those guys who turned outrageous when Ritik Roshan said, he doesn’t like Nepali people? It seems like Nepali people do not know what is the insult and what is the trivial comment!
      Regarding the Nepali political leaders I don’t need say anything, all are puppet of India.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हाम्रा नेता तथा राजाहरुले कहिले पनि भारतको मिच्याईमाथि केहि गरेनन, सकेसम्म विभिन्न स्वार्थमा अनेक सम्झौताका नाममा देशको विभिन्न भाग बेच्ने कार्य गरे / आजसम्म janataa chup रहे / अब हुदा हुदा भारतीय अधिकारीको ठाडो हस्तक्षेपको कुरा आउछ भने पनि अहिलेका नेताहरूले केहि गर्लान जस्तो लाग्दैन / आम नेपालीले आजसम्म यस्ता बिषयमा केहि पनि बोलेका छैनन / नेपाल भारतको छिमेकी हो / नेपाल भारतको विभिन्न कुरा हरु, सिनेमा, संगीत आदि बाट प्राभावित छ / तर यसो भन्दैमा नेपालीलाइ केहि थाहा छैन, केहि बोल्न सक्दैन, केहि गर्न सक्दैन, भन्ने ठान्नु मूर्खता हो / सबैलाई हेक्का भया /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan kshe

      for indian army to arrive in ktm,its is not only difficult but also impossible too.kena ke all we know that chhetri r here to save the nation at anycost n u r also na

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subaru

      Great comments from sate,i agree with you.All nepali should stand united.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • grg

      अरु केहि होइन साथी हो…नेपाल सुडान र अफ्गानमा परिणत हुन्छ….तर त्यति सजिलो कँहा छ र अहिलेको अन्तरास्ट्रिय स्थितिमा…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh Ji
      Thanks

      I appreciate to your challenging job of blog.

      Yati chhito tapai le Indian Ex. General Mehato ko BBC interview lai Blog ma rakhera samachar ko sentiment lai bejheko ma pheri pani thank You.

      Indian le nepali lai ke thaneka chha kunni? Bhutan ra Burma lai jasari rakhna sakincha bhanne thane ka chhan bhane tyo uniharu ka lagi thulo ghat huna sakchha.
      Internal kura ma jati bidab bhaya pani international mamilama hami Ek hunchhau. Tyo India le bujhos.

      Rajan Shresha
      Community Information Center
      Dolakha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xyz

      As long as there exist cheaper methods to intervene and influence Nepal, India will not even think of sending its forces in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pushpa Raj Bhattarai

      I listened BBC last night. I am still very sad to hear that Indian Army could come to Nepal if they feel that they must come. What are we doing?? I think we must protest this thing. We must take out our national feelings right now. Come on please. Lets not believe these leaders anymore. Lets unite …lets unite…I have been thinking that we must make a national youth fourm which would freely speak against these all things. Lets unite , lets exchange our email address and group together to protest these things…my email is mr.prbhattarai@gmail.com

      Belive me I do not belong to any party or group.I am a true Nepalese who love Nepal.
      India is our biggest enemy since years and years. You can see the example of Madesh. Who are Madeshi?? Arent they Indians Specially Bihari? India is trying to split our Terai. See, each and everyday, these madeshi are being united and brutally killing Nepalese (which they call Pahade).
      Biratnagar is unrest now, its because they talked very rubbish against us. They appealed all the madeshi to rape nepali girls, kill nepalese and much more…Our blood boils but we cant do anything. Government is quiet because our government gets bread from India.
      Another example is Kapilbastu. You can see that only Nepali had been killed there.
      Believe me, Madeshi movement has given licence to the Bihari to kill innocent nepali people.
      WE must take strong action. Please lets unite please or loose our nation.
      mr.prbhattarai@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aakash dhakal

      केसरी बाबु को कूरामा दम च्ह्….नेपाल साचैनै हल्लै हल्लाको देश हो…साथिहरू हो तेति आक्रोशीत हूनु नपर्ला..भारत ले नेपाल मा आक्क्रमन गर्नु धेरै ताधा को बीसय हो…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bijay

      भाइ फुटे गँवार लुटे!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु

      यो संसार हैकम र बलमा टिकेको छ । अमेरिकाले कसैलाई बेवास्ता गर्दै इराकमाथि धावा बोल्यो र त्यसैका कारण लगभग १० लाखको हाराहारीमा मान्छे मारिइ सके , तर त्यही दौरानमा ३००० अमेरिकी सैनिक मारिएको कुरालाई महत्वपूर्ण नोक्सानीको रूपमा छापा र मिडियाहरू चित्रित गर्छन । बलिया राष्ट्रहरूले निर्धा राष्ट्रहरूलाई खाएकै छन् । अति भद्र जस्तो देखिने चिनले मञ्चुरिया, उइगुर प्रदेशहरूलाई अनि तिब्बतलाई खुलेआम निलेकै हो भने भारतले ऊत्तर पूर्वी प्रान्तहरू, कश्मीर अनि सिक्किम ज्यूनार गरकै हो । दक्षिण एशियाको नक्सा हेर्‍यो भने , नेपाल त भारतको गम्लङ्ग अंगालोमा देखिन्छ र भारत कै अंश हो कि जस्तो लाग्छ । बाहिरी मुलुकका बासिन्दाहरूलाई सोध्यो भने पनि नेपाल त भारत कै भाग हो कि भन्ने उत्तर दिन्छन् । यस्तोमा एउटा भारतीयले नेपालमाथि हस्तक्षेप गर्नु पर्छ भन्यो भने त्यो भारतीय हुनुको अभिव्यक्ति थियो र छ भन्ने मात्र बुझ्नुपर्छ ।
      तर जबसम्म मुलुक सफल नै रहन्छ कसैले धावा बोल्न सक्दैन । तर जसरी अहिलेको नेपालमा राजनीति गर्ने हरु र विशेषत:माओवादीका कारण परिस्थितिमा असफलताको लक्षण देखा पर्दैछ त्यो रहिरह्यो भने मात्र भारतीय हस्तक्षेपको सम्भावना हुनसक्छ । यो राजनीतिलाई सर्वसत्तावादी असहिष्णु र अन्धकारमा घचेट्न खोज्ने माओवादीले पैदा गर्न खोजेको हो । किनभने उनीहरूले जे गरिरहेका छन् वा गर्न खोज्दैछन, त्यो कुनै मानेमा लोकतन्त्र हुन सकेको छैन । जब असहमत विचार राख्नेहरू कथित शान्तिकालमा पनि घरमा चैनसंग निदाउने स्थिति छैन , सबैले अब के हुने हो र कस्ले हाम्रो जीवन रक्षा गरिदिने हो भनेर आशामा नजर लगाउँदै छ , उसका लागि आफ्नो जीवन जस्ले सुरक्षित गरिदेओस् के मतलब ? त्यो भारतीय सेना होस् वा नेपाली सेना उसले सहर्ष स्वीकार गर्छ । सार्थक संविधानसभा भनेर अत्तो थाप्दै आँफूले अकण्टक राज्यसत्ता कब्जा गर्ने परिस्थिति नमिलेका कारण मुलुकको भाग्यलाई अस्थिरता तर्फ धकेलेर बिदेशी हस्तक्षेपको ढोका माओवादीले खोलेका छन् । यदि हैन भने जुनसुकै विचार राख्ने मान्छे जनतासम्म निर्भयपूर्वक भोट माग्न पाउन्न भने त्यो कुन खाले लोकतन्त्र हो त ? यदि राजा राख्न मन पराउनेहरू छन भने पनि त्यो कुराको प्रचार र आवाज उठ्नै नदिने माओवादीको व्यवहार कुन मानेमा लोकतन्त्र हो ? जुनसुकै विचार बोक्नेहरू जनतासम्म पुगेर जनताको मतको कसिमा राजनीति र भोलि देशले लिने दिशाको भाग्य फैसला हुन नपाउने हो भने जनताको शक्तिको जामा पहिर्‍याएर हतियारको त्रासले नेपालको भाग्य बन्छ भन्नु एउटा हाँस्य जात्रा मात्र हो । यस्तो परिस्थितिमा जहाँ एउटा हतियारधारी झुण्ड ब्यारेकदेखि सरकारसम्म छाएर जनतामाथि उधुम मच्चाउँदो छ जनता निरिह यो ज्यादति सहन वाध्य छ र जनअधिकारको नाममा चुपचाप त्यो सर्वसत्तावादी भिडको ब्लायकमेलिङमा कथित लोकतन्त्र भोग्न वाध्य बनाइँदो छ , कति नेपालीहरू जो सुकैले हस्तक्षेप गरोस् तर हामीलाई यो नर्कबाट त्राण देओस् भन्न वाध्य बन्ने स्थिति मुलुक भित्र पैदा भेसकेको छ ।
      एउटा सार्वभौम मुलुकमाथि अर्कोको बलजफ्ति हस्तक्षेप सैद्दान्तिक रुपमा गलत छ र बिरोध गरिनुपर्छ , तर त्यसो भनेर देशभित्रकाले अपराधलाई राजनीति हो भनेर त्यही रूपमा बुझ्न बाध्य पारेर मुलुकवासी माथि जे पनि गर्न पाउनु पर्छ र जनताले निरिह सहनै पर्छ ? त्यसो हो भने जायज र नाजायज बिचको सीमारेखा मेटियो भने हुन्छ , अनि कुनै कुरा पनि गल नमान्दा हुन्छ । नेपालीहरूले भोगिरहेको चरम दुरावस्था र जीवन रक्षाको दुहाइ दिएर , भारतीयहरूले हस्तक्षेप गर्न सक्छन् , जुन सिद्दान्त्त; गलत छ । तर जीवन र आदर्श बीच चयन गर्नु पर्दा , अधिकांश मान्छेले जीवन रोज्नेछन् । यो घडीमा आँफूलाई केकना जान्ने बुझ्ने ठान्ने र जनतालई भुसुनो नठान्ने, अनपढ , र गवाँर अनि ब्रेनवास्ड डुकुलण्ठकहरूको भीडमा खडा भएर नसक्ने र नहुने कुराको फलाको गरी संसार बुझेको भ्रम दिन खोज्ने नेपाली राजनीति बजारका काटमारमा पोख्त बगरेका नाइकेहरू र अर्को समूहले पनि अलिक सोच पुर्‌याउन सकेन भने नेपालमाथि भारतीय हस्तक्षेप रोकिने छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • A. Sharma

      This can happen possibly..

      We should see our own political condition, before blaming others. If somebody says such event can happen why we should not be aware and united to get the event not happen.

      See why Moist are saying Proportionate election system and declare republican state from the parliament, changing their past commitment..If this could be done who can face the situation of last fight against King’s bonifides? The only the way is to defeat the king supporters in Constituent Election.

      Moist (may be one fraction) wants to activate kings army (what ever now named now) by declaring republican state, and use their army (people’s army) against for last battel aginst king, and make Nepal communist state. If they will go to peaceful constituent assambly, they can not declare Nepal as community country, and need to sare power with other parties. They may be minority. Otherwise why they are changing their demands every time?

      Is there only Girija’s mature mind to think about country? Why other leaders making many nonsense statements, instead going to polls. Girija has already warned that there is danger of soverinity in the country, somedays before. Why do not moist can understand this, or wants to use unstability to gain power.

      All Nepalese should think about ourselves, not blaming others. We should unite before some misfurtune will come to us, and if we do so no body can speak likethis…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pilot

      क़ेशरीबाबुको analysis मन पर्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nasaro, Seoul

      मेरो बिचारमा पत्रकारले किन तेस्तो प्रस्न सोधेको हो ? प्रस्न सोध्नेलाई कारबाहि गर्नु पर्६ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surya Khatri, Korea

      Hi Keshari babu ji
      Namaste
      I was surprised to see your comment. In the wake of this situation of the country you are still of the view that all these hallas rumours are being aired by royalists. If you can then please answer my following questions.
      1. Who was supplying arms and ammunitions to maoists?? Palace or India??
      2. Where were Maoists leaders like Prachanda and Baburam staying during war period?
      3. Do you know when there was democratic government Indian embassy used to recommend list of leaders to form cabinet?
      4. Do you know when King Gyanendra refused to be puppet of India then India called all the parties to unite with maoists to stir up fresh revolution?
      5. Do you know where these parties signed 12 pact memo?
      6. Do you know why India’s SOUTH BLOCK became very active during and after revolution?
      7. Do you at least now realize why India sent special envoy to meet King Gyanendra to give up his power?
      8. Do you know what understanding the King and the partied made before King re established the parliament?
      9. Then suddenly why India pushed Nepali Congress to adopt Republicanism?
      10. Then again, why Maoists were pulled back from the government and CA polls deferred for the 2nd time as well?
      So you think that everything is being done under the interest of Nepalese people? No absolutely Not. Until all the parties united and started fresh stir then people thought that OK lets try for the last time. Before that when parties were calling for the stir nobody came on the street. We want peace, we want happiness. For that peace and happiness we did. But the situation has gone more worst and without doubt all this have been created by your dear country INDIA. I HATE INDIA. I LOVE MY NEPAL.
      Thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भारत न आफ्नो सम्सक्रिती विस्तर गर्न प्रतिवद्ध छ न सम्यन्त्र/तसर्थ उ विश्वव्यापी बैचारिक अभियानका निम्ति सजिलो साझेदार होइन/ तथ्यपरक ढङले विश्लेषण गर्नु पर्ने पछ उसको राष्टृको सुरछामा देखिएका आवश्यकता हुन/ यी जटिलता सन्तुलन र राष्टृका परम्परागत मान्यता सङ बढी निकट छन/ भरतको रास्ट्रीय चासोमा बैचारिक विवादभन्दा पनि आङशिक रुपमा बेलायती आधिपत्यको
      पूरानै प्रभाव बढी देखिन्छ/
      भारत त्यसतो सुरछा वातावरण खोज्छ जसभित्र ऊसको सम्सक्रिति मौलाऊन सकोस /निकटका छिमेकी र स साना राज्यहरु जस्तो,भूटान, नेपाल, ष्रीलङका र बङलादेश समेतको हकमा भारतीय नीति वेष्टृर्न हेमिस्फेयरमा अमेरिकाको मुनरो डक्ट्रिन सङ तुलना योग्य पाइएको छ/ती मुलुक माथि आवश्यक परे बल प्रयोग गरेरै भए पनि प्रभुत्व कायम गर्ने प्रयास उस्को नीति पाइन्छ/
      यी कुरा अमेरिकाका पुर्व विदेश मन्त्री हेनरी ए किसिन्जरले अमेरिका भारत नेपाल भन्ने लेखमा लेखेका हुन/

      पुस्प्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      Dear All,

      Probably INDIA have forgotten that they bow their head before GORKHALAND in their own country. They are smashed totally in Sri Lanka. They are raising their head due to backing of USA. We will see them when time comes.

      This is all the propaganda of Corrupted Leaders to save the King.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      हिम्मत च भने ाआए पनि हुन्च, धोति को ताउको फोर्न मजा हुन्च. प्हेरि सिक्किम र दर्जीलिन्ग पनि नेपल को बनौनु पर्यो नि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ** Blunder by Maoists has brought to a dangerous situation **

      It is illegal to extend the tenure of the interim parliament and the interim government. The present members of parliament are not elected by the people and the parliament itself was form on adhoc basis with the mandate of Janandolan II. Now any Pancha can bring court case to the Supreme court and it can declare the parliament as illegal body.

      By postponing the election of CA has not only created the dangerous situation but also the national sovereignty is placed at stake.

      The peace summit between Maoists and SPA Government should have been resolved the two main issues but they failed to do so.

      The two issues which failed to resolve during the peace talks were :
      1.Abolishing the Monarchy system by declaring the Republic of Nepal
      2.Deciding the form of Proportional Representative government based on Federal Republic or Democratic Republic

      Now the life of Monarchy institution has been extend to unknown period till the election of CA is declared. The interim parliament if declares the Republic, it will become illegal and there is more chance that the Army which is still loyal to monarchy can stage the coup similar to one in Thailand and it will save the Monarchy institution.

      We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mani Banbasi

      हामी नेपालीको मानमर्दन गर्नेगरी येस्तो Interview प्रसारन गर्ने हिम्मत ती गद्गार पत्रकार ले कसरी गर्न सके? हामी सबै मिलेर येस्को प्रतिकार गरौ/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • shiva (G)

      प्रिय उमेश जी,
      जनतालाइ सुसुचित गर्ने तपाइ को प्रयास को जति प्रसन्सा गरेपनि कमै हुन्च|तर म सबै कोम्मेन्त कर्त हरु सन्ग धैर्य धारन गर्दै जथावाबि अक्रोस न पोख्न अनुरोध गर्दचु|यथार्थ बादि भैदिनु हुन आग्रह गर्दचु|एउता प्रस्न कर्ता लाइ तथानाम भन्दैमा समस्स्य को समाधान हुने होइन|म त उहालाइ धन्यबाद दिन चाहन्चु बेलैमा नेपालि लाइ भारत को द्रिस्तिकोन सुसुचित गराइदिएकोमा|आफ्नो अनुहार्मा लागेको फोहोर देखाउनेलाइ,आफ्नो कम्जोरि देखाउनेलाइ गालि गर्नु भन्दा फोहोर सफा गरिदेखाउन अगि बद्नुस मित्रहरु|ाअफ्नो कम्जोरिमा ध्यान न दिने कम्जोरि औन्ल्याइदिनेसन्ग रिसाउने र अरु लाइ अर्तिदिने नेपालि को कम्जोरि नैहो|बिबिसि को समाचार को यथार्थता चादैनै पुस्ति हुनेच|धन्यबाद्

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nepali Thita

      If Indian Army enters Nepali boarder. I will go back to Nepal to fight any foreign army. Just watch and see.

      First, of all they can blocade Nepal, which India always does to punish Nepali government and Nepali citizen.

      Second, they can not come to Kathmandu by road. We will destroy them before they reach to Munglim.

      Third, they can not come to Nepal by air. There is only one air port in Kathmandu. We will shoot them down before they even land on the air port.

      Therefore, this is only their dream to send Indian army in Nepal. Only thing they can do is that pressure Nepali political leaders and government officers. They have been doing this for last 50 years.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aasish,switzerland

      बोल्ने मात्र होइन गरेर देखाओस,त्यस पछि गोर्खालि हरु को तागत देख्ने छन धोति हरु ले.होइन यो के ताल हो यार अति भयो धोति को अत्याचार उठ जनता तिम्रो सार्भभौमता खतरा मा पर्न लाग्यो .अब चुप लागेर बस्ने समय छैन
      आशिस
      स्विस

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Deshbhakta Nepali

      हालसम्मका शाशकहरुबाट भारतले नेपालको जेसुकै श्रोत-साधनमाथि रजाइँ गरेकै छ / त्यसैले भारतले नेपाल सैनिक पठाएर खर्च किन गरोस ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Janaki

      This Mehata Guy is nonsense.Nepali will fight bravely,what chinese will do I am not sure.But attacking in Nepal is very dangerous to India itself.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Keisha

      त्यो मोरो अशोक मेह्ताले त अझै पनि नेपालको सेनालाइ अझै शाही सेना भन्दो रहेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • केसरीबाबु

      भनिन्छ कागले कान लग्यो भन्ने हल्ला चल्यो भने हामीहरू आफ्नो कान छ कि छैन भन्ने कुरा ख्याल नगरी वा एकफेर कान नछामी हामी आकाशमा उँडेको काग पछि पछि कुद्ने गर्छौं। एकातिर देशभित्र आफ्नो राजकिय शान मान र रवाफ गुमेकोमा दरबारिया तत्वहरू राष्टियताको कुरा गरेर अब नेपाललाइ भारतले क्वाप्पै पार्ने भो भनेर हल्ला चलाउँदै छन् भने अर्को तिर तिनै पन्च पुत्रहरू जो स्वयम विदेशमा बस्छन, आफ्ना परिवार र आफन्तलाइ विदेशमै राख्छन, विदेशकै बसोबास अनुमति लिन्छन् अनि देशभक्तिको राग अलाप्ने गर्छन तिनले एकजना भारतीय पूर्व सिपाहीलाइ उचालेर भाजपाले हालै दिएको भनिएको वक्तव्यलाइ आधार बनाउँदै नेपालमा राजाको पक्षमा जन समर्थन जुटाउने अन्तिम प्रयास गरेका छन्। अनेकौं काल्पनिक प्रश्न गरेर ति सिपाहीको भनाइ मार्फत आफ्नो उद्देश्य हासिल गर्न माहिर ति पत्रुकार पात्रले देशभित्र राष्ट्रीयताको नाममा राजाको वा सेनाको कुशासन शुरू गराउन गरेका अनेकौं दुस्साहसको एक पाटो बाहेक बाहेक केही होइन अशोक मेहताको सुगा बोली। त्यसो त अशोक मेहता दिल्लीको पावर करिडरमा त्यति हैसियत भएका मानिस पनि होइनन् न त उनलाइ साउथ ब्लकमा कसैले भाउ नै‍ दिन्छ। दिल्लीको एउटा कुनामा अवकाश जीवन विताउने क्रममा सैनिक जीवनमा भोगेको र जानेको अनि सुनेको कुरालाइ लिपीबद्ध गरेर उनले नेपाली सेनाको राम्रै मान मर्दन गर्दै एकताका किताब पनि नलेखेका होइनन्। नेपालीहरूको बाहुल्यता रहेको गोर्खा पल्टन जो प्राय अति कम शिक्षित वा मात्र साक्षर जनशक्ति हो त्यसको नेतृत्व गरेका लाटो देशका गाँडो तन्नेरी मेहताको ब्रोकन नेपाली जति स्पष्ट सुनिन्छ त्यति नै हो उनको ज्ञान । यदि माओवादीले काठमाण्डुमा बलपूर्वक नियन्त्रण कायम गर्न खोजेमा भारतले नेपालमाथि सैनिक हस्तक्षेप गर्न सक्छ भनेर उनले जति भारतलाइ नोक्सान पुर्र्याएका छन् त्यति नै त्यो कुरा भनाउन लगाएर पत्रकारको भेषमा सेना र राजाको एजेन्डाको ती पत्रकार पात्रले वकालत गरेका छन् एउटा विश्वासनिय संस्था मार्फत। अर्थात हामी भारतलाइ नेपालमाथि सैनिक हस्तक्षेप गर्न कति गाह्रो छ भन्ने कुरा सोच्दै नसोची मण्डलेहरूले कागले कान लग्यो भनि भनेको कुरालाइ सहजै विश्वास गर्छौं र कागको पछि लाग्छौं न कि कान छाम्न। आखिर भनिन्छ नेपाल हल्लै हल्ला को देश हो जसको हल्ला उसको ………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • That day will be the start of their end

      Dear Umeshjee and all friends

      I should strongly protest agaist this statement. This is not only the Mehta’s statement, this is also the unofficial statement of Indian government. If we sleep in deep sleep, then we will not be any more Nepali. So, we should protest against it. But our protest should be well managed and peaceful.

      At these moments we all should be united. Only united country can solve the problems. And, as the true and bravest children of motherland Nepal, we will not be back from sacrificing our life for the protection of our motherland.

      If they come into Nepal, that day will be the start of their end. With those who is determined to protect their country, can defeat all the missiles and guns.

      “Desh le Ragat Mage Malai Bali Chadau, Rudinan Meri Aama, Hun Nepal ki Chhori” Bhanne Geet tesai baneko hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • friendofparis

      भारतिय सेना नेपाल पस्ने हिम्मत गर्न सक्दैन !किनकि बिर गोर्खलि को कथा उसलाइ राम्ररि थाहा छ ! तर उसलाइ यो पनि थाहा छ कि नेपाल मा उसका भाडा का नेता हरुछन त्यसैले नेता लाइ खुट्टा मसाज गर्न लाउने र दुतहरु खटाउने कार्य जारि राख्नेछ ! सम्झिदा पनि लाज लगेर आउछ-नेपाल को नेताहरु को गतिबिधि ! तिनै चाकरिवाला नेता हरु निर्बचनमा बिजय हुनेभये भने निर्बाचन को के अर्थ ?
      नेपालमा निर्बाचन भनेको काचो पिठो खानु जस्तो भयेको छ, नहोस पनि कसरि भोक लगेको छ शान्तिको, बिकसको, अनि सामाज परिबर्तनको, तर भोक लाग्यो भन्दैमा काचो पिठो खान ठिक हो र? हामिलाइ पकाउन औदैन र?
      आन्दोलन र निर्बाचन त परिबर्तन को लगि पो त , त्यहिे यथास्थिति मा रहने हो भने चुनाब किन यत्तिकै चोडदिये हुदैन र? के पाइनछ गण्तन्त्र ? येउटा टाउके जन्छ अनि अर्को (भारत ),धारा फेरिन्छ बास्तब मा टिका थाप्ने नेता तिनै हुन तिनका बिचार तिनै हुन अनि लोभ लालच आझै बडि घमन्ण !
      निर्बाचन मा जानु भन्दा पहिला परिबर्तन लाइ केलायेर हेर्ने होइन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनोज लिम्बू ,दोहा-कतार

      ओरली लागेको म्रिगालाई बाच्छाले त खेद्छ भने ईन्डिया त नेपलको लागि बाघ सरह नै हो नी|यी सबका मुख्य दोशी यी हुत्तिहारा, नालायक देशका नेता भनाउदाहरु नै हुन्|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ing13

      basically bharat le je garda pani huncha bhannu sakeko hola, hunapani nepal lke ke nai garna sakcha ra, tara they should watch their mouth before speaking like this, i’d say, its humiliating…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भारत को सेना नेपाल आयो भने एक जना नि जिउदो फर्केर जन सक्दैन ! नेपाल पसे को २ दिन देखि धेरै आयु नि हुन्न तिनि हरु को कसरि औदो रहे छ ! हेरुम ला न!

      थुइका गिरिजा को सरकार न चुनाब गर्न सक्छ न कुनै देस मा सान्ति ल्याउन सक्छ ! खालि आफ्नो दुनो सोजाउदै बसे को सरकार चुनाब हार्छु र घिच्नु पाउदिन होला भन्ने मात्र छ डर मन्त्रि हरु लाइ सबिधान सभा को चुनाब नि २ पल्ट मा पनि गर्न सके न ! देस र जन्ता को माग हरु जनाआन्धोलन को माग नि पुरा हुन सकेन ! यि मन्त्रि नेता लाइ बरु जन्ता हामि मिले र भारत तिर खेदाउनु पर्छ ! भारत का धोति हरु को धोति धुदै बसुन बरु नेपाल को लागि जन्ता को लागि केहि गर्ने नसक्ने किन मन्त्रि हुनु देस हाक्ने हुनु !

      कान्ग्रेस ले मावोबादि तथा जन्ता को माग अनुसार समानुपातिक निर्बाचन र गणतन्त्र साम्सद बाटै घोसणा गरे को भय जन्ता नि चुप लागेर आफ्नो प्रतिनिधि चुन्न लागथे मावोबादि को नि बोलि बन्द हुने थियो ! तर त्यस्तो कहा हुन सक्छ र कान्ग्रेस त तै धोति हरु को इसारा मा नाच्दै छ ! मरे नि कुर्सि नछाड्ने मा छ ! यो चाल आहिले को मात्र होइन पहिला देखि को हो धेरै लाइ थाहा हुन नि सक्छ ! यि नेता हरु देस र जन्ता को लागि केहि गर्ने वाला छैनन धन्न हामि नेपालि जन्त सन्सार कै एक मिलन सार जन्ता छौ ! र आज सम्म नेपाल बाचे को छ ! र जब सम्म नेपालि जन्ता हुन्छन नेपाल रहि रहन्छ ! चाहे बेच्न खोजे नि नदि नाला बन जन्गल सिमाना बेचे नि हामि नेपालि आज सम्म जिउदै छऔ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bir prakash

      This is completely nonsense and an effort to make Gyanendra active.Lest think it being with cool mind.

      1. Who has said that the Maoists is going to take over Kathmandu? Neither they have said nor there is anything about that in Kathmandu then what is the meaning of asking such nonsense question to General Mehta?

      2. Even if the Maoists try to take over, will they be able to do so ? Completely impossible. They are scared of election with the fear of being shameful defeat – at least very low compared to the uml.

      3. India has never attacked any country even when it was very powerful. So think of the Indian history. Nepali Rajas have sold Nepal.

      Tribhuvan had requested nehru to take over Nepal. Nehru did not take because of the fear of China. All these are the chals of worst monarchy of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rochak sharma

      i was upset when i herd BBc today. Hey ashok how u say you thing nepal is like kasmir or sikkim no way by the time i off BBc when you speech indian army may come nepal. all nepalis are sad when they lesson this news. i say india is devil in south asian country specailly for nepal why india want to live inside of nepali politc we should not allow to speak and do something for us. we should not sleep now comand all my friend we have to give nepal government pressure speciall this 6 party and moist.
      thank for my sansar as fast you give opportunity to read this news about what devil ashok metha speak
      i am support about what my sansar we should say about only india. the responsibal take these political party speciall nepali congress did many times running government, it does not give well running nepal country specaill this old guy need to go hell girija why he still here he is the one man many times get opporniturty to be prime minister but see my friend what he did nothing only he seel tanakpur, mahakali and other many thing also he willing to sell to india may be he can’t sleeping withing take name india. i like to say dear all my frind who study my comment when there is new government change, when parliment gona do somthing , if there is any poltical decidion gona do why he only meet with indian rajdut or american rajdut this should not do happen in future when there is any poltical decidion going to do. this old guy don’t have time same day to meet nagarik samaj people but he willing to meet indian devil people why this happen it means he not gona decidion from internal from nepal he gona decide from what these external people tell him . at last giraja have to take all respeonsible what happen current time in nepal
      thank
      rochak sharma
      kura2000@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uhee S.B

      k nepali ko ragat selayeko cha re
      k nepali le testo hastchep huda chup lagera baschare
      bilkul hoina yeuta kura sacho ho ki nepalka neta bharatko isara bata chaleka chan tara nepali janata bhane chalna chahadainan jun kura nepal-angregko u-dha herdha huncha .yeuta kura sacho ho ki pahilako abastha ra ahileko abastha parakh cha tara tesle matra k hi hudaina kina ki hatiyar bhanda yekata thulo huncha.
      tesaile bharat le k bhujda huncha ki baru nepali le bharat lai adin ma rakhna sakcha tara kunai pani nepali bhubag gumaudaina .yo kura hekka rakhda huncha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      मैले आजको बिबिसि नेपालि न्युज सुनेपछि सारै नरमाइलो र आक्रोशित महशुस गरेँ आफैमा ! भारतियहरुको हामिप्रतिको हेपाहाप्रबृतिका बारेमा सायद धेरै कमेन्ट या लेखहरु लेखियका होलान तर भारतिय जनरल अशोककुमारको धारणा सुनिसकेपछि नेपाललाइ अब स्वतन्त्र राष्ट्रको दर्जा दिनु कहाँसम्म उचित हुन्छ,सोँचनिय बनेको छ ! अवश्यपनि राष्ट्र र राष्ट्रियताका बारेमा खोक्न सजिलो हुन्छ ब्यवहारमा देखाउनुभन्दा तर तपाँइहरुलाइ लाग्दैन -उनको अभिब्यक्ति भारतिय हस्तक्षेपको हुनसक्नेसम्मको एउटा कुरुप रुप हो भनेर ?
      मावोवादिले काठमाडौँ कब्जा गर्ने भन्ने प्रश्न नै कहाँ उठेको छ र त्यो कहाँसम्म संभव छ ? फेरि मावोवादि राजावादि दुबै नेपालि नागरिक हुन न कि बिहारि तसर्थ कुनै ठाँउ कब्जा गर्ने भन्ने कुरा नै आँउदैन ! भारतको अभिब्यक्तिलाइ भोलि दलका नेताहरुले दिने संभावित प्रतिक्रिया ” होइन भारत नेपालको बर्तमान अवस्थाबाट अत्यन्त चिन्तित छ र उ नेपालमा शान्ति चाहन्छ,त्यसैले यो कुरालाइ ठुलो बनाइरहनु आवश्यक छैन ” या यस्तै यस्तै ! तर यो एउटा दरलाग्दो हस्तक्षेपको शुरुवात हो यसको प्रतिरोध एकथोपा रगत रहेसम्म प्रत्येक नेपालिले गर्नुपर्छ ! मावोवादि या राजावादि जो सुकै हुन ,नेपालिलाइ कामलाग्ने नेपालि हो कुनै बिहारि भैयाहरु होइनन !

      एक-अर्कालाइ राजावादि र मावोको ट्याग भिराउने ब्यपारभन्दा कम्सेकम धोतिहरुको यो ठाडो हस्तक्षेपका बिरुद्द हामिसबै एकहुन सकौँ न ! कान्तिपुरले सायद भोलि यो न्युजलाइ उति हाइलाइट गर्ने छैनहोला !
      भारतिय सेना नेपाल भित्रिनु भनेको प्रत्येक नेपालिहरु कपिलबस्तु र गौर काण्डजस्ताहरुमा श्रिङ्खलाबद्दरुपमा मारिनु हो !ढिलो या चाँडो !
      भोलि कुनै समुहले नयाँ दिल्लिमा कुनै जुलुस या धर्ना गर्ला रे अनि त्य्सलाइ नेपाल सरकारले भारतप्रतिको चिन्ताभन्दै नेपालि सेना तैनाथ गर्ने त्यहाँ ????

      आफ्नो देशमा सभ्य तरिकाले अधिकार माग्ने हक सबैलाइ हुन्छ तर त्यहिकुरालाइ उक्सायर दुष्ट तरिकाले फाइदालिन खोज्नु एउटा असल छिमेकिलाइ सुहाउने कुरा होइन तर भारतबाट हामिले सकारात्मक सहयोगको आश गर्नु मुर्खतामात्र हो ! हो हामिहरु भारतरति निर्भर छौँ हरेक कुरामा तर त्यसको बदलामा उनिहरुले हाम्रै भुमि,हाम्रै अस्मितामाथि आँखा गाडेका छन !

      यस्ता छिमेकिलाइ तिरस्कार र बहिस्कार गर्नुको बिकल्प छैन ! मित्रहरु यो धोति धारणाको कडा प्रतिवाद गरिनु जरुरि छ !

      Thanks
      Sate

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prasis

      पानि पिउन देखि बाथ्रूम जान सम्म भारत लाइ सोध्ने हाम्रो नेता हारु को चलन ले गर्दा नै यस्तो स्थिति आयको हो | कहा गयो स्वतन्त्र नेपाल ? जन्ता को लोकतन्त्र को सपना लाइ कतै हाम्रा नेता हरु ले भारततन्त्र बनाउन लागेका त होइन ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker