मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि भारतीय चलखेल सुरु, दूत आउने

    भारतको सेना पठाउने योजना छैन रे
    नेपालमा केही महत्त्वपूर्ण घटना हुनुअघि भारतका कुनै न कुनै दूत टुप्लुक्क आइपुगिहाल्छन्। जनआन्दोलन २ चरम सीमामा पुगेको बेला आएका भारतीय दूत हुन् कि अन्तरिम संसदको गठन हुँदा वा माअ‍ोवादी सरकारमा सामेल हुँदा अथवा माअ‍ोवादी सरकारबाट बाहिरिनु अघि। अब केही दिनमा नेपालको राजनीतिक अनिश्चिततालाई गति दिनका लागि अन्तरिम संसदको विशेष अधिवेशन बस्दैछ। अनि यस्तो महत्त्वपूर्ण समयमा भारतीय दूतको अनुपस्थिति कसरी संभव हुन्छ त ? त्यसैले आज (बुधबार) भारतीय दूत पूर्व विदेश सचिव श्यामशरण काठमाडौँ झर्दैछन्। अस्ति पनि माअ‍ोवादी सरकारबाट बाहिरिनु अघि भारतका विदेशसचिव शिवशंकर मेनन काठमाडौँ आएर देशका सबै प्रभावशाली नेताहरुलाई भेटेर फर्किएका थिए। उनले नेताहरुलाई खुसुक्क के मन्त्र दिएर गएका हुन्, कसैले खोलेनन्। अब यस पटकको कठिन परिस्थितिमा उनले भारतको कस्तो मन्त्र लिएर आएका हुन्, कसैले खोल्ने छैनन्, त्यो त केही दिनपछि आफै देखिनेछ।

    यस पटकको समस्या अलि जटिल छ। माअ‍ोवादीले संविधान सभा अगाडि नै गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनै पर्छ भनेर जिद्दी लिइरहेको छ भने काँग्रेसले चाहिँ त्यस्तो हुनै सक्दैन भन्ने अडान लिइरहेको छ। उता निस्क्रिय भइसकेका काँग्रेस त्याग गरिसकेका नेता कृष्णप्रसाद भट्टराई राजावादी धारको नेतृत्व गर्दै अन्तरिम संसदमा आउने भएका छन्। काँग्रेस, राजावादी र माअ‍ोवादी तीनै धारको संयोजन यो अधिवेशनले कसरी गर्ने हो, हेर्न बाँकी नै छ।

    श्यामशरणले आफ्नो भ्रमणका क्रममा देशका सबै प्रमुख दलका नेताहरुलाई भेट्नेछन् र दिल्लीको सन्देश सुनाउनेछन्। उनले राजालाई चाहिँ नभेट्ने बताएका छन्। तर के थाहा, पहिला जस्तो खुसुक्क भेट्ने हो कि ? वा राजाका सल्लाहकारहरुलाई पनि भेट्ने हुन् कि। सबै नेताहरुलाई भेटेर कान फुकेर अन्तरिम संसदको बैठक बस्नुअघि उनी दिल्ली उड्नेछन् शायद यसो भन्दै- नेपालको भविष्यको निर्धारण नेपालीहरुले गर्नेछन्…!

    स्मरणीय के छ भने श्यामशरण भारत-अमेरिका परमाणु सम्झौताका लागि भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत हुन्। तपाईँहरुलाई थाहै छ, अहिले भारतमा यो सम्झौताको विरोधमा लेफ्टले कसरी बबाल मच्चाइरहेको छ। यस्तो अवस्थामा पनि भारतले परमाणु मुद्दालाई महत्त्व नदिएर दूतलाई नेपाल पठाएको हो।

    मेहताको भनाई भारत सरकारको हैन

    यसैबीच, काठमाडौँमा भारतले सेना पठाउँछ भन्ने रिटायर्ड मेजर जनरल अशोक मेहताको भनाईको भारत सरकारले खण्डन गरेको छ। मेहताले बीबीसी नेपालीसँगको कुराकानीमा त्यस्तो बताएका थिए। भारत सरकारका तर्फबाट विदेश सचिव शिवशंकर मेननले मेहताको भनाई व्यक्तिगत रहेको र त्यसले भारत सरकारको प्रतिनिधित्व नगर्ने बताएका छन्।

    No related posts.

    10 comments to फेरि भारतीय चलखेल सुरु, दूत आउने

    • Luna

      नम्स्ते .
      अब बुदा बुबा हरु लाइ आराम गर्न दिनु पर्च .
      देश young नेताहरु ले चलाउनु पर्च .
      ” हामि येक हौ .”
      फुत्यो कि लुत्यो .
      हेर्नुस , प्रसान्त जि लाइ जिताउन कसरि नेपालि येक भयका थिय ,
      तेसै गरि नेपाल को सम्रचन गर्न हामि येक हुनु पर्च .

      अब जुन पार्ति का नेता ले भारत तथा अमेरिकाको पन्खा हल्लाउचन , उनिहरुलाइ
      पन्खा हल्लाउने काम दिनु पर्च .
      देस चलाउने काम यउबा हरुलाइ दिनु पच .
      के गर्ने भारत र अमेरिका पनि नेपाल लाइ चाहिन्च .
      “सर्प पनि मर्ने ,लथि पनि नभाच्ने ” गरनु पर्च .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sunita

      हरे सिव सिव,हामी कटती का जान्ने नेपाली छम होइना त भान्य?हमरा पुर्खाले राजनीती गर्दा खेरी खोला नाला गौडो कुलो निकाश हरू सबाई बेचेरा खायेका ले के नै छ हामी संग शेखी गारी हालू भानू त? अब अहिले आयेरा समस्त राजनितिक गर्ने हरू लाइ बिचार गारी हेरा!को नै नेपाल को लागी सोचनी गर्ने नै होलान?अब के नै खौरिन्छ र् कसले नेपाली को लागी?खौरिनू पनि भारतीय नै छन.येस्तई हो याहा को चलन.सुनीता!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बिद्रोही

      नेपाल भारतको २२औ प्रान्तिय सरकार हो। त्यसर्थ नेपालमा केही कुरा अथवा गडबढी भयो भने केन्द्रिय सरकारले हेरफेर गर्ने काम नै हो नी त।
      अनि किन नाआओस त हाम्रो केन्द्रिय सरकारको मान्छेहरु।
      अस्तु!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • surkheti

      It is true that India wants to play a big brother’s role and even engulf Nepal if it can.
      Our strong resistance is the only way to stop its bully.
      The problem with our politicians is that they cannot move an inch without India’s consent. What a pity in the parts of our leaders. Now is the time all Nepali people to get prepared to fight back for any attempt of invasion or regression from within the country.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sumanta

      के गर्ने , गिरिजा , माकुने, बबुराम देखि सबै नेत्ता हरुले दिल्लि को तेल मालिश पहिले गरेका हुन र आज नेता हुन पायेका हुन.देश जब सम्म येनै नेता को पकद मा हुन्च्ह तब सम्म कुनै पनि निरनय बिना दिल्लि को इसारामा हुन्न र तब सम्म यो खेल समप्त हुदैन. नेपाल्मा २००७/१७/४६ देखि मओबदि लाइ जन्माइ सक्तिसालि बनाउने काम सम्म को सुत्रपात ‘र’ को बिसेश निगरनि मा भ्अयेको हो.
      अनि माओबादि को जन्म सन्गतअन तालिम् आनि बिस्तार पनि तेहि , तर अचम्म कहिले पनि नेपाल लआइ यो कुरा को जान्कारि भारत बात भयेन. किन?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • np

      नेपाल को समस्स्या नेपालि ले नै समधान गर्न पौनु पर्र६ \

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • harke

      गलत कुरा बोल्ने र सबै को ध्यान तान्न खोज्ने, थोरै मात्र बिरोध भये चुप्प नत्र त्यो ब्यक्तिगत बिचार भन्ने भारतिय बिस्तारबादी परम्परा हो! तर त्यो बानि सबै नेपाली दलहरुलाइ पनि सरेको छ!
      जस्तो कि हालै माओबादी ट्रेड युनियन नेता सालिकराम जमरक्ट्टेल ले कन्तिपुर को गेट अगाडि नै धम्कि-भाषन गरे तर त्यो उन्को ब्यक्तिगत बिचार हो भनेर माओबादि नेत्ीत्वले भन्यो!
      तेसैले हामिले अरूको नराम्रो बानि कति सजिलै अनुसरण गर्न सक्दारहेछोउ त?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • This is about time nationlist force stand up and say no to Indians. This would bring all divided Nepali into one united fold.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rabin Mainali

      केही होइन त्यो राज्दूत, नेताहरुलाई भेती राजदूत ले तिमि हरू देश को चिन्ता नगर हाम्रो सेनाले तिमि हरू को देस को रक्शा गर्चन तिमि हरू खलि सन्सद बात यो पास गर बाकी हम्रो काम, अनि नेता हरु को बन्क खाता नुम्बेर लियेर जान्चन अनि नेता हरू को खता मा पैसा जम्मा हुन थल्च अनी उता चै भैइया को सेना ले देश चलाउन थल्च. राजदूत त माच्चा लाइ जाल मा फसाउने थुलो जाल हो. होसियार देस हाक्ने आफु लाइ देश को नेता भनाउनेहरू, आफु त खत्तम भयोउ बयोउ देसलाइ त खत्तम नपार्. देश लाइ सदै जै नेपाल जसतै बनायेर रख.
      रबिन मैनलि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Syangjali

      थुक्क नामर्द नेपाली नेताहरु! यसपालि पनि तिमीहरु इन्डियाको इशारामा नाच्यौ भने धिक्कार छ तिमीहरुलाइ र तिम्रो राजनितीलाइ!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker