मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ज्वाला सिंहद्वारा युद्धविराम

    तराईबाट एकोहोरो नराम्रो खबर आइरहेको बेला दशैँअगाडि एउटा सकारात्मक समाचार आएको छ। जनतान्त्रिक तराई मुक्ति मोर्चाको ज्वालासिंह समूहले हिन्दू चाड दशैँ र मुस्लिम समुदायको इद पर्वलाई मध्येनजर राख्दै असोज २४ गते भोलि घटस्थापनादेखि कातिक ६ गतेसम्म १३ दिनको लागि युद्धविरामको घोषणा गरि सम्पूर्ण फौजी कारवाहीहरु स्थगित गरेको जनाएको छ । तर तराईमा कार्यरत अन्य एक दर्जनजति सशस्त्र समूहहरुले भने यस बारे केही जनाएका छैनन्। त्यसैले खाली भइरहेका दशैँ बसहरु यसबाट भरिने हो कि हैन, निश्चित छैन।

    मोर्चाका केन्द्रीय अध्यक्ष ज्वालासिंहद्वारा बुधबार विज्ञप्ति जारी गरि हिन्दुहरुको महान चाड दशै र मुस्लिम समुदायको महान पर्व ‘इद’ पर्वलाई मध्येनजर गरि १३ दिनको लागि सम्पूर्ण फौजी कारवाहीहरु बन्द गरिएको जनाएको हो ।

    विज्ञप्तिमा युद्धविरामको बेला पार्टींपंक्तिलाई सक्रिय रक्षामा बस्न उल्लेख गरेको छ । विज्ञप्तिमा मोर्चाको नाममा चन्दा माग्न आए नदिन सम्पूर्ण जनतालाई अनुरोध गरिएको उल्लेख छ ।

    No related posts.

    20 comments to ज्वाला सिंहद्वारा युद्धविराम

    • krantikari

      ज्वाला दाइ को को लागि युद्ध गर्छौ भन्या ? कति सतायेको देश जनतालाइ
      के छ भन्या तिम्रो माग चाइ ? एस्तो पनि गर्ने हो भन्या ? बरु सम्बिधान सभा सफल गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मद्धत गर न, जनता ले भोट दीन्छन नत्र लात दिन्छन ! नेपाल परिबर्तन गर्नु छ सबै मिलेर काध मिलौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju Pulami

      Is Nice think .. Is good for all nepali if they are stop all of end
      Raju Pulami Magar
      Namche Bazar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माथिको सबैको विचारहरु पढेको छु । साथीहरु राम्रो कमको राम्रो भन्नु पर्छ र खराबको खराब । ज्वाला सिंहले गरेको युद्ध विराम राम्रो कुरा हो । तर एउटा कुरा हरेक मानिसले बुभ्नु पर्छ । कि ज्वाला सिंहको जन्म किन भयो भने र ? हतियार जम्मा गर्न यो युद्ध बिराम गरेको छैन । हतियार त तराइमा जतिखेर पनि ल्याउन सकिन्छ । यो त तराइबासीहरुको बिसेस आग्रहमा गरेको छ ।
      सिराहा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ज्वाला सिहको यो बिचार त राम्रै हो तर देसमा भईराखेको यो हत्यालाई देखेर उसले सदाका लागी युद्द बिराम गरिदिए झनै राम्रो हुने थियो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harke

      एउटा ज्वाला मात्र १०-१२ दिन निभेर के गर्नु, तराइमा त अग्नि कुण्डनै छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B.Rai

      If you have more power due to continue that battle
      don’t stop to kill and die because of there is more people are remaining.Maoist, madhesi cobra madhesi tiger,Janajati,limbuwan, khumbuwan,jwala singh,Madhesi mukti, like that many kinds has parties so whole parties will be make (ONE)then start for shoot one by one from the east Mechi to west Mahakali
      then Nepal chapter will be close then foreigner will be says waw there was one country of Nepal,,,,, so that please don’t say to them which is wanting that battle,,,, tell them very good nice and excelent we have to do welcome.

      B.Rai
      KSA
      Riyadh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil

      its nice that
      but dont understand upto when the people of nepal have to face such problems?
      ahele ko Jwala singh ra bhabisya ma aayune Jwala sing ra anya sigha haru lai mero binamra anurod chha ki please please dont do such type of activities that will really make we people to bow our head down while taliking about Nepal
      really understand that what is nepal I think u all have not known the people of nepal and the mother land
      Now it has become the trend that to युद्ध आरम्भ र युद्ध बिराम गर्ने हैन त
      so pleaseो युद्ध कओ कुरा लै बिर्से येर सबै ले नेपल लै सुन्दर सान्त अबोम बिशाल बानायुन येक जुत होयु

      य्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • humprasad

      नेपालि हरु को महान पर्ब मा खुसियलि को समय मा रगत को भल बगौनु उचित होइन यो देस को लगि र जनता को लगि सर्मनाक हो
      यो समय मा हतियार बिसौनु सम्पुर्ण जनता को लगि खुशि को कुरा हो
      म पर्देश मा भये पनि दश मनौन न पाये पनि मेरो देश बासि हरु को खुशि मा नै मेरो खुशि छ मलै मात्र नभै सबै लाइ यो खुशि को कुरो हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RETESH

      nice news but not for long time …………..
      what is this pahade ? and what is this madhesae ?
      we are all nepali na so why not paticipate for make new NEPAL ?
      lets hope,will be peace nepal in future ………………….
      RETESH
      NOW ROM QATAR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • john

      यो त धेरै राम्रो समाचार सुन्न पाइयो नि |दश को अबसर मा सबैलाइ सदबुध्धि आओस कामना गर्दछु|

      ज़ोन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhruba

      यो समचार सुनेर धेरै खुसि लग्यो/येस्ले केहि हद सम्म भयेपनि दुखिरहेको घाउमा मलहम लगाउने काम गरेको छ/ माहान चाड बडा दसै र तिहार को सबैलाइ हर्दिक मग़्लमये सुबकामना/
      ध्रुब प्रसाद दाहाल
      हाल इराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Jawala Singh Jee please ceasefire for forever. You are good and potential leader in Terai so that give up your arm and join in main stream politics.

      Please love those people who are staying in Terai region after migrating from Pahad and Himal. These people are also your’s supporter and voters if you can raise good issues in peaceful way for the development of Terai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      ज्वाला सिँहलाइ यसको निम्ति धन्यवाद दिन चाहन्छु ! चाडपर्वको बेलामा रक्तपातपुर्ण हिँसा रोक्ने प्रयासका निम्ति !
      मानवता भन्दा ठुलो अरुकुरा छैन त्यसैले अधिकार माग्ने अरु कुनै तरिका खोजौँ ,यो हत्या र हिँसाको राजनितिभन्दा !
      यो दसैँ र इद पर्वले सबै हिँसाका राजगुरुहरुलाइ मानवताको पाठ सिकायेर जाओस !

      Thanks
      Sate-

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayanprasad adhikari(moscow)

      ज्वाला सिह को पनी सीजन को बेला मा नै गोली गठा सकीएछ.
      २-४ जना को आयु २-४ दीन लम्बीयो.
      बाहाना पनी भयो कती मजा *पसुपती को जात्रा सीद्रा को बेपार *

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      सरकारी नालायकीपनले गर्दा यी अपरधिक जत्थाहरुको मनोबल बढेको हो / देश बिखन्डनको दुस्साहस गरी जातीय हत्याहिन्सा मच्चाउने अपराधिलाई निर्मुल गर्ने काम सैनिकको हो / माओबादी युद्ध आन्तरिक राजनितिक समस्या थियो, त्यसमा सैनिक बल परिचालन दानवी शासकको स्वार्थको लागि थियो / हाल तराईमा कृयाशील खन्डनकारी उपद्रबिहरुमाथिको कार्यबाही रष्ट्रिय हीतका लागि हो /

      त्यसैले सबै पाजी दलहरु र तीनको नालायक सरकारले तराइमा सैनिक परिचालन गराउनु पर्छ र नेपाली सेना जति सबै सीमा छेत्रमा तैनाथ गरिनु पर्दछ / त्यसरी कार्बाही गरिएमा सारा अपराधिक जत्थाहरु १ हप्ता र केबल १ हप्तामा सिद्दिने छन् /

      पाजी शाशकहरुले आन्तरिक युद्धमा सेना परिचालन गरेर अपराध गरे भने अहिले नालायक दलहरुले बिखन्डनकारी डाकाहरुको मनोबल बढाएर अपराध गरिरहेका छन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनोज लिम्बू ,दोहा-कतार

      यसै गरी सबैले सदाका लागि हत्याहिन्सा र अराजक्तालाई पुर्नबिराम लगाए नेपाल साच्चै नै स्वार्ग हुने थियो|साथीहरु हामी सबै मिलेर प्रारथना गरौ की नेपालको युद्दमा सधै-सधैको लागी पुर्नबिराम लागोस|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod k parajuli

      युद्द बिराम लाइ सकरात्मक रुपमा नै लिनु पर्च्ह यस मार्फत अरु उद्दरत समुह ले पनि कम्सेकम निउनतम रुपामा मानबियेता देखाउन सके नेपालि हरुले नजिकियेका पर्ब हरु आनन्द ले मनाउन पाउने थियि नवदुर्गा भवानि ले सबैका आखा सधैका लागि खोलि दिउन् सान्ति सन्ग बाच्न सबै नेपालि ले सकुन र हत्या हिन्सा सधै का लागि बन्द होस बिसेस गरि यो देस्का प्रधान्मन्त्रि देखि नेता भनौदा का सबैका कुबुदि मा सुधि भरियोस र यो देस्का हामि जनता ले चाहेको लोक्तन्रत्र स्थापित होस र गरिब जनता ले मज्दुरि गरेर कमायेको २-४ पैसा चन्दाका नाम्मा जबर्जस्ति असुलि गर्ने क्रम सदाका लागि अन्त होस माथि मदन जि ले भनेजस्तो रु ११ त हैन १ पैसा पनि चन्दाका नाममा जबरजस्ति न लादियोस अन्येथा नेपालि जनता ले सहनु को हद सहिसकेका च्हन ताकि अब नेपालि जनाता ले स्वतस्फुर्त रुपमा तेस्रो अधिबेहरि श्रीजना गर्नु नपरोस सबैलाए चेताना भया अन्येथा………………? बिनोद पराजुली कोहवरा दामुना झापा हाल क़तार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      चाहिदैन यो युध बिराम.

      सक्छौ भने अझ लड… सक्छौ भने अझ रगत बगाउ.. क़िन लिन्छौ आराम्.. मनावतालाई जलायेर अब कीन देखाउछौ दशै र ईद जस्तो पवित्र चाड को ढाल्…

      सक्छौ भने अझ लड… तराइ र पहाडको यो लडाइ मा हुन देउ नेपालको हार.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो बिचार त ठिकै हो तर हामि नेपालि के पहाड के तराई हामि सबै नेपाली हो नया नेपाल निर्माण निम्ति हत्या हिन्सा आतन्क त्यागि नया नेपाल निर्माण सबै नेपालि बेलैमा लाग्नु पर्यो /
      बिण्णु सापकोटा
      अमरापुरि-६,नवलपरासी
      हाल — बेल्जीयम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madan Dahal

      यो युद्ध बिराम हुनु चैन राम्रो कुरा हो . jyala singh samuha लाइ दशै को सुभ कामना छ् है .
      अब पनि चन्दा माग्न आए भने कुटेर खेदाइन्छ. चन्दा को नाममा जम्मा ११ रुपैया मात्र दीइन्छ . चन्दा भनेको आफ्नो मन खुसले पो दिने हो त कसैको कर ले हुन्छ् र भनेको ………..

      मदन दहाल
      दमक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker