मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजालाई राष्ट्रपति बनाउने प्रस्ताव


    वर्तमान संकटको निकास के हो ?
    नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठलाई सोध्नुस् त। उनी भन्छन् राजालाई प्रथम राष्ट्रपति बनाउने। हजुर, राजालाई प्रथम राष्ट्रपति बनायो भने निकास निस्कने तर्क फेरि एक पटक उनले आज आयोजित एक कार्यक्रममा दोहोर्‍याएका हुन्। यसअघि प्रजातान्त्रिक काँग्रेसमा रहँदा पनि उनले त्यस्तै कुरा गरेका थिए। आफूले विगतमा राजालाई पहिलो राष्ट्रपति बनाउने प्रस्ताव गर्दा कसैले गम्भीर रुपमा नलिएको भन्दै दुःख पनि व्यक्त गरे उनले। यस्तो क्रान्तिकारी विचार राख्ने अनि कसरी कसले गम्भीर रुपमा लिने त ? गोपालमानको फर्मूला पनि अचम्म कै रहेछ बा !

    रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रमका अन्य वक्तामध्येका एक नेकपा एमाले स्थायी कमिटी सदस्य झलनाथ खनालले संसदको विशेष अधिवेशनमा आफूहरुले नयां प्रस्ताव लाने बताए । प्रस्ताव सरल छ- अहिले संसदबाट गणतन्त्र घोषणा गर्ने अनि त्यसलाई अनुमोदन चाहिँ संविधानसभाबाट गर्ने। संसदबाट सिधै गणतन्त्र घोषणा गरी अहिलेनै लागू गर्नु लोकतान्त्रिक र विधिसम्मत नहुने उनको भनाई थियो ।

    अनि माअ‍ोवादी मान्छ त यो कुरामा ?

    नेकपा माओवादीका केन्द्रीय सदस्य देव गुरुङले नेकपा एमालेले संसदबाट गणतन्त्र घोषणा गरी संविधानसभाबाट अनुमोदनपश्चात् लागू गर्नेसहितको प्रस्ताव दर्ता गरेमा आफूहरुलाई मान्य हुने बताए । आफूहरुले गणतन्त्रको सुनिश्चितता चाहेको बताउदै उनले भने ‘संसदबाट गणतन्त्र घोषणा गरी संविधानसभाबाट अनुमोदन गर्ने भएमा मान्य हुन्छ ।’

    अब यसमा काँग्रेस सहमत होला ? काँग्रेसले यसअघि सात दलको बैठकमा त्यसमा स्वीकृति जनाएको भन्ने सुनिएको थियो। त्यसो भए अब अर्को बाँकी मुद्दा नि ?

    त्यही समानुपाति प्रणालीको ।

    खनालले पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि मिश्रित निर्वाचन प्रणालीलाई सुधार गर्न सकिने बताए । हाल प्रत्यक्ष र समानुपातिक प्रणाली ५०-५० प्रतिशत लाई परिवर्तन गरी २५ र ७५ बनाउन सकिने प्रस्ताव उनको थियो। माओवादीले दर्ता गरेको प्रस्तावमाथि मतदानमा जानुनपर्ने अवस्था ल्याउन आफूहरु सक्रिय भएको खनालले बताए ।

    यो सबको टुंगो भन्ने संसदको अर्को बैठकमा मात्रै लाग्नेछ।

    No related posts.

    29 comments to राजालाई राष्ट्रपति बनाउने प्रस्ताव

    • sanket rai

      we all nepali people are waiting for the end of 238 year SHAHA’s SHASHAN. we all people came into street to end of GYANENDRA’S SHASHAN on JANAAANDOLAN.if the iterest of people is to keep GYANEDRA as a president ,then the JANAAANDOLAN 2062/63 can’t be success. people now already realised that, GANATANTRA IS impossible in presence of NEPALI CONGRESS.so the statement of gopalman reflect that NEPALI CONGRESS is still in favour of RAJTANTRA.
      from this statmet-
      1.gopal man might be jocking
      2.he was a supporter of gyanendra
      3.his hands might be in cancillation of CA election

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      USA, India, EU and rest want to see democracy taking shape in Nepal. For them, reduction of Monarchy into ceremonial state is alright as long as the country is heading towards the right path. They recognize the value of this institution to some extent as Nepal Army is completely loyal to the Monarchs and nobody (from outside) believes that any stupid present leader of Nepal is able to handle the situation.
      Gopal may be right at this juncture. With such a strength of Nepal Army and stupidity of extremists leave no room for peaceful settlement at all.

      Public might be frustrated but overlooking the existing facts leads to nowhere but more chaos.The present events of Maoist substatiate the fact that they are not at all committed to any kind democratic norms. All they are looking for is the opportunity window which shuts forever in today’s world.
      I think, we will still face a lot of music until all the over-brilliant leaders die off.
      Hence, Gopal’s statements do hold some water.
      Rest, मानो या नमानो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालि कग्रेसमा एउटा नेताले जे बोलियो तेस्को पछि लाग्छ भन्ने कुरा पर्ति म विश्वास गर्दिन किनकि आज नेपाल जस्तो अवस्थामाआ अगाडी बढिरहेको छ त्यो सबै राजनितिक दलले गर्दा नै हो| देसमा एउटा काम हुन पाको छैन विरोध जुलुस धर्ना अरे|येदि माओवादि सच्चा राजनितिक गर्छ भने उस्ले बोलेको कुरा मा कि उ सदै पछाडि सर्छ,प्रचणले लगायत ान्य नेतालेनै भनेको होइन सविधान सभको चुनावको पोहिलो बैठकले नै राजाको भविस्य निस्चित गर्ने छ खोई आज सब ति कुरा कि जगल तर्फ लागे|तेसैले लोकतन्त्र आको छ भन्दैमा जे पनि बोल्न पाईदैन एउट चोर भयो भन्दै मा सबैलाई सजया दिन पाइदैन |गोपालमान ले भनो भन्दैमा पार्टीलाई दोस दिन मिल्दैन|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nar Narayan

      It is surprising that many of us think that we are going to come out of this without getting all parties involved to forge an alliance to move this country out of this mess. By ALL I mean also the monarchy who has been blamed for ills that is Nepal today. Let us be impartial and be fair to all stakeholders for the betterment of Nepal and we as Nepalese citizens. Politicians are equally if not more to blame for this morass in the country. Maoists are murderers and should be put in labour camps for their own good and that of the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhakar

      UML’s coming proposol seems to be very genuine and helpful to balancing the egos of different political parties and validity if in question.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem gurung

      यो भ्रश्टाचारी गोपालमान बहुलाएछ्।की एसले दरबार बाट पैसा खायो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Narayan Panthi

      NEPLAI CONGRESS CAN NEVER GO WITH THE SPIRIT OF COMMEN PEOPE IN THE MATTER OF KING. THIS IS THE GREA TPROOF OF THAT FACT. SO WE NEED TO WARN THE PEOPLE WHO R IN FAVOUR OF THIS THINKING IN STRONG WAY.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ghanshyamghimire

      नेता हो बरु हामि देस चलाउन सक्दुन भन जनता को हात मा देओ
      तिमि हरु कासि तिर लाग पाप कात्न

      जय नेपाल
      घनस्याम (बिबस यात्रि)
      चतरा सुनसरि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • surkheti

      What a pity, this congress does not want republic Neapl at all.
      They have nothing to say about declaring republic from the parliament ( simply “let people decide”, that’s all). This new proposal is a not a joke but a trick to handover power to the king indirectly. If this proposal can be accepted why can not the proposal of republic accepted?
      If they can wihtheld CA polls, why can’t they pass republic state?
      If they can decide everything else, why only the genuine and actual demand of the nation for republic a problem? This is clear now, congress does not want republic nepal. This is a great deception to the people ( janandolan 2)
      More obver, why is India dectating our politics? Why is shyamsharan so actively involved? The voice of UML and other parties has changed after his visit.
      Now it is very clear :o n Baisakh 11, 2064, India, Gyanendra and the 7 parties had made a secret pact to stop the revolution that was almost sure to bring republic wihtin a day or so.
      Maoists may not be accepted for many, but their agenda is correct. This is not the time to accept or reject any political philospophy, our demand is a republic nepal. All people should now demand republic now, after that we can decide whichever party we like. It is not necessary to support Maoists. After the multiparty federal republic nepal, we will have a wide choice to elect any political pary in the actual parliament election. Fists and foremost, we need republic nepal.
      I doubt if Congress and UML will go republic because they act according to Indian advice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • simit gauchan

      जस्को जनाधार नै नभएको मावबादिले के फुर्ति लगाउने भन्या हाम्रो साथमा जनता ६न भनेर अनि उसलाई किन फोकत्मा सित दिने अचम्मको प्रस्ताव आउ६ बा हिम्मत भए चुनावमा जाओस न भुस्का थैलाहरु अनि बन्६ सुनका थैला. जो चोर उसैको थुलो सोर प्वाक्क मुख्मा हानु जस्तो/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • independent in VA

      Agree! Gopan Man has gone mad. He has sold out his soul to the monarchy. Otherwise, why would be want the same person to be the “pati” of the country that has done so much destruction. This means Gopal Man wants to give the power to Gyanendra and let him be the Rawan over the people and govern the country. What a mad and stupid thinking!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr

      first of all, in democracy, public voice is counted. Actually this goverment has no power to decide any bills. So first they have to go to CA elcection to get authority to pass any bills. Why are these stupid leaders making delay for CA Election? Thats really B U L L S H I T. WHos have no authority and passing so many bills. Actually they got authority to take action against Who were against the people movement2. Wats going on About RAYAMAJHI commission? I think these leaders don want to see prosperious nepal n nepalese. Jay Durga mata, save our nation through this Dashain festival.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • luckyprakash

      मलाइ अचम्म लाग्छ नेपलि कन्ग्रेस का नेताहरु को चर्तिकला र गिरिजा को अन्योल राजनिति ,नेपालि कन्ग्रेस आफुलाइ सधै लिडर सम्झने गर्छ तर भारत को चाकरि गर्दै सत्तामा टासिन्छ! देश मा तत्काल परिबर्तन को आबस्यकता छ नत्र पुरै देश बुटवल र कपिलबस्तु र मधेश जस्तो बन्ने निस्चय छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BIJAY

      राजालाई रास्त्रपति बन्नलाई चुनाबमा जानु परने हो कि हैन नि? otherwise it does not make any difference whether he is राजा or रास्त्रपति

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Ritu Rana

      गोपालमान बहुलाउन थालेको भन्ने कुरा उस्को भनाइले प्रस्ट हुन्छ अथवा यो कुराको लागि दरबारबाट मोटो रकम गोपालमानले असुलेको हुन सक्छ नत्र किन उसले पटक पटक यहि कुरा गर्दै हिड़ी राखेको छ त ? सारा नेपाली जनता लाई थाहा भएको कुरा हो की यो ज्ञानेंद्र शाहले बिगतमा आफ्नै परिवारलाई के गरेको थियो भन्ने कुरा,त्यस्तालाई कसरी नेपाली जनताले स्वीकार गर्न सक्छ त्यस्तो सम्माननीय पदको लागि ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gurung bhakta

      गिरिजाबाबु को मात्र मगज खुस्केको भनेको त गोपालमान को पनि खुस्केछ! फेरी राजा बाचाउने तिर लाग्दैछ। भ्रस्टचारी गोपालमान पनि किशुन जि को पार्टी मा सामेल हुन गएे हुन्छ। मन्त्री पद मा रहदा बिकास योजनाको पैसा सबै खल्तिमा हाल्नु भयो र अझै राजा को गुणगान गाउँदै छ, अचम्म को कुरा त गोपालमान मन्त्री हुँदा त्यती ठुलो रातो पास्पोर्ट कान्डा लागेको लाई पनि काग्रेस ले राम्रो नेता को रुपमा स्विकार्छ यो बाट नै प्रस्ट हुन्छ कि काग्रेस कस्तो पार्टी हो भनेर।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपालि कान्ग्रेस को ग्रान्ड डिजाइन त हामि जन्ता ले देख्न्न बाकि नै छ! बल्ल केहि मात्र मा कर ले गर्दा देख्दै छौ! सर्मोनियल/तेस पछि बेबि किन्ग/अहिले पहिलो रास्ट्र पति/ यो त कान्ग्रेस को भित्रि आत्म को एउटा सानो भाग रियालिटि मात्रा हो ! पुरा देख्न्न त बाकि नै छ! तै भय र म कहिले नि राजनिति गर्ने हरु को बिस्वास नि हुन्न भने को!

      नेपालि जन्ता ले जन आन्धोलन मा नै गणतन्त्र घोसणा गर्न देस मा दिगो सान्ति लोकतन्त्र को बाहालि गर्न जन्ता ले ज्यान दिय र कति घाइते भए र ल्याए को लोकतन्त्र लाइ यि नेता हरु ले खेल्ने खेल बनाए का छन! आङ्स बन्ड भाग बन्ड लाउछन! धिककार छ! यि नेता हरु लाइ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ajaya Shrestha

      राम्रो बिचार गोप्ले कान्छा!
      आजिवन र बन्शानुगत पनि बनाउने हो कि?
      मुला काग्रेसहरु राजाले जति लात हाने पनि राजा नै प्यारो!
      ल ठिकै छ
      काग़्रेसहरु जब सत्ता मा रहन्छ देशमा केहि होला भनि आश नगरेपनि हुन्छ नेपालमा

      य यो सन्सारमा भगवान छ भने मेरो एउटै बिन्ति छ! सबै नेताहरु लै सदबुद्धि प्रदान गर नत्र सद्दबुद्दि भयकाहरु लाई मात्रै राजनितिमा लगाउ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो त कान्ग्रेस को एउटा सानो त्रुटि मात्र हो साथि हरु ले कान्ग्रेस को ग्रान्ड डिजाइन हामि ले देख्न्न बाकि नै छ! किन कि कान्ग्रेस गणतन्त्र बादि हो भने किन अहिले गणतन्त्र घोसणा गर्न माने को छैना ! खाने दात र देखाउने दात बल्ल केहि जन्ता ले देख्न्न लागेका छन! चुनाब हुन नसके को कारण नि तै हो! किन कि सबै पार्टि हारु गणतन्त्र घोसणा गर्न मा कन्चुसाइ छ! कस्ले रोके को छ! जन्ता ले त जन आन्धोलन हुदा नै जन्ता ले गणतन्त्र घोसणा गर्न लोकतन्त्र बाहालि गर्न जिम्मा दिए का हैनन तर खोइ किन कहिले सर्मोनियल कहिले बेबि किन्ग आहिले फेरि रास्ट्र पति रे केहो यो चाल जन्ता ले तै गर्नु भने का थिय! यि भात मारा नेता हरु लाइ!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sanjay Das

      In such a important issue like this which will have implications for many years to come, only an elected parliament can be considered credible.

      Maoists are running away from people’s verdict on their own fate rather than republic issue. I think both monarchy and maoist party will come to an end. Let people decide.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nara Hari Aacharya, Nepal

      काङ्ग्रेस् भीत्रका राजाबादिहरुलाई अब खेद् न पर्६
      बरु येमाले ठिक ६
      अहिले येउटा नेपाल गणतन्त्र पार्टी खोल्ने कि ?

      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan

      वायिहात कुरा… राजाले खेल्न मात्र पाउ६ . त्येस्तो कुरा पनि गर्ने
      Poor गोपालमान

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pusp Prasad Luintel

      Maoists proposal which can not be endorsed.We must watch out for them turning the current parliament into a constituent Assembly.It will better to go for a fresh date for the constetuent assembly.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • som

      आदरणिय शम्पूर्ण नेपालि देशबासिहरु मा म एक प्रदेशि नेपाल आमाको सुपूत्र को तर्फबाट बडादशैको मङ्गलमय शुभकामना साथै हाम्रो देश नेपाल मा सुख शान्ति आयोस, नेताहरुको बुध्दि पलायोस, नेपालि जनताले स्वतन्त्त्र बाच्न पायोस,दुर्गा माई ले सबैको कल्याण गरुन , हामि बिर नेपालि अनि हाम्रो देश स्वतन्त्र नेपाल भनि गर्बले सिर सदैब माथि रहोस यहि मेरो प्राथना र कामना !

      नारायण धातिबाये ……..हाल Bangalore South India

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • दिपक ले ठिक भने. अरुमा जस्तै सम्भिधान सभा को सिट बाड्फाड गरे हल निस्केला .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shivapuri

      गोपालमानले त जे कुरा पार्टिमा चलेको छ, त्यो कुरा बकेको मात्रै हो जस्तो लागेको छ् है . नेपालि कन्ग्रेसक असलिरुप नै राजा बचाउने हो भने केहि आश्वर्य मान्नु पर्दैन . यो कुरा सबैलाई थाहा भयेको हो . त्यसैले त माओबादिहरुले येस्तो अवस्थामा गरेको सम्भिधान् सभाको चुनाब् ले जनताले चाहेको गनतन्त्र नऔने भयेरहोला सायद चुनाब पहिले नै गनतन्त्र घोषणा गर्नुको साथै समानुपातिकको कुरामा अडान राखेका. कान्ग्रेस्को यो चालाले नेपालमा गनतन्त्रको गर्भपतन हुनेवाला छ् .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • lamichhane

      नेकपा एमाले हिरो हुनलाइ अनेक दाउ गरिरहेको हो /अब सम्सद बात नै गनतन्त्र को घोसना गरे केहुन्च्ह्? नेपालि जनताको चाहाना भनेको नै गनतन्त्र हो/ कसैको २मतचैन सबैले अब सोच्नु पर्नि भयको च्ह को रैच्ह सच्चा गनतन्त्रबादि तेसैले नेपालि दाजु भाइहरु हामि १ भयर लाग्नु पर्नि बेला आयको च्ह /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • prakash

      हुन त बामपन्थि नेता हरु सभै एक हुने हो भने उनिहरुको इच्हा बमोजिम नै हुन्थ्यो नि के गर्ने यक ले अर्का को खुत्ता तन्दैमा फुर्सध हुदैन अनि राजतन्त्र चाहाने कोन्ग्रेस्स को पुच्हर न लगेर के गर्नु/ हैन यो बाम बाम को त कुरा मिल्दैन भने बिचार नै फरक भयेका कान्ग्रेस सन्ग समन्वोये गर्न खोज्नु कतिको मुर्खता होला/
      अखिरि कान्ग्रेस ले पतक पतक धोका दियेो किन बिर्सेका होलान/ रहश्ये चै पक्कै च है साथि हो येस्मा.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deepak (S. Korea)

      सबै भन्दा राम्रो हल भनेको नै माओवादीहरुको चालिस – पचास सिटको सुनिष्चितता हो | सबै दल मिलेर उसलाइ त्यति शिट जित्ने बातावरण बनाइदिनेहो भने चुनाब समयमै हुन्छ, नत्र हुन्न |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    eXTReMe Tracker